काठमाडौ, १४ जेठ ।
नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन्। यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ। त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ। देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन्। यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन्।
सेतोपाटीबाट।
Wednesday, May 27, 2020
नेपालमा कोरोना संक्रमित संख्या ८८६ पुग्यो
काठमाडौ, १४ जेठ ।
नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा गरिएको परीक्षणमा आज मात्रै एक सय १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ।
संक्रमित सबै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ।
बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

भारतको क्वारेन्टाइनमा नेपाली महिलाले बच्चा जन्माईन
१४ जेठ ।
बझाङ जिल्ला घर भएकी पुजा नेपालीले पलियाको क्वारेन्टाईनमा बच्चा जन्माएकी छिन् ।
बलदेव वैदिक इन्टर कलेज पलिया खिरीको क्वारेन्टाइनमा मंगलवार दिउँसो उनले बच्चा जन्माएकी हुन् । उनी श्रीमान दिनेश नेपालीसँग दिल्लीबाट पलिया पुगेकी थिईन् ।
दिउँँसो प्रशव पीडा भएपछि भारतीय कर्मचारीले सामुदायिक स्वाथ्य केन्द्रमा भर्ना गराएका थिए । उनको सामान्य डेलिभरी भएको र पुजा नेपालीले छोरालाई जन्म दिएकी छन ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । सुत्केरीलाई पलियाको सोही क्वारेन्टाईनमा अलग्गै कोठाको व्यवस्था गरिएको छ । पलियास्थित भारतीय सरकारी कर्मचारी आशिष कुमार सिंहले अस्पताल भर्ना गराउनेदेखि लिएर बच्चालाई कपडा र मिठाई पनि उपलब्ध गराएका छन ।

प्रेस यूनियन कञ्चनपुरका उपाध्यक्षद्वारा पुनर्वास-बेलौरीका सकृय पत्रकारलाई मास्क, ग्लोब र सेनिटाईजर वितरण
कञ्चनपुर, १४ जेठ ।
नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियन कञ्चनपुरले आफ्नो स्थापना दिवसको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्रका सकृय पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन ।
प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा मंगलबार यूनियन कञ्चनपुरका उपाध्यक्ष मार्फत पुनर्वासका सकृय पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरीएको हो ।
प्रेस यूनियन कञ्चनपुरका उपाध्यक्ष किशोर तामाङले पुनर्वास ३ स्थित आफ्नै निवासमा पुनर्वास तथा बेलौरीका १२ सकृय पत्रकारलाई मास्क, ग्लोब र सेनिटाईजर वितरण गरेका हुन ।
सभापतिको समेत आसन ग्रहण गरेका उपाध्यक्ष तामाङले स्थापना दिवसका अवसरमा कोरोना भाइरस कोडिभ १९ को जोखिम मोलेर रातदिन जनतालाई सुचनाको अधिकार दिलाउन खटिएका पत्रकारलाई हौसला प्रदानका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य मिन बमले कोरोनाको महामारीका कारण समग्र पत्रकारीता जगत नै धरासायी भएकाले मिडियालाई सहयोग पुग्ने गरि सरकारले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा विज्ञप्ति निकाल्दा समेत सरकारले कुनै सुनुवाइ नगर्नु दुखद पक्ष भएको बताए।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य मिन बमकाे प्रमुख आतिथ्य, प्रेस युनियन सुदूरपश्चिम प्रदेश पार्षद दिपेन्द्र बस्नेतको विशिष्ट आथित्य र प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पार्षद दिपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको थियोे । कार्यक्रम नेपाल प्रेस युनियन कञ्चनपुरका सदस्य जुद्ध चौधरीले संचालन गरेका थिए ।
पुनर्वासका पदम थोकरको पोखरामा दुर्घटनामा परी मृत्यु
कञ्चनपुर, १४ जेठ ।
पोखरामा मजदुरी गर्दै आएका पुनर्वास नगरपालिका २ दशरथ बस्तीका पदम थोकरको गत सोमबार पोखरामा दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्युको समाचार प्राप्त भएसंगै परिवारजन शोकमा डुबेको छ ।
अत्यन्त कमजोर आर्थिक अवस्था भएका थोकरको घरमा श्रीमती सहित नाबालक एक छोरा र एक छोरी रहेका छ्न । कमाउने घरमूलिको नै मृत्यु भएपछि नाबालक छोराछोरीको भविष्य अन्धकार बनेको छ ।
देशमा जारी लकडाउन र त्यसमाथी कमजोर आर्थिक अवस्थाका कारण लास ल्याउन गाह्रो भएकाले उतै सदगत गर्ने पारीवारिक सल्लाह भएपश्चात आज बुधबार परिवारका सदस्य र गाउँलेहरु पोखरातर्फ लागेका छ्न ।
पोखरा महानगरपालिका १८ सेदी स्थित निर्माणाधिन एक अपार्टमेण्टमा काम गर्ने क्रममा गत सोमबार ढुंगा खसी गम्भीर घाईते भएका थिए । घाइते थोकरलाई उपचार गर्न पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगीए पनि उपचारकै क्रममा निधन भएको परिवारीक श्रोतले जनाएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा रहेको छ ।

