Monday, February 18, 2019

EXCLUSIVE : नेपाल भित्रिएको थियो ३२ किलो सुन, कहाँ गयो बाँकी साढे ८ किलो ?

हाम्रै साझा पत्रिका
फागुन ५, २०७५
काठमाडौं– गत बिहीवार कञ्चनपुरमा दुई अलग-अलग स्थानमा फेला परेको साढे २३ किलो सुन ३२ किलोको परिमाणमा नेपाल भित्रिएको खुलासा भएको छ । त्यसमध्ये ८ किलो सुन भारत फिर्ता भइसकेको र बाँकी नेपालमै बेचिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ स्थित शंकर भनिने भरत विश्वकर्माको घरमा गाडिएको अवस्थामा १८ किलो र शुक्लाफाँटा नगरपालिका स्थित लक्ष्मण तिरुवाको घरबाट ५ किलो ६ सय ग्राम गरी कुल २३ किलो ६ सय ग्राम सुन बरामद भएको थियो ।


तस्करबाट फिल्मी शैलीमा तस्करी !

भारतमा सुन तस्करहरूको ठूलै ट्रान्जिट हो मिजोरम, जुन म्यानमार र बंगलादेशको सीमामा पर्छ । त्यहाँबाट तस्करीको सुन भारतका विभिन्न भू-भागमा पुर्‍याउनका पठाइन्छ ।

कोलकातामा बस्दै आएका कञ्चनपुरका लक्ष्मण तिरुवा सुन तस्करहरूको गाडी चलाउँथे । सामान्यतया चालकलाई गाडीमा के छ थाहा हुँदैन । यो गाडीलाई यहाँसम्म पुर्‍याउनु भन्ने मात्र निर्देशन उनीहरूलाई हुन्छ ।

यसको सुरक्षाका लागि आवश्यक निगरानी तस्करहरूले आफ्नै ढंगले गर्छन् । त्यसका लागि गाडीमा जीपीएस फिट गरिएको हुन्छ । तस्करहरूले जुनसुकै ठाउँमा बसेर गाडी कहाँ पुग्यो भन्ने हेर्न सक्छन् ।

यसैक्रममा गत मंसिरको पहिलो साता लक्ष्मण डीएल १० सीएफ ६९२१ नम्बरको गाडी लिएर मिजोरमबाट पश्चिमतर्फ लागे ।

लामो समयदेखि सँगै काम गरेकाले तस्करहरूको विश्वासपात्र नै बनिसकेका लक्ष्मणलाई गाडीमा सुन छ भन्ने सोही तस्कर समूहका एक पुराना चालकबाट सूचना प्राप्त भइसकेको थियो ।

मिजोरमबाट अयोध्या आइपुगेपछि उनीहरू बास बसे । लक्ष्मणसँगै अरू २ जना पनि थिए ।

राति सुतेको अवस्थामा बाँकी २ जनालाई छाडेर लक्ष्मण नेपालतर्फ लागे । गाडीमा जीपीएस फिट गरिएको कुरा लक्ष्मणलाई जानकारी थियो । उनले जीपीएस चिप निकालेर एउटा ट्रकको च्यासिसमा राखिदिए ।

त्यहाँबाट राति नै नेपालतर्फ प्रस्थान गरेका लक्ष्मणले केही वर जंगलमा आएर मोबाइलको सिमकार्ड पनि फालिदिए ।

तस्कर समूह ट्रकमा रहेको जीपीएस फलो गरेर ढुक्क भएर बस्यो । उनीहरूले थाहा पाउँदासम्म लक्ष्मण नेपाल छिरिसकेका थिए ।

मंसिर ६ गते बिहान ६ बजेर ३३ मिनेट जाँदा लक्ष्मण रुपन्देहीको सुनौली-बेलहिया नाका हुँदै नेपाल प्रवेश गरे ।



भैरहवा भन्सारमा सामान्य चेकजाँच र गाडीको रेकर्ड राख्ने काम सम्पन्न भएपछि ४ दिन नेपाल बस्ने अनुमति लिएर उनी नेपालगञ्जतर्फ लागे ।

गाडी लिएर हिँडिराख्दा तस्कर र नेपाली सुरक्षाकर्मी दुवैको निशानामा पर्न सकिने डर थियो । नेपालगञ्जमा पुगेपछि गाडी रोकेर उनी सुन खोज्न थाले ।

अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीका अनुसार, गाडीबाट सुन भेट्टाउन नै उनलाई ३/४ घण्टा लाग्यो ।

सुन भेटिएपछि उनी त्यसलाई निकालेर आफ्नो गाउँ कञ्चनपुरतर्फ लागे । गाडी नेपालगञ्जमै छाडिदिए ।

सुन लुकाउन भाइको साथ, बार्गेनिङपछि ८ केजी फिर्ता

लक्ष्मणका भाइ सुरज तिरुवा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए ।

३२ किलो सुन साथमा लिएर हिँड्दा नआत्तिने कुरै भएन । त्यसपछि त्यसलाई व्यवस्थापन गर्न उनले भाइ सुरजको साथ लिए ।

१८ किलो सुन सुरजको ससुराली पुनर्वास पुर्‍याएर आलुको थुप्रोमुनि गाडियो । बाँकी सुन लक्ष्मणकैमा थियो ।

