Friday, July 31, 2020

संक्रमित बढ्न थालेपछि फेरि १४ दिन लकडाउन गर्ने निर्णय !

  


 

 १६ श्रावण

विराटनगर  \सरकारले लकडाउन खुला गरेसँगै कोरोना संक्रमितहरुको संख्या भटाभट बढ्न थालेपछि लकडाउन गरिएको छ । प्रदेश १ को राजधानी विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको हो । शुक्रबार (आज) राति १२ बजेदेखि विराटनगर महानगरपालिकामा दुई सताको लागि लकडाउन गरिएको हो।

मोरङका सहायक जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले  शनिबार बिहानैदेखि  विराटनगरमा लकडाउन गरिने जानकारी दिए।  ‘राति १२ बजेबाटै महानगरपालिकामा १४ दिन लकडाउन गर्ने निर्णय भएको हो’, उनले भने। 

लकडाउन थप कडा हुने विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।  

कोरोनाका बिरामीको उपचारका लागि प्रदेश १ सरकारले सञ्चालनमा ल्याएका कोभिड९१९ अस्पतालका आइसोलेसन संक्रमितले भरिभराउ भएका छन् ।सञ्चालनमा रहेका 
आइसोलेसन बेड भरिए पनि नयाँ व्यवस्थापन गर्न सरकारले चासो नदिँदा कोरोना संक्रमितको उपचार र व्यवस्थापनको काम प्रभावित बन्न थालेको छ ।

आइसोलेसन बेडको अभाव हुन थालेपछि थपिएका नयाँ संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या जटिल बनेर गएको छ । चिकित्सकले पछिल्लो समय लक्षणसहितका संक्रमित प्रदेशमा बढेर गइरहेका उपचार र व्यवस्थापमा हेलचेक्राई गर्न नहुने सुझाव दिएका छन् ।  

दिनप्रतिदिन संक्रमित बढ्दै गएर प्रदेशनै संकटमा परिरहेका बेला सरकारले नयाँ कोभिड अस्पताल र आइसोलेसन सञ्चालनमा भने कुनै चासो दिएको छैन । जसका कारण रिपोर्ट पोजिटिभ देखिएका संक्रमितहरु घरघरमै बस्नुपर्ने अवस्था छ । क्वारेन्टाइन बनाएर सञ्चालन गरे पनि स्थानीय सरकारले आइसोलेसन बनाएको छैन। 

समस्या तड्कारो भएर आपतकालिन स्थिति उत्पन्न हुँदा पनि संकटको घडीमा प्रदेशलाई कोरोनाबाट मुक्त बनाउन नयाँ कुनै रणनीति सरकारले नअपनाएको स्रोतको भनाइ छ । पछिल्लो समय जटिल बनेर गएको संक्रमण नियन्त्रणमा कुनै पनि भूमिका खेल्न नसकेको भन्दै प्रदेश सरकारको आलोचना हुन थालेको छ । 

चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वासाधारणमा कोरोना संक्रमण भेटिने क्रम प्रदेशमा बढेर गएको छ । प्रदेश सरकारले विराटनगरमा ५० र सुन्दरहरैंचाको गोठगाउँमा एक सय २५ बेड क्षमताको कोभिड अस्पताल उपचार केन्द्र बनाएर आइसोलेसन सञ्चालनमा ल्याएको छ । 

दुवै ठाउँमा रहेका आइसोलेसन बेड अहिले संक्रमितले भरिएका छन् । आइसोलेसन बेडको अभाव हुँदा नयाँ थपिएका संक्रमितको व्यवस्थापन गर्न सकिएको छैन । आइसोलेसन बेड भरिएर उपचार गराउने ठाउँ अभाव हुँदा बिहीबारसम्ममा २२ जना संक्रमितले घरमै बस्न बाध्य हुनु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

महानगरका जनस्वास्थ्य निरीक्षक हैदर अलीले आइसोलेसन अभावमा संक्रमितलाई घरमै राख्नु परेको र स्थानान्तरण गर्न नसकिएको बताए । ुअहिलेसम्म संक्रमण पुष्टि भएका मध्ये २२ जनालाई उपचार गराउने ठाउँको अभाव हुँदा अस्पताल लैजान सकिएको छैन,ु उनले भने, ुघरमै राख्दा संक्रमण अन्यत्र फैलने अर्को जोखिम बढेर गएको छ ।ु

समुदायस्तरका कोरोना संक्रमण फैलिइरहँदा आइसोलेसनको अभाव हुनु दुर्भाग्यपूर्ण रहेको अलीले बताए । अलीकाअनुसार विराटनगरमा बिहीबार नै संक्रमण पुष्टि भएका सातजनालाई पनि आइसोलेसनमा लैजान पाइएको छैन । ुबिरामीलाई सुरक्षित साथ राखेर उपचार र व्यवस्थापन गर्ने स्थानको अभाव भएको छ,ु उनले भने, ुजसका कारण झन् तीव्र रुपमा संक्रमण फैलने त्रास बढेर गएको छ ।ु

संक्रमण पुष्टि भएको आधा घण्टाभित्रमा बिरामीलाई अस्पताल पुर्‍याउने गरी आफूहरु जुटे पनि पछिल्लो अवस्थामा सुरक्षित भएर बस्न र अरुसँग सम्पर्कमा नजान आग्रह गर्दै घरघरमै संक्रमित छाड्नु परिरहेको जानकारी उनले दिए ।
 
कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले भएका आइसोलेसन बेड संक्रमितले भरिएको बताए । बेड अभावकै कारण पछिल्लो समयमा थपिएका संक्रमितलाई स्थानान्तरण गर्न सकिएको छैन,उनले भने, बेड थप गरेर उनीहरुलाई स्थानान्तरणका लागि कुरा अघि बढाइएको छ ।

बस्नेतले आइसोलेसन अभावमा केही संक्रमितलाई क्वारेन्टाइनमा समेत लगेर राख्नुपर्ने अवस्था रहेको सुनाए । महानगरका मेयर भीम पराजुलीले आइसोलेसन सञ्चालन गर्ने पाटो प्रदेश सरकारको भएकाले पछिल्लो अवस्था उत्पन्न समस्याका बारेमा सरकारका मुख्यमन्त्रीदेखि लिएर मन्त्रीसम्म आफूले बारम्बार कुरा राखिसकेको बताए । समस्या थप जटिल बन्दै गएपछि कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा मेयर पराजुलीले बिहीबार विराटनगरमा अस्पतालका सञ्चालक, बरिष्ठ चिकित्सकहरु र स्वास्थ्यकर्मीसँग छलफल समेत चलाएका थिए । 

छलफलमा सहभागी स्वास्थ्यकर्मीले जतिसक्दो चाँडो आइसोलेसन बेड थप गरेर संक्रमितको व्यवस्थापन गर्न नसकेमा भोलिका दिनमा अवस्था झन् भयावह भएर जाने चेतानवी दिएका छन् । ुयहाँ कोरोना लाग्दा उपचार नपाएर जनता मर्ने भए,ु पराजुलीले भने, ुउनीहरुलाई आइसोलेसनमा लगेर राख्न नसक्दा र घरमै छाड्दा संक्रमण फैलिएर अरु पनि जोखिममा पर्ने अवस्था आयो ।ु

उनकाअनुसार विराटनगरमै रहेका ठूला अस्पताल कोशी र विराट नर्सिङ होमका चिकित्सक एवं स्वास्थ्यकर्मी धमाधाम संक्रमित हुन थालेपछि झन् जनमानसमा त्रास फैलिएको छ । 

यतिबेला प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक योजना तथा मामिला मन्त्री इन्द्र आङ्वो लगायत काठमाडौंमा छन् । यस विषयमा बुझ्न खोज्दा सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग सम्पर्क हुन सकेन । पटक९पटक गरेको फोन मन्त्री घिमिरेले उठाएनन् ।  

काठमाडौं उपत्यकामै कोरोना भाईरसको संक्रमणबाट फेरि १ जनाको ज्यान गएको छ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुने ६५ वर्षीय महिला स्थानीय बासिन्दा नै भएको बुझिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी थसिखेलको स्थायी बासिन्दा थिइन् । यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन् । तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको बताइएको छ । साथै उनले अन्य मापदण्ड पनि नअपनाएको  बताइएको छ । यससँगै मृतकको परिवारका पाँच जनामा पनि संक्रमण भएको बताइएको छ ।

यससँगै स्वास्थय मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ जनाको मृत्यु भइसकेको छ । शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरको एक गरी मृत्यु हुने्को संख्या ५४ पुगेको छ ।

सेती नदीमा पानीको बहाव बढ्यो, सचेत रहन प्रशासनको आग्रह !



कृष्ण बा बुढा श्रावण १६ 
डोटि \अबिरल वर्षाका कारण डोटीको सेती नदीमा पानीको  बहाव बढेको छ । 
पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालय डोटि ले आग्रह गरेको छ ।

सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई विशेष गरी रातिको समयमा सचेत रहन जिल्ला प्रशासन कार्यालय डोटिले  आग्रह गरेको छ ।

नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ । नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो ।

प्रजिअ भट्टराईले बाढी र पहिरो आउने खतरा बढेकाले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन दिनु भएको छ । 

विपदबाट जोगिन प्रशासनले २४ सै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ । जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिने उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरेको छ । 

अन्य साना नदीमा भने पानीको बहाव समान्य अवस्थामै रहेको प्रहरीले जनाएकाे छ । 

वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दर्जनभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षात् सुरु भएसँगै डाेटीको ग्रामीण भेगका अधिकांश सडकमा अहिले गाडी गुड्न सकेका छैनन् ।

कोरोना अपडेट: संक्रमण १९७७१, मृत्यु ५६, संक्रमणमुक्त १४३९९

काठमाडौं-नेपालमा काेराेना संक्रमितको कुल संख्या १९ हजार ७ सय ७१ पुगेकाे छ भने मृत्यु हुनेको संख्या ५६ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १५१ जना काेराेना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १४ हजार ३ सय ९९ पुगेकाे छ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १३, मोरङका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझाङका २५, कैलालीका १५, काठमाडौँका ३२, नुवाकोटका २, ललितपुरका ५, भक्तपुरका १, नवलपरासीका २, मकवानपुरका १ जना रहेका छन्।
यस्तै दार्चुलाका १६, कञ्चनपुरका १८, सप्तरीका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० तथा डोटीका ३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै प्रदेश १ मा २२२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ८३१ जना निको भएर घर फर्किइसकेका छन्। एकजनाको मृत्यु भएको छ।
यस्तै प्रदेशमा २ २०३४जानमा कोरोना संक्रमण फैलिएको छ भने ३ हजार १ सय १जान कोरोनामुक्त भएर घर फर्किएका छन्। यस्तै अहिलेसम्म १९ जनाले कोरोना भाइरसकै कारण ज्यान गुमाएका छन्।
यस्तै बागमती प्रेदशमा ५०२ जना कोरोना संक्रमित भएका छन भने ५ सय २६ जना निको भएर घर फर्किएका छन्। यस्तै १० जनाले कोरोना लागेर ज्यान गुमाएका छन्।
त्यसैगरी गण्डकी प्रदेशमा ३२४ संक्रमित, १२४४ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको कोरोनाकै कारण ज्यान गएको छ।
यस्तै प्रदेश नम्बर ५ मा ३८५ कोरोना संक्रमित, ३९७१ संक्रमणमुक्त भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भइसकेको छ।
यस्तै कर्णाली प्रदेशमा २९६जनामा कोरोना संक्रमित, १७१८ जना कोरोनालाई जितेर घर फर्किइसकेका छन् भने ५ जनाको मृत्यु भएको हो।
यसैगरी सुदूर पश्चिम प्रदेशमा कोरो संक्रमितको संख्या १५८३ जना पुगेको छ भने ३ हजार ८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। यस्तै ७ जनाले कोरोनाकै कारण ज्यान गुमाउनु परेको छ।

कञ्चनपुरमा भारतीय एसएसबीकाे दादागिरी कायमै


शितल भट्ट 

कञ्चनपुर १६ साउन । 
पटक-पटक कञ्चनपुरमा भारतीय एसएसबी हुल-हुज्जतसहित प्रवेश गरेर नेपाली जनतालाई ठाडाे रबाफ दिइरहेका छन् । तर नेपाल सरकार लाचार भएकै कारण सीमान्त जनताले मातृभूमि रक्षाका निमित्त ठाडै जवाफ दिन विवश छन् ।
बिहीबार पनि कञ्चनपुरको नेपाल-भारत ३८ नम्बर सिमाक्षेत्रमा तेस्रोपटक भारतीय एसएसबी हुल-हुज्जतसहित नेपाल प्रवेश गर्याे । बेलौरी नगरपालिका -८ स्थित ३८ नम्बर पिल्लरसहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै एसएसबीकाे हतियारधारी जत्था नेपाल प्रवेश गरिरहेको हाे ।

सडक निर्माण कार्यमा अवरोध सृजना गर्न बिहीबार साँझ भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली सीमाभित्र प्रवेश गरेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गरेकाे भन्दै सिमान्त जनता विरोधमा उत्रिएका थिए ।
सीमानाका जनताले भने, ‘पटक-पटककाे दादागिरी गाेरखालीले एकै पटक निकाल्ला । अब हतियारसहित हुल-हुज्जत नेपाल प्रवेश गर्दा साेचेर आउनु हाेला डिपुटी कमाण्डर साहेव !’ स्थानीयले गाेरखालीले अति सहन्छ, अत्याचार सहँदैन ‘किप इन याेर माइण्ड’ एसएसबी साहेव ! भन्दै अक्राेश पाेखे ।
यस्तै, विवाद स्थलमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका डिएसपी गंगा दत्त पन्त, नेकपाका नेता एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, काँँग्रेस क्षेत्रीय सभापति गाेपी उपाध्याय सहित सयौं सिमानी जनता सिमामा पुगेका थिए । सिमानी जनताले खबरदारी गरेसँगै न्यूज२४ टेलिभिजन समेत त्यहाँ पुगेकाे थियो । मिडिया पुगेपछि भारतीय डिपुटी कमान्डर सहितको टोलि चुपचाप भागेका थिए ।

यसबारे अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक भट्ट भन्नुहुन्छ – ‘भारतले दुई देशबीच सम्झौता नभएको स्ट्रिप नक्सा ल्याएर एकतर्फी रुपमा दावी गरिरहेको छ ।’ नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले वि सं २०५८ देखि २०६३ सम्म कञ्चनपुर जिल्लाको स्ट्रिप नक्सा तयार गरेको थियो । उहाँका अनुसार नेपालमा आन्तरिक द्वन्दका कारण सीमा क्षेत्रमा सुरक्षा नभएको वहानामा नेपाली नापी टोलीले भारततिर भारतीय टोलीसँगै बसेर एकतर्फी रुपमा उनीहरुको दाबी अनुसार स्ट्रिप नक्सा तयार गर्यो । जुन नक्सा अनुसार नेपालको ठूलो भू-भाग भारततिर पर्ने भएको छ ।
भट्टले नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय र संसदीय समितिसँग यहाँको स्ट्रिप नक्सा छानविन गरी राष्ट्रप्रति घात गर्ने तत्कालीन नापि टोली प्रमुख मधुरमण मास्के सहितको टोलिमाथि कार्वाही र नक्सा पुनरावलोकनको माग गरिसकेको बताउनुभयाे ।
उहाँले विज्ञसहितको संसदीय टोली पठाएर छानविन गर्ने र सो नक्सा अनुसारको नापी बन्द गर्ने सरकारले आस्वासन दिएकामा नापी रोकिएको तर लकडाउनका कारण संसदीय टोली आउन नसकेको जनाउँदै अब लकडाउन हटिसकेको र भारतीय पक्षले बारम्बार विवाद गर्दै आइरहेकोले तत्काल विज्ञसहितको संसदीय अनुगमन टोली पठाएर नक्साबारे टुङ्गो लगाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयाे ।
यस्तै, नेपाली भूमि एक इञ्च पनि मिच्न नदिने र भारतीय जमिन १ इञ्च पनि नलिने उखु किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिचन्द ठकुरीको भनाइ छ । ‘३८ नम्बर पिल्लर बोर्डर पिल्लर हो, या रिफ्रेन्स पिल्लर के हो ? सरकारले तत्काल टुंगो लगाउनुपर्छ,’ ठकुरीले भन्नुभयाे । उहाँले जनप्रतिनिधि र नेपाल सरकारका जिम्मेवार व्यक्तिले गैरजिम्मेवार भएर बस्न नहुने सुझाव समेत दिनुभयाे ।
पछिल्लो समय असारयता भारतीय सुरक्षाकर्मी सहित प्रशासनिक अधिकारीको समुहले हतियारबद्ध जत्था ल्याएर हुलाकी सडक निर्माण कार्य रोक्न दवाव दिँदै आएका छन् । गत वर्ष ग्राभिलिङ गर्दा अवरोध गरेको भारतीय पक्षले फेरि कालोपत्रेकाे तयारी गर्दा काममा अवरोध सृजना गरिरहेको छ । हुलाकी सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीका ठेकेदारलाई भारतीय एसएसबीले गतवर्ष पनि उक्त क्षेत्रको १२ सय मिटर हुलाकी सडक सहितकाे भु-भाग आफ्नो दाबी गर्दै काम रोक्न दवाव दिएको थियो ।
भारतीय एसएसबीको दवावका बावजुद पनि नेपालका तर्फबाट सशस्त्र प्रहरीका अधिकारी, पूर्व सांसद दिवान सिंह बिष्ट , नेकपाका नेता पल्लव राज भट्ट , नगर प्रमुख पोतिलाल चौधरी , काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट, समाजसेवी एवम् बुद्धिजीवी विवेक लम्साल, हरिचन्द ठकुरी एवम् सराेकारवालाहरुकाे पहल र समन्वयमा सडक निर्माण कम्पनीले निमार्ण कार्य अगाडि बढाएको थियो । अहिले फेरि विवाद कायमै रहदा निर्माण कम्पनीका ठेकेदार तुलचन्द्र बाेहराले काम गरेरै छाेड्ने जनाएका छन् ।
यता बेलाैरी नगरपालिका क्षेत्रमा पनि भारतीय पक्षले नेपाली लालपुर्जा भएको सयौं विगाह जमिन आफ्नो दाबी गर्दै आइरहेको छ । कञ्चनपुर सीमा विवादको विषयमा अनावश्यक बखेडा झिक्नुभन्दा गम्भीरतापूर्वक विगतमा तयार पारिएको स्ट्रिप नक्सा पुनरावलोकन गरी कुटनीतिक पहलबाट यसको समाधान हुनुपर्ने यहाँका राजनीतिज्ञ एवम् विज्ञहरुकाे भनाइ छ ।

आजको राशिफल/आज २०७७ साउन १६ गते शुक्रबारको राशिफल


आज २०७७ साउन १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बृष
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
मिथुन
कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ। समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।
कर्कट
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
सिंह
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
कन्या
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला ।
तुला
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
बृश्चिक
नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
धनु
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
मकर
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
कुम्भ
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
मीन
पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

Thursday, July 30, 2020

निर्मला पन्त प्रकरण : तत्कालिन एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ


कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा संलग्न ८ प्रहरीले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी छन् ।
सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा उनीहरूले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जानकारी दिए ।

श्रेस्तेदार शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिए ।
उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो ।

नेपालमा मन्त्री नै असुरक्षित: बझाङ बाट उद्योगमन्त्री भट्टलाई ज्यान मार्ने  धम्की !



काठमाडौं । नेपाल सरकारका उद्योगमन्त्री एव नेकपा नेता लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बझाङ बाट एकजनाले  फोन गरेर मन्त्री भट्टलाई ज्यान मार्ने दिएको खुल्न आएको हो । 


बझाङबाट एक व्यक्तिले फोन गरेर जहाँ भेट्यो त्यही ‘टाउको काट्छु’ भन्दै धम्की दिएको मन्त्री  भट्टले  बताउनु भएको छ।आफुले एमसीसी लागू गर्न त्यसको पक्षमा बोल्दै आएकाले ज्यान मार्ने धम्की आएको भट्टको भनाइ छ ।यसरी मन्त्रीलाई नै ज्यान मार्ने धम्की आएपछि नेपालमा मन्त्री नै असुरक्षित भए आम सर्बसाधारणले कसरी सुरक्षाको प्रत्याभूति गर्ने गम्भीर नैतिक प्रश्न उब्जाएको छ । 


यसरी फोन गरेर टाउको काट्ने धम्की आएपछि मन्त्री भट्टले एमसीसीबारे के अध्ययन गर्नुभएको छ भनेर सोध्दा उसले केहि थाहा छैन भनेको कुरा आज संसदको उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा नेटवर्किङ बिजनेश बारेको छलफलमा बोल्दै उहाँले  खुलाउनु भएको छ । मन्त्री भट्टले मानिसहरूले नेटवर्किङ व्यवसायलाई पनि एमसीसीमा जस्तै  बुझ्दै नबुझी विभिन्न टिकाटिप्पणी गरिरहेको  दावी गर्नु भयो । 


विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ बैठकमा कोट्याउँदै सांसदहरुले अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको आशंका गर्दै प्रश्न गरेका थिए ।

सांसदका प्रश्नहरुको जवाफमा मन्त्री भट्टले मन्त्रालयले अहिले कानुन कार्यान्वयनमात्रै गरेको बताउनु भयो  । उहाँले  नेटवर्किङ व्यवसाय सञ्चालनका लागि २०७४ सालमा सांसद बाटै  कानुन बनाएको र  अहिले मन्त्रालयले कार्यान्वयन  मात्र गरेकाले त्यसमा कमिसनको शंकाको कुनै पनि प्रश्नै नरहने दावी गर्नु भयो । ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी  गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उहाँले भन्नू भयो ।
उहाँले बिगत देखि नै  नेटवर्किङ व्यवसायले ठग छ भन्ने भ्रम धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी समेत गर्नु भएको छ ।

राज सरगम गीत "मेराे छाती धड्कियाेस" युटुबमा सार्वजनिक



काठमाडाैं : लेखक तथा पत्रकार राज सरगमकाे ‘मेरो छाती धड्कियोस्’ गीत सार्वजनिक भएका छन् । सर्जक सरगमले यसभन्दा अगाडि चलचित्र दबाब, चाल मेरो मान्छेलगायत सिनेमा गीत लेखेका थिए भने अाधा दर्जन गीत पनि लेखिसकेका छन् । लामो समयको अन्तरालपछि राजले अर्काे गीत लिएर आएका हुन् ।
संगीतकार विपिन आचार्यको कम्पोजिसन, संगीत संयाेजन र मिक्सिङ रहेकाे छ । गीतलाई गायक प्रमोद खरेल स्वर दिएका छन् । उपत्यकाको आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् ।
भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् । भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएकाे हाे ।

बाँकेमा आईतबारदेखि पुनः लकडाउन !


कृष्ण बा बुढा
 श्रावण १५

नेपालगन्ज\ बाँके प्रशासनले आगामी आईतबारदेखि पुनः लकडाउन गर्ने भएको छ 
बाँकेमा कोरोना संक्रमणको जोखिम  अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसगैं नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
‘आईतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ’ प्रजिअ कुरुम्वाङले भने –‘बाँकेमा कोरोनाको फेरी भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो ।’

राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालय १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो ।

सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दियामा  कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

हेर्नुस् डुब्यो धनगढी 


धनगढी : साउने झरीले धनगढीमा डुवान भएको छ। धनगढी उप–महानगरपालिकाको बजार क्षेत्रकै वडामा डुवान भएको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित विशालनगर, मिलनचोक लगायतका बस्तीमा दर्जनौ घर डुवानमा परेका छन्। धनगढीमा सरकारी निकायकै संलग्नतामा खोलानालामाथि अतिक्रमण भएपछि डुवानको समस्या बढ्दै गएको हो। धनगढी भएर बग्ने अधिकासं खोलामा निजी संरचना बनाईएको छ। नगर विकास समितिले पनि खोलाकै जग्गा विक्री गरेको छ भने उप–महानगरपालिकाले समेत खोलामा संरचना निर्माणका लागि स्विकृती दिएको छ। हेर्नुस् फोटोफिचर...


आजबाट देशैभरीका होटल व्यवसाय खुल्ने

काठमाडौँ । आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका  । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आउने भएका हुन् ।

आजै राजधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित साङ्ग्रीला, ¥याडिसन, होटल मल्ललगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् ।



तर यता होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज भइनसकेकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताएको छ ।



एशोसिएशनको तर्फबाट रातोपाटीसँग कुरा गर्दै अध्यक्ष सिर्जना राणाले कोभिड–१९ को संक्रमण र सन्त्रास रहेकै बेला व्यवसायमा फर्किनु पर्दा बजारको अवस्थालाई हेरेर व्यवसाय सञ्चालन गर्ने बताइन् ।
‘अहिले वातावरण सहज भइसकेको अवस्था होइन । अहिले पनि कोभिड–१९ को संक्रमण र सन्त्रास उत्तिकै छ । कोरोनाको भयकै बीच सरकारले होटल व्यवसाय खोल्नु भनेकाले हामी व्यवसायमा फर्किदै छौँ । तर पूर्णरुपमा व्यवसाय खोल्ने अवस्था अझै बनिसकेको छैन ।’
अध्यक्ष राणाले भनिन्, ‘सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान समेत खोल्ने निर्णय गरेकाले होटलको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै हामी व्यवसायमा फर्किन तयार भएका छौँ, तर आंशिक मात्रै ।’
अध्यक्ष राणाका अनुसार पहिलो चरणमा २० प्रतिशत होटल सञ्चालन ल्याइने तयारी भएको छ । त्यसपछि भने बजार र व्यवसायीक अवस्थालाई हेरेर बाँकी होटलहरु पनि सञ्चालनमा ल्याइनेछ । तर, व्यवसाय संचालन गर्ने÷नगर्ने निर्णय भने स्वःनिर्णयका आधारमा स्वयम् व्यवसायीलाई नै सुम्पिएको अध्यक्ष राणाले बताइन् ।
यता, साना तथा मझौला होटल तथा पर्यटन व्यवसायीहरुले पनि व्यवसाय पुनः सञ्चालनको तीब्र तयारी थालेका छन् । सरकारी निर्णयबमोजिम नै श्रावण १५ गतेदेखि नै व्यवसाय सञ्चालन गर्न विभिन्न संघ संगठनहरुले आफु मातहतमा व्यवसायीहरुलाई आह्वान गरिसकेका छन् ।
यस्तैमा होटल तथा पर्यटन व्यवसायी महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका आफ्ना सदस्य होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरिसकेको छ ।
कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभाव तथा समस्याका बारेमा सोमबार र मंगलबार राजधानीमा समीक्षा गर्दै महासंघले भावी रणनीतिसहित देशैभरीका होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरेको हो ।
भावी रणनीतिबारे जानकारी दिँदै होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले अहिलेको विषम परिस्थितिमा होटल व्यवसायमा यावत समस्या भएपनि उक्त समस्यासँग जुधेर भएपनि अघि बढ्ने निर्णय भएको बताए ।
‘अहिले हामी व्यवसायीहरुसँग समस्याका चाङ छन् । कोभिड–१९ सँगै व्यवसाय बन्द हुँदा, सो समयको घर भाडा, कर्मचारी खर्च तथा व्यवसायका लागि गरिएको बैंकिङ्ग लगानीको मुद्दाहरु समस्याका रुपमा छन् । यी विषयहरुलाई व्यवस्थापन गर्न निकै गाह्रो परिरहेको अवस्था छ । र पनि हामीले हरेस मानेका छैनौँ ।’
अध्यक्ष उप्रतीले भने, यी यावत् समस्याहरुलाई फेस गरेर भनेपनि हामी पुनः व्यवसायमा फर्किन्छौँ । अहिले हामी व्यवसायीहरु बीच यसै खालको सहमति भएको छ । बाँकी समस्याहरु विस्तारै सल्टाउँदै जाने छौँ,’ उप्रेतीले भने ।

आन्तरिक पर्यटक लक्षित समूह
लामो समयको बन्द पश्चात हालै मात्र सञ्चालनमा आउन लागेका होटल व्यवसायहरु तत्कालका लागि आन्तरिक पर्यटक केन्द्रित हुने भएका छन् । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेका बेला अन्तर्राष्ट्रिय पर्यटकहरु आउने कमै सम्भावना रहेकाले यस्तो रणनीति अपनाइएको हानको भनाइ छ ।
त्यसो त अहिलेको कोभिड–१९ को महामारी कायम रहेकै बेला अन्तर्राष्ट्रिय बजारमा समेत आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने नीति अङ्गिकार गरिरहेका बेला नेपालमा समेत आन्तरिक पर्यटकहरुले उत्साह देखाएकाले यस्तो रणनीति बनाइएको अध्यक्ष राणाले बताइन् ।
‘अहिलेको परिस्थितिमा बाह्य पर्यटकहरुको आगमन हुने सम्भावना अत्यन्त न्यून छ । यस्तो अवस्थामा मुलुकको पर्यटन क्षेत्र चलायमान राख्न पनि आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्नेछ । त्यसैले अहिले हामीले हाम्रो टार्गेट ग्रुप नै डोमेष्टिक पर्यटकलाई बनाएका छौँ ।

अध्यक्ष राणाले भनिन्, ‘यसै बाध्यात्मक परिस्थितिलाई नै मध्यनजर गर्दै हामीले हाम्रा सबै सदस्य होटल व्यवसायीहरुलाई आन्तरिक पर्यटक लक्षित कार्यक्रमहरु ल्याउनसमेत भनिसकेका छौँ । आन्तरिक पर्यटक लक्षित कार्यक्रम तथा प्याकेजले केही हदसम्म व्यवसायमा ताजापन ल्याउनेछ भन्ने हाम्रो अपेक्षा हो,’ अध्यक्ष राणाले भनिन् ।
सुविधाभन्दा सुरक्षामा ध्यान दिने
कोरोनाको सन्त्रास कायमै रहेका बेला व्यवसाय सञ्चालन गर्न लागेका व्यवसायीहरुले होटलको सुविधामा भन्दा पनि सुरक्षामा बढी ध्यान केन्द्रित गर्ने बताएका छन् । महामारीको बेला होटलमा आउने पाहुनालाई ‘लग्जरियस्’ सेवा सुविधाको साटो स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराइने होटल एशोसिएशन नेपाल(हान)का अध्यक्ष सिर्जना राणाले बताइन् ।
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले निर्धारण गरेको स्वास्थ्य सुरक्षासम्बन्धी जुन प्रोटोकल छ, त्यसै प्रोटोकललाई आधार बनाएर नेपाल सरकारले कोभिड सुरक्षा प्रोटोकल बनाएको छ । यो नै अहिलेको सुरक्षाको उपयुक्त विकल्प हो । ‘हामी पनि यसलाई आधार मानेर जान्छौँ । हाम्रा सबै सदस्य होटलहरुले यो प्रोटोकललाई पालन गर्ने छन्,’ अध्यक्ष राणाले भनिन् ।
अध्यक्ष राणाका अनुसार सुरक्षा संवेदनशीलतालाई नै ध्यानमा राख्दै होटल व्यवस्थापकहरुले कर्मचारीहरुलाई आवश्यक सुरक्षा तालिमको प्रवन्ध समेत गरिएको छ । यता, व्यवसायीहरु जेजस्तो भएपनि अब भने व्यवसायमा फर्कने ईच्छा देखाएका छन् ।
सरकारले गत श्रावण ५ गते लकडाउन सम्बन्धि निर्णय गर्दै श्रावण १५ गते देखि सबै खाले होटल, पर्यटन तथा ट्रेकिङ व्यवसायहरु खोल्न दिने निर्णय गरेको थियो ।
साथै भाद्र १ गते देखि लामो दुरीका सबै खाले सार्वजनिक यातायातका साधन र आन्तरिक र बाह्य सबै व्यवसायीक हवाई उडानसमेत खुल्ला गर्ने सरकारले निर्णय गरेको छ ।


