Wednesday, July 29, 2020

सानेपामा आज पौडेल गुटको भेला


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।
उनले बुधबार दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन्।

नेता पौडेलले आफैं म्यासेज गरेर आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएको उनीनिकट एक केन्द्रीय सदस्यले पुष्टि गरेका छन् ।
“रामचन्द्र दाइको नम्बरबाट सानेपामा बैठक बस्ने भनेर म्यासेज आएको छ,” ती केन्द्रीय सदस्यले भने, “समसामयिक विषयमा छलफल हुन्छ भनिएको छ ।”
पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवा विभाग विस्तारमा लागेपछि पौडेल समूह रुष्ट छ ।

बर्दियामा बाढिको जोखिम उच्च, सतर्कता अपनाउन सबैलाई आग्रह।

 
कृष्ण ब बुढा 
बर्दिया श्रावण १४।

 बुधबार राती देखि नै अविरल बर्षा सुरु भए सँगै नदिमा बहाव बढेपछि बर्दियाको विपद् व्यवस्थापन समितिले बर्दिया वासीलाई सर्तक रहन आहवान गरेको छ ।


 नदिमा पानीको बहाब उच्च बिन्दुतिर गएको भन्दै बिपद व्यवस्थापन समिति नदि तथा तटीय क्षेत्रका बासिन्दालाई सजक रहन अपिल गरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि देशभर रातिदेखि नै पानी परिरहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।


 अहिले कर्णाली नदी चिसापानीको बाढी मापन केन्द्रमा जलसतह विहान ९.४० वजे १०.२ मिटर रहेको बताएको छ । मापन केन्द्रले सतर्कता तह १० मिटर, चेतावनी तह १०.८ मिटर भएकोमा नदीको बहाब सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको जानकारी गराएकोछ । थपमा कर्णाली नदी तथा साना सहायक नदीहरुको तल्लो तटिय क्षेत्रमा साँझसम्म उच्च सतर्कता अपनाउनु हुन र होचो तथा डुवान क्षेत्रका वासिन्दाहरु सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । । 

 उक्त स्थितिलाई मध्यनजर गर्दै केन्द्रले नदीमा काठ दाउरा छोप्ने , माछा मार्ने जस्ता कार्य नगर्न नगराउनु हुन सबैमा बर्दिया निवासीलाई पनि आग्रह गरेको छ ।

हेर्नुहोस यस्तो अनुरोध !


कैलालीका एक सय बढी घर डुबानमा ।


 श्रावण १४ कैलाली/
कैलालीमा वर्षासँगै आएको बाढी गाउँ पसेपछि एक सय बढी घर डुबानमा परेका छन ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । घरमा पानी पसेपछि घरमा रहेको अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन । भजनीले जोखिमबाट बच्न पूर्वतयारी स्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

 आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अहिले कैलालीको टिकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधरलगायतका नदीमा बाढी आउने खतरा भएको विभागले जानकारी दिएको छ ।

दाङमा पहिरो, आमा–छोरीको मृत्यु


बुटवल । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुुसार वर्षाका कारण बंगलाचुली गाउँपालिका–५ साकिने निवासी देवीराम नेपालीको घरमाथिबाट पहिरो आउँदा उनकी २६ वर्षकी श्रीमती बाटुली नेपाली र दुई वर्षकी छोरी आयुष्मा नेपालीको मृत्यु भएको हो 


सुतिरहेको बेला बिहान ३ बजे एक्कासी घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्यु भएको स्थानीयको भनाई छ । पहिरोले घरको आधा भाग भत्किएको छ । अन्य क्षति विषय बिवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।



भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह 

 
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तीस्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार समेत देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  

बेलौरीको महाकाली बहुमुखी क्याम्पस नमूना क्याम्पस छनौट


कञ्चनपुर, १४ साउन ।
बेलौरीको महाकाली बहुमुखी क्याम्पस नमूना क्याम्पसका लागि छनौट भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखाले नमूना क्याम्पसका लागि छनौट भएका क्याम्पसहरुको सुचि प्रकाशन गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका ९ वटा क्याम्पसहरुलाई नमूना क्याम्पसका लागि छनौट गरेको छ ।

नमुना क्याम्पसमा स्तरोन्नतिका लागि छनौट भएका क्याम्पसहरुमा कञ्चनपुरबाट बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, कैलालीबाट सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा डडेल्धुरा, केदारज्योतीकुञ्ज बहुमुखी क्याम्पस विपिनगर डोटी, दार्चुला बहुमुखी क्याम्पस महाकाली दार्चुला, सुनकुडा बहुमुखी क्याम्पस बित्थडचिर बझाङ, बाजुरा बहुमुखी क्याम्पस मार्तडी बाजुरा र जगन्नाथ बहुमुखी क्याम्पस बैतडी रहेका छन् ।

 मन्त्रालयको गतवर्ष पुस ४ गतेको सूचना अनुसार नमूना क्याम्पसमा स्तरोन्नतिका लागि मन्त्रालयमा प्रस्ताव पेश गर्ने जम्मा ४३ वटा क्याम्पसहरुमध्ये गत असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रदेशका नौ वटै जिल्लाका एकएक गरी ९ वटा क्याम्पसहरुलाई नमूना क्याम्पसमा स्तरोन्नति गरिएको बताइएको छ ।

 महाकाली बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह बिष्टले आफ्नो कार्यकालमा सो क्याम्पस नमूना क्याम्पसमा स्तरोन्नतिका लागि छनौट भएकामा गर्भान्वित भएको बताउँदै अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा यहाँका विद्यार्थीहरुले यहीँबाट हाँसिल गर्न पाउने बताए । उनले विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको स्तरोन्नतिका लागि पहिलो चरणमा भए गरेका कार्यको सफलता हेरी २ लाख रुपैयाँ अनुदान दिएको र यहाँसम्म आइपुग्न साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरिएको जनाएका छन् ।

 यस्तै, सामाजिक सञ्जाल फेसबुकमा महाकाली बहुमुखी क्याम्पसका शिक्षक सुरज श्रेष्ठ लेख्नुहुन्छ - "यस क्याम्पसलाई नमुना क्याम्पसमा स्तरोन्नति गर्नका निमित्त छनौट गर्न र सफल बनाउन अथक प्रयास गर्नुहुने क्याम्पस  परिवार, क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, वुद्धिजिवी, बेलौरी नगरवासी, सञ्चार माध्यम लगायत विशेष गरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री माननीय कृष्णराज सुवेदी प्रति हार्दिक आभार व्यक्त गर्दर्छौं।"

आजको राशिफल/आज वि.सं.२०७७ साल साउन १४ गते बुधबार

आजको राशिफल वि.सं.२०७७ साल साउन १४ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–दशमी,५२ घडी ११ पला,रातको ०२ बजेर ११ मिनेट उप्रान्त एकादशी । नक्षत्र–विशाखा,१३ घडी १६ पला,बिहान १० बजेर ४४ मिनेट उप्रान्त अनुराध । योग– शुक्ल,३२ घडी १९ पला,बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त गर,रातको ०२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाब तथा बिवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागि समयले साथ दिने छैन । तरपनि यात्राको सम्भाावना बलियो रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा कुटुम्बविच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । व्यापारकै शिलशिलामा यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ । कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नाता गोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिति नजनाउनु नै राम्रो हुनेछ । समयमा काम नबन्ने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ भने बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नुपर्ला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बिधीबिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,ग
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम नहुन सक्छ । तरपनि पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

पुनर्वासमा भारतबाट अवैध रुपमा भित्र्याउदै गरेको माछा शसस्त्र प्रहरीद्वारा बरामद ।

 
लाल बहादुर एस.के. 
 पुर्नवास, १३ साउन ।

 कञ्चनपुरको पुर्नवास नगरपालिकामा भारत बाट ल्याउदै गरेका अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

 मगलबार साझ सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट आनन्द बजारबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालमा ल्याउदै गरेको ३० किलोग्राम अबैध माछा बरामद गरेर नष्ट गरेको हो । 

