Thursday, December 31, 2020

विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङको सूचना



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ।
प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ । काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।
लोडसेडिङ गराउनकालागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ ।
पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।
विद्युतका आम उपभोक्ता प्राविधिक कारण मात्रै लाइट काटिने समस्या बढेको हैन कि भनेर शंका गरिरहेका छन् ।
मंगलबार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक शाक्यले त्यसलाई बल पुग्ने गरी मागले नधाने ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।
शाक्यले भनेका छन्, ‘कहिलेकाहीँ मागअनुसार आपूर्तिले धान्न नसक्दा एकातर्फको फिडरमा १०–२० मिनेट लाइन काटेर अर्कोतर्फ दिने काम पहिला पनि हुन्थ्यो । यो पटक प्राविधिकहरु आलोचना हुन्छ भनेर लाइन काट्न डराउँदा समस्या भयो ।’

बर्खास्त भएका एसपी डिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



कञ्चनपुर  १६ पुस । 
निर्मला हत्या प्रकरणमा विवादमा परी बर्खास्त हुन पुगेका एसपी डिल्लीराज विष्टलाई सरकारले पुर्नवहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी विष्ट) बर्खास्तमा परेका थिए । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।
पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका थिए ।
गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो । आफूहरुलाई अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।
हटाएको ३५ दिनभित्र पुनर्वहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधानअनुसार दुवैले निवेदन दिएका थिए ।

Wednesday, December 30, 2020

कञ्चनपुरका करन आउजीले गरे "ईलिगल माया"


कञ्चनपुर, १५ पुस ।
पछिल्लो समय निकै चर्चामा रहेका कञ्चनपुरका मोडल करन आउजीले जि.बि आग्रीद्वारा निर्देशित म्युजिक भिडियो "इलिगल माया"मा अभिनय गरेका छ्न  ।
पिउँदा पनि देख्छु बोतलमा,नाच मेरी काली, सिट छैन खाली,छोरेट्टी लगायत दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा कमाईसकेका  मोडल आउजी कञ्चनपुर पुनर्वास १ का स्थायी वासिन्दा हुन । आकर्षक व्यक्तित्व र नृत्यकार  आउजी राम्रो सम्भावना बोकेका कलाकार हुन ।
"ईलिगल माया" बोलको गीतमा रचना,संगीत र स्वर छपेन्द्र परियारको रहेको छ भने गीतलाई सुमन केसीले एरेञ्ज गरेका हुन । त्यसैगरी भिडियोलाई डिबि रौलेले खिचेका हुन भने मीन रावलले सम्पादन गरेका हुन । भिडियोमा करन आउजीलाई राज चौधरी र अञ्जु कुश्मीले साथ दिएका छन ।

आजको राशिफल/आज वि.सं. २०७७ पुस १५ गते, बुधवार



मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।  

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।  

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ। 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।  

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। केही चुनाैती देखिए पनि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न समय लागे पनि फाइदा हुने काम हातलागी हुनेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ।  नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साथीभाइले साथ दिनेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। मान्यजनको साथ सहयाेग जुट्नेछ। राेकिएकाे काम गर्न सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। 

Thursday, December 24, 2020

लेखराज भट्ट बने नेकपा ओली समूहको सुदूरपश्चिमको संयोजक

काठमाडौ, ९ पुस । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट  नेकपा ओली समूहको सुदूरपश्चिमको संयोजक बनेका छ्न ।
नेकपाको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । बैठकले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ।
त्यस्तै, प्रदेश नं १ मा सुवास नेम्वाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल र कर्णाली प्रदेशमा मणि थापालाई संयोजक तोकिएको महासचिव विष्णुप्रसाद पौडेलले जनाए ।
यसैबीच नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी सो केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै बदर गरेको छ।

