मोरङ । आज दिउँसो पानीसँगै परेको चट्याङ लागेर मोरङमा एक बालीकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको बुढीगंगा गाँउपालीका वडा नं ३ बाँसबारीकी १० बर्षीया बालीका आरधना राजबंशि रहेको छ । गाई चराउन गएकी बालीका घर फर्कदै गर्दा दिउसो १ः१५ बजे घर नजिकै चट्याङ लागेर मृत्यु भएको हो ।
मृतक शब अहिले पोस्टमार्टमको लागी कोशी अञ्चल अस्पताल मोरङ लगिएको स्थानीय युवा ईश्वरी आचार्यले लुम्विनी भ्वाइसलाई जानकारी दिए ।
Sunday, April 7, 2019
चट्याङ लागेर दश बर्षीया बालिकाको मृत्यु
Saturday, April 6, 2019
पुनर्वासमा चलिरहेको ‘मूभभेन्ट आर डान्स सिजन १’ को फाइनल बैशाख १ गते
हेमन्त न्यौपाने
पुनर्वास, चैत २३
फाल्गुन महिनामा पुनर्वास र बेलौरीका विभिन्न स्थानमा अडिसन भएको ‘मूभभेन्ट आर डान्स सिजन १’ को शनिबार ‘सेमिफाइनल’ सम्पन्न भएको छ । होटल सम्राटको सभाहलमा सम्पन्न सेमिफाइनलमा मेघा अडिसनबाट आएका ६० जना प्रतिस्पर्धी मध्ये ४१ जनाले सहभागी जनाए । जसमा ३४ जना प्रतिस्पर्धीले फाइनलको यात्रा तय गरेका छन । पुनर्वास र बेलौरीमा भएको अडिसनमा ९३ जना बालबालिकाले प्रतियोगितामा भाग लिएका थिए । चैत ९ गते भएको मेघा अडिसन राउण्डबाट सेमिफाइनल पुग्न नसकेका ३३ प्रतिस्पर्धीहरु प्रमाणपत्र सहित विदा भएका थिए ।
फाइनलका लागि छनौट भएका डान्सरहरुलाई आईतवार देखि बुधबारसम्म्म स्पेसल ट्रेनिङ दिईने जसमा तीन स्टाईलको डान्स कन्टम्प्रोरी, हिपप, कल्चर साथै सहभागीहरुलाई उदघोषण, मोटिभेसन र मेडिटेसन कक्षाहरु समेत संचालन गरिने डान्स प्रशिक्षक तथा कार्यक्रमका प्रोड्युसर धिरज देवकरले बताए । आगामी कार्यक्रम बैसाख १ गते नयाँ बर्ष २०७६ को उपलक्ष्यमा ग्राण्ड फिनाले रहने र उक्त कार्यक्रमको उदघाटन प्रदेश सभा सदस्य तथा सुदुर पश्चिम नेकपा सचेतक तारालामा तामाङबाट हुने कार्यक्रम कोओर्डिनेटर रामबहादुर देवकरले बताए ।
प्रतियोगितामा विजेता हुने सहभागी प्रतिस्पर्घीले नगद रु. १५ हजारका साथै ट्रफी पाउने छन । त्यस्तै फर्ट रनरअपले १० हजारसहित ट्रफी र सेकेन्ड रनरअप हुने प्रतिस्पर्धीले ५ हजार सहित ट्रफी पाउने छन । सेमिफाइनल राउन्ड देखि भोटिङमा गएको हुँदा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत डान्सलाई आधार बनाएर अंक निर्धारण गरिने प्रतियोगिताका निर्णायक तथा नृत्यकार धिरज देवकरले बताउनुभयो । १७ बर्ष देखि निरन्तर नृत्य क्षेत्रमा कार्यरत देवकरले भारतको भारत मुम्बई शहरमा नृत्य सिकेर आउनुभएको हो । उहाँले कपिलवस्तुमा डान्स एकेडेमी समेत सञ्चालन गर्नुभएको छ ।
यस अडिसनबाट छनौट हुने २ सहभागीलाई काठमाडौ स्थित राहुल शाहको वाइभ एन्ड वेभ नृत्य केन्द्रबाट नृत्य प्रशिक्षण गराइ नृत्यकलामा दक्ष बनाइने प्रशिक्षक तथा निर्णायक देवकरले जानकारी गराउनुभयो ।
२० प्रतिशत भन्दा बढी भोटिङ गर्नेलाई नृत्य प्रतिस्पर्धीहरुलाई एउटा म्युजिक भिडियोमा काम गर्ने अवसर समेत दिइने उहाँले जानकारी गराउनुभयो । कुपन प्रणालीबाट गरिने भोटमा १ भोटको १ सय रुपैयाँ लाग्नेछ । भोटिङका लागि सम्बन्धि प्रतिस्पर्धीका अभिभावकले नै भोट संकलन गर्नुपर्नेछ ।

बेलौरी नगरपालिकामा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
लालबहादुर एस.के
बेलौरी, चैत २३
बेलौरी नगरपालिकाद्वारा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई बिहिबार साइकल वितरण गरिएको छ । बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरिएको हो । कार्यक्रममा बेलौरी नगरपालिका अन्तर्गत १ देखि १० वडा सम्मका १ सय १८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साइकल वितरण गरिएको थियो ।
महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहजताका लागि साइकल वितरण गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको भनाई छ । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले महिला स्वयंसेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको उच्च कदर एवम् मुल्याङ्कन गर्दै सम्मान स्वरुप साइकल वितरण गरिएको बताउनुभयो ।
लामो समय देखि स्व्यमसेवीकाहरुले बेलौरी नगरपालिका भित्रमा काम गर्दै आइरहेका भएता पनि उहाँहरूको कामको उचित मुल्यांकन गरि उहाँहरुलाई नगरबाट हुने विभिन्न किसिम्मका सेवासुविविधाहरु उपलब्ध गराउने नगर प्रमुख द्रारा प्रतिबद्धता गर्दै हिजोका दिनमा साँसदबाट भएका भुटा आससनाहरु स्वयम् सेवीकाहरुलाई गरियोको थियो ।
अब चाहिँ नहुने त्यस्ता खालका आश्वासनहरु नहुने व्यक्त गर्नुभएको स्वयमसेवीकाहरुले लामो समय देखि अवरात्र खटी बालबालिकाहरुलाई रोग नलाग्न दिन हुन विभिन्न किसिम्मका रोगहरुलाई न्युनीकरण गर्दै
झडापखाला, डेंगु, हातीपाईले लगाएतका विभिन्न किसिमका
रोगहरुबाट बचाउन योगदान पुराउने उहाँहरुलाई ढिलो भएपनि जनप्रतिनिधि आएपछि साइकल वितरण गर्न पाउँदा खुशी महसुस भएको बताउनुभयो ।
यस्तै, उक्त कार्यक्रमका सभापति एवं बेलौरी नगरपालिका वडा नं. ४का अध्यक्ष अर्जुन ढकालले बेलौरी नगरपालिका समग्र विकाससंगै लक्षित कार्यक्रमहरुमा पनि केन्द्रित रहेको कुरा उल्लेख गर्नुभयो । साथै उहाँले झुटको खेती नगरी बोल्ने भन्दा पनि काम गरेर देखाउने मनसायको विकासमा नगरपालिका हिँडिरहेको बताउनुभयो । कार्यक्रममा बेलौरी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, पत्रकार एवं महिला स्वास्थ्य स्वयं सेविकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

Friday, April 5, 2019
जनजागरण सामुदायिकलाई वैज्ञानिक वनमा व्यवस्थापन गर्न अन्तरक्रिया
हेमन्त न्यौपाने
पुनर्वास, चैत २२
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ७, ८ र ९ नम्बर वडामा फैलिएको पुनर्वासकै ठुलो जनजागरण सामुदायिकलाई वैज्ञानिक वनमा व्यवस्थापन गर्न एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वनकै पिकनिकस्पोर्टमा एक कार्यक्रमको आयोजना गर्दै वैज्ञानिक वनबारे वैज्ञानिक वन विशेषज्ञहरुले प्रकाश पार्नुभएको थियो ।
वनको २.५४ हेक्टरमा जमिन अर्थात ४ विगाहा क्षेत्रफलमा वैज्ञानिक वनको अवधारणा लागु गरिने वनका अध्यक्ष कृष्ण तामाङले बताउनुभयो । उहाँले यसै आर्थिक बर्ष २०७५/७६ बाट बुढा र उमेर पुगेका सालका रुखहरुलाई कटान गरि नयाँ विरुवा रोप्दै वनलाई वैज्ञानिक तवरमा व्यवस्थापन गर्न लागिएको जानकारी गराउनुभयो । उमेर पुगेका बुढा र सुकेका रुखहरुमा रातो र माउ रुखहरुमा सेतो घेरा लगाईएको छ । सेतोघेरा लगाईएको माउ रुखको आयु ८० बर्ष सम्म हुन्छ ।
बीउका लागि छाडिएका सालका माउ विरुवाबाट उत्पादन हुने बीउबाट नयाँ बिरुवा उमार्न सकिनेछ । वैज्ञानिक वन व्यवस्थापन गरिदा सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुनेगरी वैज्ञानिक वनको नीति अवलम्बन गर्न सकिने सवडिभिजन वनकार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले बताउनुभयो । उहाँले भन्नुभयो“ वैज्ञानिक वन बारे प्रष्ट हुन जरुरी छ । धेरैले वैज्ञानिक वन बारे अनभिज्ञता प्रकट गर्ने गर्दछन । ठुला रुख काट्नु कानुनी विपरीत हो भन्ने बुझाई छ । यसबारे सबै प्रष्ट हुन जरुरी छ ।” उहाँले भन्नुभयो ।
वनका अध्यक्ष कृष्ण तामाङ वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिनु आजको आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले आर्थिक तथा वातावरणिय हिसाबले पनि वैज्ञानिक वन अति नै उत्तम हुने धारणा राख्नुहुन्छ । उहाँले भन्नुभयो “यस प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिन्छ र पुनरुत्पादन (रि–जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिन्छ । यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट) मा विभाजन गरिन्छ । यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने गरिन्छ ।” यसअघि सम्म चरिचरणका लागि छाडिएको क्षेत्र अहिले खाली बन्न पुगेपछि यसको संरक्षणमा जुटेको अध्यक्ष तामाङले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवनराज थापाले पुनर्वासकै सबैभन्दा पुरानो वन भएकाले यो वनलाई वैज्ञानिक वनमा लैजान आवश्यक भएकाले वैज्ञानिक वन व्यवस्थापनको नितिलाई अवलम्बन गर्दै गएको प्रति वनसमितिसंग खुशी व्यक्त गर्नुभयो ।
“वैज्ञानिक वन व्यवस्थापनमा पुराना बुढा र उमेर पुगेका रुखहरुलाई कटान गर्दै माउ रुखहरुबाट नयाँ बिरुवा उमार्ने पद्धति हुन्छ । यसो हुँदा बर्षौंबर्ष सम्म पनि सालका रुख मासिने, जंगल मासिने, घास, पात, काठ, दाउराको अभाव झेल्नु पर्ने हुँदैन । तसर्थ यो एकदमै राम्रो काम हुँदैछ ।”उहाँले भन्नुभयो ।
वनका माउ रुखहरुमा जिपिएस सिस्टम जडान गरिएकाले रुखको अवस्थाबारे जहाँबाट पनि जानकारी लिन सकिने छ । वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गर्दा आर्थिक तथा पर्यावरणीय हिसाबले समेत लाभदायक मानिन्छ । वैज्ञानिक वन व्यवस्थापन लागु नभएका वनहरुमा रुख बुढा भएभनी काट्न पाइदैन । वनको स्थिति, सालका बिरुवाहरु र वैज्ञानिक पद्धतिमा अटाउन सक्ने वनहरुलाई मात्र अहिले वैज्ञानिक वन व्यवस्थापनमा लगिएको छ ।
कार्यक्रममा नगरउपप्रमुख शारदा बिष्ट, वडा नम्बर ७ का अध्यक्ष रामदुलारे राना, वडा नम्बर ८ का अध्यक्ष राना श्रावण, वडा नम्बर ९ का वडाअध्यक्ष, वैज्ञानिक वन व्यवस्थापनका विज्ञहरु, वनका पदाधिकारीहरु, स्थानीय तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अमर साउदले गर्नुभएको थियो ।

Thursday, April 4, 2019
जनजागरण सामुदायिक वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिने
हेमन्त न्यौपाने
पुनर्वास, चैत २१
कञ्चनपुरको पुनर्वास नगरपालिकाको सबैभन्दा ठुलो वनको रुपमा चिनिने जनजागरण सामुदायिक वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिने भएको छ । यसै आर्थिक बर्ष २०७५/७६ बाट बुढा र उमेर पुगेका सालका रुखहरुलाई कटान गरि नयाँ विरुवा रोप्दै वनलाई वैज्ञानिक तवरमा व्यवस्थापन गर्ने तयारीमा जुटेको जनजागरण सामुदायिक वनले भोलि शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै वैज्ञानिक वनबारे छलफल गर्ने भएको छ ।
वैज्ञानिक वन व्यवस्थापन गरिदा सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त र वनले प्रदान गर्ने वस्तु तथा सेवाको निरन्तरता वा बृद्धि हुनेगरी वैज्ञानिक वनको नीति अवलम्बन गर्न सकिने सेक्टर वन कार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश यादवले जानकारी जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ वैज्ञानिक वन बारे प्रष्ट हुन जरुरी छ । धेरैले वैज्ञानिक वन बारे अनभिज्ञता प्रकट गर्ने गर्दछन । ठुला रुख काट्नु कानुनी विपरीत हो भन्ने बुझाई छ । यसबारे सबै प्रष्ट हुन जरुरी छ ।” उहाँले भन्नुभयो ।

जनजागरण सामुदायिक वनका अध्यक्ष कृष्ण तामाङ वनलाई वैज्ञानिक वनमा व्यवस्थापन गरिनु आजको आवश्यकता रहेको बताउनुहुन्छ । उहाँले आर्थिक तथा वातावरणिय हिसाबले पनि वैज्ञानिक वन अति नै उत्तम हुने धारण राख्नुहुन्छ । उहाँले भन्नुभयो “यस प्रणालीमा ३० सेमिसम्म व्यास भएका रूखहरूलाई एड्भान्स ग्रोथ अर्थात् बालीका रूपमा कायम गरिन्छ र पुनरुत्पादन (रि–जेनेरेसन) को सुनिश्चित हुनेगरी उमेर पुगेका बूढा रूखहरूलाई क्रमशः हटाउँदै लगिन्छ ।यसका लागि छनोट भएको वनलाई विभिन्न फेलिङ सिरिज (कम्पार्टमेन्ट) र आवधिक खण्ड (सबकम्पार्टमेन्ट) मा विभाजन गरिन्छ । यसैका माध्यमबाट वनको दिगोपना र वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण हुन्छ । वैज्ञानिक वन व्यवस्थापनमा वन क्षेत्रलाई विभिन्न खण्डमा विभाजन गरी पुराना रूखहरू काट्ने र नयाँ बिरुवाहरू उत्पादन गर्ने गरिन्छ ।”
उहाँले वैज्ञानिक वन व्यवस्थापन अनुसार कार्य गर्ने हो भने ८० वर्ष भित्रमा हाल भएका सबै रुखहरू काटिने र त्यसको ठाउँमा नयाँ रुखहरू हुर्किसक्ने बताउनुभयो । सरकारले सामुदायिक वन संरक्षणमुखी मात्रै भएको र आम्दानी नदिएको भन्दै नयाँ व्यवस्थापन अनुसार जानुपर्ने नीति लिएको छ । यस बारे वनका कर्मचारी तथा वनका पदाधिकारीहरुले शुक्रबार वनको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रशिक्षण तथा छलफल चलाउने भएका छन ।
पुनर्वासको दशरथ बस्तीमा विश्व शान्ति महायज्ञ होमको उदघाटन
-लालबहादुर एसके
पुनर्वास, २१ चैत
कंचनपुर । कंचनपुरको पुनर्वास नगरपालिका वडानम्बर २ दशरथबस्ती स्थित पल उर्ग्यान छ्योईलिङ गुम्बाले आयोजना गरेको विश्व शान्ति महायज्ञ होमलाई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएकी पुनर्वास नगरपालिकाका उपमेयर शारदा बिष्ट धामीले हिजो एक कार्यक्रम बिच उदघाट्न गर्नुभएको छ । गुम्बाले पहिलो पटक विश्व शान्तिको लागि त्रिपिटक (बुम) पाठ गरि ग्रह दशा,शान्ति जप, होम, यज्ञ (सप्ताह पुराण) कार्यक्रम हिजो २० चैतबाट आगामी चैत २६ गतेसम्म गर्ने पल उर्ग्यान गुम्बाका सचीव तथा नेपाल तामाङ घेदुङ प्रदेश ७ का संयोजक दिलिप तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश संयोजक तथा गुम्बा सचीव दिलिप तामाङका साथै दशरथ बस्तीका गाउँ मुखिया भुपालमान लो,गुम्बाका अध्यक्ष अम्बर डिमडुङ, नेपाल तामाङ घेदुङ कञ्चनपुरका अध्यक्ष नरविर तामाङ, कञ्चन क्षोईलिङ गुम्बाका प्रमुख लामा क्षेत्र बहादुर लामा, गुम्बाक पुजारी,अन्य लामा गान्वाहरु लगायत गाउँका भद्रभलादमी र सर्वसाधारणको उपस्थिति थियो । कार्यक्रममा सपरिवार सहभागी भई आत्मिक लाभ उठाउन दशरथ बस्तिका गाउँ मुखिया भुपालमान लोले सबैलाई आव्हान समेत गर्नुभयो । कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा बिष्ट धामीले कार्यक्रमको सफलताको लागि अग्रिम शुभकामना दिनुभयो । उहाँले तामाङहरुको धर्म संस्कृति र पहिचान विश्वकै उत्कृष्ट रहेको बताउनुभयो । तामाङहरुको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले आफ्नो तर्फबाट हुनसक्ने कामका लागि हरदम तयार रहेको स्पष्ट पार्नुहुदै देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला धर्म संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।

लालबहादुर एस्के
पुनर्वास २१ चैत
कञ्चनपुरको पुनर्वास नगरपालिका वडानम्बर २ दशरथबस्ती स्थित पल उर्ग्यान छ्योईलिङ गुम्बाले आयोजना गरेको विश्व शान्ति महायज्ञ होमलाई प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएकी पुनर्वास नगरपालिकाका उपमेयर शारदा बिष्ट धामीले हिजो एक कार्यक्रम बिच उदघाट्न गर्नुभएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश संयोजक दिलिप तामाङ, दशरथ बस्तीका गाउँ मुखिया भुपालमान लो, लामा गान्वाहरु लगायत गाउँका भद्रभलादमी र सर्वसाधारणको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै उहाँले तामाङ लामाहरुको कार्यक्रमको शुभकामना दिनु भयो परे ।
लामाहरुको धर्म संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्य मोक्तान लामारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले गर्नु पने नगर बाट स्पष्ट पार्नु भयो । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला धर्म संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ थियोे ।

Wednesday, April 3, 2019
गरिव तथा जेहेन्दार विद्यार्थीलाई नि:शुल्क पोषाक वितरण
धन बहादुर बिक
पुनर्वास २० चैत
पुनर्वास नगरपालिका स्थाई घर भई हाल अमेरिकामा बस्दै अाउनुभएका शिव प्रशाद बिष्टले गरेको अार्थिक सहयोगमा पुनर्वासको एक निजि बिद्यालय मा ९९ जना बिध्यार्थिलाई निशुल्करूपमा पोषाक वितरण गरिएको छ ।
रोजगारी को शिलसिलामा विगत केही बर्षदेखि अमेरिका बस्दै अाउनुभएका बिष्टले पुनर्वास नगरपालिका ६ स्थित श्री युगज्योती एकाडेमि माविमा अाफुले पढाएको बिधालय मा अध्ययनरत गरिव तथा जेहन्दार बिध्यार्थिलाई पोषाक वितरण गर्ने भनी पठाईएको ३० हजार रकमबाट ९९ जना बिध्यार्थिलाई निशुल्करूपमा उक्त पोषाक वितरण गरिएको हो ।
बिधालय मा अध्यापनरत शिक्षक का जनहि एक जना बिध्यार्थि सहित गरिव जेहन्दार गरि ९९ जना बालबालिकालाई उक्त पोषाक वितरण गरिएको हो ।
समाजसेवा को भावनाबाट अोतप्रोत रहेका बिष्ट बिद्यालय का शिक्षक तथा गैर सरकारी संस्था नेपाल ग्रामीण विकास संघ ( राडा नेपाल ) का अध्यक्ष समेत रहंदै अाएका थिए भने यसअघि पनि एक अन्य सामुदायिक बिद्यालय मा पनि निशुल्करूपमा गरिव तथा जेहेन्दार बिध्यार्थिलाई न्यानो लुगा वितरणमा सहयोग गरिसकेका छन ।
पोशाक वितरण कार्यक्रम यूगज्योती एकाडेमि माविका संस्थापक अध्यक्ष बिस्वनाथ बिष्टको सभापतित्वमा भएको थियोे भने कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मन बहादुर गुरूङ प्रमुख अतिथि रहनुभएको थियोे । कार्यक्रममा पिटिए अध्यक्ष नवीन कुमार तिमिल्सिना , सदस्य रूपेश कुमार खरेल अभिभावक मान बहादुर तामाङ लगायत अतिथि रहनुभएको थियोे ।
निशुल्क पोषाक प्रदान गर्ने सहयोगी शिव प्रशाद बिष्टले गरेको कार्य प्रति कार्यक्रममा उपस्थित प्रमुख अतिथि ,अतिथि तथा बिधालय परिवार अभिभावक ले प्रशंसाा गर्दै धन्यवाद दिएका थिए ।
पुनर्वासमा पनि ६२ औं राष्ट्रिय सहकारी दिवस मनाईयो
धन बहादुर बिक
पुनर्वास २० चैत
दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नारा सहित ६२ औं राष्ट्रिय सहकारी दिवश बिहीबार पुनर्वास नगरपालिकामा भब्यरूपमा सम्पन्न गरिएको छ ।
पुनर्वास नगरस्तरिय समन्वय समितिले साविक बाईसिबिचवा को भिमबस्ति स्थित पुनर्वास नगरपालिका १० बिजय माविमा आयोजना गरेको कार्यक्रम लाई प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ्गले सम्बोधन गर्नुभएको थियोे। सभालाई सम्बोधन गर्दै प्रदेश सदस्य लामाले अब एउटै उदेश्य संग मिल्दोजुल्दो सहकारी लाई मर्ज गर्नुको विकल्प नरहेको कुरामा जोड दिनुभयो ।
केन्द्र सरकार र प्रदेश सरकारको पनि सहकारी प्रबर्द्धन गर्ने तर्फ बिशेष जोड रहेको बिषयमा जोड दिदै स्थानीय अाफैले स्थापना गरेको सहकारी लाई प्रोत्साहन गर्नुपर्ने र चर्को ब्याजदरमा सञ्चालित वित्तीय बैंक हरूलाई निरूत्साहित गर्नुपर्ने बताउनुभयो । च्याउ जस्तै सञ्चालनमा अाएका वित्तीय बैंक हरूले सोझासाझा जनताको रगत चुस्ने कार्य गरेको तथा कतिपय परिवारलाई विस्थापित समेत गर्दै अआएको छ लामाले भन्नुभयो ।
कार्यक्रममा दलित बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरले सहकारी हरूलाई मर्ज गर्न भाषणमा बोले जस्तै व्यवहारमा कार्यनव्यन गरन त्यति सजिलो नभएको बताउनुभयो । पुनर्वास मा ४५ वटा सहकारी हरू सञ्चालित हुदै आएका छन ।
नगर स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष शंकर बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर ७ का सदस्य तारालामा तामाङ प्रमुख अतिथि रहनुभएको थियोे भने बिशिस्ट अतिथिमा पुनर्वास नगरपालिका उप प्रमुख सारदा बिष्ट धामी , राष्ट्रिय दुग्ध सहकारी संघ केन्द्रीय सञ्चालक सदस्य भरतबहादुर बिष्ट । जिल्ला बचत संघ कञ्चनपुर सचिव डिल्ली प्रशाद शर्मा लगायत रहनुभएको थियो । कार्यक्रममा पुनर्वास मा सञ्चालित विभिन्न सहकारी का अध्यक्ष व्यवस्थापक तथा कर्मचारी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिभिन्न सांसकृतिक नृत्य को समेत अायोजना गरिएको उक्त कार्यक्रममा सहकारी समन्वय समिति कि सदस्य प्रेमलता गौतम को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन समितिका व्यवस्थापक एक कुमार श्रेष्ठले गर्नुभएको थियोे ।
कञ्चनपुर पुनर्वासका सर्वज्ञ वाग्ले एन आर एन अमेरिकाको उपाध्यक्षमा उम्मेद्दवार बन्ने
Tuesday, April 2, 2019
आनन्द बजारमा सशस्त्रको बिओपि क्याम्प स्थापना, शान्तिसुरक्षा बढ्ने जन आशा
हाम्रै साझा पत्रिका
पुनर्वास, चैत १९
सीमा विवादका क्रममा एसएसबीको गोली लागि गोविन्द गौतमको मृत्यु भएको पुनर्वास नगरपालिका ४, आनन्द बजारमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरिएको छ । सीमा विवादका क्रममा २०७३ फागुन २६ गते एसएसबीसँगको झडपमा गोविन्दको मृत्यु भएको थियो ।
नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी गण कन्चनपुरअन्तरगत रहने गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी पुनर्वास, कन्चनपुरको स्थायी पोष्ट स्थापना गरिएको हो ।
कन्चनपुर प्रमुख जिल्ला अधिकारी सुशील बैद्य र सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर थापा र पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्टले संयुक्त रूपमा बीओपीको उद्घाटन गरेका छन् ।
अस्थायी रुपमा रहेको सशस्त्र प्रहरी बललाई स्थायी रुपमा स्थापना गरेर सीमा सुरक्षालगायत, सीमामा हुने तस्करी, अपराधिक गतिविधिलाई नियन्त्रण लिइने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक थापाले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक (सई)को कमाण्डमा २१ जना रहने छन् ।
भौतिक संरचनाको अभावमा सुरक्षाकर्मीहरुलाई बस्न असजिलो भएकाले भौतिक संरचनाको निर्माणपछि सशस्त्र प्रहरी निरीक्षक कमाण्डमा सुरक्षाकर्मीहरु रहने बताए । कन्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले सशस्त्र प्रहरीको स्थायी पोष्टपछि सीमामा हुने अपराधिक गतिविधिमा नियन्त्रमा आउने बताए । उनले दुबै देशको ज्वाईन्ट सीमा सर्वेपछि मात्रै बन्द रहेको उक्त सीमानाका खोल्ने विषयमा छलफल गरिने बताए ।
पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा शर्मा बिष्टले पुनर्वासको सीमा समस्या समाधान गराउन सबैले आफ्नोतर्फबाट पहल गर्नुपर्ने बताउनु भयो । देशभरमै चर्चामा समेत रहेको एक जनाको ज्यानै जानेगरी घटना भएको ठाँउमा २ बर्ष पुग्दा समेत सीमा समस्या समाधान नहुनु दु:खद पाटो रहेको स्मरण गर्नुभयो । उहाँले मानव तस्करी देखि विभिन्न चोरी तथा तस्करी हुने नाकाको रुपमा प्रयोग भईरहेका पुनर्वासका खुल्ला नाकाहरुमा नियन्त्रणको प्रयासहरु बढाउनु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सोही वडाका वडाअध्यक्ष प्रेम बहादुर बस्नेत, नगरप्रवक्ता भारमल सुनार, वडा नम्बर ९ का वडा अध्यक्ष नारायण जैशी लगायत स्थानीय, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
Monday, April 1, 2019
भारतीय मौसम विभागले भन्यो,‘आज पनि नेपालका विभिन्न भागमा ठूलो हावाहूरी आउँछ, सतर्क हुनुहोस्’
काठमाडौं, १७ चैत्र ।
भारतीय मौसम विभागले आज पनि नेपालका विभिन्न क्षेत्रमा हावाहूरी आउने पूर्वानुमान गरेको छ ।
नेपाली जल तथा मौसम पूर्वानुमान विभागले आइतबार आउने हावाहुरीको विषयमा पूर्वानुमान गर्न नसक्दा बारा, र पर्सामा ठूलो संख्यामा हताहती हुनुको साथै २८ जना नागरिकको मृत्यु भइसकेको छ ।
नेपालको सिमा रहेको विहार, पश्चिम बंगाल लगायत क्षेत्रमा ठूलो हावाहुरी आउने भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाल भारत सिमामा आउने हावा हूरीले नेपालका विभिन्न भागमा असर गर्न सक्ने विज्ञहरुको बनाई छ । हावा हुरी नेपालमा समेत आउने भएकाले पूर्व सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालय तहमा योग सिकाईने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालय तहमा योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको अध्ययन अध्यापन शुरु गर्ने भएको छ । हरेक प्रदेशको एक÷एक सामुदायिक विद्यालय छनोट गरी मन्त्रालयले सो विषयमा पठनपाठन गर्न लागेको हो । वि.सं. २०६२/६३ देखि ती विषयलाई विद्यालय तहका पाठ्यक्रममा समावेश गरी पठनपाठन अगाडि बढाउन पाठ्यक्रमसमेत तयार गरिएको थियो । अध्यापन गराउने शिक्षकको अभावमा ती विषयको पठनपाठन कार्यान्वयनमा आउन सकेको थिएन । “अगामी जेठ १५ गतेभित्र योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषयको विद्यालय तहमा पठनपाठन शुरु गर्छौं,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पाठ्यक्रमलगायत अन्य अध्ययन गरी सुझाव दिन कार्यदलसमेत गठन गरिने जानकारी दिनुभयो । शिक्षामन्त्री पोखरेलले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएको सन्दर्भमा छानबिन भइरहेको र दोषीलाई कारवाही गरिने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा पछिल्लो समय नसर्ने रोगको हिस्सा ६२ प्रतिशत पुगेको छ । ती रोगको नियन्त्रणका लागि योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी अत्यन्त महत्वपूर्ण मानिन्छ । कार्यक्रममा सांसद मोहन बाँनियाले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी संरक्षणका लागि नयाँ नीति आवश्यक रहेकामा जोड दिनुभयो । परिषद्का कार्यकारी निर्देशक डा पुष्परमण वाग्लेका अनुसार परिषद्अन्तर्गत सञ्चालनमा रहेका ४२ कार्यक्रममध्ये ११ स्वास्थ्यसित सम्बन्धित रहेका छन् । (रासस)
Subscribe to:
Posts (Atom)