कञ्चनपुर, २५ मङ्सिर ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो स्थानीयले चोक चोकमा टाँसेका छन। निमार्ण कार्यमा लापरवाही गरेको भन्दै स्थानीयले उनीहरू हराएको भन्दै पोष्टर चोक चाैराहमा टासेको हो ।
कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेलडाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा सो सडक निर्माण सुरु भएको थियो।
तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन’ स्थानीय खडक शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन।’
स्थानीयका अनुसार बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन। अाक्रोस पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फोटो सार्वजनिक स्थानमा टाँसेको बताइएको छ।
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन्। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए।
बेलडाँडी पोस्टबाट साभार ।
No comments:
Post a Comment