आजको राशिफल/आज २०७७ साल साउन महिनाको १५ गते विहिबार 





आज वि.सं.२०७७ साल साउन १५ गते बिहीबार । ईश्वी सन् २०२० जुलाई ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– एकादशी,४७ घडी २३ पला,रातको १२ बजेर २४ मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अनुराधा,१० घडी ० पला,बिहान ०९ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग–ब्रम्ह,२५ घडी ३७ पला,दिउसो ०३ बजेर ४१ मिनेट उप्रान्त ऐन्द्र । करण– वणिज,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर २४ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द  योग । चन्द्रराशि–बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०५ बजेर २६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३४ पला । पुत्रदा एकादशी । खिर खाने सास्कृतिक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । तरपनि बैक तथा बित्तिय सस्थामा गरीएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारी व्यापार व्यावसायबाट सामान्य नाँफा कमाउन सकिनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नी वीच मनमुटाव बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउने अधिक सम्भावना रहेकोछ । धन सम्पती तथा अचल सम्पती हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुने निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकश्मिक धन तथा सम्पती लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट नाँफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा विलाशी वस्तुहरुको प्रयोग गर्न पाइने हुनाले मन प्रशन्न हुनेछ । नयाँ ठाउबाट प्रेम प्रस्ताव आउने तथा मायामा सामिप्यता बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाव वढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रागर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानीनहुदा थप लगानी  गर्ने वाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाव बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी पानि,आद्यान्न तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुपनै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो सस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।


Wednesday, July 29, 2020

मोडल सुरज रावल अभिनित "तिम्रै भरमा पर्छु भन्नेले" गितको म्युजिक भिडियो सार्वजनिक


-सुनिलकुमार लो
सुदुरमा हाल चर्चामा रहेका मोडल सुरज रावलले अभिनय गरेको "तिम्रै भरमा पर्छु भन्नेले" बोलको म्युजिक भिडियो युटुब मार्फत हालै सार्वजनिक भएको छ । दर्जन भन्दा बढी गितमा अभिनय गरेका मोडल रावलका भिडियोहरु दर्शक माझ निकै लोकप्रिय हुने गरेका छ्न ।
"तिम्रै भरमा पर्छु भन्नेले" बोलको गितमा बनेको भिडियोमा मोडल रावललाई नमिता राईले साथ दिएकी छिन । गित नवीन पुलामी मगर र प्रतिमा विश्वकर्माले गाएका हुन भने शब्द र संगित क्रमशः मधु कुँवर र कमल बस्नेतको रहेको छ । भिडियोलाई गौतम शेर्पाले निर्देशन गरेका हुन ।

कञ्चनपुरमा प्रेमिकाको अश्लिल भिडिओ इन्टरनेटमा राख्ने युवक पक्राउ



कञ्चनपुर । प्रेमिकाको अश्लिल भिडिओ इन्टरनेटमा राख्ने एक जना पक्राउ गरेको छ।
कृष्णपुर नगरपालिका वडा नम्बर-५ का २० वर्षीय मोहनराज भट्ट बलात्कार आरोपमा पक्राउ परेका हुन्।
केही समयदेखि प्रेमसम्बन्धमा रहेका बेला भिडिओ बनाइएको र अहिले एकापसमा तिक्तता बढेपछि इन्टरनेटमा राखिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।
विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्तीकरणी गरी अश्लिल भिडिओ समेत बनाएको आरोपमा पीडित पक्षले मुद्दा दायर गरेको थापाले बताए।
साउन १० गते नै युवकलाई पक्राउ गरिएको र म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको छ।

शुक्लाफाँटा नगरपालिकाको कार्यालय परिसर भित्र हुलिएका चौपाया मर्न थाले


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको कार्यालय परिसरमा हुलिएका छाडा पशु चौपायाहरु मर्न थालेका छन् । सोमवार देखी शुक्लाफाटा नगरपालिकाको कार्यालय झलारीको परिहर भित्र खुला आकाशमुनी हुलिएका पशु चौपाया भोक, अविरल वर्षा र अत्याधिक गर्मिका कारण मर्न थालेका हुन । रातभरी परेको अविरल वर्षा र नगरपालिकाले उचित स्याहारसुसार र आहाराको व्यवस्थापन गर्न नसकेका कारण वुधवार विहान एक गाईको मृत्यु भएको छ । नगरपालिका परिसर भित्र दुई सय भन्दा वढी पशु चौपायाहरु ह्ुलिएका छन ।
नेपाली कागे्रस पार्टि र नेपाल कम्युनिष्ट पार्टि (नेकपा) विचको द्धन्द्ध र नगरपालिकाको गैर जिम्मेवारीका कारण पशु चौपायाहरुले दुःख पाइरहेको स्थानियहरुले आरोप लगाएका छन । मंगलवार वसेको नगर कार्य पालिकाको वैठकमा सदस्यहरु विच एक आपसमा सहमती जुत्ननसकेपछी पशु चौपाया व्यवस्थापनमा थप समस्या भएको छ । 
सोमवार दिउसो शुक्लाफाँटा नगरपालिका ८ मा व्यवस्थापन गरिएका छाडा पशु चौपायालाई स्थानीयले सुरक्षाको कारण देखाउँदै गाई गोरु नगरपालिकामा फिर्ता ल्याएका वताए । आइतबार वडा अध्यक्ष बहादुर सिह महरामाथि वडा कार्यालयमा आक्रमण भएपछि स्थानीयले आफुहरु असुरक्षित रहेको भन्दै गाई गोरु कार्यालयमा वुझाएको स्थानियहरुको भनाइ छ ।
वडा अध्यक्ष महराले नगरपालिका क्षेत्रका सबै गाई गोरुलाई बैजनाथ सामुदायिक वनमा व्यवस्थापन गरेका थिए । अध्यक्ष महराले दुई वर्षदेखि छाडा चौपाया व्यवस्थापन गरेका हुन् । उनले सामुदायिक वन क्षेत्रमा गौशाला बनाएर व्यवस्थापन गरेका थिए ।

सानेपामा आज पौडेल गुटको भेला


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् ।
उनले बुधबार दिउँसो २ बजेका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएका हुन्।

नेता पौडेलले आफैं म्यासेज गरेर आफूनिकटका केन्द्रीय सदस्यहरुको भेला बोलाएको उनीनिकट एक केन्द्रीय सदस्यले पुष्टि गरेका छन् ।
“रामचन्द्र दाइको नम्बरबाट सानेपामा बैठक बस्ने भनेर म्यासेज आएको छ,” ती केन्द्रीय सदस्यले भने, “समसामयिक विषयमा छलफल हुन्छ भनिएको छ ।”
पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रकाशित भइसकेपछि सभापति शेरबहादुर देउवा विभाग विस्तारमा लागेपछि पौडेल समूह रुष्ट छ ।

बर्दियामा बाढिको जोखिम उच्च, सतर्कता अपनाउन सबैलाई आग्रह।

 
कृष्ण ब बुढा 
बर्दिया श्रावण १४।

 बुधबार राती देखि नै अविरल बर्षा सुरु भए सँगै नदिमा बहाव बढेपछि बर्दियाको विपद् व्यवस्थापन समितिले बर्दिया वासीलाई सर्तक रहन आहवान गरेको छ ।


 नदिमा पानीको बहाब उच्च बिन्दुतिर गएको भन्दै बिपद व्यवस्थापन समिति नदि तथा तटीय क्षेत्रका बासिन्दालाई सजक रहन अपिल गरेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाले पनि देशभर रातिदेखि नै पानी परिरहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।


 अहिले कर्णाली नदी चिसापानीको बाढी मापन केन्द्रमा जलसतह विहान ९.४० वजे १०.२ मिटर रहेको बताएको छ । मापन केन्द्रले सतर्कता तह १० मिटर, चेतावनी तह १०.८ मिटर भएकोमा नदीको बहाब सतर्कता तह पार गरिसकेको र बढ्दो क्रममा रहेको जानकारी गराएकोछ । थपमा कर्णाली नदी तथा साना सहायक नदीहरुको तल्लो तटिय क्षेत्रमा साँझसम्म उच्च सतर्कता अपनाउनु हुन र होचो तथा डुवान क्षेत्रका वासिन्दाहरु सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । । 

 उक्त स्थितिलाई मध्यनजर गर्दै केन्द्रले नदीमा काठ दाउरा छोप्ने , माछा मार्ने जस्ता कार्य नगर्न नगराउनु हुन सबैमा बर्दिया निवासीलाई पनि आग्रह गरेको छ ।

हेर्नुहोस यस्तो अनुरोध !


कैलालीका एक सय बढी घर डुबानमा ।


 श्रावण १४ कैलाली/
कैलालीमा वर्षासँगै आएको बाढी गाउँ पसेपछि एक सय बढी घर डुबानमा परेका छन ।कान्द्रा, काडा र पथरैया नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुसार जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ घर डुबानमा परेका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन । काडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० बढी घर डुबानमा परेका प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । घरमा पानी पसेपछि घरमा रहेको अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको स्थानीय बासिन्दाले बताएका छन् । भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन । भजनीले जोखिमबाट बच्न पूर्वतयारी स्वरुप उद्धार टोली तयारी अवस्थामा राखेको नगरपालिकाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । सामान्यदेखि पूर्ण बदली रही केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।

 आज दिउँसो र राति सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।सुदूरपश्चिम प्रदेशका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । अहिले कैलालीको टिकापुर, चिसापानीलगायत कैलाली र कञ्चनपुरको धेरै ठाउँमा भारी वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले कान्द्रा, मोहना, घुराहा, खुटिया, स्याउली, चौधरलगायतका नदीमा बाढी आउने खतरा भएको विभागले जानकारी दिएको छ ।

दाङमा पहिरो, आमा–छोरीको मृत्यु


बुटवल । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाडका अनुुसार वर्षाका कारण बंगलाचुली गाउँपालिका–५ साकिने निवासी देवीराम नेपालीको घरमाथिबाट पहिरो आउँदा उनकी २६ वर्षकी श्रीमती बाटुली नेपाली र दुई वर्षकी छोरी आयुष्मा नेपालीको मृत्यु भएको हो 


सुतिरहेको बेला बिहान ३ बजे एक्कासी घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्यु भएको स्थानीयको भनाई छ । पहिरोले घरको आधा भाग भत्किएको छ । अन्य क्षति विषय बिवरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।



भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह 

 
देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै नेपालको तराई भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तीस्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  बुधबार देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राती पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जनर चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। शुक्रबार समेत देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  

बेलौरीको महाकाली बहुमुखी क्याम्पस नमूना क्याम्पस छनौट


कञ्चनपुर, १४ साउन ।
बेलौरीको महाकाली बहुमुखी क्याम्पस नमूना क्याम्पसका लागि छनौट भएको छ । मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको उच्च शिक्षा महाशाखाले नमूना क्याम्पसका लागि छनौट भएका क्याम्पसहरुको सुचि प्रकाशन गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका ९ वटा क्याम्पसहरुलाई नमूना क्याम्पसका लागि छनौट गरेको छ ।

नमुना क्याम्पसमा स्तरोन्नतिका लागि छनौट भएका क्याम्पसहरुमा कञ्चनपुरबाट बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, कैलालीबाट सुख्खडस्थित घोडाघोडी बहुमुखी क्याम्पस, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडा डडेल्धुरा, केदारज्योतीकुञ्ज बहुमुखी क्याम्पस विपिनगर डोटी, दार्चुला बहुमुखी क्याम्पस महाकाली दार्चुला, सुनकुडा बहुमुखी क्याम्पस बित्थडचिर बझाङ, बाजुरा बहुमुखी क्याम्पस मार्तडी बाजुरा र जगन्नाथ बहुमुखी क्याम्पस बैतडी रहेका छन् ।

 मन्त्रालयको गतवर्ष पुस ४ गतेको सूचना अनुसार नमूना क्याम्पसमा स्तरोन्नतिका लागि मन्त्रालयमा प्रस्ताव पेश गर्ने जम्मा ४३ वटा क्याम्पसहरुमध्ये गत असार ३० गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रदेशका नौ वटै जिल्लाका एकएक गरी ९ वटा क्याम्पसहरुलाई नमूना क्याम्पसमा स्तरोन्नति गरिएको बताइएको छ ।

 महाकाली बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष हरेन्द्र सिंह बिष्टले आफ्नो कार्यकालमा सो क्याम्पस नमूना क्याम्पसमा स्तरोन्नतिका लागि छनौट भएकामा गर्भान्वित भएको बताउँदै अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा यहाँका विद्यार्थीहरुले यहीँबाट हाँसिल गर्न पाउने बताए । उनले विश्वविद्यालय अनुदान आयोगले क्याम्पसको स्तरोन्नतिका लागि पहिलो चरणमा भए गरेका कार्यको सफलता हेरी २ लाख रुपैयाँ अनुदान दिएको र यहाँसम्म आइपुग्न साथ दिने सम्पूर्णप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गरिएको जनाएका छन् ।

 यस्तै, सामाजिक सञ्जाल फेसबुकमा महाकाली बहुमुखी क्याम्पसका शिक्षक सुरज श्रेष्ठ लेख्नुहुन्छ - "यस क्याम्पसलाई नमुना क्याम्पसमा स्तरोन्नति गर्नका निमित्त छनौट गर्न र सफल बनाउन अथक प्रयास गर्नुहुने क्याम्पस  परिवार, क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, वुद्धिजिवी, बेलौरी नगरवासी, सञ्चार माध्यम लगायत विशेष गरी सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री माननीय कृष्णराज सुवेदी प्रति हार्दिक आभार व्यक्त गर्दर्छौं।"

आजको राशिफल/आज वि.सं.२०७७ साल साउन १४ गते बुधबार

आजको राशिफल वि.सं.२०७७ साल साउन १४ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–दशमी,५२ घडी ११ पला,रातको ०२ बजेर ११ मिनेट उप्रान्त एकादशी । नक्षत्र–विशाखा,१३ घडी १६ पला,बिहान १० बजेर ४४ मिनेट उप्रान्त अनुराध । योग– शुक्ल,३२ घडी १९ पला,बेलुकी ०६ बजेर २२ मिनेट उप्रान्त ब्रम्ह । करण– तैतिल,दिउसो ०३ बजेर २२ मिनेट उप्रान्त गर,रातको ०२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३७ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त तथा दिदिबहिनीसँग मनमुटाब तथा बिवाद बढ्ने योग रहेकोछ । कुनैपनि काम पुनह गर्नुपर्दा नैराश्यता बढ्नेछ । आर्थिक मुद्दाहरु हल गर्न निकैनै समय खर्चनु पर्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । प्रेममा गर्न चाहनेहरुका लागि समयले साथ दिने छैन । तरपनि यात्राको सम्भाावना बलियो रहेकोछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
परिवार तथा कुटुम्बविच रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । भौतिक तथा बिलाशी बस्तु प्राप्तीको योग रहेकोछ । एकल तथा संयूक्त व्यावसायबाट वा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । व्यापारकै शिलशिलामा यात्रा हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्कृष्ट रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
सानो काम सम्पादन गर्न पनि मनग्गे समय खर्चनु पर्नेछ । आर्थिक व्यावस्थापन गर्न नजान्दा व्यापारमा मन्दि आउने तथा लगानी गर्नको लागी केही समय कुर्नुनै राम्रो रहनेछ । ऋण तथा पुराना समस्याहरुले सताउनाले मनमा बेचैन पैदा हुनेछ । आफन्त तथा मावली पक्षसँग घरायसी कुरामा राय बाजिनेछ । खर्च बढ्ने तथा आम्दानि न्युन हुदा दैनिकी प्रभावित हुनसक्छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ भने आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुँनेछ । दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा विवाद चुलिन सक्छ ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृड बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अध्ययनमा अरुभन्दा एक कदम अगाडि बढि पुरस्कार तथा प्रशंसा पत्र आफुतिर ल्याउन सकिनेछ । कार्य क्षेत्रमा तपाईको बोलिको प्रभावले महत्वपुर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्धहरुमा सुधार भएर जाने योग रहेकोछ । नाता गोताको सहयोगले सुरु गरेको कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिष्ठित ब्याक्तित्वहरु सँग सामाजिक बिषयमा बिवाद बढ्ने हुँदा आज भरसक भेटघाट तथा सार्बजनिक ठाउँहरुमा उपस्थिति नजनाउनु नै राम्रो हुनेछ । समयमा काम नबन्ने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । व्यापार व्यावसायमा बढिनै समय खर्चिनु पर्नेछ भने बिद्यामा सोचेजस्तो प्रगति गर्न निकै नै मेहनेत गर्नुपर्ला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । बिधीबिधान पुर्वक काम गर्न नसक्दा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तरपनि लामो दुरिको विदेश यात्राको अधिक सम्भावना रहेको छ । विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । समयमा कामहरु फत्ते गरि नाम तथा दाम दुबै कमाउँन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,ग
कार्यक्षेत्रमा तपाईको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हातलागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम नहुन सक्छ । तरपनि पैत्रिक स्रोत साधनको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनेछ भने कृषि पशुपालन व्यावसाय फस्टाएर जानेछ । तारिफयोग्य काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानिबाट भविश्यमा राम्रो नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला।

पुनर्वासमा भारतबाट अवैध रुपमा भित्र्याउदै गरेको माछा शसस्त्र प्रहरीद्वारा बरामद ।

 
लाल बहादुर एस.के. 
 पुर्नवास, १३ साउन ।

 कञ्चनपुरको पुर्नवास नगरपालिकामा भारत बाट ल्याउदै गरेका अबैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ।

 मगलबार साझ सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट आनन्द बजारबाट खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालमा ल्याउदै गरेको ३० किलोग्राम अबैध माछा बरामद गरेर नष्ट गरेको हो । 

 भन्सार छली गरेर भारतबाट पुनर्वास- ६ सानो हुँदै नेपाल भित्राउन लागेको १० हजार मुल्य बराबरको माछा बरामद गरि पत्रकार र स्थानीयको रहिबरमा नष्ट गरेको बि.ओ.पि आनन्द बजारका सूचना अधिकारी रोशन थापाले बताउनु भएको छ ।

 केही समय देखि अवैध रुपमा समान भारत बाट ल्याईरहेको सूचना र समाचार पछि सिमा उच्च सतर्कता अपनाएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट आनन्द बजारले जनाएको छ । 

Tuesday, July 28, 2020

राज्यको लगानी बालुवामा पानी कामै नगरी रकम भुक्तानी ।



प्रदिप मलासि
बझाङ,साउन -१३। 

 राज्यले कृषकहरुलाई प्रोत्साहन गर्न करोडौं रुपैया खर्चिएता पनि उपलब्धि भन्ने शून्य जस्तै भएको छ । तरकारी खेतीमा आकर्षण गर्न सरकारले हरेक स्थानीय तहमा ठूलो रकम बिनियोजन गरेको छ तर गाउँमा तरकारी खेतीको नाममा नयाँ परिर्वतन केहि भएको देखिदैन । छन त तिनै पुरानै प्लाष्टिक घर र स साना तरकारी खेती।

 एउटा गाउँ जहाँ तरकारी खेतीका लागि ५० लाख आयो तर गाउँमा आएको ५० लाख कामै नगरि कसले कहाँ कसरी खाए केदारस्यु गाउँपालिका १ छिनापानिमा बिगत ९ बर्ष देखि तरकारी खेती गरिरहेका कृषक धनसेर रावललाई थाहा नै छैन । दुखेसो गर्दै उनले भने "जिल्ला बाट अनुगमन गर्न कोहि आएनन गाउँपालिका र वडाले पनि खासै चाँसो देखाएको छैन । रकम आए पछि काम गर्ने किसानलाई पाईन्छ भन्ने आस थियो तर आकासको फल आँखा तडि मर भन्ने पुरानो उख्खान झै भयो ।" उनले थपे बिकास नाउमा लुट भयो । वडा कार्यालयले पनि कसरी सिफारिस दियो, कृषि ज्ञानकेन्द्रले पनि एक पटक अनुगमन नै नगरि किन कसरी भुक्तानि दियो केहि बुझिएन । 


उनी त एउटा पात्र मात्र हुन । यस्ता थुप्रै उदाहरण छन बझाङमा । अर्को एकठाउ जुन गाउँ र तरकारी लगाउने भनेको स्थल जयपृथ्बी राजमार्ग संगै जोडिएको छ । तरकारी हैन खेतमा धान रोपेको छ ।आलु खेती चैत्रमा लगाएर साउन भदौमा निकाल्ने काम हामीले यस अघि देखि नै गरिरहेका थियो । राज्यले ५० लाख रुपैया गोदाम घर संकलन केन्द्र निमार्ण र उन्नत बिउ आलु लगाउने आधुनिक शैलिबारे तालिम दिने योजना थियो तर कामै पुरा नै नगरि बारीमा लगाएका आलुको फोटा खिचेर पैसा भुक्तानि लिने दिने काम भएछ । त्यो पनि पछि मात्रै थाहा पाए बुगल नगरपालिका १ का जसबिरे धामीले । आक्रोशीत हुदै उनले कार्यालय र पैसा निकाले गाउँकै ब्यक्ति बिरुद उजुरी गर्ने तयारीमा रहेको बताए । उनले भने "गाउँका मान्छे सोझा हुन्छन । भनेको कुरामा बिश्वस गर्छन । एक दुई पटक सबै जना एक ठाउँमा जम्मा भए छलफल पनि गरे तर पैसा आउन्छ भन्दा भन्दै असार गएर साउन लागी सक्यो अतोपतो छैन ।" त्यसैले पनि अब उपरान्त कोहि नठगिउन भन्नकै लागि उनी मुद्दा  हाल्ने तयारीमा छन। 

 सोझा-साझा किसानको त कुरै छोडौ जनप्रतिनिधि नै यस मामिलामा बेखबर छन ।त्यसको एउटा प्रतिनिधि पात्र हुन बुंगल नगरपालिका ४ का वडा अध्यक्ष अम्बर राज जोशी। बुंगल नगरपालिका मा राज्यले धेरै काम गर्ने रणनिति बनाएको छ तर मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रमको नाममा आएको ३० लाखमा कहाँ के काम गरे केहि थाहा छैन वडा अध्यक्ष अम्बर राज जोशीले । उसो त वडामा भुक्तानीको लागि सिफारीस माग्न ब्यक्ति नगएका हैन, काम भएकै छैन दिन्न भनेर उनले दिएन । त्यस पछि कहाँ कहाँ बाट कसरी सिफारिस लिए र्क कार्यालयले पनि भुक्तानि कसरी दियो यस बारेमा समेत आफुलाई केहि थाहा नभएको वडा अध्यक्ष जोशि बताउछन् । 

 त्यसो हो भने कुन आधारमा कसरी र किन भुक्तानी दिईयो भनेर हामिले जिल्ला कृषि ज्ञान केन्द्र सँग प्रश्न गर्यौ। प्रश्नको जवाफमा जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख दिल बहादुर सिंहले दुखसो पोख्दै राज्यको बजेट प्रणालीमै समस्या रहेको बताए। उनले राज्यले कार्यक्रम दिएपनि बजेट भनेको समयमा नदिएकाले कार्यान्वयनमा समस्या देखिने जिकिर गरे । त्यसमा पनि कार्यालयमा जनशक्तिको रुपमा जम्मा ४ जना प्राबिधिक मात्र भएको र स्थानिय सरकारले पनि सहयोग नगरेका कारण अनुगमनमा गर्न सम्स्या भएको बताए । त्यसैमा देशमा कोरोनाको महाँमारी संगै बर्खाको समय भएकाले सबै ठाउँमा अनुगमन गर्न नसकेकोले कागजपत्र, फोटा , निर्णय र सिफारिस आएपछि बिश्वासको आधारमा कार्यालयले भुक्तानि दिएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख दिल बहादुर सिहंले स्वीकार गरे । उसो त सबै ठाउँमा स्टमेट तथा लगानि अनुसारको काम भएको छ भन्ने पक्षमा कार्यालय पनि विश्वस्त छैन । तर भुक्तानि रोक्न खोज्दा सिधै प्रदेश र संघका सांसद बाट फोन आउने जिल्ला स्थरका नेताले धम्कयाउने गरेको पाईएको छ । चैनपुरमा बसेर उपभोक्ता समिति गठन देखि सबै काम गरेको सम्म खुलेको छ । यसरी काम गर्दा राज्यको लगानी बालुवामा पानी भएको छ । 

 प्रमुख सिहले भने " हामिले के गर्ने जिल्लाको समिक्षा गोष्ठि देखि बिभाग मन्त्रालयमा पठाउदा आबश्यकता अनुसार ठाउँ तोकेर पठाउने गरेका हुन्छु तर हामीले नसोचेको ठाउँमा छनौट भएर माथि बाट योजना आउने गर्छ । कार्यालयमा एक जना सिचाई कुलो पानी पोखरी निमार्ण गर्नेको लागी स्टमेट गर्ने प्राबिधिक छैन । हामी सबै कृषि प्राबिधि हु । राज्यले सोचनु पर्छ । आव ७७÷७८ मा पनि ३० वटा सिचाई कुलो नाम तोकेर आएका छन । हामीले ल्याएको योजना भन्ने गरेका छन । कतिले त काम हैन किनेर ल्याएको योजना हो भन्न समेत बाँकि छोडदैन ।" यस्तो अवस्थामा आफुलाई काम गर्न अफ्ट्यारो परेको गुनासो कृषि ज्ञान केन्द्रका प्रमुख सिहको छ। तर यता स्थानीयले भने कृषि ज्ञान केन्द्रका प्रमुख सिंहलाई यो बिषयमा सोध्दा उल्टै स्थानीय जनतालाई हप्काउने गरेको गुनासो गरेकाछन । 

 हाल सम्म जिल्लामा मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम संञ्चालन गर्न राज्यले जयपृथ्बी नगरपालिकामा १० मा ५० लाख गहुँ खेतीका लागि, तलकोट गापा ६ मा बाख्रापालनका लागि ५० लाख, मष्टा गापा ५मा ५० लाख बाख्रा पालनका लागी, केदारस्यु गापा १ मा ५० लाख तरकारी खेतीका लागि , दुगार्थली गापा ५ मा ५० लाख तरकारी खेतीका लागी , थलारा गापा ५ र ६ मा ५० लाख ओर खेती लागि, बुंगल नगरपालिका १ र २ मा ५० लाख आलु खेतीका लागि र बिथ्डचिर गापा ६ मा ५० बाख्र पालन लागि , सुर्मा गापा ३ मा ५० लाख ,साईपाल गापा मा५० लाख र अन्य स्थानिय तहमा फलफुल खेती सिचाई कुलो पानी पोखरी गरि ८ करोड बरावरको रकम बिनियोजन गरेको भए पनि उपलबन्धि भने भएको छैन । यसरी बझाङमा राज्यको लगानी बालुवामा पानी कामै नगरी रकम भुक्तानी भन्ने उखान चरितार्थ भएको छ ।   

ट्रककाे ठक्करबाट युवतीकाे मृत्यु !

 
 कैलाली । कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।

 कैलालीको बर्दगोरियास्थित बौनियामा सोमबार बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन्।स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

 बौनियामा सोमबार बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो।ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

श्रीमतीद्वारा श्रीमानको हत्या! 

 
कृष्ण बुढा 
 बाँके, साउन १२ ! 
 बाँकेको खजुरामा श्रीमतीले बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेकी छन । बाँकेको खजुरा गाउँपालिका वडा नं छ गिजरामा बस्दै आएकी ६५ वर्षीय मिछिया थारूले ७५ वर्षीय श्रीमान लक्षीराम थारूको हत्या गरेकी हुन । 

 श्रीमान श्रीमती बिच आइतबार दिउँसो सामान्य घरायसी विवाद हुदा मिछियाले श्रीमानको टाउकोमा, हातमा र खुट्टामा बञ्चरो प्रहार गरी हत्या गरेको बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले जानकारी दिए । बन्चरो प्रहारबाट लक्षीराम थारुकोको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमती मिछिया चौधरीलाई प्रहरीले  नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

आजको राशिफल/आज २०७७ साल साउन १३ गते मंगलबारको दैनिक राशिफल


वि.सं.२०७७ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२० जुलाई २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– अष्टमी,०३ घडी २९ पला,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त नवमी । नक्षत्र–स्वाती,१७ घडी ०४ पला,दिउसो १२ बजेर १५ मिनेट उप्रान्त विशाखा । योग– शुभ,३९ घडी २९ पला,बेलुकी ०९ बजेर १३ मिनेट उप्रान्त शुक्ल । करण–बव,बिहान ०६ बजेर ४९ मिनेट उप्रान्त बालव,बेलुकी ०५ बजेर ३७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय ०५ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५३ मिनेट । दिनमान ३३ घडी ४० पला । भौमाष्टमी। अष्टमी व्रत। गोरखकाली पूजा। यलपञ्च दान।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुँन सक्छ अलि बढि सचेत हुँनुहोला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहँुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । शिक्षा तथा नोकरिमा हुने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई धेरै पछाडि छोड्न सकिनेछ । नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा मावली पक्षको सहयोग पाईने हुदा दैनिकी सहज रुपमा अगाडि बढ्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा प्रतिष्पर्धिहरुनै भन्दा पछि परिने हुनाले पद प्राप्तीको योग टरेर जानेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ भने तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुबको सामना गर्नुपर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ भने घर परिवार तथा आफन्तजन सँग राय बाजिनेछ । आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कमनै हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तरपनि प्रयत्न गर्दा बिभिन्न किसिमका मानव निर्मित भौतिक साधनहरु लाभ हुनेछन् । प्रेम प्रशङगले दिन रमाईलोका साथ बित्नेछ । ईच्छित कामनाहरु पुरा हुने समय रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा
बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

राप्रपा छोडी कांग्रेस आएको समूहलाई सहमहामन्त्री र केन्द्रिय सदस्य पद दिईने

काठमाडौं - नेपाली काँग्रेसले पार्टी प्रवेश गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिलबहादुर थापासहित ३१ नेतालाई भव्य स्वागत गर्ने भएको छ ।

काँग्रेसले राप्रपा छोडेर पार्टी प्रवेश गर्न लागेका थापालाई सहमहामन्त्री र अन्य पाँच जना नेतालाई केन्द्रीय सदस्य दिने बताइएको छ।
शनिबार थापासहित राप्रपा परित्याग गरेका ३१ जना नेताहरु १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । त्यस्तै काँग्रेसका विभाग विस्तारपछि केही नेताहरुलाई त्यहाँ पनि जिम्मेवारी दिने रणनीति अनुसार छलफल भइरहेको छ ।
थापासँगै काँग्रेसमा समाहित हुने अन्य नेताहरुलाई काँग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गरिने बुझिएको छ ।
राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर,गाउँ,क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा प्रवेश गरेसँगै धनकुटा राप्रपाविहीन हुने भएको छ ।
राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला नै राप्रपा विहीन हुन लागेको हो । सुर्यबहादुरका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई ३१ नेता र धनकुटाका सम्पूर्ण कार्यसमितिको राजीनामा बुझाएसँगै धनकुटा राप्रपाविहीन भएको छ ।
शनिवार थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।
यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।
केन्द्रिय सदस्यता पाउनेमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ ।