Sunday, June 30, 2024
सुदूरपश्चिममा मन्त्रालय फुटाएर विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Saturday, June 29, 2024
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थीले ग्रेडवृद्धि अर्थात् मौका परीक्षा दिन पाउने
बेलौरीको विज्डम एकेडेमीमा नेपाली सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु
Friday, June 28, 2024
महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा एक यात्रुको मृत्यु
Thursday, June 27, 2024
एसईईको नतिजा सार्वजनिक
काठमाडौ/१३ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । उनीहरुले कक्षा ११ पढ्न पाउनेछन् । दुई लाख ४२ हजार ९२ जना विद्यार्थी अर्थात ५२ दशमलव १४ प्रतिशतको ननग्रेड अर्थात् एनजी आएको छ । एक सय ८६ जनाले चार जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।
नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मोबाइलको एसएमएसमा SEE लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । यस्तै आईभीआरको माध्यमबाट पनि नतिजा हेर्न सकिन्छ । १६०० डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा सुन्न सकिन्छ ।
राष्ट्रिय परिक्षा बोर्डको वेबसाईट result.see.gov.np/result मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको वेबसाईट www.see.ntc.nt.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर मार्कसिटसहितको नतिजा हेर्न सकिन्छ ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ । कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६ दशमलव २५ अङ्क नल्याउने विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ ।
विद्यार्थीले दुई विषयसम्म ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । जुन विषयमा एनजी भएको हो त्यही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।