Tuesday, June 30, 2020

पेट्रोल र डिजेलको मूल्य बढ्यो 


काठमाडौं, १६ असार ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढेको हो ।
मंगलबार निगमले गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
अब पेट्रोलको मूल्य लिटरको १०१ रुपैयाँ र डिजेलको ७८७ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाइएको निगमले जनाएको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  निगमले जानकारी दिएको छ ।

चीनमा अर्को भाइरस फेला पर्‍यो , महामारीको रुप लिन सक्ने 

 
काठमाडौं  /  चीनमा वैज्ञानिकहरुले एउटा नयाँ भाइरस फेला पारेका छन्।  उक्त भाइरसले पनि महामारीको रुप लिन सक्ने क्षमता भएको वैज्ञानिकहरूको भनाइ छ। सुँगुरमा पाइएको उक्त फ्लू मानिसमा सरेपछि महामारीको रुप लिन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।   अध्ययनकर्ताहरुले उक्त भाइरसले आफ्नो स्वरुप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको बीबीसीले जनाएको छ।  यो भाइरसमा मानिसलाई संक्रमित गराउन सक्ने, तीव्ररूपमा फैलिन सक्ने लगायतका सबै प्रकारका संभावना र लक्षण रहेको वैज्ञानिकहरूको भनाइ छ । यो नयाँ भाइरस भएकाले यस्तो भाइरसविरुद्ध मानिसमा प्रतिरोधात्मक क्षमता नहुने भएकाले सचेत हुनुपर्ने वैज्ञानिकहरूको चेतावनी छ।  संसार कोरोना भाइरसबाट आक्रान्त भइरहेका बेला चिनियाँ शीर्ष वैज्ञानिकहरु नयाँ फ्लूका विषयमा चिन्तित बनेका हुन्।    

भारतले टिकटकमा लगायो प्रतिबन्ध 


भारत सरकारले टिकटक र वि च्याटसहित झण्डै ६० चिनियाँ मोबाइल एपमाथि प्रतिबन्धको घोषणा गरेको छ।
सोमबार उसले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै ती चिनियाँ एपमाथि प्रतिबन्ध लगाउनुपरेको जनाएको छ।
भारतको यो निर्णय दुई साता अगाडि चीनसँगको सीमाक्षेत्रमा रहेको गलवान उपत्यकामा भएको हिंस्रक झडपमा २० सैनिकको मृत्यु भएपछि आएको हो।
घटनाका कारण हाल दुबै देशको दशकौंपछि गम्भीर मोडमा पुगेको ठानिएको छ।
घटनामा भएको चिनियाँ हताहतीको भने ‍सार्वजनिक हुन सकेको छैन।
भारतले घटनाको चीनसँग बदला लिन जनाउँदै आएको भएपनि आर्थिक र सैन्य हिसाबले चीन भन्दा धेरै पछाडी रहेको भारतसँग बदला लिनका लागि धेरै विकल्प छैन।
चिनियाँ टेलिकम्युनिकेसन तथा सामाजिक संजाल कम्पनीले आफ्ना उत्पादनका लागि भारतको विशाल बजार र त्यसको सम्भावनामा चासो देखाउँदै आएका छन्। भारतको ५० प्रतिशत जनसंख्या इन्टरनेटमा पहुँचमा रहेको छ।
दि न्यू योर्क टाइम्समा प्रकाशित समाचारका अनुसार भारतले टिकटक र वि च्याटका अलावा युसी ब्राउजर, सेयरइट र बाइडु म्याप लगायतका चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ। यी एपहरू भारतीय मोबाइल प्रयोगकर्तामाझ एकदमै लोकप्रिय रहँदै आएका छन्।
विज्ञहरूले विश्वका कुल टिकटक प्रयोगकर्तामध्ये झण्डै एक तिहाई प्रयोगकर्ता भारतबाट रहेको बताएका छन्।
चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गर्दै भारतको विद्युतिय र संचारप्रविधि मन्त्रालयले सोमबार जारी गरेको एक विज्ञप्तिमा यी चिनियाँ एपहरूले प्रयोगकर्ताहरूको तथ्यांक अनधिकृतरूपमा भारतबाहिरका सर्भरहरूमा गोप्यरूपले हस्तानतरण हुँदै आएको पाइएको जनाएको छ।
'यी तथ्यांकहरूको संकलन एवं उपयोग भारतको राष्ट्रिय सुरक्षाको प्रतिकूल रहेको र यसले भारतको सार्वभौमिकता र अखण्डताका लागि चिन्ता विषय भएका कारण यसको समाधानका लागि आपतकालिन उपायहरू आवश्यक रहेको छ', सो विज्ञप्तिमा भनिएको छ।
चीनले भने भारतको यस कदमका बारेमा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन।

लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय





काठमाडौ । मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने।
यद्यपी निश्चित ठाउँकाे जाेखिम अनुसार स्थानीय र प्रदेश सरकारले नै लकडाउन खुकुलो र कडा पार्न सक्नेगरी निर्णय भएकाे अर्का एक मन्त्रीले बताए। 

ती मन्त्रीले भने, ‘काेराेनाकाे जाेखिम अवस्था हेरेर लकडाउन खुकुलाे या कडा गर्नेबारेकाे निर्णय प्रदेश र स्थानीय सरकारले नै गर्नेछन्।’
सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे।
जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।
त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्।



कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो। 
लकडाउनलाई क्रमिक रुपमा खुकुलो बनाउँदै जानेगरी यसअघि सरकारले विभिन्न चरणका योजनाहरु सार्वजनिक गरेको थियो। 
तर दैनिक कोरोनाका संक्रमित बढ्दै गएपछि २१ दिनसम्म कायम राख्ने भनिएको हाल कायम चरणको लकडाउन अवधि लम्बिने भएको हो।

आज वि.सं. २०७७ असार १६ गते मंगलवार

वि.सं. २०७७ असार १६। मंगलवार। इ.स. २०२० जुन ३०। ने.सं. ११४० दिल्लाथ्व। आषाढ शुक्लपक्ष। दशमी, १९:११ उप्रान्त एकादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। सहयोग जुटे पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले व्यवहारमा सजग रहनुपर्ला।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।
कन्या – VIRGOटो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा बोलीको भरमा कार्यसम्पादन हुनेछ। साथीभाइले साथ दिनेछन्। व्यापारमा विशेष लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिने समय छ। मिहिनेतले नाम दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको सफलताले आत्मविश्वास बढ्नेछ। आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। घरमा अतिथिको आगमन हुनसक्छ। वस्त्र आभूषण जस्ता उपहार प्राप्त हुनेछन्। रमाइलो जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सानो प्रयत्नले पछिसम्म फाइदा हुने काम थालनी गर्न सकिनेछ। लगनशीलताले सफलताको उचाइमा पुर्याउन सक्छ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

Monday, June 29, 2020

नवराज बि.क मरणोपरान्त सम्मानित । 




१५ असार, काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजकरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कृत गर्ने भएको छ ।

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कारअन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा योगदान गरेका भगत सर्वजित विश्वकर्माको कदरस्वरुप सरकारले २०७३ सालबाट यो पुरस्कार प्रदान गर्न थालेको थियो । 

यो वर्ष समाज सुधारतर्फ नवराज विक, मानवअधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सिप, कला शिक्षा, साहित्य लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियारलाई पुरस्कृत गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

 मन्त्रालयले यस वर्ष प्रदान गर्ने अन्य विधामा समेत पुरस्कृत हुनेको नाम टुङ्गो लगाएको छ । मन्त्रालयले २०५१ सालदेखि विभिन्न विधामा राष्ट्रियस्तरका पुरस्कार प्रदान गर्दै आएको छ । जसमा एक लाख रुपैयाँ राशिको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ काठमाडौंका प्रा.डा. दयाराम श्रेष्ठले पाउनेछन् भने संगीत तथा नाट्य विधातर्फ सिहाराका सत्यनारायण चौधरीले राष्ट्रिय प्रतिभा पुरस्कार पाउनेछन् । ललितकलातर्फ भने काठमाडौंका श्यामलाल श्रेष्ठलाई पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ । यस विधामा हरेक विधातर्फ ५० हजार पुरस्कार राशिको प्रादेशिक प्रतिभा पुरस्कारसमेत प्रदान गरिन्छ । 

