Tuesday, January 5, 2021

कञ्चनपुरका राम दाहाल "मिरा" लिएर सांगीतिक दुनियाँमा फेरि झुल्किए

-सुनिलकुमार लो
पचासको दशकमा  सुदुरपश्चिमममा देउडा गायकको रुपमा चर्चा कमाएका राम दाहाल  नयाँ आधुनिक गीत"मीरा"लिएर बजारमा आएका छ्न । २०५६ सालमा देउडा गीतको एलबम"वासु" ल्याएपछि सुदुरपश्चिमेलीहरुले उनको गीत निकै मन पराए । माया पाएर हौसिएका गायक दाहालले २०५७ मा  "मधु" र २०५८ "बाँझोमन" नामक देउडा गीती एल्बम बजारमा ल्याएका थिए । जसले गर्दा गायक दाहाल चर्चित हुन पुगे । गायक दाहालका अनुसार उनले देउडा गीतको बिचबीचमा, अगाडी र पछाडी संवाद बोल्ने नयाँ शैलीको सुरुवात सोही समयमा गरेका थिए, जसलाई वर्तमानका गायकहरुले पछ्याईरहेका छ्न ।

२०५८ सालमा सांगीतिक क्षेत्रमा अझै अगाडी बढ्ने धोको लिएर राजधानी काठमाडौ प्रवेश गरे । तर देशको राजनीतिक परिवेश र गायकको आर्थिक अवस्थाका कारण सांगीतिक यात्रा सोचेजस्तो सहज भएन । यसविचमा उनले जीवनयापनका लागि काठमाडौका गल्लि गल्लीमा भौतारिनु परयो । फलस्वरूप उनको सांगीतिक यात्रामा विराम लाग्यो । यहि समयमा उनले चलचित्रमा निर्देशन र अभिनय गरेका थिए । 
  उनै गायक दाहाल आफ्नो नयाँ गीत
"मिरा" र सोही गितको म्युजिक भिडियो लिएर पुन: उदाएका छ्न । गायकका अनुसार "मिरा" बोलको सो गीत २०५४/५५ सालताका रोजगारीको सिलसिलामा भारतबाट नेपाल आउने क्रममा रेलयात्राको दौरान लेखिएको थियोे । गीतमा जुन गायन शैली छ, त्यो मनमोहक छ । वास्तविकताको धरातलमा रहेर रचना गरिएको सो गीत सुन्दा पुरानो सांगीतिक  फ्लेवर मनपराउने श्रोताहरुले पर्याप्त मनोरञ्जन लिन सक्छन् ।
गायक दाहालको आफ्नै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सीतारा मल्टी मिडिया युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कृष्ण पुन:को मिक्सिङ,महेश पुन:को एरेन्ज र विजय बुढाको रेकर्डिङ रहेको गीतको भिडियोलाई दर्शकले रुचाउने विश्वास गायक दाहालले लिएका छन् । 
एलिना देउजा र कृष्ण घलानको अभिनय रहेको गीतको भिडियोलाई बिष्णु न्यौपानेले खिचेका हुन्। अभिनास डिसीको सम्पादन रहेको भिडियोलाई कञ्चनपुर पुनर्वासका अशोक बि.क.ले  निर्देशन गरेका हुन्। 

No comments:

Post a Comment