Tuesday, September 15, 2020

कञ्चनपुर पुनर्वासका युवा भन्छन्, ‘प्रहरी होइन स्थानीयमाथि निर्घात कुटपिट भएको छ"

कञ्चनपुर । पुनवार नगरपालिकाका युवाहरुले प्रहरीमाथि आक्रमण नभई उल्टै प्रहरीले नियन्त्रणमा लिएर निर्घात रुपमा कुटपिट गरेको बताएका छन्। नगरपालिकाको वडा नम्वर ५ का युवाहरुले सात जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरिएपछि सो बारेमा बुझ्न जाँदा ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा कार्यरत प्रहरीले स्थानीयमाथि निर्घात कुटपिट गरेको बताएका हुन्।
उनीहरुले इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी नायव निरिक्षक गोपाल बहादुर बोहरा र प्रहरी सहायक निरिक्षक बिष्णु धामीमाथि कारवाहीको पनि माग गरेका छन्। 
‘भदौ २७ गते पुनरवास नगरपालिका वडा नम्वर ५ को पिपलचौतारामा स्थानीय जुवा खेलिरहेका थिए,’ स्थानीय हिमेश थापाले भने, ‘त्यहाँ बृद्धहरु समय बिताउनका लागि दैनिक नै जुवा खेल्छन् तर नगद बिनाको। त्यो दिन भने प्रहरीले सात जनालाई पक्राउ गरयो।’
उनका अनुसार सात जनालाई पक्राउ गरेपछि सो बारेमा बुझ्न जाँदा स्थानीय युवाहरु इलाका प्रहरी कार्यालयमा पुगेका थिए। प्रहरीसंग कुराकानीकै क्रममा कार्यालयभित्रै चार जना स्थानीयमाथि हातपात भएको बताउँदै उनले भने, ‘अनेरास्ववियूका जिल्ला सदस्य टेक थापा लगायत चार जनालाई नियन्त्रणमा लिएर निर्घात कुटपिट भएको छ। त्यसपछि मात्रै आफुलाई जोगाउनका लागि इलाका प्रहरी कार्यालयमा ढुङगामुडा भएको हो।’
यस्तै घटनाको अनेरास्ववियू कञ्चनपुरले समेत भत्र्सना गरेको छ। अनेरास्ववियूले विज्ञप्ती जारी गर्दै छलफलका क्रममा एकाएक प्रहरीले मरणासन्न हुनेगरी कुटपिट गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
‘प्रहरी मेरो साथी" भन्ने मुल मर्मको खिल्ली उडाउँदै गैर कानुनी ढङगबाट प्रहरी कार्यालय भित्रै निर्घात कुटपिट गरिनु मानव अधिकारको गम्भिर उल्लंघन भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त कार्यको घोर भत्र्सना गर्दै दोषी प्रहरीमाथि कारवाहीको माग गर्दछौ।’ 
जुवा खेल्ने क्रममा पक्राउ गरेका सात जना र उनीहरुको बारेमा बुझ्न गएका चार जनालाई प्रहरीले राति नै छोडेको थियो। यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भईरहेको बताए।
‘सो ठाउँमा समय बिताउनका लागि जुवा हुन्थ्यो भन्ने हामीले पनि जानकारी पाएका छौ,’ उनले भने, ‘प्रहरीलाई देखेर पनि जुवा खेल्न नछोडेपछि सम्झाउनका लागि पक्राउ गरिएको थियो। त्यसपछि भएको घटनाबारे अनुसन्धान भईरहेको छ।’

No comments:

Post a Comment