सरकारले सोमबार नै महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कार पाउने व्यक्तिको नाम समेत छनोट गरेको छ ।

Nepalese village develops agricultural capacity as long-term strategy


MOTIBASTI, Nepal — With many migrant workers returning home amid the pandemic, the Baha’i Local Spiritual Assembly of Motibasti, Nepal, is looking at what it can do to enhance the community’s capacity to produce its own food.
“There are now many NGOs and agencies that are helping people with their immediate needs,” said Hemant Prakash Budha, member of the Local Spiritual Assembly. “But the Assembly realizes that it can think about long-term solutions. This village has the land and the skills to produce food. But how can we manage if we don’t organize our agricultural efforts as a community?”
The Local Spiritual Assembly has been consulting weekly since the start of the pandemic to help identify and meet the needs of the community. Recently, it has been connecting returning migrant workers with opportunities to farm uncultivated plots belonging to area residents.“Our attitude is not one of dependence, where some people have everything and others are lacking” says Prasad Acharya, a resident of Motibasti. “We see how all can contribute to the community. This is an aspect of the Baha’i principle of the oneness of humanity: that all are one family and all prioritize for the needs of others.”

Drawing on local knowledge and expert advice, the Assembly has assisted families to determine which crops and livestock will provide the best sources of nutrition for the village.The Assembly has been resourceful in helping the community to overcome obstacles. For example, when one part of the village found that it lacked water for irrigation, the Assembly sought assistance from local and regional officials who arranged for a well to be drilled.

Mr. Prakash Budha, reflecting on these experiences, states: “The community is concerned about a potential food crisis, the increasing price of goods, and other issues such as children’s education. When people consult in a spiritual way—lovingly and kindly—they start to become aware of the opportunities before them and how they can move forward. Consultation creates the hope that you can take action and change things.”

गोर्खामा २ जना सडक मजदुरको मृत्यु!


 गोर्खामा सडक निर्माण गर्दा गर्दै २ जना मजदुरको मृत्यु भएको छ ।

 नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने क्रममा मजदुरहरुको ज्यान गएको हो । मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–५ जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

 गोर्खाको धार्चे गाउँपालिका–३ तातोपानी सडक खण्डमा आइतबार दिउँसो तीन बजे झरेको पहिरो पन्छ्याउने क्रममा माथिबाट झरेको पहिरोमा पुरिएर शाहीको मृत्यु भएको प्रत्येक्ष दर्शी स्थानीयले जानकारी दिएका छन । शव पोष्टमार्टमका लागि सोमबार आरुघाटतर्फ लगिने प्रहरीले जनाएको छ। 
 पहिरोमा परी अरु दुई जना घाइते भएको गुरुङले बताए । 
स्रोत -अन्नपूर्ण पोस्ट 

दही चिउरा खाएर धान दिवस मनाइदै




प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्। हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।

यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ। दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।

‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनमा’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ। पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।
 


आजको राशिफल : २०७७ साल असार १५ गते, सोमबार

 मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यमा समस्या देखिने हुनाले दौडधुपमा समय खर्च नगर्नु नै राम्रो रहेकोछ । काममा ढिला शुस्ति,बैरभाव तथा आफन्तसँग विवाद हुने योग रहेकोछ । कार्यक्षेत्रमा कामको भार बढ्नेछ भने पदोन्नती तथा नयाँ काम पाउने योग केहि दिनको लागि टरेर जानेछ । खुट्टा तान्ने तथा काममा विवाद सिर्जन गर्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइ अधुरै रहनेछ भने न्यायिक निर्णयहरु तपाईको विपक्षमा फैसला हुनेछन् । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो ज्ञानलाई सहि समयमा प्रयोग गर्न सकिने हुदा चुनौति पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसि सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँ योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धिहरु हावि हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । साझपख समय राम्रो रहेकोले अध्ययनमा सुधार भएर जानेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई वेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाईबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेकोछ । सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिले गरेका कामबाट सामान्य आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धिहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम नबन्ने हुदा मनमा निरासा पैदा हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरुको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरु अरुकै पोल्टोमा पर्नेछ । साभपख समय राम्रो भएकोले नयाँ प्रकृतिको काम गरि लाभ लिन सकिनेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यवस्थापन गर्न हम्मेहम्मे पर्नेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले प्रविधिको प्रयोग गरि अध्ययनलाई निरन्तरता दिन सकिनेछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुन सक्छ । अध्ययनमा मन नजाने तथा प्रेममा फाटो आउने अधिक सम्भावना रहेकोछ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारी अभावले कामहरु बिग्रनेछ भने आलोचनाको शिकार होइनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यहि बेलामा व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजादा हरुभन्दा पछि परिनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा तथा पुन्य काममा समय खर्चिनु नै आजको लागि राम्रो रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणको ख्याल गर्नुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । साझपख समय राम्रो रहेकोले पढाइ लेखाइलाई निरन्तरता दिन सकिनेछ । मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । 

Sunday, June 28, 2020

सलह किरालाई माछा र कुखुराको आहार बनाईने

सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ ।  धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउनक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताए ।  यसका लागि सलह किरा टिपेर ल्याउनेलाई वडा कार्यालयमार्फत प्रतिकिलो रु २५ प्रोत्साहनस्वरुप दिने निर्णय गरिएको छ । माछा र कुखुराका लागि पोषिलो दानाका रुपमा मरेको सलह किरा निकै उपयुक्त हुने कृषि प्राविधिकको भनाइ छ ।    “सकभर सलह किरा प्रदेशमा नभित्रियोस् भन्ने चाहना हो”, शर्माले भने, “भित्री हालेको अवस्थामा थाल ठटाउने, धुवाँ लगाउने होहल्ला गर्ने जस्ता उपाय अवलम्बन गरेर भए पनि किरा धपाउन कृषकलाई सचेत बनाउन लागिएको छ ।” यो किराको पहिचान र नियन्त्रणका लागि सञ्चारमाध्यममार्फत प्रचारप्रसार कार्यसमेत गर्न लागिएको छ ।    क्षेत्रीय कृषि सेवा निर्देशनालयका निर्देशक यज्ञराज जोशीको नेतृत्वमा सलह किराको नियन्त्रणलगायतको कामका लागि ‘रेपिड रेस्पोन्स टिम’ समेत गठन गरिएको छ । यो किराले पु¥याउनसक्ने क्षति रोकथामको पहल गर्न जिल्लास्तरमा सरोकारवालासँग समन्वय गर्ने जिम्मा कृषि ज्ञान केन्द्रलाई दिइएको छ ।  असार १५ गते मनाइँदै आएको धान दिवस भने यस वर्ष कोभिड–१९ को सङ्क्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । धनगढी उपमहनगरपालिकाकाको तयारी    कृषि विज्ञले पश्चिम नेपालमा सलह किरा आउनसक्ने पूर्वअनुमान गरिएपछि धनगढी उप–महानगरपालिका यसको रोकथाम व्यवस्थापनको पूर्वतयारीमा जुटेको छ । आज उप–महानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष, कृषि शाखाका कर्मचारीको सहभागितामा सलहले पु¥याउने क्षति रोक्ने विषयमा छलफल गरिएको छ ।     नगरप्रमुख नृपबहादुर ओडले सलह किराले पु¥याउने सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको बताए । उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यसको क्षति घटाउनका लागि अपनाइने उपायका बारेमा जिङ्गल बनाएर वा माइकिङ गरेर किसानसम्म सूचना पु¥याउने र वडातहबाट पनि सूचना प्रवाह गर्ने योजना बनेको बताइन् । उपमहानगरपालिका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले सलह किराको प्रकोप रोक्न विषादी प्रयोगका अलावा किराले प्रजनन् गर्नसक्ने ठाउँ नष्ट पार्ने, खेतबारीमा लसुन पानी छर्किने, झुलजालको प्रयोग गर्न सकिने लगायतका नियन्त्रणका विधि पनि अपनाउन सकिने बताए ।  रासस

