Thursday, February 7, 2019

पुनर्वासको पैसट्ठि विगाहमा बालिकाहरु माथी यौन दुराचार गरेको आरोपमा एकजना पक्राउ 


पुनर्वास,२४ माघ
पुनर्वासको पैसट्ठी विगाहमा बालिकाहरु माथी यौन दुराचार गरेको आरोपमा एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा पुनर्वास-५ भानुबस्तीका अन्दाजी बर्ष चालीसका बीरमान थापा रहेका छ्न । नीज बीरमान थापाले बाख्रा चराउन पैसट्ठी बिगाहमा गएका नौ बर्षिया सुनिता (नाम परिवर्तन) लाई सुनसान ठाउँमा भेटेर जबर्जस्ती शरिरका संवेदनशील अंगमा समात्ने, झाडिमा जाउँ भन्ने,आँखा झिम्काउने र अस्लिल कुराहरू भन्ने गरेको पीडितले बताएका छन । त्यसैगरि अर्की बालिका दस बर्षिया अस्मिता(नाम परीवर्तन) लाई पनि निज थापाले शरीरका संवेदनशील अंगमा समात्ने झाडी तिर जाउँ भन्ने गरेको बालिकाले बताएका छ्न । अर्की तीन बर्षिया बालिका सोनु( नाम परीवर्तन)लाई कट्टु खोलिदिने,गुप्तांङ्ग छामिदिने गरेको पीडितले बताएका छन ।
बालिकाहरु स्कुल विदा भएपछि पैसट्ठी बिगाहको चौरमा दैनिक जसो बाख्रा चराउन जाने गरेपनी एक्कासि जान नमानेपछि किन रहेछ भनेर केरकार गर्दा यो कुरा खुल्न आएको आएको पीडितका फूपू सर्मिलाले बताए ।
अस्थायी प्रहरी पोष्ट आईबिआरडी पुनर्वासमा यस बारेमा उजुरी परेपछि प्रहरीको टोलि गई आरोपीलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय,त्रिभुवन वस्तीमा बुझाईएको अस्थायी प्रहरी पोष्ट आईविआरडीका ईञ्चार्ज दान बहादुर साउदले बताएका छन । 

यसरी मनाईयो कञ्चनपुरको दशरथ बस्तीमा २८५५ औं सोनाम ल्होछार र नयाँ वर्ष ड्वा ल्हो(सुंगुर वर्ष) (फोटो फिचर सहित )

सुनिलकुमार लो
पुनर्वास, माघ २४
तामाङहरुको महान पर्व सोनाम ल्होछार कञ्चनपुरको पुनर्वास-२ दशरथ बस्तीमा पनि हिजो धुमधामका साथ मनाईएको छ । २८५५औ मञ्जुश्री सम्वत तथा नयाँ बर्ष ड्वा ल्हो(सुंगुर बर्ष)आगमनको खुशियालीमा विश्वभरी रहेका तामाङ समुदायले यस दिनलाई पवित्र दिनको रुपमा चाडको रुपमा मान्ने परम्परा रहि आएको छ ।
यो चाड २८५५ औ भएकाले मञ्जुश्री सम्वतसंगै यो चाड मनाउने गरिएको ईतिहाँसकारहरुको भनाई रहेको छ ।
यस अवसरमा पुनर्वास २ दशरथ वस्तीमा रहेका तामाङ समुदायले सोही स्थानमा रहेको पल उर्गेन छ्योईलिङ गुम्बामा भेला भई सांस्कृतिक कार्यक्रम र सामुहिक भोज र खेलकुदको समेत आयोजना गरेका थिए ।
कार्यक्रममा त्यस गाउँका जेष्ठ नागरिक प्रेम दोर्जे स्याङ्दनको हातबाट सबैले टीका तथा कोकोम्हेन्दो ग्रहण गरेका थिए ।
त्यस अवसरमा पल उर्गेन छ्योईलिङ गुम्बाका अध्यक्ष अमर डिम्डुङ, नेपाल तामाङ घेदुङ सुदुरपश्चिमका संयोजक तथा पल उर्गेन छ्योईलिङ गुम्बाका सचिव दिलिप कुमार तामाङ, दशरथ बस्तीका तामाङ मुखिया(चो) भूपालमान लो लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

