Saturday, September 19, 2020

कुलमान घिसिङ : एक आभा, एक आशा


निस्वार्थ अनि निर्भिक, दृढ अनि तिक्ष्ण, तिब्र अनि गतिशिल । यी तमाम उर्जा–तत्वको एकढिक्का पुञ्जले धपक्कै बलेको त्यो अनुहार । न दम्भ, न अहंकार । शालिन, सौम्य र सरल । अर्थात कुलमान घिसिङ ।
आफ्नै कर्म, लगाव र सर्मपणले श्रेष्ठ बनायो, उनलाई । आज तीन करोड नेपालीको स्पन्दनमा उनको जीवन–संगीतको धुन बज्छ । कुलमान घिसिङले कसरी आर्जन गरे यतिविध्न प्रेम र श्रद्धा ?




कुनै प्रतियोगिता जितेर यस्तो श्रेष्ठता हासिल गरेका होइनन् । मनग्ये दान–दक्षिणा दिएर यस्तो यश  कमाएका होइनन् । नेतागिरी गरेर, हिरोइज्म देखाएर, धन–वैभव प्रदर्शन गरेर यस्तो इमान बटुलेका होइनन् । त्यसो भए उनले के गरे ?
उनले त्यस्तो केही गरेनन्, जो उनी अघिका हर्ताकर्ताहरुले गरे । उनले त त्यती मात्र गरे, जो उनको जिम्मेवारी थियो । अर्थात आफ्नो जिम्मेवारीलाई पूर्णताका साथ पुरा गरे ।
श्रीमदभागवत गीतामा एउटा वाक्यांश छ, ‘योगः कर्मशु कौशलम् ।’ जब कामप्रति गहिरो अभिरुची हुन्छ, तब कर्ममा कुशलता प्राप्त हुन्छ । अतः यसका निम्ति कर्ममा एकसाथ मन, बुद्धि र शरीर (क्रिया) तीन वटा कुरा समावेश हुनुपर्छ । कुलमानले यसरी नै आफ्नो कामलाई कुशलतापूर्वक गरे ।
कुलमान आउनुअघि त्यो कुर्सीमा अरु आए, गए । तर, तिनीहरुले कुर्सीको इमान जोगाएनन् । बरु आफ्नो दायित्वबाट विमुख भए । एउटा धूर्त जत्थाको लुकामारीमा भुलेर मुलुकलाई आँध्यारो बनाए । अकुत धन–दौलत थुपारे । त्यही कृत्यको कारण आज उनीहरुको अनुहारको चमक हरयो, जसरी हिजो मुलुकको उज्यालो हराएको थियो । चरम ग्लानी, भय, पछुतो र अपराधबोधले कक्रक्क गले ।
तर, कुलमान घिसिङ ?
उनको अनुहार त ओजपूर्ण र दिव्य छ ।  सगर्वले चौडा छ छाती । कार्य–कौशलले नृत्यवत् छ शरीरका अवयवहरु ।
लोभ, मोह, भय, कुष्ठा जस्ता विकारबाट मुक्त उनी एक 