सुदुरमा संक्रमितको संख्या २३०९ पुग्यो, आज १९५ नयाँ संक्रमित देखिए

धनगढी, १४ असार ।
सुदूरपश्चिममा आज एक सय ९५ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा भएको परीक्षणमा आज एक सय सय ९५ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको हो।
शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुष गरी दुईजनामा संक्रमण देखिएको हो। यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले आज सबैभन्दा बढि डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। जसमा ६ महिला र ३९ पुरुष रहेका छन्।  
यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन्।
यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार तीन सय ९ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ।
यस्तै डोटीमा चार सय १०, बाजुराका तीन सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका ६ जनाको मृत्यु भईसकेको छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।
  

म हट्ने हो भने नेपालका पक्षमा बोल्ने आँट कसैले गर्दैन: प्रधानमन्त्री

  
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताएका छन्। लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म नछोड्ने बताएका प्रधानमन्त्री ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउने खेल भइरहेको बताए। भारतीय सञ्चार माध्ययमा आएका समाचार, दूतावासका गतिविधिले भित्रभित्र के भइरहेको छ भन्नेबारे थाहा हुने प्रधानमन्त्रीको भनाइ छ। ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन,’ मदन भण्डारीको जन्मजयन्तीमा बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने बोलेको भोलिपल्ट बर्खास्त हुन्छ।’ प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलले आफूलाई हटाउने कुरा कहाँबाट आइरहेको छ भन्ने राम्ररी बुझेको दाबी गरे। ‘मैले आजका लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि काम गरेको छु।  हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन। यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन,’ उनले भने। प्रधानमन्त्री ओलीले भुलचुकले नेपालको नयाँ नक्सा नछापिएको बताए। ‘भुलचुकले नक्सा छापेको होइन। संविधान संशोधन गरिएको होइन,’ उनले भने, ‘भूमि फिर्ता गर्ने यस अभियानबाट हामी फिर्तै हुँदैनौं। हामीलाई हाम्रो भूमि चाहियो। फिर्ता नलिइकन छोड्दैनौं,’ प्रधानमन्त्री ओलीले भने। सन् १९६२ सालदेखि कालापानीमा भारतले सेना राखेको र त्यहाँका जनतासँग नेपालको सम्बन्ध टुटेको उनले बताए। ‘कालापानीमा सेना राखेर उता जानै दिएका छैनन्,’ उनले भने, ‘नेपालका नागरिकताधारीहरूले त्यहाँ नागरिकता र रासन कार्ड कसले दिएको छ भन्ने प्रश्न गर्छन्।’  यस्ता प्रश्न खल्तीमा नेपाली नागरिकता बोक्ने तर तर्क अर्काको पक्षबाट गर्ने पनि प्रधानमन्त्रीको आरोप छ। नक्सा छापेपछि केही गाह्रो नहुने उनले बताए। ‘हामीले अरूको जमिन अतिक्रमण गरेको छैन,’ उनले भने। प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न पनि आग्रह गरे।  

सुनको मूल्य ९१ हजार नाघ्यो


आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको छ । यो हालसम्मकै पहिलो रेकर्ड हो । शुक्रबार ९० हजार ६ सयमा कायम भएको सुन आज ७ सयले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आज चाँदीको मूल्य ९ सय ४५ रुपैयाँमा कायम छ। यो मूल्य शुक्रबारको तुलनामा ५ रुपैयाँले बढी हो।

Saturday, June 27, 2020

सलह जम्मा पारेर ल्याए नगद पाईने

 रुपन्देही,१३ असार । 
प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । प्रदेश ५ मा शनिबार सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । ‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौं’ भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले भने, ‘सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरुले तत्काल नगद दिने छन् ।’ सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए । धानको बीउ त्रिपाल वा प्लास्टिकले ढाक्न अपील मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाई नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ ।’ सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।  

धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना


धनगढी, १३ असार : धनगढीबाट बझाङ जाँदै गरेको ट्रक बैतडीमा दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। बैतडीको पाटन नगरपालिका वडा नम्वर ८ धारीमा ना ६ ख ४४५० नम्वरको ट्रक दुर्घटना हुँदा दुई जना घाईते भएका हुन्।
घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए। उनले एक जनालाई उपचारका लागि डडेल्धुरा पठाइएको बताए। घाईतेको नाम खुलेको छैन्। 
दिनेश खबरबाट ।

नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्म स्थगित


काठमाडौँ, १३ असार ।
सत्तारुढ नेकपाको जारी स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार मदन भण्डारी जयन्ती भएको हुँदा नेताहरू विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने र सोमबार असार १५ भएकोले बैठक १६ गते बालुवाटारमै बस्ने जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए ।
बुधबारबाट सुरु भएको बैठकको तेस्रो दिन पनि भारतसँगको सीमा विवादमै केन्द्रित भएर छलफल भएको थियो । बैठकमा २१ स्थायी कमिटी सदस्यले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए । देवेन्द पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ्, जनादर्न शर्मा, गिरिराजमणी पोखरेल, रघुजी पन्त, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, नन्द कुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, शक्ति बस्नेत, बामदेव गौतम, घनश्याम भुसाल, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ्, ईश्वर पोखरेल, विष्णु पुकार श्रेष्ठ र पुष्प कँडेलले बोलेका थिए ।
बोल्ने सबै नेताहरुले नेपालको सम्पूर्ण भूभाग समेटिएको नक्सा प्रकाशित गर्ने र त्यसलाई संविधानको अनुसूचिमा समेत समावेश गर्ने काम गरेर ऐतिहासिक पहल गरिएको भन्दै सरकारको प्रशंसा गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब राष्ट्रिय एकता कायम गरेर नै भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले गम्भिर कदम चाल्नुपर्नेमा सबै नेताहरुले जोड दिएका थिए ।
शुक्रबारको बैठकमा परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले सीमा समस्या समाधानका लागि सरकारले गरिरहेको पहलबारे ब्रिफिङ गरेका थिए । नेपालले भारतसँग बारम्बार वार्ताका लागि प्रस्ताव गर्दा पनि भारत वार्ताका लागि सकारात्मक नदेखिएको मन्त्री ज्ञवालीले ब्रिफिङ गरेका थिए ।

तेस्रो दिन पनि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकको सुरुमा उपस्थित भएर केहीबेरमै निस्किएका थिए । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री बैठकमा बस्न नसकेको जानकारी दिएका थिए ।
शुक्रबार प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएका थिएनन् । बैठकलाई छल्न खोजेको भन्दै नेताहरुले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नाघ्यो


काठमाडौं, १३ असार ।
देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार शनिबार मात्रै थप ५ सय ५४ जना नयाँ संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या १२ हजार नाघेको हो । नयाँ संक्रमितमा १ सय २० महिला र ४ सय ३४ जना पुरुष रहेका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । कूल संक्रमितमध्ये १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।
त्यस्तै अहिलेसम्म देशभर २ लाख १० हजार ८ सय ७६ पीसीआर परीक्षण गरिएको छ भने २ लाख ९४ हजार ३४ आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ पीसीआर र ३ हजार ६ सय ८५ आरडीटी परीक्षण गरिएको छ ।
त्यस्तैगरी अहिलेसम्म देशभर क्वारेन्टाइनमा हुनेको संख्या ६५ हजार ७ सय १२ रहेको छ भने ९ हजार ४ सय ४७ जना आइसोलेसनमा रहेका छन् । शनिबार १ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या २ हजार ८ सय ३४ पुगेको छ । अहिलेसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेहरुकोे संख्या २८ पुगेको छ । मन्त्रालयले शनिबार थप एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टि गरेको छ । शनिबार ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षिय पुरुष रहेका छन् । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।
फोक्सोको क्यान्सरका समेत बिरामी रहेका उनले भारतमा उपचार गराउँदै आएका थिए । भारतबाट फर्किएर चितवन मेडिकल कलेजमा उपचार गराउन आएका उनको आइसोलेसनमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको थियो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ । आजदेखि कोरोना भाइरसको संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।

नेपालमा सलह भित्रीयो

काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए ।

‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।

तस्करका सपना तुहाउँदै सशस्त्र प्रहरी


-विकास सिह महता
 कञ्चनपुर, १३ असार नेपाल–भारत सीमाबर्ती बनबासा बजारका व्यवसायीले बजार खुलाउन र नेपाली व्यवसायीबाट समानको रकम अशुल्नका लागि वातावरण मिलाई दिन उत्तराखण्ड प्रदेश मार्फत नेपाली दुताबासलाई ज्ञापन पत्र बुझाएकै भोलीपल्ट सीमा क्षेत्रबाट तस्करी भईरहेको छ । भारतीय बनबासा बजारदेखि विभिन्न व्यवसायी समान तस्करी गरेर नेपाल ल्याईरहेको अवस्था कञ्चनपुरको सीमा क्षेत्र जिमुवाबाट सशस्त्र प्रहरी बलले लाखौँका समान बरामद गरेको छ । शनिबार सशस्त्र प्रहरी बल ५६ नम्बर गुल्म हेक्वा गड्डाचौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक केशवराज प्याकुलेर नेतृत्वको सशस्त्र प्रहरी टोलीले तस्करी भईरहेको समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक बीरसिह शाहुले सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा भीमदत्त नगरपालिका १० जिमुवाबाट किराना पसलका समान बरामद गरिएको बताए । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार बिक्रि, चललेट, कपडा, लगायतका समाग्री बरामद गरिएका छन् । बरामद गरिएका समान भन्सार चलान गरिएको उनले बताए । सशस्त्र प्रहरीले लकडाउनकै विचमा कञ्चनपुरको विभिन्न सीमा क्षेत्र ब्रम्हदेब, खल्लामछेट्टी, दोधारा, चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास क्षेत्रबाट माछादेखि हार्डवेयरका समान बरामद गरेर ्भन्सार बुझाएको छ । कोरोना रोकथाम एव नियन्त्रणका लागि भारतसंग जोडिएको कञ्चनपुृरको १ सय २९. ५ किलोमिटर सीमा क्षेत्रभरी सशस्त्र प्रहरी परिचालन गरेपछि तस्करी नियन्त्रणउन्मुख भईरहेकोछ । यस अघि कञ्चनपुरको गड्डाचोकी सहित पुनर्वास नगरका आनन्द बजार, विचफाँटा, बेलौरी, बेलडाँडी, दोधारा, ब्रम्हेदबमा सशस्त्र प्रहरीका बिओपी थिए । स्थानीयले अहिले स्थानीयले बिओपी बृद्धिसंगै सशस्त्र प्रहरीले ठाँउका ठाँउ तस्करका योजना तुहाईरहेको बताएका छन् । कञ्चनपुरका स्थानीय जगदिश भट्टले जिल्लामा सशस्त्र प्रहरीले सकृयता बढाएका कारण तस्कर नियन्त्रणमा आईरहेको बताए । ‘विगतका दिनमा केही सशस्त्र प्रहरीक अधिकारीले तस्करबाट लाईन खाएर छाड्थे, ‘उनले भने, ‘अहिले सशस्त्र प्रहरीले भातरबाट गैर कानुनी रुपमा सुई पनि ल्याउन दिएको छैन् ।’ तस्करी नियन्त्रण गर्दै राजस्व बृद्धिका लागि भन्सार काटेरै समान आयात गर्नुपर्ने उनको भनाईछ । उस्तै पनि लकडाउनका कारण देशको अर्थतन्त्र धरासायी बनिरहेका बेला तस्करीले चोरी तस्करी गरेर समान ल्याउन थालेपछि राजस्व चुहावट हुने स्थानीयको भनाई छ । सशस्त्र प्रहरीको कामप्रति कञ्चनपुरका स्थानीय हर्षित भएका छन् । स्थानीयले यस्तै गरि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा तस्कर नियन्त्रण गर्दै शुसासन कायम गर्नुपर्नेमा जोडदिएएका छन् ।

क्वारेन्टाइनमा खाना बनाउने भान्सेको मृत्यु 

-कृष्ण विष्ट
बैतडी, असार १३ ।
बैतडीको क्वारेन्टाइनमा खाना पकाउने एक जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ४ को जगन्नाथ बहुमुखि क्याम्पसमा क्वारेन्टाइनमा बसेकाहरुको खाना बनाउँदै आएका नगरपालिकाकै वडा नं ६ स्थित थालिगाडाका ५५ वर्षिय पुरुष मोहन सिंह पेलाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रशाद अधिकारिले जानकारि दिनुभएको छ । दशरथचन्द नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख दुर्गादत्त जोशीले दिएको जानकारी अनुसार उनको आज बिहान आफनै घरमा मृत्यु भएको हो । मृतक पेलाको पीसीआर परीक्षण गर्न स्वाब संकलन भइरहेको स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभएको छ । जगन्नाथ बहुमुखि क्याम्पसमा ५ जना कोरोना संक्रमित रहेका छन । मृतक दुई महिना देखि जगन्नाथ बहुमुखि क्याम्पसमा क्वारेन्टाइनमा बसेकाहरुको लागि खाना पकाउने काममा थिए ।

पैसालाई कसरी बनाउने संक्रमणरहित ? 

 
काठमाडौं : के तपाईलाई थाहा छ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ। पैसा नभए हाम्रो घर व्यवहार चल्दैन। जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन। तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन्। दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ। एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन। पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन्। नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ। नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ। स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ। क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ। कार्ड पनि सङ्क्रमित हुनसक्छ। पैसाका माध्यमबाट कोभिड–१९ सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो। यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्युयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। नेपालको पैसामा अनुसन्धान भएको पनि छैन। तर यसबारे हामी सजक रहनुपर्छ। पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य किटाणु, ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ। विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ। मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर भएको परीक्षणका क्रमममा पाइएको थियो। कोरोना भाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ। पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ? विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इञ्जिनीयर राम बाडेले बताए। पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ। 'दैनिकरुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो', उनले भने 'जति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ।' दैनिकरुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ। नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ। कसरी कीटाणुरहित बनाउने ? पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहजरुपमा किटाणुनाशक बनाउन सकिन्छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई किटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनले बताउनुभयो। यो प्रविधि मानव र वातावरणमैत्री भएको उनको दाबी छ। संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको किटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन्। नेपालले पनि पैसालाई सङ्क्रमणरहित बनाउन प्लाज्मा आयोन टेक्नोलोजीलाई आत्मसात गर्नुपर्ने अहिले आवश्यकता रहेको इञ्जिनीयर राम बाडेको भनाइ छ। 'पैसाबाट हुने कोरोना सङ्क्रमणबाट बच्नका लागि बैङ्कहरुले प्लाज्मा आयोन टेक्नोलोजीको प्रयोगमा जोड दिनुपर्छ', उनले भने। पैसालाई सङ्क्रमणरहित बनाउनका लागि यस्ता उपकरणको प्रयोगमा नेपाल राष्ट्र बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ।  रासस

