Friday, November 13, 2020

तिहारको मुखमै बैतडीमा भयानक बस दुर्घटना: ९ जनाको मृत्यु, ३४ घाईते ।

 


यम प्रसाद आचार्य , कञ्चनपुर, २८ कार्तिक । दार्चुला बाट महेन्द्रनगरका लागि छुटेको यात्रु बाहक बस बैतडीको खोड्पे नजिकै दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । गन्ना देखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहिबार राति ९ बजेतिर भीरबाट ५०० मिटर खसेर दुर्घटना भएको हो ।                                                                                                           ४० भन्दा बढी सवार उक्त बसको दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये ७ जनाको अवस्था गम्भीर भए पछि उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । तर अझै सम्म मृतक र घाइतेहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।                                                                             तिहार मुखमै भएको यस भयानक दुर्घटनाले सुदुरपश्चिमलाई शोकमय बनाएको छ।  

Thursday, November 12, 2020

मोटरसाइकल दुर्घटनामा परी एकैघरका दाजुभाइको मृत्यु ! 

 


असोज २७ बर्दिया /मोटरसाइकल दुर्घटनामा परेर दाजुभाईको ज्यान गएको छ । दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको ज्यान गएको हो ।                                         बुधबार राति करिव १० बजे पूर्व पश्चिम राजमार्गअन्तरगत बाँकेको मुगुवा खोला नजिकै मोटरसाईकल दुर्घटना परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ना ५५ प ९७५६ को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गरेको प्रहरीले जनाएको हो ।

बेलौरी नगरपालिका कार्यालयमा गुनासो पेटिका स्थापना, सबै शाखामा पनि स्थापना गरिने! 

 


कञ्चनपुर, २७ कार्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलौरी नगरपालिका कार्यालयमा गुनासो पेटिका स्थापना गरिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समितिको अनुगमन पछि नगरपालिका कार्यालयमा गुनासो पेटिका स्थापना गरिएको हो!                                                        बिहिवार एक कार्यक्रमका विच नगरपालिका कार्यालयमा नगर प्रमुख पोतिलाल चौधरी र प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरीबाट बुधबार गुनासो पेटिकाको उद्घाटन गरिएको हो । गुनासो पेटिकाको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले नगरपालिकालाई जन मैत्री बनाउन गुनासो पेटिकाले ठूलो भुमिका खेल्ने बिश्वास व्यक्त गर्नु भयो । नगरपालिका बाट हुने सेवा प्रवाहमा कुनै पनि कुरामा गुनासो भए प्रत्यक्ष रुपमा भन्न र भन्न नसके पेटिकामा गुनासो राख्न अनुरोध गर्नुभयो। नगरपालिकाले सबैको गुनासोलाई नजिक बाट सुनाई गर्ने बिश्वास दिलाउनु भएको छ !                                                गुनासो पेटिका नगरपालिका अन्तर्गतका सम्पूर्ण शाखाहरूमा पनि राखिने सार्वजनिक सेवा तथा क्षमता विकास समितिकी संयोजक तुलसी श्रेष्ठले जानकारी दिनुभएको छ । यसअघि नगरपालिका कार्यालयमा सुझाव पेटिका समेत राखिएको भएपनि नागरिकका सुझावहरू निक्कै कम आउने गरेका छन् । नगरपालिका कार्यालयबाट प्रवाह गरिने सेवाहरू प्रति नागरिकका कुनै गुनासो वा सुझाव भए पेटिकामा राख्न समेत नगरपालिकाले सार्वजनिक अनुरोध गरेको छ ।               

बर्दियामा देउसी भैलो खेल्न रोक 

 


असोज २७ कृष्ण बा बुढा बर्दिया /जिल्ला प्रशासन कार्यालय बर्दियाले तिहारमा देउसी दैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सूचना जारी जिल्लाबासीलाई तिहारमा देउसी दैलो नखेल्न र भिडभाड नगर्न आग्रह गरेको हो ।                                                                                                            कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कायमै रहेकोले आफु रहेकै स्थानमा घरपरिवारका सदस्यहरु बीचमा मात्र तिहार, छठ मनाउन जिल्ला प्रशासनले सबैमा अपिल गरेको छ । मंगलबार बसेको जिल्ला सुरक्षा सुरक्षा समिति बर्दियाको बैठकले कुनै साँस्कृतिक कार्यक्रम, सभा, सम्मेलन, खेलकुद तथा मेला महोत्सव जस्ता कार्यक्रम पनि आयोजना गर्न नदिने निर्णय गरेको थियो ।                                                                   समुहमा देउसी भैलो खेल्दा कोरोना संक्रमणको जोखिम बढी हुनसक्ने भएकाले रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी जानकारी दिए । ‘अहिले विगतका वर्षजस्तो अनुकुल समय छैन । त्यसैले तिहारमा देउसी भैलो नखेल्न सबैलाई अनुरोध गरेका छौं’ उनले भने, ‘अन्य भिडभाड, मेला, महोत्सव लगाउने जस्ता गतिविधी समेत गर्न पाइने छैन । प्रशासन कार्यालयले आतसबाजी, पटाका, झिरझिरे, भुईचम्पा लगायतका विस्फोटजन्य पदार्थहरुको ओसारपसार, बिक्रि वितरण एवम् प्रयोग नगर्न र नगराउन आग्रह गरेको छ ।                                                                                        निर्णयहरु कार्यान्वयन गराउनको लागि सम्बन्धित पालिकाहरु, संघसस्थाहरु, राजनितिक दल, नागरिक समाज लगायतलाई प्रजिअ अधिकारीले अनुरोध गरे । तोकिएका कार्यहरु उल्लंघन गर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बर्दियाले चेतावनी दिएको छ ।

आजको राशिफल/आज २०७७ साल कार्तिक २७ गते बिहीबार तदनानुसार ईश्वी सन् २०२० नोभेम्बर १२ तारिख



आज मिति २०७७ साल कार्तिक २७ गते । बिहीबार । ईश्वी सन् २०२० नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–द्वादशी,३० घडी ३८ पला,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–हस्त,४४ घडी ३२ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त चित्रा । योग–विश्कुम्भ । करण–कौलव,बिहान ०७ बजेर ३७ मिनेट उप्रान्त तैतिल,बेलुकी ०६ बजेर ३० मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २६ घडी ५९ पला । गोवत्स द्वादशी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ । आफु भन्दा ठुला मानिसको सुझाब तथा सल्लाह लिएर अगाडि बढ्न सके गन्तब्यमा पुग्न सहज हुनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बोलिको प्रभाव बढ्ने भए पनि अरुको बारेमा अनाबस्यक टिका टिप्पणी गर्नाले आफ्नो साख गुम्न सक्छ । पढाई लेखाईमा समय दिएपनि ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । कुटुम्ब तथा आफन्तहरुबिच घरायसि कुरामा राय बाजिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुको आलोचना खप्नु पर्नेछ । लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दै हुनुहुन्छ भने सचेत हुनुहोला डकुमेन्ट नमिलेर झन्झट बेहोर्नु पर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन परेको भौतिक बस्तु तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्लित हुनेछ । व्यापारको शिलशिलामा लामो दुरियो उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने व्यापार बिस्तार गरि मनग्गे आम्दानि गर्न सकिनेछ । जीवनसाथि तथा आफ्नो बिषेश मानिसको सहयोगले आम्दानिको दायरा बढाउँन सकिनेछ । अध्ययन तथा अध्यापनमा तपाईले गरेको लगानि बाट सार्थक नतिजा आउँनाले मन प्रशन्न हुनेछ । तपाईको दिन शुभ रहोस् ।

Wednesday, November 11, 2020

आजको राशिफल/आज मिति बि.सं.२०७७ साल कार्तिक २६ गते बुधबार

आजको राशिफल/आज मिति बि.सं.२०७७ साल कार्तिक २६ गते बुधबार ई. सं. २०२० नोभेम्बर ११, कार्तिक कृष्ण पक्ष एकादशी तिथि। आज रमा एकादशी पनि हो । हिन्दु शास्त्रका अनुसार रमा एकादशीको व्रत बस्नाले जीवनमा भएका ठुला पापहरु नाश हुन्छन।
मेष– गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ, रोगको कारणले धनको पनि नाश होला । आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।
वृष– प्रयास अनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ, अन्न तथा धनको पनि लाभ होला । आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउने छ, प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।
मिथुन– समस्याहरु आफै किनारा लाग्ने छन धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके जती खेर जादैन अर्थ लाभ र प्रगतिको प्रसस्त सम्भावना छ, यात्रा पनि होला । आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला ।
कर्कट– यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सर सामान बिग्रेर दुख पनि पाइएला, परिवारमा हल्का विवाद हुन सक्छ । शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय
छ, यात्राको पनि योग छ ।
सिंह– परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला ।
कन्या– आटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केहि सुधार आएपनी मानसिक तनाब होला, सोचेको काम पुरा नहुन सक्छ । बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।
तुला– लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ प्रयास गर्नु होला, पढाइमा भने आज खासै प्रगति नहोला । आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।
वृश्चिक– आकस्मिक रुपले सफल्ता वा असफल्ता मिल्ने समय छ, रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन भने अधुरा कामहरु पनि बन्ने छन, पैसा भने अनायसै खर्च होला । कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
धनु– गरेका कामहरु अधुरा रहने छन भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहिसंग सामान्य बादबिवाद पनि होला । झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।
मकर– कामहरु अधुरै रहनाले मनमा खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावस्यक डर देखाउने किसिमको मिश्रित समय छ । तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।
कुम्भ– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।
मीन– सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ ।। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।

Tuesday, November 10, 2020

बेलडाँडीमा अल्ट्रासाउन्ड मेसिन सञ्चालन


कञ्चनपुर,  २५ कार्तिक ।
 कञ्चनपुरको बेलडाँडीमा अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ निर्देशनालयको प्राविधिक तथा आर्थिक सहयोग र बेलडाँडी गाउँपालिकाको सहयोग तथा समन्वयमा बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा ग्रामीण अल्ट्रासाउण्ड मेसिन सञ्चालनमा ल्याइएको हो । उक्त मेसिनको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले अब उपरान्त यहाँका गर्भवती महिलाहरुले सामान्य उपचारका लागि पनि महेन्द्रनगर, धनगढी लगायत विभिन्न ठाउँहरुमा नगई घर दैलौमै गर्भ परीक्षण गर्ने स्वास्थ्य सेवा पाउने बताउनु भयो ।
मातृ मृत्यु दर र बाल मृत्यु दर घटाउनका लागि सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालय र बेलडाँडी गाउँपालिकाले उक्त कार्यक्रम लागू गरेको बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाका संयोजक माधवानन्द भट्टले जानकारी दिनुभएको छ । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज खातीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष कमला देवी कार्की, बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट, वडाका जनप्रतिनिधिहरु, व्यवस्थापन समितिका पदाधिकारीहरु लगायत स्वास्थकर्मीहरुको समेत उपस्थिति रहेको गाउँपालिका सचिवालयले जनाएको छ । नेपाल बोधबाट

खुट्टाको समस्याले अस्पताल पुगे ३५ वर्षीय पुरुष, कोरोनाले गयो ज्यान ! 

 


कृष्ण बा बुढा असोज २५ बर्दिया /कोरोना भाइरसको संक्रमणबाट ३५ वर्षीय पुरुषको ज्यान गएको छ । बर्दियाको बाँसगढी नगरपालिका-८, का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगञ्ज बाँकेमा मृत्यु भएको छ । ती पुरुष खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते बेलुकी अस्पताल भर्ना भएका थिए । हिजो बेलुकी ५ बजे कोरोना संक्रमण पुष्टि भएको र कोरोना पुष्टि भएको तीन घण्टापछि उनको एक्कासी मृत्यु भएको अस्पतालले जनाएको छ । दुर्घटना भएर खुट्टाको जोर्नी फुस्केपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए । उनमा अन्य कुनै पनि स्वास्थ्य समस्या थिएन ।

Sunday, November 8, 2020

आजको राशिफल/आज वि.सं. २०७७ कार्तिक २३ गते आइतबार नोभेम्बर ०८ तारिख

आजको राशिफल/आज वि.सं. २०७७ कार्तिक २३ गते आइतबार नोभेम्बर ०८ तारिखको राशिफल

वि.सं. २०७७ कार्तिक २३ गते आइतबार तदनुसार ई. सं. २०२० नोभेम्बर ०८ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:११ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे, कार्तिक कृष्णपक्षको अष्टमी तिथि, मध्यरात्रीपछि ०१:३८ बजेसम्म, त्यसपछि नवमी तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०४:४८ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०४:४८ बजेसम्म, त्यसपछि सिंह राशिमा, शुक्ल योग, मध्यरात्रीपछि १२:५६ बजेसम्म, त्यसपछि ब्रह्म योग, बालब करण, दिउँसो ०२:११ बजेसम्म त्यसपछि कौलव करण, आनन्दादि योग : वज्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : ईशान, वारशूल : पश्चिम, कालराहु : उत्तर, आज : अष्टमी व्रत, गोरखकाली पूजा, राधाष्टमी, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन)
आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
२४ गते : मूहुर्त : अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कलशचक्र, २५ गते : भद्रा करण दिनको ११।३१ बजेदेखि राती १०।३८ बजेसम्म, महागुरु फाल्गुनन्द जयन्ती, मूहुर्त : कलशचक्र, २६ गते : श्री रमा एकादशी व्रत, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, दैलो राख्ने, कलशचक्र,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमश्चण्डिकायै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कमलायै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कालभैरवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहने छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ भाग्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कात्यायनी भगवत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ऐं सरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Friday, November 6, 2020

आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक २१ गते शुक्रबार

आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक २१ गते शुक्रबार ई. सं. २०२० नोभेम्वर ६ नेपाल सम्बत ११४० कौलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण षष्ठी , चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, सिद्ध योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः१८ बजे, सूर्यास्त साँझ ५ः१७ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ४१ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । तर निरन्तरको कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएको राम्रो दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ ।

पुनर्वासमा खाना पकाउने ग्यास सिलिण्डर लिक हुँदा आगलागी


पुनर्वास । 
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ४ स्थित  आनन्दबजारमा पूर्णबहादुर शाहीको जस्ता पाताले छाएको घरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ग्यास सिलिण्डर लिक भई भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको बताए ।


आगलागीमा घरमा रहेका खाद्यान्न, लत्ताकपडा, सरसामान, भाडाकुडा सबै जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको वडा नम्बर ४ का वडाअध्यक्ष प्रेम बहादुर बस्नेतले बताए । 



Thursday, November 5, 2020

आजको राशिफल / वि.सं. २०७७ कार्तिक २० गते

आजको राशिफल / वि.सं. २०७७ कार्तिक २० गते (नोभेम्बर ०५ तारिख) बिहीबार || श्री पाथीभरा देवीले सबैको कल्याण गरुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ । व्यापार तथा कृषिमा मनग्ये धन लाभ हुनेछ । सफलताले उत्साह जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हिम्मतले काम बनाउन सकिने छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । काममा ढिलासुस्ती हुनसक्छ । अप्रिय समाचारले दुःखी बनाउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ । व्यापार÷व्यवसायमा सोचेको फाइदा लिन सकिंदैन । लगानी डुब्ने डर हुन्छ । परिवारजनसँगको आत्मीयतामा कमी आउने छ । खर्च बढ्नुका साथै आर्थिक सङ्कटले सताउन सक्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । गरेको कामबाट सन्तोषजनक परिणाम प्राप्त हुनेछ । सामाजिक र पारमार्थिक काममा झुकाव बढ्ने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

 

अमेरिकाको नयाँ राष्ट्रपति जो बाईडेन बन्ने पक्का, को हुन जो बाईडेन ?

 संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कूल २६४ इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत हासिल गरेका छन् । अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलवार आमनिर्वाचन सम्पन्न भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मार्ने पक्कापक्की भएको छ । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।
कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ ।  राष्ट्रपतिमा जित हासिल गर्नका लागि अब बाइडेनलाई ६ इलेक्टोरल मतको खॉचो छ । डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादामा बाइडेनको जित निश्चित भएको बताइएको छ । उक्त नेभादा राज्यको कूल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित निश्चित भएको डेमोक्रेटिक नेताहरूले उल्लेख गरेका छन् ।

नोवेल कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र संघसंस्था तथा मिडिया हाउसहरूले आ(आफ्नै तौलतरिका र पक्षबाट सार्वजनिक गरेको मत सर्वेक्षणमा दुवै उम्मेदवार बीच ९ देखि १२ अंकसम्मको भिन्नता देखाइएकोमा अहिले जारी मतपरिणामा भने यो लोकप्रिय मतको दुरी दुवैबीच करीव २ अंकको वरपर सीमित छ । यसैबीच २००८  मा राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले  प्राप्त गरेको सर्वाधिक धेरै लोकप्रिय मतको रेकर्डलाई बाइडेनले तोडेका छन् । पछिल्लो विवरण अनुसार बाइडेनको लोकप्रिय मतको संख्या ७ करोड कटेको छ भने त्यसवेला ओबामाले हासिल गरेको लोकप्रिय मत सात करोड पार भएको थिएन । अब बाइडेनलाई नेभादाको ६ मत प्राप्त हुँदा मत गन्न बॉकी राज्यहरू पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलस्काको सवै मत ट्रम्पको पक्षमा गएपनि यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । पछिल्लो समय मत गणना भएका यी कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्पले अदालतमा मुद्दा दायर गरेपनि नतिजामा भने फरक नपर्ने बताइएको छ ।
यता प्राप्त ताजा रिपोर्टबमोजिम बाइडेनको अवस्था ५० प्रतिशत माथि पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत रहेको छ । ब्याटलग्राउण्डका रूपमा हेरिएको टेक्सस र फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका छन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम आउन केही दिनलाग्न सक्ने बताइएको छ । कोरिडोर-१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि  नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरेअनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयं उपस्थित भई चुनाव दिनभन्दा पहिले नै मतदान गरिसकेका थिए । अमेरिकामा यसपटक १५ करोड हाराहारीमा मतदान भएको बताइएको छ । करीव ३३ करोड जनसंख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्ष माथिका नागरिकको संख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । यसपटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ ।
संसारलाई प्रभाव पार्नसक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको यस निर्वाचनलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कस्लाई प्राप्त हुने हो त्यो भने आधिकारिक रूपमा घोषणा गर्न बॉकी नै छ । यस निर्वाचनलाई ७४ वर्षिय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वंद्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तरार्द्धलाई अविस्मरणीय बनाउन लागिपरेका छन् ।