कर्मठ सपूत हुन ।

लोडसेडिङको तालिका हेरेर भात पकाउनुपर्ने । बत्ती आउने पालो कुरेर काम गर्नुपर्ने । उज्यालो पर्खेर लेखपढ गर्नुपर्ने । बिजुली–बत्ती नहुँदाका दिनहरु कति उराठलाग्दो ? कति उकुसमुकुस ? कति छटपटी ?
र, यसैले पैदा गरिदिए चिन्ता, निरासा, डिप्रेसन, पलायन अनि आत्महत्या ।
कतिको कार्य–तालिका विथोलियो । कतिको उद्योग–धन्दा चौपट भयो । कतिको औषधि–उपचार छुट्यो । कतिको पढाई बिग्रियो । कतिको गाँस खोसियो । गहिरो अनिश्चिता र अन्धकारले खर्लप्प निल्यो मुलुककै खुसी, उमंग, उर्जा । कर्मठ हातहरु लुला भए । जाँगरिला मनहरु शिथिल भए । उर्बर मस्तिष्कहरु पलायन भए । मुलुक मरुभूमी भए ।
यो अँध्यारो साम्राज्यभित्र एक जत्था धूर्त भने जागा रहे, जो जेनसेट (क्याटिभ प्लान्ट) देखि जेनेरेटर, सोलार, इन्र्भटर लगायतका धन्दामा सल्बलाइरहे । यसमा धुर्त कर्मचारी, दलाल व्यापारीदेखि भ्रष्ट नेता–मन्त्रीहरुसम्मले आपसमा कानेखुसी र अंकमाल गरे । त्रस्त र निरास समाजमाथि उपरखुट्टी लगाएर ‘उज्यालोको’ मोलमोलाई गरिरहे ।
काठमाडौं लगायत शहरी क्षेत्रमा ६ सय मेगावटभन्दा बढीको जेनसेट जडान गरी प्रति युनिट ३५ रुपैयाँमा बिद्युत बेचे । आव ०७२÷७३ मा मात्र तीन अर्ब २५ करोड रुपैयाँको विद्युतिय जेनेरेटर बेचे । सोही अवधीमा १२ लाख २५ हजार थान त इन्भर्टर नै नेपाल ल्याएर बेचे । तीन अर्ब रुपैयाँ बढीको जेनेरेटर बेचे ।
विज्ञहरु भन्छन्, ‘नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रणाली सञ्चालक र व्यवस्थापकले अनियमित रुपमा  सीमित उद्योग, हुनेखाने, पहुँचगवालालाई विद्युत दिएर सर्वसाधरणलाई भने १८ घण्टासम्म अँध्यारोमा राखे ।’ यिनीहरुले विद्युत आपूर्ति प्रणालीलाई नै यस्तो जटिल र असहज बनाइदिए कि, सर्वसाधरणका लागि उज्यालो एक मृगतृष्णा भइदियो ।
एक कर्मयोगीको पर्दापण
‘अराजकता, भ्रष्टचार, बेथीति, हिंसा, बलात्कार सजिलै नियन्त्रण गर्न सकिन्थ्यो । तर, तपाईंले यसलाई अरु आश्रय र बढाव दिनुभयो । यसकारण कि, सर्वसाधरणको चित्कार र पीडाभन्दा तपाईंको निम्ती कुर्सी प्यारो थियो’ एक टेलिभिजन प्रस्तोता स–प्रमाण मूख्यमन्त्रीमाथि प्रश्न उठाउँछन् ।
मूख्यमन्त्री आक्रोसित भावमा भन्छन्, ‘मेरो कुर्सीमा आगोको राप छ, मेरो टाउकोमा तिखा किलाहरु छन् । मकहाँ दिनदिनै यस्ता समस्या लिएर कति आउँछन् कति । उनीहरुको कारण म वेचैन र चिन्तित छु । के यहाँ बसेर अन्र्तवार्ता लिएजस्तो सजिलो ठान्छौं ?’ उनी चुनौती दिन्छन्, ‘एक दिन, मात्र एक दिनका लागि सिएम बनेर देखाउ । त्यसबेला म यसैगरी तिम्रो अन्र्तवार्ता लिनेछु ।’