त्यति बेलासम्म भारतस्थित तस्कर समूहमा खैलाबैला मच्चिसकेको थियो । उनीहरूले भारतमै रहेका लक्ष्मणका आफन्तलाई नियन्त्रणमा लिए ।

नेपालस्थित लक्ष्मणको सबै पारिवारिक विवरण र सम्पर्क प्राप्त गर्न उनीहरू सफल भए ।

भाइ नेपाल प्रहरीमा कार्यरत रहेको थाहा पाएपछि शायद उनीहरू सिधै नेपाल आउने हिम्मत गरेनन् ।

लक्ष्मणले तिमीहरूको गाडी नेपालगञ्जमा छ, लैजाओ भनेपछि उनीहरू सुन सुरक्षित रहेकोमा ढुक्क भए । किनकि सुनबारे लक्ष्मणलाई थाहा छैन, गाडी मात्र चोरेको हो भन्ने उनीहरूलाई लागेको थियो ।

अन्तत: गाडीमा सुन नभेटेपछि उनीहरूले फेरि लक्ष्मणसँग सम्पर्क गरे । त्यसपछि शुरू भयो बार्गेनिङको श्रृंखला ।

भारतीय तस्करहरूले ५०/५० प्रतिशत भागबण्डाको प्रस्ताव पनि राखे । यसैक्रममा लक्ष्मणले ८ केजी सुन भारत फिर्ता पठाए ।

सुन बेच्न मुस्ताङदेखि सल्लेरीसम्म

१८ किलो सुन भाइको ससुरालीमा र ८ किलो सुन भारत फिर्ता पठाएपछि लक्ष्मणसँग ६ किलो सुन बाँकी थियो ।

भारतीय तस्करको डरले भागीभागी हिँडेका लक्ष्मण उक्त सुन बेच्न नेपालका उच्च पहाडी क्षेत्रहरूमा पुग्न थाले ।

यसक्रममा करीब ३३२ ग्राम सुन उनले सल्लेरी पुगेर बेचेको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।

बाँकी सुन लक्ष्मणको घरमै थियो, त्यही हो प्रहरीले दोस्रो चरणमा बरामद गरेको ५ किलो ६ सय ग्राम सुन । नेपालमा करीब १८ लाख पर्ने उक्त परिमाणको सुन लक्ष्मणले २ लाखमा बेचेको पाइएको ती प्रहरी अधिकारीले जानकारी दिए ।

सुन किन्ने व्यक्ति पत्ता लाग्न सकेको छैन ।

दाइ सुन बोकेर त्यसलाई बेच्न भौँतारिरहेका बेला भाइ सुरजले भने दाइ हराएको भन्दै प्रहरीमा उजुरी समेत गरेका थिए ।

बार्गेनिङले खुल्यो पोल

सुरज र लक्ष्मण एकातिर आफूहरूसँग रहेको सुन बिक्री गर्ने मिसनमा थिए भने अर्कातर्फ भारतीय तस्करहरूसँग बार्गेनिङ पनि चलिरहेको थियो । बिक्रीका लागि पनि विभिन्न व्यक्तिहरूसँग विभिन्न चरणमा मोलमोलाइ चलिरहेको थियो । यसैक्रममा प्रहरीले गोप्य सूचना पायो र सुन बरामद भयो ।यी दाजुभाइ दुवै हिरासतमा छन् ।