Wednesday, December 23, 2020

मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने



काठमाडौं, पुस ८ । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ ।
फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ ।
दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ ।
मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।
यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।
कति प्रभावकारी छ ?
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो ।
पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो ।
ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए ।
यो खोपले कोरोना भाइरसबाट ९४ दशमलव ५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो’, मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने ।
सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर, प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुःखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ ।
‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौं’, इम्पेरिएल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने ।
भण्डारणमा सहज
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।
फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो । बीबीसी

Tuesday, December 22, 2020

अध्यक्ष चयनपछि माधव नेपालको पहिलो अन्तरवार्ता : अब जहाज सही ढङ्गले उड्छ, दुर्घटना हुँदैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले अध्यक्ष केपी शर्मा ओलीलाई वर्खास्त गर्दै माधवकुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको छ । मङ्गलबार बबरमहलमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । नेता नेपाललाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षका लागि गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको हो । नेपाल अध्यक्षमा निर्वाचित भएलगत्तै पहिलो अन्तरवार्ता रातोपाटीलाई दिँदै नेकपारुपी जहाज अव दुर्घटना नहुने बताएका छन् । उनले भनेका छन्, ‘जहाज अब सही ढंगले अघि उड्छ ।’


आजको बैठकले तपाईंलाई अध्यक्षमा निर्वाचित गरेको छ । कस्तो अनुभूति गर्नुभएको छ ?
यस्तो बेलामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुले जुन हिसावले मप्रति विश्वास व्यक्त गर्नुभएको छ, पार्टीका स्थायी समिति र सचिवालयका कमरेडहरुले जुन आशा र अपेक्षा मबाट गर्नुभएको छ, त्यसबाट म अत्यन्त गम्भीर भएको छु ।
हाम्रो पार्टी अत्यन्तै सङ्गीन मोडमा, संकटको घडीमा उभिएको छ । यस्तो बेलामा चुनौतीलाई उच्च मनोबलका साथ सबैलाई एकताबद्ध बनाएर नै कम्युनिस्ट पार्टीलाई आन्दोलनलाई सुदृढ बनाउने विश्वासका साथ यसलाई पुरा गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।
पार्टीको एउटा हिस्सा चोेइटिएर गएको छ । यस्तो बेलामा नेकपा एकढिक्का छ भनेर आम कार्यकर्तालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
कम्युनिस्ट आन्दोलनको मुलधार भनेको यही नेकपा नै हो । अरु साथीहरु जो भ्रम र अन्यौलमा हुनुहुन्छ, उहाँहरु सबैलाई के आश्वस्त पार्न चाहान्छु भने कि सवैलाई न्यायोचित व्यवहार र मूल्याङ्कन गरिने छ । योग्यता, क्षमता र योगदानअनुसार जिम्मेवारी प्रदान गरिने छ, कुनै भेदभाव गरिने छैन । त्यसो हुनाले मनमा अरु कुनै किसिमको आशंका नराखेर एकताबद्ध भएर जान आग्रह गर्दछु । जनताले यो पार्टीमा धेरै ठुलो आशा र भरोसा गरेका पनि छन् । त्यसैले यो पार्टीमा आजसम्म रहेका कमी–कमजोरीहरुलाई खोज्नुपर्ने, चित्रित गर्नुपर्ने र हटाउनुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यक्ता छ ।
दुईवटा पाइलट बन्दा नेकपा यो अवस्थामा आयो । फेरि पनि दुईवटै पाइलट राख्नुभएको छ । यस्तो अवस्थामा जहाज सही ढङ्गले उड्छ त अब ?
पुरानो अभ्यासको पालना गर्ने कुरामा कहाँ समस्या रहे ? अब नयाँ अभ्यास गर्दा कसरी यसलाई सफल बनाउन सकिन्छ भन्ने बारेमा पहिले भएका कमी–कमजोरीहरुको हामीले खोजी र पहिचान गर्नुपर्दछ । र ती कमजोरी नदोहोरिउन् भनेर सुनिश्चतता गर्नुपर्दछ ।
पार्टी एकताको मूल आधार भनेको पार्टीको नीति नै हो, विचार नै हो । कस्तो पार्टी बनाउने भन्ने हाम्रो धारणा नै हो । यस सन्दर्भमा पार्टीको विधानले नै सवै कुरा प्रस्ट पारेको छ । कतिपय कुरा प्रष्ट पार्नुपर्छ भने नियमावलीहरुलाई प्रष्ट पारेर अघि बढ्नुपर्छ । मलाई लाग्दैन– कुनैपनि समस्याहरुको समाधान हामीले खोज्न नसकौँ, पक्कै समाधान खोज्न सकिन्छ । विश्वासको नयाँ वातावरण तयार गर्न सकिन्छ । विश्वासको वातावरण बन्न सक्यो, विधिमा बाँधिन सक्यौँ र उद्देश्यमा एक भएर जान सक्यौँ भने हाम्रो यात्रा हाम्रो जहाज सहज ढङ्गले अघि बढ्नेछ ।
संसद भंगको बिरुद्धमा तपाईंहरुले ल्याउने संघर्षका कार्यक्रम के हुनसक्छन् ?
त्यसका निम्ति देशव्यापी रुपमा जनपरिचालन नै हो । संवैधानिक प्रावधानका विरुद्धमा चालिएको कदमका विरुद्धमा, लोकतन्त्रमाथि आघात पुर्‍याउने कदमका विरुद्धमा र अहिले जुन ढंगले प्रधानमन्त्रीबाट चालिएको एकाधिकारवादी, सर्वसत्तावादी, संविधान र लोकतन्त्रविरोधी कदम त्यसका निम्ति आम जनतालाई सचेत बनाउने हो । त्यसो गरेर सबै निकायको ध्यानाकर्षित गर्दै संसदको पुनर्स्थापना गरेर त्यसले जनताको मतको सम्मान गरेर जनताको चाहना पूरा गर्ने गरी त्यो संसदले आफ्नो भूमिका निर्वाह गर्ने अवस्थामा पुर्‍याउने हो ।
प्रधानमन्त्रीलाई अध्यक्षबाट पदमुक्त त गर्नुभयो । के अझैपनि उहाँ सुध्रेर आउनुहुन्छ भन्ने आशा छ ?
हामीले सबै ढोका बन्द गर्नुहुँदैन । यसको अर्थ हामीमा उदारता देखिन्छ, देखाउछौँ । उदारता देखिनु राम्रो हो । हाम्रो पूर्वाग्रह देखिँदैन । कुनै व्यक्तिको विरुद्धमा हामी लक्षित छैनौँ भन्ने यसले देखाउँछ । हामी प्रवृतिका विरुद्ध जुधिरहेका छौँ । हाम्रो लडाईं पनि प्रवृत्तिका विरुद्धमा नै हो । प्रवृत्तिलाई बोक्ने पात्रहरु हुन्छन्, त्यसैले ती पात्रलाई होइन, प्रवृत्तिलाई सिध्याउन खोजेका हौँ ।
रातोपाटीबाट।

आजको राशिफल/आज २०७७ पुस ७ गते मंगलबारको राशिफल

आज २०७७ पुस  ७ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
बृष
अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
मिथुन
कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।
कर्कट
साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।
सिंह
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
कन्या
अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
तुला
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
बृश्चिक
सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ ।
धनु
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मकर
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।
कुम्भ
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

Monday, December 21, 2020

आजको राशिफल/आज मिति २०७७ साल मङ्सिर ६ गते सोमबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।


बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ।


मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुगिनेछ। प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।


कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतीक्षित नतिजाले कम दोहोर्याउनुपर्ने स्थिति निम्त्याउन सक्छ। मेहनतले परिस्थितिमा सुधार ल्याउन सकिनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। 


सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।


कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। नयाँ काम प्रारम्भ हुनेछ। 


तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।


बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।


धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।


मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।


कुम्भ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। समय दिन नसक्दा नियमिर काममा बाधा हुनेछ।