 भन्सार छली गरेर भारतबाट पुनर्वास- ६ सानो हुँदै नेपाल भित्राउन लागेको १० हजार मुल्य बराबरको माछा बरामद गरि पत्रकार र स्थानीयको रहिबरमा नष्ट गरेको बि.ओ.पि आनन्द बजारका सूचना अधिकारी रोशन थापाले बताउनु भएको छ ।

 केही समय देखि अवैध रुपमा समान भारत बाट ल्याईरहेको सूचना र समाचार पछि सिमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट आनन्द बजारले जनाएको छ । 

Tuesday, July 28, 2020

राज्यको लगानी बालुवामा पानी कामै नगरी रकम भुक्तानी ।



प्रदिप मलासि
बझाङ,साउन -१३। 

 राज्यले कृषकहरुलाई प्रोत्साहन गर्न करोडौं रुपैया खर्चिएता पनि उपलब्धि भन्ने शून्य जस्तै भएको छ । तरकारी खेतीमा आकर्षण गर्न सरकारले हरेक स्थानीय तहमा ठूलो रकम बिनियोजन गरेको छ तर गाउँमा तरकारी खेतीको नाममा नयाँ परिर्वतन केहि भएको देखिदैन । छन त तिनै पुरानै प्लाष्टिक घर र स साना तरकारी खेती।

 एउटा गाउँ जहाँ तरकारी खेतीका लागि ५० लाख आयो तर गाउँमा आएको ५० लाख कामै नगरि कसले कहाँ कसरी खाए केदारस्यु गाउँपालिका १ छिनापानिमा बिगत ९ बर्ष देखि तरकारी खेती गरिरहेका कृषक धनसेर रावललाई थाहा नै छैन । दुखेसो गर्दै उनले भने "जिल्ला बाट अनुगमन गर्न कोहि आएनन गाउँपालिका र वडाले पनि खासै चाँसो देखाएको छैन । रकम आए पछि काम गर्ने किसानलाई पाईन्छ भन्ने आस थियो तर आकासको फल आँखा तडि मर भन्ने पुरानो उख्खान झै भयो ।" उनले थपे बिकास नाउमा लुट भयो । वडा कार्यालयले पनि कसरी सिफारिस दियो, कृषि ज्ञानकेन्द्रले पनि एक पटक अनुगमन नै नगरि किन कसरी भुक्तानि दियो केहि बुझिएन । 


उनी त एउटा पात्र मात्र हुन । यस्ता थुप्रै उदाहरण छन बझाङमा । अर्को एकठाउ जुन गाउँ र तरकारी लगाउने भनेको स्थल जयपृथ्बी राजमार्ग संगै जोडिएको छ । तरकारी हैन खेतमा धान रोपेको छ ।आलु खेती चैत्रमा लगाएर साउन भदौमा निकाल्ने काम हामीले यस अघि देखि नै गरिरहेका थियो । राज्यले ५० लाख रुपैया गोदाम घर संकलन केन्द्र निमार्ण र उन्नत बिउ आलु लगाउने आधुनिक शैलिबारे तालिम दिने योजना थियो तर कामै पुरा नै नगरि बारीमा लगाएका आलुको फोटा खिचेर पैसा भुक्तानि लिने दिने काम भएछ । त्यो पनि पछि मात्रै थाहा पाए बुगल नगरपालिका १ का जसबिरे धामीले । आक्रोशीत हुदै उनले कार्यालय र पैसा निकाले गाउँकै ब्यक्ति बिरुद उजुरी गर्ने तयारीमा रहेको बताए । उनले भने "गाउँका मान्छे सोझा हुन्छन । भनेको कुरामा बिश्वस गर्छन । एक दुई पटक सबै जना एक ठाउँमा जम्मा भए छलफल पनि गरे तर पैसा आउन्छ भन्दा भन्दै असार गएर साउन लागी सक्यो अतोपतो छैन ।" त्यसैले पनि अब उपरान्त कोहि नठगिउन भन्नकै लागि उनी मुद्दा  हाल्ने तयारीमा छन। 

 सोझा-साझा किसानको त कुरै छोडौ जनप्रतिनिधि नै यस मामिलामा बेखबर छन ।त्यसको एउटा प्रतिनिधि पात्र हुन बुंगल नगरपालिका ४ का वडा अध्यक्ष अम्बर राज जोशी। बुंगल नगरपालिका मा राज्यले धेरै काम गर्ने रणनिति बनाएको छ तर मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रमको नाममा आएको ३० लाखमा कहाँ के काम गरे केहि थाहा छैन वडा अध्यक्ष अम्बर राज जोशीले । उसो त वडामा भुक्तानीको लागि सिफारीस माग्न ब्यक्ति नगएका हैन, काम भएकै छैन दिन्न भनेर उनले दिएन । त्यस पछि कहाँ कहाँ बाट कसरी सिफारिस लिए र्क कार्यालयले पनि भुक्तानि कसरी दियो यस बारेमा समेत आफुलाई केहि थाहा नभएको वडा अध्यक्ष जोशि बताउछन् । 

 त्यसो हो भने कुन आधारमा कसरी र किन भुक्तानी दिईयो भनेर हामिले जिल्ला कृषि ज्ञान केन्द्र सँग प्रश्न गर्यौ। प्रश्नको जवाफमा जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख दिल बहादुर सिंहले दुखसो पोख्दै राज्यको बजेट प्रणालीमै समस्या रहेको बताए। उनले राज्यले कार्यक्रम दिएपनि बजेट भनेको समयमा नदिएकाले कार्यान्वयनमा समस्या देखिने जिकिर गरे । त्यसमा पनि कार्यालयमा जनशक्तिको रुपमा जम्मा ४ जना प्राबिधिक मात्र भएको र स्थानिय सरकारले पनि सहयोग नगरेका कारण अनुगमनमा गर्न सम्स्या भएको बताए । त्यसैमा देशमा कोरोनाको महाँमारी संगै बर्खाको समय भएकाले सबै ठाउँमा अनुगमन गर्न नसकेकोले कागजपत्र, फोटा , निर्णय र सिफारिस आएपछि बिश्वासको आधारमा कार्यालयले भुक्तानि दिएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख दिल बहादुर सिहंले स्वीकार गरे । उसो त सबै ठाउँमा स्टमेट तथा लगानि अनुसारको काम भएको छ भन्ने पक्षमा कार्यालय पनि विश्वस्त छैन । तर भुक्तानि रोक्न खोज्दा सिधै प्रदेश र संघका सांसद बाट फोन आउने जिल्ला स्थरका नेताले धम्कयाउने गरेको पाईएको छ । चैनपुरमा बसेर उपभोक्ता समिति गठन देखि सबै काम गरेको सम्म खुलेको छ । यसरी काम गर्दा राज्यको लगानी बालुवामा पानी भएको छ । 

 प्रमुख सिहले भने " हामिले के गर्ने जिल्लाको समिक्षा गोष्ठि देखि बिभाग मन्त्रालयमा पठाउदा आबश्यकता अनुसार ठाउँ तोकेर पठाउने गरेका हुन्छु तर हामीले नसोचेको ठाउँमा छनौट भएर माथि बाट योजना आउने गर्छ । कार्यालयमा एक जना सिचाई कुलो पानी पोखरी निमार्ण गर्नेको लागी स्टमेट गर्ने प्राबिधिक छैन । हामी सबै कृषि प्राबिधि हु । राज्यले सोचनु पर्छ । आव ७७÷७८ मा पनि ३० वटा सिचाई कुलो नाम तोकेर आएका छन । हामीले ल्याएको योजना भन्ने गरेका छन । कतिले त काम हैन किनेर ल्याएको योजना हो भन्न समेत बाँकि छोडदैन ।" यस्तो अवस्थामा आफुलाई काम गर्न अफ्ट्यारो परेको गुनासो कृषि ज्ञान केन्द्रका प्रमुख सिहको छ। तर यता स्थानीयले भने कृषि ज्ञान केन्द्रका प्रमुख सिंहलाई यो बिषयमा सोध्दा उल्टै स्थानीय जनतालाई हप्काउने गरेको गुनासो गरेकाछन । 

