Wednesday, August 12, 2020

नेपालमा कोराना महामारी भयावह बन्ने संकेत:                     एकै दिन हाल सम्मकै सार्वाधिक ८ जनाको मृत्यु । 

 

साउन २८,२०७७/नेपालमा कोरोना महामारी भयावह बन्ने संकेत देखिएको छ । बुधबार मात्रै नेपालमा थप ८ जनाको कोरोनाका कारण मृत्यु र थप ४ सय ८४ जना नयाँ संक्रमित थपिए सँगै महामारी भयावह बन्नेतिर संकेत गरिएको आंकलन गरिएको छ।                                बुुधबार   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । त्यसरी नै पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै ८ जनाले ज्यान गुमाएका छन। यो सँगै मृत्युु हुनेको संख्या ९१ पुगेको छ। आज मृत्यु हुनेहरुमा ६ पुरुष र दुई महिला छन् । पुरुषहरु धादिङ, धनुषा, सप्तरी मोरङ, कपिलवस्तु र बाराका हुन् । महिलाहरु काठमाडौं र धनुषाका हुन् ।                                                       तर निको हुने दर भने निकै घटेको छ । पछिल्लो २४ घन्टामा ६४ जना मात्र कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । तर हालसम्म कोरोना जितेर फर्किनेको संख्या भने १६ हजार ७ सय २८ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, र आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको प्रवक्ता गौतमले जनाए । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

No comments:

Post a Comment