Tuesday, February 28, 2023

बैंकको चर्को ब्याज विरुद्ध पुनर्वास क्षेत्रका बजार बन्द


कञ्चनपुर, १६ फागुन ।
बैंकको चर्को ब्याज विरुद्ध पुनर्वास क्षेत्रका बजारहरु आगामी फाल्गुन २० गतेसम्म  बन्द गरिने भएको छ । 
  आज मंगलबार कालिका बजारवासी र  कार्यसमितिको भेलाले  वाणिज्य महासंघ सुदुरपश्चिमको संघर्षका कार्यक्रम अनुसार  यस क्षेत्रमा पनी कार्यक्रम गरीने निर्णय गरेको छ । जसमा पुर्नवास उद्योग वाणिज्य संघको पनि ऐक्यबद्धता  रही सोहि अनुसारको संघर्षको कार्यक्रममा  कालिका बजार व्यवस्थापन  समितीले सहयोग गर्ने प्रतिबद्धता गरेको छ । त्यसैगरी भेलाले छ्लफल गरी निम्नानुसारका संघर्षका कार्यक्रमहरू समेत गर्ने निर्णय गरेको छ । 
भेलाले फाल्गुन १७ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने,आई. बि. आर. डी. महेन्द्र पाण्डे चोकवाट विरोध र्‍याली
सुरुवात गरी पुनर्वास नगरपालिका कार्यालय, प्रतिभानगर बजार, राष्ट्रिय बाणिज्य बैंक हुँदै इलाका प्रशासन कार्यालय त्रिभुवन वस्तिमा ज्ञापन पत्र बुझाउने, फाल्गुन १८ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने, बैकहरूमा
No deposit (नो डिपोजिट) गर्ने । फाल्गुन १९ गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने तथा विरोध
-याली गर्ने,फाल्गुन २० गते दिउँसो १२ बजेसम्म बजार बन्द गर्ने, विरोध-याली गर्ने तथा संघर्ष समिती गठन गर्ने निर्णय गरेको छ ।
संघर्षका कार्यक्रम गर्दा पनि सम्बन्धित निकायले वेवास्ता गरे आगामी चैत्र १ गतेबाट बजार बन्द,  चक्का जाम जस्ता कडा आन्दोलनका कार्यक्रमहरु ल्याईने पुनर्वास उद्याेग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले हाम्रै साझा पत्रिकालाई बताए ।

Monday, February 27, 2023

चर्को ब्याज विरुद्ध सोमवारदेखी बिहान एघार बजेसम्म बजार बन्द


कञ्चनपुर/बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध कञ्चनपुर उद्योग बाणिज्य संघको आह्वानमा महेन्द्रनगरका ब्यावसायीहरुले सोमवार बजार बन्द गरेका छन् । बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध अहिले देशैभरमा चरणबद्व आन्दोलन भईरहेको छ । हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णय अनुसार सोमवारबाट बजार बन्द गरिने कञ्चनपुर उधोग बाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले बताएका छन् ।

आईतवार कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको जनाएको थियो । विगत ७ महिनादेखी अनाहकमा लगानी योग्य पूँजीको अभाव र तरलताको समस्याका नाममा बैँकहरुले सम्झौता विपरित ऋणको व्याज दरमा अप्रत्यासित रुपमा वृद्धि गरेपछि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेशमा रहेका कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निर्णय गरिएको छ ।

उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन् । त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।


चर्को ब्याज विरुद्ध सोमवारदेखी बिहान एघार बजेसम्म बजार बन्द


कञ्चनपुर/बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध कञ्चनपुर उद्योग बाणिज्य संघको आह्वानमा महेन्द्रनगरका ब्यावसायीहरुले सोमवार बजार बन्द गरेका छन् । बैंक तथा बित्तीय संस्थाको चर्को ब्याज विरुद्ध अहिले देशैभरमा चरणबद्व आन्दोलन भईरहेको छ । हरेक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने निर्णय अनुसार सोमवारबाट बजार बन्द गरिने कञ्चनपुर उधोग बाणिज्य संघका अध्यक्ष पिताम्वर जोशीले बताएका छन् ।

आईतवार कञ्चनपुर उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक ब्याजदर विरुद्ध कार्यतालिका नै निर्माण गरेर चरणबद्ध रुपमा विरोध गर्ने निर्णय गरिएको जनाएको थियो । विगत ७ महिनादेखी अनाहकमा लगानी योग्य पूँजीको अभाव र तरलताको समस्याका नाममा बैँकहरुले सम्झौता विपरित ऋणको व्याज दरमा अप्रत्यासित रुपमा वृद्धि गरेपछि आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेशमा रहेका कैलाली उद्योग वाणिज्य संघ, कञ्चनपुर, टीकापुर, अत्तरिया, पुनर्वास, बेलौरी, शुक्लाफाँटा तथा गौरीगंगा उद्योग वाणिज्य संघले बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । १५ गते हरेक दिन विहान ११ बजेसम्मका लागि बजार बन्द गर्ने, विरोध र्याली निकाल्ने, प्रत्येक बैंक, राष्ट्र बैंकदेखि प्रशासनसम्म कोण सभा गर्ने निर्णय गरिएको छ ।

उद्योगी व्यवसायीहरुले १८ गते भने कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने निर्णय समेत गरेका छन् । त्यस्तै २० गते सुदूरपश्चिमका सबै उद्योग वाणिज्य संघहरुले संघर्ष समिति गठन गर्ने र यसको जानकारी प्रदेश महासंघलाई गराउने निर्णय समेत भएको छ । साथै फागुनभित्र माग पुरा नभए थप छलफल गरेर सशक्त आन्दोलन गर्ने समेत निजी क्षेत्रले चेतावनी दिएको छ ।


सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजिनामा


काठमाडाैं/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए । यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Thursday, February 23, 2023

पुनर्वास उद्योग वाणिज्य संघको नेतृत्वमा बैक विरुद्ध आन्दोलन गरिने

कञ्चनपुर, ११ फागुन ।
पुनर्वासमा चर्को ब्याज लिएको भन्दै बैक विरुद्ध आन्दोलन गरिने भएको छ । पुनर्वास उद्याेग वाणिज्य  संघको नेतृत्वमा पुनर्वासमा रहेका बैक विरुद्ध आन्दोलन गरीने उद्योगी व्यवसायी तथा सर्वसाधारणले भोलि फागुन १२ गते शान्तिपूर्ण आन्दोलन (र्‍याली)गर्न लागेका हुन ।
पुनर्वास नगरपालिका ६ टाउन बजारबाट नारा जुलुस सहित र्‍याली निस्किने र टाउन बजार तथा आईबिआरडी बजार  परिक्रमा गर्दै सहिद गेटमा पुगेर कोणसभा गरि कार्यक्रम समापन गरिने पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले हाम्रै साझा पत्रिकालाई बताउनुभयो ।
बैकहरुले चर्को ब्याजदर लगायत नविकरण दस्तुर लगायत विभिन्न निहुँमा रकम असुलिरहेको कारण व्यवसायी तथा सर्वसाधारण मर्कामा परिरहेको भन्दै नेपाल उद्याेग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम ल्याएको हो ।

Tuesday, February 21, 2023

पुनर्वास नगरपालिकाकाे आयाेजनामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन



कञ्चनपुर, फागुन ०९ । 
पुनर्वास नगरपालिकाकाे आयाेजनामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । स्वास्थ्य शिविरमा महिलाका लागि निशुल्क स्तन क्यान्सरकाे चेकजाँच गरिएको हाे।
        पुनर्वास नगरपालिकाका ७६ जना महिलाको चेकजाँच गर्दा आठ जना महिलामा स्तन क्यान्सरकाे शंकास्पद  लक्षण भेटिएको थियाे । लक्षण देखिएकालाई समयमा नै उपचार गर्न चिकित्सकले सल्लाह दिनु भयाे ।स्तन क्यान्सरका कारण महिलाहरुकाे ज्यान समेत जान सक्ने भएकाले समयमै यसकाे निदान गरी उपचार गर्नु पर्ने स्तन क्यान्सर विशेषज्ञ डाक्टर संजय पाण्डेले बताउनु भयाे । कामकाे ब्यस्तता र लाजका कारण महिलाहरु चेकजाँच नगर्दा जटिल समस्या निम्तिन सक्ने देखिन्छ ।

पुनर्वासमा ‘अन्डरवेयर’ भित्र लागूऔषध ल्याउने एक युवा पक्राउ


कञ्चनपुर,  ९ फागुन ।
पुनर्वासमा ‘अन्डरवेयर’ भित्र लागूऔषध ल्याउने एक युवा पक्राउ परेका छ्न । पुनर्वास नगरपालिका–११ डोकेबजारबाट प्रहरीले सोमबार साँझ चेक जाँचको क्रममा  कैलाली जिल्लाको गोदावरी नगरपालिका–२ गेटा बस्ने देवेन्द्र साउँदलाई पक्राउ गरेको हो ।
  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा साउँदले लगाएको ‘अन्डरवेयर’ भित्र लुकाइछिपाइ राखेको लागूऔषध प्रोक्सिवइल स्पा १२६ ट्याबलेट र नाइट्रोभ्याट २  ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।


Saturday, February 18, 2023

पुनर्वासमा एक महिने झाेला सिलाई तालिम सम्पन्न



कञ्चनपुर,फागुन ०६ । 
पुनर्वासमा नगरपालिकामा  एक महिने झाेला सिलाई तालिम शुक्रबार  सम्पन्न भएकाे छ । पुनर्वास वार्ड नं. ८ का १८ जना महिलालाइ सो तालिम दिईएकाे हाे ।
    गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत  व्यवसायीक रुपमा काम गर्न चाहनेका लागि तालिम सञ्चालन गरिएकाे थियाे । तालिम अवधि भर मखल, रेकजिन तथा ढाकाकाे कपडाका विभिन्न प्रकारका झाेला बनाउन सिकाईएकाे थियाे । समापन कार्यक्रममा बाेल्दै नगरप्रमुख ताेयप्रसाद शर्माले यस झाेला बुनाउने तालिम बाहेक आगामी दिनमा अन्य सिपमुलक तालिम पनि सञ्चालन गरिने बताउनु भयाे । बजारमा पाईने रेडिमेड झाेला भन्दा आफ्नै सीप प्रयाेग गरी बनाईएकाे झाेला सस्ताे र बलियाे रहने बताउनु भयाे ।
       समापन कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले  सिलाई तालिम लिएर व्यावसायिक रुपमा काम गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नु भएकाे छ । फर्म दर्ता गरी व्यवसायीक रुपमा झाेला बनाउने काम गर्दा आत्मनिर्भर बन्न सकिने बताउनु भयाे । स्थानिय बजार सम्म स्थानिय उत्पादन पुरयाउन सके भारतीय बजारबाट आयात हुने झाेला लगायत अन्य सामानकाे पनि नियन्त्रण गर्न सहयाेग पुग्ने प्रमुख प्रशासकीय अधिकृत ऐरीकाे भनाई थियाे । कार्यक्रममा बाेल्दै सुचना अधिकृत धाैलराम सार्कीले आगामी दिनमा सिलाई सम्बन्धि एडभान्स तालिमकाे सञ्चालन गरिने जानकारी गराउनु भयाे । झाेला बनाउने तालिम सिकेर व्यवसायीक रुपमा काम गर्दै जाने प्रशिक्षार्थीहरुले बताए ।

Saturday, February 11, 2023

पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने


 कञ्चनपुर,२८ माघ । 
पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ  । 
लालझाडी युवा क्लब ११ को आयोजनामा फागुन २० गतेदेखि मोहन गुरुङ स्मृती सातौँ  लालझाडी कप फुटबल प्रतियोगिता हुन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी दिएको हो । 
कोरोना लगायतका कारण केही वर्ष रोकिएको लालझाडी कप यस वर्षबाट फेरि निरन्तर रूपमा हुने क्लबका अध्यक्ष काशीराम बोहराले बताए ।  
फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय हुनेछ । प्रतियोगितामा १६ टीमको सहभागिता रहने सो प्रतियोगिता एन्फा रेर्फीद्धारा खेलाइने छ ।
प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने प्रतियोगिताका संयोजक अमित विकले जानकारी दिए । 
यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच /पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ । 
प्रतियोगिताको इन्ट्री फी दश हजार तोकिएको छ । प्रतियोगिता क्लबको खेलमैदान पुर्नवास १० भिमबस्तीमा हुने क्लबका महासचिव हर्क दानपालीले जानकारी दिए । क्लबले सामाजिक कार्य गर्दै आइरहेको छ । वार्षिक कार्यक्रम मार्फत यस अघि साबिक बाइसी बिचुवा अन्तर्गतका सामुदायिक विद्यालय अंलकार आधारभूत विद्यालय,पशुपति आधारभूत विद्यालय,नवदोय आधारभूत विद्यालय र दुर्गा आधारभूत विद्यालयका कक्षा एकमा अध्ययनरत एक सय पाँच जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिसकेको छ ।
यस्तै क्लबले सहिद दिवसको अवसरमा माघ १५ गते पाँचौँ लालझाडी कप विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता २०७९ पनि सम्पन्न गरिसकेको छ । यस्तै लालझाडी गाउँपालिका वडानम्बर १ नौरङ्गामा रहेको स्वास्थ्य केन्द्र भवनमा माघ २१ गते निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिसकेको छ । सो स्वास्थ्य शिविरमा ८ सय भन्दा बढी नागरिक लाभान्वित भएका थिए ।

Wednesday, February 8, 2023

पुनर्वासमा छ महिने निःशुल्क मोटरसाइकल मर्मत तालिम सुरु


कञ्चनपुर,२५ माघ । 
 पुनर्वास ८ मा ६ महिने निःशुल्क मोटरसाइकल मर्मत तालिम सुरु भएको छ । 
पुनर्वास  नगरपालिका वडानम्बर ८ वडा कार्यालयको आयोजनामा आजदेखि ६ महिने निःशुल्क मोटरसाइकल मर्मत तालिम सुरु भएको वडा अध्यक्ष श्रवण रानाले बताउनुभयो । 
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको सहकार्य सुरु भएको सो तालिममा वडाका साथै छिमेकी वडाका नागरिकहरूले पनि सहभागिता जनाउन सक्ने वडाध्यक्ष रानाले बताउनुभयो । 
पछिल्लो समय बेरोजगारीकै कारण युुवाहरु भारत लगायत विभिन्न मुलुकमा रोजगारीको लागि गइरहेकोले यस्ता तालिमहरूले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
तालिममा सहभागीहरूलाई खाजा स्वरूप दिनको ५० रुपैयाँ र तालिमपछि उनीहरूलाई प्रमाणपत्र प्रदान गरिने जनाएको छ । यस अघि वडा कार्यालयले बेरोजगार महिलाहरूलाई झोला बनाउने तालिम समेत सञ्चालन गरिरहेको छ ।

Tuesday, February 7, 2023

लघुवित्तलाई नगर प्रमुख शर्माको आग्रह : सर्वसाधारणलाई दु:ख नदिनुस


-लाल बहादुर एस.के.
पुनर्वास/कञ्चनपुरकाे पुनर्वासमा लघुवित्त बित्तिय संस्था र लघुवित्त विरुद्धको संघर्ष समिति बिच साेमवार छलफल कार्यक्रम सम्पन्न भएकाे छ । नगरपालिकाकाे न्यायीक समिति मार्फत दुई पक्ष बिच छलफल भई संघर्ष समितिकाे माग पुरा नहुदा सम्म किस्ताका नाममा सर्वसाधारणलाई दुख नदिन आग्रह गरिएकाे छ । 
         नगरपालिकाका नगरप्रमुख ताेयप्रसाद शर्माकाे अध्यक्षतामा छलफल भएकाे थियाे । वित्तिय संस्था ग्रामिण विकास लघुवित्तबाट राज बहादुर राउत, डिप्राेक्स लघुवित्तबाट विरेन्द्र शाह, लक्ष्मी लघुवित्त बाट सागर जिसि, खप्तड लघुवित्तबाट लाेकराज जाेशी, स्वराेजगारबाट भुवन प्रसाद भट्ट, अभियानबाट यशाेदा सिँह थापा, किसान लघुवित्तबाट जानकी खनाल छलफलमा सहभागी रहेका थिए । एनआईसी, छिमेक,युनिक नेपाल लगायत अन्य पाच लघुवित्तकाे उपस्थिति थिएन । छलफलमा सुचना अधिकारी धाैलराम सार्की, वित्तिय संस्थाका प्रतिनिधि, सँघर्ष समितिका कञ्चनपुर जिल्ला अध्यक्ष बुझाैना चाैधरी, प्रदेश उपाध्यक्ष शुकमाया माेक्तान, सिता बिक लगायत पिडितहरुकाे सहभागिता रहेकाे थियाे । छलफलबाट संघर्ष समितिकाे माग पुरा नहुदा सम्म किस्ताका नाममा दुख नदिन दुबै पक्षले माैखिक सहमति जनाएका छन । संघर्ष समितिले पुनर्वास नगरपालिकामा गत पाैष १८ गते ज्ञापन पत्र बुझाएको थियाे ।

    ऋण तथा ब्याज मिनाहका लागि अर्थ मन्त्रालयमा नगरपालिका बाट सिफारिश गरिने नगर प्रमुख ताेयप्रसाद शर्माले बताउनु भयाे । अबकाे दिन देखि सर्वसाधारण लाई मानसिक तनाव नदिन लघुबित्तलाई अनुराेध समेत गर्नु भयाे । छलफल कार्यक्रममा बेलाैरी नगरपालिका २ मटैयाकी शान्ति नेपाली लक्ष्मी लघुवित्त बाट २०७८ सालमा  पाच लाख ऋण लिएकाे बताईन । तर दुई बर्षमा साँवा र ब्याज सहितको किस्ता तिर्दा समेत ऋण चुक्ता नभएकाे भन्दै वित्तीय संस्थाले मानिसक तनाव दिदै आएकाे बताईन । पुनर्वास-४ घ-गाउँकी जानकी खत्रीले पनि यस्तै गुनासाे सुनाउछिन । वित्तिय संस्थाले बिभिन्न बहानामा तनाव दिदै आएकाे बताउछिन । वित्तिय संस्थाले चर्काे ब्याज असुल्दै आएकाे बताईन ।  पुनर्वास नगरपालिका-९ कि जसुदेबी सुनारले लघुबित्तबाट ५ लाख ऋणा लिन भनी कागजात मिलाईन । तर पैसा लिदा १ लाख घटाएर पाएकाे गुनासाे सुनाउछिन । 

अभियान लघुवित्तका प्रमुख यशाेदा सिँह थापाले  ऋणकाे भाका नाघेकालाई ताकेता गर्न पाउने भनी  छलफलमा पेश गरेकी थिईन ।

लघुवित्त संस्थाको ऋणले पुनर्वास-बैलौरीका थुप्रै महिलाहरु घरबार विहिन हुनपुगे भने कयौंले आत्महत्या समेत गरेको सर्वसाधारणहरुले पीडा सुनाए ।