अन्ततः टेलिभिजन प्रस्तोता २४ घण्टाका निम्ति राज्यमन्त्री बन्छन् । दृढतापूर्वक अनि तिब्रताका साथ आफ्नो काममा खटिन्छन् । आखिर तोकिएकै अवधिभित्र जादुयी ढंगले सम्पूर्ण बेथीति हटाउँछन् । नयाँ व्यवस्थाको आरम्भ गर्छन् ।
हिन्दी चलचित्र ‘नायक’को सार हो यो । कुनैपनि प्रणालीलाई जटिल र अहसज बनाएर झुट अनि लुटको धन्दा चलाउनेहरुलाई यसले नाङ्गेझार बनाएको छ ।
केही बर्षअघिसम्म विद्युत प्राधिकरणले यस्तै कुटिल चालबाजी खेलिरहेको थियो ।
–पुग्दो विद्युत छैन ।
–पानी सुकेका कारण विद्युत उत्पादन भएन ।
–१८ घण्टासम्म लोडसेडिङ हुनेछ ।
–उपभोक्ताले धेरै बिजुली खपत नगरौ
तर त्यही कुर्सीमा जब कुलमान घिसिङ बस्न आइपुगे उनले उमंगमय उद्घोष गरे, ‘धक फुकाएर बिजुली बाल्नुहोस् ।’
२०७३ साल । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक भए । तिहारको संयोग । मुलुकमा सर्वाधिक विद्युत खपत हुने दिन, लक्ष्मीपूजा । सबै पेशा÷व्यवसायी चाडपर्वको मुडमा फुर्सदिला दिन कटाउने मेलोमेसोमा लागे । तर, कुलमानको ध्याउन्न एउटै कुरमा थियो, ‘कसरी तिहारमा मुलुकभर निरन्तर विद्युत आपूर्ति गर्ने ?’
बितेका बर्षहरुमा तिहार अन्धकारमै गुज्रियो । सर्बसाधरणमा एक किसिमको भय र बेचैनी थियो, ‘यसपाली पनि त्यस्तै होला ।’ तर, त्यसो भएन ।
न चाडपर्व, न घर–परिवार, न बिदा, न सुविधा । कुलमान घिसिङ रातभर जाग्रम बसे । सबै तिहारको मादक माहौलमा रमाइरहेका बेला उनी स्युाचाटारस्थित प्राधिकरणको भारप्रेषण केन्द्रमा पुगे । विभिन्न वितरण केन्द्रहरुमा पुगे र त्यहाँका प्राविधिक अवस्था जाँच गरे । जहाँ विद्युत आपूर्तिमा समस्या हुन्छ, त्यहाँ मर्मतका लागि तत्काल दौडिने जनशक्ति तयारी अवस्थामा राखे ।
जुन दिन सर्वसाधरण घरमा धन–ऐश्वर्य भित्र्याउने कामना सहित दियो–बत्ती जलाउँदै थिए, त्यही दिन कुलमानले सबैको घर–आँगन धपक्कै बालिदिए ।
त्यसपछिका दिनमा विद्युत प्राधिकरणको शब्दकोषबाट नै हट्यो, लोडसेडिङ ।
कुलमानलाई बर्षौंदेखि गाँठो परेको एउटा प्रश्न सोधिने गर्छ, ‘कसरी हटाउनुभयो लोडसेडिङ ?’ उनको जवाफ सरल छ, ‘हाम्रा आयोजनाहरुबाट जति विद्युत उत्पादन हुन्छन्, त्यस अनुरुप माग र आपूर्तिको सन्तुलन मिलाइएको हो ।’ उनी आफुले जादु गरे भन्ठान्दैनन् । उनी त के मात्र भन्छन् भने, ‘मैलै आफ्नो काम इमान्दार र कुशलतापूर्वक गरेको हुँ ।’
कुलमान घिसिङ निर्धक्कसाथ भनिरहेका छन्, ‘मनग्ये बिजुली बाल्नुहोस् ।’ त्यती मात्र होइन, हरेक घर र मुलुकलाई नै विद्युतमैत्री बनाएर छलाङ मार्ने तत्परता देखिन्छ उनको कार्यशैलीमा ।