सुरु हुने भयो पाकिस्तान र भारतको युद्द, भारतले थाल्यो यस्तो कदम





 एक आत्मघाती हमलाकारीले गराएको विस्फोटमा भारतीय अर्धसैनिक बलका ४६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानलाई पूर्ण रूपमा एक्ल्याइदिने चेतावनी दिएको छ। भारतले उक्त हमलामा छिमेकीको संलग्नता भएको निर्विवाद प्रमाण भएको बताएको छ। तर सो प्रमाण उसले उपलब्ध गराएको छैन। पाकिस्तानले भने जैश-ए-मोहम्मदले जिम्मा लिएको सो हमलामा आफ्नो कुनै भूमिका नभएको बताएको छ। सो संगठन पाकिस्तानमा स्थित छ। बिहीवार भएको उक्त आक्रमण कश्मीरमा दशकौँ यता भएका हमलामध्ये सबभन्दा घातक थियो। भारतका केन्द्रीय मन्त्री अरूण जेट्लीका अनुसार पाकिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट पूर्णत: अलग्याइदिन भारतले हरसम्भव कूटनीतिक कदम चाल्नेछ। तर पाकिस्तानका एक मन्त्रीले चाहिँ पहिले भारतले प्रमाण पेश गर्नु पर्ने बताए। उनले उक्त हमलाबारे अनुसन्धानमा पाकिस्तानले सघाउने पनि बताए। सन् १९८० को दशकको अन्त्यदेखिनै भारत प्रशासित कश्मीरमा विद्रोह जारी छ। पछिल्ला वर्षहरूमा त्यहाँ हिंसात्मक घटनाहरूमा वृद्धि भएका छन्। भारत र पाकिस्तान दुवैले मुसलमान बहुल कश्मीरको पूरै भाग दाबी गर्छन् तर दुवैले केही भागमा मात्र नियन्त्रण गर्छन्। पहिलेका हमलाहरू पछि पनि भारतले पाकिस्तानविरुद्ध कूटनीतिक कारबाही गरेको थियो। सोही कारण अहिले भारतले पाकिस्तान समेत सदस्य रहेको दक्षिण एसियाली देशहरूको संगठन सार्कभन्दा पाकिस्तान सदस्य नरहेको बिमस्टेक जस्ता क्षेत्रीय संगठनलाई बढ्ता प्रबर्धन गरिरहेको छ। भारत भन्छ पाकिस्तानले लामो समयदेखि जैश ए मोहम्मदका विद्रोहीहरूलाई उसले सुरक्षित शरण प्रदान गरिरहेको छ। उसले सो संगठनविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा त्यसका नेता मसूद अजहरलाई राष्ट्रसंघको सुरक्षा परिषदद्वारा आतंकवादी सूचीकृत गर्न माग गरेको छ। विगतमा पनि भारतले त्यस्ता प्रयास गरेको थियो तर पाकिस्तानको सहयोगी देश चीनले ती प्रयासमा बारम्बार भाँजो हालिदिएको थियो। शुक्रवार एक सुरक्षा बैठकपश्चात सम्वाददाताहरूसँग बोल्दै जेट्लीले पाकिस्तानलाई जवाफदेही बनाउन भारत कटिबद्ध रहेको बताए। पाकिस्तानलाई सन् १९९६ देखि भारतले दिँदै आएको व्यापार सुविधा खारेज गरिएको उनले बताए। शुक्रवार राजधानी दिल्लीमा बोल्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाकारी तथा षडयन्त्रकारीहरूले महङ्गो मूल्य चुकाउनु पर्ने चेतावनी दिए। उनले सुरक्षाकर्मीहरूलाई उचित समय, उचित स्थान र उचित स्वरूपमा कारबाही गर्न आफूले अनुमति दिइसकेको बताए। विश्लेषकहरू मोदीको भनाइपछि अब भारतले कुनै न कुनै स्वरूपमा बदलाको कार्य गर्न सक्ने ठान्छन्। तर ठूलो हिमपातका कारण हाल भारत सरकारसँग सीमित सैन्य विकल्प मात्र रहेको उनीहरू बताउँछन्। सन् २०१६ मा भारतीय सैनिक शिविरमा भएको हमलामा १९ सैनिक मारिएपछि दिल्लीले बदलास्वरूप पाकिस्तान प्रशासित कश्मीरमा पसेर सैन्य कारबाही गरेको बताएको थियो ।

Sunday, February 17, 2019

पुनर्वासमा वन तथा वन्यजन्तु अपराध नियन्त्रण समिति गठन

हेमन्त न्यौपाने 
पुनर्वास, फागुन ०५
      कञ्चनपुरको पुनर्वास नगरपालिकामा आइतबार वन तथा वन्यजन्तु अपराध नियन्त्रण गर्न युवा समिति गठन भएको छ । पुनर्वास नगरपालिकाको सहयोग तथा डिभिजन वन कार्यालय पचकडियाको आयोजनामा सुनबहादुर तामाङको संयोजकत्वमा समिति गठन भएको हो । नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख जिवनराज थापा रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले वन तथा वन्यजन्तु संरक्षणमा सबै जुट्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले जलवायु परिवर्तनका असरहरुलाई कम गरेको वनले पुर्याएको फाइदाको चर्चा गर्दै वन तथा वन्यजन्तु अपराध नियन्त्रण गर्नुपर्ने बताउनुभयो । पुनर्वास नगरपालिका वन संरक्षण समितिका संयोजक तथा वडानम्बर ९ का अध्यक्ष नारायण जैशीले औद्योगिक विकाश तथा मानविय कृयाकलापको उपजस्वरुप सिर्जित जलवायु परिवर्तन वातावरणीय सन्तुलनमा मुख्य चुनौति बनिरहेको बताउदैँ वन र वन्यजन्तु संरक्षणमा सबैले भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले जल प्रदुषण, वायु प्रदुषण, भू प्रदुषण, ध्वनी प्रदुषण तथा विकीरणजन्य प्रदुषणका कारण आवहवा प्रतिकुल बन्दै गएको बताउनुभयो । उहाँले वन जोगाउदैँ वातावरणलाई स्वच्छ राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका उपस्थित प्रदेश वन कार्यालयका सहायक वन अधिकृत सत्य नारायण महतोले मानव जीवनमा आवश्यक पर्ने काठ, दाउरा, इन्धन तथा विभिन्न उद्योग व्यवसायको लागि आवश्यक पर्ने कच्चा पदार्थ पशुपालनको लागि चाहिने घाँसपात, चरण र पशुपंक्षी तथा जनावरको लागि बासस्थान नै बन सम्पदा अभिन्न अगंको बनेको बताउँदै वन र वन्यजन्तुको महत्त्वबारे प्रकाश पार्नुभएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले वन्यजन्तु अपराध नियन्त्रण गर्न गठनभएको समितिलाई सहयोग गरि अपराध रोक्न तथा वन जोगाउनु पर्नेमा जोड दिनुभयो । उहाँले बढ्दो जनसंख्या, प्राकृतिक श्रोतको अत्यधिक दोहन, तिब्र औद्योगिक विकाश र प्रदुषणका कारण पृथ्वीको वातावरण दिनानुदिन खस्किँदै गएको बताउदैँ वन र वन्यजन्तुको संरक्षण गर्नु आजको आवश्यक भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन फरेस्टर रेशमलाल शर्माले सञ्चालन गर्नुभएको थियो ।

 नेपालको वनसम्पदा राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण साधनको रुपमा चिनिन्छ ।  वनजंगलवाट प्राप्त हुने जडीवुटी र काठको आपूर्तिले दैनिक आवश्यकता मात्र पुरा नगरी राष्ट्रिय आयमा समेत ठूलो योगदान दिएको छ । ११ वटा वडाबाट प्रतिनिधित्व हुनेगरि ११ जना सदस्यहरु समितिमा राखिएको छ । समितिले वन्यजन्तु अपराध नियन्त्रण गर्न भुमिका खेल्ने विश्वास लिइएको छ ।

सरकारले वन र वन्यजन्तु संरक्षणमा विभिन्न अभियान सञ्चालन गरेको छ । विकास क्रमले समेत वन तथा वन्यजन्तुमा प्रतिकुल असर गरेको छ ।
वन्यजन्तुबाट हुने क्षतिको सरकारले राहत उपलब्ध गराउन सुरु गरेको छ । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा १० लाख सम्म क्षतिपुर्ती समेत उपलब्ध हुनेछ । त्यस्तै, पशुधनको क्षति, भण्डारण गरेको अन्नपातको क्षति, घरगोठको क्षति तथा खाद्यान्नवालीको क्षति भएका घटनाको प्रकृति हेरेर राहत उपलब्ध हुनेछ । सामान्य मानवीय क्षति भएमा १० हजार रुपैयाँ सम्म क्षतिपुर्ती उपलब्ध हुनेछ ।

Friday, February 15, 2019

पुनर्वास सुनकाण्डको पूरा रहस्य खुल्यो, म्यानमार देखि सुन कञ्चनपुर पुग्यो

 
हाम्रै साझा पत्रिका
पुनर्वास, फागुन ०३ 
    कञ्चनपुरमा प्रहरीले बरामद गरेको साढे २३ किलोग्राम सुन म्यानमारबाट भारतको अयोध्या हुँदै कञ्चनपुर पुगेको खुलासा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा, कञ्चनपुर प्रहरीको टोलीले बिहीबार कञ्चनपुरको पुनर्वासबाट १८ किलोग्राम सुन र शुक्रबार बिहान कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो ।

सुन प्रकरणमा प्रहरीले बिहीबार नै सादा पोशाकका प्रहरी र उनका भाइलाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा रहेका छन् । लक्ष्मणले नै त्यो सुन भारतबाट रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पु¥याएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका लक्ष्मणले प्रहरीसँगको बयानमा सुन म्यानमारबाट तस्करी गरेर ल्याएको बताएका छन् ।


लक्ष्मणले प्रहरीलाई दिएको बयानअनुसार उनी भारतीय व्यापारीको गाडी चालक थिए । म्यानमारबाट अयोध्या ल्याइएको सुन त्यहाँको एक होटलमा राखिएको थियो । होटलमा भारतीय व्यापारी र म्यानमारबाट सुन ल्याउने टोली मदिरा खाएर सुतेपछि गाडी चालक रहेका लक्ष्मणले गाडी लिएर नेपालतर्फ लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मणले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, “म्यानमारबाट भारतीय सुन तस्करले सुन  अयोध्या ल्याएका रहेछन् । अयोध्याको एक होटलमा भारतीय सुन तस्कर र म्यानमारको टोली मदिरा खाएर सुतेपछि लक्ष्मणले गाडी नेपाल ल्याएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार भारतीय व्यापारी दिल्ली मुम्बई लगायतका सहरमा तस्करीको सुन बेच्दै आएका थिए । लक्ष्मण भारतीय सुन तस्करको चालकको रुपमा विगत ४ महिनादेखि कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुनमा म्यानमारकै भाषा लेखिएको प्रहरी स्रोतले जानकारी दियो ।

सुनका मालिक भारतको नयाँ दिल्लीमा बस्दै आएको र उनले पछिल्लो ४ महिनामा मात्रै म्यानमारबाट १४ पटकभन्दा बढी सुन ओसारेको लक्ष्मणले बयान दिएको स्रोतले बतायो । लक्ष्मणले सुन नेपाल ल्याएपछि गाडी कैलालीमा छाडेर फरार भएका थिए ।

पछि भारतीय नागरिक आएर कैलाली भन्सार कार्यालयबाट गाडी लिएर  गएपनि उनले सुनबारे जानकारी प्रहरीलाई गराएका थिएनन् ।

सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको थियो । पक्राउ परेको सुन र दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सीआईबीले काठमाडौं बाहिर झण्डै २४ किलो सुन समातिएको पहिलो घटना भएको दाबी गरेको छ ।

२४ किलो सुनकाण्डमा भारतीय व्यापारीको संलग्नताको चर्चा चलेपछि भारतीय सुरक्षा अधिकारीले चासो व्यक्त गरेका छन् ।

एक अधिकारीले भने, “भारतले हिजोबाटै चासो दिएको छ । उसले पनि भारतीय नागरिकको विवरण खोजिरहेको छ । नेपालमा मात्रै होइन यसले भारतमा पनि चासो बढाएको छ ।’’

पुनर्वास सुनकाण्डको पूरा रहस्य खुल्यो, म्यानमार देखि सुन कञ्चनपुर पुग्यो


हाम्रै साझा पत्रिका
पुनर्वास, फागुन ०३
    कञ्चनपुरमा प्रहरीले बरामद गरेको साढे २३ किलोग्राम सुन म्यानमारबाट भारतको अयोध्या हुँदै कञ्चनपुर पुगेको खुलासा भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा, कञ्चनपुर प्रहरीको टोलीले बिहीबार कञ्चनपुरको पुनर्वासबाट १८ किलोग्राम सुन र शुक्रबार बिहान कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका–११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो ।

सुन प्रकरणमा प्रहरीले बिहीबार नै सादा पोशाकका प्रहरी र उनका भाइलाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा रहेका छन् । लक्ष्मणले नै त्यो सुन भारतबाट रुपन्देहीको सुनौली नाका हुँदै कैलाली पु¥याएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका लक्ष्मणले प्रहरीसँगको बयानमा सुन म्यानमारबाट तस्करी गरेर ल्याएको बताएका छन् ।

लक्ष्मणले प्रहरीलाई दिएको बयानअनुसार उनी भारतीय व्यापारीको गाडी चालक थिए । म्यानमारबाट अयोध्या ल्याइएको सुन त्यहाँको एक होटलमा राखिएको थियो । होटलमा भारतीय व्यापारी र म्यानमारबाट सुन ल्याउने टोली मदिरा खाएर सुतेपछि गाडी चालक रहेका लक्ष्मणले गाडी लिएर नेपालतर्फ लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मणले प्रहरीलाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोतले भन्यो, “म्यानमारबाट भारतीय सुन तस्करले सुन  अयोध्या ल्याएका रहेछन् । अयोध्याको एक होटलमा भारतीय सुन तस्कर र म्यानमारको टोली मदिरा खाएर सुतेपछि लक्ष्मणले गाडी नेपाल ल्याएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार भारतीय व्यापारी दिल्ली मुम्बई लगायतका सहरमा तस्करीको सुन बेच्दै आएका थिए । लक्ष्मण भारतीय सुन तस्करको चालकको रुपमा विगत ४ महिनादेखि कार्यरत रहेको अनुसन्धानबाट खुलेको छ ।

बरामद भएको सुनमा म्यानमारकै भाषा लेखिएको प्रहरी स्रोतले जानकारी दियो ।

सुनका मालिक भारतको नयाँ दिल्लीमा बस्दै आएको र उनले पछिल्लो ४ महिनामा मात्रै म्यानमारबाट १४ पटकभन्दा बढी सुन ओसारेको लक्ष्मणले बयान दिएको स्रोतले बतायो । लक्ष्मणले सुन नेपाल ल्याएपछि गाडी कैलालीमा छाडेर फरार भएका थिए ।

पछि भारतीय नागरिक आएर कैलाली भन्सार कार्यालयबाट गाडी लिएर  गएपनि उनले सुनबारे जानकारी प्रहरीलाई गराएका थिएनन् ।

सुन बेच्ने र सुनबारे जानकारी भएकालाई मिलाउने विषयमा विवाद हुँदा सुनको सूचना चुहिएको थियो । पक्राउ परेको सुन र दुवैलाई प्रहरीले राजश्व अनुसन्धान विभाग कोहलपुर पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

सीआईबीले काठमाडौं बाहिर झण्डै २४ किलो सुन समातिएको पहिलो घटना भएको दाबी गरेको छ ।

२४ किलो सुनकाण्डमा भारतीय व्यापारीको संलग्नताको चर्चा चलेपछि भारतीय सुरक्षा अधिकारीले चासो व्यक्त गरेका छन् ।

एक अधिकारीले भने, “भारतले हिजोबाटै चासो दिएको छ । उसले पनि भारतीय नागरिकको विवरण खोजिरहेको छ । नेपालमा मात्रै होइन यसले भारतमा पनि चासो बढाएको छ ।’’

कराते टोलिलाई नगरप्रमुख चौधरीले गरे विदाई



हेमन्त न्यौपाने 
बेलौरी, फाल्गुन ०३
       शहीद दिवसको अवसरमा भक्तपुर नगरपालिकाले आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म अन्तरनगर कराते प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेश नम्बर ३ को भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको अन्तरनगर कराते प्रतियोगितामा कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि सहभागिता जनाउने भएको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाका १७ भन्दा बढी नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा भाग लिन कञ्चनपुरको बेलौरी नगरपालिकासंगै भक्तपुरका चार वटा नगरपालिका भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि, चाँगुनारायण, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरी, तारकेश्वर नगरपालिका, काभ्रेको पाँचखाल, धुलिखेल, बनेपा, पनौती, पोखरा, सुर्खेत, पर्सा घोराही नगरपालिकासहित अन्य नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई शुक्रबार विदाई गर्दै नगरप्रमुख पोतिलाल चौधरीले शुभकामना दिनुभयो । नगरप्रमुख चौधरीले २० जना सहभागी तथा प्रशिक्षकहरुलाई खादा लगाई विदाई गर्नुभएको छ ।

नगरप्रमुख चौधरीले खेलाडीहरुका लागि ३ जना प्रशिक्षकलाई पत्र सहित जिम्मेवारी सुम्पनु भएको छ । उहाँले खेलाडीको विदाई गर्दै लक्ष्य प्राप्तिको कामना गर्नुभयो ।

 प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने १०–१० जनालाई रु पाँच–पाँच हजारका दरले, दोस्रो हुने १०–१० जनालाई तीन–तीन हजारको दरले र तेस्रो हुने २०–२० जनालाई जनही एक हजार ५०० का दरले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा २० देखि ६० किलो समूहका फरकफरक खेलाडी र फ्रि काताको प्रतिस्पर्धा गराइने भएको छ ।

पुनर्वास र झलारीमा भेटिएको सुन भारतीय तस्करको भएको खुलासा,भारतीय तस्करको नेपाली ड्राइभरले ल्याएका थिए सुन 


-हाम्रै साझा पत्रिका 
कञ्चनपुर,फागुन ३
नेपाल प्रहरीले हिजो बिहीबार कञ्चनपुर पुनर्वासको दशरथ बस्तीबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गरयो । जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो। पुनर्वास नगरपालिकाको दशरथबस्तीका भरत भनिने शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले एकजनालाई पक्रेको थियो। हिजो राति नै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा थप पाँच किलो ६०० ग्राम सुन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी सुन बरामद गरेको हो। प्रहरीका अनुसार गोठमा खाल्डोमुनि दुई पोकामा लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको हो। सिआइबीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बरामद भएको सुन भारतीय तस्करको हो। तस्कर समूहको ड्राइभर रहेका नेपाली चालकले गाडीमा सुन भएको थाहा पाएपछि गाडी ल्याएर नेपाल आएका थिए। ‘भारतीय तस्करको गाडी चलाउने नेपाली ड्राइभरले गाडीमा सुन भएको थाहा पाएर गाडीसहित नेपाल आएछन्,’ ती अधिकारीले भने, ‘घर आएर १८ केजी सुन भाइको ससुरालीमा लगेर राखे। बाँकी ५ केजी आफ्नै घरमा राखेको र केही सुन चलाएको पनि देखियो।’ ती ड्राइभरका भाइ नेपाल प्रहरीमा कार्यरत छन्। सिबिआई अधिकारीका अनुसार ड्राइभर सुनसहित गाडी ल्याएर नेपाल आएपछि तस्कर समूह पनि केही दिनअघि कञ्चनपुर आएको थियो। ‘उनीहरूले गाडीमात्र लिएर गए। सुन वैध भएको भए उनीहरू दाबी गर्थे तर सुनबारे केही नभनी गए। त्यहीबेला सूचना चुहिएपछि हामीले अनुसन्धान थालेका थियौं,’ ती अधिकारीले भने। सुनको सूचना प्रहरीसम्म कसरी पुग्यो भन्ने उनले खुलाएनन्। सिआइबीका एसपी सुदिप गिरी, कैलालीका एसपी आभषण तिम्सिना, अपराध महाशाखाका डीएसपी रुगम कुँवर जिप्रका कञ्चनपुर मातहतको संयुक्त टोलीले सुनको अनुसन्धान गरेको थियो। जिल्ला प्रहरी कार्यालयल कञ्चनपुरले बरामद सुन र पक्राउ परेका व्यक्तिहरुबारे शुक्रबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।

पक्राउ परेका प्रहरीकै भाइको घरमा भेटियो थप साढे पाँच किलो सुन


ad
ad


काठमाडौं । भारतबाट अवैध सुन भित्र्याएर ससुरालीमा लुकाएर राखेको पाइएपछि पक्राउ परेका प्रहरी जवान सुरज तिरुवाकै भाइको घरमा थप साढे पाँच किलो सुन प्रहरीले बरामद गरेको छ । गएराति शुक्लाफाँटा नगरपालिकामा रहेको सुरजका भाइ लक्ष्मण तिरुवाको घरबाट पाँच किलो ६ सय ग्राम सुन बरामद गरिएको कञ्चनपुरका एसपी कुबेरसिंह कडायतले जानकारी दिए ।
उनका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएको सुन कम्तिमा पनि २४ किलो रहेको अनुमान गर्दै अनुसन्धान अघि बढाइएको थियो । यसअघि पुनर्वासबाट बरामद भएको १८ किलो सुन प्रकरणमा संलग्नताको आशंकामा सादा पोशाकका प्रहरी र उनका भाइ पक्राउ परेका थिए ।
ad
ad
ad
पक्राउ पर्नेमा सादा पोशाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र उनका भाइ लक्ष्मण तिरुवा थिए । पक्राउ परेका तिरुवा दाजुभाइको बयानका आधारमा लक्ष्मणको घरमा लुकाएर राखिएको अवस्थामा साढे पाँच किलो सुन बरामद गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमै रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले सुन बरामद गरेको हो । उपत्यका बाहिर पक्राउ परेको यो ठूलो परिमाणको सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो । प्रहरीका अनुसार यो अवैध सुन हो । 
सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ । प्रहरीका एक अधिकारीले भने, ‘‘दुई महिनाअघि नै सुन कैलाली पुगेको रहेछ । लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएका रहेछन् । भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गए । तर तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन् ।’’ सुन कैलाली पुर्याएपछि लक्ष्मण फरार भएका थिए । 
लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुरालीमा सुन खाल्टोमुनी लुकाएर राखेका थिए । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुन सक्ने आशंका छ ।
ad
ad
ad
ad
ad
ad
ad
ad
ad
ad
ad

Thursday, February 14, 2019

पुनर्वास सुनकाण्डमा पूर्व प्रहरीकै संलग्नता,प्रहरी ज्वाईले सुन ल्याए,सासू ज्वाईं भएर सुन लुकाए



 -हाम्रै साझा पत्रिका
 कञ्चनपुर, २ फागुन
 कञ्चनपुरको पुनर्वासमा आज विहान प्रहरीले फेला परेको अठार किलो सुन ज्वाईले ससुरालीमा लुकाएको खुलासा भएको छ । कञ्चनपुर झलारी घर भई नेपाल प्रहरीमा सिआईडीका रुपमा काम गरेर छाडेका सुरज तिरुवा शंकर बिक (भरत बिक)का छोरी ज्वाईं हुन । सुरज तिरुवाले सासू ईन्दिरा बि.क.संग मिलेर घरमा लुकाई छिपाई राखेको श्रोतले बताएको छ । भरतकि छोरी लक्ष्मी बिकका श्रीमान सुरज तिरुवा ससुराली आईरहने गर्थे । तिरुवाका दाई ईण्डियामा रोजगारी गर्छन । ईन्डियाबाट सेठको सुन चोरी गरेर लिएर आएको र सो सुन खोज्न ईण्डियादेखि पनि मानिसहरु आएको श्रोत बताउँछ । तथा सो सुन भाइ सुरजलाई राख्न दिएको र सुरजले ससुरालीमा सुन लुकाएको पनि खुलेको छ। यसमा सासु ईन्दिरा बिश्वकर्माको समेत मिलोमतो र संलग्नता रहेको बताईएको छ । सुरज तिरुवा हाल फरार रहेका छ्न । यस सिलसिलामा प्रहरीले दुईजना व्यक्तिलाई गिरफ्तार गरेपनी उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । प्रहरीले यस बारेमा अनुसन्धान गरीरहेको छ ।

पुनर्वासबाट १८ किलो अवैध सुन बरामद

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका २ बाट प्रहरीले १८ किलो अवैध सुन बरामद गरेको छ । केन्द्रबाट खटिएको प्रहरीको संयुक्त टोलीले आज बिहान  पुनर्वासको दशरथबस्तीबाट १८ केजी सुन बरामद गरेको हो ।

१८ अलगअलग टुक्रामा रहेको सुन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका २ साविक (कालिका गाविस) दशरथ बस्तीबाट बरामद गरेको हो ।
सुनसँगै पक्राउ पर्नेहरूमा चक्र तिरुवा र सुरज तिरुवा रहेको सिआइवी स्रोतले जानकारी दिएको छ।



राजमार्ग सफा गरेर प्रदेश सरकार स्थापना दिवस मनाईदै, मुख्यमन्त्री पोख्रेलले गरे शुभारम्भ



शोभा पौडेल आचार्य 
कोहलपुर , फागुन ०२ 

   ‘हामी सबैको चाहना सफा, सुन्दर,सुरक्षित ,समृद्ध,सवल र सक्षम नमुना सिटीकाे कामना ’ भन्ने मुल नारा सहित ; ५ नम्बर प्रदेशको स्थापना दिवस अवसरमा पूर्व पश्चिम महेन्द्र राजमार्ग "बृहत् सरसफाई कार्यक्रम" को आयोजना गरिएको छ । पूर्व नवलपरासीदेखि पश्चिम बर्दियासम्म एकै साथ राजमार्ग सफाई थालिएको हो । गत वर्ष फागुन ३ गते गठन भएको प्रदेश ५ सरकारले आजदेखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै छ । सोही अनुसार राजमार्ग सरसफाइ गरी स्थापना दिवसको शुभारम्भ गरेको हो ।

मुख्यमन्त्री शंकर पोखरेलले यस सरसफाई अभियानको नेतृत्व गरेका थिए । प्रदेश सरकारले बुटवलको चारै नाकाबाट सफाई अभियान सुरु गरेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले सहर सफाई भइरहे पनि राजमार्ग फोहोर बन्दैगएको भन्दै सबै स्थानीय सरकारलाई हरेक साता बिदाको दिन राजमार्ग सफाई अभियानमा जुट्न आग्रह गरे साथै राजमार्ग र बन क्षेत्रमा जे गरे पनि हुन्छ भन्ने भावनाका कारण सडकहरु फोहोर थुपार्ने थलो भएको भन्दै उनले त्यसलाई हटाउन उनले आग्रह गरे ।
सामान्यतया विभिन्न अभियानको क्रममा सञ्चालन गरिने सरसफाइ तथा अन्य कार्यक्रमको औपचारिक सुरूआतमात्र गरी भाषण गरेर फर्किने गरेकोमा मुख्यमन्त्री पोखरेल सरसफाइ अवधिभर पूरै खटिए ।

स्थानीयलाई घर का साथै आफ्नो वरिपरिको बाटो सफा राख्न र खोल्सामा फोहोर नफाल्न उनले आग्रह गरे ।  सरसफाईमा नेपाली सेना, शसस्त्र, जनपद प्रहरी, स्वयमसेबिका, स्थानीय तथा जनप्रतिनिधिहरुको सहभागिता छ ।प्रदेश सरकारले पहिलो स्थापना दिवसमा फागुन ३ गते विशेष कार्यक्रमको आयोजना गरे मनाउदैँ छ । फागुन ३ गते प्रदेश सरकारले सार्बजनिक विदा दिएको छ ।

Tuesday, February 12, 2019

आजको राशिफल / वि.सं. २०७५ फाल्गुन ०२ गते बिहीबार /हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य






आज वि.सं. २०७५ फाल्गुन ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लाथ्व,माघ शुक्लपक्ष,तिथि– नवमी, ९:४३ बजेउप्रान्त दशमी, नक्षत्र– रोहिणी, १७:३१ बजेउप्रान्त मृगशिरा,योग– वैधृति, २६:२२ बजेउप्रान्त विष्कम्भ,करण– कौलव, ९:४३ बजेदेखि तैतिल, २१:०६ बजेउप्रान्त गर,आनन्दादिमा उत्पात योग,चन्द्रराशि– वृष, २९:१० बजेउप्रान्त मिथुन,सूर्योदय– ६:४४ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २७ घडी ५१ पला। द्रोण नवमी। बैतडी गुजरमा बनारसी पूजा।

आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन ।आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । बोलीवचनमा सुमधुरताको आगमन हुनेछ । मनमा उत्साह र उमङ्गको कमी हुनेछैन । लेनदेन र व्यापारव्यवसायमा अभिबृद्धि हुनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मनमा भय र त्रासको निवास हुनेछ, चिडचिडेपना र अशान्ति बढ्ने योग छ । ऋणसापटीमा रकम लगानी गर्नु भनेको खर्च गरे जत्तिकै हुनेछ । पतिपतगबिीचको दूरी बढ्ने योग छ । अन्तै अलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । आश्वासन दिनेहरूबाट धोका पाइनेछ । नजिकका साथीभाइ टाढिने सङ्केत छ । पापमतिको उदय हुनेछ ।पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न नसकेकाले मनमा निराशा र वैराग्यका भावना टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । बिग्रन लागेको काम पनि अन्त्यमा सफल भई छाड्ने छ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ ।वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । साँझतिर व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिने छ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिने छ ।मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवनमा रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ ।साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन । पारिवारिक र दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ । वैदेशिक यात्रा पनि लाभदायक रहनेछ । समय मनोरञ्जनपूर्ण छ । तर जुनसुकै काममा सफलता आर्जन गर्न प्रतिस्पर्धा गर्नुपर्ने समय छ ।इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग प्राप्त हुनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रभावशाली र ठूला मानिसको सहयोग जुटाउन सकिन्छ । आमाको सहयोगबाट फाइदा मिल्नेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । तर, स्वास्थ्यमा समस्या आउन सक्छ । सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिने छ । भूमि तथा मातृधनबाट लाभ लिने समय छ । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।





Monday, February 11, 2019

तपाईको आजको दिन कति फलदायी ? हेर्नुस् राशिफल

 वि.सं.२०७५ साल माघ २८ गते । सोमबार । ईश्वी सन् २०१९ फेब्रुवरी ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ शुक्ल पक्ष । तिथि षष्ठी,१० घडी ३४ पला,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र अश्विनी,२६ घडी ३० पला,बेलुकी ०५ बजेर २३ मिनेट उप्रान्त भरुणी । योग शुभ,०५ घडि ३४ पला,बिहान ०९ बजेर ०० मिनेट उप्रान्त शुक्ल  । करण तैतिल,बिहान ११ बजेर ०१ मिनेट उप्रान्त गर,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा राक्षस योग । चन्द्रराशि मेष । स्कन्द षष्ठी। काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४० पला ।  मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गर्दा पछिसम्म आम्दानि भैरहनेछ । पढाई लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईले गरेको काम समयमा सम्पन्न हुँने हुँदा चर्चा चुलिनेछ । बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुँनेछन् । आफ्नो क्षमता प्रयोग गरि वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने बिदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा  हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।        कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) आज गरिएको लगानि फस्टाएरु जने हुँनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम खोज्दै हुँनुहुँन्छ भने समयले रोजगार दिलाउँने तथा कामका बढुवा हुँने योग रहेकोछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा कामगरि समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुँनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । सिहं (मा, मी, मू ,मे,मो, टा, टी, टू ,टे) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ ।    कन्या (टो,पा,पी,पू ,ष,ण,ठ,पे,पो) बाटो हिड्दा वा सवारि चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानिसँग सम्बन्धित व्यावसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधि उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हुँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ । बिद्यार्थिहरुले अध्ययनमा सफलता पाउँनेछन् भने गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।  बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । नोकरिका प्रबेसको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुँने तथा रमाउँन सकिनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।  मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनितिमा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुँने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघाात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुँनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफुले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा घटपट हुँने योग रहेकोछ ।  कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाईने हुँदा मन प्रशन्न हुँनेछ । व्यापारमा लगानि गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानिका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाई लेखाईमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुँने योग रहेकोछ । दैनिक जविनलाई सहज हुँने छोटो तथा रमाईलो यात्रा हुँनेछ । धर्म कर्ममा मन जाने हुँनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुँनेछ ।   मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साथिभाई तथा आफन्तसँग सँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानिबाट मनग्गे भन लाभ हुँने योग रहेकोछ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुँने तथा सबैले तपाईको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्गे आम्दानि गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिने समय रहेकोछ । प्रेममा सफलता प्राप्त हुँने तथा नया योजनाका साथ अगाडि बढ्न सकिनेछ ।  तपाईको दिन शुभ रहोस् ।