आजको राशिफल/ वि.सं.२०७७ साल जेठ १४ गते बुधबार । ईश्वी सन् २०२० मे २७ तारिख
वि.सं.२०७७ साल जेठ १४ गते । बुधबार ईश्वी सन् २०२० मे २७ तारिख । नेपाल संवत् ११४० प्रमादी संवत्सर उत्तरायन ग्रीष्म ऋतु श्रीशाके १९४२ जेष्ठ शुक्लपक्ष तिथि पंचमी,४३ घडी १९ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त षष्ठी नक्षत्र– पुनर्वसु , ०२ घडी ४१ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त तिष्य योग वृद्धि,५० घडी ०५ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त ध्रुव । क,र,ण ब,व,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त कौलव आ,न,न्दा,दि,मा,गद यो,ग चन्द्रराशि–कर्कट काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा आत्मिय मित्रहरुसँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नैहरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषिमा लगानी गर्न सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । विलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।तपाईको दिन शुभ रहोस् ।

Tuesday, May 26, 2020
पत्रकारीता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाद्वारा माग
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।
उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरे । ‘सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’, पूर्वप्रधानमन्त्री देउवाले भने ।
उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए । उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।
रातोपाटीबाट।

गौरीफन्टामा दुई घण्टामै ४५ सय नेपाली भित्रिए (फोटो फिचर)
जेठ १३/
भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार कार्य जारी राखिएको छ।
कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको कार्य भईरहेको हो।
गौरीफन्टा नाकाबाट आज दुई घण्टामै ४ हजार पाँच सय २८ जनाको उद्धार गरिएको छ।
दिनेश खबरबाट ।

लालझाडीमा र्यापिड टेस्ट गर्दा दुई जनामा देखियो कोरोना पोजेटिभ
डम्बर भट्ट
कञ्चनपुर, १३ जेठ ।
जिल्लाको दक्षिणी क्षेत्र अन्तरगत लालझाडी गाउँपालिका वडानम्बर ६ रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा आरडिटी टेष्ट पोजेटिभ देखिएको छ ।
आज (मंगलबार) गाउँपालिकाले गरेको आरडिटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले बताए । उनका अनुसार दुई जनामा रेपिड टेष्ट पोजेटिभ देखिएको हाे ।
केही समय अघि भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुलाई प्रहरीको निगरानी सहित विशेष कक्षमा छुट्टै राखिएको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।
उनीहरू गत बैशाख ३१ गते भारतको हरियाणाबाट आएको समेत प्रहरी निरीक्षक चन्दले बताए। आरडिटी पाेजेटिभ देखिएपछि थप पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलनको गरिएको छ ।
लालझाडी गाउपालिकाका अध्यक्ष मदन सेन बडायकले समाजिक दुरी कायम गर्दै नेपाल सरकारले गरेको लकडाउनकाे पुर्ण रुपमा पालना गर्न सम्पूर्ण गाउँवासीमा अनुरोध गरेका छन् ।