अनलाइन खबरबाट साभार ।

लौ असोज ५ देखि आन्तरिक उडान पनि सुरू यात्रुका लागि यस्ता छन नयाँ नियम


असोज ५ गतेदेखि नेपाली आन्तरिक हवाई यात्रा सुरू हुँदैछ।
नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरेको फर्म आफूले यात्रा गर्ने एयरालइन्सलाई बुझाउनुपर्ने छ।
यस्तै यात्रुले पालना गर्नुपर्ने नियमका सन्दर्भमा प्राधिकरणले सार्वजनिक सूचना जारी गर्नुपर्नेछ।

विमानस्थलमा अनावश्यक भीड बढ्न नदिन मौसम, प्राविधिक वा अन्य कुनै कारणले हुने उडान डिले तथा डाइभर्टका विषयमा एयरलाइन्सहरूले यात्रुलाई एसएमएसको माध्यमबाट सूचना उपलब्ध गराउनुपर्नेछ।
सबै यात्रुले मास्क अनिवार्य लगाउनुपर्ने छ।
अक्टुबर १ देखि भने प्राधिकरणले उडान तालिका हेरफेर गर्नसक्ने छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।

मन्त्रालयले लकडाउन अघिको एयरलाइन्सहरूको बजार हिस्साको आधारमा उडान तालिका स्वीकृत गरी उडान सुरू गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो।
एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ। यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन्।
यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निर्णय गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान पाउने निर्णय गरिदिएको छ।
एयरलाइन्सहरुले आधा सिट खाली राखेर व्यावसायिक उडान गर्न नसकिने बताउँदै आएका थिए।

बर्दियामा बिगत एक बर्ष देखि नै विद्युत आपुर्ती अनियमीत आम नागरिक लाई सास्ती !   

 


कृष्ण बा बुढा आश्विन २ बर्दिया \बर्दियामा छिन–छिनमा बिजुली काटिने भएकोले बर्दियाबासी मर्कामा परेका छन् । ‘कति–कति बेला ५ मिनेटको अन्तरालमा १० पटक बिजुली आउने जाने गर्छ, बिजुलीको दिएको छ ।सयौंपटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरूलाई बिजुलीको यो लुकामारीले गर्दा काम गर्न एकदमै अप्ठ्यारो हुन्छ ।’ यस्ता समस्याबाट उद्योगी, व्यवसायी र विद्यार्थीहरु ठुलो मर्कामा परेको स्थानीयबासीको गुनासो छ । हाई र लो भोल्टेजका कारण अधिकांशको घरमा जडान गरिएका ईलेक्ट्रोनिक सामान बिग्रिएका छन् ।                                                    बर्दियामा यस्तो समस्या हालसालै मात्र देखिएको होइन । वर्ष दिनदेखी नै उपभोक्ताहरु पीडित छन् । विगत केही महिना झन बिद्युत अनियमित हुने गरेको हो । जिल्लाको विद्युत सेवा अवरुद्ध भईरहने गरेकोले बर्दिया का आम नागरिक व्यवसायी, कर्मचारी र विद्यार्थीहरुले सास्ती खेप्नु परेका छ । केन्द्रिय प्रसारणबाटै बिद्युत आपुर्ती अनियमित हुने गरेकोे नेपाल विद्युत प्राधिकरण बर्दियाका प्रमुख परितोष चौधरीले बताउँदै आएका छन् ।                                                                     विद्युत सेवा अवरुद्ध हुने बित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरिरहेको छ । जसका कारण स्थानीय झनै पीडित हुने गरेका छन । विद्युत जानेबित्तिकै गाउँगाउँका टावरले काम नगरेपछि टेलिफोन नसुनिने, स्पष्ट आवाज नआउने गरेको छ । त्यसबाहेक अन्य दिनमा भने झ्याप्प झ्याप्प बत्ती गइदिँदा लाखौं रुपैयाँका सामानसमेत बिग्रिने जोखिम उत्तिकै हुने गरेको स्थानीय बताउँछन् । यो समस्याको समधान को लागि जिमेबार निकाएको ध्यान जान जरुरी छ ।

बर्दियामा कोरोना जित्नेको संङ्ख्या उच्च !