Sunday, December 20, 2020

खानेपानी मन्त्री बिना मगर सहित सात मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका खानेपानी मन्त्री बिना मगर सहित ७ जना मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिनु हुने सात मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा खानेपानी मन्त्री बिना मगर सहित  उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल रहेका छ्न ।

संसद विघटन जनादेश माथिको धोका

काठमाडौं ५ पुस।
 विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठवन्धनलाई जनताले झण्डै दुईतिहाई मत दिनुको कारण थियो- लामो राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा जाओस् ।
चुनावी अभियानमा तत्कालीन वाम गठबन्धनले अगाडि सारेको राजनीतिक स्थिरता र समृद्धिको नाराले धेरै नेपालीको मन छोएको थियो । पछि दुई पार्टीको एकीकरण भयो र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार बन्यो । जनताको आशा थियो- अब देशमा राजनीतिक स्थिरता कायम भई देश स्थायित्व र समृद्धिको बाटोतर्फ लम्कने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक ऐतिहासिक अवसर पाएका थिए । विसं २०१५ मा वीपी कोइरालापछि जनताको यति ठूलो जनादेश पाउने प्रधानमन्त्री ओली नै थिए ।
तर, ओलीले इतिहासले दिएको ऐतिहासिक जिम्मेवारीलाई अत्यन्त हल्का ढंगले लिए, लापरवाही गरे । उनी कहिल्यै पनि बालुवाटारको एउटा सानो कोटरीबाट बाहिर निस्कन सकेनन् । उनले एकातिर पार्टीको विश्वास जित्न सकेनन् भने अर्काेतिर विपक्षी दललाई साथ लिन सकेनन् ।
प्रधानमन्त्री ओलीको नियत कसरी समृद्धि ल्याउने, जनताका माग सम्बोधन गर्ने भन्नेतिर देखिएन । बरु उनको जोड षडयन्त्र गर्ने, संसदमा रहेका साना दलहरु फुटाउने, अदालतमा हात हाल्ने, दलका नेताहरुलाई भ्रष्टाचारको मुद्दा लगाएर थुन्न खोज्ने तर आफैं भ्रष्टाचारको दलदलमा फस्ने र संवैधानिक निकायहरुलाई कमजोर बनाउनेमा केन्द्रित देखियो ।
यति मात्र होइन, यो तीन वर्षको अवधिमा ओलीले सरकार सञ्चालनमा कुनै पनि सुधार ल्याउन सकेनन् । उनले राजनीतिक स्थिरताको म्यान्डेट त पाए, तर त्यसलाई कहिल्यै पनि व्यवहारमा प्रतिविम्वित गर्न सकेनन् । वामपन्थी दललाई जनताले दिएको म्यान्डेटलाई उनले आफ्नो व्यक्तिगत म्यान्डेटका रुपमा बुझे । आफ्नै पार्टीका नेतालाई विश्वासमा लिनुको साटो उनले एकपछि अर्काे अपमान गर्न थाले ।

संसद विघटन गरिएको यो घटना जनतामाथिको ठूलो गद्दारी हो, धोका हो र जनमतको अपमान पनि हो

