Friday, August 31, 2018

निर्मला हत्या काण्ड: प्रहरीद्वारा नै प्रमाण नष्ट

उल्टाखाम (कञ्चनपुर) - निर्मलाको शव फेला परेपछि प्रहरीले नै उनले लगाएको सुरुवाल पानीमा पखालेर प्रमाण नष्ट गरेको खुलासा भएको छ। एकएक प्रमाण नष्ट हुन नदिन चनाखो हुनुपर्ने प्रहरीले नै वीर्य, रगतलगायतका सुरुवालमा फेला पर्न सक्ने प्रमाण पखालेर नष्ट गर्नुले गम्भीर रहस्य देखिएको छ। ‘भान्जीको एक खुट्टामा मात्र लत्रिरहेको अवस्थामा सुरुवाल थियो, प्रहरी टोलीकै अगाडि एक महिला प्रहरीले निकालेर उखुबारीमा जमेको पानीमा चोप्दै धोएकी थिइन्’, प्रत्यक्षदर्शी निर्मलाका मामा केशव भण्डारीले भने, प्रहरीले नै प्रमाण नष्ट गर्न सुरुवाल निकालेर पखालेको हो।’
हत्या पछी उखुवारीमा फेला परेको निर्मलाको शव 
घुँडासम्म डुब्ने पानी रहेको ठाउँमा घोप्टो अवस्थामा निर्मलाको शव फेला परेको उनले बताए। उनले भने, ‘एउटा खुट्टाबाट निकालेर अर्को पैतालाको भाग लत्रिरहेको अवस्थामा सुरुवाल थियो। प्रहरी अधिकारी, इन्सपेक्टरसहितको टोलीअघि ती महिला प्रहरीले सुरुवाल झिकेर तीन पटक पानीमा पखालेको उनले बताए। सुरुवाल पखालेपछि निर्मलाको गुप्तांग ढाकेको उनले बताए । ‘महिला प्रहरीले मेरै आँखाअगाडि सुरुवाल झिकेर पखालेको भिडियो मोबाइलमा खिचेको छुँ,’ उनले भने, ‘मेरो मोबाइलमा त्यो भिडियो सुरक्षित छ।’
घटना स्थलमा गएका मोतीकुमार नेपाल प्रहरीले निर्मलाको सुरुवाल आफ्नै आँखाअगाडि धोएको बताउँछन्। ‘हामी तीन–चारजना स्थानीय र प्रहरीको टोली उखुबारीमा खोज्न गयौं । शव फेला परेपछि घोप्ट्याएको अवस्थाबाट शव उत्तानो पारेर सादा पोसाकमा रहेकी एक महिला प्रहरीले सुरुवाल निकालेर पखालेकी हुन्’, उनले भने, ‘प्रहरीले दोषी बचाउन सुरुदेखि प्रमाण नष्ट गर्दै आएको थियो।’
कानुन व्यवसायी गम्भीर ऐर घटनास्थल संरक्षण गर्नु प्रहरीको दायित्व रहेको बताउँछन्। ‘प्रमाणको स्वरूप बिग्रनु हुँदैन । प्रहरीले नै शवको सुरुवाल पखाल्नुले प्रमाण नष्ट गर्न खोजेको प्रस्ट हुन्छ,’ उनी भन्छन्। सबभन्दा पहिले घटनास्थल सुरक्षित राख्ने सबै प्रहरीलाई तालिम दिइएको प्रहरी अधिकारी बताउँछन्। ‘प्रहरीको सबैभन्दा पहिले घटनास्थल सुरक्षित राख्ने ड्युटी हो’, प्रदेश ७ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक सुरज केसीले भने। एक साताअघि मात्र यहाँ आएकाले कञ्चनपुर घटनाबारे भने आफूलाई जानकारी नभएको उनको भनाइ छ।
बलत्कार गर्ने व्यक्तिको वीर्यलगायतको धेरै प्रमाण फेला पर्ने सुरुवाल प्रहरी टोलीकै अगाडि महिला प्रहरीले पखालेको कुराले थप रहस्यमय बनाएको स्थानीय बताउँछन् । ‘लासको सुरुवाल पखालिनुले बालिका हत्या गर्ने दोषीलाई बचाउने खेल सुरुदेखि नै भएको स्पष्ट भएको छ,’ स्थानीय रतन ओझा भन्छन्।
‘घटनास्थलमा कोहीलाई जान नदिने, कोही नजान सकून् भनेर डोरी हाल्ने, कसैलाई घटनास्थलमा रहेका वस्तु छुन नदिने जस्ता कुरा गरेर प्रहरीले प्रमाण बचाउने प्रयन्त गर्नुपर्छ,’ नाम नखुलाउने सर्तमा एक प्रहरी अधिकारी भन्छन्, ‘प्रहरीले नै लासको सुरुवाल निकालेर धोएको हो भने आश्चर्यजनक हो।’ पूर्वप्रहरी नायब महानिरीक्षक शरद चन्द चिसो पानीले पखालेमा रगतलगायतका प्रमाण नष्ट हुने बताउँछन्।
रोशनी बम र बबिता बम दिदीबहिनीदेखि शव फेला परेको ठाउँसम्म साउन १० गते कति जना हिँडेका थिए ? त्यो ठाउँमा कोको आएका थिए।

Thursday, August 30, 2018

सन्तोष राजको संगीत अनि राजेशपायलको स्वरमा दर्शन नमस्ते ३ को ‘आईलभ यु’ सार्वजनिक

साझा पत्रिका सम्बादाता
काठमाडौँ, भदौ १३
         

नेपालका चर्चित गायक राजेशपायल राईको स्वर तथा संगीतकार सन्तोष राजको स्वरमा सजिएको सुन्दर गीत ‘आईलभ यु’ लाई बुधबार विन्ध्यावासीनी म्युजिकले युट्युबमा सार्वजनिक गरेको छ । यस अघि दर्शन नमस्ते एल्बममा समावेश गरिएका गीतहरुले निकै नै चर्चा बटुले भने अब दर्शन नमस्ते ४ एल्बमका गीतहरु सार्वजनिक हुँदै छन । विभिन्न भाषाका गीतमा कर्णप्रिय संगीत भरेर नेपाली श्रोताहरु माझ लोकप्रिय बनेका संगीतकार सन्तोष राज र राजेश पायल राईको सहकार्यमा निर्माण भएको यस गीत धेरै नेपाली श्रोताहरुको प्रतिक्षित गीत समेत हो ।

दर्शन नमस्ते ४ मा समाबेश यस गीतको रेकर्डिङका लागि साउन २४ गते संगै भारतको मुम्बई प्रस्थान गरेका संगीतकार सन्तोष राज र गायक राईले मुम्बई स्थित इमपाइर स्टुडियो गीत रेकर्ड गराएका थिए । करिव १० दिनको मुम्बई बसाईमा यो लगायत अन्य गीतहरु समेत रेकर्ड गरिएको गायक राईले बताए । 

बुधबार सार्वजनिक ‘आईलभ यु’ को लिरिक्स डा. नवराज लम्सालको हो । कजिस श्रेष्ठको निर्देशनमा बनेको यस गीतको म्युजिक भिडियोमा अनु शाह र विजय तामाङले अभिनय गरेका छन ।

विश्वमै ५ घण्टामा ९ गीत रेकर्ड गर्ने पहिलो गायकका रुपमा चिनिने गायक राईका नेपालमा मात्र नभएर एसियायी देशहरुमा समेत उनको धेरै फ्यान छन । ‘फैलियो माया दुबो सरि’ र ‘बैगुनी रैछौ मायालु’ गायक राईका सुरुवाती चर्चित गीतहरु हुन । २०६७ मा छिन्नलता पुरस्कारबाट सम्मानित गायक राईको नयाँ एल्वमको गीतहरुमा स्व. अम्बर गुरुङ, सन्तोष राज, रञ्जित गजमेर, उत्तमजङ लिम्बू, बसन्त सापकोटा, महाराजा थापा,  अर्जुन पोखरेल, पारस मुकारुङ, बादल लिम्बू, विनोद खम्बु र महेश खड्काको संगीत रहने छ । त्यस्तै एल्वममा समावेश गीतका शब्दहरु टीका चाम्लिङ, राई नवीन, वसन्त सापकोटा, महेश खड्का र डा.कृष्णहरि बरालको रहेका छन् ।

https://youtu.be/EiWRsJWYxms

Wednesday, August 29, 2018

बेलौरी उद्योग वाणिज्य संघ द्धारा नेपाली र ऐडी लाई स्वागत

शितल भट्ट
बेलौरी भाद्र १३ –
       बेलौरी उद्योग वाणिज्य संघले बुधबार एक बिषेश स्वागत एवम् परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ  । बेलौरी नगरपालिका मा नयाँ सरुवा भई आउनु भएका उप–सचिव स्तरिय प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपाली र  अधिकृत भोज बहादुर ऐडी लाई भव्य स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । यस्तै, कार्यक्रममा शसस्त्र प्रहरी सिमा सुरक्षा बल बेलौरीमा सरुवा भई आउनु भएका  शसस्त्र प्रहरी निरीक्षक माधव जोशीलाई संयुक्त रुपमा स्वागत गरेको छ ।


प्रमुख प्रशासकिय अधिकृत नेपाली संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट आउनु भएको हो भने, ऐडी लेकम गाँउपालिका दार्चुला बाट सरुवा भई आउनु भएको हो । यहाँ यस अघि कार्यकारी अधिकृत मंगल बहादुर शाहीले प्रशासनमा अनियमितता र असामान्य कार्य गरेको भन्दै अख्तियारमा उजुरी परेपछि नगरपालिकाको संयुक्त टोलिले शाहीलाई अन्यत्रै सरुवा फालेको हो । भने हाल बौद्धिक बरिष्ट र बिशिष्ट व्यक्ति नगरपालिकामा ल्याईएको नेकपा का युवा नेता यज्ञ राज कडँेल ले बताउनुभयो । यस्तै स.प्र.नि जोशी सि.सु.का कञ्चनपुर बाट बेलौरीमा स.प्र प्रमुखका रुपमा खटिएका छन । 
बेलौरी उद्योग वाणिज्य संघको स्वागत एवम् परिचयात्मक कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नेपाली ले बेलौरी नगर पालिकाको सम्बृद्धि र बिकाशका लागि राजनितिक दल संग छलफल र समुन्वय अपरिहार्य रहेको बताउनु भयो । उहाँले बेलौरी नगरपालिका भित्र रहेका असमानता हरुलाई आफ्नो क्षमता र योग्यताले भ्याए सम्म जग जाहेर गर्ने कुरामा जोड दिनु भयो ।
यस्तै, अधिकृत ऐडिले बेलौरी नगरपालिका को योजना निति तथा कार्यक्रमहरुलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न कार्यपालिका छलफल मा जुटिरहेको बताउदै उहाँले बेलौरी मा बिकास र निकास सम्मका धेरै कार्य गर्न बाँकी नै रहेकाले आफुले पाएको जिम्मेवारी र कर्तव्य लाई सम्बृद्धि तर्फ डोर्याउन लागि रहेको कुरामा प्रकाश पार्नु भयो । 

अर्को तर्फ यता बेलौरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष एवम् नेकपा का नेता यज्ञ राज कंडेलले प्रमुख प्रशासकिय नेपाली र ऐडी लाई स्वागत गर्नुहुदै भन्नुहुन्छ " बेलौरी नगरपालिका लाई नमुना नगरपालिका बनाउनमा यहाँहरुको महत्वपुर्ण योगदान रहने कुरामा हामी बिश्वस्त छौ, साथै नगरका सबै वडा तथा क्षेत्रलाई जनसङ्ख्या र भुगोलका आधारमा बजेट निर्धारण एवम् बाडफाँडमा हेरफेर गर्नु पर्नेमा जोड दिनुभयो । साथै अहिलेकोे मुख्य समस्याका रुपमा रहेको छाँडा पशु चौपायालाई नगरपालिकाले दिर्घकालिन रुपमा व्यवस्थापन गर्नुपर्ने सहितको धारणा समेत राख्नु भयो । साथै उहाँले बेलौरी नगरपालिकाको बिकाशको गतिलाई अब कसैले रोक्न नसक्ने समेत ठोकुवा गर्नु हुदै ५ बर्ष भित्र बेलौरी नगरपालिका का स्थानिय जनताले सम्बृद्धिको श्वास फेर्ने कुरामा जिकिर गर्नु भयो ।

यस्तै,नव आगन्तुक नेपाली र ऐडीको स्वागत एवम् परिचयात्मक कार्यक्रममा बोल्दै बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी नारायण चौधरीले नगरपालिकाले तत्काल नगरी नहुने कार्यहरुलाई बुदागत रुपमा स्मरण गराउनु भयो । 


१. बेलौरी नगरपालिकाको एकमात्र महत्वपुर्ण सडकखण्ड आर्यघाट जाने बाटोको समस्या तत्काल समाधान गर्नु पर्ने,
२. बेलौरी नगरपालिका अन्तर्गत रहेका ३ तिन मुख्य बजार ( बेलौरी, गोकुलपुर र कलकत्ता बजार ) क्षेत्रको फोहोर व्यवस्थापनमा जोड दिनु पर्ने,
३ बेलौरी बजार क्षेत्र साँझ पर्दा अन्धकारमय हुने भएकाले बजार क्षेत्रमा तत्काल सडक बत्ती एवम् सौर्य बत्ती जडान गरिनु पर्ने,
४. बेलौरी बजार क्षेत्र सामान्य पानी पर्दा समेत जलमग्न हुने भएकाले यो समस्याको दिगो समाधान गर्न तत्काल पहल गर्नु पर्ने,
५. छाँडा पशु चौपायाको उचित व्यवस्थापन गर्नु पर्ने

लगायत नगरको समग्र बिकास निर्माणका सवालमा उहाँले बिषेश जोडदिनु भयो ।  यस्तै अध्यक्ष चौधरी थप्नुहुन्छ, बेलौरी उद्योग वाणिज्य संघले पहिलो पटक यसै कार्तिक ८ गते बाट नगरको सहयोमा प्रथम औद्योगिक व्यापार तथा पर्यटन महोत्सव आयोजना गरिने जानकारी गराउदै  आफुलाई औद्योगिक व्यापार तथा पर्यटन महोत्सव आयोजना गर्न उत्साह र हौसला प्रदान गर्नुहुने र कार्यक्रममा पाल्नुहुने सबैलाई स–धन्यवाद व्यक्त गर्नुभयो ।

साथै उहाँले बेलौरी उद्योग वाणिज्य संघको प्रथम महोत्सव भव्य र सव्यताका साथ सफल पार्न सबैलाई आह्वान समेत गर्नु भयो । कार्यक्रममा उद्योगी ब्यापारी बिज्ञ एवम् राजनितिज्ञहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Sunday, August 26, 2018

निर्मला पन्त हत्याका अनुसन्धानमा कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्। 


शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्। 

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरामा रहेका सबैलाई पक्राउ गर्न बादललाई निर्देशन दिएका हुन्। 

सँगै नेकपाले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सचिवालय बैठकले यस्तो माग गरेको हो।

सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको सूक्ष्म छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको हो।

बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त छ। नेकपाको बैठकले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत नेकपाको बैठकले गरेको छ। नेकपाले घटनालाई लिएर सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सरकार सचेत हुनुपर्ने बताएको छ।

यस्ता घटनालाई साम्य पार्न जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरेको हो।


Saturday, August 25, 2018

मन्त्रिपरिषद् बैठक : निर्मला पन्त र सन्नी खुनाको परिवारलाई १०/१० लाख र खुनालाई सहिद घोषणा गर्ने

कञ्चनपुर !
     मन्त्रिपरिषद्को बैठकले बलात्कार र त्यसपछि हत्या भएकी निर्मला पन्तको परिवारलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

त्यस्तै, शुक्रबार कञ्चनपुर घटनाकाे विराेध गरिरहेका माथि प्रहरीले गोली प्रहार गरेकाे थियाे । साे गाेली लागेर मृत्यु भएका सन्नी खुनालाई सहिद घोषणासँगै उनको परिवारलाई पनि १० लाख राहत दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग सूचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले कञ्चनपुर घटनाबारे सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गरिने प्रतिवद्धता दोहोर्‍याए ।

महाकाली नदीको पानीले सतर्कता तह पार गर्‍याे, स्थानीयलाई सतर्क रहन आग्रह

कञ्चनपुर महाकाली नदीको डढेल्धुरामा रहेको पारीगाउँ बाढी केन्द्रमा नदीमा आएको बाढीले सतर्कता तह पार गर्न थालेको छ ।

शनिबार बेलुकीदेखि महाकाली नदीले सतर्कता तह पार गरेकोले आइतबार बिहानसम्म सचेत रहन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको  छ । यस्तै कर्णाली नदीले पनि शनिबार सतर्कता तह पार गर्न सक्ने शाखाले जनाएको छ ।

यस्तै मनसुनी वायू सक्रिय भएकाले शुक्रबारदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । राति पनि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आइतबार र सोमबार पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । 
 

लालपुर स्थित ३३ केबि लाईनको समस्याका कारण २३ घण्टा विद्युतसेवा अवरुद्ध

गौरब बिष्ट
झलारी, भाद्र ९
         कञ्चनपुरको लालपुर शाखाबाट बितरण हुने ३३ केबि लाईनमा समस्या आउदाँ शुक्रबार देखि अवरुद्ध भएको विद्युत सेवा शनिबार बेलुका मात्र सुचारु भएको छ ।

कञ्चनपुरको झलारी, पुनर्वास र बेलौरी लगायतका क्षेत्रमा विधुत सेवा अवरुद्द हुँदा समस्या उत्पन्न भएको थियो ।   कञ्चनपुरको शुक्लाफ़ाटा नगरपालिका ५  गर्जमुनीमा विधुतीय तार चुडिडा विधुत प्रसारण लाईन मा समस्या आएको कञ्चनपुर  महेन्द्रनगरका सहायक इन्जिनियर ललित बहादुर चन्दले जानकारी दिएका छन् ।

विद्युत सेवामा समस्या आउदा स्वास्थ्य, संचार, विभिन्न ब्याबसाय लगायत सम्पूर्ण क्षेत्र मा समस्या उत्पन्न भएको थियो  । देश नै आक्रान्त बनेको कञ्चनपुरमा बालिका बलात्कार र हत्याको बारेमा समेत सुचना संदेश समेत सुन्न नपाएको शुक्लाफाँटा नगरपालिकाका स्थानीयहरुको गुनासो रहेको छ ।

सरोकार वाला सम्बन्धित निकायलाई हिजो साँझ नै जानकारी गराएको भएतापनि आज राति परिसक्यो भोलि तिर आएर समस्या सामाधान गरिदिउला भनेर आलटाल गरेको झलारी बासीको भनाई रहेको छ ।

समस्या बारे बुझ्न खोज्दा कलुवापुर र झलारी शाखा का प्राबधिकहरुले फोनै अफ गरेका थिएभने महेन्द्रनगरलाई जानकारी गराउदा झलारी कलुवापुर शाखालाई जानकारी गराउनुस भनि पन्छिएका थिए ।

कञ्चनपुर पछी पोखरामा पनि १३ वर्षीय बालिकाको बलात्कार पछी हत्या !

काठमाडौँ, भदौ ०९
         पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासिनी मावि बटुलेचौरमाकक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् । १३ वर्षीया पुष्पा केसी बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर पुगिनन् । घर नपुग्दै तरकारी किनेर लानु छ भन्दै नजिकै बसबाट झरेकी पुष्पा शुक्रवार फापरतरोको झाडीमा मृत भेटिएकी हुन् ।

उनले लगाएको स्कट खोलिएको, भुईहरु चिथरेको, लगाएको जुत्ता र स्कुल ब्याग केही माथि भेटिएको थियो । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो ।

घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थल पुग्नेहरू यो बलात्कार पछि हत्या भएको हुनसक्ने बताउँछन् । उनको सबलाई पोस्टमार्टमका लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

फाईल फोटो

Wednesday, August 22, 2018

प्रदेश ७ को नाम ‘खप्तड’, राजधानी ‘गोदावरी’ राख्न सुझाव

धनगढी : प्रदेश ७ को स्थायी राजधानी र प्रदेशको नाम सिफारिस गर्न गठिन विशेष सुझाव समितिले २२ दिनपछि सुझाव बुझाएको छ। समितिले लामो छलफल र बहसपछि प्रदेशको नाम र स्थायी राजधानीको स्थानबारे प्रतिवेदन सभामुख अर्जुनबहादुर थापालाई बुझाएको हो। समितिले बुझाएको प्रतिवेदनमा नाम र स्थायी राजधानी कुन क्षेत्रमा सिफारिस गरिएको छ भन्नेबारे भने गोप्य राखिएको छ।

स्रोतका अनुसार प्रतिवेदनमा गोदावरी क्षेत्रमा प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम खप्तड राख्न सिफारिस गरिएको छ। ‘हामीले सुरुदेखि नै छोटो मिठो नाम राख्ने सोचमा थियौं,’ समितिका एक सदस्यले भने, ‘अन्ततः त्यस्तै नाम भेटिएको छ।’ नाम र राजधानीका विषयमा सर्वसम्मत भएको उनले दावी गरेका छन्। ‘जति कठिन हुन्छ भन्ने थियो त्यति भएन,’ उनले भने, ‘हामीले निर्विवाद रुपमा नाम र स्थान सिफारिस गरेका छौं।’

प्रदेश ७ को नाम ‘खप्तड’ राख्नुपर्ने माग भइरहेको थियो। खप्तडसँगै सेती–महाकाली, सुन्दरपश्चिम, अपी शैपाल आदि नाम चर्चामा रहेको थियो। नाममा विवाद नरहे पनि प्रदेशको राजधानीका विषयमा भने लामो समयदेखि आन्दोलन भइरहेको थियो। तत्कालीन विकास क्षेत्रको सदरमुकाम रहेको दिपालयलाई नै प्रदेश राजधानी बनाउनु पर्छ भन्दै त्यस क्षेत्रका स्थानीयबासीले माग गर्दै आएका छन्।

मंगलबार प्रदेश सरकार गठनको ६ महिना पुगेकै दिन सभामुखलाई विशेष सुझाव समितिले स्थायी राजधानी र प्रदेशको नामबारे प्रतिबेदन बुझाएको हो। सुझाव समिति गत साउन १४ मा गठन भएको थियो। सुरुमा एक साताको समय दिइएको समितिले समयसीमाभित्र सुझाव बुझाउन नसकेपछि चौथो पटक समय थप गरिएको थियो।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित समितिमा सत्तापक्षकै प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, चुनकुमारी चौधरी र बलदेव रेग्मीका साथै प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य श्यामलाल राना थारु रहेका छन्।

थाहा खबरबाट साभार

Tuesday, August 21, 2018

दोदा नदिले बगाएका ५ बालबालिकाको सकुशल उद्दार, दुईको अवस्था चिन्ताजनक


हेमन्त न्यौपाने
पुनर्वास, भदौ ०५
       बर्षेनी बालबालिका डुबेर मानवीय क्षति पुर्याउने कञ्चनपुरको दोदा नदिमा मंगलबार दिउँसो पौडी खेल्न गएका ५ बालबालिकालाई नदिले बगाएपछि उनीहरुको तत्काल उद्दार गरिएको छ ।

दोदा नदि किनारमा शवदह गर्न गएका केहि स्थानीय युवाहरुको सहयोगमा उनीहरुलाई उद्दार गर्न सकिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । “नदि किनारामा मलामीहरु नभैदिएको भए ठुलो दुर्घटना हुने रहेछ । दोदा पुलको दुबै छेउमा प्रहरी ड्युटीमा भएकाले घटनास्थलमा तत्काल प्रहरी पुगे ।” ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कर्ण बहादुर बमले भने ।

तीनको अवस्था सामान्य रहेपनी दुई जनाको अवस्था चिन्ताजनक भएकाले उपचारका लागि कैलालीको धनगढी लैजाने तयारी गरिएको प्रहरी निरीक्षक बमले जानकारी गराए । बर्षामास उर्लिएको बाढीमा नुहाउन स्थानीय बालबालिका दोदा नदिमा जाने गर्दछन। यसरी नदिमा डुबेर बर्षेनी बालबालिकाको मृत्यु भईरहंदा समेत न त स्थानीय सचेत भएको पाइन्छ न सम्बन्धित निकाय ।

प्रहरीकै अगाडी स-सना बालबालिका खोलामा नुहाउँदा समेत प्रहरीले कुनै प्रतिक्रिया जनाउदै । स्थानीय अभिभावकमा चेतनाको कमि, लापरबाही र सम्बन्धित निकायको वेवास्ताको कारण यस्ता दुर्घटना भइरहने स्थानीय भुल्लन रानाले बताए ।

Monday, August 20, 2018

वडा अध्यक्षले गरे तलवबाट बिद्यालयमा अक्षयकोष स्थापना

सीपी लोहिया,बैतडी भदौ ०४

  बैतडीको दशरथचन्द नगरपालिका १  का वडा अध्यक्ष भुवनराज भट्टले आफ्नो तलबबाट बिद्यालयमा अक्षयकोष स्थापना गरेकाछन् । अध्यक्ष भट्टले केदार आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले आफ्नो तलबबाट ५० हजारको अक्षयकोष स्थापना गरेको अध्यक्ष भट्टले बताए । उनले भने, “हामीले चुनावका बेला जनतासामु बिभिन्न बाचाँहरु ग¥यौँ, धेरैले पुरै तलब जनताकै बस्तीमा खर्च गर्छु भने । मैले पनि बिद्यालयमा अक्षयकोष स्थापना गरौँला भनेको थिए । त्यसै अनुरुप यो कोषको स्थापना गरिएको हो । उनले थपे, यसमा रकम बढाउदैँ लग्छौँ र गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नेछाै ।
वडा अध्यक्षले ५० हजारको अक्षयकोष स्थापना गरेपछि विद्यालय परिवार निकै हर्सित भएको  प्रधानाध्यापक देवसिंह ऐरीले बताए । विद्यालयको अक्षयकोषमा जम्मा भएको रकमबाट आएको ब्याजले प्रत्येक बर्ष विद्यालयका जेहेन्दार तथा गरिब विद्यार्थीलाई छात्रवृति प्रदान गरिने उनले बताए । अध्यक्षले स्थापना गरेको अक्षयकोषले कमै भएपनि विद्यार्थीका लागि सहयोग पुग्ने अभिभावक भीमराज भट्टले बताए ।