 


कृष्ण बा बुढा आश्विन ३ बर्दिया \ महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण परास्त गर्नेको संख्या बर्दियामा बढेको छ । बर्दियाका आइसोलेसन सेन्टरमा रहेका अधिकांश कोरोना संक्रमित निको भएर घर फर्केसँगै कोभिड जित्नेको संख्या बढी रहेको छ ।                                                                                                                     स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा ५ सय ३३ जना कोरोना भाइरस पुष्टि भएकामध्ये ३ सय ५७ जनाले कोरोना जितेको र १ सय ७५ जना आइसोलेसनमा छन् । गुलरिया नगरपालिकाका ६४ जना संक्रमितमध्ये ५२ जना घर फर्केको र १२ जना उपचाररत छन् । त्यस्तै मधुवन नगरपालिकामा ६४ जना संक्रमित, ५० जना निको र १३ जना आइसोलेसनमै छन् । बाँसगढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । पुष्टि भएका १ सय ६२ जना संक्रमित मध्ये ४८ जना निको भएका र १ सय १४ जना उपचारकै क्रममा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । राजापुर नगरपालिकामा ४० संक्रमित, ३५ निको, ५ जना आइसोलेसन, बारबर्दिया नगरपालिका ४४ संक्रमित, २८ निको र १६ जना उपचारमा छन् । त्यस्तै ठाकुरबाबा नगरपालिकामा ४७ संक्रमित, ४४ निको, ३ जना आइसोलेसन, बढैयाताल गाउँपालिकामा ७९ जना संक्रमितमध्ये ६७ जना निको भएका र १२ जना आइसोलेसनमा रहेको जनाइएको छ । गेरुवा गाउँपालिकामा ३३ जना संक्रमितमध्ये सबैजना कोरोना जितेर फर्किएका छन् ।                                                       बर्दियामा कोरोना जित्नेको संख्या अधिक छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले भने पछिल्लो समय बर्दियामा लक्षणसहितका कोरोना संक्रमितहरु देखिन थालेका छन् । त्यसैले सबैजना सचेत हुनुपर्ने अवस्था छ । बर्दियामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

Friday, September 18, 2020

आजको राशीफल । शुक्रवार २ असोज २०७७

मेषः प्रतिकूल समय छ । आठौँ चन्द्रमाका कारण चोटपटक या
दुर्घटनाको भय रहला । शरीरमा आलस्यता वा कष्टले सताउने देखिन्छ ।
वृषः सरकारद्धारा दण्डित हुनुपर्ला । अस्वस्थता बढ्ने छ । आम्दानी
भन्दा खर्चमा वृद्धि हुने देखिन्छ । मनमा चिन्ता रहला ।
मिथुनः दिन भाग्यशाली रहेको छ । सुखवृद्धि होला ।इष्टमित्रहरुको
सहयोगमा कार्यसफलता प्राप्त हुनेछ । आज तपाईँका कामहरु सिद्ध
भएर जानेछन् ।
कर्कटः आर्थिक हिसावले बलियो समय छ । आयआर्जनका विभिन्न
स्रोतहरु फेला पर्नेछन् । मनमा शान्ति र मुहारमा प्रशन्नता छाउने
देखिन्छ ।
सिंहः आजको दिन शरीरमा विमार बढ्ने देखिन्छ । औषधोपचारमा
धन खर्च होला । व्ययभारले चिन्ता बढाउने योग रहेको छ ।
कन्याः भाग्योदयको समय छ । पारिवारिक जमघटमा मिष्ठान्न
भोजनको प्राप्तिले मन प्रफुल्ल रहला । अन्नादि लाभ होला ।
तुलाः प्रतिकूल समय रहेको छ । व्यर्थमा धन खर्च होला । आम्दानी
भन्दा खर्च बढि हुनाले मनमा नैराश्यता छाउने देखिन्छ ।
वृश्चिकः समय बलियो भएर आएको छ । प्रतिष्पर्धामा विजय प्राप्त
होला । रत्न गरगहनाको कारोवारमा प्रशस्त फाइदा हुने देखिन्छ ।
धनुः आजको दिन केहि प्रतिकूल व्यतित होला । पेट सम्बन्धि
समस्या बल्झिन सक्छ । मनमा भय रहला । आलस्यता छाउने देखिन्छ ।
मकरः कामकाजमा व्यवधान सृजना होला । कुनै दुःखद खबर
सुन्नमा आउला । कार्यनाश र निराशाले मनमा डेरा जमाउने योग
देखिन्छ ।
कुम्भः आर्थिक पक्ष बलियो हुने दिन छ । शरीर स्वस्थ र स्फुर्त रहने
छ । वित्तीय कारोवारहरु तपाईँकै हितमा हुनेछन् ।
मीनः प्रेम प्रसंगमा मन रमाउला । सुखानुभूति महसुस होला । विपरित
लिङ्गिीका तर्फबाट महत्वपूर्ण कामहरु बन्ने देखिन्छ ।

