Monday, November 30, 2020

खानेपानी मन्त्री बिना मगरद्वारा पुनर्वास र लालझाडीमा अस्पताल भवन शिलान्यास,पुनर्वास र बेलौरी र लालझाडीमा अस्पताल बन्ने


कञ्चनपुर, १५ मङ्सिर ।
पुनर्वासको त्रिभुवन स्वास्थ चौकीमा खानेपानी मन्त्री बिना मगरले सोमबार एक कार्यक्रम बिच पन्ध्र सैयाको अस्पताल भवन शिलान्यास गर्नुभयो । शिलान्यास कार्यक्रममा  प्रदेशसभा सदस्य तथा नेकपा सुप सचेतक तारालामा तामाङ्ग , पुनर्वास नगरपालिका नगरप्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट धामी साथै जनप्रतिनिधिहरुको उपस्थिति थियोे । त्यसैगरी आजै मन्त्री मगरले लालझाडी गाउँपालिकामा पनि अस्पताल भवनको शिलान्यास गर्नुभएको थियोे ।
त्यसैगरी बेलौरी नगरपालिकाको श्रीपुर स्वास्थ्य चौकीमा पनी पन्ध्र शैयाको अस्पताल भवनको शिलान्यास भएको छ । बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीले सोमबार एक कार्यक्रम बिच अस्पताल भवनको शिलान्यास गर्नुभएको हो ।
सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुरयाउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गर्ने योजना अनुसार सो कार्यक्रम भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमा पाँचदेखि १५ शैयाको अस्पताल बनाउन लागेको हो ।  । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । 
 सरुवा रोगका बिरामीलाई हरेक प्रदेश प्रदेशमा सेवा पुरयाउने उद्देश्यले सरकारले यसै आर्थिक वर्षमा अस्पतालका लागि बजेट विनियोजन गरेको हो । अहिले सङ्घमा एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रहेको छ । 
स्थानीय तहमा बन्ने अस्पताल भवनको सङ्घीय सांसद र स्थानीय तहका प्रमुखले पनि शिलान्यास गर्नेेेे कार्यक्रम थियोे । यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई अस्पतालको भवन शिलान्यास गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियोे । ७५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न थालिएको हो । 
प्रदेश नं १ को ८६ स्थानीय तह, प्रदेश नं २ को ५३ स्थानीय तह, वाग्मती प्रदेशमा ५१ स्थानीय तह, गण्डकी प्रदेशमा ५३ स्थानीय तह, लुम्बिनी प्रदेशमा ५७ स्थानीय तह, कर्णाली प्रदेशमा ४२ स्थानीय तह र सुदूरपश्चिम प्रदेशमा ५४ स्थानीय तहमा अस्पताल बनाउनका लागि भवन शिलान्यास गरिनेछ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा ३९६ स्थानीय तहलाई पाँचदेखि १५ शैयाको अस्पताल बनाउनका लागि रु ६४ अर्ब नौ करोड बजेट पठाइसकेको छ । 
पाँच शैयाको अस्पतालका लागि रु. ७० लाख, १० शैयाका लागि रु. ८५ लाख र १५ शैयाका लागि रु. एक करोड रकम निकासा भएको छ ।  

आजको राशिफल/आज मिती २०७७ साल मङ्सिर १५ गते सोमवारको राशिफल

आज २०७७ साल मंसिर १४ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । कार्तिक शुक्लपक्ष । तिथि–चतुर्दशी,१५ घडी ०५ पला,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त पूर्णिमा ।
नक्षत्र–कृतिका,६० घडी ०० पला । योग–परिध,१२ घडी ४१ पला,बिहान ११ बजेर ४१ मिनेट उप्रँन्त शिव । करण–वणिज,मध्यान्ह १२ बजेर ३९ मिनेट उप्रान्त भद्रा,रातको ०१ बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मेष,बिहान १० बजेर ४८ मिनेट उप्रान्त बृष। सूर्योदय बिहान ०६ बजेर ३६ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ। अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन्।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो ) दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन्।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा आम्दानि कम हुँने तथा पुराना बाकी रहेका कामहरु पनि समयमा सम्पादन नहुँदा थप लगानि गर्ने बाताबरण टरेर जानेछ। समाजमा जनताको काम गर्ने सवालमा केहि गल्ती हुँने हुँनाले गम्भिरता पुर्वक कामहरु गर्नुहोला । बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनै सवालमा लामो दुरिको यात्राको तय हुनेछ । मध्यान्हबाट आम्दानि भन्दा खर्च अधिक हुँने हुँनाले दैनिकी गुजार गर्न असजिलो महशुष हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला । घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ। बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ। आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । बिहानको समय राम्रो रहेकोले आफन्त तथा अग्रजले सहयोग गर्नेछन् । अध्ययनमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी ) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ) बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ । राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची ) छोटो तथा लामो दुरिको यात्रा हुँने भएपनि बाटामा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा बिवाद हुँने तथा अबिश्वास बढ्दा केहि समयको लागि टाडिनु पर्ने अवस्था आउँन सक्छ । बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलामा जमघट भाई मिष्टान्न भोजन गर्ने अवसर जुर्नेछ । दिउसोका समय मध्ययम रहेकोले व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिकी प्रभावित हुनेछ।

Sunday, November 29, 2020

कञ्चनपुरमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किदा प्रहरी हबल्दारको मृत्यु


कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्फापुरमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार वर्ष ४०का राम बहादुर बिष्टको मृत्यु भएको छ ।

लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा सवार कञ्चनपुरको कलुवापुर स्थित घरबाट डयुटीमा हिडेका प्रहरी हवल्दार बिष्टलाई से १ क १४०६ नम्बरको ट्रकले ठक्कर दिदाँ प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ थाप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

आज मिती २०७७ साल मङ्सिर १४ गते आइतबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल मंसिर १४ गते आईतबार इश्वी सन २०२० नोभेम्वर २९ तारीख कार्तिक शुक्लपक्ष चतूर्दशी तिथी कृत्तिका नक्षत्र परिध योग भद्रा करण चन्द्रमां मेष राशिमा १०ः४८ बजे सम्म पश्चात बृष राशिमा आनन्दादि योगमा धुम्र योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु शिव बैकुण्ठ चतुर्दशीव्रत पूर्णिमा व्रत, डोटी दिपायल जाँत, केदार पूजा, भागेश्वर मेला, धादिङको किरानचोकमा कालिका भगवती यात्रा (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।

Saturday, November 28, 2020

आजको राशिफल/आज मिती २०७७ साल मङ्सिर १३ गते सनिवारको राशिफल

ज्यो.प. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ – 
आजको राशिफल बि.सं.२०७७ साल मंसिर १३ गते शनिबार ई. सं. २०२० नोभेम्वर २८ नेपाल सम्बत ११४१ कछलाथ्व त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कार्तिक शुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, वरियन योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०६ः३५ बजे, सूर्यास्त साँझ ५ः९ बजे हुनेछ।
आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कनैपनि महत्वपूर्ण कार्य तथा दिवश परेको छैन । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ५४ मिनेट देखि ९ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) – नयाँ कामको लागि नयाँ अवसर आउने छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – यात्राको योग छ । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) – दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो ) – चन्द्रमा अनिष्ट भएकाले महत्वपूर्ण कार्य गर्नु छ भने गोप्य राखेमा मात्र सफलता मिल्नेछ । मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहने छ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – काममा बाधाअड्चन हुनाले तथा आर्थिक समस्याले सङ्कट उत्पन्न गराउन सक्छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा रुचि देखिंदैन । स्वास्थ्यस्थितिमा सामान्य समस्या देखा पर्न सक्छन । राती अबेर सातौं भावमा चन्द्रमाको प्रवेश हुने हुँदा मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) – पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन । माया÷प्रेमको वातावरण बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ । घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्ने छ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन् । तर दिनभरि शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द ) – पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनु पर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन । सहयोगीहरूले काममा साथ दिनेछन । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन ।

परीक्षा नसकिदै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने मिति किटान


काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको एक महिनाभित्र कक्षा १२ को परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । गत मंगलबार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको हो ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले २२ गतेभित्र सबै केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरी बोर्डमा पठाउन निर्देशन दिइसकेको जानकारी गराउनुभयो । यो वर्ष विद्यालय आफैले उत्तरपुस्तिका परीक्षण गरी पठाउनुपर्ने व्यवस्था गरेको छ ।
४० पूर्णाङ्कको लिखित परीक्षा भएको र विद्यालयबाटै उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था भएका कारण एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्न सकिने अड्कल गरिएको अध्यक्ष प्राडा पौडेलले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘तोकिएको समयमा उत्तरपुस्तिका प्राप्त भए एक महिनाभित्र सजिलै परीक्षाफल प्रकाशित गर्न सक्छौं ।’ तर प्राविधिक र उत्तरपुस्तिका ढिलो आए केही ढिला हुन सक्ने बोर्डको आकलन छ ।
अध्यक्ष पौडेलले फरक जिल्लाका करिब १८ हजार विद्यार्थीको उत्तरपुस्तिका बोर्डले परीक्षण गर्नुपर्ने भएकाले केही ढिला हुन सक्ने बताउनुभयो ।
बोर्डले फरक जिल्लाबाट परीक्षा दिएका विद्यार्थीको हकमा प्रदेश र शाखा कार्यालयबाट परीक्षा सकेको केही दिनमा उत्तरपुस्तिका पठाउन निर्देशन दिएको छ । तीबाहेक होम सेन्टरबाट परीक्षा दिएका विद्यार्थीको समस्या नपर्ने अड्कल बोर्डले गरेको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षा सकिएको एक महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको जानकारी दिनुभयो । ‘परीक्षा सकेको विषयमा तत्काल परीक्षण गरी सबै विद्यालयलाई अंक पठाउन निर्देशन दिइसकेका छौं।’ –उहाँले भन्नुभयो ।
सबै प्रदेश कार्यालयलाई केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरी पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिइसकेको छ । गत मंगलबारबाट शुरु भएको परीक्षा १६ गते सकिँदै छ ।
देशभरका ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएको परीक्षा साढे १ घण्टाको थियो । परीक्षाको अनुगमन गर्न त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि पुग्नुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको व्यवस्थापन देखेर खुसी व्यक्त गर्नुभएको थियो ।
अनुगमनका क्रममा उहाँले व्यवस्थापन गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । ४ हजार १ सय ५ केन्द्रमा भएको परीक्षामा सबैले स्वास्थ्य मापदण्ड पूरा गरेका थिए । विद्यार्थीले अनिवार्यरुपमा मास्क लगाएका थिए ।
अधिकांश विद्यालयले २ मिटर दूरीमा २० जना विद्यार्थी मात्र राखेका थिए । केही विद्यालयका आफ्ना निरीक्षकलाई अनिवार्यरुपमा पीपीई लगाउने व्यवस्था गराएको थियो ।
केन्द्रका विद्यार्थी र निरीक्षकबाहेक अन्यलाई प्रवेशमा कडाइ गरिएको थियो । आफ्नै विद्यालयमा केन्द्र परेकाले अधिकांश विद्यार्थी खुसी भएका थिए ।
परीक्षामा सहभागी विद्यार्थीलाई ज्वरो परीक्षण गराइएको थियो । बोर्डका बागमती प्रदेश प्रमुख जयन्ती सत्यालले प्रदेशअन्तर्गतका सबै केन्द्रमा व्यवस्थितरुपमा परीक्षा सम्पन्न भएको जानकारी दिनुभयो ।
‘उपत्यकालगायत प्रदेशका सबै केन्द्रमा शान्तपूर्ण परीक्षा भएका छन्।’ –उहाँको भनाइ थियो । बोर्डले परीक्षा हुनु आधा घण्टाअघि मात्रै मेलबाट प्रश्नपत्र पठाएको थियो । 
नेपाल समाचारपत्रबाट।

Friday, November 27, 2020

कञ्चनपुरमा तारले घाँटीमा बेरीएको अवस्थामा एक युवकको शव फेला


कञ्चनपुर, १२ मङ्सिर ।
भिमदत्तनगर बजारमा टेलिकमको तारले घाँटीमा बेरीएको अवस्थामा एक युवकको शव फेला परेको छ । शुक्रबार  भीमदत्त नगरपालिका ४ भानु पार्टी प्यालेसको नजिकै  घाँटीमा टेलिकमको तार बेरिएको अवस्थामा अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

शुक्रबार बिहान भीमदत्त नगरपालिका ४ पूर्वपश्चिम राजमार्गस्थित भानु पार्टी प्यालेस नजिक घाँटीमा टेलिकमको तार बेरिएको अवस्थामा एकजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले जानकारी दिए । उनले शवको अहिलेसम्म पहिचान हुन नसकेको बताउदै प्रारम्भिक अनुसन्धान भइरहेको बताए ।

‘आज बिहान घाटीमा टेलिकमको जस्तो देखिने तार बेरिएका एकजना पुरुषको शव फेला परेको छ,’ उनले भने ‘मृतकको अहिलेसम्म पहिचान हुन सकेको छैन । उनले आफै आत्महत्या गरे वा हत्या गरिएको हो त्यसबारे हामीले अनुसन्धान गर्दैछौ ।’

नेपाल टेलिकमको पोलबाट तानिएको तार घाटीमा बेरिएको र नटुटेको अवस्थामा रहेकाले उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि धनगढीबाट तालिम प्राप्त कुकुर मगाइने प्रहरीले जनाएको छ ।

खानेपानी मन्त्री बिना मगरद्वारा जनकल्याण मा.वि.को निरीक्षण सम्पन्न


-सुनिलकुमार लो
कञ्चनपुर, १२ मङ्सिर ।
नेपाल सरकारका खानेपानी मन्त्री  बिना मगरले  पुनर्वास ३ कञ्चनपुर स्थित जनकल्याण मा.वि.को शुक्रबार  निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा विद्यालयको जिर्ण अवस्थामा रहेको भवन तथा कक्षाकोठाहरुको निरीक्षण गर्नुभएको थियोे ।
जनकल्याण मा.वि.को स्थापना मन्त्री बिना मगरको बुवा चन्द्रबहादुर मगरको पहलकदमीमा वि.सं.२०४७ सालमा भएको थियोे । उहाँ विद्यालयको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले लामो समयसम्म विद्यालयलाई नेतृत्व प्रदान गरेर विद्यालयलाई वर्तमान अवस्थासम्म ल्याउन प्रभावकारी भूमिका खेल्नुभएको थियोे ।
अनुगमनका क्रममा मन्त्री बिना मगरले विद्यालयमा रहेका समस्याहरुलाई  समाधान गर्न आफ्नो तर्फबाट हर सम्भव प्रयास गरीने प्रतिवद्धता व्यक्त गर्नुभएको थियोे ।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेलले विद्यालयको मुख्य भवन अत्यन्त जिर्ण भई बर्षातमा चुहिने भएको र मानवीय क्षति समेत हुने सम्भावना बढेकाले यस समस्यालाई मन्त्री मगरले गम्भीरतापूर्वक लिएर समाधानका लागि पहल गर्ने कुरामा विद्यालय परीवार आशावादी रहेको बताउनुभयो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपा पुनर्वास ईञ्चार्ज स्थीर प्रसाद घिमिरे, नेकपा नेता रामबहादुर देवकर, पुनर्वास ३ का वडाध्यक्ष कृष्णबहादुर तामाङ, खानेपानी मन्त्रीका स्वकीय सचिव दिपक तिमल्सिना, विद्यालयका प्रधानाध्यापक रामनारायण कंडेल तथा विद्यालयका शिक्षकहरुको उपस्थिति थियोे ।

आजको राशिफल/आज २०७७ मङ्सिर १२ गते शुक्रबार


मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अनियन्त्रित खर्च कम गर्न सकिनेछ। व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउने माैका छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। कामको लागत बढ्न सक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानी साेचेजति नहुन सक्छ। व्यापारमा सामान्य फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्नुपर्ने आवश्यकता पर्ला। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने सम्भावना देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। मिहिनेतले लक्ष्यमा भने पुर्याउनेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अरूको समस्याबारे चासो लिँदा आफैंलाई अप्ठ्यारो पर्न सक्छ। प्रतिकूल स्वास्थ्यका बाबजुद कामको चाप बढ्नेछ। अरूका लागि समय र अर्थ खर्चनुपर्ला। अध्यात्मभाव जागृत हुनाले अप्ठ्यारो समयमा पनि परोपकारी काममा प्रवृत्त भइनेछ। केही समय लागे पनि चिताएको काम बनाउन सकिनेछ। पछिका लागि काम गर्ने समय छ। शुभचिन्तकहरूले साथ दिनेछन्।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल पर्ने देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिवारजनको साथले उत्साहित भइनेछ। तर, प्रतिष्ठा एवं लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ। आम्दानी बढाउने काम प्रारम्भ गर्न सकिनेछ।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेतले प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुपक्षलाई किनारा लगाउने समय छ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भेछिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको काम बन्नेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विश्वासपात्रले धोका दिने हुँदा प्रतीक्षित नतिजा केही कमजोर देखिन सक्छ। हतारको निर्णयले हानि पुर्याउनेछ, योजना गोप्य राखेर अघि बढ्नुहोला। अप्ठ्यारो पर्दा मान्यजन र शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला, लगनशीलताले लक्ष्यमा पुग्न सफलता मिल्नेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। सहयोगीहरू टाढिए पनि  समस्या दर्साउँदा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्य लाभ हुनेछ।

कंचनपुरका ब्रेन ट्युमर पीडित बालक सिजन मोक्तान तामाङको जीवन रक्षाको लागि आर्थिक सहयोगको अपिल


कंचनपुर,११ मङ्सिर ।
 पुनर्वास नगरपालिका -४ निवासी गोपाल तामाङका   १२ वर्षीय छोरा सिजन मोक्तानलाई ब्रेन ट्युमर भएको छ । छोराको जीवन रक्षाको निमित्त आर्थिक सहयोग गरिदिनु हुन सम्पुर्ण मनकारी मनहरुसंग बालकको पिता गोपाल तामाङले हार्दिक अनुरोध गरेका छन् ।
बिरामी सिजनको ४ / ५ महिना अगाडि ब्रेन ट्युमरको अप्रेसन गरिएको तर उक्त ब्रेन ट्युमर  अरु भन्दा खतरनाक पाइनियोब्लास्टोमा भएकाले उपचारको रकम पनि धेरै र उपचार गर्न पनि धेरै नै गाह्रो हुने तथा यस्तो खाले ब्रेन ट्युमर हजारौ-लाखौमा १ जनालाइ हुने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन । हाल बिरामीलाई नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर (Nepal cancer hospital and research center) हरिसिद्दी ललितपुर आइसियुमा राखेर उपचार भैरहेको छ ।अहिले सम्म बिरामीको बुवाआमाले आफूसंग भएको २५ लाख सबै सकेर आफन्तले सहयोग गरेको २ लाख पनि सकिसकेको जानकारी गराउनुभएको छ ।                                              
शिक्षण पेशामा कार्यरत विरामीको बुवा गोपाल तामाङले आफ्नो जीवनभरको कमाई छोराको उपचारमा सकिसकेकाले अब आफुसंग कुनै विकल्प नभएको हुदा छोरालाई बचाउन मनकारी मनहरुमा हार्दिक अनुरोध गरेको छन् ।
देश तथा विदेश बाट सहयोग गर्न चाहनुहुने मनकारीमनहरुले बिरामीको बुवासग सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ। सहयोग  IME गर्नको लागि तलको नाम र नम्बरमा प्रयोग गर्न सक्नु हुनेछ।
Gopal Tamang.
Citizenship No. 142
mobile no.- +9779808988160
यदि सम्पर्क गरि बैंक खातामा सिधै जम्मा गर्नका निम्ति
Gopal Tamang
A/C no. – 3802954419952401
NIC Asia bank dhangadh,i kailali Nepal

Thursday, November 26, 2020

सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री बीना मगर


खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन् । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन् । 
समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उनको भनाइ थियो । समुन्नत समाज निर्माणका लागि सबैखाले हिंसाको अन्त्य हुनुपर्ने उनले बताइन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुरूपका कार्य अगाडि बढाइएको चर्चा गर्दै उनले अधुरा विकास निमार्णका योजना सम्पन्न गर्नका लागि सक्दो पहल भइरहेको बताइन्। 
“विकास निर्माणको कार्यमा राजनीति गरिनु हुँदैन”, उनले भनिन्, “विकास सबैका लागि हो । सबैले हातेमालो गरी अगाडि बढाउनुपर्छ ।” सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउने लक्ष्य लिइएको कुरामा जोड दिँदै उनले यसका लागि खानेपानीका केही आयोजना पूरा भएको र केही आयोजना निर्माणाधीन अवस्थामा रहेको बताए । 

Wednesday, November 25, 2020

मलाई लगाइएका आरोप सबै झुठा हुन्: नगरप्रमुख अधिकारि !(बिज्ञप्ति सहित)

 


कृष्ण बा बुढा मङ्सिर १० बर्दिया /बर्दियाको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले आफू प्रति लगाइएका आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।                                                                       बुधबार नगरबासीलाई समबोधन गर्दै जारी गरिएको बिज्ञप्ति मार्फत प्रमुख अधिकारीले सामाजिक संजालमा आफ्ना बिरुद्ध कपोल्कल्पित, भ्रामक र झुटा आरोप लगाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।                                आफू बाँसगढीका जनता र पार्टीको हितमा नियम पूर्वक सदैब लगनशिल रहेको उनको भनाइ छ । लामो समयको त्याग र संघर्षका कारण सम्पूर्ण पार्टी कार्यकर्ता, नेतागण र जनताले विस्वास गरेर आज यो ठाउँमा आइपुगेको हो । मलाई कुनै स्वार्थ र मोह समेत छैन । ‘ म माथि भ्रष्टाचार लगायत मेरो सामाजिक, राजनीतिक प्रतिष्ठा माथि आँच पुयाउन गरिएको दुस्प्रचार प्रति संवेदनशिल भएको छु र यस प्रति घोर भत्र्सना गर्न चाहन्छु । ’ उनले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।                          अहिले बाँसगढी नगरपालिका समृद्धिको यात्रामा रहेको भन्दै नगरको विकास नचाहनेहरुले आफ्रना् विरोध गरेको उनको बुझाई छ । यस्तै उनले सम्पूर्ण जनतालाई कुनै पनि किसिमको समाजमा विकृति फैलाउन खोज्ने, अर्काको मर्यादामा आँच पुयाउने र धमिलो पानीमा माछा मार्न खोज्ने व्यक्तिहरु सँग सचेत रहन आग्रह गरेका छन् । अनावश्यक रुपमा आफ्ना विरुद्ध दुस्प्रचारमा लागेहरुलाई ढिलो चाडो कानुनी दायरामा ल्याउने विस्वास व्यक्त गरेका छन् ।                                       बिज्ञप्ति 

सम्पर्कविहीन डिएसपी होटलमा युवतीसंग भेटिएपछि


धनगढी, १० मंसिर/ बुढीतोलाको एक होटलमा युवतीसंग समातिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी जिल्ला तानिएका छन् । चौधरी माथि छानबिन गर्न जिल्ला तानिएको प्रहरीले जनाएको छ ।
डिउटीको समयमा सम्पर्क बिहीन भएका चौधरी ८ घण्टा पछि होटलमा युवतीसंग फेला परेका थिए । डिउटी चेक गर्दा फेला नपरे जिल्लामा तानेको पुष्टि गर्दै सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले चौधरीलाई जिल्लामा छानबिन भई रहेको जानकारी दिए। ईप्रका मालाखेतीमा तत्कालकालागी ईन्सपेक्टरलाई जिम्मेबारी दिइएको छ।
यस्तो थियो घट्ना !
ईलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरी हिजोराती एकाएक सम्पर्क विहीन भए । राती ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीकोलागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठुलो संख्यामा प्रहरी परिचालन गरियो । कैलाली प्रहरीमा हलचल मच्चियो भने प्रहरी अधिकृतहरु तनाबमा परे ।
कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा चौधरीको खोजीका लागि राती नै टोली खटाईयो भने प्रदेश प्रहरी कार्यालयबाट समेत छुट्टाछुट्टै टोली परिचालन गरियो ।
तर प्रहरी नायव उपरीक्षक चौधरी आज बिहान कैलालीकै बुढीतोलाको एक होटलमा युवतिसंग फेला परेका छन् । स्रोतका अनुसार उनी ‘केटी’ सहित बिहान बुढीतोलामा रहेको एक होटलमा भेटिएका हुन ।
‘केटी लिएर बुढीतोला जानु भएको रहेछ, डिस्टर्ब हुन्छ होला भनेर फोन अफ गर्नु भयो होला, यता सम्पर्क विहीन भएपछि खोजी हुन थाल्यो ।’ स्रोतले दिएको जानकारी अनुसार उनि केटीसंग सहित रंगेहात समातिएका हुन । प्रहरीले उक्त घट्नालाई लुकाउन खोजीका छन् ।
यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहंले नायव उपरीक्षक चौधरी आज बिहान आफै सम्पर्कमा आएको बताएका छन् । युवतीसंग भेटीएको कुरामा सत्यता नभएको र थप अनुसन्धान भईरहेको उनले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक सिहंल भने–‘सम्पर्कविहीन भएपछि खोजी गरेका हौं, उहाँ नेटवर्क नभएको ठाउँमा जानुभएको रहेछ, सम्पर्कमा आइसक्नु भएको छ ।’
उनका अनुसार चौधरीले सूचना संकलन गर्न गएको भनेपनि उनीसँग अन्य प्रहरी अधिकृत भने गएका थिएनन् । चौधरीलाई अहिले जिल्ला प्रहरीका कार्यालय कैलालीमा राखीएको छ ।

Saturday, November 21, 2020

आजको राशिफल/ आज मिति २०७७ साल मङ्सिर महिनाको ६ गते शनिबार, हेर्नुहोस आजको राशिफल ।



मेष– पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ। बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ। मातापिताका बारेमा चिन्ता बढ्नेछ। विशवासपात्रले धोका दिनेछन्।  वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।
वृष– एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन्।  पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा कमी आउनेछ।  काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयश समेत सम्भावना छ। आर्थिक अभावले सताउनेछ।
मिथुन– विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ। पारिवारिक समस्याहरू देखा पर्नेछन्।साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ।  शिक्षा र साझेदारीमा फाइदा हुनेछ। परोपकार र मङ्गलमय काम सम्पादन गरिएला। मानसम्मान पाइनेछ। मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।
कर्कट– पेट र छातीसम्बन्धी समस्याले  सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्।  बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ। अतिरिक्त आम्दानी बढ्नेछ।  मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।
सिंह– नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ।  उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। अनुकूल स्थानान्तरणको पनि योग छ।  आफन्तजनसँगै मनमोटाव बढ्न सक्छ। नसा, वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ।समय प्रतिकूल रहनेछन्।
कन्या– स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल देखिन्छ। सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन्। कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्ये धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।
तुला– साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। शिक्षामा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ। जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ। घर–जग्गा जोड्ने मौका छ। विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।
वृश्चिक– नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापार–व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन्। रोकिएका काम बन्न थाल्नेछन्।  परोपकार र सामाजिक काममा रुचि जाग्नेछ। पठनपाठनमा पनि प्रगति हुनेछ।  सोचने शक्तिबढने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन, अन्न तथा धनको पनि वृद्धि हुनेछ  ।
धनु– स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ।  जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ। सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।
मकर– स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ ।बुद्धि–विवेकको उपयोग गर्न नसकिएला। बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ। शक्तिमा अंकुश लाग्नेछ। सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।
कुम्भ– कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन् ।   उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।
मीन– स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ।। बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला।   आयआर्जनका स्रोत प्रशस्तै भेटिनेछन्। व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्नेछ ।  पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।

बिशेष काम गर्ने राम्रो समय बिहान 07:58 देखि बिहान 08:31 सम्म छ, यो समय गुरु होरा र सुभ समयको हो साथै अर्को राम्रो समय 12:51 देखि दिउसो 01:11 सम्म छ, यो समय चन्द्र होरा र अभिजित मुहूर्त संग संगै जस्तो पर्छन ज्योतिष शास्त्रमा यी समयहरु शुभ कामका लागि धेरै नै राम्रो मानिन्छ /
राहु काल बिहान 09:11 बजे देखि 10:30 बजे सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

Friday, November 20, 2020

बेलडाँडीका एक वडाध्यक्षले गरे आत्महत्या


-विकास सिह महता
बेलडाँडीका  एक वडाअध्यक्षले रूखमा झुण्डिएर आत्महत्या गरेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका वडा न.५ का वडा अध्यक्ष कृष्ण रोकायाले घर दक्षिणतर्फ रहेको शुक्लाफाटा राष्टिय निकुञ्जको जंगलमा गुटिलको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

घटना घटनु भन्दा पुर्व नै बिहान ८:१५ छोरा लोकेन्द्र रोकायालाई आफू नजिकै रहेको कालिका मन्दिर नजिकै आएको जानकारी फोनबाट दिए पछि घटना घटेको स्थानीयले बताएका छन। बिहानको ७ बजे तिर घरबाट निस्केका हुन।

अहिले घटना स्थलमा बेलडाँडी ईलाका प्रहरी कार्यालयको टोलि पुगेको छ र आत्महत्या के कति कारणले गरेको हो भन्ने कुरा अहिले खुल्लामा नआएको इलाका प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंहले बताउनु भएको छ।

आजको राशिफल/ आज वि.सं. २०७७ मङ्सिर ०५ गते शुक्रबार तदनुसार ई. सं. २०२० नोभेम्बर २० तारिख

आजको राशिफल/ आज वि.सं. २०७७ मङ्सिर ०५ गते शुक्रबार तदनुसार ई. सं. २०२० नोभेम्बर २० तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४१, (कछलाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, कार्तिक शुक्लपक्षको षष्ठी तिथि, मध्यरात्रीपछि ०२:१७ बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराषाढा नक्षत्र, दिउँसो ०२:४७ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त), गण्ड योग, दिउँसो ०१:५२ बजेसम्म, त्यसपछि बृद्धि योग, कौलव करण, दिउँसो ०२:३३ बजेसम्म त्यसपछि तैतिल करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम, कालराहु : आग्नेय, आज : छठ पर्वअन्तर्गत मुख्य दिन – छठ पर्व, डाला पूजा, आजको मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), शिलान्यास (सामान्य), डेरा सर्ने,

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०६ गते : छठ पर्वअन्तर्गत अन्तिम दिन, बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्वको समापन, द्विपुष्कर योग दिनको ०२।५० बजेदेखि मध्यरात्रीपछि ०१।५७ बजेसम्म, मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,
०७ गते : अष्टमी व्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुखाष्टमी, बैतडी शिलंगामा महारुद्र कोटिहोम मेला, भद्रा करण बिहानको राती ०१।५७ मिनेटदेखि दिनको ०२।०५ मिनेटसम्म, धनिष्ठा पञ्चक प्रारम्भ बिहान ०३।०८ बजेदेखि, मूहुर्त : दीक्षाग्रहण, कलशचक्र,
०८ गते : कुष्माण्ड नवमी, सत्ययुगादि, हेटौंडा कुष्माण्ड सरोवर मेला, सको चंगुवने, मूहुर्त : धनिष्ठा पञ्चकमध्येको एउटा दिन, रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), वास्तुमुहूर्त, कलशचक्र, न्वागी खाने दिन,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ श्रियै नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्न सक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नागदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विघ्नविनाशिने नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महालक्ष्म्यै नमः  न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । जिम्मेबारी वहन गर्नु पर्नेछ, उत्साहपूर्वक काम गर्नुहोला । यद्यपि श्रममूलक काम र कृषि तथा पशुपालनका क्षेत्रमा भने सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा भए पनि आम्दानीमा कमी हुनेछैन । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः न्यूनतम जापसङ्ख्या : २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

Thursday, November 19, 2020

पुनर्वासका युवा भारतीय जङ्गलमा मृत फेला

पुनर्वास । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय दुधवा नेशनल पार्कमा पुनर्वासका एक जना युवा मृत अवस्थामा फेला परेका छ्न ।
 मृत्यु हुनेमा पुनर्वास नगरपालिका–७ उदरीका ३५ वर्षीय युवा शिवलाल राना रहेका छ्न । 
बुधबार घरबाट निस्केका रानाको छातीमा गहिरो चोट लागेको कारण मृतकका आफन्तले उनीमाथि गोली प्रहार भएको बताएपनि प्रहरीले भने यसलाई पुष्टि गरिसकेको छैन ।
घटना भएको थाहा पाएपछि नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।


Wednesday, November 18, 2020

१० दिनपछि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक


काठमाडौ, ३ मङ्सिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठक बस्ने वा नबस्ने अनिश्चितता बिच  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक १० दिनका लागि स्थगित भएको छ । 
थप गृहकार्य आवश्यक भएको भन्दै १० दिन स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
अर्काे बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले पनि छुट्टै प्रस्ताव तयार गरी पेस गर्ने जानकारी सचिवालयलाई गराएको प्रवक्ता श्रेष्ठले बताए ।  अब १३ गते बस्ने बैठकमा यसअघि आएका प्रस्ताव र केपी ओलीले प्रस्तुत गर्ने प्रस्तावमा पनि छलफल हुने उनले जानकारी दिए ।
१८ गते स्थायी कमिटीको बैठक बोलाउने र १५ गतेका लागि सारिएको केन्द्रीय समितिको बैठक २५ गतेका लागि सार्ने निर्णय आजको सचिवालय बैठकमा गरिएको प्रवक्ता श्रेष्ठले बताए । 

 

Tuesday, November 17, 2020

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु दुईको उपचार हुँदै

 कृष्णपुर २ वाणीमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका उत्तमसिंह धानुकको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय धानुकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा सोमबार राति २ बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
सोमबार कृष्णपुर नगरपालिका–२ वाणिमा म१प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका थिए । 
कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४० वर्षीय उत्तमसिंह धानुक र २१ वर्षीया सुनिता विष्ट घाइते भएका थिए । 
धिरबहादुर र सुनिताको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Monday, November 16, 2020

आजको राशिफल ( वि. सं. २०७७ मङ्सिर १, सोमबार)

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। प्रयत्न गर्दा काम बन्नेछ। तर प्रतिस्पर्धीले अलि दुःख दिनेछन्। खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आस देखाउनेहरूको भरले मात्र काम नबन्न सक्छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। प्रतिस्पर्धीले भने अलि दुःख दिनेछन्। खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आफ्नो धनमाल सुरक्षामा पनि अलि सावधान हुनुहोला। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। तर, खर्च लागे पनि टाढाकाे यात्रा गर्ने अवसर आउनेछ। माया मारेको धन फिर्ता हुन सक्छ। रकम जोहो गर्न पनि सकिनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर, द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।

आज भाइटीकाको उत्तम साइत ११ः३७ मा

आज तिहारको अन्तिम दिन वा मुख्य दिन दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
मंसिर १ गते सोमबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ ।
मंसिर १ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवतको नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । मंसिर २ गते बिहान ७ बजेर ४ मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मंसिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

Sunday, November 15, 2020

लक्ष्मी पूजामा विद्युत माग घट्यो

काठमाडौ। यो वर्षको लक्ष्मी पुजाको विद्युत माग पनि बिगतका वर्षझै घटेको छ। विगत ३ वर्षदेखि लक्ष्मी पूजाको दिनको अधिकतम विद्युत माग घट्दै आएको छ।
यो वर्ष पनि लक्ष्मी पूजाको दिन विद्युत माग ११ सय मेगावाट भन्दा बढी हुन नसकेको नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए l

निमित्त कार्यकारी निर्देशक शाक्य र ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन शनिवार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र को कन्ट्रोल रुममै बसेर तीन घण्टा बढी विद्युत आपूर्तिको व्यवस्थापनमा खटिएका थिए।
लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुने भएकाले शाक्य र पुन प्राधिकरणको भार प्रेषण केन्द्रमा उपस्थित भएका थिए। पीक आवरमा बढीमा ११ सय ५० मेगावाटसम्म विद्युत खपत हुने अपेक्षा गरेका गरेपनि अन्तत करिब ११ सयको वरीपरी मात्रै विद्युत खपत भएको कार्यकारी निर्देशक शाक्यले बताए।
अघिल्लो वर्ष पीक आवरमा ११ सय २८ मेगावाट विद्युतको माग भएको थियो। त्यसैको आधारमा बढीमा ११ सय ५० मेगावाटसम्म खपत हुने अपेक्षा गरिएको थियो। तर कम विद्युत खपत गर्ने बत्तीको प्रयोग र धेरै जनाले यो वर्ष कोभिड प्रभावका कारण हर्षउल्लासका साथ दिपावली नगरेकाले विद्युत माग यो वर्ष पनि घटेको हो।
शाक्यले शनिवार मुलुक भरका स्टेशन प्रमुखसँग सम्पर्क गरी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका थिए। विद्युत माग भन्दा आपूर्ति धेरै भएकाले कुनै पनि ठाउँमा समस्या नआउने दावी गरिए पनि शनिवार साझ उपत्यकाकै विभिन्न ठाउँमा बत्ती झ्याप झ्याप आउने जाने समस्या भने रहेको थियो।
  
शाक्यले अब आफ्नो ध्यान क्वालिटी, सर्भिस र विद्युत महसुल घटाउनेमा केन्द्रित हुने बताएका छन्। अहिलेको चुनौति भनेकै गुणस्तर बढाउने हो। केही समय अझै व्यवस्थापनका लागि दुःख गर्नुपर्छ। त्यसपछि विस्तारै  विद्युतमा आत्मनिर्भर हुन सक्ने उनको भनाई छ।
 
भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले पनि दिपावलीको लक्ष्मीपूजाका लागि हरेक वर्ष योजना बनाउँदै आएको भन्दै यो वर्ष पनि १३ सय २० मेगावाट विद्युत रिजर्भ राखेको बताए। प्राधिकरणको ५ सय २० मेगावाट, निजी क्षेत्रको ४ सय ६० मेगावाट र बाँकी भारतबाट आयात गरेर १३ सय मेगावाट विद्युत प्रणालीमा राखिएको उनले बताए।
उनले अरु बेला पनि प्रणालीमा १४ देखि १५ सय मेगावाटसम्म माग भयो भने सजिलै व्यवस्थापन गर्न सकिने अवस्थामा प्राधिकरण रहेको बताए।

आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक ३० गते आईतबार ।


आजको राशिफल/आज वि.सं.२०७७ साल कार्तिक ३० गते  आईतबार । ईश्वी सन् २०२० नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–औशी,१२ घडी ३३ पला,बिहान ११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–विशाखा,३२ घडी ०६ पला,बेलुकी ०७ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन । करण–नाग,बिहान ११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,बेलुकी १० बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,दिउसो १ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २६ घडी ४९ पला । म्ह पूजा । गाई –गोरु तिहार ।
 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार गरि मनग्गे धन सम्पति जोड्न सकिनेछ । लामो दुरिको व्यापारीक यात्रा हुनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । मध्यान्हबाट समय राम्रो रहेकोले न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
माया प्रेमका कोपिलाहरु नचाहादा नचाहादै फक्रन नपाउँदा मनमा तनाब पैदा हुनेछ । बिभिन्न कारणले अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । समय तालिका अनुशार नचल्नाले दुख पाईनेछ भने अरुकै काममा समय बित्नेहुदा आफ्नो काम थाति रहनेछ । अरुको लहैलहैमा लागेर व्यापार व्यावसायमा लगानि गर्दा लगानि डुब्ने प्रबल सम्भावना रहकोछ ध्यान दिनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुने हँुनाले मन प्रशन्न रहनेछ । लेखन कलाको बिकाश हुनेछ भने लेखेरै आफ्ना कुराहरु जनमानसमा लैजान सकिनेछ । पराक्रम बडेर जानुका साथै कामहरु समयमा बन्नेछन् । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले आर्थिक अवस्था सुदृड हुने हुनाले दैनिक सहज मात्रामा अगाडि बढ्नेछ । माया प्रेममा नजिक हुन सकिने तथा मिल्ने मित्रको साथ पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ध्यान दिनुहोला । आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ प्रबिधिको प्रयोग मार्फत नया ज्ञान सिक्ने समय रहेकोछ । बिभिन्न अवसर प्राप्त हुने हुनाले जोस जागर बढेर आउनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । माया प्रेममा नजिक भई भावना साटासाट गर्ने अवसर जुर्नेछ । समाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु अरु सामु लैजान सकिनेछ । बिहानको समयमा यात्रासँग सम्बन्धित कामहरु हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । दिउँसोबाट समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा बिजयको योग रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अविश्वास पैदा हुँन सक्छ ।

Saturday, November 14, 2020

बाँसगढिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्ती तथा कवि गोष्ठी सम्पन्न ! 


 कृष्ण बा बुढा कार्तिक २९ बर्दिया /नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती तथा गोष्ठी कवि आज बाँसगाढी को बाँसगढी बहुमुखी क्याम्पस को सभा हल मा सम्मपन्न गरिएको छ । बाँसगढि बहुमुखी क्याम्पसको आयोजनामा गोष्ठी गरिएको हो ।                                                                                                        टुकनाथ भुसालको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी महेन्द्र बहुमुखी क्याम्पसका सहाय प्रमुख इन्द्र भन्डारी हुनुहुन्थ्यो। साथै अतिथिहरुमा पुर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष महान्द ढकाल लगाएत अन्य साहित्यकरहरु र पत्रकार लगाएत को बाक्लो उपस्थित रहेको थियो ।                             

                                                                                   उक्त कार्यक्रम मा आफ्ना भनाइ राख्दै प्रमुख अतिथी इन्द्र भन्डारीले दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाले साहित्य क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो। उहाँले देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविताहरुको स्मरण गर्दै तिनले नेपाली साहित्य मा पुर्याएको योगदान नेपाली साहित्यक जगतकै उच्च स्थानमा रहेको बताउनु भयो । साथै उहाँले देवकोटाले १०० भन्दा बढी कृतिका माध्यमबाटनेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको जिकिर गर्नु भयो।                                                                         स्मरण रहोस नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।                                                                      कार्यक्रमा साहित्यकारहरुले आफ्ना कविता तथा रचनाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा बोल्ने वक्ताहरुले अब यस क्षेत्रमा पनि साहित्य लाई जगेर्ना गर्नको लागि आवश्यक कदम चाल्नु पर्न बताए ।                                                   कार्यक्रम संयोजक ईश्वरि रिजालले सबैलाई स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण हरि सुवेदिले गर्नु भएको थियो

सीमानाका थप एक महिनाका लागि प्रतिबन्ध!

 


कार्तिक २८ नेपालगसंग जोडिएको सीमानाका लाई थप एक महिनाका लागि बन्द गरिरहन लम्बाइएकोछ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै थप एक महिनाका लागि प्रतिबन्ध लगाएको हो ।                                              कोरोना कहर सुरु भए संगै बन्द भयका सिमाना बिस्तारै खुल्ने संकेत देखियपनि सरकारको निर्णयले एक महिना अझै बन्द रहने भएको छ । सरकारको यो निर्णयसगैं नेपालसंग जोडिएको अन्तराष्ट्रिय सीमानाकामा थप कडाईका साथ आगामी मंसिर ३० गतेसम्म प्रतिबन्ध लम्बाएकोे छ ।                                बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री पार्वत गुरुङले सीमानाका बन्द सम्बन्धि जानकारी गराएका हुन् । सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण गत वर्ष चैत ११ गतेदेखि नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाएकोछ ।

Friday, November 13, 2020

मंसिर २ गते पनि सार्वजनिक विदा


मंसिर २ गते  पनि तिहारकै सार्वजनिक बिदा

सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषदबाट भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्ष तिहारमा तिथि विवाद छ ।नेपाल पञ्चाङ्ग निर्णायकले यसवर्ष कात्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, ३० गते गाई/गोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते गोवर्द्धन पूजा तथा भाइपूजा तोकेको छ ।

२९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथि रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपूजा गर्नु उपयुक्त हुन्छ ।तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपूजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपूजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्नुपर्छ ।उनीहरुलाई सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।

नारायणी नदीमा हाम फालेकी एक युवतीको सकुसल उद्धार!

 


कात्तिक २८ चितवन स्थित पुलबाट नारायणी नदीमा हाम फालेकी एक युवतीलाई प्रहरीले सकुसल उद्धार गरेको छ । बिहीबार दिउँसो ३ बजेतिर २२ वर्षीय युवतीले नारायणी नदीको पुलबाट नारायणी नदिमा हाम फालेकी थिइन ।                   हाम फालेको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा उद्दार टोलि खटिई उनको सकुसल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ति युवतीको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ।

आजको राशिफल/आज वि.सं २०७७ कार्तिक -२८ गते शुक्रबारको राशिफल

आजको पञ्चाङ्ग: बि.सं.२०७७ साल कार्तिक २८ गते शुक्रबार ई. सं. २०२० नोभेम्वर १३ नेपाल सम्बत ११४० कौलागा त्रयोदशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी , चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, प्रीती योग, गर करण । नेपालमा सूर्योदय बिहान ०६ः२४ बजे, सूर्यास्त साँझ ५ः१३ बजे हुनेछ । आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज काग तिहार वा धन त्रयोदशी व्रत परेको छ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजरे ४५ मिनेट देखि १० बजेर २७ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहने छन । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)– एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक’सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहने छ । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक’सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ ।