Friday, March 8, 2019

पुनर्वास नगरपालिकाकी उप-प्रमुख शारदा शर्मा बिष्टद्वारा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त


हाम्रै साझा पत्रिका
पुनर्वास, फाल्गुन २४
        आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस, पुनर्वास नगरपालिकाकी उप-प्रमुख शारदा शर्मा बिष्टले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो फेसबुक एकाउन्ट मार्फत शुभकामना व्यक्त गर्नुभएको हो । उहाँले स्थानीय तहको निर्वाचनपछी महिला सशक्तीकरण गर्दै महिला हिंसा न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्नुभएको स्थानीय महिला बताउछन । उहाँ नगर न्यायीक समितिको संयोजक समेत हुनुहुन्छ । हरेक सामाजिक काममा सक्रिय उपप्रमुख बिष्टले नगरन्यायीक समितिका आएका मुद्दाहरु हेर्दै आउनुभएको छ ।

विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउदै आएको छ । उहाँले लैंगिक समानताका लागि समान सोच राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

आफ्नो फेसबुकमा उहाँ यस्तो लेख्नुहुन्छ - 


नेपालमा यसवर्ष ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार, समृद्धिको आधार’ भन्ने नारा तय गरिएकाे छ । सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समिति गठन गरेर विभिन्न कार्यक्रम गर्दैछ ।

प्रदेश र स्थानीय तहमा पनि विभिन्न कार्यक्रम आयाेजना गरीएका छन् भने महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेका छन् ।

Thursday, March 7, 2019

पुनर्वासमा हात्तीपाइले रोग विरुद्धको औषधि वितरण, कोही नछुट्न नगरपालिकाको आग्रह

हाम्रै साझा पत्रिका
पुनर्वास, फाल्गुन २३
        कञ्चनपुरको पुनर्वास नगरपालिकामा हात्ती पाइलेको औषधि खुवाउने कार्यक्रम जारी छ । पुनर्वास नगरपालिकाले सम्पुर्ण नगरवासीमा हात्तीपाइले विरुद्धको औषधि अनिवार्यरुपमा सेवन गर्न आग्रह गरेको छ । नगरपालिकाका प्रवक्ता भारमल सुनारले घातक रोग हात्ती पाइलेबाट बच्न   औषधि अनिवार्य सेवन गर्न नगरपालिकाले आग्रह गरेको बताउनुभयो ।
उहाँले सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य रहेकाले पनि कोहि छुट्न नहुने बताउनुभयो ।

कञ्चनपुरमा सातौँ चरण सम्पन्न भइसक्दा समेत हात्तीपाइले रोग विरुद्धको औषधी सेवन अभियान प्रभावकारी हुन सकेको छैन ।
सन् २०२० सम्ममा देशबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि यहाँ सातौँ चरणसम्म औषधी सेवन अभियान सम्पन्न भए पनि प्रत्येक अभियानमा औषधी नखानेको सङ्ख्या उल्लेख्य रहने गरेको पाइएको छ ।


औषधी सेवन गर्नेको सङ्ख्या सन्तोषजनक नहुनुले सरकारले लिएको हात्तीपाइले रोग उन्मूलनको लक्ष्य निर्धारित मितिमै पूरा गर्न कठीन रहेको स्वास्थ्यकर्मीको भनाइ छ । एक व्यक्तिले नियमित रूपमा ६ वर्षसम्म वर्षको १ पटक औषधी सेवन गरे हात्तीपाइले रोगको सङ्क्रमण निदान हुने तथा रोगबाट सङ्क्रमित हुने सम्भावना नरहने स्वास्थ्यकर्मीको भनाइ छ ।

दिवंगत नेताहरुलाई पुनर्वासमा समेत श्रद्धाञ्जली सभा



लाल बहादुर एसके
पुनर्वास, फाल्गुन २३  
     नेकपाका दिवंगत केन्द्रीय सदस्य तथा मन्त्री रवीन्द्र अधिकारी र नेता भरतमोहन अधिकारीप्रति आज पुनर्वास नगरपालिका समेत श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा नेकपाका नेताहरु, नेपाली कांग्रेसका नेताहरु तथा सर्वसाधारण समेतले दिवंगत नेताहरुको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली दिए ।

आज देशभरका विभिन्न ठाँउहरुमा श्रद्धाञ्जलीसभा गरिएको थियो । कञ्चनपुरकै बेलौरी नगरपालिकामा समेत श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । नेताहरुले दिवंगत नेताहरुको मृत्युले पार्टी र देशलाई नै क्षतिपुगेको बताए  ।

नेकपाका दुई स्वर्गीय नेताको कञ्चनपुर जिल्ला भरि श्रद्धाञ्जली सभा

धन बहादुर बिक 
पुनर्वास २३ फागुन 
         क साता अधि हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र प्रशाद अधिकारी र  लामो समयदेखि बिरामी भई दिवांंगत हुुुुनुभएका पुर्वअर्थ मन्त्री भरतमोहन अधिकारीको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा बिहीबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले अायोजना गरेको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य तथा पुर्व सहायक मन्त्री लालबहादुर बिक , नेकपाका नेता एबं प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ , नेकपा का नेता तथा पुनर्वास नगर प्रमुख जिवनराज थापा  , नेकपाका नेता बिरबहादुर थापा , रमेश थापा , दिपक विसि , राम बहादुर देउकर  नेकपाकि नेत्री तथा पुनर्वास नगर उप प्रमुख सारदा बिष्ट धामी , नेपाली काङ्ग्रेस पुनर्वास नगर सभापति यम प्रशाद पौडेल , नेपाली काङ्ग्रेस का नेता हरि प्रशाद अधिकारी लगायतले दिवंगत हुनुभएका नेता द्वय को तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
       युवा नेता तथा  संस्कृति , पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारी को निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले नेपाल ले एउटा उदेयमान नेता गुमाएको भनाइ व्यक्त गरेका थिए भने पुर्व अर्थमन्त्री को निधन प्रति देशले एउटा असल र जिम्मेवार अभिभावक गुमाएको बताएका थिए ।
      नेकपा केन्द्रीय कमिटीको निर्देशन अनुसार तिनदिनसम्म देशैभरि शोक सभा मनाउने निर्णय अनुसार दिवंगत हुनुभएका दुवैजना नेता द्वयको श्रद्धाञ्जली सभाको अायोजना गरिएको नेकपा कञ्चनपुर का नेता वीर बहादुर थापाले बताए । नेता थापाका अनुसार तिनदिन यता कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका , भिमदत्त नगरपालिका , र बेलडाडी गाउँपालिका हुंदै अाजै कृष्णपुर पुनर्वास तथा बेलौरि नगरपालिका मा सयौजनाको सहभागितामा श्रद्धाञ्जली सभाको अायोजना सम्पन्न गरिएको नेकपाका नेता तथा प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङले जानकारी गराउनुभयो ।

Wednesday, March 6, 2019

पुनर्वासमा छैटौं लालझाडी कप फुटबल प्रतियोगिता हुने

हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन २२
      कञ्चनपुरको पुनर्वास नगरपालिका छैटौं लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । विगतका वर्षहरुमा झै यस बर्षपनि लालझाडी युवाक्लब ११को आयोजनामा  ठुलो धनराशीको फुटबल प्रतियोगिता हुन लागेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै क्लबले प्रतियोगिता चैत १ गते देखी १० सम्म चल्ने जानकारी गराएको छ ।

१६ टिमको सहभागिता रहने प्रतियोगितामा नक आउटको आधाारमा खेलाईने क्लबका अध्यक्ष काशीराम बोहराले  बताए । फुटबल प्रतियोगिता, क्रीकेट प्रतियोगिता, पेनाल्टी सुटआउट, रक्तदान लगायतका खेल तथा रचनात्मक कार्यगर्दै आईरहेको लालझाडी युवाक्लब ११ले शहिद गोविन्द गौतमको स्मृतिमा फाल्गुन २६ मा रक्तदान कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बोहराले जानकारी दिए ।

क्लबका अध्यक्ष बोहराले प्रतियोगिताको छैटौं संस्करणमा प्रथम पुरस्कार १ लाख ५० हजार साथमा शानदार ट्रफी र द्वितीय पुरस्कार ७५ हजार साथमा शानदार ट्रफी प्रदान गरिने जानकारी गराए । त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीहरुलाई अलगअलग पुरस्कार राशि राखिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।



Tuesday, March 5, 2019

छिमेकीको ज्यादती र हाम्रो मौनता

लेख/बिचार
 —दुर्योधन बस्नेत
      गत माघ ७ गते आफन्त भेटघाटको क्रममा सुदुरपश्चिम प्रदेशमा पर्ने कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका पुगेको थिए । विकासको दृष्टिकोणबाट होस वा विचार र चेतनाका दृष्टिले यो क्षेत्र तुलनात्मक रुपमा निक्कै अगाडी बढेको पाए । भौगोलिक सुगमताका कारण पुर्बाधारका संरचना निर्माणमा सहज हुने भएकोले पनि होला लगभग सबै ठाउँमा बाटो, पानी र बिजुली पुगेको छ । हुन त सुगम भएर मात्र पनि हुँदैन । स्थानिय बासिन्दामा विकासप्रेमी भावना, मेलमिलाप र नेतृत्व बर्गमा जिम्मेवारीपन, कर्तब्यनिष्टता, लगनशिलता, प्रबल ईच्छाशक्ति, त्याग र समर्पण हुनु जरुरी छ । सायद यसैले होला पुर्नवास अगाडी बढेको पनि । ४÷५ दिनको बसाईका क्रममा यिनै विशेषताहरु पाएं मैले पुर्नवासमा जुन अनुकरण गर्न लायक छन ।

त्यहाँका बासिन्दाको एउटै दर्दनाक पिडा भनेको सिमा शुरक्षाका लागि बसेका भारतिय सिमा शुरक्षा बलको ज्यादती हो । कञ्चनपुर जिल्लाको दक्षिण भेगमा पर्ने निर्वाचन क्षेत्र नं.१ अन्र्तगतका पुर्नावास नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँ पालिकाको भु–भाग भारतको सिमा संग जोडिएको छ । जसले गर्दा भारतको नेपालप्रतिको दृष्टिकोण त्याहां प्रष्टै देख्न सकिन्छ । दुई बर्ष अगाडी मात्र २०७३ साल फागुन २६ गते भारतीय सिमा सुरक्षाबल नेपाल भित्र पसेर पुर्नवास नगरपालिकाको ४ न. वडाका निवासी गोबिन्द गौतमको आनन्द वजार नजिकै गोली हानी अमानविय रुपमा विभत्स ढंगले हत्या गरेका थिए । जुन घटनाले हरेक नेपालिको मन छिया छिया बनाएको छ । त्यसैगरी बेलौरी नगरपालिका वडा नं. १ निवासी मान वहादुर सुनुवारको लाल पुर्जा भएको जग्गा १५÷१६ बर्ष अगाडी देखी नै भारतिय सिमा शुरक्षा बलले हड्पेर खेती गर्न दिईरहेको छैन । बेलौरी नगरपालिकाको १ नं.वडा र पुर्नवास नगरपालिकाको ४ नं. वडाको भारतिय सिमामा पर्ने जङ्गे पिलर हराईरहेको छ । जुन विषयमा वारम्वार नेपाली पक्ष र भारतिय पक्ष विच विबाद परिरहन्छ । यतिबेला भारतिय शुरक्षा बलले पुर्नवास नगरपालिकाको ११ नं. वडाको भारतिय सिमामा पर्खाल लगाउने काम गरिरहेको छ । जव कि सुगौली सन्धिको नियम अनुसार दशगजाभित्र कुनै पनि मानविय हर्कत गर्न पाईने छैन । सिमामा बसोबास गर्ने नेपाली पक्षको बिरोधको बाबजुद पनि उसले पर्खाल लगाउने काम रोकेको छैन । यदी सिमामा यस्तै किसिमले एक तर्फी ढङ्गले बल मिचाई गरिरहने र राष्ट्रिय स्तरमै राज्यले नै पर्खाल लगाउन नरोक्ने हो भने सिमा निवासी स्वाभामानी अन्य नेपालीहरु प्नि गोविन्द गौतम नबन्लान भन्न सकिंदैन  । यस मामिलामा राज्य गम्भिर हुनु जरुरी छ ।
यि त केही प्रतिनिधी घटनाहरु मात्र भए । भारतिय शुरक्षा वल नेपाल भित्र पसेर सिमाका नेपालिहरुलाई हातपात, लछारपछार गर्ने, कुटपिट गर्ने गरेका कैंयौ उदाहरणहरु भेटिन्छन । त्यती मात्र होईन नेपाल भित्र पसेर नेपाली चेलीहरु माथी दुव्र्यवहार सम्म गरेका छन उनिहरुले । हुन त भारतले नेपाल र ब्रिटिशकालिन भारतविच ४ मार्च १८१६ मा भएको सुगौली सन्धिले नेपाल र भारत विच सिमाना निर्धारण गरी व्रम्हदेवमण्डिदेखी फालेलुङ सम्म खडा गरिदिएका –९१३ वटा जङ्गे स्तम्भ लगभग सवै उखेलेर फाल्ने काम गरिसकेको छ । वांकी रहेका केहीलाई नेपालको भू–भाग तर्फ सारेको छ भने कती ठाउंमा नेपालको भू–भाग मिचेर नयां स्तम्भहरु खडा गरेको छ । त्यती मात्र होईन छुनै नपाईने दशगजा भित्र पसेर वालिनाली लगाउने र वसोवास समेत गरेको पाईन्छ ।
शान्तिका प्रतिक नेपालको पहिचान, नेपालको धरोहर गौतमबुद्ध भारतमा जन्मेका हुन भन्न लाज नमान्ने भारतले ऐलेसम्म सुस्ता कालापानी  लगायत ७० भन्दा बढी स्थानहरुमा एकाध बिगाहा जमिनदेखी हजारौं बिगाहा सम्म नेपालको जमिन अतिक्रमण गरेको छ । यसरी एकातर्फ हजारौं विगाहा जमिन अमिक्रमण गरेको छ भने अर्कोतर्फ नदी सिमाहरुमा अन्तर्राष्ट्रिय नियमहरुको उल्लंघन गरी एकतर्फी रुपमा आफुखुसी बांध बांधेर नेपालका कैयौं खेतियोग्य जमिन, कैयौं बस्तीहरु जलमग्न बनाईदिएर उजाड पार्ने काम गरेको छ । हेलसिंकी अभिसन्धी १९६६ तथा जलसम्बन्धी नन्–नेभिगेसन कानून १९९७ जस्ता कानूनमा उल्लेख भए अनुसार सिमारेखाको ८ की.मी. सिमावर्ती ईलाकाभित्र एकतर्फीरुपले कुनै एक देशले बांध बनाउन नपाईने अन्तर्राष्ट्रिय मान्यतालाई समेत उल्लंघन गरेर भारतले लक्ष्मणपुर बांध, महलीसागर बांध, पुर्णागिरी बांध, रसियावाल, खुर्दलोटन बांध, कोईलाबास बांध, लालबकैया, टनकपुर, शारदा, खांडो बक्राहा, कमला र लुना नदी बांधहरु बांधेर नेपाली सिमावर्ती जनतालाई बर्सेनी डुवानमा पार्ने काम गरिहेको छ । यसरी भारतले सिमा अतिक्रमण गरेर, सिमावर्ती क्षेत्रलाई डुवानमा पारेर, सिमानाका नेपालीमाथी भौतिक आक्रमण गरेर, नाकाबन्दी गरेर विविध किसिमबाट नेपालको सार्वभौम अखण्डता, स्वतन्त्रता र स्वाभिमानमाथी बारम्वार हस्तक्षेप पु¥याईरहेको छ । हामी माथीको उसको यो हेपाहा प्रवृतिलाई कहिलेसम्म शिरोपर गर्नुपर्ने हो थाहा छैन ।

स्वच्छ र भेदभावरहित समाज निर्माणमा सबै एकजुट हुनुपर्छ : तारालामा तामाङ

हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन २१

समरी नेपाल संस्थाको पुनर्वास कार्यालय उद्घाटन कार्यक्रममा पुग्नुभएका प्रदेशसभा सांसद तथा सुदुरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले पुनर्वासका ठुला समस्याहरुमा देखिएका विकृतिविसंगति, खुल्ला सीमा हुँदैआउने लागूऔसतको सेवन तथा बिक्रीवितरणलाई निर्मुल पार्न सबै एकजुट हुनुपर्ने बताउनुभयो  ।


उहाँले जातीय, क्षेत्रीय तथा धार्मिक रुपमा कसैलाई पनि विभेद गर्नुनहुने बताउनुभयो । उहाँले पुनर्वास एक बहुधार्मिक, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुल जातजाति भएको क्षेत्र भएकाले अहिलेसम्म सबैपक्षबाट साथ र सहयोग गरिरहेको स्मरण गर्दै कुनैपक्षबाट पनि विभेद हुन नहुने बताउनुभयो । उहाँले समरी नेपाल संस्थाले गरेका सरसफाइ देखि विभिन्न सामाजिक कामको प्रसंसा गर्दै पुनर्वासलाई स्वच्छ र एकताबद्ध बनाउन सबैमा आग्रह गर्नुभयो ।

उहाँले पुर्णरुपमा भेदभाव रहित समाजको परिकल्पना गर्न सामाजिक संघसंस्थाहरुले समेत सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक काममा अग्रसर भई संस्थाले लिएको उदेश्य प्राप्त होस भन्दै प्रगतिको कामना गर्नुभयो । संस्थाले पुनर्वासको आइबिआरडि बजार र आसपासका क्षेत्रमा सरसफाइका कार्यक्रमहरु गर्दै आईरहेको छ ।

कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समितिका सभापति फैरु तामाङ, वडानम्बर ६ का वडाअध्यक्ष मन बहादुर गुरुङ, विभिन्न विद्यालयका शिक्षकहरु, विभिन्न चर्चका पास्टरहरु, समाजसेवी, बुद्धिजीवी, तथा सर्वसाधारणको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य प्रकाश लोप्चनले गर्नुभएको थियो । संस्थाको कार्यालय पुनर्वास नगरपालिका वडा नम्बर ६ आइबिआरडी बजारमा आज एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।

फाल्गुन २१ गते मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा 



 काठमाण्डौ – राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाण्डाैमा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको छ । आफूहरुलाई स्वत: स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डाैको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोडन लागेपछि हस्तक्षेप गरेको हो । माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । यता, राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेका छन् । गएकाे असोज २२ गते आफूहरुको सबै माग पूरा गर्ने सम्झौता सरकारले अझै कार्यान्वयनमा नल्याएपछि आफूहरु आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, केन्द्रिय कार्य समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिनुभयो । उहाँले संघीय शिक्षक ऐनमा आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिनु भयो । राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतहः स्थायी बनाउनुपर्ने माग गर्दै सरकारलाई दवाव दिँदै आएका छन । नेपालमा हाल ४० हजार भन्दा बढि राहत तथा ३६ हजार भन्दा बढी बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरु रहेका छन । स्वत: स्थायी गर्ने कानुनी व्यवस्था गर्न उनीहरुले सरकारलाई दवाव दिइरहेका हुन ।

Monday, March 4, 2019

मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा महाअनुष्ठानको उद्घाटन, ५० दिने विराट महाअनुष्ठानमा लाखौं तिर्थालुभक्तजनले अवलोकन गर्ने


हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन २०

     आज सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुरको पुनर्वास नगरपालिकाको श्रीनिवास दिव्यधाममा महाअनुष्ठानको उद्घाटन गर्नुभएको छ । आज शिवरात्रीका दिनदेखि उद्घाटन भएको ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठानको मुख्यमन्त्री भट्टले उद्घाटन गर्नुभएको हो ।

मुख्य मन्त्री भट्टले सुदुरपश्चिम प्रदेश सरकारको प्रमुख विकासका योजनामा पर्यटन पनि भएकाले यस महाअनुष्ठानमा सहभागी भई सफल कार्यक्रम बनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले महाअनुष्ठान पछि निर्माण हुन लागेको श्रीनिवास दिव्यधामले सुदुरपश्चिमको विकासमा प्रत्यक्ष भुमिका खेल्ने बताउनुभयो । उहाँले धर्मले कसैलाई विभेद नगर्ने हुँदा धार्मिक सहिष्णुता बनाईराख्नुपर्ने बताउनुभयो । उहाँले सुदुरपश्चिमको विकासमा सबै एकजुट हुन आह्वान गर्नुभयो ।

        सुदुरपश्चिमकै गौरवस्वरुप निर्माण हुन लागेको पुनर्वासको श्रीनिवास दिव्यधाममा आजदेखि ५० दिने महाअनुष्ठान सुरु भएको छ । शिवरात्रीको शुभअवसरमा उद्घाटन भएको ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान बैशाख ७ गते सम्म सञ्चालन गर्ने हुने छ ।

कञ्चनपुरको दक्षिणीभेग पुर्नवास नगरपालिका वडा नम्बर ८, क गाउँमा रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिरसंगै रहेको श्रीनिवास दिव्यधाममा भक्तिमहाअनुष्ठान सञ्चालन हुनेभएको हो । महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्यले जानकारी दिनुभयो । महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ ।

 महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण, पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष विश्वनाथ बिष्टले बताउनुभयो  । श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सुरु भएको हो ।

यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ । एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ ।

  स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताउनुभयो ।

  महाअनुष्ठान सञ्चालन भईरहेको श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद्भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ ।

श्रीनिवास दिव्यधाम निर्माणार्थ सांसद विकासकोषबाट १० लाख सहयोग दिने प्रतिबद्धता प्राप्त भएको समितिले जनाएको छ । समितिले निकै ठुलो  लागतमा निर्माण गर्न खोजेको यस धामको निर्माणका लागि देश, धर्म र संस्कृतिको रक्षा गर्न चाहाने हरेक नेपाली तथा सहयोगीमनबाट सहयोग लिईने श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी श्री गोविन्दाचार्यले बताउनुभयो ।

कहिल्यै ननिभ्ने मन्त्रद्वारा उत्पन्न गरिएको अग्नि कुण्ड रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिर नेपालकै विशेष मन्दिर हो । नेपालमा कहिल्यै ननिभ्ने अखण्ड अग्नि मन्दिर जम्मा ४ वटा मात्र छन । जसमा यस मन्दिर समेत पर्दछ । स्वामी गोविन्दाचार्यले वैदिक मन्त्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गर्नुभएको श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टले बताउनुभयो ।

Sunday, March 3, 2019

देशभरका राहत शिक्षकहरु आन्दोलनमा, झडपमा केहि शिक्षक घाइते

हाम्रै साझा पत्रिका
काठमाडौ, फाल्गुन १७
       पेशागत सुनिश्चितताको माग राखेर आन्दोलनमा उत्रेका सरकारी विद्यालयका राहत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । झडपमा केही शिक्षक घाइते भएको आन्दोलनरत शिक्षकले बताएका छन् । माइतीघर मण्डलामा कोणसभा गरेर अघि बढेका शिक्षकहरु बानेश्वर पुगेपछि प्रहरीसँग झडप भएको थियो । देशभरका राहत शिक्षकहरु यतिखेर काठमाडौ पुगेका छन ।

बानेश्वरमा प्रहरीले रोकपछि नारावाजीमा उत्रेका उनीहरुलाई पछि हट्न प्रहरीले अनुरोध गरे पनि नमानेपछि सुरुमा पानीको फोहोरा हानिएको थियो पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार गरिएको थियो । आन्दोलनरत राहत शिक्षक दीपक सिटौलाले भने, ‘थुपै्र शिक्षक घाइते भएका छन् । केहीको टाउकोमा चोट लागेको छ । केहीको खुट्टा समेत भाँचिएको छ । भीड तितरबीतर भएका कारण कति घाइते भए भन्ने गन्न भ्याइएको छैन ।’

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा समेत गरेर ४० हजारको हाराहारीमा राहत शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरवन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो । अहिले तीनै शिक्षकले आफूहरुलाई स्वत दरवन्दीमा रुपान्तरा गर्नुपर्ने र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् ।
आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी भएका छन । वार्ताबाट समाधान नभए आन्दोलन अझै दुई दिन सम्म चल्ने बताइएको छ ।

आजको राशिफल / वि.सं. २०७५ फाल्गुन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ०३ तारिख,

 

 आज वि.सं. २०७५ फाल्गुन १९ गते आइतबार तदनुसार ई. सं. २०१९ मार्च ०३ तारिख, आजको चाडपर्व र उत्सव : रवि प्रदोष व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), दैलो राख्ने, कलशचक्र, त्रिपुष्कर योग बिहान १० बजेर १० मिनेटसम्म, फाल्गुन कृष्णपक्षको द्वादशी तिथि, दिउँसो ०२:४५ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, उत्तराषाढा नक्षत्र, बिहान १०:११ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, आजको चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, दिउँसो ०१:४० बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा तैतिल करण दिउँसो ०२:४६ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०३:४५ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०६:०४ बजे आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:३७ देखि ०६:०३ सम्म, यमघण्ट : दिउँसो १२:१७ देखि ०१:४३ सम्म, गुलिक काल : दिउँसो ०३:१० देखि ०४:३७ सम्म, आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:३० देखि ०७:५७ सम्म, साँझ ०४:३७ देखि ०७:३७ सम्म र मध्यरात्रीपछि ०४:५७ देखि ०६:३० सम्म, शुभ वारवेला : दिउँसो ०१:४३ देखि ०३:१० सम्म र बेलुका ०७:३७ देखि ०९:१० सम्म, अमृत वारवेला : दिउँसो १०:५० देखि १२:१७ सम्म र बेलुका ०९:१० देखि १०:४३ सम्म, चर वारवेला : बिहान ०७:५७ देखि ०९:२३ सम्म र बेलुका १०:४३ देखि १२:१७ सम्म, रोग वारवेला : दिउँसो ०३:१० देखि ०४:३७ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५० सम्म, काल वारवेला : दिउँसो १२:१७ देखि ०१:४३ सम्म र मध्यरात्रीपछि ०१:५० देखि ०३:२३ सम्म, लाभ वारवेला : बिहान ०९:२३ देखि १०:५० सम्म र मध्यरात्रीपछि ०३:२३ देखि ०४:५७ सम्म आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पान वा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा थोरै लगानि गर्दा वा थोरै समय दिदा पनि मनग्गे धन सम्पति कमाउँन सकिनेछ । पुराना लेनदेनका मुद्दाहरु किनार लगाउँदै नयाँ काम गर्न सकिनेछ । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले परिणाममुखि काम गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन आम्दानिका स्रोत बढाउँन सकिनेछ । नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न बढिनै समय खर्चिनु पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउँनेछ ।सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ ।काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा  आफु तथा शुभचिन्तकहरु खुसि रहनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिशिष्ट ब्याक्तिहरुको भेटघाटले नयाँ कुरा सिक्ने अवसर आएपनि सहि ठाउँमा प्रयोग गर्न नजान्दा आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुनेछन् । सन्तान तथा छोराछोरिसँग सैद्धान्तिक कुरामा राज बाजिनेछ भने आफन्त तथा साथिभाई पनि तपाईदेखि टाडिने सम्भावना रहेकोछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।मायाा प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  । पेट सम्बन्धि समस्याले सताउनेछ हुँदा मानशिक तनाब बढ्नेछ । तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानि गरे पति चाहेजस्तो उपलब्धि हासिल गर्न सकिने छैन भने घर जग्गा तथा सवारि साधनको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दुरिको यात्रा हुने अत्याधिक सम्भावना रहेकोछ । बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कलाको माध्ययमबाट नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने अरुलाई आफ्नो प्रभावमा लिएर काम लिन सकिनेछ ।पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) तयारि बिनानै महत्वपुर्ण बिषयमा दिईने प्रश्तुतिले कार्यक्षेत्र तथा समाजमा कुनै अर्थ नराख्न सक्छ । आलोचना तथा नकारात्मक टिका टिप्पणि गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त भए पनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।पढाई लेखाईमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउँनेछ भने समयमा काम नबन्नाले मान सम्मानमा कमिको महशुष हुनेछ । अन्य काममा ब्यास्त रहनाले पढाई लेखाईमा समय दिन सकिने छैन । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ ।गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ ।पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाँफा कमाउँन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।       

Friday, March 1, 2019

पुनर्वासमा ५० दिने महाअनुष्ठान हुँदै, सुदुरपश्चिमकै गौरव बन्नसक्ने धाम निर्माण हुने !

५५ करोड भन्दा बढी लागतमा बन्नेछ पुनर्वासमा श्रीनिवास दिव्यधाम !


अखण्डरुपमा बलिरहेको मन्त्रद्वारा उत्पन्नभएको अग्निदेव 

हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन १५
        सुदुरपश्चिमकै गौरवस्वरुप निर्माण हुन लागेको पुनर्वासको श्रीनिवास दिव्यधाममा ५० दिने महाअनुष्ठान हुनेभएको छ । जुन अहिले तयारीको अन्तिम चरणमा पुगेको छ । सुदुरपश्चिमको उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा हेरिएको यस श्रीनिवास दिव्यधाम निर्माणका लागि ५५ करोड रुपैयाँ भन्दा धेरै लागत लाग्ने अनुमान गरिएको छ । निकै ठुलो योजनाकासाथ अघि बढेको समितिले सोही स्थानमा शिवरात्रिका दिनदेखि ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सञ्चालन गर्ने भएको छ ।

कञ्चनपुरको दक्षिणीभेग पुर्नवास नगरपालिका वडा नम्बर ८, क गाउँमा रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा भक्तिअनुष्ठान सञ्चालन हुनेभएको छ । कहिल्यै ननिभ्ने मन्त्रद्वारा उत्पन्न गरिएको अग्नि कुण्ड रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिर नेपालकै विशेष मन्दिर हो । नेपालमा कहिल्यै ननिभ्ने अखण्ड अग्नि मन्दिर जम्मा ४ वटा मात्र छन । जसमा यस मन्दिर समेत पर्दछ । स्वामी गोविन्दाचार्यले वैदिक मन्त्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गर्नुभएको श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्ट बताउनुहुन्छ ।

मन्दीरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा स्वामी गोविन्दाचार्यको अगुवाईमा फाल्गुन २० गतेका दिनदेखि बैशाख ७ गते सम्म महाअनुष्ठान सञ्चालन हुने स्वामी गोविन्दाचार्यले जानकारी दिनुभएको छ । महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण, पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष विश्वनाथ बिष्टले जानकारी दिनुभयो । श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान लाग्ने भएकोछ ।

 महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्यले जानकारी दिनुभयो । महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ ।

यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ । एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ ।

  स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताउनुभयो ।

श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टमहाअनुष्ठानको तयारी समेत तिव्र पारिएको जानकारी दिनुभयो । अहिले महाअनुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ । महाअनुष्ठान लाग्ने श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद् भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ ।

श्रीनिवास दिव्यधाम निर्माणार्थ सांसद विकासकोषबाट १० लाख सहयोग दिने प्रतिबद्धता प्राप्त भएको समितिले जनाएको छ । समितिले निकै ठुलो  लागतमा निर्माण गर्न खोजेको यस धामको निर्माणका लागि देश, धर्म र संस्कृतिको रक्षा गर्न चाहाने हरेक नेपाली तथा सहयोगीमनबाट सहयोग लिईने श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी श्री गोविन्दाचार्यले बताउनुभयो ।

महाअनुष्ठान सञ्चालनको मिति नजिकिएसंगै स्थानीय धार्मिक, समाजिक व्याक्तित्वहरुले साथ र सहयोग गरेका छनभने ईलाका प्रहरी कार्यालयले समेत काममा सहयोग गरेको छ ।




पुनर्वासमा ५० दिने महाअनुष्ठान हुँदै, सुदुरपश्चिमकै गौरव बन्नसक्ने धाम निर्माण हुने !



५५ करोड भन्दा बढी लागतमा बन्नेछ पुनर्वासमा श्रीनिवास दिव्यधाम !


अखण्डरुपमा बलिरहेको मन्त्रद्वारा उत्पन्नभएको अग्निदेव 

हेमन्त न्यौपाने
पुनर्वास, फाल्गुन १५
        सुदुरपश्चिमकै गौरवस्वरुप निर्माण हुन लागेको पुनर्वासको श्रीनिवास दिव्यधाममा ५० दिने महाअनुष्ठान हुनेभएको छ । जुन अहिले तयारीको अन्तिम चरणमा पुगेको छ । सुदुरपश्चिमको उत्कृष्ट धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा हेरिएको यस श्रीनिवास दिव्यधाम निर्माणका लागि ५५ करोड रुपैयाँ भन्दा धेरै लागत लाग्ने अनुमान गरिएको छ । निकै ठुलो योजनाकासाथ अघि बढेको समितिले सोही स्थानमा शिवरात्रिका दिनदेखि ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान सञ्चालन गर्ने भएको छ ।

कञ्चनपुरको दक्षिणीभेग पुर्नवास नगरपालिका वडा नम्बर ८, क गाउँमा रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा भक्तिअनुष्ठान सञ्चालन हुनेभएको छ ।

कहिल्यै ननिभ्ने मन्त्रद्वारा उत्पन्न गरिएको अग्नि कुण्ड रहेको अखण्ड बलबर्दन अग्निदेव मन्दिर नेपालकै विशेष मन्दिर हो । नेपालमा कहिल्यै ननिभ्ने अखण्ड अग्नि मन्दिर जम्मा ४ वटा मात्र छन । जसमा यस मन्दिर समेत पर्दछ । स्वामी गोविन्दाचार्यले वैदिक मन्त्रोच्चरण तथा साधना शक्तिद्धारा अखण्ड बलबर्धन अग्निदेव भगवान प्रतिष्ठापन गर्नुभएको 

श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्ट बताउनुहुन्छ ।

मन्दीरसंगै निर्माण हुन लागेको श्रीनिवास दिव्यधाममा स्वामी गोविन्दाचार्यको अगुवाईमा फाल्गुन २० गतेका दिनदेखि बैशाख ७ गते सम्म महाअनुष्ठान सञ्चालन हुने स्वामी गोविन्दाचार्यले जानकारी दिनुभएको छ । महाअनुष्ठान अवधीभर श्रीनिवास दिव्य धाम रहेको स्थानमा तीर्थस्थल निर्माण, मणिमय मण्डप, गरुडस्तम्भ लगायतका संरचना निर्माणका लागि ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, १०८ श्रीमद्भागवत महापुराण, पारायण लगायतका धार्मिक कार्यक्रम सञ्चालन गरिने समितिका अध्यक्ष विश्वनाथ बिष्टले जानकारी दिनुभयो । श्रीनिवास दिव्यधामका संकल्पकर्ता एवम संस्थापक स्वामी गोविन्दाचार्य दाहालको परिकल्पनामा दिव्यधामलाई तीर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले ५० दिने विराट देशव्यापी राष्ट्रशान्ति श्री भगवद्नाम सेवा भक्ति महाअनुष्ठान लाग्ने भएकोछ ।

 महाअनुष्ठान अवधीभर ८ करोड १२ लाख भगवद् आचार्य नामसेवा अर्पण, ५० दिन नै निरन्तर अर्चन, वन्दन, हवन, नाम संकीर्तन, १०८ श्रीमद्भगवान महापुराण पारायण, अन्तराष्ट्रिय विद्धत एवम सन्त सम्मेलन तथा सवा करोड दीप प्रज्जवलन लगायतका धार्मिक कार्यहरु हुने श्रीनिवास दिव्यधामका संकल्पकर्ता एव्म संस्थापक स्वामी गोविन्दाचार्यले जानकारी दिनुभयो । महाअनुष्ठानले धर्म संस्कृति संरक्षण, सम्बद्र्धन, राष्ट्रशान्ति, पावन दिव्यधाम विकास, पुण्यलाभ एवम पितृमोक्ष प्राप्त हुने विश्वास गरिएको छ ।

यस्तै सामाजिक एकता, धार्मिक पर्यटन प्रवद्र्धन तथा व्यापार व्यवसाय प्रवद्र्धनमा समेत भुमिका खेल्ने अपेक्षा आयोजकको छ । 

एक बिघा १६ कठ्ठा क्षेत्रफलमा रहेको दिव्यधाम भविष्यमा ४४ दशमलव ४ फिट अग्लो मणिमय मण्डप, ५० फिट अग्लो दिव्य श्री राजगोपुरम विमान, ५० फिट अग्लो श्री भगवद्रथ, १ हजार ८ सहस्रधारा, तीर्थकुण्ड, पुष्पवाटिका, धर्मशाला, पुस्तकालय, योगशाला गौशाला लगायतका संरचना निर्माण गर्ने योजना बनाईएको छ ।

  स्वामी गोविन्दाचार्य दाहालको परिकल्पना अनुसार भविष्यमा दिव्यधाम क्षेत्रमा बन्ने तीर्थस्थल,मणिमय मण्डप, राजगोपुरम विमान लगायतले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने श्रीनिवास दिव्यधाम सेवा समितिका महासचिव छविलाल खनियाले बताउनुभयो ।

श्रीनिवास दिव्यधाम सेवा समितिका अध्यक्ष विश्वनाथ विष्टमहाअनुष्ठानको तयारी समेत तिव्र पारिएको जानकारी दिनुभयो । अहिले महाअनुष्ठानका लागि आवश्यक पर्ने संरचना निर्माणको काम भइरहेको छ । महाअनुष्ठान लाग्ने श्रीनिवास दिव्यधाममै जन्मीएका स्वामी गोविन्दाचार्य दाहाल अध्ययरत तथा भगवद् भक्तिमा साधनरत रहेका बेला सो क्षेत्रमा भगवानको बास रहेको पत्ता लागेको विश्वास गरिएको छ ।
श्रीनिवास दिव्यधाम निर्माणार्थ सांसद विकासकोषबाट १० लाख सहयोग दिने प्रतिबद्धता प्राप्त भएको समितिले जनाएको छ । समितिले निकै ठुलो  लागतमा निर्माण गर्न खोजेको यस धामको निर्माणका लागि देश, धर्म र संस्कृतिको रक्षा गर्न चाहाने हरेक नेपाली तथा सहयोगीमनबाट सहयोग लिईने श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी श्री गोविन्दाचार्यले बताउनुभयो । महाअनुष्ठान सञ्चालनको मिति नजिकिएसंगै स्थानीय धार्मिक, समाजिक व्याक्तित्वहरुले साथ र सहयोग गरेका छनभने ईलाका प्रहरी कार्यालयले समेत काममा सहयोग गरेको छ ।

 हेर्नुस् भिडियोमा ...