कञ्चनपुरका कोरोना संक्रमित रोपाइँमा ब्यस्त

कञ्चनपुर । कञ्चनपुरका कोरोना संक्रमित रोपाईमा व्यस्त देखिएका छन्। शुक्रवार कोरोना पुष्टि भएका जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ३ का पाँचजना कोरोना संक्रमित रोपाई गरिरहेका हुन्। उनीहरुमध्ये दुईजना जेठ १८ गते सुरतबाट र तीनजना १९ गते बैंग्लोरबाट आएका थिए। भारतबाट आएका उनीहरुलाई कृष्णपुर नगरपालिका–३ स्थित नन्द माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २२ दिन राखिएको थियो भने रिपोर्ट नआउँदै घर पठाइएको थियो। वडानम्बर ३ का वडा अध्यक्ष सुन्दर चौधरीले घर पठाएको चार दिनपछि पाँचजनामा संक्रमण पुष्टि भएको बताए। उनले संत्रमितलाई फेरी घरबाट ल्याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको बताए। कृष्णपुर नगरपालिकाका आरडीटी पोजेटिभ देखिएका दुई सय ५३ जनामध्ये एक सय ३६ जनालाई घर पठाइएको थियो। नेपाली कांग्रेसका महासमिति सदस्य हेमराज ओझाले नगरपालिकाले आरडीटी पोजेटिभ आएकाहरुलाई पनि घर पठाउन वडालाई निर्देशन दिएपछि गाउँमा त्रास बढेको बताए।

आज २०७७ असार १३ गते शनिबारको राशिफल


आज २०७७ असार १३ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अनिर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

Friday, June 26, 2020

नेपालमा थप ५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ११७५५

काठमाडौं, असार १२ । 
शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

बोलचाल नभएका अध्यक्ष र उपाध्यक्ष गाउँसभामा दुईतिर फर्किएपछि...

अध्यक्ष र उपाध्यक्ष विवादले बोलचाल नभइ सकियो गाउँसभा


रामेछाप — रामेछापको लिखु तामाकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच बोलचाल छैन । बोलचाल नभएको मात्र हैन, फौजदारी अभियोगमा एकअर्काबीच अदालतमा मुद्दा चलिरहेको छ । अध्यक्षता गर्ने र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी तोकिएका दुईबीच बोलचाल नभए पनि झण्डै १० महिनासम्म दुई पक्षको विवादले ठप्प भएको उक्त गाउँपालिकाले यस वर्ष तोकिएकै दिन गाउँसभा गरेको छ । 
गाउँसभामा अगाडि राखिएको सोफाका दुई छेउमा बसेका अध्यक्ष र उपाध्यक्षबीच हेराहेरसमेत भएन । उनीहरु दुवै नेकपाकै हुन् । गाउँसभामा एकअर्कालाई देखिन्छ कि भन्ने हिसाबले उनीहरु विपरीत दिशामा फर्के । झण्डै ५ घण्टा सौहार्दपूर्ण रुपले सञ्चालन भएको सभामा उनीहरुले एकअर्काबीच आरोप–प्रत्यारोप भने गरेनन् ।
सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेले अदालतमा फौजदारी मुद्दा हुँदाहुँदै एक कदम पछि हटेर जनताका लागि क्रियाशील रहेको बताइन् । २ करोड पैसा नदिए आफू र आफ्ना परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिने कार्यमा उपाध्यक्ष र वडा अध्यक्ष सुवास बोहोरासमेतको संलग्नता रहेको भन्दै अध्यक्ष खड्काले प्रहरीमा किटानी जाहेरी दिएका थिए । उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । दुवै धरौटीमा रिहा भएका छन् ।
अध्यक्ष गोबिन्दबहादुर खड्काले फौजदारी मुद्दा आफ्नो व्यक्तिगत र अदालतको विषय भएको बताए । उनले विगतमा व्यक्तिगत मुद्दा भए पनि पालिकामा विवादको रुपमा नहेरिदिन आग्रह गरे । उनले विगतमा काम गर्दै जाँदा केही कमीकमजोरी भएको भन्दै माफी पनि मागे । ‘सुरुमा काम गर्दा कानुन नै मै हुँजस्तो पनि लाग्थ्यो, बुझिएको थिएन,’ खडकाले भने, ‘कर्मचारीलाई दबाब पनि दिइयो । अब त्यस्तो हुँदैन । धेरै कुरा बुझियो । नचाहिने, कानुन, विधि र पद्धतिभन्दा बाहिर काम गर्न कर्मचारीले लाए पनि अब गर्दिनँ ।’
उनले अरु जनप्रतिनिधिहरु पत्र काटेर बोलाउँदा पनि नआएको बेला आफूले गाउँपालिकामै बसेर जनताको सेवा गरेको बताए । विद्युतीकरणमा बदमासी भएको प्रमाणित भए आफूले सजाय नभएको बताए । खड्का विद्युतीकरणमा भ्रष्टाचार अभियोगमा अख्तियारको छानबिनको दायरामा छन् ।
खड्काले सम्बोधनका क्रममा पटकपटक उपाध्यक्ष दिपशिखा दाहाल न्यौपानेलाई आदरणीय उपाध्यक्षज्यू मात्र हैन नामै किटेर सम्बोधन गरेका थिए । तर उपाध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अध्यक्षज्यू मात्र भनिन् । उनले आगामी आर्थिक वर्षका लागि ५९ करोडको आम्दानी र सोही अनुसारको व्यय हुने अनुमानित वजेट प्रस्तुत गरेकी थिइन् ।
गत वर्षको गाउँपरिषदमा दुरागाउँलगायतको विद्युतीकरणका लागि खर्च भएको ५ करोड ९५ लाख रुपैयाँ विनियोजन गर्नु पर्ने प्रस्ताव खड्काले राख्दा उपाध्यक्षलगायतका केही वडाध्यक्षले अनुगमन मूल्यांकन गरी वास्तविक खर्च मात्र विनियोजन गर्ने अडान लिए पनि गाउँपालिकाको विवाद चुलिएको थियो ।
दुवै आफ्नो हठमा बसेपछि पालिकाको बजेट पारित हुन सकेन भने व्यक्तिगत मुद्दा मामिलातिर जनप्रतिनिधि लागे । तीन महिनाअघि जिल्ला समन्वय समितिमा नेकपाका नेताहरुको सक्रियतामा विवादित पक्षलाई राखेर बजेट बाँडफाँड गरी काम सुरु भएको हो । अहिले लिखु तामाकोसीमा उपभोक्ता समितिसँग सम्झौता र खाता खोल्ने काम भइरहेको छ ।
रामेछापका दुई नगरपालिका र अन्य पाँच गाउँपालिकाले समेत गाउँसभा सम्पन्न गरी नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका छन् ।
कान्तिपुरबाट।


आजको रशिफल/आज वि.सं. २०७७ असार १२गते शुक्रबार 


मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले घरेलु तथा अन्य समस्याले सताउनेछ । आफन्त तथा घर भित्रकै मानिससंग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा सुधार हुनेछ । व्यावसायबाट न्यून नाफा कमाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहनेछ
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाढिएर लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानी नहुने हुदा दैनिकी प्रभावित हुनेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । अन्य कामको बोझले पढाई लेखाई प्रभावित हुनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा कुटुम्ब सँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताव आउने प्रवल सम्भावना रहेकोछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । विलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ । बिहानको समयमा यात्रासंग सम्बन्धित कामहरु हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुनाले सफलताका सिढिहरुरु चुम्न सकिनेछ । चाहेका वस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । मध्यान्हबाट खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राबिधिक शिक्षाको सदुपयोग गरि परिणाममुखि काम गर्न सकिनेछ । नबिनतम् बिचारको प्रयोग गरि सामाजिक काम गरि नाम तथा दाम कमाउन सकिनेछ । सानो लगानिबाट सुरु गरिएका व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुनेछ । पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । साझपख समय मध्ययम रहेकोले काम गर्दा वा यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजवुत हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । बिहानको सयम मध्ययम रहेकोले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)अरुको व्यावहारले केहि समस्या निम्त्याएपनि अग्रज तथा आफन्तको सुझाब शिरोधार्य गर्दा फाईदा हुनेछ । व्यापारकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । मध्यान्हबाट पुराना कामहरु छोड्नु पर्ने बाध्यता आउन सक्छ भने नया काम गर्ने बाताबरण नबन्दा आर्थिक रुपमा समस्या पर्न सक्छ । पढाई लेखाई बिग्रने भएले सताउनेछ भने पढाई लेखाईको लागि यात्रामा समस्या निम्तन सक्छ । प्रेममा अबिश्वास बढ्ने हुनाले सन्तुलित व्याबहार गर्नुनै उचित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)बिहानको समय राम्रो रहेकोले अध्ययन अध्यापनमा राम्रो प्रगती गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुको लागी समय उत्तम रहेकोछ । मध्यान्हबत्राट समयमा सजक नबन्दा कामहरु बिग्रनेछन् भने प्रतिष्पर्धिहरु हरेक क्षेत्रमा हावि हुनेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुनेछन् भने सत्रु लाग्न खोज्नेछन्।तपाईको राशी फल जे जस्तो भए पनि तपाईको दिन शुभ रहोस् । 

Thursday, June 25, 2020

११ र १२ को परिक्षाको अन्योल कायमै 

 
काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन नगरी विद्यालयले आन्तरिक मूल्यांकन गरेर प्रमाणपत्र दिने निर्णय गरे पनि कक्षा ११ र १२ को परीक्षा भने अझै अन्योल छ।

आन्तरिक मूल्यांकनलाई आधार मान्ने सरकारको निर्णयसँगै कक्षा १० का विद्यार्थी र अभिभावक खुसी भए पनि ११ र १२ का विद्यार्थी अझै तनावमा छन्। विद्यार्थी, शिक्षक र अभिभावकले यो तहको वार्षिक परीक्षाबारे चासो लिन थालेका छन्। कक्षा ११ र १२ को हकमा भने छलफल मात्रै भएको तर ठोस निर्णय नभएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले यसअघि वैशाख पहिलो सातादेखि कक्षा १२ र अन्तिम साताका कक्षा ११ को परीक्षा सार्वजनिक गरेको तालिका सार्वजनिक गरेको थियो।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ। सो व्यवस्थाअनुसार कक्षा १२ सम्मको परीक्षा स्थानीय तहले सञ्चालन गर्नुपर्ने हो। संविधानको अनुसूची ८ मा शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखिएको छ। यही अधिकारको व्याख्या गर्दै बोर्डले परीक्षा सञ्चालन गरिरहेको छ। कक्षा ११ को परीक्षा प्रदेश स्तरमा र कक्षा १० को अन्त्यमा लिइँदै आएको एसईई पनि विद्यालय स्तरमै सञ्चालन हुनुपर्ने हो। तर, यी सबै परीक्षा सञ्चालन गर्न कानुनी संरचना नबनेको दाबी गर्दै संघबाटै सञ्चालन भइरहेको छ।

अहिलेको संरचनालाई हेर्ने हो भने कक्षा ११ को भन्दा पनि बढी प्राथमिकता दिनुपर्ने एसईईलाई नै हो। लोकसेवा आयोगलगायत अन्य सरकारी निकायमा काम गर्ने खरिदार र चौथो तहका कर्मचारी भर्ती गर्दा न्यूनतम योग्यता एसईईको प्रमाणपत्रलाई मानिएको छ। सरकारी सेवामा प्रवेश गर्न आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र परीक्षा बिना नै वितरण गर्दा व्यावहारिक नहुने शिक्षाविद्हरूको भनाइ छ। विगतमा एसईई परीक्षा निकै तामझामका साथ हुन्थ्यो। नतिजा कति दिनमा प्रकाशन गर्ने भन्ने विषयमा परीक्षा नियन्त्रकहरूबीच होडबाजी चल्थ्यो।

व्यावहारिक रूपमा हेर्ने हो भने कक्षा ११ को परीक्षालाई तामझामका साथ सञ्चालन गर्नुमा खास महत्व देखिँदैन। किनभने कक्षा ११ उत्तीर्ण भएको प्रमाणपत्र कुनै पनि रोजगारी तथा अन्य प्रयोजनाका लागि आवेदन दिन मिल्दैन। कक्षा १२ को परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र भने नायब सुब्बा तथा पाँचौ तहको सरकारी सेवाका लागि पेस गर्न सकिन्छ। संसद्को शिक्षा तथा स्वास्थ्य समितिको जेठ २९ गतेको निर्णयले पनि कक्षा ११ को परीक्षा स्थानीय तहबाटै सञ्चालन गर्न निर्देशन दिएको छ।

यो वर्ष स्थगित गरिएको एसईई सदाको लागि हटाउन पनि समितिले सरकारलाई निर्देशन दिइसकेको छ। तर, यस विषयमा कुनै निर्णय नभएको बोर्डले जनाएको छ। बोर्डका (कक्षा ११ र १२) परीक्षा नियन्त्रक कृष्ण शर्माले भने, ‘१२ को परीक्षा त जसरी पनि लिनुपर्छ। तर ११ को के गर्ने भन्ने विषयमा छलफल गरेर निर्णय गछौं।’

परीक्षा सञ्चालन गर्न कानुनी आधारको अभाव र सर्वसाधारणबाट समेत परीक्षा नचलाउँदा केही फरक नपर्ने प्रतिक्रिया आउन थालेपछि ११ को परीक्षा सञ्चालन गर्ने÷नगर्ने विषयमा बोर्डले छलफल गरेको छ। बोर्डका अनुसार कक्षा ११ को परीक्षामा नियमित र आंशिक गरेर ५ लाख २९ हजार जनाले परीक्षा फाराम भरेका छन्। कक्षा १२ का लागि साढे ४ लाख परीक्षार्थीले फाराम भरेका छन्। नियन्त्रक शर्माका अनुसार कक्षा ११ मा ८७ तथा कक्षा १२ मा ९८ विषयका लागि प्रश्नपत्र छापिसकिएको छ। दुवै कक्षामा कुल परीक्षार्थी भन्दा १० प्रतिशतले बढी हुने गरी प्रश्नपत्र छापिएका छन्।

सीटीईभीटीमा पनि अन्योल

कोरोना संक्रमण त्रासले रोकिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद् अन्तर्गतका विभिन्न तह र विषयका परीक्षा पनि अन्योलमै छन्। संक्रमणको त्रास कायमै रहेको र सरकारले जारी गरेको लकडाउन पनि पूर्ण रूपमा खुला नभएकोले परीक्षा सञ्चालन र पठनपाठन तत्काल कठिन भएको बोर्डका सदस्यसचिव डा. पुष्परमण वाग्लेले बताए।

सीटीईभीटीका ५९ वटा आंगिक शिक्षालय छन्। तीमध्ये कति संस्थाले अनलाइनबाट शैक्षिक गतिविधि गर्न सक्छन् भनेर केही अघि अध्ययन भएको थियो। तीमध्ये ३० वटाले मात्र अनलाइनबाट पढाउन सक्ने देखिएको छ। त्यसमा पनि कुल विद्यार्थीको ५० प्रतिशतको मात्र अनलाइन पढाइको पहुँच रहेको वाग्लेले बताए। अहिलेको अवस्थामा के कस्तो माध्यमबाट पठनपाठन सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो राय पेस गर्न सम्बन्धित शिक्षालयहरूलाई पत्राचार गरिएको उनले जानकारी दिए। परीक्षालगायतको विषयमा भने स्थिति सहज भएपछि मात्र निर्णय गरिने वाग्लेको भनाइ छ। सीटीईभीटीअन्तर्गत अहिले आंगिक शिक्षालय सम्बन्धन प्राप्त संस्थासमेत गरेर ९२ हजार विद्यार्थी अध्ययनरत छन्।
अन्नपूर्णबाट ।

आजको राशिफल/आज वि.सं. २०७७ साल असार ११ गते 

 आजको राशिफल बि.सं.२०७७ साल असार ११ गते बिहिबार ई. सं. २०२० जुन २५, नेपाल सम्बत ११४० दिल्लाथ्व चतुर्थी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, गिष्म ऋतु, असार शुक्ल चतुर्थी, चन्द्रमा कर्कट राशिमा, अश्रलेषा नक्षत्र, हर्षण योग, विष्टि करण । नेपालमा सूर्योदय बिहान ०५ः१० बजे, सूर्यास्त साँझ ७ ः ४ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १० मिनेट देखि ६ बजेर ५४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।   मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिउँसोबाट ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन । बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । यद्यपि देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन। मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र करकुटुम्बले राम्रो सहयोग गर्ने छन। स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । भौतिक सम्पत्तिको जोहो हुनसक्छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) दिउँसोका तुलनामा बिहानको समय बढी सकारात्मक देखिन्छ । त्यसपछि खर्च स्थानमा चन्द्रमाको प्रवेश हुनेछ । यद्यपि शरीरमा स्फूर्ति, उत्साह र उमङ्ग नै देखिनेछ । छरछिमेकी वा साथीभाइले काममा सहयोग गर्नेछन । अप्ठ्यारामा परेका व्यक्तिको सहयोग गर्दा धन खर्च हुनेछ । शुभकार्य वा दानपुण्यमा मन आकर्षित हुनेछ । रमाइलो र सार्थक यात्राको योग छ । तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) जिम्मेबारीप्रति लापरबाही नगर्नु राम्रो हुन्छ, नत्र बन्नै लागेको काममा निराशा हुनसक्छ । पद र प्रतिष्ठा प्राप्तिका लागि गरिएको प्रयासमा ढिलो गरी सफलता मिल्नसक्छ । हाकिम वा मातापिताको सद्भाव र आशीर्वादले कुनै ठूलो काम बन्न सक्छ । सामाजिक सम्मान र साखका लागि केही प्रयास गरिनेछन। घरपरिवारमा सामान्यतया समय दिन सकिंदैन । बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । पारिवारिक समस्याहरू हल हुनेछन । घरायसी र दाम्पत्य सम्बन्धमा सुमधुरता आउने छ । पहिले गरेका क्रियाकलापको मुल्याङ्कन र प्रशंसा हुनेछ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रणयसुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन। अनपेक्षित वादविवाद पनि हुनसक्छ, संयमता अपनाउनु बेस हुनेछ ।  

Wednesday, June 24, 2020

बेलौरीमा एक जना पुरुषको शव फेला




कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलौरीमा एक जना पुरुषको शव फेला परेको छ । बेलौरी नगरपालिका वडा नम्बर ७ सानो सिंहपुर बस्ने अन्दाजी ५० वर्षीय फागुराम चौधरी बुधबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । चौधरी यही असार ६ गतेदेखि वेपत्ता रहेको र खोजीकार्य गर्दै जाँदा घर नजिकै छिमेकीको उखुबारीमा शव गन्हाएको अवस्थामा फेला परेको परिवार स्रोतलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार, चौधरीको अत्यधिक मदिरासेवनले ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी घटना सम्बन्धी थप अनुसन्धान भने जारी रहेको बताइएको छ ।
एन.बि.खबरबाट ।

पुनर्वास नगरपालिकाको सातौ नगर सभा सम्पन्न, आयो ६७ करोड १० लाखको बजेट


कञ्चनपुर
, १० असार ।
पुनर्वास नगरपालिकाको सातौ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ ।
आज एक कार्यक्रम बिच सम्पन्न सो कार्यक्रममा सभाध्यक्षका रुपमा नगर प्रमुख जीवनराज थापा, विशेष उपस्थितिमा प्रदेश सभा सदस्य तथा सुदुरपश्चिम नेकपा सचेतक तारालामा तामाङ, जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ, नगर उपप्रमुख शारदा बिष्ट, नगर प्रवक्ता भारमल सुनार, प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे र सम्पूर्ण जननिर्वाचित प्रतिनिधिहरुको उपस्थिति थियोे ।
सभामा आ.ब. २०७७/७८ को लागी ६७ करोड १० लाख १७ हजार दुईसय सत्तरीको बजेट आएको छ । बजेट विशेष गरि वर्तमान समयमा विश्वमा चलिरहेको कोभीड १९ लाई मध्यनजर राखी ल्याईएको भए पनि यसले नगर भित्र गौरवका आयोजनाहरुलाई समेटेको छ भने पुराना आयोजनाहरुको निरन्तरताको लागि पनि रकम छुट्याइएको छ ।

प्याराताल लाई मुख्य पर्यटकिय क्षेत्रका रूपमा बिकास गरिने, आई.बि.आर.डि बजारमा रहेको पार्कलाई "मदनकुमार भन्डारी स्मृति पार्क" नामाकरण गरि त्यो पार्कको स्तरोन्नति गरिने,पुनर्वास नगरपालिका भित्रका कुनै पनि गरिब विपन्न तथा जेहेन्दार विद्यार्थीहरुले चिकित्सा शिक्षा (एम.बि.बि.एस) पढ्न चाहेमा वार्षिक १ जना लाई रु. १० लाख प्रोत्साहन स्वरुप प्रदान गरिने लगायतका लोकप्रिय योजना पनि बजेटमा ल्याईएको छ । त्यसैगरि पुनर्वास नगरपालिका भित्रका दलित समुदायका विपन्न तथा जेहेन्दार उत्कृष्ट विद्यार्थीहरुले प्राविधिक शिक्षा अध्ययन गर्न चाहेमा वार्षिक ३ जना लाई रु. १ लाख का दरले छात्रवृत्ति प्रदान गरिने, नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरु मध्ये कुनै १ विद्यालय लाई "आवासीय नमुना " र १ लाई "प्राविधिक बिद्यालय" का रूपमा स्थापना गरिने, नगरपालिका भित्र "प्रदेश स्तरीय पुनर्वास रंगशाला" निर्माण गरिने,


त्रिभुवन स्वास्थ चौकी लाई २५ सैयाको अस्पतालमा रुपान्तरण गरि संचालन गरिने,
नगरको शान्ति सुरक्षा कायम गर्न,चोरीपैठारी नियन्त्रण गर्न लगायतका विभिन्न कार्यका लागि "नगर प्रहरी" गठन गरिने, "एक वडा एक कृषि प्राविधिक" र "एक वडा एक पशु प्राविधिक" कार्यक्रम लागू गरिने, कृषिजन्य उत्पादन लाई मध्यनजर गरि कृषकहरुको हितका लागि एउटा "दुध चिस्यान केन्द्र तथा शीत भण्डार" कोल्ड स्टोर को स्थापना गरिने लगायतका महत्त्वपूर्ण योजनाको लागि बजेटले रकमको ब्यवस्था गरेको छ ।

कृषि बाली तथा पशुपन्क्षी बिमा गर्न कृषकलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिने, कृषि तथा पशुपालनमा आधारित उद्योगहरु लाई अनुदान तथा कृषि कर्जा दिने निति अवलम्बन गरिने, कोभिड-१९ का कारण भारत लगायत अन्य मुलुकहरू बाट फिर्ता आएका युवा हरुको सिप, क्षमता आदिको अभिलेख तयार गरि समय सुहाउँदो रोजगार दिने खालका कार्यक्रम संचालन गर्ने नीति अवलम्बन गरिने बताईएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख जीवनराज थापाले थोरै कुरा र धेरै काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एक्लै नगरपालिकाले मात्र केही गर्न नसक्ने भएकाले प्रदेश र केन्द्रमा रहेका मन्त्री तथा सांसदहरुले पुनर्वासको विकासमा चासो दिन नगरप्रमुख थापाले आग्रह गर्नुभयो ।


बहुआयामिक व्यक्तित्व रञ्जित लामा: फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ


-सुनिलकुमार लो
धनगढी । दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा फरक देखिने र जो कोहिलाई अचम्मभित पार्न सक्ने व्यक्तिको रुपमा चर्चा कमाएका रञ्जित लामा पछिल्लो समय मोडलिङ तर्फ भाग्य अजमाउँदै छ्न । दस बर्ष लामो शारीरिक सुगठनको अनुभव बटुलेका लामा शारीरिक सुगठनका प्रशिक्षक, नुट्रीसन एक्सपर्ट हुन ।
सुदुरपश्चिम प्रदेशमा पहिलो चोटि
शारीरिक सुगठनको ज्ञान बाँडन युटुबमा फिटनेस मोडल रन्जित लामा नाम गरेको युटुब च्यानल खोलेर चर्चा कमाउन सफल लामाको परिचय यत्तिमै टुङ्गिदैन । उनी सफल उदघोषक, नृत्यकार, मोडल र व्यवसायिक पेन्टर पनि हुन । लामा फुटबलका राम्रा खेलाडी हुन भने व्यावसायिक पत्रकारको रुपमा उनको अलग्गै पहिचान छ । तर यतिमा मात्र लामालाई सिमित गरेर हेर्नुहुन्छ भने तपाईंले गल्ती गर्नुहुन्छ, उनी सफल साहित्यकार पनि हुन । साहित्यको क्षेत्रमा उनलाई "रागी लामा" को उपनामले चिनिन्छ । उनका दुईवटा गजल संग्रहहरु प्रकाशन भैसकेका छ्न भने हजारौंको संख्यामा विभिन्न राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा गित, गजल प्रकाशन भैसकेका छ्न ।
उनै रञ्जित लामाले पछिल्लो समय यामाहा ब्राण्डको मोटरसाइकलका लागि मोडलिङ गरेका छ्न । फरक शैलीको हेयर स्टाईल र फरक ड्रेस अपले भिडियोमा लामा कुनै हलिउड एक्टर भन्दा कम देखिएका छैनन । स्टाईलिस लुक्स र सुगठित शरीरको कारण युवायुवती माझ लोकप्रिय भैसकेका लामाको टिकटकमा हजारौं फलोअर छ्न । मेहनतलाई भगवान ठान्ने लामा अरु क्षेत्रमा झै मोडलिङ क्षेत्रमा पनी सफल हुनेमा ढुक्क छ्न ।

"हाम्रो कारणले विकास पछि पर्नु हुदैन"- सभासद तामाङ


-सुनिलकुमार लो
कञ्चनपुर, १० असार ।
सुदुरपश्चिम प्रदेश सभासद तारालामा तामाङले आपसी सम्बन्ध र व्यक्तिगत कारणले विकास पछि पर्न नहुने विचार राख्नुभएको छ । बुधबार पुनर्वास नगरपालिकाको सातौ नगरसभामा आफ्नो मन्तव्य राख्ने क्रममा सभासद तामाङले सो कुरा बताउनुभएको हो । व्यक्तिगत विचार र झिनामसिना कुराहरू विकासको बाटोमा बाधक बन्छ्न भने त्यसलाई हटाउनुपर्ने र जनताको विकासको चाहनालाई सम्बोधन गर्नुपर्ने सभासद तामाङको भनाई थियोे । कञ्चनपुरको जनताले पुनर्वासलाई नेतृत्व प्रदान गरेको र संघीय मन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश सभासद र जिल्ला समन्वय समिति संयोजक जस्ता जिम्मेवार पदहरुमा बसी पुनर्वासीहरुले काम गरीरहेको सन्दर्भमा कञ्चनपुरको विकासले संतोषजनक गति लिन नसकेकोमा सभासद तामाङले चिन्ता व्यक्त गरे ।
"संसारकै सबैभन्दा उन्नत व्यवस्था संघीय गणतान्त्रिक व्यवस्था देशमा आयो, यस व्यवस्था भित्रको अधिकार प्राप्त प्रतिनिधिको रुपमा जनताले हामीलाई चुने तर पनि खास केही गर्न सकेनौ" सभासद तामाङको कथन थियोे ।
तीनै तहमा नेकपाको शक्तिशाली सरकार रहेकाले अनुकूल अवस्था रहेको र जनताको विकासको चाहनालाई सम्बोधन गर्न सबैले आआफ्नो ठाउँबाट प्रभावकारी भूमिका निभाउनु पर्ने तामाङले जिकिर गरे ।


जनताले अहिले विकास नभए कैले हुने भनेर प्रश्न गरीरहेको सन्दर्भमा यस प्रश्नलाई सबै जनप्रतिनिधिले गम्भीरतापूर्वक मनन गर्नुपर्ने सभासद तामाङको विचार थियोे । "तर जनताले पनि हाम्रो बाध्यता बुझ्नु पर्छ" सभासद तामाङले भने "संघीयता बन्यो तर नियम कानूनको अभाव थियोे, यो कारणले पनि विकासले गति लिन सकेन । जनताले प्रतिनिधिहरुको मर्का बुझ्नुपर्छ ।"
स्थानीय तहले कार्यविधी बनाई मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने, कार्यविधि बनाउदा सबै पक्षसंग सल्लाह लिनुपर्ने, विकासका लागि केन्द्र, प्रदेश र स्थानीय, तहले समन्वय गर्नुपर्ने सभासद तामाङको सुझाव थियोे ।
आफूलाई निश्चित योजनाको लागि प्रदेश सभामा लबिङ गर्न कसैले नभनेको,
पुनर्वासमा कोल्ड स्टोर लगायत केही कालोपत्रे सडकका लागि आफुले पहल गरेको र निकट भविष्यमा ती आयोजनाहरु पूरा हुने समेत सभासद तामाङले जानकारी गराए ।

नेकपा स्थायी कमिटी बैठक शुरु


काठमाडौ, असार १०।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। कोरोना महामारी र विभिन्न कारणवश स्थगन हुँदै आएको सो बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्तव्य र अन्य कार्यसूची तय गरिएको छ।
नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार सरकारको काम (कोभिड रोकथाम र उपचार तथा नेपालको सीमा समस्या समाधान र अन्य), पार्टी एकताका बाँकी काम, अमेरिकी मिलेनियम कर्पाेरेशन सहायता (एमसिसी) र विविध कार्यसूची तय गरिएको छ। एमसिसीलाई अनुमोदन गराउने विषयमा सो पार्टीभित्र विवाद देखिँदै आएको छ।
 रासस

आजको राशिफल/आज वि सं २०७७ असार १० गते बुधबार  

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) विदेश यात्रा, व्यापार तथा दान-दातव्यमा खर्च बढ्नेछ। आफन्तजन टाढा हुनेछन्। खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि पनि केही खर्च हुन सक्छ। बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्य्सिद्धिको समय छ। कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आशा देखाउनेहरूले धोका दिनेछन्। प्रयत्न गर्दा केही काम बन्नेछन्। अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। धर्मकर्म र सेवामूलक काममा मन रमाउनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन्। अरूका काममा समय बित्न सक्छ। चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ। कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले समस्या पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछ भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, अप्ठ्यारो परिस्थितिसँग जुध्नुपर्ला। कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो) परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु) अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ।परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्लान्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला।अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला। मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ। साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द) वादविवादबाट टाढा रहनुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आत्मविश्वासको कमीले पछि परिनेछ। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखारता आउनेछ। काम पूरा हुनाले समय फुर्स्दिलो रहनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।