कतारमा मृत्युदण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सुट गर्दैछ
काठमाण्डौ, १३ जेठ ।
गएको वैशाख ४ अर्थात अप्रिल १६ तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । फोन उठाउनुभयो । कतारबाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनुहुन्थ्यो ।
फोन उठाउन साथ भाञ्जाले भन्नुभयो, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद मलाई आजै सु’ट गर्छन् ।’ ओमप्रकाश बोल्न सक्नुभएन ।
अनिल थप बोल्नुभयो, ‘मैले केही गल्ती गरेको छैन, मलाई हत्यारा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’
ओमप्रकाशले बुवाआमासँग पनि कुरा गराइदिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्लड कसरी मिल्यो, मैले मारेको होइन ।’
अनिलको अत्यास र अघिल्लो दिनदेखि आएको फोनले ओमप्रकाशलाई लाग्यो, यो नै भाञ्जासँगको कुराकानी अन्तिम हुनेछ ।शङ्का सही साबित भयो । परिवारलाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गोली हानेर मृत्युदण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झस्कनुहुन्छ ।
पहिले पहिले अनिलको ज्या’न बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको शव व्यवस्थापनका बारेमा सोध्न फोन गर्छन् । शव अस्पतालमा छ । एक महिना बित्दा पनि शव त्यतै अन्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवारले सोच्न सकेको छैन ।
अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृत्युदण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद खबर सुनाउनसमेत सकेका छैनन् ।
‘आमालाई बेलाबेला गाउँका महिलाले तिम्रो छोरालाई मारे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’
किन दिइयो अनिललाई मृत्युदण्ड ?
परिवारका एक्ला छोरा अनिल चौधरी सन् २०१५ अगष्टमा लेबर भिसामा कतार पुग्नुभएको थियो । कार धुने कम्पनीमा काम गर्नुहुन्थ्यो ।
एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर बुवा श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । श्यामकिशोरका अनुसार अनिलले कतारमा १९ महिना काम गर्नुभयो । यस अवधिमा साढे तीन लाख रुपैयाँ जति बुवालाई पठाउनुभयो पनि ।
तर श्यामकिशोरका आडभरोसा एक्ला छोरा अनिल १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको आरोपमा २ अप्रिल २०१७ मा प’क्राउ पर्नुभयो ।
अनिल दो’षी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा मृ’त्युद’ण्डको फैसला गरेको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनर’क्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।
कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मुद्दा लड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गर्यो । तर कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनुमोदन गरेपछि जेल प्रशासनले अनिललाई मृत्युदण्डको फैसला कार्यान्वयन ग’र्यो।
भाञ्जा ओमप्रकाश भन्नुहुन्छ, ‘ जे’लमा छँदासम्म ती कतारीको परिवारले मा’फ गरिदिन्छन् र अनिल फर्केर आउँला भन्ने आश थियो, अब सबै सकियो, हामी झन पी’डित भएका छौं, बोल्नलाई कुनै शब्दै छैन ।’ अनिललाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।
शव व्यवस्थापनबारे परिवारसँग समन्वय गर्न बोर्डलाई भनेका छौं :राजदूत
कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले अनिलको मृ’त्युद’ण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताउनुभयो । अहिले अनिलको श’व स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले शव नेपाल लैजान अनुमति पनि दिएको छ ।
तर कोरोना भाइरसका कारण नेपाल र कतारमासमेत लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले श’व व्यवस्थापनमा परिवारसँग समन्वय गर्न बोर्डमा अनुरोध गरिएको राजदूत भारद्वाजले बताउनुभयो ।
तर परिवारले भने अझै निर्णय गरिसकेको छैन ।
‘यो बेला छलफल गर्दा आमालाई गाह्रो हुन्छ भनेर हामी चुपचाप बसिरहेका छौं, कसरी के गर्ने सोच्न सकेको छैन, हामीलाई फोन चाहिँ आइरहन्छ, कतारमै अ’न्त्येष्टि गर्ने हो कि भन्ने पनि भैरहेको छ, तर सल्लाह गर्न बाँकी छ’ ओमप्रकाशले भन्नुभयो ।(उज्यालो अनलाईनबाट)

गर्मीमा छालाको स्याहार कसरी गर्ने?
गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।
दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।
चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।
कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।
पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।
वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा छोरा मारीए"
रुकुम, १२ जेठ ।
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।
मृतक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँ उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने ।
घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”
घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।
रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताए । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरेका छन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।” प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।
मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् । रासस

कर्णालीमा २३ पुगे कोरोना संक्रमित, मंगलबार थपिए सुर्खेतका मात्र १२ जना
सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।
उनका अनुसार मंगलबार रिपोर्ट आएका ति १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका हुन् भने २ जना सिम्ता गाउँपालिकाका हुन्।
उनीहरु सबै भारतबाट आएका हुन्। कर्णालीमा देखिएका संक्रमित मध्ये सुर्खेतका मात्र १५ जना छन्।
भारतबाट आएर प्रदेशको सिमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरुबाट लिइएको नमूना परीक्ष्ण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएको डा. खड्काले जानकारी दिए।
सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि भेटिएका सुर्खेतका संक्रमितमध्ये बराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका एक जना हुन्।
कर्णालीमा पहिलो कोरोना संक्रमण दैलेखको आठविस नगरपालिकाका एक जनामा देखिएको थियो।
Subscribe to:
Posts (Atom)