Monday, March 18, 2019
ब्लड क्यान्सर पिडित मिना भन्छिन - ए भगवान् मलाई बचाउ, मलाई बाच्ने इच्छा छ !
विशाल पाण्डेय
सुखड,चैत ०४
ऐया दुख्यो , मलाई बचाउ , अस्पताल लैजाउ , म बाच्न चाहन्छु । यी य यस्तै आवाज सुनिन्छ कैलालीको बर्दगोरीया गाउँपालीका - २ स्थित कुम्भीया गाउँमा वस्ने
शारदा बमको घरमा ! कारण हो ब्लड क्यान्सर लागेकी १९ वर्षिया उनको छोरी मिना !
मिना बमलाई ब्लड क्यान्सर रोग लागेको २ वर्ष भयो । उनलाई १ वर्ष देखी लगातार उपचार गरेपनी केही सुधार नभएपछि थला परेर घरमै बसिरहेकी छिन उनी , कारण हो आर्थिक स्थितिको कमि !
चिकित्सका अनुसार मिनाको उपचारका लागी करिब १० लाख लाग्ने रकम चाहिने भएकाले आफुहरुसगँ त्यति धेरै रकम नभएर उपचार नगरी घरमै राखेको मिनाकी आमा शारदा बमले आँखा भरी आँसु झार्दै बताइन् ।
सिके राउत:बिखण्डनको बाटोमा विराम
प्रधानमन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गर्दै राष्ट्रिय सभागृहमा भनेका थिए– सिके राउत टेक्नोक्रयाट् मात्र होइनन्, थिंकर पनि हुन् । कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता छ उनमा । सप्तरीको महदेवामा जन्मिएका राउतको बाल्यकाल र कलेज जीवन निकै संघर्षमय थियो ।
बिखण्डनकारी मुद्दा बिसर्जन गरेर मूलधारको राजनीतिमा प्रवेश गरेपछि चन्द्रकान्त (सिके) राउत फेरि एकाएक चर्चामा आएका छन् । स्वतन्त्र मधेश गठबन्धनको नाममा असंवैधानिक गतिविधिमा लागेको आरोप लगाउँदै सरकारले राउतलाई पटक–पटक पक्राउ गरेर जेलमा राख्ने, छोड्ने क्रम जारी राख्यो । पछिल्लो समय पाँच महिना जेल परेका राउत राष्ट्रिय राजनीतिमा आएपछि एक प्रकारको तरंग फैलिएको छ । मूलधारको राजनीतिमा आउने उनको निर्णयलाई कतिले स्वागत गरेका छन् भने कतिले विगतमा समातेको बाटो गलत थियो भनेर माफी माग्नुपर्ने प्रतिक्रिया दिएका छन् । गत साता सर्वाधिक चर्चामा आएका राउत आखिर को हुन् ? उनको बिगत कस्तो थियो ? धेरैलाई जान्ने रहर पक्कै होला ।
प्रधानमन्त्री केपी ओलीले सिके राउतको प्रशंसा गर्दै राष्ट्रिय सभागृहमा भनेका थिए– सिके राउत टेक्नोक्रयाट् मात्र होइनन्, थिंकर पनि हुन् । कठिन परिस्थितिमा पनि निर्णय लिन सक्ने क्षमता छ उनमा । सप्तरीको महदेवामा जन्मिएका राउतको बाल्यकाल र कलेज जीवन निकै संघर्षमय थियो । उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । उनका बुबा गाउँकै प्राथमिक विद्यालयका शिक्षक थिए । गाउँमा स्कुल खोल्न र गाउँलेहरूलाई शिक्षित बनाउन उनका बुबाले ठूलो मेहनत गरेका थिए ।
पढेलेखेका मानिसहरू फेला पार्न मुस्किल त्यो समयमा उनका बुबाले म्याट्रिक पास गरेका थिए । कट्टी (त्यतिबेलाको कोइलाडी) मा स्थापना भएको स्कुलबाट उनका बुवा आफ्नो ब्याचमा म्याट्रिक पास गर्ने एक्ला व्यक्ति थिए । राउतकी आमा गृहिणी भए पनि कथा वाचनमा पारङ्गत थिइन् । उनी धार्मिक पुस्तक दैनिक रूपमा अध्ययन गर्थिन् । तीन छोरा र एक छोरी मध्येका सबैभन्दा कान्छा हुन्– सिके राउत । सबैले उनलाई निकै माया गर्थे । उनका बराज्यू निकै प्रभावशाली व्यक्ति थिए । उनी हनुमाननगरमा नेपाल सरकारको पञ्चायत प्रशासनमा काम गर्थे ।
राउतले गाउँकै प्राथमिक विद्यालयमा अध्ययन गरे । त्यो स्कुलको अबस्था यस्तो थियो कि काठको पाटी र बोरा च्यापेर उनी दिदीको हात समाउँदै स्कुल पुग्थे । कक्षाकोठामा बेन्च थिएनन् । बर्खामा कक्षाकोठा हिलाम्मे हुन्थ्यो । छानाबाट पानी चुहेर कक्षाकोठामा पानी भरिन्थ्यो । गाउँबाट प्राथमिक शिक्षा पूरा गरेपछि राउतले वभनगामा कट्टीको माध्यमिक विद्यालयमा अध्ययन गरे ।
पारिवारिक आर्थिक स्थितिका कारण उनीहरूलाई पढाइलाई निरन्तरता दिँदै जीवनयापन गर्न निकै मुिस्कल थियो । स्कुल पुग्न १ घण्टा हिंड्नु पर्थ्यो । महिनौंसम्म उनी नाङ्गै खुट्टा हिँडेर स्कुल पुगे । उनका बुवाले चप्पल किनिदिन्छु त भन्थे । बचन दिएको महिनौं बिते पनि उनका खुट्टा नाङ्गै हुन्थे । बाटामा गँगटाका हाड यत्रतत्र हुन्थे । तिनलाई कुल्चिदै उनी स्कुल पुग्थे । स्कुल भर्ना भएको केही समयमै उनका बुवा बस दुर्घटनामा परे । उनका बुबा ट्युसन पढाएर केही खर्च जुटाउँथे । त्यसपछि त्यो बाटो पनि बन्द भयो । पूरा राउत परिवार आर्थिक अभावले पिरोलिन थाल्यो । उनीहरूलाई आफ्नो पढाइ खर्च आफैं जुटाउनुपर्ने बाध्यता आइलाग्यो । सबै आर्थिक स्रोत बन्द भएपछि खान पनि समस्या पर्न थाल्यो । गाउँलेहरूको सहयोगले उनको परिवार जेनतेन चल्थ्यो ।
स्कुल फी तिर्न नसक्दा परीक्षाको प्रवेशपत्र समयमै राउतको हात पर्दैनथ्यो, भित्र परीक्षा सुरु भैसक्थ्यो तर उनी भने हलबाहिरै हुन्थे । धेरैबेर पर्खिएपछि गार्डले भोलि फी तिर्नुपर्छ भनेर छाडिदिन्थे । त्यो समस्याले उनलाई पछिसम्म पिरोलिरह्यो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढ्दा उनको परीक्षाको फी इँटा बोक्ने मजदुरहरूले तिरिदिन्थे । मजदुरहरूले गरेको त्यो सहयोग सिके अझै पनि सम्झन्छन् ।
परीक्षा भवन भित्र छिर्न नदिइएका थुप्रै अनुभब छन् उनीसँग । उनले आफ्नो पुस्तकमा मार्मिक तरिकाले लेखेका छन्– मलाई स्कुलको हाताबाहिर जान बाध्य बनाइयो । म बाहिर गए, गहभरि आँसु टलपलाइरहेको थियो, मैले स्कुललाई परैबाट नियालिरहें । समय बित्दै जाँदा नजिकैको स्कुल पनि पर–पर सरे जस्तो लाग्थ्यो । लगभग एक घन्टा बित्न लाग्दा मेरो मन टुट्नै लागेको थियो, आँसुका थोपा त अघिदेखि नै बर्रर झर्दै थिए । एक घन्टापछि परीक्षाहलभित्र विद्यार्थीलाई छिर्न नदिइने नियम थियो । त्यसैले म आत्तिएको थिएँ तर अन्तिम समयमा तिनीहरूले मलाई बोलाए । तिनीहरू पनि दोधारमा थिए, क्लासको प्रथम विद्यार्थी भएकाले मैले परीक्षा दिन सकिन भने विद्यालयको राम्रो मूल्यांकन नहुने डर उनीहरूमा थियो ।
कलेजमा मधेसी भएकै कारण अपमान, दुर्व्यवहार र भेदभाव गरिएका थुप्रै घटना उनले भोगे । ‘क्यान्टिनमा होस् कि टीभी हलमा, पसलमा होस् कि क्लासमा, अफिसमा होस् कि खेल मैदानमा, फोन उठाउँदा होस् कि पालेसँग कुनै जानकारी माग्दा, हरेक ठाउँमा मप्रति दुर्व्यवहार हुन्थ्यो ।’ एक पटक उनले कुराकानीका क्रममा बताएका थिए । उनी वर्षभरी एउटै सर्ट–पाइन्टमा कलेज जान्थे । वर्कशप तथा प्रयोगात्मक कक्षामा कपडामा दाग लाग्थ्यो । त्यसलाई राती नै धोएर सुकाउँथे । अर्को दिन त्यही लुगा लगाएर कलेज पुग्थे ।
फाइनल परीक्षा सकेपछि राउतले इन्जिनियरिङ कलेजमा पढाएर आफ्नो गुजारा चलाए । सन् २००३ को अप्रिलमा मनबुसो छात्रवृत्ति पाएर उनी जापानको टोकियोस्थित टोकियो युनिभर्सिटी पुगे । जापानको अध्ययन पूरा गरेर उनी पिएचडीका लागी सन् २००६ मा बेलायतको क्याम्ब्रिज युनिभर्सिटी गए जुन पहिल्यैदेखी उनको सपना थियो । सबैभन्दा बढी नोबेल पुरस्कार पाएकाहरूको त्यो विश्वविद्यालय स्टेफेन हकिङ्गको पनि कर्मथलो थियो । सन् २०१० सम्ममा उक्त विश्वविद्यालयसँग सम्बद्ध ८८ जनाले नोबेल पुरस्कार पाएका थिए । क्याम्ब्रिज युनिभर्सिटीको अध्ययनपश्चात उनी एक अमेरिकन कम्पनिमा वैज्ञानिकका रुपमा काम गर्न थाले । राउत युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड आदिबाट विभूषित भैसकेका छन् । अमेरिका छँदै उनले इन्जोत अभियान सञ्चालन गरेका थिए । उनी इन्जोत अभियानका संस्थापक हुन् । उक्त अभियानले नेपालका स्कुलमा शिक्षक एवं विद्यार्थीहरूलाई कम्प्युटर, इन्टरनेट साक्षरताका बारेमा सचेतना फैलाउने काम गर्थ्यो । राउत मधेशी हक हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर–आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन् । उनी सन् २०११ मा सधैंका लागि अमेरिका छाडेर नेपाल फर्किएका थिए ।
घर छाडेको त्यो समय
गरिबीले गर्दा उनी यति आजित भए कि उनले एक्लै घर छाडे– चौध–पन्ध्र वर्षको उमेरमा । दिल्ली कि पन्जाब, एक्लै कहाँ जाने भनेर सोच्न नसकी भारतकै कुनै ठाउँमा बच्चाहरूलाई पढाउने मनसाय बनाए उनले । उनी आफूले लगाइरहेको लुगामै घरबाट निस्किए । उनको शर्टमा दुई तीनबटा बटन थिएनन् । बाटोमा बाँसको कैंची तोडेर बटन बनाए । उनीसंग एक रुपैयाँ पनि थिएन । उनले घर छोडेको कुरा सबैले थाहा पाएछन् । घरमा सबै चिन्तित थिए । आमा रुँदै कराउँदै खोज्न थालिन् । उनका बुवाले राउतलाई खोज्न चारैतिर मानिस पठाए । साँझतिर राउतलाई खोज्न आएका एकजनाले उनलाई समाते र घर लिएर गए । आफूलाई लेखक, चिन्तक तथा अभियन्ता रूपमा चिनाउने राउतका मधेश स्वराज आन्दोलन, मधेशका इतिहास, वीर मधेशी, वैरागदेखि बचावसम्म (आत्मकथा), डेनियल टु डिफेन्स जस्ता पुस्तक प्रकाशित छन् । उनले ब्ल्याक बुद्धज् :द मधेशीज् अफ नेपाल डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनले मधेशका गीत तथा भिडियोहरू पनि सार्वजनिक गरेका छन् । राउतका पुस्तक, गीत तथा भिडियो उनको निजी वेबसाइटमा फेला पार्न सकिन्छ ।
बिजुली उत्पादन दोब्बर ! आगामी वर्ष विजुली उत्पादनमा ‘कोशेढुंगा’ हुने दाबी
४ चैत, काठमाडौं । आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हाराहारीमा मात्रै छ । ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ । चालु आर्थिक वर्ष २०७५/७६भित्रै २ सय ८७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिनेछन् । विद्युत प्राधिकरणले निर्माण गरिरहेका र निजी क्षेत्रबाट बनिरहेका गरी २० वटा आयोजनाले आगामी साउन अगावै उत्पादन थाल्ने ऊर्जा मन्त्रालयको आँकलन छ । कुन–कुन आयोजना यसैवर्ष ? प्राधिकरणको लगानीमा बनिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ‘ए’ आयोजनाको निर्माणको काम सकिएको छ । अब भौतिक पूर्वाधारको परीक्षणपछि यसले विद्युत उत्पादन थाल्न लागेको छ । यो वर्ष लक्ष्यअनुसार काम भए २३.५ मेगावाटको सोलु जलविद्युत आयोजनाले उत्पादन थाल्नेछ । सोलुखुम्बुमा बनिरहरहेको यो आयोजना अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको छ । यसैगरी २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना पनि राष्ट्रिय प्रसारणलाइनमा जोडिँदैछ । मान्डु हाइड्रोले मकवानपुर र ललितपुरको सीमा क्षेत्रमा निर्माण गरिरहेको भौतिक निर्माणको काम सकिएर परीक्षण उत्पादनको चरणमा पुगेको छ । यसैगरी प्राधिकरणको १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजना पनि परीक्षण उत्पादन थाल्ने चरणमा छ । मकवानपुरको भैंसेमा निर्माणाधीन यो आयोजनाको भौतिक निर्माणको काम सकिएर विभिन्न परीक्षण भइरहेको छ । पाँचथरको काबेली बी–१ आयोजना पनि यसैवर्ष निर्माण भएर सञ्चालनमा आउने अपेक्षा छ । २५ मेगावाटको यो आयोजनामा अरुण कावेबी पावर कम्पनीले लगानी गरेको छ । यो वर्ष सिन्धुपाल्चोकको माथिल्लो चाुक ‘ए’ आयोजनाले पनि उत्पादन थाल्ने अपेक्षा छ । यो आयोजनाको जडित क्षमता २२.२ मेगावाट हो । यो आयोजना शिव श्री हाइड्रोपावर कम्पनीले बनाइरहेको छ । यस्तै पाँचथरमा निर्माण भइरहेको तल्लो हेवा खोला आयोजना पनि यसैवर्ष राष्ट्रिय प्रसारणलाइनमा जोड्ने योजना छ । यसबाट २१.६ मेगावाट बिजुली थपिन्छ । यो आयोजनाको निर्माण माउन्टेन हाईड्रोपावर नेपाल प्रालिले गरिरहेको छ । कास्कीमा हिमालयन हाइड्रोपारले निर्माण गरिरहेको १२ मेगावाटको नमार्जुन मादी आयोजनाले पनि यसैवर्ष पूर्णता पाउनेछ । कास्कीकै ७ मेगावाटको माथिल्लो मार्दी आयोजना पनि साउन लाग्नुअघि नै राष्ट्रिय प्रसारणमा जोडिने ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । यसबाहेक ताप्लेजुङमा बनिरहेको इवा खोला जलविद्युत आयोजनाबाट पनि यसैवर्ष विजुली सुरु हुनेछ । ९.९ मेगावाटको यो आयोजनामा रियरिङ हाइड्रोपावर कम्पनीले लगानी गरेको छ । कास्की र लमजुङको सीमा क्षेत्रमा बनेको ८.८ मेगावाटको रुदीखोला ‘ए’ आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । यो आयोजनाबाट उत्पादित विजुली हालसालै राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रुदी ‘बी’ले पनि यसैवर्षबाट उत्पादन थाल्नेछ । यो आयोजना ६.४ मेगावाट क्षमताको हो । यी दुबै आयोजनालाई बिन्दबासिनी हाइड्रोपावरले प्रवद्र्धन गरेको हो । यो वर्ष रामेछापमा निर्माणाधीन माथिल्लो खिम्ति–२ आयोजनाले पनि उत्पादन थाल्नेछ । हिमालय ऊर्जा विकास कम्पनीले यो आयोजनामा लगानी गरेको छ । रसुवाको माथिल्लो मैलुङ ए आयोजनाबाट ६.४ मेगावाट बिजुली पनि यसैवर्ष राष्ट्रिय ग्रीडमा थपिने ऊर्जा मन्त्रालयले जनााएको छ । कास्कीको विजयपुरखोला–२ (४.५ मेगावाट), दोलखाको घट्टेखोला (५ मेगावाट), डोटीको कपालीगाड (३.३ मेगावाट), म्याग्दीको घलेम्दीखोला (५ मेगावाट) र सिन्धुपाल्चोकको गेलुनखोला (३.२ मेगावाट)ले पनि यसैवर्ष पूर्णता पाउनेछन् । आगामी वर्ष विजुली उत्पादनमा ‘कोशेढुंगा’ यी आयोजनाहरुको प्रगति अवस्था हेरेर ऊर्जा मन्त्रालयले यसैवर्ष राष्ट्रिय प्रसारणमा जोड्ने गरी तयारी भइरहेको बताएको छ । मन्त्रालयका अनुसार आगामी आर्थिक २०७६/७७ वर्षमा मात्रै ९ सय ८२ मेगावाट क्षमताका आयोजनाबाट विजुली उत्पादन सुरु हुनेछ । आगामी वर्ष ४५६ मेगावाट विजुलीको उत्पादन सुरु हुनेछ । त्यस्तै १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना पनि आगामी वर्षबाटै सञ्चालनमा ल्याउने लक्ष्य छ । ८२ मेगावाटको तल्लो सोलु, ४२.५ मेगावाटको सान्जेन, मस्ट्री खोलाको ४२ मेगावाट, ४० मेगावाटको खानी खोला–१, अपर बलेफी एको ३६ मेगावाट बिजुली पनि आगामी वर्ष नै राष्ट्रिय प्रसारणलाइनमा थपिने छ । खानीखोलाबाट ३० मेगावाट, दोर्दीखोलाबाट २७ मेगावाट, अपर दोर्दी ‘ए’बाट २५ मेगावाट, सिंगटीखोलाबाट १६ मेगावाट, अपर सान्जेनबाट १४.८ मेगावाट र अपर खिम्तीबाट १२ मेगावाट विजलीको उत्पादन पनि आगामी आर्थिक वर्षबाटै सुरु हुनेछ । आगामी वर्षबाट नेपालले वर्षायाममा ठूलो परिमाणमा विजुली ‘बैंकिङ’ गर्न सक्ने नेपाल विद्युत प्राधिकरण्को दावी छ । आगामी वर्ष नेपालको विसली उत्पादनका लागि कोसेढुंगा बन्नेछ, किनभने हाल उत्पादनमा रहेको विजुलीको क्षमता बराबरकै विजुली राष्ट्रिय प्रसारणमा थपिनेछ । त्यसपछि आव ०७७/७८ मा थप ४ सय ४५ मेगावाट विजुली आन्तरिक उत्पादनबाटै जोडिने अनुमान छ । आव ०७८/७९मा ६६८ मेगावाट विजुली थपिनेछ ।
Friday, March 15, 2019
असिनाले खेतिवालीमा पुर्याएको नोक्सानीको बिषयमा प्रदेश सरकारले चासोराख्न सांसद तारालामा तामाङको माग
हाम्रै साझा पत्रिका
पुनर्वास, चैत ०१
दुई साता अधि आएको भीषण असिनाले कञ्चनपुरको दक्षिणीभेग पुनर्वास र बेलौरी नगरपालिकाका केहि वडामा खेतिवाली पुर्ण तथा आंशिक नोक्सानी पुर्याएको छ । असिनाले खेतिवालीमा क्षतिपुर्याएपछी क्षतिपुर्ती सम्बन्धित वडा कार्यालयको अगुवाइमा क्षति विवरण संकलन गरिएता पनि स्थानीय सरकारले हाल सम्म कुनै क्षतिपुर्ती उपलब्ध गराउन सकेको छैन । असिना प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका प्रदेश सभा सदस्य सांसद तथा नेकपा प्रदेश कमिटी संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले आज बसेको प्रदेश सभा बैठकमा असिनाले पुर्याएको क्षतिका बिषयमा प्रसंग उठाउनु भएको छ । उहाँले पुनर्वास, बेलौरी क्षेत्रमा आएको भीषण असिनाले बालीनाली र तरकारी खेतीमा क्षति पुर्याएको १६औं दिनसम्म पनि प्रदेश सरकारको ध्यानाकर्षण हुन नसकेको बताउनुभयो । उहाँले जनताको दु:खमा सरकारको अनुभूति नागरिकलाई गराउन आग्रह गर्नुभयो । लाखौं ऋण लिएर खेतिपाती गरेका कृषक अहिले निकै चिन्तापुर्ण स्थितिबाट गुज्रिनु परेको बिषयलाई उहाँले प्रदेश सभा बैठकमा उठाउनुभएको छ ।
आज बसेको सुदुरपश्चिम प्रदेश सभाको बैठकमा रेशम चौधरी, सीके रावत देखि विप्लव समुह सम्मका प्रसंगहरु उठेका थिए । प्रदेश सभाको विशेष समयमा बोल्ने सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । संसदको विशेष समयमा बोल्दै सत्तापक्षकै प्रदेशसभा सदस्य लिलाधर भट्टले सरकार र मन्त्रालयका काम कारवाही प्रभावकारी रूपमा कार्यान्वयन नभएको बताउँदै यसमा मन्त्रालयले जवाफ दिनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य देवकी मल्लले विप्लव समूहबाट आफू अपहरणमा परेको जानकारी गराउँदै विप्लवका गतिविधिप्रति आपत्ति जनाउनुभएको थियो ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य कर्ण मल्लले मुख्यमन्त्री कपको व्यवस्थापनका विषयमा प्रश्न उठाए । साथै सरकारले बजेटमा घोषणा गरेभन्दा बाहेक थुप्रै योजनाहरू निर्वाचन क्षेत्रमा लगेर कार्यकर्ता पोस्ने काम भइरहेको आरोप लगाए । सरकार र सीके राउतबीचमा भएको सहमति पनि देशको हित विपरीत भएको भन्दै उनले आपत्ति जनाए ।
प्रतिपक्षी दल राजपाका प्रदेशसभा सदस्य कृणबहादुर चौधरीले टीकापुर घटनाका विषयमा कैलाली जिल्ला अदालतबाट भएको फैसलामा आफूहरूको सहमति नरहेको बताए । उनले रेशम चौधरीको जन्मकैदका विषयमा सरकारको ध्यानाकर्षण गराउँदा अर्का प्रदेशसभा सदस्य वीरमान चौधरीले नियमापत्ति जनाए । साथै, धेरै सांसदहरुले विभिन्न बिषयमा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।
“उनी अनि त्यो रात ! र मेरो जिन्दगी”
मलाई आज पनि याद आउछ त्यो रात जुन रात तिम्रो र मेरो जीवनको अन्तिम भेट थियो !
मलाई अझै सम्झना छ त्यो रात जुन रात तिमीले म प्रतिको माया अनि विश्वासलाई त्यागेर सदाको लागि बिदाइ भएकि थियौ !
अहिले सम्झदा हाँसो लाग्छ मलाई ती तिम्रा कसम अनि बाचा !
साँची तिमी एउटी कशल अभिनेत्री रहेछौ !
थाहै न दिई तिम्रो अभिनयमा कति खेर डुबन पुगेछु !
सायद मेरो मन कोमल थियो वा कम्जोर त्यो थाहा थिएन !
बस यति मात्र थाहा थियो कि म पूर्णरुपमा तिमी भित्र डुबिसकेको रहेछु !
यसरी डुबेको रहेछु ! कि कुनै पण्डुबीले खोज्दा पनि न पाइने गरी !
तेसैले आज पनि मेरो लास खोजिरहेका छ्न मेरा आफन्त र साथीहरु !
अझै भन्ने गर्छन् रे ! पागल हो यार !
त्यो जाबो एउटी केटीको लागि आफ्नो जिन्दगी नै बर्बाद गर्यो ……………हा हा हा
हो मैले मेरो जिन्दगी बर्बाद गरे !
किन कि उ मेरो जिन्दगी थि ! र म उसको हमसफर ! ..सायद उस्ले पनि मैले झै मलाई आफ्नो हम्सफर नभइ जिन्दगी सोचेकि भए !
आज म यसरी गुमनाम हुनु पर्दैन थियो होला !
कास म जिन्दगी नभइ हम्सफर हुन पुगे !
त्यो पनि केही पल र समयको मात्र !
जहाँसम्म मेरो साथ उसलाई आवश्यक थियो त्यहीसम्मको हम्सफर…!
यस्तै हो साथी जीवन कहिले र कहाँनिर गएर रोकिन्न्छ ! कसैलाई पनि थाहा हुदैन ! तर पनि हामी भोलि गरुला पर्सि गरुला वा अर्को वर्ष त सियोर भन्न छोडदैनौ !
यहि झिनो आशा र मनको भरोसामा जिउँदै छौ !
कि केही ! न केही त ! होला.. हो यस्तै होला गरुला भन्दै आशै आसमा मेरो जीवन बित्यो !
न उनी आइन ! न मैले पर्खिन छोडें !
बरु जसलाई मैले पर्खेको थिएन त्यो आइपुग्यो !
तर उनी आइनन् !
म बाध्य भए ऊसँग जान जो मलाई लिन आएको थियो..! तर बिडम्बना उस्ले पनि लिन मानेन ! कस्तो मेरो भाग्य साला लैजा भन्दा पनि लगेन !
रोएँ, कराएँ, गाली गरें तर पनि लिन मानेन !
कस्तो अभागी रहेछु म सायद मैले केही काम पूरा गर्नु थियो होला जो उस्ले मलाई लिन मानेन !
ऊ बोलेन मैले कराउँदा गाली गर्दा !
ऊ आफ्न्नो सुर र समयको गति भन्दा अघि पछि न हट्ने रहेछ !
तेसैले मलाई छोडेर गई !
म बिरक्तीय बौलाहा जस्तै भौतारिएँ !
तर पनि ऊ फर्किएन !
आफ्न्नै सुरमा गइरह्यो !
सायद उसलाई आफ्नो गल्ती महशुस भएछ होला ! कि गलत समयमा इन्ट्री गरेछु ! जस्तो महशुस भएछ क्यारे ! केही न बोली ऊ आफ्नै सुरमा गई !
फेरि फर्केर आउछु पनि भनेन !
मैले सयौ पटक सोधें त कहिले फर्कन्छ्स म यहि कुरेर बस्ने छु भने ! तर उसले सुने नसेको जसरी चुपचाप जवाफ नदिई गई ! म बाध्य भएँ !
अब उ नआउञ्जेल मैले उसको इन्तजार गर्नु पर्ने भो ! मलाई दिक्क लाग्यो आफ्नो जिन्दगीदेखि घृणा लाग्न थाल्यो !
सायद ठीकै भनेका रहेछ्न मेरा आफन्त र मेरा साथीहरुले तँ जिन्दगीमा काम लाग्दैनस् !
हो यही शब्द मेरो मानसपटल र कानमा गुञ्जयमान हुन थाल्यो ! कि तँ काम लाग्दैनस् ! त्यसैले मैले निर्णय लिए तेतिञ्जेलसम्मका लागि ! यो समाज अनि यी मानवरुपि मुखौटाहरुको अगाडि केही न केही गर्नेछु भनेर !
पुनः जिन्दगीलाई जिउँन थाले अब यो जिन्दगी पहिलाको जसरी नभइ ! एक पल एक युग जसरी जिउँने सोंच गरेर आज म हिडिरहेको छु !
कोशिस गर्दै छु कि मेरो नाम यो युग को सुनौलो पानामा लेखियोस् !
जसरी इतिहासका पाना लेखिएका छन् युग पुरुषहरुको त्यसरी नै मेरो नाम कोरियोस् !
अनि म खुसी खुसी फेरि उसलाइ नै कुरिरहेको हुने छु ! जसले मलाई बीचैमा छोडेर गएका थिए ! म उनीलाई नै पर्खेर बस्ने छु जस्ले मेरो जीवनको अर्थ बुझाइ दिएका थिए !
अनि म हाँसी–हाँसी ऊसँगै जानेछु !
नयाँ साइनो लागाउने छु ! मितेरीको अनि अंकमाल गर्दै ऊसँगै जाने छु !
तर यो पटक नबोली होइन बोलेर जाने छु !
किन कि अब ऊ मेरो मीत हो !
अब म हाँस्दै छु किन कि मेरो कर्म सकियो !
मेरो रोल सकियो अब म रुनु पर्दैन !
अब पालो अरुको मेरो ठाउँ खालि छ !
अर्को जन्मिदै छ !
थहा छैन यो पटक उसको भाग्यमा कस्तो नाटक मञ्चन हुदैछ !
थाहा छैन बिचाराले कस्तो रोल निभाउनु पर्ने हो !
तर म खुसी छु किनकि
अब दुनियाँलाई रुवाउने पालो मेरो…..
मलाई अझै सम्झना छ त्यो रात जुन रात तिमीले म प्रतिको माया अनि विश्वासलाई त्यागेर सदाको लागि बिदाइ भएकि थियौ !
अहिले सम्झदा हाँसो लाग्छ मलाई ती तिम्रा कसम अनि बाचा !
साँची तिमी एउटी कशल अभिनेत्री रहेछौ !
थाहै न दिई तिम्रो अभिनयमा कति खेर डुबन पुगेछु !
सायद मेरो मन कोमल थियो वा कम्जोर त्यो थाहा थिएन !
बस यति मात्र थाहा थियो कि म पूर्णरुपमा तिमी भित्र डुबिसकेको रहेछु !
यसरी डुबेको रहेछु ! कि कुनै पण्डुबीले खोज्दा पनि न पाइने गरी !
तेसैले आज पनि मेरो लास खोजिरहेका छ्न मेरा आफन्त र साथीहरु !
अझै भन्ने गर्छन् रे ! पागल हो यार !
त्यो जाबो एउटी केटीको लागि आफ्नो जिन्दगी नै बर्बाद गर्यो ……………हा हा हा
हो मैले मेरो जिन्दगी बर्बाद गरे !
किन कि उ मेरो जिन्दगी थि ! र म उसको हमसफर ! ..सायद उस्ले पनि मैले झै मलाई आफ्नो हम्सफर नभइ जिन्दगी सोचेकि भए !
आज म यसरी गुमनाम हुनु पर्दैन थियो होला !
कास म जिन्दगी नभइ हम्सफर हुन पुगे !
त्यो पनि केही पल र समयको मात्र !
जहाँसम्म मेरो साथ उसलाई आवश्यक थियो त्यहीसम्मको हम्सफर…!
यस्तै हो साथी जीवन कहिले र कहाँनिर गएर रोकिन्न्छ ! कसैलाई पनि थाहा हुदैन ! तर पनि हामी भोलि गरुला पर्सि गरुला वा अर्को वर्ष त सियोर भन्न छोडदैनौ !
यहि झिनो आशा र मनको भरोसामा जिउँदै छौ !
कि केही ! न केही त ! होला.. हो यस्तै होला गरुला भन्दै आशै आसमा मेरो जीवन बित्यो !
न उनी आइन ! न मैले पर्खिन छोडें !
बरु जसलाई मैले पर्खेको थिएन त्यो आइपुग्यो !
तर उनी आइनन् !
म बाध्य भए ऊसँग जान जो मलाई लिन आएको थियो..! तर बिडम्बना उस्ले पनि लिन मानेन ! कस्तो मेरो भाग्य साला लैजा भन्दा पनि लगेन !
रोएँ, कराएँ, गाली गरें तर पनि लिन मानेन !
कस्तो अभागी रहेछु म सायद मैले केही काम पूरा गर्नु थियो होला जो उस्ले मलाई लिन मानेन !
ऊ बोलेन मैले कराउँदा गाली गर्दा !
ऊ आफ्न्नो सुर र समयको गति भन्दा अघि पछि न हट्ने रहेछ !
तेसैले मलाई छोडेर गई !
म बिरक्तीय बौलाहा जस्तै भौतारिएँ !
तर पनि ऊ फर्किएन !
आफ्न्नै सुरमा गइरह्यो !
सायद उसलाई आफ्नो गल्ती महशुस भएछ होला ! कि गलत समयमा इन्ट्री गरेछु ! जस्तो महशुस भएछ क्यारे ! केही न बोली ऊ आफ्नै सुरमा गई !
फेरि फर्केर आउछु पनि भनेन !
मैले सयौ पटक सोधें त कहिले फर्कन्छ्स म यहि कुरेर बस्ने छु भने ! तर उसले सुने नसेको जसरी चुपचाप जवाफ नदिई गई ! म बाध्य भएँ !
अब उ नआउञ्जेल मैले उसको इन्तजार गर्नु पर्ने भो ! मलाई दिक्क लाग्यो आफ्नो जिन्दगीदेखि घृणा लाग्न थाल्यो !
सायद ठीकै भनेका रहेछ्न मेरा आफन्त र मेरा साथीहरुले तँ जिन्दगीमा काम लाग्दैनस् !
हो यही शब्द मेरो मानसपटल र कानमा गुञ्जयमान हुन थाल्यो ! कि तँ काम लाग्दैनस् ! त्यसैले मैले निर्णय लिए तेतिञ्जेलसम्मका लागि ! यो समाज अनि यी मानवरुपि मुखौटाहरुको अगाडि केही न केही गर्नेछु भनेर !
पुनः जिन्दगीलाई जिउँन थाले अब यो जिन्दगी पहिलाको जसरी नभइ ! एक पल एक युग जसरी जिउँने सोंच गरेर आज म हिडिरहेको छु !
कोशिस गर्दै छु कि मेरो नाम यो युग को सुनौलो पानामा लेखियोस् !
जसरी इतिहासका पाना लेखिएका छन् युग पुरुषहरुको त्यसरी नै मेरो नाम कोरियोस् !
अनि म खुसी खुसी फेरि उसलाइ नै कुरिरहेको हुने छु ! जसले मलाई बीचैमा छोडेर गएका थिए ! म उनीलाई नै पर्खेर बस्ने छु जस्ले मेरो जीवनको अर्थ बुझाइ दिएका थिए !
अनि म हाँसी–हाँसी ऊसँगै जानेछु !
नयाँ साइनो लागाउने छु ! मितेरीको अनि अंकमाल गर्दै ऊसँगै जाने छु !
तर यो पटक नबोली होइन बोलेर जाने छु !
किन कि अब ऊ मेरो मीत हो !
अब म हाँस्दै छु किन कि मेरो कर्म सकियो !
मेरो रोल सकियो अब म रुनु पर्दैन !
अब पालो अरुको मेरो ठाउँ खालि छ !
अर्को जन्मिदै छ !
थहा छैन यो पटक उसको भाग्यमा कस्तो नाटक मञ्चन हुदैछ !
थाहा छैन बिचाराले कस्तो रोल निभाउनु पर्ने हो !
तर म खुसी छु किनकि
अब दुनियाँलाई रुवाउने पालो मेरो…..
Thursday, March 14, 2019
आजको राशिफल, वि.सं.२०७५ साल फागुन ३० गते बिहीबार |२०१९ मार्च १४ तारिख
वि.सं. २०७५ साल फागुन ३० गते,बिहीबार,इश्वी सन् २०१९ मार्च १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ चिल्लाथ्व,फाल्गुण शुक्लपक्ष,तिथि– अष्टमी, २२:५४ बजेउप्रान्त नवमी,नक्षत्र– मृगशिरा, २४:४३ बजेउप्रान्त आर्द्रा,योग– प्रीति, ८:५९ बजेउप्रान्त आयुष्मान्,करण– भद्रा, ११:३८ बजेदेखि वव, २२:५४ बजेउप्रान्त वालव,आनन्दादिमा मृत्यु योग,चन्द्रराशि– वृष, १३:०७ बजेउप्रान्त मिथुन, सूर्योदय– ६:१७ बजे, सूर्यास्त– १८:११ बजे र दिनमान २९ घडी ४४ पला।व्रत/पर्व- अष्टमी व्रत,गोरखकाली पूजा,होलिकारम्भ,चीरोत्थान गर्ने दिवस (चीरस्वाय), फाल्गुण मसान्त। मेष ( च, चू, चे, ला, ली, लू, ले, लो, अ, आ ) स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। तपाईंलाई आकर्षित गर्ने लगानीको योजना बारे थप पत्ता लगाउन धेरै कुरा जान्नुहोस् – कुनै पनि निर्णय लिनु अघि आफ्ना विशेषज्ञहरुसँग परामर्श गर्नुहोस्। तपाईंले आफ्नो घरको जिम्मेवारीमा बेवास्ता गर्नुभयो भने तपाईंसँग बस्ने कसैलाई नराम्रो लाग्नेछ। नयाँ प्रेम जडान गठन गर्ने सम्भावना बलियो हुनेछ तर व्यक्तिगत र गोप्य जानकारी प्रकट नगर्नुहोस्। काममा तपाईंको सफलताको बाटो रोक्नेहरूलाई आज तपाईंले आफ्नै आँखा अगाडि गंभीर पतन भएको देख्नु हुनेछ। तपाईंको मनमा भएको कुरा भन्न नडराउनुहोस्। तपाईंले आफ्नो वैवाहिक जीवनका विवाहपूर्व, लखेटाई, र फकाउने आदि पुराना सुन्दर दिनहरूको सम्झना गर्नु हुनेछ। वृष ( ई, उ, ए, ऐ, ओ, व, वा, वो, वे, वौ, वं ) तपाईको लामो यात्रामा जाने योजना छ भने आफ्नो स्वास्थ्य र ऊर्जाको संरक्षण गर्ने बानीले तपाईंलाई अत्यन्तै लाभ हुनेछ। व्यस्त समय भए तापनि तपाईं सजिलै थकानको सामना गर्न सक्षम हुनुहुनेछ। तपाईंले धेरै अनपेक्षित स्रोतहरूको मार्फत कमाउने सम्भावना छ। घरेलू विषय र बाँकी रहेका घरेलू काम सक्ने अनुकूल दिन। तपाईंले भिन्नै प्रकारको रोमान्स अनुभव गर्न सक्नु हुनेछ। तपाईंको पेशाको दक्षता परीक्षण गरिनेछ। तपाईंले इच्छित परिणाम प्रदान गर्नको लागि आफ्नो प्रयासमा ध्यान दिनु आवश्यक छ। आध्यात्मिक गुरू वा बुजुर्गले मार्गदर्शन गर्नेछन्। आफ्नो जीवनसाथीले आज तपाईंलाई अतिरिक्त विशेष समय दिनेछन्। मिथुन ( क, का, की, कू, के, को, कौ, छ, ह, हा, छा ) असम्भवको लागि अनावश्यक सोचाइमा आफ्नो ऊर्जा बर्बाद नगर्नुहोस्, बरु यसलाई सही दिशामा प्रयोग गर्नुहोस्। खर्चमा वृद्धि हुन्छ तर आयमा वृद्धि हुनाले तपाईंलाई तिर्न सजिलो पर्नेछ। आफ्ना व्यक्तिगत समस्याको समाधानको लागि कुनै मित्रले तपाईंको सल्लाह लिन सक्छ। प्रेमयुक्त जीवनले आशा ल्याउँछ। तपाईंले आज आफ्नो दृष्टिकोणमा र कार्यालयको कामको गुणस्तरमा सुधारको अनुभव गर्नु हुनेछ। तपाईं आज यात्रा गर्दै हुनुहुन्छ भने आफ्नो सामानको अतिरिक्त हेरचाह गर्न आवश्यक छ। समयका अभावको कारण तपाईं र तपाईंको प्रेमी बीच निराशा बढ्न सक्छ। कर्कट ( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) काममा र घरमा केही दबाव पर्नाले तपाईंलाई छिट्टै रिसाउने बनाउँछ। किन्न बाहिर जानु अघि तपाईंसँग भएका वस्तुहरूको प्रयोग गर्नुहोस्। आफ्नो परिवारका साथ कठोर व्यवहार नगर्नुहोस् – यसले शान्ति बिगार्न सक्छ। आफ्नो प्रेमीकासँग रातको सम्बन्ध धेरै साना मुद्दाहरूको पछि पनि तनाउपूर्ण रहनेछ। तपाईंले लामो समयदेखि काम गरिरहेको एउटा महत्त्वपूर्ण परियोजनामा ढिलाइ भएको छ। पर्यटन र यात्राले खुशी ल्याउनेछ र अत्यधिक ज्ञानवर्धक हुनेछ। आफ्नो जोडीका आफन्तहरूले तपाईंको वैवाहिक परम आनन्दमा बाधा पुर्याउन सक्छन्। सिह ( म, मा, मी, मू, मे, मो, मौ, मं, ट, टा, टी़, टू, टो ) आशावादी भएर उज्यालो पक्षतर्फ हेर्नुहोस्। तपाईंको विश्वस्त आशाले तपाईंको इच्छा र चाहनाको बोधका लागि ढोका खोल्नेछ। विशेष गरेर प्रमुख वित्तीय सम्झौतामा बातचीत गर्दा, हतारमा निर्णय नलिनुहोस्। वैवाहिक सम्बन्धमा प्रवेशको लागि राम्रो समय। लामो समय पछि आफ्नो मित्रसँग भेट हुने सोचेर गुल्टिंदै गरेको ढुँगा झैं तपाईंको मनको ढुकढुकी बढ्न सक्छ। तपाईंको हावी मनोवृत्तिले आफ्ना सहकर्मीबाट आलोचना हुनेछ। तपाईंलाई सबैभन्दा गर्न मन लाग्ने कुराहरूको सामाजिकरण र पालनको लागि आज समय छ। आज, तपाईं र तपाईंको जोडीले साँच्चै गहिरो आत्मीय प्रेमालाप गर्नु हुनेछ। कन्या ( पा, प, पु, पं, प, पे, पो, पौ, टो ) निष्क्रिय समस्याहरू देखिन्छन् जसले गर्दा मानसिक दबाब पर्दछ। आज तपाईंले सजिलै धन बढाउन सक्नुहुन्छ – उल्लेखनीय ऋण सङ्कलन गर्नुहुन्छ – वा नयाँ परियोजनाहरूमा काम गर्नको लागि धनको अनुरोध गर्न सक्नुहुन्छ। तपाईं संगै बस्ने कोई आजको तपाईंको हालको नराम्रा कार्यहरूले रिसाउनेछ। आफ्नो प्रिय वा जोडीबाट राम्रो सञ्चार वा सन्देशले आज तपाईंको हौसलामा बृद्धि गर्नेछ। काममा आजको दिन एउटा अद्भुत दिन जस्तो देखिन्छ। आज तपाईंले महत्त्वपूर्ण विषयहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। तपाईंको जोडीले आज तपाईंको लागि साँच्चै विशेष कुरा गर्नेछन्। तुला ( र, रा, री, रु, रे, रो, रं, ता, त, तू, ते, तो, ती ) आज तनाउ मुक्त – शान्त रहनुहोस्। अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ। तपाईंको अत्यधिक ऊर्जा र अथाह उत्साहले अनुकूल परिणाम ल्याउनेछ र घरेलू तनाउ सुधार्नेछ। अचानक भएको रोमान्टिक तर्कले तपाईंलाई भ्रममा पार्न सक्नेछ। कामको कुरा राम्रो देखिन्छ। तपाईंको मुड दिनैभरि राम्रो रहनेछ। तपाईंको चुम्बकीय व्यक्तित्वले तपाईंलाई उज्यालोमा राख्नेछ। आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको सम्झना गर्नुहुनेछ, र फेरि सबै निर्दोष मजाको आनन्द लिनुहुनेछ। वृश्चिक ( न, ना, नी, नु, ने, नो, नै, नं, या, यी, यू, य ) विगतका उद्यमबाट प्राप्त सफलताले तपाईंको भरोसा बढाउनेछ। हल नभएका मुद्दाहरू कठिन बन्नेछन् र खर्चले तपाईंको मन मन ढाक्नेछ। तपाईंको घरेलू दृश्य केहि अप्रत्याशित हुनेछ। विवाहको प्रस्ताव हुनाले तपाईंको प्रेमी जीवन जीवनको लामो बन्धनमा परिणत हुन सक्छ। आफ्नो रिजुम पठाउन वा साक्षात्कारको लागि राम्रो दिन। कर र बीमाको विषयमा केही ध्यान दिनु आवश्यक हुनेछ। महिला भेनसबाट आएका हुन् र पुरुषहरु मंगलबाट। तर आज भेनस र मंगल एक-अर्कामा पग्लेका छन्। धनु ( ये, यो, ध, धा, धी, धू, धे, फ, भा, भी, भू, भे ) तपाईंको दयालु प्रकृतिले आज धेरै खुसीयाली ल्याउनेछ। आजैको दिनको लागि मात्रै बाँच्ने र मनोरञ्जनमा धेरै समय र पैसा खर्च गर्ने आफ्नो बानीमा नियन्त्रण गर्नुहोस्। तनाउको समय हुन सक्छ तर परिवारको समर्थनले तपाईंलाई मद्दत गर्नेछ। आँखाले कहिल्यै झूठ बोल्दैन र आफ्नो साथीको आँखाले तपाईंलाई साँच्चै आज केहि विशेष भन्नेछन्। तपाईं अपेक्षित रूपमा काम नगरेको कारण आफ्ना अधिनस्थहरूसँग एकदम दुखी हुन सक्नुहुन्छ। एउटा लाभदायी दिन किनकि केही कुराहरू तपाईंको पक्षमा जाने देखिन्छ र तपाईं संसारको शीर्षमा हुनुहुनेछ। तपाईं र तपाईंको जोडीलाई खिचलो बनाउन सक्ने सम्भावनाहरू आउनेछन् र लामो अवधिसम्म पनि तपाईंको सम्बन्ध राम्रो नहुन सक्छ। मकर ( भो, ज, जा, जी, जे, जो, जै, जं, ख, खी, खू, खो, ग, गा,गी ) तपाईंको धैर्यलाई लगातार प्रयासको साधारण अर्थमा र समझसँग राख्नुहोस् जसले तपाईंको सफलताको ग्यारेन्टी रहनेछ। अरूले भनेको मानेर लगानी गरेमा आज आर्थिक घाटाको सम्भावना देखिन्छ। सामाजिक कार्यक्रमहरू प्रभावशाली र महत्त्वपूर्ण मान्छेसँग आफ्नो तालमेल सुधार गर्न सही मौका हुनेछन्। तपाईंले आफ्नो प्रियलाई उनको पछिल्लो भावशून्यताका लागि क्षमा गरेर आफ्नो जीवन लायक बनाउनु हुनेछ। तपाईंले आफ्नो कार्यमा प्रमुख निर्णय लिन सक्नुहुन्छ। समयमा र तेज कार्यले अरूको भन्दा राम्रो धार दिन सक्छ। तपाईंले केही उपयोगी सुझावहरूको लागि आफ्ना अधिनस्थहरूबाट पनि केही सुन्न सक्नु हुनेछ। तपाईंलाई सबैभन्दा गर्न मन लाग्ने कुराहरूको सामाजिकरण र पालनको लागि आज समय छ। आज तपाईंले आफ्नो जोडीका प्रेमको चरम देख्नु हुनेछ। कुंभ ( गु, गे, गो, स, सा, सी, सु, से, सं, सो, सौ, द, दा ) तपाईंको मनमा अनावश्यक विचार आउन नदिनुहोस्। तपाईंको मानसिक दृढता बढाउन शान्त र तनाउ मुक्त बस्ने प्रयास गर्नुहोस्। व्यस्त र तनाउपूर्ण यात्रा गर्नुहोस् – तर आर्थिक फाइदा भने होस्। आज तपाईंमा आफ्ना परिवारका सदस्यहरू र साथै साथीहरूबाट सहयोग प्राप्त गर्नाले नयाँ उत्साह र आत्मविश्वास जाग्नेछ। आज तपाईंलाई जीवनमा साँचो प्रेमको सम्झना आउँछ. चिन्ता नगर्नुहोस्, समय अनुसार सबै कुरामा परिवर्तन आउँछ, तपाईंको रोमान्टिक जीवन पनि त्यस्तै हो। तपाईंमा नेतृत्वको गुण र मानिसहरूको आवश्यकताबारे संवेदनशीलता छ – तपाईंको साँचो परिचय प्रस्तुत गर्नाले तपाईंलाई राम्ररी जीत गर्न मद्दत गर्नेछ। सेमिनार र प्रदर्शनीहरूले तपाईंलाई नयाँ ज्ञान र सम्पर्क प्रदान गर्नेछ। तपाईंलाई र तपाईंको जोडीलाई साँच्चै नै आफ्नो वैवाहिक जीवनको लागि केही ठाउँ आवश्यक छ। मीन ( दि, दू, झं, थ, था, दे, दो, च, चा, ची ) आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। तपाईंलाई आज धेरै नयाँ वित्तीय योजनाहरु प्रस्तुत गरिनेछ – प्रतिबद्धता बनाउनु अघि फाइदा र हानिको राम्ररी वजन गर्नुहोस्। तपाईंले सामाजिक कार्य र कार्यक्रमहरूमा भाग लिनु भयो भने मित्र मण्डली र परिचितहरू बढ्नेछन्। रोमान्टिक चालले फाइदा हुनेछैन। संयुक्त उद्यम र भागीदारीबाट टाढा रहनुहोस्। तपाईंको चुम्बकीय – बहिर्गमन व्यक्तित्वले मानिसहरूको मन लोभ्याउनेछ। आज तपाईंको जोडीले तपाईंको आवश्यकतालाई सन्तुष्ट गर्न अस्वीकार गर्न सक्छ, जसले गर्दा अन्ततः तपाईंलाई निराशा हुन सक्छ।
नेपाल राष्ट्र बैंकद्वारा आजको लागी जारी गरेको विदेशी विनिमय दर यसप्रकार रहेको छ ।
नेपाल रास्ट्र बैंक द्वारा आजको लागी जारी गरेको बिदेशी बिनिमय दर यस
प्रकार रहेको छ ।
Exchange Rate for 14 March 2019 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. Indian Rupee 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. U.S. Dollar 1 110.96 111.56 European Euro 1 125.33 126.01 UK Pound Sterling 1 145.98 146.77 Swiss Franc 1 110.29 110.89 Australian Dollar 1 78.37 78.79 Canadian Dollar 1 83.08 83.53 Singapore Dollar 1 81.83 82.27 Japanese Yen 10 9.97 10.02 Chinese Yuan 1 16.54 16.63 Saudi Arabian Riyal 1 29.59 29.75 Qatari Riyal 1 30.48 30.64 Thai Baht 1 3.51 3.53 UAE Dirham 1 30.21 30.37 Malaysian Ringgit 1 27.14 27.29 South Korean Won 100 9.80 9.85 Swedish Kroner 1 11.87 11.94 Danish Kroner 1 16.80 16.89 Hong Kong Dollar 1 14.14 14.21 Kuwaity Dinar 1 364.89 366.87 Bahrain Dinar 1 294.33 295.93 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
प्रकार रहेको छ ।
Exchange Rate for 14 March 2019 Exchange Rates Fixed by Nepal Rastra Bank Currency Unit Buying/Rs. Selling/Rs. Indian Rupee 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Currency Unit Buying/Rs. Selling/Rs. U.S. Dollar 1 110.96 111.56 European Euro 1 125.33 126.01 UK Pound Sterling 1 145.98 146.77 Swiss Franc 1 110.29 110.89 Australian Dollar 1 78.37 78.79 Canadian Dollar 1 83.08 83.53 Singapore Dollar 1 81.83 82.27 Japanese Yen 10 9.97 10.02 Chinese Yuan 1 16.54 16.63 Saudi Arabian Riyal 1 29.59 29.75 Qatari Riyal 1 30.48 30.64 Thai Baht 1 3.51 3.53 UAE Dirham 1 30.21 30.37 Malaysian Ringgit 1 27.14 27.29 South Korean Won 100 9.80 9.85 Swedish Kroner 1 11.87 11.94 Danish Kroner 1 16.80 16.89 Hong Kong Dollar 1 14.14 14.21 Kuwaity Dinar 1 364.89 366.87 Bahrain Dinar 1 294.33 295.93 Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Wednesday, March 13, 2019
सुशीला पाठकले ल्याइन अत्यन्तै रमाइलो ‘होलि’ गीत !
जिबि आग्री
काठमाडौं, फाल्गुन २९
झापा घर भई हाल काठमाडौमा साङितिक यात्रामा आफ्नो छुटै पहिचान बनाउन सफल गायिका शुसिला पाठक बिगत सात बर्ष देखि संघर्सत नाम हो । झट्ट हेर्दा कुनै फिलिमकी हिरोइन जस्तै देखिने पाठक विद्यार्थी हुन ।
आफू अविवाहित भएको कारण पनि यो क्षेत्रमा काम गर्न सहज भएको बताउछिन । उनका चर्चित गीत हरलक्क ज्यान बड्यो? सानिलाइ, मन त नेपाली र देशैं खाने गीतहरुले राम्रो मार्केट लिएको थियो ।
भने नजिकिदै गरेको होलि पर्वलाई लक्षित गर्दै ह्यापी होलि भन्ने गीत सार्बजनिक गरेकी छन ।
गीतमाशब्द, सङीत रुपेश बास्कोटाले गरेका छनभने एरेन्ज अनुप राईले गरेका हुन । गीतमा स्वर शुशिला पाठक र श्रीहरी दहालको रहेको छ । म्युजिक भिडियोमा समिक्षा पोख्रेल र सुरेन्द्र बसेललाई मुख्य भुमिकाका देख्न सकिन्छ । गीतलाई निर्देशन निर्देशक समन अधिकारीले गरेका हुनभने सम्पादन र कलर करेक्सन सिलन लम्साल को रहेको छ ।
Tuesday, March 12, 2019
५० दिने अनुष्ठानमा अखण्ड भजनकृतन ! सुदुरपश्चिमकै गौरव बन्नसक्ने धाम निर्माण हुने
अखण्डरुपमा बलिरहेको मन्त्रद्वारा उत्पन्नभएको अग्निदेव
हाम्रै साझा पत्रिका
पुनर्वास, फाल्गुन २८
सुदुरपश्चिमकै गौरवस्वरुप निर्माण हुन लागेको पुनर्वासको श्रीनिवास दिव्यधाममा ५० दिने महाअनुष्ठान भईरहेको छ । जुन अहिले तयारीको निरन्तर चलिरहेको छ । सुदुरपश्चिमको उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा हेरिएको यस श्रीनिवास दिव्यधाम निर्माणका लागि ५५ करोड रुपैयाँ भन्दा धेरै लागत लाग्ने अनुमान गरिएको छ । शिवरात्रिका दिनदेखि यहाँ ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सञ्चालन भईरहेको छ ।
कञ्चनपुरको दक्षिणीभेग पुर्नवास नगरपालिका वडा नम्बर ८, क गाउँमा रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा भक्तिअनुष्ठान सञ्चालन भईरहेको हो ।
कहिल्यै ननिभ्ने मन्त्रद्वारा उत्पन्न गरिएको अग्नि कुण्ड रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिर नेपालकै विशेष मन्दिर हो । नेपालमा कहिल्यै ननिभ्ने अखण्ड अग्नि मन्दिर जम्मा ४ वटा मात्र छन । जसमा यस मन्दिर समेत पर्दछ । स्वामी गोविन्दाचार्यले वैदिक मन्त्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गर्नुभएको
श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्ट बताउनुहुन्छ ।
महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण, पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन भईरहेको समितिका अध्यक्ष विश्वनाथ बिष्टले जानकारी दिनुभयो । श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सुरु गरिएको हो ।
महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्यले जानकारी दिनुभयो । महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ ।
यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ ।
एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ ।
स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताउनुभयो ।
श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टमहाअनुष्ठानको तयारी समेत तिव्र पारिएको जानकारी दिनुभयो । अहिले महाअनुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ । महाअनुष्ठान लाग्ने श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद् भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ ।
श्रीनिवास दिव्यधाम निर्माणार्थ सांसद विकासकोषबाट १० लाख सहयोग दिने प्रतिबद्धता प्राप्त भएको समितिले जनाएको छ । समितिले निकै ठुलो लागतमा निर्माण गर्न खोजेको यस धामको निर्माणका लागि देश, धर्म र संस्कृतिको रक्षा गर्न चाहाने हरेक नेपाली तथा सहयोगीमनबाट सहयोग लिईने श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी श्री गोविन्दाचार्यले बताउनुभयो ।
हेर्नुस् भिडियोमा ...
Monday, March 11, 2019
पुनर्वास सहकारी मा गएराती अज्ञात समुहद्वारा चोरी
धन बहादुर बिक
पुनर्वास २७ फागुन
जिल्लामै पुरानो सहकारी कञ्चनपुर को पुनर्वास सहकारी संस्था लिमिटेड मा गएराती अज्ञात समुहद्वारा रहस्यमय ढङ्गबाट चालीस हजार नगदसहित कागजात हरू चोरी भएको छ ।
पुनर्वास नगरपालिका वडा नम्बर ६ प्रतिभानगर टाउन बजारको मध्येभागमा रहेको पुनर्वास सहकारी मा संस्थाको दोस्रो तलामा रहेको कार्यालयको ढोकाको ताल्चा तोडी संस्था को एक थान दराज लिएर गएको संस्था का प्रबन्धक एक कुमार श्रेष्ठले बताए । श्रेष्ठले दिएको जानकारी अनुसार उक्त चोरी भएको दराज भित्र चालीस हजार नगद सहित एक थान लेबटब , केही चेकबुक , सेयर धनिका जग्गाधनी प्रमाणपत्र र समितिको निर्णय पुस्तिका (रजिस्टर ) रहेका थिए ।
घटनाबारे अाजै प्रहरीलाई लिखित जानकारी गराईसकिएको संस्थाका अध्यक्ष पर्शुराम बिस्वकर्माले बताए ।सहकारी ले दुग्ध डेरि पनि सञ्चालन गर्दै अाईरहेको छ भने सोमबार बिहान ८:१९ बजे डेरिका कर्मचारी प्रताप बोहराले घटनाबारे फोन मार्फत जानकारी गराएपछि अाफुलाई थाह हुनगएको संस्था का अध्यक्ष पर्शुराम बिस्वकर्माले बताए ।
अज्ञात समुहले चोरी भएको दराज बाहेक कार्यालयमा रहेका दुई थान कम्प्युटर तथा अन्य कुनैपनि मालसामान छेंडाखानी नगरी यथावत रहनु र कुनैपनि सामान अस्तव्यस्त नहुनु ले अंझ थप रहस्यमय बनेको संस्था का उपाध्यक्ष बिष्णु अर्यालले बताए । अज्ञात समुहले हेक्सब्लेडले ताल्चा काटि कार्यालयमा प्रवेश गरेको पाईएको छ भने चोरी गर्न अाउदा प्रयोग गरिएको ३ थान साईकल समेत प्रहरीले फेला पारेको छ । चोरी भएको घटना लगत्तै संस्थाका पदाधिकारी , कर्मचारी तथा प्रहरीले संयुक्तरूपमा खोजतलास मा जुटेका थिए भने सोमबार सांझसम्म पनि कुनै उपलब्धि हुन नसकेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती ले जनाएको छ ।
चोरीको घटना मा संलग्न चोरहरूको खोजीकार्य भैरहेको र छिट्टै पत्ता लगाईछाड्ने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिका निरिक्षक कर्ण बहादुर बमले बताए ।
दुषित राजनीतिको जालोमा अल्झिएको मेरो देश
लेख/विचार
म एक सामान्य परिवारमा जन्म लिएको व्यक्ति । सुदुरपश्चिमको भारतीय सीमाको छेउमा रहेको पुनर्वास नगरपालिकामा जन्मिएर त्यहीँ बाल्यकाल बित्यो । आज म राजनैतिक प्रसंग तिर केन्द्रित हुन चाहेको छु । मलाई राजनीतिमा धेरै रस भिजेन । मलाइ राजनीति गर्न पनि आउदैन । तर राजनीतिले भने मलाइ छोडेन । दाइ जन्मिएको दुई दिन पछी म जन्मिए । अर्थात कान्छीआमाबाट दाइ अनि जेठी अर्थात मेरी आमाबाट दुईदिन पछी म जन्मिएको थिए । म जन्मिदा देखि नै घरबाटै राजनीति सुरुभएको आभास हुन्छ मलाई । राजनीति कमिला रहेछ । जहाँ पनि सजिलै छिरिदिने । बालपन देखि नै कुटनीति र राजनीति सिक्दै गए । दलगत राजनीति भन्दा अलि फरक खाले गाउँघरका राजनीतिको परिवेशमा धेरै बर्षहरु बिते । संगसंगै पार्टीगत राजनीतिले हरेक क्षेत्रमा डेरा जमाएको हुने रहेछ ।
चलचित्र/म्युजिक भिडियो निर्देशक
जिबि आग्री
दलको आडमा हिंसाजन्य कार्य तथा अपराधजन्य कार्यहरु मौलाएको देखिन्थ्यो । आफ्नो बचाउ अस्त्रको रुपमा राजनीतिलाई लिने परम्परालाई नजिकबाट नियालेको मेरो मानसपटलमा राजनीति प्रतिको वितृष्णा पैदा भयो । तर मलाई राजनीतिको चंगुलले घेरिसकेको थियो । कहिले निडर त कहिले लिडर बन्न थाले । जागिरको लोभ गरिन, सम्पत्ति कमाउन मरिहत्ते पनि गरिन, पद र सत्ताको लागि दौडने मेरो नियति बन्न सकेन । मात्र एक राजनैतिक भरिया बन्न पुगे । स्वार्थगत भन्दा अलिपर नै रहेर राजनीतिमा सच्चा कार्यकर्ता र योद्धाको भारी बोक्न पुगे ।
अहिले यो भारी न बोक्नै सक्छु न फाल्न । यो भारी बिसाउने चौतारी नभेटुन्जेल यो भारी काँधमा नै रहेछ । जब त्यो चौतारीमा पुग्नेछु । अनि भारी बिसाएर आराम गर्नेछु । राज गर्नेछु । भारी बोकेर त्यहा सम्म पुगेका सबै भरियाहरुले आनन्दको सास फेर्नेछन, जिन्दगीको उमंग बनाउनेछन । त्यही मेरो चौतारी भएको छ यो मेरो प्यारो देश । भ्रष्टाचार, अपराध, स्वार्थ, हिंसा लगायत सबैमा हालीमुहाली राजनीतिकर्मी कै भईरहेको हुन्छ । धेरै अपराधीक क्रियाकलापमा राजनीति जोडिएको हुन्छ । देशको यस्तो स्थिति म एक दर्शक बनेर हेरिरहेको छु । बस एक मुकदर्शक बनेर ।
‘टलक्क टल्कियो सियो’ सार्वजनिक भएको २४ घण्टामै ६२ हजार पटक हेरियो
साझा पत्रिका संवाददाता
काठमाडौ : फल्गुण २७
बिगत लामो समय देखि साङितिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै आएकी गायिका सन्जना श्रेष्ठको नया गीत सार्बजनिक भएको २४ घन्टा नबित्दै आधा लाख भन्दा दर्शक ले हेरिसकेका छन ।
बिगतका चर्चित गीत तिमिसंग अन्तिम चोटि भेट्न बाकी छ भन्ने गीत र सुनौला बिहानी बोलको गीत कमल खत्री र सन्जनाको स्वर ले बजारमा चर्चा बटुल्न सफल भएका गीत हरु हुन भने हालै रिलिज भएको टलक्क टल्कियो सियोमा शब्द /सङीत : कोसिस क्षेत्री एरेन्ज : उदय राज पौडेलको छ ।
भने स्वर : सन्जना श्रेष्ठ र रबिन बरालको रहेको उक्त गीत को भिडियोको अभिनय जिबन/सृजना र सुमन को रहेको छ । यस गीतको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन भने कोरियोग्रफर जिसन रजिना हुन । सम्पादन र कलर करेक्सन सिलन लम्सालको रहेको उक्त गीत को पोस्ट प्रडक्सन लाइक माइड्स नेपालको रहेको छ । यस म्युजिक भिडियो ओ एस आर युटुब च्यानबाट हेर्न सकिन्छ ।
विखण्डनकारी सिकेको पछि लाग्ने सरकारले गोविन्द गौतमलाई बिर्सियो
हाम्रै साझा पत्रिका
पुनर्वास, फाल्गुन २६
शहिद गोविन्द गौतमको दोस्रो स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस नगर कमिटीले आनन्द बजारमा राखेको स्मृति सभा कार्यक्रमबाट बोल्दै संविधानसभा सदस्य सांसद दिवानसिंह बिष्टले दुईतिहाई लिएर अधि बढेको सरकारको उपलब्धि सिके राउतसंगको सम्झौतामा पुगेर अल्झिएको बताउनुभयो ।
उहाँले विखण्डनकारी सिके राउतलाई संरक्षण गर्ने सरकारले राष्ट्रभक्त वीर सपूत गोविन्द गौतमलाई बिर्सिएको बताउनुभयो । उहाँले सरकारले सीमाबासीका समस्या समाधानलाई कुनै प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “लामो समयदेखि विवाद चर्किदै गएपछि अन्ततः एकजना राष्ट्रभक्त युवाले छातिमा तातोगोली खानुपर्यो । यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । अझै अरु दुर्घटना नहोला भन्न सकिन्न । यस तर्फ सरकार गम्भीर हुनुपर्छ । शहिदका बुवाआमालाई निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध मिलाउनु पर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, शहिद परिवारलाई रोजगारी दिनुपर्ने, सीमा समस्या तत्काल समाधान गर्नुपर्ने, लगायत तमाम समस्याहरुमा सरकार गम्भीर बनेको छैन ।” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस नगरकमिटी सभापति यम प्रसाद पौडेलले सरकारले शहिद गोविन्द गौतमलाई सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । पुनर्वास नगरपालिकाले शहिद गोविन्द गौतमको सम्मान गर्न सकेन, उहाँले भन्नुभयो । विना कुनै तयारी हतारहतारमा झारा टार्ने किसिमले शहिद दिवस बनाए जस्तो गरेर नगरपालिकाले शहिदको सम्मान गर्न नसकेको उहाँको आरोप छ । कार्यक्रममा बोल्दै नगरसभापति पौडेलले शहिद परिवारलाई सरकारले सम्मान दिन नसक्ने लक्षण देखिएपछि नेपाली कांग्रेसले आन्नन्द बजारमा कार्यक्रम राखेको जानकारी गराउनुभयो । नगरपालिकाले धुमधामका साथ शहिदलाई सम्मान गर्ने कार्यक्रम राखेको भए हामीले छुट्टाछुट्टै कार्यक्रम गर्नुपर्ने थिएन । सत्तामा बसेर सरकारले शहिदलाई बिर्सिएपनी हामीले कहिल्यै बिर्सन सक्दैन । शहिद गौतमलाई हामीले उच्च स्थानमा राख्छौं । उहाँको योगदानलाई कहिल्यै भुल्ने छैनौं ।
नेपाली कांग्रेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पार्टीका धेरै नेताहरुले आफ्नो बिचार राख्नुभएको थियो । प्रदेशसभा सदस्यका प्रत्यासी गोपाल गुरुङ देखि विभिन्न नेताहरुले सरकारको खुलेर आलोचना गरेका थिए । कार्यक्रम दिउँसो १२ बजे देखि सुरु भएर बेलुका ५ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रम कञ्चनपुरको पुनर्वास नगरपालिका शहिद गोविन्द गौतम बजार(आन्नन्द बजार)मा राखिएको थियो । २०७३ साल फाल्गुन २६ गते स्थानीय वडा नम्बर ४ का गोविन्द गौतमलाई सीमा क्षेत्रमा भएको भिडन्तमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोलि चलाएर हत्या गरेको थियो ।
पुनर्वास, फाल्गुन २६
शहिद गोविन्द गौतमको दोस्रो स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस नगर कमिटीले आनन्द बजारमा राखेको स्मृति सभा कार्यक्रमबाट बोल्दै संविधानसभा सदस्य सांसद दिवानसिंह बिष्टले दुईतिहाई लिएर अधि बढेको सरकारको उपलब्धि सिके राउतसंगको सम्झौतामा पुगेर अल्झिएको बताउनुभयो ।
उहाँले विखण्डनकारी सिके राउतलाई संरक्षण गर्ने सरकारले राष्ट्रभक्त वीर सपूत गोविन्द गौतमलाई बिर्सिएको बताउनुभयो । उहाँले सरकारले सीमाबासीका समस्या समाधानलाई कुनै प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो “लामो समयदेखि विवाद चर्किदै गएपछि अन्ततः एकजना राष्ट्रभक्त युवाले छातिमा तातोगोली खानुपर्यो । यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छैन । अझै अरु दुर्घटना नहोला भन्न सकिन्न । यस तर्फ सरकार गम्भीर हुनुपर्छ । शहिदका बुवाआमालाई निशुल्क स्वास्थ्य उपचारको प्रवन्ध मिलाउनु पर्ने, सुकुम्बासी समस्या समाधान गर्नुपर्ने, शहिद परिवारलाई रोजगारी दिनुपर्ने, सीमा समस्या तत्काल समाधान गर्नुपर्ने, लगायत तमाम समस्याहरुमा सरकार गम्भीर बनेको छैन ।” उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस नगरकमिटी सभापति यम प्रसाद पौडेलले सरकारले शहिद गोविन्द गौतमलाई सम्मान गर्न नसकेको आरोप लगाउनुभयो । पुनर्वास नगरपालिकाले शहिद गोविन्द गौतमको सम्मान गर्न सकेन, उहाँले भन्नुभयो । विना कुनै तयारी हतारहतारमा झारा टार्ने किसिमले शहिद दिवस बनाए जस्तो गरेर नगरपालिकाले शहिदको सम्मान गर्न नसकेको उहाँको आरोप छ । कार्यक्रममा बोल्दै नगरसभापति पौडेलले शहिद परिवारलाई सरकारले सम्मान दिन नसक्ने लक्षण देखिएपछि नेपाली कांग्रेसले आन्नन्द बजारमा कार्यक्रम राखेको जानकारी गराउनुभयो । नगरपालिकाले धुमधामका साथ शहिदलाई सम्मान गर्ने कार्यक्रम राखेको भए हामीले छुट्टाछुट्टै कार्यक्रम गर्नुपर्ने थिएन । सत्तामा बसेर सरकारले शहिदलाई बिर्सिएपनी हामीले कहिल्यै बिर्सन सक्दैन । शहिद गौतमलाई हामीले उच्च स्थानमा राख्छौं । उहाँको योगदानलाई कहिल्यै भुल्ने छैनौं ।
नेपाली कांग्रेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा पार्टीका धेरै नेताहरुले आफ्नो बिचार राख्नुभएको थियो । प्रदेशसभा सदस्यका प्रत्यासी गोपाल गुरुङ देखि विभिन्न नेताहरुले सरकारको खुलेर आलोचना गरेका थिए । कार्यक्रम दिउँसो १२ बजे देखि सुरु भएर बेलुका ५ बजे सम्म सञ्चालन भएको थियो । कार्यक्रम कञ्चनपुरको पुनर्वास नगरपालिका शहिद गोविन्द गौतम बजार(आन्नन्द बजार)मा राखिएको थियो । २०७३ साल फाल्गुन २६ गते स्थानीय वडा नम्बर ४ का गोविन्द गौतमलाई सीमा क्षेत्रमा भएको भिडन्तमा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोलि चलाएर हत्या गरेको थियो ।
Subscribe to:
Posts (Atom)


