महिला जागरुक भए समाज र परिवारको विकास हुन्छ : नगर प्रमुख पोतिलाल चौधरी



लाल बहादुर एसके
बेलौरी, माघ २३
    बेलौरी नगरपालिका महिला विकास शाखाले आयोजना गरेको महिला समूह सदस्य बिच २ दिने अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले परिवार र समाजको विकास हुनको लागि महिलाहरु जागरुक हुनुपर्ने बताउनु भयो । उहाँले महिला जागरुक भए परिवार र समाज जागरुक हुने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाहरु सहि मार्गमा डोर्याउन तथा उनीहरुलाई प्रेरित गराउन ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
उहाँले महिलाहरुको विषयमा आफू सचेत रहेको र अन्य स्थानीय तहले भन्दा फरक योजना सहित बेलौरी नगरपालिकाले महिला लक्षित सशर्त बजेट बाहेक गत आर्थिक वर्षमा रु. १० लाख र चालू आर्थिक वर्षमा रु. १३ लाख बजेट विनियोजन गरिएको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रम २३ र २४ गते चल्ने महिला विकास शाखाको कर्मचारी रिता मल्लले जानकारी गराउनु भयो  ।

त्यस्तै, बेलौरी नगरपालिकाका नगर उपप्रमुख चित्र कुमारी चौधरीले चुलोचौकोमा सीमित रहेका महिलाहरु समाजमा खुलेर आउन सक्ने स्थिति बनेको बताउनुभयो । उहाँले ग्रामीणभेगका महिलाहरुलाई एकैपटक जागरुक बनाउन नसकिएपनी विस्तारै योजनाबद्ध तरिकाले सबैलाई समेटिने बताउनुभयो ।


बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाले आयोजना गरेको महिला समूह सदस्य बिच २ दिने अन्तर्कृया कार्यक्रमलाई बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन गरिएको महिला तथा बालबालिका शाखाका प्रमुख मल्लले जानकारी दिनुभयो ।

विप्लव निकट विद्यार्थी संगठनको शैक्षिक हडतालको असर बाँकेमा पनि, पठनपाठन प्रभावित


शोभा पौडेल आचार्य 
बाँके, माघ २४
विप्लव निकटको विद्यार्थी अखिल क्रान्तिकारीले आफ्नो कार्यकर्ता पक्राउ परेको भन्दै शैक्षिक हडतालको घोषणा गरेको छ । हडतालले आज देशभर विभिन्न शिक्षणसंस्थाहरुमा प्रभाव पारेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले आज आह्वान गरेको शैक्षिक हड्तालको प्रभाव बाँकेमा पनि परेको छ । बन्दले बाँकेका सबै निजी तथा सरकारी शिक्षणसंस्थाको पढाई ठप्प भएको छ ।

अखिल क्रान्तिकारी का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले आज देशभरका स्कूल र कलेज बन्द आह्वान गरेको हो । विश्वकर्मालाई प्रहरीले हतियारसहित पक्राउ गरेको भनि झुटो मुद्दा लगाएकोले आफ्नो संगठन विरोधमा उत्रन बाध्य भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

फोन चार्ज गर्दै इयरफोनमा गीत सुनिरहेका थिए २४ वर्षे युवक, करेन्ट लागेर मृत्यु


थाइल्याण्डको चोनबुरी प्रान्तमा बस्ने क्रिस्टाडा सुपोलले इयरफोनमा गीत सुनेका कारण आफ्नो ज्यान गुमाउनु पर्यो । २४ वर्षका क्रिस्टाडाको फोन चार्जमा राखिएको थियो र उनी इयरफोन लगाएर गीत पनि सुनिरहेका थिए । यसै क्रममा करेन्ट प्रवाह भएर उनको मृत्यु भयो । स्थानीय मिडियाका अनुसार क्रिस्टाडाले इरफोनको स्पिकर मुखमा राखेका बेला करेन्ट लाग्नाले मृत्यु भएको हो ।
कानसमेत जल्योः
मिडिया रिपोर्टका अनुसार चोनबुरी प्रान्तमा क्रिस्टाडा भाडाको घरमा बसिरहेका थिए र आइतबार बिहान जब घर मालिक पुगे तब उनले क्रिस्टाडाको मृत शरिर ओछ्यानमा देखे । पुलिसका अनुसार क्रिस्टाडाको कानमा इयरफोन थियो र पुलिसलाई पनि करेन्ट लागेका कारण मृत्यु भएको शंका छ । पुलिसले क्रिस्टाडाको कान नजिकैका केही भागमा नराम्रोसँग जलेको जानकारी दिएका छन् ।
सामसङको फोन तर चार्जर लोकलः
चोनबुरी प्रान्तको पुलिस अनुसार क्रिस्टाडासँग सामसङको मोबाइल फोन थियो तर त्यसको चार्जर लोकल कम्पनीको थियो । पुलिस भन्छन्, ‘क्रिस्टाडाको मृत्युले अरुले पाठ सिक्नुपर्छ किनभने सस्तो र नक्कली चार्जरको प्रयोग गर्दा र फोन चार्जमा राखेर कुरा गर्दा तपाईंको ज्यान पनि जानसक्छ ।’
मलेसियाका एक बालकको पनि यसरी नै भएको थियो मृत्युः
कानमा इयरफोन लगाएर सुत्दा कसैको मृत्यु भएको मामला पहिले पनि सार्वजनिक भइसकेको छ । गत वर्ष डिसेम्बरमा पनि मलेसियामा बस्ने १६ वर्षका मोहम्मद आदिल अजहर जहरिनको मृत्यु पनि इयरफोन लगाएका कारण भएको थियो । मोहम्मदको कानमा इयरफोन लगाइएको थियो र त्यति नै बेला करेन्ट प्रवाह हुँदा उनको मृत्यु भएको थियो । यस्तै, फेब्रुअरी २०१८ मा ब्राजिलकी १७ वर्षीया लुइजा पिनहियरो पनि फोन चार्जमा राखेर इयरफोनमा गीत सुनिरहेकी थिइन् । त्यति नै बेला करेन्टका कारण उनको कानको इयरफोन पग्लियो र लुइजाको मृत्यु भयो ।

Wednesday, February 6, 2019

विद्यालयमा ईन्सास राईफलको गोलि खेल्दै भेटिए विद्यार्थी, स्थानीय सशंकित


यम प्रसाद आचार्य 
कञ्चनपुर,२३ माघ
         भारतीय सीमा सुरक्षा बल एसएसबीले प्रयोग गर्ने ईन्सास राइफलमा प्रयोग हुने गोलि विद्यालयमा विद्यार्थीले खेलाउदै गरेको अवस्थामा भेटिएपछि विद्यालयमा खैलाबैला नै मच्चियो । बुधबार कञ्चनपुरको पुनर्वास ३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा कक्षा चारमा अध्ययनरत विद्यार्थीहरु ईन्सास राइफलमा प्रयोग हुने गोलि खेलाउदैँ गरेको अवस्थामा भेटिए । यसरी बच्चाको हातमा गोलि भेटिँदा स्थानीय सशंकित बनेका छन ।

घरबाट स्कुल आउने क्रममा नालामा उक्त वस्तु फेला परेको विद्यार्थी बताउछन । गोलि भेटिए लगत्तै विद्यालयले प्रहरी बोलाएको थियो । प्रधानाध्यापक रामनारायण कंडेलले यस्ता वस्तु जहाँ पायो त्यही भेटिनु शंकास्पद भएको हुँदा सम्बन्धित निकायले सूक्ष्म अनुसन्धान गर्नुपर्ने बताउछन । उक्त गोली नेपाली सेनाले जनयुद्धकालमा प्रयोग गरेको ईन्सास राईफलको भएको अस्थायी प्रहरी पोस्टका असई दान बहादुर साउदले हाम्रै साझा पत्रिकासंग बताए । गोलिमा K F 03 5.56 लेखिएको छ ।

"सेना र प्रहरीको घरमा एकदुई वटा गोलि भेटिनु सामान्य कुरा हो । केटाकेटीलाई लकेट बनाईदिदा भूतप्रेत टाढा भाग्छ भन्ने जनविश्वासका कारण यस्ता गोलि सेनाहरुले घरमा ल्याउने गरेकाले गाउँघरमा भेटिएको हो र यो सामान्य कुरा हो ।" ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्ण बहादुर बम बताउछन ।

गोलि भेटिएको सन्दर्भमा प्रतिक्रिया दिदै कञ्चनपुरका एसपी कुबेर कठायतले गोलि भेटिएका सन्दर्भमा गहिरो अनुसन्धान हुने बताए । "कहाँबाट, के प्रयोजनका लागि ल्याईएको हो ? कहाँ, कसरी र कुन अवस्थामा फेला परेको हो ? यस बारेमा अनुसन्धान गर्न मेरो मातहतका सबैलाई आदेश दिईसकेको छु ।" गाउँमा यसरी गोलि भेटिनुलाई विभिन्न कोणहरुबाट विश्लेषण गरिएको छ ।

पश्चिम नेपालका तीन प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन सुरु

नेपालगञ्ज : पश्चिम नेपालका तीन प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने कामको थालनी बुधबार नेपालगन्जबाट सुरु भएको छ।
 सरकारको डिजिटाइजेसन अभियान अन्तर्गत प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा करिब २५ सय किलोमिटरमा फाइबर बिछ्याउने योजना छ। प्रदेश नम्बर ५ का केही जिल्ला ६ र ७ का १९ जिल्लामा फाइबर बिछ्याउने काम एक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फाइबर बाँके बर्दीया, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डढेलधुरा, बैतडी, दार्चुलाका सदरमुकाममा पुर्याइनेछ। नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ) अन्तर्गत सरकारले फाइबर बिछ्याउने कामको जिम्मा स्मार्ट टेलिकमलाई दिएको छ। स्मार्ट टेलिकम र सीसीएस (चाइना कम्युनिकेशन सर्भिस नेपाल) ले कामको थालनी गरेका हुन्। परियोजनाको सुरुवात गर्दै स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीले सरकारको डिजिटाइजेसन अभियान अन्तर्गत स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा फाइबर बिछ्याउने काम सुरु गरेको जानकारी दिए। उनले भने, ‘यसले ग्रामीण भेगमा इन्टरनेटको पहुँच र सञ्चारको विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्नेछ।’ ग्रामीण दूरसञ्चार कोषको ३ अर्ब रुपैयाँ सरकारले अनुदानका रुपमा उपलब्ध गराएको हो। फाइबर स्मार्टले २५ वर्षसम्म यसको निर्माण, सञ्चालन र व्यवस्थापन गर्नेछ। फाइबर निर्माण, अपरेसन र मर्मत सम्हार पनि स्मार्टले नै गर्नुपर्नेछ। प्राधिकरणले हाल सातैवटा प्रदेशमा फाइबर बिछ्याउने कामको जिम्मा सेवा प्रदायक संस्थाहरुलाई प्रतिस्पर्धाका आधारमा दिएको छ। हाल नेपालमा मोबाइलमा सर्वसाधारणको पहुँच ४९ प्रतिशत मात्रै रहेको छ । फिक्स्ड ब्रोडब्याण्डमा ११.२ प्रतिशत मात्रै पहुँच रहेको छ।

Tuesday, February 5, 2019

बेलौरी नगरपालिका वडा नम्बर ९ द्वारा १ महिने ड्राईभिङ युवा स्वरोजगार कार्यक्रमको आयोजना


लाल बहादुर एसके
बेलौरी, माघ २२
        कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर ९ स्थित वडाकार्यालयको आयोजनामा १ महिने ड्राईभिङ तालिम सञ्चालन भएको छ । युवालाई रोजगारीमुखी बनाउन तथा आर्थिकरुपमा आत्मनिर्भर बनाउन कार्यक्रमको आयोजना गरिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनुभयो ।

नेपाल सरकारले युवास्वरोजगारलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको परिपेक्षमा बेलौरी नगरपालिकाले युवास्वरोजगार कार्यक्रमको नीति लिएको छ ।
बेरोजगारी नै देशको प्रमुख समस्याको रुपमा देखा परेको परिस्थितिमा युवास्वरोजगारका कार्यक्रम हुन आवश्यक देखिन्छ । बेलौरी
नगरपालिकाका नगरप्रमुख चौधरी विकासप्रेमी नेता मानिन्छन् ।



पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन् 


संसारभर, महिलाहरूको ‍औसत आयु पुरुषहरूभन्दा लामो छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१६ मा जन्मिने मानिसहरू ७२ वर्षको औसत आयु लिएर जन्मिएका थिए। यो तथ्याङ्क लिङ्गका आधारमा औसत आयु छुट्टाउँदा भने महिलाको ७४ वर्ष दुई महिना र पुरुषको ६९ वर्ष आठ महिना थियो।
सन् २०१० को अमेरिकी जनगणनामा अमेरिकाका एक सय वर्षभन्दा माथि उमेरका ५३,३६४ जना थिए। उनीहरूमध्ये ९,१६२ जना पुरुष र ४४,२०२ जना महिला थिए। किन पुरुषभन्दा महिला बढी बाँच्छन् त? उनीहरूलाई केले पुरूषभन्दा लामो जिउन सहयोग गर्छ? प्रमुख तीन कारण यस्ता छन्: १. जीन मानव मृत्युदरका बारेमा ४० देशका तथ्याङ्क उपलब्ध छन्। ती मध्ये स्वीडेन र फ्रान्सका क्रमश: सन् १७५१ र १८१६ देखिका तथ्याङ्क छन्। तर जापान र रुसमा बीसौं शताब्दीको मध्यबाटको तथ्याङ्क मात्रै उपलब्ध छ। तथ्याङ्क भएका ती सबै देशमा प्रत्येक वर्ष महिलाहरूको औसत उमेर पुरुषहरूको भन्दा बढी छ। त्यसैले महिलाको तुलनामा पुरुषलाई प्रकृतिले नै जिउन कम उमेर दिएको देखिन्छ। भ्रूणहरू युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक डेभिठ जेम्स भन्छन्, "पुरुष भ्रूणहरू महिला भ्रूणभन्दा बढी खेर जान्छन्।" यसको एउटा कारण चाहिँ लिङ्ग निर्धारण गर्ने क्रोमोजोमका कारण हुनसक्छ। महिलाहरूमा दुई एक्स तथा पुरुषहरूमा एक्स र वाई क्रोमोजोम हुन्छन्। क्रोमोजोमा जीन हुन्छ। एक्स क्रोमोजोममा आयु लामो बनाउने धेरै नै क्रोमोजोम हुन्छ। बीबीसी रेडियोसँग कुरा गर्दै जेम्सले भने, "यदि तपाईँको एक्स क्रोमोजोमको कुनै समस्या छ र तपाईँ महिला हो भने तपाईँसँग अर्को एउटा एक्स क्रोमोजोम रहन्छ। तर तपाईँ पुरुष हो भने तपाईँसँग अर्को एक्स क्रोमोजोम हुन्न।" "पुरुषहरू गर्भावस्थामै मर्ने सम्भावना २० देखि ३० प्रतिशत बढी हुन्छ," एक्टर विश्वविद्यालयकी लोर्ना ह्यारिसले भनिन्। भाले चराहरूमा भने दुई एक्स क्रोमोजोम हुन्छ र उनीहरू पोथी चराभन्दा बढी बाँच्छन्। २. हर्मोन किशोरावस्थामा किशोर किशोरीहरूमा हर्मोन परिवर्तन हुन्छ। धोक्रो आवाज र छातीमा रौंजस्ता पुरुषजन्य विशेषताका लागि टेस्टस्टोरोन नामक हर्मोन जिम्मेवार हुन्छ। किशोरावस्थाको अन्तिमतिर पुरुषहरूमा ह्वात्तै टेस्टस्टोरोन बढ्छ। यही समय पुरुषहरूको मृत्युदर पनि बढ्छ। विज्ञहरूका अनुसार पुरुषहरूले झगडा, तीव्रगतिमा सवारी हाँक्नेजस्ता जोखिमपूर्ण कामहरू र आत्महत्या पनि धेरै गर्छन्। केही वर्ष अगाडि कोरयाली वैज्ञानिक हान नाम पार्कले उन्नाइसौं शताब्दीमा एउटा समुदायमा मरेकाहरूको मृत्युको विवरण अध्ययन गरेका थिए। तीमध्ये किशोरावस्थामा पुग्नु अगाडि अण्डकोष निकालिएका ८१ जना नपुंसकहरू थिए र उनीहरूको ‍औसत उमेर ७० वर्ष पाइएको थियो। त्यही समयका अरू पुरुषहरूको उमेर भने ५० थियो। धेरै अध्ययनहरूले मानिस वा जनावरहरूको आयु अण्डकोष नभएमा लामो हुने देखाएका छन्। महिलाहरूको हार्मोन एस्ट्रोजिनमा भने शरीरमा हुने हानीकारक तत्वहरूलाई हटाउने गुण हुन्छ। ३. पेशा र आचरण द्वन्द्वग्रस्त क्षेत्रहरूमा पुरुष आयु धेरै घट्छ। तर स्वास्थ्य सेवा नपुगेका ठाँउहरूमा सुत्केरी हुने बेलामा धेरै महिलाहरूको ज्यान जान्छ। धूम्रपान, मद्यपान र खानपानका कारण पनि विभिन्न देशहरूमा पुरुष र महिलाको आयु फरक हुन्छ। रुसमा पुरुषहरू अधिक मद्यपानका कारण महिलाहरूभन्दा १३ वर्ष कम बाँच्छन्। महिलाको आयु लामो भएपनि उनीहरूमा रोग लाग्ने सम्भावना ज्यादा हुन्छ। महिलाहरू १६ देखि ६० वर्षको उमेरमा पुरुषभन्दा धेरै अस्पताल पुग्ने गर्छन्। खाडल पुरिदै हालैका केही अध्ययनहरूले महिला पुरुषबीच आयुको यो खाडल छिट्टै पुरिने बताएका छन्। इम्पेरियल कलेज लण्डनको एक अध्ययनका अनुसार सन् २०३० सम्ममा ब्रिटेनमा महिला र पुरुषबीचको यो दुरी एक वर्ष नौ महिनामा झर्ने बताइएको छ। अहिले ब्रिटेनमा जन्मेको पुरुष ७९ वर्ष दुई महिना बाँच्ने र महिला ८२ वर्ष नौ महिना बाँच्ने तथ्याङ्क छ। प्राध्यापक लेस मेहेउले गरेको एक अध्ययनमा सन् २०३२ सम्ममा महिला पुरुषको आयु बराबर हुने देखाइएको छ।

स्वरोजगार सृजना गर्ने अभियानमा वडा अध्यक्ष जैशी

लालबहादुर एस.के. 
पुनर्वास, माघ २१

     आफू निर्वाचित वडामा स्वरोजगारको सृजना गर्ने उद्देश्यका साथ पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण प्रसाद जैशीले निड्स नेपालको सहयोगमा कुखुरा पालन तालीम दिनुका साथै नगरपालिकाको सहयोग र नगर प्रमुख जीवन थापाको प्रमुख अतिथ्यतामा तालीम प्राप्त सबैलाई जनही २० का दरले हेम्पसार ब्ल्याक एन्ड अष्ट्रो कुखुरा बितरण गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जीवन थापाले नगरपालिका का सबै वडाहरुमा स्वरोजगार सृजना गर्न व्यावसायिक तालिमहरु नगरपालिकाको तर्फबाट गरिरहेको र यसले दक्ष्य जनशक्तिलाई नेपालमै केही गर्न सकिन्छ भन्ने आत्मबिस्वाश दिने आशा व्यक्त गर्नुभएको छ। यो एउटा उदाहरण मात्रै भएको र थुप्रै अन्य व्यावसायिक तालीम नगरपालिका को तर्फबाट वडामा दिने योजना रहेको र यसको लागि सरोकारवाला निकायहरु सँग पनि समन्वय भैइरहेको जानकारी दिनुभएको थियो।  सात दिने तालीममा ३० परिवारलाई निड्स नेपालको सहयोगमा २ महिना अगाडि नै तालिम दिईएको थियो । २१ गते सबै ३० परिवारलाई जनहि २० कुखुराका दरले बितरण गर्न पाउँदा आफुलाई खुशी लागेको र यसले व्यावसायिक पहाल लिनेमा आफू विस्वस्त रहेको पनि उल्लेख गर्नुभएको छ।

त्यसरी नै वडा अध्यक्ष जैशीले आफ्नो वडाका बिपन्न तथा गरिबीको रेखामुनि रहेका परिवारलाई छनोट गरि निड्स नेपालसँगको सहकार्यमा कुखुरा पालन तालिम दिएको र आज वडाको बजेटबाट सबै परिवारलाई कुखुरा बितरन गरेको बताउनुभयो । आफुले सधैभरी नै वडाको चौतर्फी बिकासका लागि काम गर्दै आएको बताउँदै जैशीले यो कार्यक्रम विशेषगरी  बिपन्न बर्गलाई माथी उकास्न र उनिहरुको जिबिकोपार्जन गर्न सक्षम बनाउने लक्ष्यका साथ गरेको बताउनु भएको छ।
समुदायबाट दक्ष युवा जनशक्ति बिदेशीएको देख्दा त्यसले आफुलाई दुखित बनाएको आफ्नो अनुभव सुनाउँदै अब आगामी दिन कसरी प्राबिधिक तथा व्यावसायिक तालीम दिने र गाउँ गाउँ मै कसरी स्वरोजगार सृजना गर्ने कुरामा नै आफू केन्द्रित रहेको बताउनुभएको छ। यसको लागि लगतै अरु यस्ता कार्यक्रम वडा कार्यलय र नगरपालिकाको मातहतमा संचालित गर्ने योजना रहेको पनि बताउनु भयो। स्मरण रहोस वडा अध्यक्ष जैशीले यस अघि पनि जाडँरक्सी मुक्त वडा अभियान चलाउनु का साथै  र सिमा क्षेत्रमा भारत नझुकी काम गर्ने प्रभावशाली ब्यक्तिको रुपमा आफुलाई चिनाईसकेका छन।

कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैलेआफुहरुले पुनर्वासका विभिन्न वडाहरुमा वडा तथा नगरपालिकाको सहकर्यमा यस्ता सिपमुलक तालिमहरु संचालित गरिरहेको र तालिम पश्चात् धेरै जना आत्मानिर्भर बन्दै गएको बताउनु भयो। कामका लागि भारत जाने र त्यहाँ ठूलो दु:ख भोग्ने गरेको तर्क गर्दै यी कार्यक्रमले नेपालमै केही गर्ना प्रेरित गरिरहेको र आगामी दिनमा पनि यसरी नै सहकार्य गरि काम गर्ने बताउनु भयो।
वडा कर्यालयको यो कार्यले गाउँबासिमा गरिबहरुका लागि पनि सरकार छ भन्ने अनुभुति भएको र आफु निक्कै खुशी भएको अमरिका बुढा र शोभा सुनारले सुनाए। र यस बाट आफुहरु आत्मनिर्भर हुने बिश्वास पनि व्यक्त गरेका छन ।

Sunday, February 3, 2019

 आजको राशिफल – वि.सं.२०७५ साल माघ २० गते । आईतबार । ईश्वी सन् २०१९ फेब्रुवरी ०३ तारिख वि.सं.२०७५ साल माघ २० गते आईतबार ।


 ईश्वी सन् २०१९ फेब्रुवरी ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । माघ कृष्ण पक्ष । तिथि चतुर्दशी,४१ घडी ५० पला,बेलुकी ११ बजेर ३६ मिनेट उप्रान्त औशी । नकरण भद्रा,बिहान १० बजेर ३५ मिनेट उप्रान्त शकुनि,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त चतुष्पद । क्षत्र उत्तरषाढा,५० घडी १० पला,रातको ०२ बजेर ५६ मिनेट उप्रान्त श्रवण । योग बज्र,०२ घडि ३१ पला,बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त सिद्धि । आनन्दादिमा अमृत योग । चन्द्रराशि धनु,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त मकर । लैचह्रे पूजा। काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४४ मिनेट । दिनमान २७ घडी १२ पला । आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परिश्रम गरेमा भाग्यले साथ दिने समय छ ।व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखार्ईमा चाहेको सफलता हात लाग्ने हुँनाले गन्तब्य पहिल्याउँन सहज हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ ।कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिय पनि सोचेजस्तो नतिजा नआउँने हुँनाले मन खिन्न हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ । बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्ने हुन सक्छ । । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नोकरिमा सहकर्मीहरुलाई किनारा लगाउँदै अग्र स्थानमा तपाईको नाम आउँनेछ भने पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । सत्रुलाई परास्त गर्न सकिनेछ भने व्यालय तथा अदालतबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । पढन पाढनमा प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुसि राख्न सकिनेछ । प्रेम सम्बन्ध सुदृड हुनेछ भने घर परिवारमा आत्मियता बढ्नेछ । पुराना तथा थाति रहेका कामहरु साथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ । आत्मबल र संयमता गुमाउनु हुँदैन । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अरुको काम गर्दा समय बितेको पत्तो नपाईने हुँदा आफ्नो काम भने थाति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । जनसम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट भनेजस्तो सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ ।राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अनाबस्यक खर्च बढ्नुको साथै आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । आफन्त तथा अग्रज सँग सामान्य कुरामा पनि बिवाद सिर्जना हुनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा केहि समयको लागि टाडिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।घरायसी प्रयोजनका विषयमा खर्चबृद्धि र तनाव हुन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ । मातापिताको आशीर्वाद प्राप्त गरेमा हाँके/ताकेका जुनसुकै काममा सफलता पाउन सकिन्छ ।   

Saturday, February 2, 2019

०७५ माघ १९ गते शनिबार ई. सं. २०१९ फेब्रुअरी ०२ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

 वि.सं. २०७५ माघ १९ गते शनिबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०२ तारिख,आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ ।भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफ्नै बलबुताले व्यापार व्यवसायमा लागिन गरिन मनग्गे धन सम्पत्ति संग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजा काम साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पन्न संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ । बिहानको समयमा आमा सँग विवाद हुने योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सामाजिक काममा समय दिनु पर्नेछ भने तपाईँको काम देखि सबै खुसी हुनेछन् । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम गर्न सक्दा मान सम्मानमा वृद्धि भएर जाने ग्रहयोग रहेको छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन्न सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्रबाट सहयोग हुने हुँदा मन खुसी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । परिवार तथा नजिकका मानिसबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । पोशाक, पहिरन र सरसफाइमा ध्यान पुर्याउने समय मिल्नेछैन । अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम एकका कदम अगाडि आउनेछ भने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवीहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेको छ । समय अनुकूल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनादे आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ । मानसम्मानमा आघात पुग्न सक्छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित संस्था,एनजिओ तथा आईएनजिओमा काम पाउने प्रबल सम्भावना रहेको छ । विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागि दिन फलदायि रहनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । मन परेको मानिसबाट चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ । आफन्त तथा अग्रजबाट काममा सहयोग तथा उचित सल्लाह पाइनेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था सुदृढ हुनेछ । पढाई लेखाइमा भनेजस्तो सफलता प्राप्त हुनेछ । प्रणय सम्बन्धलाई विवाहमा परिणत गर्नको लागि आफन्तबाट आवश्यक कामहरू हुनेछन् । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईँको कामको प्रशंसा हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।     

Friday, February 1, 2019

आज २०७५ माघ १८ गते बिहिवार ई. सं. २०१९ फेब्रुअरी ०१ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य आज वि.सं. २०७५ माघ १८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०१ तारिख


 आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।