Thursday, September 17, 2020

आजबाट लामो दूरीका यातायात सञ्चालन हुने


कोरोनाभाइरस (कोभिड १९) का कारण झन्डै ६ महिना लामो समय रोकिएको लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आउने भएको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो।
५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक लाइनको सिटमा एक जना मात्रै यात्रु राखेर यातायात सेवा सञ्चालन गर्नुपर्ने सरकारको सर्त छ।
मन्त्रिपरिषद् बैठकले लामो दुरी तथा अन्तरजिल्ला यातायात सञ्चालन गर्न अनुमति दिएसँगै बुधबार नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने जानकारी दिएका हुन्।
चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गनुपर्ने र यात्रुले पनि यात्रा अवधिभर मास्क लगाएर यात्रा गर्नु पर्ने मापदण्ड बनाइएको छ।

आजको राशिफल बि.सं. २०७७ साल असोज १ गते बिहिबार


ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल असोज १ गते बिहिबार ई. सं. २०२० सेप्टेम्बर १७, नेपाल सम्बत ११४० ञंलाथ्व आमै प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण औशीं चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुभ योग, चतुष्पद करण । नेपालमा सूर्योदय बिहान ०५ः५१ बजे, सूर्यास्त साँझ ६ ः ६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन औशीं श्राद्ध र विश्वकर्मा पुजा परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५१ मिनेट देखि ७ बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुरुमा पाँचौंचन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन ।


बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन ।


मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।


सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।


तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ ।


बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ ।


धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कल्पना, भावना, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि अनुकूल समय देखिंदैन । सानातिना र झिनामसिना काममा तल्लीन हुनुपर्ने भएकाले सामान्यतया दिन बितेको पत्तो पाइँदैन, तर सोचेजस्तो लाभ प्राप्त गर्न अनुभवीको राय लिनु पर्नेछ, अनिमात्र व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ ।


मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ ।


कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन।


मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।


बाँसगढी नगरपालिकामा आजदेखि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुल्ने। 

 


कृष्ण बा बुढा भाद्र ३१ बर्दिया \ भाद्र २२ गते बाँसगढी नगरपालिकाले कोरोनाको जोखिम उच्च बढे पश्चात गरेको निषेधाज्ञा आज भाद्र ३१ गते मध्यराति बाट सकिन लागेको हो। निषेधाज्ञा सकिए पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै आजदेखि विहान नाै बजेदेखि वेलुका सात बजे सम्म मात्रै पसलहरु खुल्ने जानकारी उद्योग वाणिज्य संघ बाँसगढीले दिएको छ।                                                                 नेपाल सरकारले निर्देशन गरेका स्वास्थ्य सुरक्षाका माप दण्ड पुरा गरि उद्याेग ,पसल, व्यवसाय खाेल्ने निर्णय भएकाे हुँदा साेहि अनुसार गर्नुगराउनु हुन पनि अनुराेध गरेको छ। जिल्ला प्रशासन तथा स्थानिय निकाय बाट कडा अनुगमन समेत हुने जानकारी बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेलले दिनुभएको छ ।                                                                 थप सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु पर्ने जानकारी बाँसगढी उद्योग वाणिज्य संघका महासचिव युगपति पौडेलले दिनुभयो । यदि कुनै पनि उद्योगी , व्यापारीले मापदण्ड विपरीत उध्योग, कल कारखाना, पसल खोलिएको थाहा पाइएमा कडा भन्दा कडा कार्वाही हुने समेत उल्लेख गरिएको छ। पुनश्च प्रत्येक शनिवार पसल व्यवसाय अर्काे सुचना नभए सम्म बन्द नै रहने छन समेत जानकारी बाँसगढी उद्योग वाणिज्य संघले दिएको छ।

Wednesday, September 16, 2020

बाँसगढि नगरका सबै वडामा आधारभुत स्वास्थ चौकि भवन निर्माण सम्पन ! 

 


कृष्ण बा बुढा भाद्र ३१ बर्दिया \ बाँसगढी का कोहि पनि नगरबासी आधारभुत स्वस्थ सेवा बाट बन्चित हुन नपरोस भन्नको लागि बाँसगढी नगरपालिकाले प्रत्येक वडामा स्वास्थ चौकी भवन निर्माण गर्नको लागि बजेट छुट्याइएको थियो सोही अनुरुप कार्य तीब्र भएको ले सम्पुर्ण वडामा स्वास्थ चौकी भवन निर्माणकार्य सम्पन भएका छ्न ।                                                    बाँसगढी नगरपालिका बर्दिया जिल्ला को विकास को हिसाबले अग्रपंक्तिमा आउँछ ।बाँसगढी नगरपालिकाले आधारभुत स्वास्थ चौकी को भवन निर्माण कार्य सम्पन्न गरेको छ ।अब देखि आधरभुत स्वास्थ सेवा आफ्नै वडा बाट प्राप्त गर्न सक्ने छ्न । नगर विकास मा स्वास्थ ,शिक्षा र सडक निर्माण लाई पहिलो प्रथामिकता दिने कुरा नगर प्रमुख शालिक राम अधिकारिले हाम्रै साझा पत्री लाई जानकारी दिनुभयो ।

अचम्मको परम्परा जहा : हरेक तीन वर्षमा गाडेको ठाउँबाट निकालिन्छ श’व ! 


भाद्र ३१                                                                       विश्व अनौठो रहस्यले भरिएको छ । आज पनि सारा विश्वमा अनौठो कुराको केहि कमी छैन । कतै परम्परा त कतै मान्यताका कारण रहस्यमय बनेको यो विश्वमा कतिपय घ’टनाहरु त हामीलाई सुन्दा र देख्दा समेत विश्वास हुँदैन । एउटा यस्तै परम्परा इण्डोनेशियाको एक जनजातीमा पनि रहेको छ । उनीहरुको यो परम्परा एक उत्सवको रुपमा प्रख्यात छ ।                                                                                                      सुलावेसी द्वीपको टोराजन जातीको नेने फेस्टिभल अनौठो र डरलाग्दो छ । यसमा उनीहरु श’वलाई हरेक तीन वर्षमा गाडेको स्थानबाट निकालिन्छ । उनीहरुलाई त्यो बेलामा सरसफाई गरिन्छ र नयाँ कपडा लगाईदिइन्छ ।उनीहरुले मृ’त्युपछि फेरी अर्को यात्राका लागि निस्किनुपर्ने भन्ने मान्यताका कारण यसो गरेका हुन् । यो फेस्टिभल मनाउने परम्परा १०० वर्ष पहिला देखिको हो । त्यहाँका बुढापाका बताउँछन्, एक शिकारी शिकार गर्न जंगल गएका थिए ।उनले जंगलमा एक सडेको श’व देखे । त्यसपछि उनले नयाँ कपडा लगाईदिएर अन्तिम संस्कार गरिदिए ।त्यसपछि उक्त शिकारी धेरै धनवान भएको र समृद्धशाली बनेको उनीहरुको भनाई छ ।