 हाल सम्म जिल्लामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम संञ्चालन गर्न राज्यले जयपृथ्बी नगरपालिकामा १० मा ५० लाख गहुँ खेतीका लागि, तलकोट गापा ६ मा बाख्रापालनका लागि ५० लाख, मष्टा गापा ५मा ५० लाख बाख्रा पालनका लागी, केदारस्यु गापा १ मा ५० लाख तरकारी खेतीका लागि , दुगार्थली गापा ५ मा ५० लाख तरकारी खेतीका लागी , थलारा गापा ५ र ६ मा ५० लाख ओर खेती लागि, बुंगल नगरपालिका १ र २ मा ५० लाख आलु खेतीका लागि र बिथ्डचिर गापा ६ मा ५० बाख्र पालन लागि , सुर्मा गापा ३ मा ५० लाख ,साईपाल गापा मा५० लाख र अन्य स्थानिय तहमा फलफुल खेती सिचाई कुलो पानी पोखरी गरि ८ करोड बरावरको रकम बिनियोजन गरेको भए पनि उपलबन्धि भने भएको छैन । यसरी बझाङमा राज्यको लगानी बालुवामा पानी कामै नगरी रकम भुक्तानी भन्ने उखान चरितार्थ भएको छ ।   

ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु !

 
 कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

 कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्।स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

 बौनियामा सोमबार बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो।ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रीमतीद्वारा श्रीमानको हत्या! 

 
कृष्ण बुढा 
 बाँके, साउन १२ ! 
 बाँकेको खजुरामा श्रीमतीले बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेकी छन । बाँकेको खजुरा गाउँपालिका वडा नं छ गिजरामा बस्दै आएकी ६५ वर्षीय मिछिया थारूले ७५ वर्षीय श्रीमान लक्षीराम थारूको हत्या गरेकी हुन । 

 श्रीमान श्रीमती बिच आइतबार दिउँसो सामान्य घरायसी विवाद हुदा मिछियाले श्रीमानको टाउकोमा, हातमा र खुट्टामा बञ्चरो प्रहार गरी हत्या गरेको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए । बन्चरो प्रहारबाट लक्षीराम थारुकोको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमती मिछिया चौधरीलाई प्रहरीले  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

आजको राशिफल/आज २०७७ साल साउन १३ गते मंगलबारको दैनिक राशिफल


वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी,०३ घडी २९ पला,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,१७ घडी ०४ पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त विशाखा । योग– शुभ,३९ घडी २९ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बालव,बेलुकी ०५ बजेर ३७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ४० पला । भौमाष्टमी। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुँनुहोला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा
बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

राप्रपा छोडी कांग्रेस आएको समूहलाई सहमहामन्त्री र केन्द्रिय सदस्य पद दिईने

काठमाडौं - नेपाली काँग्रेसले पार्टी प्रवेश गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिलबहादुर थापासहित ३१ नेतालाई भव्य स्वागत गर्ने भएको छ ।

काँग्रेसले राप्रपा छोडेर पार्टी प्रवेश गर्न लागेका थापालाई सहमहामन्त्री र अन्य पाँच जना नेतालाई केन्द्रीय सदस्य दिने बताइएको छ।
शनिबार थापासहित राप्रपा परित्याग गरेका ३१ जना नेताहरु १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । त्यस्तै काँग्रेसका विभाग विस्तारपछि केही नेताहरुलाई त्यहाँ पनि जिम्मेवारी दिने रणनीति अनुसार छलफल भइरहेको छ ।
थापासँगै काँग्रेसमा समाहित हुने अन्य नेताहरुलाई काँग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गरिने बुझिएको छ ।
राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर,गाउँ,क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा प्रवेश गरेसँगै धनकुटा राप्रपाविहीन हुने भएको छ ।
राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला नै राप्रपा विहीन हुन लागेको हो । सुर्यबहादुरका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई ३१ नेता र धनकुटाका सम्पूर्ण कार्यसमितिको राजीनामा बुझाएसँगै धनकुटा राप्रपाविहीन भएको छ ।
शनिवार थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।
यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।
केन्द्रिय सदस्यता पाउनेमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ ।