Monday, August 10, 2020

गोंगबु हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । काठमाडौँको गोंगबुस्थित गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फाल्ने आरोपीलाई प्रहरीले पक्रेको छ ।

चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन । उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ । 
आइतबार विहान बोहराको शरीरको मुख्य भाग सुटकेशमा तथा टाउको र बुट्टा जेब्रा झोलामा फेला परेको थियो । हत्या गरिएका बोहरा नयाँ बजारस्थित एक गार्मेन्टमा काम गर्थे । 
टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको सो शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो । 
गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रा तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो । मुख्य बडीको करिब २ सय मिटर पर टाउको र गोडा फेला परेको थियो ।  

No comments:

Post a Comment