Sunday, August 9, 2020

भिआईपिमा कोरोना संक्रमन बढ्दो, सभासद ‘नमुना’ पनि कोरोना पोजेटिभ पुष्टि ।

 

कृष्ण बा बुढा

 श्रावण २४ बाँके \ पछिल्लो समय विभिन्न बिशिष्ट ब्यक्ति हरुमा पनि कोराना संक्रमन ह्वात्तै बढ्न थालेको छ। प्रदेश नम्बर पाँचका सभासद कृष्णा केसी नमुना लाई कोरना संक्रमण पुष्टि भएको छ | आज सभासद नमुनाले आफ्नो सामाजिक संजालमा उक्त कुरा लेख्नु भएको छ |

 साथै सभासद नमुनाले आफु संग नजिक आएका सबैलाई सेल्फा आइसुलेसन तथा पिसिआर चेक गराउन अनुरोध समेत गर्नु भएको छ | कोरोना भाइरस संक्रमको सुरुवात संगै बाँकेमा कोभिड रिलिफा फण्डको स्थापना गरेर निमुखा तथा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने समुदायको लागि सभासद नमुना अग्र भागमा उभिएर कोरोनाको कहरमा दैनिक जनताको सेवामा लाग्नु भएको थियो | 


 यसरी दिनप्रतिदिन सर्वसाधारण देखि बिशिष्ट ब्यक्तीहरुमा पनि संक्रमन बढन थालेपछि चारैतिरबाट चिन्ता व्यक्त गर्न थालिएको छ।

No comments:

Post a Comment