जसले गर्दा पार्टीका सबै प्रमुख नेताहरु चिढिए । पार्टी एकीकरण गर्दा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकार र पार्टीको नेतृत्व बराबरी गर्ने सहमति गरेका थिए । सो सहमतिअनुसार उनले अढाई बर्षमा या त त प्रधानमन्त्री या त पार्टी अध्यक्ष छाड्नुपर्ने थियो, तर उनले छाडेनन् ।
राजनीतिक स्थिरताको खातिर नै पार्टीका नेताहरुले उनलाई पाँचै वर्ष सरकार चलाउन दिन सहमत भए । पाँच बर्ष सरकार चलाउन उनलाई कुनै पनि कठिनाई पार्टीका तर्फबाट थिएन, खाली उनको चुनौती भनेको पार्टीको व्यवस्थापन मात्रै थियो ।
पार्टीमा विभिन्न समयमा भएका सहमतिलाई ओलीले अत्यन्त गलत र सतही ढंगले लिए । पार्टीमा देखा परेको विवादलाई समाधान गर्न उनी कहिल्यै पनि गम्भीर भएनन्, उल्टो पार्टीका शीर्षनेतालाई उनले संसद भंग गर्ने धम्की दिँदै आए ।
आखिर आज ओलीले मुलुकलाई राजनीतिक अस्थिरताको पुरानै अवस्थामा पुर्‍याएका छन् । यसले के स्पष्ट पारेको छ भने देशमा ओलीको चाहना स्थिरता थिएन, खाली व्यक्तिगत महत्वकांक्षा थियो । यदि स्थिरता, देशको हित र जनताको हित केन्द्रमा थियो भने उनले पार्टीको विवाद समाधान गर्थे र आज यो अवस्था आउने थिएन । संसद विघटन गरिएको यो घटना जनतामाथिको ठूलो गद्दारी हो, धोका हो र जनमतको अपमान पनि हो ।
बीपी कोइरालापछि नेपालको इतिहासमा नायक हुने अवसर केपी ओलीलाई थियो । तर, उनी अब खलनायकका परिणत भएका छन् । उनको यो कदमले मुलुकले ठूलो राजनीतिक अस्थिरताको भूमरीमा धकेल्नेछ ।
जसरी २०५१ सालमा पार्टीभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदले भंग गरेपछि मुलुक एउटा ठूलो राजनीतिक अस्थिरता र द्वन्द्वको भूमरीमा फस्यो, आज मुलुक फेरि त्यही अँध्यारो अवस्थातर्फ उन्मूख भइरहेको छ ।
केपी ओलीले जनमतको सम्मान गर्ने हो भने संसदीय दलमा अल्पमतमा पर्नासाथ प्रधानमन्त्री पदबाट राजीनामा गरेर आफ्नै दलबाट अर्काे सरकार गठनको बाटो खोल्न सक्थे । तर, त्यसो गरेनन्, सिधै संसद भंगको दिशामा गए ।
ओलीको नेतृत्वमा बनेको सरकारले कोभिड-१९ को महामारीको व्यवस्थापन गर्न सकेन । भ्रष्टाचार बढ्यो । कुशासन बढ्यो । यसले जनतामा चरम निराशा उत्पन्न गर्‍यो । ओली सरकारको असक्षमताका कारण नै राजवादीदेखि, विप्लव समूहले समेत यो व्यवस्थाको विरोधमा अभियान नै चलाएका छन् । यहीबेला जनमतको उपेक्षा गदै संसद भंगले गरेर उनले अतिवादीहरुलाई खुला आमन्त्रण गरेका छन् ।
उनको कदमले यो व्यवस्था विरोधीहरुको मनोवल बढाउने छ, जनताको मनोवल गिराएको छ । यदि पार्टीले उनलाई काम गर्न अप्ठेरो नै पारेको थियो भने उनले यो विषयमा जनताको थलोलाई जानकारी गराउन सक्थे ।
तर, ओलीको नियतमा नै खोट थियो भन्ने अहिले पुष्टि भएको छ । उनले कहिल्यै पनि आफूलाई निर्वाचित गरेको संसदलाई सम्मान गरेनन् । ६ महिना अगाडि मात्रै उनले कसैलाई पनि नसोधी संसद अधिवेशन अन्त्य गरेका थिए ।
केपी ओली कहिल्यै पनि संसदप्रति उत्तरदायी देखिएनन् । अध्यादेशमार्फत शासन चलाउने उनको चाहना यस अगाडि पनि पटक-पटक मुखरित भएकै हो । म नै राज्य हुँ, अरु सबैले मैले भनेअनुसार गर्नुपर्छ भन्ने मानसिकता राखेर उनले शक्ति सन्तुलनमा खलल उत्पन्न गरे । त्यसैले ओलीको कदम जनतामाथिको ठूलो धोका हो, अपमान हो र गद्दारी हो ।
संविधानले अधिकार नै नदिएको अवस्थामा प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमलाई राष्ट्रपतिले सच्याएर मुलुकलाई संकटबाट जोगाउनुपर्ने धेरैले मत प्रकट गरिरहेका छन् ।
राष्ट्रपतिले त्यो दायित्व पूरा नगरेमा सर्वोच्च अदालतले त्यो संवैधानिक गल्तीलाई सच्याउन सक्छ । तर, अदालतले पनि गल्ती सच्याएन भने देशमा आन्दोलन हुन सक्छ र आन्दोलनको दबावमा राष्ट्रपतिले विगतमा ज्ञानेन्द्रले गरेजस्तै वक्तव्यमार्फत यो कदम सच्याउनुपर्ने अवस्था आउन सक्छ ।

प्रधानमन्त्रीको संसद विघटनकाे सिफारिसपछि अब के हुन्छ?


काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको दुई वर्ष समय बाँकी रहदै विघटनको सिफारिस गरेपछि अब के हुन्छ भन्ने विषयमा चासो देखिएको छ। 
प्रधानमन्त्रीको यो निर्णय राष्ट्रपतिले अनुमोदन गरे २०७४ सालमा निर्वाचित संसद औपचारिक रुपमा विघटन हुन्छ । त्यसपछि राज्यका तीन निकाय कार्यपालीका, व्यवस्थापिका र न्यायपालिका मध्य सबैभन्दा महत्वपूर्ण व्यवस्थापिका हुदैन। 
संसद विघटन भएपछि अव त्यसको बैधानिकतामा तर्क वितर्क हुन्छन् । तर त्यो तर्क वितर्कको अन्तिम फैसला गर्ने अधिकार भने न्यायपालिकामा हुनेछ । ओलीले संसद विघटन गरेका निर्णय खारेज गरी पाउ भनेर छिट्टै सर्वोच्च अदालतमा रिट निवेदन दायर हुनेछ । त्यसपछि संसद विघटनको वैधानिक कि अवैधानिक जाच्ने अधिकार सर्वोच्च अदालतमा पुग्नेछ। 
त्यहीबीचमा वर्तमान कामचलाउन सरकारले नयाँ चुनावको मिति घोषणा गर्न सक्नेछ । बढिमा ६ महिनाको समय राखेर संसदको नयाँ चुनाव घोषणा गरेपछि पछि फेरि त्यसका विषयमा पनि चुनावमा भाग लिने र नलिनेबीच तर्कवितर्क हुन्छ। 
यद्यपी यसअघिको नजिर हेर्दा २०५१ सालमा पनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर चुनाव गरेको हुनाले चुनावमा भाग लिनै पर्ने अवस्था सबै राजनीतिक दलमा हुने छ । चुनावको मितिभन्दा अघिनै सर्वोच्चले संसद विघटनका विषयमा फैसला दिए त्यसले चुनाव हुने कि नहुने टुंगो लाग्ने छ । तर सर्वोच्चको फैसला त्यो समयसम्म पनि आउन सकेन भने चुनावी प्रक्रिया अघि बढ्ने देखिन्छ। 
ओलीले उनको दल नेकपामा कुनै पनि छलफल नगरी संसद विधटन जस्तो जोखिमपूर्ण निर्णय लिएपछि नेकपाले भने ओलीलाई कारबाही गरेर अध्यक्षबाट हटाउन सक्नेछ । त्यो निर्णयले नेकपा औपचारिक रुपमा दुई पार्टीमा विभाजन हुन सक्ने हुन्छ। 

 

संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्।
कायर्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई पर्खिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका हुन्। प्रधानमन्त्रको कदममो चौतर्फी विरोध हुन थालेको छ।