कुलमान नियुक्तिको माग गर्नेलाई पानीको फोहोरा हानियो


 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन् ।

सरकारले घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै लगातार विरोध प्रदर्शन भइरहेको छ । 

पुनर्वासी युवाहरूको पहलमा सञ्चालन भईरहेको फूड बैकले अति विपन्न वर्ग लाभान्वित


-सुनिलकुमार लो 
कञ्चनपुर, ३१ भदौ ।
पुनर्वासका समाजसेवी युवाहरूको पहलमा गत सनिवार देखि सञ्चालन भईरहेको फूड बैकले पुनर्वास क्षेत्रमा रहेका अति विपन्न वर्ग लाभान्वित भएका छ्न ।"सक्नेले गरौ दान, भोकमरी विरुद्ध चलाउँ अभियान" भन्ने नाराका साथ सञ्चालन भईरहेको सो फूड बैक लकडाउनका कारण हातमुख जोर्न समस्या परीरहेका परिवारहरुलाई लक्षित गरेर सञ्चालन भईरहेको छ ।
कोभिड १९ का कारण विश्वब्यापी महामारीका कारण छ महिनादेखि रोजगारीको अवसर ठप्प छ । हुनेखाने वर्गलाई सामान्य असर परेपनी दैनिक ज्यालादारी र विपन्न वर्गलाई भने अत्यन्त अप्ठ्यारो परिस्थिति सृजना भएको वर्तमान अवस्थामा  समाजसेवी युवाहरूको पहलमा पुनर्वासमा फूड बैकको सञ्चालन हुँदा  विपन्नवर्गले राहत महसुस गरेका छ्न ।
गत सनिवारबाट सञ्चालन भएको सो भोकमरी विरुद्धको अभियानमा  हालसम्म  तेईस घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । त्यसैगरी चौध जना सहयोगी हातहरुले सहयोग गरेका छ्न । सहयोग उपलब्ध गराउने दाताहरूले खाध्य बस्तु र नगद सहयोग गरेका छ्न । दाताहरू स्थानीय ब्यापारीदेखि विदेशमा रोजगारीको सिलसिलामा बसेकाहरु पनि छ्न ।

"लकडाउनका कारण हातमुख जोर्न धौ धौ परेका परिवारहरुलाई दाताहरूबाट लिएर खाद्यान्न उपलब्ध गराउँदा उनीहरूको मुहारमा देखिने मुस्कान नै हामिहरुको पुरस्कार हो" अभियानमा खटिरहेका पुनर्वासका समाजसेवी युवाहरू हिमेश थापा र रुपेश बिकले एकै स्वरमा हाम्रै साझा पत्रिका समक्ष खुशी व्यक्त गर्दै भने । उनीहरूले भोकमरी विरुद्धको लडाइँमा साथ दिन मनकारी मनहरुलाई आग्रह समेत गरे ।

आजको राशिफल बि.सं. २०७७ साल भदौ ३१ गते बुधबार


ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद)
सम्पर्क नं +९७७– ९८४२२१९७३५

आजको राशिफल बि.सं.२०७७ साल भदौ ३१ गते बुधबार ई. सं. २०२० सेप्टेम्बर १६, नेपाल सम्बत ११४० ञंलाथ्व चतुदर्शी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण चतुदर्शी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सिद्ध योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः५० बजे, सूर्यास्त साँझ ६ ः ७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आजको दिन चतुदर्शी श्राद्ध र विश्व ओजन तह बचाउ दिवश परेको छ। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५० मिनेट देखि ८ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।


बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।


मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ ।


कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
ठीक समयमा सही निर्णय लिन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय, पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ ।


सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।


कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमा अल्मलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न सकिने छ ।


तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ ।


बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
गरिएका कामको राम्रो मूल्याङ्कन हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।


धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ ।


मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा सावधानी अपनाउनुहोला ।


कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।


मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।