-यम प्रसाद आचार्य
धनगढी । सरकारले लकडाउन खोले पनी कोरोना जोखिम ह्वात्तै बढेका कारण कैलाली र कंचनपुरमा सवारी साधन संचालनमा जोर बिजोर प्रणाली सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय कंचनपुर र कैलालीले सूचना प्रकाशित गर्दै साउन २३ गते देखि ढुवानी र अत्यावश्यक सेवा बाहेक अन्य सबै सवारी साधनमा जोर बिजोर प्रणाली कडाईका साथ लागू गर्ने बताएको छ ।
पछिल्लो समय कोरोना महामारीले झन भयावहको स्थिति लिने जोखिमलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले रोकथाम तथा नियन्त्रणका लागि कडाई गर्न कदम चालेको हो । अब देखि मास्क नलगाएर हिड्ने तथा जनस्वास्थ्य मापदण्डको उलंघन गर्नेलाई तत्काल दण्ड गर्ने , होटेल तथा रेस्टुराँहरुमा गरिने भोजभतेर, पार्टी, सेमिनार तथा सबै किसमका भेलाहरुलाई पुर्णतः निषेध गर्ने, राती ९ बजे देखि बिहान ५ बजे सम्म अत्यावश्यक बाहेक सबै सवारी साधनलाई जिल्ला प्रवेश गर्न रोक लगाउने र भारत सँगका सिमानाकामा हुने अवैध आवाजजावतलाई कडाईका साथ निषेध गर्ने जिल्ला प्रशासन कार्यालय कंचनपुर र कैलालीले बताएको छ ।
पछिल्लो समय लकडाउन खुले सँगै मानिसहरुको जथाभावी भिडभाड बढेको र सावधानी नअपनाईएकाले देशभरी नै सक्रिय कोरोना पोजेटिभको संख्या बढ्न थालेका छन । सुदूरपश्चिम पनि पछिल्लो समय सक्रमितहरुको संख्यामा ह्वात्तै भढेको बढेको पाईएको छ। सनिवार मात्र सुदुरपश्चिम प्रदेशमा एघार जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सुदुरपश्चिममा कुल संक्रमितको संख्या ४९२० पुगेको छ ।
लकडाउन खुलेसँगै देश भरी नै संक्रमित दर बढेको विज्ञहरुले बताएका छन। सक्रमित दरमा वृद्धि हुनु र लक्षण सहितका सक्रमितहरु समुदाय स्तरमा भेटिनुले नेपालमा पनि कोरोना नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै सरकारलाई गम्भीर हुन विज्ञहरुले सुझाव दिएका थिए। त्यसलगत्तै संक्रमण भिआईपी, सुरक्षाकर्मी, स्वास्थकर्मीमा देखिए पछि गृह मन्त्रालय सबै जिल्ला प्रशासनलाई परिपत्र जारी गर्दै कडाई गर्न सुझाएको थियो। साथै सरकारले लकडाउन गर्न सक्ने , निषेध आज्ञा गर्नसक्ने अधिकार स्थानीय सरकारलाई नै प्रत्यायोजन गरेको थियो।
यो सँगै देशक एकचौथाई जिल्लाहरुमा अहिले निषेध आज्ञा जारी गरिएको छ भने संघीय राजधानी काठमाडौलाई पुर्णरुपमा सटडाउन गरिएको छ।
No comments:
Post a Comment