Saturday, October 31, 2020

बिर्सने बानी छ ? दिमाग तेजिलो बनाउने ६ खानेकुरा यस्ता छन


 के तपाईंलाई विर्सने समस्याले सताएको छ ? बढी भुल्ने र विर्सने समस्या छ । छ भने तपाईको खान्कीमा पौष्टिक तत्वको अभाव रहेको छ भन्ने बुझ्न सकिन्छ ।

मस्तिष्कको विकासको लागि केही खानेकुरा खान महत्व पूर्ण मान्छिन् । जसको नियमित प्रयोगले स्मरण शक्तिको विकास गर्न सकिन्छ ।
गोलभेँडा– गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।
ओखर -जो मानिस दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।
स्ट्रबरी -यसमा प्रसस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।
दही-दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पूराउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।
जाइफल -जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मष्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन मद्दत पूराउँछ ।
तुलसी-मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनको २/३ तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

कक्षा १२ को परीक्षाः सजिलोका लागी विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर


काठमाडौ । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ ।
सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो ।
कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
एक बेञ्च, एक विद्यार्थी
राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतम विद्यार्थीका बीचमा भौतिक दूरी कायम गराउन एक जना परीक्षार्थीलाई एउटा बेञ्चमा राख्ने गरी परीक्षा लिइने जानकारी दिए ।
यस्तो छ बोर्डको तयारी
राष्ट्रिय परीक्षा बोर्र्डले कक्षा १२ को परीक्षालाई विगतको भन्दा भिन्न तरिकाले सञ्चालन गर्न खोजेको छ । यस पटक विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर दिइएको छ ।
यसबाट विद्यार्थीलाई डेरा लिएर बस्नु नपर्ने, धेरै टाढा जानु नपर्ने र परीक्षार्थीका बीचमा धेरै जमघटसमेत हुनु नपर्ने भएकोले परीक्षालाई स्वास्थ्यको हिसाबले पनि सुरक्षित बनाउन सकिने जनाइएको छ ।
४० नम्बरको लिखित परीक्षाका लागि यस पटक विद्यार्थीहरू बढीमा डेढ घण्टा मात्रै परीक्षा हलमा रहनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ । 
 

आजको राशिफल/आज १५ कार्तिक २०७७ शनिबार

आजको राशिफल/आज १५ कार्तिक २०७७ शनिबार यस्तो छ तपाईको राशिफल

मेष
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।
मिथुन
दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।


सिंह
आज शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सामाजिक कार्यमा मन जानेछ ।
तुला
आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नसक्छ ।
धनु
आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।
कुम्भ
लाभ, हानी,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
बृष
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।
कर्कट
आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।
कन्या
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।
बृश्चिक
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।
मकर
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।
मीन
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।
–ज्यो.प. नारायणप्रसाद दुलाल
 

Friday, October 30, 2020

आजको राशिफल/आज २०७७ साल कार्तिक महिनाको १४ गते शुक्रबार

आजको राशिफल/आज २०७७ साल कार्तिक महिनाको १४ गते शुक्रबार 
आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक १४ गते शुक्रबार इश्वी सन २०२० अक्टोबर ३० तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष चतुर्दशी तिथी रेवती नक्षत्र वज्र योग वणिज करण चन्द्रं मिन राशिमा १५:४७ बजे सम्म पश्चात मेष राशिमा आनन्दादि योगमा श्रीवत्स योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु कोजाग्रत व्रत अखिलबलिपूर्ति सिंघया)(ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

Thursday, October 29, 2020

बढैयाताल गाउँपालिका उपप्रमुख गौतमलाई कोरोना संक्रमण पुष्टि ! 

 


असोज १२ बर्दिया /बर्दियाको बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दिपा गौतमलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।                                                           उनी सुरुवाती चरणदेखि नै कोरोना रोकथाम तथा नियन्त्रणमा खटिदैं आएकी थिइन् । उप–प्रमुख गौतम अहिले होम आइसोलेसनमा बसिरहेको छिन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै कोरोनालाई जितेर चाँडै नै नियमित काम फर्किने जानकारी दिइन् ।

Wednesday, October 28, 2020

ओखर खानुका फाइदै फाइदा तिहारमा दिदीबहिनीहरुले

दाजुभाईलाई भाइटीकामा ओखरसँग बाधाहरु फोड्ने चलन छ । जसकारण प्रत्येक वर्ष तिहारमा ओखरको ब्यापार चुलिन्छ ।
रमाइलो कुरा त के छ भने हामीले आफ्ना दाजुभाईको बाधा फोड्ने ओखर विदेशबाट किनेर ल्याउँछौं । भारत, चीन, फ्रान्सलगायतका देशबाट नेपालले ओखर आयात गर्दै आएको छ ।
ओखर यस्तो फल हो, जो बहुउपयोगी छ । दैनिक जिबनमा ओखरको प्रयोग गर्ने हो भने हामीलाई फाइदै फाइदा हुन्छ ।
१, ओखरको नियमित सेवनले पुरुषको शुक्रकिटलाई स्वस्थ बनाउँछ । बेलायतको शेफिल्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ओखर सेवन गर्ने पुरुषको अण्डकोषमा बढि शुक्रकिट उत्पादन हुनुका साथै त्यस्ता शुक्रकिट स्वस्थ हुन्छन् । दिनमा २ मुठीजति ओखर खानु नै काफी छ ।
अध्ययनमा १२ हप्तासम्म भोजनमा नियमित रुपमा ओखर सेवन गरेका पुरुषहरुमा शुक्रकिटको आकारप्रकार, गति तथा स्वास्थ्यमा निकै धेरै सुधार आएको भेटिएको थियो ।
२, एक दिनमा ३-४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
३, ओखरको नियमित सेवनले सुगरका बिरामीहरुका लागि औषधिको रुपमा पनि काम गर्छ ।
४, ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनक्रियालाई बलियो बनाउँछ । ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।
५, ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छालाको चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।
६, ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।
७, ओखरमा भिटामिन इ हुन्छ जसले त्वचा सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ ।

कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु


कञ्चनपुर, १२ कार्तिक
कञ्चनपुरमा २ वटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा स्थित जंगलमा महेन्द्रनगरदेखि धनगढी आउँदै गरेको लु ६० प ७१४० र विपरीत दिशाबाट गइरहेको म १ प ९६२१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा परी म १ प ९६२१ नम्बरका मोटरसाइकल चालक भीमदत्त नगरपालिका ६ ऐठपुर बस्नेत ४२ वर्षीय विष्णु ज्ञवालीको मृत्यु भएको  बताए ।
गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि महाकाली अस्पताल पुगाएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
यस्तै अर्का मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० का ३४ वर्षीय युवराज जोशी घाइते भएका छन् ।
स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि महाकाली अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक १२ गते । बुधबार ।

आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक १२ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,१८ घडी ४७ पला,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–पूर्वाभाद्रपदा,१२ घडी १७ पला,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– व्याघात,५५ घडी ०२ पला,रातको ०४ बजेर १३ मिनेट उप्रान्त हर्षण । करण–बालव,दिउसो ०१ बजेर ४३ मिनेट उप्रान्त कौलव,रातको ०२ बजेर ३२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २१ मिनेट । दिनमान २७ घडी ५१ पला । पञ्चक। प्रदोष व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय मध्ययम रहेकोले पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिने छैन । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । माया प्रेममा धोका तथा बिस्वासघात हुनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । तापनि विदेशी सामानको व्यापार व्यावासय फस्टाएर जानेछ । लामो दुरिको यात्रा हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सिमित स्रोत तथा साधनबाट असिमित आवस्यकता पुरा गर्नु पर्दा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो पर्नेछ । नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अविश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाइ लेखाइमा पछि परिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
राज्यभावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ । नयाँ काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । आमा बुवाको सहयोगबाट राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । अध्ययनमा मन लाग्ने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ भने पढाइ कै शवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
ऋण,रोग तथा संकटको सामना गर्नुपर्ने तथा तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । तपाईका सुचनाहरु बहिरिने हुँदा मान सम्मानमा कमिको महशुष हुनेछ । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आफन्त तथा दिदि बहिनी सँग मनमुटाब बढ्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार भावमा गोचर गर्ने चन्द्रमाले फेन्सि तथा बिलाशि वस्तुको व्यापारबाट मनग्गे आम्दानि हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथि संगि तथा ईष्टमित्रबाट उपाहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बीच बिस्वासको बाताबरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरुलाई पछि पार्दै नतिजा आफुतिर ल्याउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
चुनौतिका पहाड चिर्ने आट पलाउँनेछ भने तपाईका बारेमा झुटा कुरा गर्नेहरुलाई तह लगाउन सकिनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुँनेछ । माया प्रेममा आफ्नो प्रियपात्रलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन खुसि हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिश्थितीको तालमेल मिल्दा चाहेको उपलब्धी हासिल गर्न सकिनेछ । गरेको कामबाट भनेजस्तो आम्दानि हुदा व्यापारमा थप लगानि बढाउन सकिनेछ । आफन्त तथा सन्तानको सहयोगले दैनिकी सहजीकरण तर्फ धकेलिनेछ । पढाइ लेखाइ राम्रो हुने तथा पढाइकै शिलशिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कामगर्दा सचेतना अपनाउनु होला, खुट्टा तान्ने तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । सामाजिक कामको जिम्मेवारी बढेतापनि उपलब्धी हासिल हुने छैन । घरजग्गा तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घटना नहोला भन्न सकिन्न । आर्थिक अपारदर्शिताकै कारण अरुले औला उठाउन सक्छन् । प्रणय सम्बन्धमा केहि मनमुटाव बढ्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,ग
भौतिक साधन स्रोतको प्रयाग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । न्यालयसँग सम्बन्धीत मुद्दाहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । दाजुभाई तथा छिमेकीको सहयोग पाईनाले नया काम गर्न सकिनेछ । साहित्यको क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समयले साथ लिनेछ । खेलाडी तथा राजनीतिज्ञको लागि राम्रो काम गरि नाम राख्ने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउन सक्नेछन् । यात्राको गतिलो योग रहेकोछ भने न्यायिक निर्णय तपाईकै पक्षमा हुनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पुराना कमिकमजोरि सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारि माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाईलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेकोछ ।

Tuesday, October 27, 2020

आजको राशिफल/ आज २०७७ कार्तिक ११ गते मंगलबार तदनुसार अक्टोबर २७,२०२०।

 आजको राशिफल/ आज २०७७ कार्तिक ११ गते मंगलबार तदनुसार अक्टोबर २७,२०२०। 
आजको राशिफल/ आज २०७७ कार्तिक ११ गते मंगलबार तदनुसार अक्टोबर २७,२०२०। हेर्नुस् आजको राशिफल ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तसंग भेटघाट हुनेछ । छोटो दूरिको लाभदायक यात्रा हुनेछ । वाहनसुखपनि मिल्नेछ, तर खानपिनमा भने सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभ कार्यको चर्चा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । परिवारमा सुख सन्तोष छाउनेछ । आफ्नो कार्यमा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज बिश्वास गरेकाले साथ दिनेछन् । मनोरञ्जनमा सहभागीता भइएला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म कर्ममा रुचिपनि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझमा पैशा खर्च हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीको सहयोग प्राप्त हुनेछ । मान सम्मान पइनाले मन प्रशन्न रहला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहकर्मीबाट विरोध आउला । घर व्यवहारको समस्याले सताउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) गलत निर्णय लिनपुगिएला । नाक तथा घाँटीमा समस्या आउला । पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

Sunday, October 25, 2020

पुनर्वासमा दशैको मुखैमा दु:खद घटना: आफ्नै छोराले गरे आमाको विभत्स हत्या! 

 


-यम प्रसाद आचार्य                          कार्तिक ९, पुनर्वास 
कञ्चनपुरको पुनर्वासमा दशैको मुखैमा छोराले आफ्नै आमाको बीभत्स हत्या गरेका छन् । पुनर्वास नगरपालिकाको वडा नम्बर ३ का ३० बर्षिय पप्पु बादिले आफ्नै आमा ५७ बर्षिय पार्वती बादिको बन्चरोले हानेर हत्या गरेका हुन ।                                                                                   शनिबार बेलुकी घरको सामान्य विवादका क्रममा पुनर्वास- ३ सुकुम्बासी टोलका पप्पु बादिले धारिलो बन्चरोले हानेर आमालाई गम्भीर घाइते बनाएकोमा स्थानीय अस्पतालमा सम्भव नभए पछि सेती अस्पताल पुर्याउदा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज प्रहरी निरीक्षक कैलाश विष्टले बताए । बिष्टले छोरा पप्पु बादीलाई पक्रेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएका छन ।                                                          दसैँको मुखैमा भएको यस्तो बीभत्स घटनाले सुकुम्बासीटोल पुरै त्रसित र शोकमग्न बनेको छ ।



Saturday, October 24, 2020

आजको राशिफल/आज मिति २०७७ साल कार्तिक ८ गते शनिबार

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अफ्नै आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नीबीच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । मध्यान्हबाट समय मध्यमय रहेकोले राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्यमय रहेकोले व्यवसायमा नाफा कमाउन अरू दिन भन्दा बढी समय खर्चनु पर्नेछ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको मसय राम्रो रहेकोले व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ । मध्यान्हबाट समय मध्यमय रहेकोले माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । पढाई लेखाइमा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुनेछ । अरूलाई दिएको बचन पुरा गर्न नसक्दा व्यर्थै दुख पाइनेछ । नयाँ काम गर्नको लागि केही समय पर्खनु नै राम्रो रहेको छ । धन तथा सम्पत्ति अरूले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । नयाँ ज्ञान तथा प्रवृधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चडाब आउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय पढाई लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकाङ्क्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडि बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । तापनि लामो दुरीको यात्राको प्रबल सम्भावना रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफै किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) बिहानको समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानात्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा चेली माइती बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले । पढाई लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नै बलबुताले व्यापार व्यवसायमा लागनि गरिन मनग्गे धन सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । विगतका कमजोरीहरूलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाइमा भनेजस्तो सफलता हात पार्न सकिने हुँदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी बस्तुको उपयोग मार्फत अरूको मन आफूनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। बिहानको समय मध्यमय रहेकोले पढाइमा पछि परिनेछ । उपहार प्राप्तिको योग भए पनि टरेर जानेछ ।

Friday, October 23, 2020

वडा दशैको अवसरमा लालझाडी सामुदायिक स:मिल तथा फर्निचर उद्योगद्वारा शुभकामना आदानप्रदान आयोजना


-यमप्रसाद आचार्य 
कञ्चनपुर, ७ कार्तिक ।
हिन्दुहरुको महान पर्व वडादशैको अवसर पारेर लालझाडी गाउँपालिकास्थित लालझाडी सामुदायिक स:मिल तथा फर्निचर उद्योगले विहिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । उद्योगको प्राङ्गणमा सम्पन्न भएको उक्त शुभकामना आदानप्रदान कार्यक्रमको सभापतित्व मिलका अध्यक्ष अमरसिंह रानाले गर्नुभएको थियोे । प्रमुख अतिथिको आसनमा लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक हुनुहुन्थ्यो । त्यसैगरी विशिष्ट अतिथिको रुपमा nnswa का प्रतिनिधि रोशन चौधरी, वनरक्षक राजेश चौधरी र शंकरपुर ईप्रका प्रमुख तिलक बहादुर सिंह हुनुहुन्थ्यो ।
अतिथिका रुपमा विभिन्न सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियोे । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले स:मिलको सञ्चालन कानून सम्मत र मर्यादित बनाउनु पर्ने कुरामा जोड दिनुहुँदै  मिल सञ्चालनमा समस्या देखिए पालिकाको तर्फबाट यथासक्य सहयोग गर्ने बताउनुभयो । त्यस अवसरमा सामुदायिक वनहरुले समयमै साधारण सभा गर्न समेत अध्यक्ष बडायकले जोड दिनुभयो ।
मिलका अध्यक्ष अमरसिंह रानाले उपस्थित सबैलाई धन्यवाद दिदै वडादशैंको शुभकामना प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य स:मिलका सदस्य द्रोपती बोहराले राख्नुभएको थियोे । कार्यक्रमलाई सचीव तेजराज तिरुवाले सञ्चालन गर्नुभएको थियो ।

नवरात्रको सातौंदिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

 

काठमाडौं : नवरात्रको सातौंदिन शुक्रबार दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौंकालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौंदिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो।

दोस्रो दिन आइतबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो। छैटौँ दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।
सातौंदिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैं पर्व मनाउँछन्।
प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।
दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौंदिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन्। भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ। जहाँ भक्तजन पुग्ने गरेका छन्।
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दसैं, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन्। दसैंको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ। नवरात्रको सातौंदिन आज पूजा कोठा वा दसैं घरमा फूलपाती पनि भित्र्याइँदै छ। फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ। रासस

आजको राशिफल/आज श्री शाके १९४२ वि.स.२०७७ साल कार्तिक ७ गते शुक्रबार

आजको राशिफल/आज श्री शाके १९४२ वि.स.२०७७ साल कार्तिक ७ गते शुक्रबार इश्वी सन २०२० अक्टोबर २३ तारीख शुद्ध आश्विन शुक्लपक्ष दुर्गा पक्ष सप्तमी तिथी पूर्वाषाढा नक्षत्र पश्चात उत्तराषाढा नक्षत्र सुकर्मा योग भद्रा करण चन्द्रं धनु राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु शारदीय नवरात्र सप्तमी फूलपाती नवपत्रिका प्रवेश (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भावना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

 

Thursday, October 22, 2020

बेलौरीको शोभाताललाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

 
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।
नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको कार्य पूरा भएको छ । “सङ्घीय सरकारको सहयोगमा डिपिआर तयार गरेका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “पर्यटकीय क्षेत्रको सौन्दर्यकरणसँगै भौतिक पूर्वाधार विकासका लागि कार्य अगाडि बढाइएको छ ।” पुरिँदै गएको ताल क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने, ताल क्षेत्रमा रहेका पोखरीको सुदृढीकरण गर्ने, ताल क्षेत्र नजिकै बसोबास गर्ने मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि माछापालनको कार्यलाई समेत अगाडि बढाइने उनले बताए ।
ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका  लागि ठेक्का प्रक्रियामार्फत योजना अगाडि बढाइएको छ । “ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु ५० लाख र सङ्घीय सरकारको रु एक करोड बढी बजेट परिचालन गरिने छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरील भने, “नगरकै गौरवको योजनाअन्तर्गत शोभाताल क्षेत्रलाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउँछौँ ।”
उनका अनुसार पर्यटकका लागि ताल क्षेत्रसँगै नजिकको वन क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि भ्यूटावर निर्माण गर्ने, तालमा पर्यटकलाई लक्षित गरी नौका विहारसँगै मोटरबोट सञ्चालन गर्ने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि पहिलो चरणमा पाँचवटा होमस्टे (घरवास) सञ्चालन गर्ने योजनासमेत नगरपालिकाको छ ।
स्थानीय थारू समुदायको संस्कृतिसँगै मौलिक परिकार घरवासमा बस्न आउने पर्यटकलाई उपलब्ध गराइने छ । “घरवास सञ्चालन भएपछि ताल क्षेत्र नजिकै बस्ने मुक्तकमैया परिवारको जीविकोपार्जनमा समेत सघाउ पुग्ने विश्वास लिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “जसबाट नगरपालिकाको आयमा समेत वृद्धि हुनेछ ।” ताल क्षेत्रमा एकनासको पानीको व्यवस्था गर्न बोरिङ जडान गर्ने र पर्यटकलाई पौडीको मज्जा लिनका लागि स्वीमिङ पोखरीसमेत निर्माण गरिने छ ।
प्राकृतिक ताललाई विभाजित गरी विगतमा माछापालनका लागि प्रयोग हुँदै आएको थियो । ताललाई खण्डखण्डमा विभाजित गर्दा संरक्षणको अभावमा अधिकांश हिस्सामा माटोलगायतको पदार्थ भरिएर ताल पानीविहीन अवस्थमा रहेको छ । तालको केही ठाउँमा स्थानीय बासिन्दाले कब्जा गरी खेतीसमेत गर्दै आएका छन् । 
ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।

रासस

आजको राशिफल/आजबि.सं.२०७७ साल कार्तिक ६ गते बिहिबार

आजको राशिफल/आज
बि.सं.२०७७ साल कार्तिक ६ गते बिहिबार ई. सं. २०२० अक्टुवर २२, नेपाल सम्बत ११४० कौलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, असोज शुक्ल षष्ठी, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, सुकर्मा योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः०८ बजे, सूर्यास्त साँझ ५ः२९ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन। कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ६ बजेर ८ मिनेट देखि ७ बजेर ३३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
ADVERTISEMENT
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खल्ला रहने छन। मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहने छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन ।

Wednesday, October 21, 2020

२३ किलो चरेससहित सशस्त्रद्वारा महिला पक्राउ ! 

 


असोज ५ बर्दिया /सीमा सुरक्षाका लागि खटियकाे सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो लागु’पदा’र्थ सहित आज बुधबार एक महिलालाई पक्राउ गरेको छ ।                                                                                                      पक्राउ पर्नेमा रूकुम खलंगा बस्ने निर्मला बाठा मगर रहेको छन भने १ महिला सहित २ पुरूष फरार रहेकेा सशस्त्र प्रहरि सिमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरीउपरीक्षक नरबहादुर रावतले जानकारी दिए । बर्दियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतको सीमा सुरक्षा चेकपोष्ट कट्टीको टोलीले २३ किलो ५ सय ग्राम चरे’स पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक रावतले बताए।                                                     सहायक प्रहरि निरिक्षक टीकाराम मैनालीको कमाण्डमा खटिएको टोलिले नेपाल भारत सिमानामा पर्ने गुलरिया नगरपालिका वडा नं १ बाट लागु’पदा’र्थ सहित पक्राउ गरेको रावतले जानकारी दिए। स्थानिय बुद्धि दमाईको घरमा चरे’स लुकाएको जानकारीका आधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगर बाट ५.५ किलो अफि’म र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफि’म र ५ किलो चरे’श बरा’मद भएको हो ।                                                                           बरा’मद गरिएको लागू’औष’ध को बजार मूल्य १ करोड ४९ लाख बढी रहेको शसस्त्र प्रहरीले जनाएको छ। निर्मलाको साथबाट शसस्त्र प्रहरीले गुलरिया १ सानोश्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि कको र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको शसस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत ले जानकारी दिए ।

बेलौरी वडानम्बर ७ को नवनिर्मित भवनको उदघाटन, सबै वडामा भवन बन्नेक्रम जारी ! 


 यम प्रसाद आचार्य बेलौरी/ कञ्चनपुर, कार्तिक ०५ कंचनपुरको बेलौरी नगरपालिका वडानम्बर ७ को नवनिर्मित सुविधा सम्पन्न भवनको बुधबार उदघाटन भएको छ । त्यसैगरी अन्य वडामा पनि तीब्र रुपमा भवन बन्ने क्रम जारी छ।                         बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख चौधरीले नवनिर्मित भवनको उदघाटन गर्नुभएको हो । कार्यक्रममा उपमेयर चित्र कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेम प्रसाद चौधरी, कर्मचारी, जनप्रतिनिधी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।         

              भवन उदघाटन गर्दै नगर प्रमुख चौधरीले चुनावी प्रतिज्ञा सँगै अब सिहदरवार गाउँ-गाउँमा पुगेको बताउनु भयो। उहाँले भवन निर्माण सँगै वडाले अब सहज र छिटो छरितो तरिकाले सेवा पुर्याउन टेवा पग्ने विश्वास व्यक्त गर्नु भएको छ। उहाले भवन अभावका कारण छिटोछरितो सेवा पुरयाउन गाह्रो भएको स्मरण गर्दै अब त्यो समस्या टरेको जिकिर गर्नु भयो। उहाँले नगरका सबै वडामा भवन निर्माण कार्य भैरहेको बताउदै अब नगरपालिका पुर्वाधारयुक्त दिशामा उन्मुख भएको पनि जिकिर गर्नुभयो।                                                                    त्यसरी नै नगर प्रवक्ता बिनोद नेपालीले यसै आर्थिक बर्षमा सबैवडा पुर्वाधारयुक्त हुने बताउनु भएको छ। उहाँले वडा नम्बर ४ र ५ ले साविक को श्रीपुर गा.वि.स भवन, ८ ले साबिक रामपुर बिलासपुरको गा.बि.स भवन र २ ले साबिक लक्ष्मिपुर गा.बि. स भवन प्रयोग गर्ने र वडा नम्बर १,३ र ५ को दशै लगत्तै भवन निर्माण सुरु हुने र अन्य वडामा निर्माण कार्य भैरह्र्काले छिट्टै सबै वडाको आफ्नै भवन बन्ने बिश्वास व्यक्त गर्नुभयो ।         भवन उदघाटन पछी खुशी साट्दै वडा अध्यक्ष प्रकाश श्रेष्ठले वडाका काम गर्न सजिलो हुने र सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ।       

                                   एक करोड १५ लाख लागत स्टमेट भएपनि ६४ लाखमा सम्झौता गरेको लटैनाथ निर्माण सेवाले सम्झौता अबधि भन्दा अगाबै भवन हस्तान्तरण गरेको हो। यसरी निर्माण व्यवसायी कालुसिह विष्टले समय अगावै काम गरेको भन्दै उनलाई सम्मान सहित पुरस्कार दिईएको थियो ।

आजको राशिफल/आज २०७७ कार्तिक ५ गतेको राशिफल



आज २०७७ कार्तिक ५ गतेको राशिफल यी राशिफल आज यस्ताे रहेकाे छ !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आस्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहनेछैन । मनोवल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा लगानी वढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मीत वस्तुहरु प्राप्तीको गतिलो योग रहेकोछ । लामो समयदेखी भेट नभएका मित्र हरुसँग भेट हुनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने रमाईलो यात्राको तय हुनेछ । बिद्यार्थीहरुले अध्ययनमा सफलता पाउनेछन् भने गुरुहरुको राम्रो सहयोग पाइने हुदा गन्तव्य पहिल्याउन सहज हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । बिद्यार्थी हरुले पढाइ लेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ । सत्रु परास्त हुने तथा कुनै पनि न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा फैसला हुने हुदा मान सम्मानमा बृद्धि भएर जानेछ । सुख दुखमा साथ दिनेहरु भेटिने हुँदा मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बौद्धिकताको लडाईमा तपार्ईँकै नाम उच्च स्थानमा आउने हुनाले मन प्रशन्न हुनेछ । शेयर बजारमा गरीएको लगानीबाट भनेजस्तो प्रतिफल प्राप्त हुनाले दैनिकी सहज हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पती लाभ हुनेछ भने उपाहार पाइने तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ । मनग्गे धन आर्जन गर्न सकिने हुनाले ईच्छित कामनाहरु पुरा हुनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आमा तथा आमा सरहका मानिससँग विवाद बढ्ने योग रहेको छ । सामान्य छाती सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिस्पर्धी हरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषी तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाई सँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने बिशिष्ट व्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगती भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको गतिलो  उपस्तिथि हुुुने

 छ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ ।
  

Tuesday, October 20, 2020

पुनर्वास नगरपालिका सबै वडाको आफ्नै भवन बन्दै, २ नम्बर वडा कार्यालय भवनको आज शिलान्यास !


 यम प्रसाद आचार्य                                                      कार्तिक ४, पुनर्वास /  कंचनपुरको पुनर्वास नगरपालिकाका सबै वडाको वडा कार्यालय भवन बन्ने भएको छ। यसै क्रममा आज २ नम्बर वडा कार्यलयको भवनको पनि एक कार्यक्रम बिच शिलान्यास गरिएको छ।                                                       नगर प्रमुख जीवन राज थापा र २ नम्बर वडाका वडा अध्यक्ष सन्त कुमार चौधरीले सयुक्त रुपमा आज वडा कार्यालय भवनको शिलान्यास गर्नु भएको हो । २०७७ श्रावण १४ गते ठेक्का सम्झौता भएको यो भवन २०७८ अषाढ १५ गते सम्पन्न गर्ने गरि धनगढीको कविता निर्माण सेवाले नगरपालिकाको लागत स्टिमेट १ करोड ३२ लाख ६ हजार अन्ठाउन्न रुपैँया रहेकोमा ८४ लाख ४९ ह्जार ६ सय पचपन्न रुपैँया बिलोमा वडा भवन निर्माणको ठेक्का पाएको हो ।       

भवन शिलान्यास पछी खुशी साट्दै वडा अध्यक्ष चौधरीले भवन बनिसके पछि वडाका काम गर्न सजिलो हुने र सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ। साथै वडाध्यक्ष चौधरीले वडाको प्रत्यक्ष निगरानीमा मापदण्ड अनुसारको भवन निर्माण गराउने पनि जानकारी दिनुभयो ।         

            त्यसरी नै नगर प्रमुख थापाले नगरपालिकाका सबै वडाको भवन यहि आर्थिक बर्षमा बन्ने बताउनु भएको छ। उँहाले छिटो छरितो र सुबिधाजनक तरिकाले सेवा दिन कार्यालय अनिवार्य भएको बताउदै सबै वडाको भवन निर्माण भए पछि जनतालाई धेरै सुबिधा हुने बताउनु भएको छ। कतिपय वडामा भवन अभावका कारण २ वडाको सयुक्त रुपमा कार्य गरिरहेको स्मरण गर्दै अब भने सबै वडाको आफ्नै भवन बन्ने भएकाले सेवाग्राहीलाई पनि सुबिधा हुने बिश्वास ब्यक्त गर्नु भएको छ। उँहाले जहाँ- जहाँ पहिले नै भवन छन त्यो बाहेक सबै वडामा भवन बन्न लागेको पनि स्पष्ट पार्नु भएको छ।                              यसै सन्दर्भमा जानकारी दिदै नगरपालिकाका प्राबिधिक ओमनाथ ढकालले वडा नम्बर २, ४, ९ र १० को वडा भवन शिलान्यास भएर पनि तीब्र गतिना बनिरहेको जानकारी दिए । उनले वडा नम्बर ३, ५, ७, र ११ को वडा कार्यालय भवनको ठेक्का सम्झौता भैसकेकाले छिट्टै शिलान्यास भएर काम थालिने बताए । वडा नम्बर १ को साबिक कालिका गा.बि.स भवन, ६ को लागि त्रिभुवनबस्ती गा.बि.स भवन र ८ को लागि साबिक परासन गा.बि.स भवन प्रयोग गर्ने भएकाले त्यहाँ नयाँ भवन नबन्ने पनि बताउनु भएको ।                                              यो सँगै पुनर्वासका सबै वडाको आफने सुविधाजनक भवन बन्ने भएको छ । भवन निर्माण सँगै सेवाग्राहीलाई टेवा पुग्ने बिश्वास गरिएको छ।

आजको राशिफल/ आज मिति २०७७ साल कार्तिक ४ गते मंगलबार

आजको राशिफल/ आज मिति २०७७ साल कार्तिक ४ गते मंगलबार । तदनुसार अक्टोबर २० तारीख । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। समयमा सहयोग नजुट्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। अप्ठ्यारो पर्दा मान्यजन र अग्रजहरूले साथ दिनेछन्। प्रतिकूल समयमा पनि सद्–व्यवहारले नतिजा अनुकूल हुन सक्छ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
अधैर्य व्यवहारले समस्या निम्त्याउला। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मेहनत गर्दा काम बनाउन सकिनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरानो समस्या दोहोरिएला। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। पछि आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलजफ्तीले हानि पुर्याउनेछ भने फाइदाका पछि लाग्दा शुभचिन्तक र नजिकका साथीभाइ टाढिन सक्छन्।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे धनलाभ हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। स्वास्थ्य कमजोर रहे पनि कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्च गर्नुपर्ला। अप्ठ्यारो समयमा पनि अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। सामान्य अर्थ लाभ हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेतीहरूका लागि दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको काम बन्नेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ


Monday, October 19, 2020

असई गोविन्द बिकको अन्त्येष्टि यसरी गरीयो (फोटो फिचर सहित)


कञ्चनपुर, ३ कार्तिक ।
ड्युटीको क्रममा ज्यान गुमाएका असई गोविन्द बिकको  अन्त्येष्टि सोमबार गरिएको छ । पुनर्वासको दोदा नदीमा आज शोक सलामी सहित उच्च सम्मानका साथ मृतक बिकको अन्त्येष्टि गरिएको हो । कैलालीको जुगेडामा रहेको अस्थायी प्रहरी विटका इन्चार्ज रहेका  प्रहरी सहायक निरिक्षक असई गोबिन्द बिक गत कार्तिक २ गते नेपाल–भारत सीमा स्थित मोहना नदीमा  मृत अवस्थामा भेटिएका थिए ।
मृतक  बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसैगरी सभासद तारालामा तामाङ सहित दलित अगुवाहरु अन्त्येष्टिमा सामेल भएका थिए ।
पुनर्वास ९ का वासिन्दा बिकको मृत्युले अहिले पुनर्वास शोकमा डुबेको छ । उनको श्रीमती र दुई छोरी (७ बर्ष र ३ बर्ष) छ्न ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घाँटीमा धारिलो हतियार प्रहार गरेर बिकको हत्या भएको जनाएको छ । उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामसिंह साउदको अवस्था भने हालसम्म थाहा हुन सकेको छैन ।

कंचनपुरमा यसरी मनाईयो बहाई धर्मका संस्थापक बाब र बहाउल्लाहको जन्मोत्सव !  


डम्बर बि.क,                                                          कार्तिक २, कंचनपुर/  बहाई धर्मावलम्बीहरुले बहाई धर्मका संस्थापक बाबको २०१ औ र बहाउल्लाहको २०३ औ जन्मोत्सव कंचनपुरमा विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाएका छन।                                                               कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा मोतिबस्ती अमरैया स्थानीय आध्यात्मिक सभाको आयोजना बिबिध कार्यक्रमसहित भव्यताका साथ जन्मोत्सव मनाएको छ।                                                                                              कार्यक्रममा सभाका सभापती हेमन्त प्रकाश बुढाले सबैलाई स्वागत गर्नुभएको थियो भने सहायक मण्डल सदस्य यम प्रसाद आचार्यले बाबको जीवनी बताउदै बाब नै त्यो ब्यक्ति हुनुहुन्थ्यो जसको भबिस्यबाणी सबै धर्मग्रन्थमा गरिएको थियो भनेर जानकारी गराउनु भएको थियो। साथै उहाँले बाब धर्मको नयाँ चक्रको द्दार हुनुहुन्थ्यो र उहाँले यस युगको नयाँ अवतार बहाउल्लाहको आगमनको लागि सम्पुर्ण मानवजातिलाई अग्रदुतको रुपमा तयार गर्नुभएको थियो । उहाँले २० अक्टोबर १८४४ मा आफुलाई यस युगको अवतारको रुपमा घोषण गर्नु भएको थियो । बाबको शिक्षाको प्रभावले कम्पित इरानका सबै सम्राट र पादरीहरुले उहाँको शिक्षालाई दबाउन बिशौ हजार बाबीहरुलाई निर्ममता पुर्बक मार्नुका साथै बाब स्वयम् लाई ७५० जनाको सैनिकको टुकडीले एकैपटक मृत्युदन्ड दिईएको थियो। र बाबले भभिष्यवणी गरेअनुसार बहाउल्लाहले २१ अप्रिल सन १८६३मा आफुलाई यस युगको प्रतिज्ञप्त अवतारको रुपमा घोषणा गर्नुभएको थियो । तर जसरी पुर्व ईश्वरका अवतारहरुले मानजातीको लागि दुख कष्ट उठाए त्यसरि नै बहाउल्लाहले आफ्नो जिवनभरि दुख र कष्ट उठाउनु भएको थियो। उँहाको आगमनले र उहाँको शिक्षाको बेजोड प्रभावले त्रसित अटोमन सम्राटहरुले बहाउल्लाह को सबै जायजेथा जफत गर्नुको साथै उँहा र उहाँको सम्पुर्ण परिवारलाई संसारका विभिन्न ठाउँमा देश निकाला गर्नुको साथै ४० बर्ष सम्म जेल हालको थियो । बहाईहरुले ईश्वर एक हुन , सम्पुर्ण धर्महरु एउटै ईश्वरबाट आएका हुन र सम्पुर्ण मानवजाती एक हुन भन्ने सिद्धान्त अनुसार बहाईहरुले कामगरिरहेकोले यसले समुदायमा शान्ति , सद्भभाव र एकता स्थापना गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्न प्रयासरत छन ।                                                          त्यसरी नै बहाईहरुले मानवताको सेवा नै ईश्वरको सेवा हो भन्दै असल र समुन्नत समाज निर्माणको लागि बालबालिकाहरुको लागि बाल नैतिक कक्षा , १२ देखि १५ बर्षका किशोर किशोरीहरुको लागि किशोरकिशोरी आध्यात्मिक सशक्तीकरण कार्यक्रम तथा युवहरुको लागि तालिम तथा शिक्षा दिएर असल र समुन्नत समाज निर्माणको अभियानमा अग्रसर भैइरहेका छन ।                                                                          जन्मोत्सव लालझाडीको बल्मी, कन्ज, जाई, बिचुवा र त्यसरि नै बेलडाडी, शुक्लाफटा, बेद्कोट र महाकालीको विभिन्न वडाहरु पनि बहाई धर्मावलम्बीले मनाएका छन ।                    मानवताको सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसात गरेर बहाईहरुले समुदायमा गरिरहेको सेवाले धर्मिक सद्दभाव र एकता कायम गर्न टेवा पुग्ने बिश्वास गरिएको छ।

आजको राशिफल/आज मिति २०७७ साल कार्तिक ३ गते सोमबार ।

आजको राशिफल/आज मिति २०७७ साल कार्तिक ३ गते सोमबार । तदनुसार अक्टोबर १९ तारीख । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। तर केही चुनौती देखिनेछन्। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हडबडीले समस्या निम्त्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको विश्वास गर्दा धोका पाइनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। तापनि बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ। साँझतिर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। काममा पनि पछि परिनेछ। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर आकस्मिक खर्च बढ्ने देखिन्छ। हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। साँझतिर सामाजिक कामको जिम्मेवारी आउला। चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्नेछ। भेटघाटले काममा अलमल हुन सक्छ। यात्रा केही कष्टपूर्ण हुनेछ। साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले पनि इच्छाशक्ति कुण्ठित हुनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

Sunday, October 18, 2020

पुनर्वास निवासी असई गोविन्द बिकको हत्या


कञ्चनपुर । कञ्चनपुर पुनर्वास निवासी होनहार युवा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत   प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेका थिए ।
नेपाल–भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन ।

लामो समयदेखि चल्दै आएको तस्करीको लाइन छिट्टै भत्काउन लागि परेपछि उनी सबैको तारो बनेका थिए । कैलाली प्रहरी प्रमुख एसपी अनुपम शमशेर राणा भन्छन्, ‘उनी एकदमै मेहनती थिए, केही गर्छु भन्ने भावना बोकेर भर्खरै मात्र सीमामा गएका थिए ।’
०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गरेका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तरमा समेत भर्ना भएका थिए । २८ वर्षीय उनी प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारीमा लागेका थए ।
त्यसका लागि दर्खास्त पनि दिइसकेका थिए, हालै काठमाडौंमा स्वास्थ्य परीक्षण गराएर कैलाली फर्किएका थिए । अन्य परीक्षाको तयारी त्यहीँबाट गरिरहेका थिए ।
तर, दुर्भाग्य जनताको जीउधनको रक्षा गर्ने प्रण गरेका उनको ज्यान भने जोगिएन । कानुन कार्यान्वयन गराउने क्रममै उनको ज्यान गयो ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी भन्छन्, ‘उनको ट्र्याक रेकर्ड एकदमै राम्रो थियो, पछिल्लो समय तस्करहरूलाई उनको कामले तनाव भएको थियो ।’
शनिबार बेलुकी बिक जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका थिए । त्यसक्रममा तस्कर समूहले उनको योजनाबद्ध रुपमा घाँटी रेटेर हत्या गरेको छ ।
आइतबार बिहान मोहना नदीमा फ्याँकेको अवस्थामा उनको शव भेटिएको छ भने जवान साउद अझै भेटिएका छैनन् ।
‘उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोरसँगै पौडिन जान्ने प्रहरीको दक्ष जनशक्ति पनि परिचालन गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले  भने ।
सुकुम्बासी बस्तीबाट उदाएका प्रतिभाशाली युवा
बिक कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँमा  हुर्किएका हुन् । बुबाले २० वर्षअघि नै उनलाई छाडेर गएका थिए, त्यसपछि आमा कलुदेवीले दाउरा बोकेर पढाएकी थिइन् ।
उनका भाइ सूर्यका अनुसार त्यसबेला उनका बुबा रोजगारीका लागि बम्बई जान्छु भनेर हिँडेका थिए तर, पुग्न नपाई रेलबाट लडेर मृत्यु भएको खबर आएपछि सबै जिम्मेवारी आमाको काँधमा आएको थियो ।
बिकले आमाको सपना पूरा गर्ने भन्दै राम्रो बाटो समाते, पढाइमा कहिल्यै पछि परेनन् । बाध्येश्वरी मावि, क गाउँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि कैलाली बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा भर्ना भए ।
अध्ययन गर्दैगर्दा प्रहरीमा असईमा भर्ना भए ।
बिकका तीन दाजुभाइ छन्, सबै खेती किसानी गर्छन् । पछिल्लो एक महिना अघि विकसँग उनका भाइ सूर्यको भेट भएको थियो । त्यतिबेला उनले जुगेडा गएपछि इमान्दारितापूर्वक काम गर्दा आफूलाई टर्चर भएको बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा प्रहरीको मृत्यु भएको समाचार फैलिएपछि दमको रोगी ५० वर्षीय आमाले छोरा नरहेको थाहा पाएकी थिइन् ।
त्यसपछि उनी विक्षिप्त अवस्थामा रहेको सूर्य बताउँछन् । जागिर खानु अघि नै विवाह गरेका बिकका ५ र ३ वर्षका छोरीहरु छन् ।
टाउको र घाँटीमा चोट
बिकको टाउको र घाँटीमा खुकुरी वा चक्कु हानिएको जस्तो चोट देखिएको छ । अन्य चोटपटक भए, पोष्टमार्टम रिपोर्ट आएपछि नै थाहा हुनेछ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हालसम्म बिकलाई धारिलो हतियार प्रहार गरिएको देखिएको छ भने त्यसपछि नदीमा फ्याँकेर शव व्यवस्थापन गर्ने कोशिस गरिएको देखिएको छ ।
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धानका लागि त्यस क्षेत्रमा तस्करीमा संलग्न ११ जना बढीलाई नियन्त्रणमा लिएर अहिले सोधपुछ गरिरहेको छ ।
 

राप्रपा अध्यक्ष कमल थापा आईसीयूमा


बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा अस्पताल भर्ना भएका छन् । 
कोरोना संक्रमणपछि होम आइसोलेशनमा रहेका थापा शनिबार दिउँसो स्वास्थ्यमा समस्या आएपछि ओम अस्पतालको आईसीयूमा भर्ना भएका हुन् । 
संक्रमणको तीन दिनपछि थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएको थियो । 
थापा अहिले चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरको आईसीयूमा छन् ।  अस्पतालका प्रबन्धक बाबुकाजी कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।
थापाको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर फिजिसियन डा. विश्वनाथ कोइराला, डा. सुबोध सागर ढकाल, डा.प्रमेश सुन्दर श्रेष्ठलगायतको टोली खटेको छ। 

आजको राशिफल/आज मिति २०७७ साल कार्तिक २ गते आइतबार

 आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
मेष राशी– आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
बृष राशी– अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ।
मिथुन राशी– पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।
कर्कट राशी– स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। फाइदाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। समस्या दर्साउँदा सहयोगी भने फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मन्दी आउन सक्छ।
सिंह राशी– घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
कन्या राशी– प्रतिस्पर्धामा पछि परिने भयले सताउनेछ। तापनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ।
तुला राशी– अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ।
बृश्चिक राशी– हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तापनि, समस्या दर्साउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। भोगविलासले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
धनु राशी– हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिँदा राम्रो फाइदा हुनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले चिताएका काममा सफलता मिल्नेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
मकर राशी– आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। मिहिनेतले आम्दानी बढाउनेछ। दिन उत्साहवर्द्धक रहनेछ।
कुम्भ राशी– नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।
मीन राशी– अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ।