Wednesday, August 12, 2020

घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु 

 कृष्ण बा बुढा श्रावण २७, डोटि / डोटीको आदर्श गाँउपालिकामा घर भत्किएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर गएराति भत्किँदा चार जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा विक, छोरा ९ वर्षीय पारस विक, ४ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी रहेकी छिन । अन्य पाँच जना घाइते भएका छन् । घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक घाइते भएका छन । घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएको छ ।  प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । उनीहरुको टाउको, हातखुट्टा तथा ढाडमा गम्भीर चोट छ । माटो ढुंगाले बनेको पुरानो घर निरन्तरको बर्षाका कारण भत्केको अनुमान गरिएको छ ।

No comments:

Post a Comment