मकवानपुर, १८ जेठ ।
हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरस विरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सो कलेजका प्रा. डा. ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका छन् । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा. दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् ।
सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्वक अध्ययन अनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा. दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।
एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गरेका डा. दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबद्र्धक जडिबुटीबाट निर्माण गरिएको हो ।
केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो । ‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे ।
कलेजका प्रा. दामोदर गैरेले पनि डा. दासले निर्माण गरेको खोप कोरोना नियन्त्रणमा सहयोगी हुने विचार व्यक्त गरे । यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । सङ्घीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले बताए । रासस
Sunday, May 31, 2020
नेपालमै कोरोनाविरुद्ध खोप तयार भएको दावी : परीक्षणको माग
नेपालमा संक्रमितको संख्या १५६७ पुग्यो
काठमाडौं, १८ जेठ ।
नेपालमा संक्रमितको संख्या १५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।
आज पत्ता लागेका संक्रमितममध्ये १६२ जना पुरुष र ४ जना महिला छन् ।
यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

जेठ ३२ गतेसम्म लकडाउन थपियो
काठमाडौ, जेठ १८ ।
देशमा कोरोना संक्रमित बढदै गएपछि सरकारले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको शनिबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यसपालिको लकडाउन जेठ २० गते मंगलबारसम्म थियो। त्यसपछि १२ दिन थपेर जेठ मसान्तसम्म लकडाउन जारी राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए।
मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाकाहरू असार १६ गतेसम्म बन्द राख्ने निर्णय पनि गरेको छ।
पछिल्लो समय कोरोना संक्रमित संख्या बढ्दै गएको छ । शनिबार एकै दिन १८९ जना संक्रमित थपिएका छन्। त्यस्तै, मृतक संख्या पनि ७ पुगेको छ। यही स्थिति हेरेर मन्त्रिपरिषद बैठक यस्तो निर्णयमा पुगेको हो।
आन्तरिक लकडाउनसँगै विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय पनि बैठकले गरेको छ।
कोरोना जोखिम व्यवस्थापन समितिले दैनिक ३ हजारदेखि ३ हजार ५ सयसम्म नेपाली ल्याउन सकिने निष्कर्ष निकालेको थियो। भारतबाट फर्किनेका लागि पनि विभिन्न नाकाहरू तोकेको थियो।
शनिबार नै मन्त्रिपरिषद बैठकअघि बसेको सुरक्षा परिषद बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय पनि गरेको छ। साथै, विदेशबाट आउने नेपालीहरूको व्यवस्थापनमा पनि सेना परिचालन हुनेछ।

आजको राशिफल/आज मिति २०७७ जेठ महिनाको १८ गते शुक्रबार
आज श्री शाके १९४२ बि.सं.२०७७ साल ज्येष्ठ १८ गते आईतबार इश्वी सन २०२० मे ३१ तारीख ज्येष्ठ शुक्ल पक्ष नवमी तिथी उत्तरफाल्गुनि नक्षत्र वरीयान योग तैतिल करण चन्द्रमा सिहं राशिमा प्रातः ०८ः०४ बजे सम्म पश्चात कन्या राशिमा आनन्दादि योगमा मित्र योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । आफन्तजनहरु सगँ टाढा भएको महसुस रहनेछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ । सामाजिक कार्यमा समय ब्यतित हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछैन ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । अध्यन अध्यापनमा समय ब्यतित गर्दा उत्तम रहनेछ । यात्रामा बिषेश साबधानि अपनाउनु पर्नेछ । लेनदेन सम्बन्धी कार्यमा बिशेष सजग रहनु पर्ने छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान्यजनहरुको मार्गदर्शन अबलम्वन नर्गनाले सामान्य तनाबमा फसिएला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बल तथा पराक्रममा बृद्धिहुनेछ । नयाँ मित्रजनहरु सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । नयाँकार्यको थालनि निकै उत्पादन मुलक साबित रहनेछ । अधुराकार्यहरु सन्चालन गर्न समय उत्तम रहेकोछ । पठनपाठनमा लगाईएको समय राम्रो रहनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरुको प्रशन्नताका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आफन्तजनहरु सगँ सामान्य वादविवादका कारण मनमुटाब हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । सामान्य कार्यमा अधिक समय ब्यतित हुनसक्नेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । यात्र ामा साबधानि अपनाउनु पर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । पठनपाठनका क्षेत्रमा खर्चिएको समय निकै उत्तम साबित रहनेछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्यप्रारम्भ नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेकोछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धोका हुनाले मनमा सामान्य खिन्नता बोधहुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वादविवादको सम्भाबना रहेकोछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेसमय रहेकोछ । अरुप्रति गरीएको बिश्वासमा धोकाहुन सक्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पारीवारिक साथसहयोग द्वारा ब्यापार ब्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर हुने योग रहेकोछ । साजेदारीकार्यका मार्फत उत्तम आम्दानी प्राप्तगर्न सकिनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।
Saturday, May 30, 2020
नेकपाका अध्यक्ष कमरेड प्रचण्डलाई खुलापत्र
प्रिय अध्यक्ष कमरेड अभिवादन !
तपाईंले जनयुद्ध सुरु गर्दा सबैभन्दा उपयुक्त भुमि ठानेको पश्चिम रुकुम र जाजरकोटमा नवराज बि.क. ले अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा नवराज लगायतका ६ जनाको बर्बरतापुर्वक, निर्मम, पासविक तथा निन्दनीय जातीयताकै आधारमा नरसंहार भएको ७ दिन भैसकेको छ । कमरेड मुलुकमा विभिन्न खाले जातीय विभेद, असमानता र राज्य व्यवस्था संचालनमा आमूल परिवर्तन गरि समावेशी, समानुपातिक प्रणालीअनुसार समान सहभागिताका आधारमा राज्य संचालन गरि समाजवाद स्थापना गर्ने, ब्राह्मणवादी चिन्तनले ग्रस्त पिछडिएको हाम्रो समाज र सामन्तवादी संस्कारको जगमा उभिएको राजदरवारको अन्त्य गरि मुलुकमा नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरि विकसित मुलुकका रूपमा नेपालको पहिचान गराउने मुख्य अभिभारा सहित १० वर्ष जनयुद्ध गर्दा त्यतिबेला जनताको अगाडी गरेका वाचा र राजनीतिक एजेन्डा मानेेर १७ हजार नेपाली जनताको रगतबाट वर्तमान राज्यव्यवस्था स्थापना भएको छ कमरेड, आज हजारौं हजार मान्छे बेपत्ता छ्न, अङ्गभङ्ग भएका छ्न, कलिला उमेरका दिदिबहिनी हरु बिधुवा भएका छ्न, घरवारविहीन भएका छ्न, राज्यको खर्बौ खरबका भौतिक संरचनाहरुको क्षति भएको छ र जसको परिणामस्वरूप आज मुलुकमा गणतन्त्र स्थापना भएको छ, हिजो परिवर्तनका लागि युद्धको घोषणा गर्दा रगतपसिनाले सिञ्चित भुमि आज जातीयताका नाममा ६-६ जना को निर्ममतापुर्वक, पासविक हत्या भएको छ कमरेड, त्यतातिर तपाईंको ध्यान अहिलेसम्म किन पुगेको छैन ? हिजो सामन्तवादको मुलजड दरवार हो भनेर भनिरहदा हामीले १० बर्ष जनयुद्ध गर्यौं, २०६२/०६३ मा जनआन्दोलन गर्यौं र राजा ज्ञानेन्द्र शाहलाई राज्यको शक्तिबाट निकालेर फालिदियौ । तर आज त्यो बर्बरतापुर्ण घटेको जातीय घटनाको बारेमा त्यो घटनाको जानकारी पाउनु भएको छैन कमरेड ...? कुनै बेला यो देशमा गाई मारेको घटनाले कमल थापाले सदन र सडक पुरै तताएर उत्पात मच्चाए तर आज ६-६ जना मान्छे मार्दा तपाईं किन चुपचाप हुनुहुन्छ कमरेड ?....के जनावरको जति पनि मुल्यांकन भएन दलितहरुको ? किन यो घटना मानवता विरोधी, जघन्य अपराधित र पासविक घटना हो भन्न सक्नु हुन्न तपाई ? कुनै गाडी दुर्घटनामा परि कसैले ज्यान गुमाए भने पार्टीको लेटरप्याड्मा पार्टी अध्यक्षको हैसियतले प्रेस नोट लेखिहाल्ने तपाई ...आज यत्रो घटना घट्दा किन पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नु हुन्न कमरेड ?,
के पार्टीका लेटरप्याडहरु पार्टी कार्यालयमा सिद्दिएका छन् कि जातीयताका नाममा दलितका छोराहरु मर्दा त्यो लेटरप्याड मा लेख्न मिल्दैन...? शक्तिशाली ऐतिहासिक एकीकृत पार्टीको स्थापित नेता कार्यकारी अध्यक्ष कमरेड... रुकुम र जाजरकोट मा २ जना पुर्व गृहमन्त्री जन्माउने जिल्लाको हालत यस्तो छ भने दुर दराजमा रहेका दलित समुदायको के हालत होला कमरेड ? के यसैका लागि ल्याएको हो गणतन्त्र? गणतान्त्रिक मुलुकको राज्यव्यवस्था यस्तै हुन्छ ? कि यो व्यवस्था ल्याउन दलित समुदायको रगतपसिना कम बगेको छ कमरेड ? हिसाबकिताब त गर्नुनै पर्ने भयो कमरेड । अब धैर्यताको बाँध तोड्न बाध्य नगराउनुस यो समुदायलाई । तपाई एक साहसिक विभिन्न आन्दोलनका उकाली ओराली पार गरेर जन्मेको एक आदर्श नेता हुनुहुन्छ । तपाई प्रतीको सम्मान नघटाउनुस कमरेड... तर बिडम्वनाका साथ भन्नुपर्छ, जति नै घोर भत्सर्ना गरेपनी नपुग्ने यो नरसंहारलाई तपाईंले अहिलेसम्म देख्नु भएन कमरेड...जहाँ दलित समुदायको आत्मसम्मान छैन, मानव जातिका रूपमा समाजमा बाच्न पाउदैन, मान्छे-मान्छे बीचमा यति ठुलो विभेद छ, जहाँ दलितको पशु जति पनि मुल्यांकन छैन.. जहाँ दलित समुदायका मान्छेले बनाएको सीप, कला, श्रम, पैसा, मठमन्दिर, हातहतियार, दलितका तरुनी छोरीहरुको जोवन चल्छ तर पानी चल्दैन.. मठ मन्दिरमा प्रवेश निषेध गरिन्छ... ?? के हामीले चाहेको व्यवस्था यै हो कमरेड ? हजारौं दलितका छोराछोरीहरूले रगतपसिना बगाएर ल्याएको गणतन्त्र यै हो कमरेड ? राजालाई फालेर ल्याएको शासनव्यवस्था यै हो कमरेड ? तपाईंहरुलाई शक्तिशाली पार्टी र सरकार को नेतृत्वदायी भुमिकामा पुरयाएर दलित माथी हुने व्यवहार यस्तै हुन्छ त कमरेड ? कि यसैलाई भन्छ्न समाजवाद....? कि त्यसको परिभाषा फरक हुन्छ कमरेड ? तपाईंले सिकाएको मार्क्सवादी शिक्षा र समाजवादी व्यवस्थामा सर्वहारा श्रमजीवी वर्गको अवस्था यस्तै हुन्छ र कमरेड ? आज हजारौं जनताका छोराछोरीहरुको रगतपसिनाले ल्याएको गणतन्त्र स्थापना भएको मुलुक कता जाँदै छ कमरेड ? हाम्रो नेतृत्वको कता कुन शक्तिले सञ्चालन गर्दैछ ? हिजो कम्युनिस्ट पार्टीको आधारभुत वास्तविक वर्ग दलित समुदाय नै हो, सर्वहारा, श्रमजीवी मजदुर वर्ग नै कम्युनिस्ट पार्टीको आधारभुत वर्ग हो भनी कम्युनिस्ट पार्टीको सिद्धान्त र दर्शन सिकाइ रहँदा आज तपाईं अरुलाई सिकाउने हेडमास्टरहरु किन यो वर्ग प्रती यति सारो विमुख हुनुहुन्छ ? अझै भन्ने हो भने दलित समुदाय त जन्मजात कम्युनिस्ट हो कमरेड... ! आज यति ठुलो ऐतिहासिक एकीकृत कम्युनिस्ट पार्टीको निर्माण भएको छ, करिब दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकार छ कमरेड तर दलितमाथि को अत्याचार हेर्दा हामीले यो सरकार र यति ठुलो कम्युनिस्ट पार्टी हाम्रो हो भन्न मिल्छ कि मिल्दैन.. कुन नैतिकताको धरातलमा उभिएर यो पार्टीको म कार्यकर्ता हुँ भनौ ? कुन अर्थमा यो सर्वहारा, श्रमजीवी वर्गको नेतृत्व गर्ने मेरो सरकार हो भनी गर्व गरौ कमरेड ? यो ऐतिहासिक पार्टी र सरकार जुन जगबाट स्थापित भएको छ यो विशाल पार्टीको निर्माण र सरकार निर्माणमा दलित समुदायको पनि त्यतिकै ठूलो भुमिका छ कमरेड ... तसर्थ कम्युनिस्ट पार्टीको आधारभुत वर्ग... शासन प्रणालीको कुरा गर्ने हो भने सबैभन्दा बढी जिम्मेवार कोहि बन्नु पर्छ भने त्यो कमरेड तपाईं नै पार्टी अध्यक्षको हैसियतले बन्नु पर्छ ! ताकी यो पार्टी हाम्रो हो र यो देशमा कम्युनिस्ट पार्टीले सरकार संचालन गरेको छ भन्ने अनुभुती गराउनुस कमरेड ! जहाँ मानव भएर बाच्न पाउनु दलित समुदायको नैसर्गिक अधिकार हो ! राज्यले दिएको कुनै आरक्षण कुनै हामीले मागेको कुनै व्यक्ति सङ्गको भिख होइन त्यो दलित समुदाय ले बगाएको रगतपसिनाको थोरै सम्मान मात्र हो कमरेड,अब आरक्षणको लागि सरकार र पार्टी सङ्ग कुनै माग हुने छैनन् । हाम्रा जो कि तपाईंले दिने र हामीले लिने ..हेक्का रहोस...यो देश कसैको बिर्ता होइन कमरेड.. हजारौं नेपालीका छोराछोरीको रगतपसिना र खुकुरीले बचाएर आजको यो व्यवस्था ल्याउन सफल भएका छौ, सबै समुदायको बराबर भुमिका र योगदान छ मुलुकमा गणतन्त्र स्थापना गर्न...गणतन्त्रमा कोहि मालिक हुँदैन र कोहि नोकर हुँदैन, सबै समान हुन्छ्न र सम्मान साथ सबै समुदायका मान्छेले बस्न र बाच्न पाउनु पर्छ ।...मालिकलाई हटाएर नेपाली जनताका छोराछोरी सत्ता संचालनमा छ्न । ती सबै हिजो यो वर्गको नाममा नेपाली जनताका छोराछोरीहरुको रगतपसिनाले निर्माण गरेको व्यवस्थामा छौ भनेर बुझ्नु राम्रो होला । कम्युनिस्ट पार्टी र स्वयं नेतृत्वलाई ? अन्यथा...गौरवपुर्ण इतिहास बोकेको सर्वहारा,श्रमजीवी, मजदुर वर्गको कम्युनिस्ट पार्टी ठुलो दुर्घटनामा पर्न सक्छ कमरेड....? यो कुरा को पनि नजरअन्दाज गरि त्यो पासविक,अमानवीय, जातीयताका आधारमा घटेको घट्नाप्रती हाम्रो विशाल पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गम्भीरतापूर्वक ध्यानाकर्षण होस र पार्टी नेतृत्वबाट पनि त्यो अमानवीय घटनाको घोर निन्दा सहित दोषी माथी नेपालको संविधान २०७२ लाई संसोधन गरि मृत्युदण्डको व्यवस्था हुने गरि कडा कार्वाही होस र कम्युनिस्ट पार्टीको सरकार यो देशमा छ भन्ने नेपाली जनताको मनमा हर्षका आँसु झार्ने गरि प्रफुल्ल पार्ने र कम्युनिस्ट पार्टीको उच्च छवि कायम राखी हाम्रो नेतृत्व र पार्टीको पक्षमा सधैं भरी यो समुदायलाई उभ्याई राख्न हार्दिक अनुरोध गर्दै दलित समुदायले बगाएको रगतपसिनाको उच्च मुल्यांकन गरि पार्टी र सरकारलाई अझै लोकप्रिय बनाउन र कानुनी राज्य स्थापित गराउन प्रिय कमरेड अध्यक्षलाई सादर अनुरोध गर्दछु !
"रक्तिम अभिवादन सहित"
क. भारमल सुनार
जिल्ला कमिटी सदस्य- कञ्चनपुर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
मिति: १७ गते जेठ २०७७ साल !

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौ, १७ जेठ ।
नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुगेको छ । आज एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक हजार चार सय एक पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै एक सय ८९ जनामा कोरोना पुष्टि भएको हो । देशभरीमा दुई सय १९ जना कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन्।
अहिलेसम्म प्रदेश १ का ९ जिल्लाका एक सय ६०, प्रदेश २ मा ८ जिल्लाका ५ सय ४७, बाग्मतीका १२ जिल्लाका ४५ जना, गण्डकीका ५ जिल्लाका २० जना, प्रदेश ५ का नौँ जिल्लाका ५ सय ४७ जना, कर्णाली प्रदेशका तीन जिल्लाका ६१ जना र सुदूरपश्चिमका ७ जिल्लाका २१ ज्नामा कोरोना पुष्टि भईसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए।

नेकपा निकट दलित युवाहरुद्वारा डिजिटल आन्दोलनको घोषणा
-सुनिलकुमार लो
कञ्चनपुर, १७ जेठ ।
गत जेठ १० गते रुकुमको चौरजहारीमा भएको हत्याकाण्डको विरोधमा पुनर्वास-बेलौरीका नेकपा निकट दलित युवाहरूले डिजिटल आन्दोलनको घोषणा गरेका छ्न ।
त्यो घटना अत्यन्त पासविक, बर्बर तथा जातीय विभेदको पराकाष्ठा भएको उनीहरुको ठहर छ ।
हिजो शुक्रबार पुनर्वासमा बसेको भेलाले डिजिटल आन्दोलनको घोषणा गर्नुका साथै भोलि आईतवार एक बजे सुदुरपश्चिमको मुख्यमन्त्री कार्यालयमा भेला भई कालो पट्टी र कालो झण्डा सहित एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाई सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको नेकपा जिल्ला कमिटी सदस्य भारमल सुनारले बताए ।
भेलामा पुनर्वास र बेलौरी नगरपालिकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका दलित युवा नेताहरुको उपस्थिति थियोे । उपस्थितिमा नेकपा प्रदेश कमिटी सदस्य कमरेड दिपक बि.सि (आदर्श), नेकपा नेता क. राम बहादुर देवकर (रक्तविज), नेकपा जिल्ला कमिटी सदस्य क. आर.पी सार्की, नेकपा कञ्चनपुर जिल्ला कमिटी सदस्य भारमल सुनार, नेकपा नेता कमरेड विनोद नेपाली, नेकपा नेता क. गगन बि.क, नेकपा बेलौरी नगर कमिटी सचीव क. हर्क भुल (रोचक), नेकपा पुनर्वास नगर कमिटी सदस्य क. अशोक सार्की,नेकपा भिमदत्त नगर कमिटी सदस्य क. भगत सिंह बि.क, नेता क. दान बहादुर बि.क, दलित अधिकारकर्मी युवा नेता क. जि.बि आग्री, नेता सुरेश सार्की, क. टेक बहादुर बि.क, क. लक्ष्मण बि.क, क. रमेश फुलौटी, युवा नेता क.रुपेश बि.क. लगायतको उपस्थिति थियोे ।
के हो डिजिटल आन्दोलन?
विभिन्न पार्टीमा आवद्ध दलित समुदायका नेता कार्यकर्ताले आफ्नो नेतृत्वलाई तथा सरकारलाई सामाजिक सञ्जाल मार्फत दवाब दिने अभियान चलाउने भएका छ्न । जसलाई उनीहरुले डिजिटल आन्दोलनको नाम दिएका छ्न ।
यस अन्तर्गत पहिलो चरणमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले
प्रोफाईल तस्वीरमा कालो पृष्ठभुमिमा "जातीय विभेद गर्नेलाई मृत्युदण्डको व्यवस्था गर", "जातीय विभेद अन्त्य गरौ" जस्ता नारा राख्ने निर्णय गरिएको छ । त्यसैगरी सामाजिक सञ्जालमा कुनै भनाइ (स्टाटस) राख्दा कालो पृष्ठभुमिमा राख्ने, सामाजिक सञ्जाल मार्फत जातीय भेदभावको विरोधमा लेख्ने तथा सबैलाई जातीय भेदभावको विरुद्ध एक हुन आग्रह गर्ने र संविधान संशोधन गरेरै भएपनि जातीय विभेद गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न दवाब दिने कार्यक्रम रहेको बताईएको छ । कोभिड १९ को कारण देशमा जारी लकडाउनलाई मध्यनजर राख्दै सामाजिक सञ्जाल तथा फोन मार्फत आफ्ना भनाईहरु राखी आफू आवद्ध पार्टी तथा सरकारलाई दवाब दिने कार्यलाई डिजिटल आन्दोलनको नाम दिईएको नेकपा नेता बिनोद नेपालीले बताए ।
डिजिटल आन्दोलन किन?
नेकपा नेता बिनोद नेपालीले सरकार मै रहेका जिम्मेवार व्यक्तिहरुबाट रुकुम हत्याकाण्डको बारेमा गैरजिम्मेवार र हलुका अभिव्यक्ती आएकाले आफुहरु आन्दोलनमा जानुको विकल्प नरहेको विचार राखेका छ्न । अपराधिहरुले उन्मुक्ती पाउने र पीडितहरुले न्याय नपाउने विडम्बनापूर्ण अवस्था आउन लागेको आभास पाएको कारण
आफुहरुले आन्दोलन गरेको उनले बताए ।
के थियोे घटना ?
गत जेठ १० गते जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । त्यस काण्डमा ज्यान गुमाएका नवराज विकसहित पाँच जना मध्ये चार जनाको शव फेला परिसकेको छ भने १७ बर्षिय गोविन्द शाहीको खोजी भईरहेको छ ।
यस घटनामा संलग्न भनिएका मृतक नवराजकी प्रेमिका, उनका बुबाआमा, वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

रुकुम काण्डले साठी लाख दलितको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले निकाल्यो प्रेस विज्ञप्ति
-सुनिलकुमार लो
कञ्चनपुर, १७ जेठ ।रुकुममा गत जेठ १० गते भएको हत्याकाण्डले नेपालमा बस्ने साठी लाख दलित समुदायको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले शुक्रबार प्रेस विज्ञप्ति निकालेको छ ।
विश्वकर्मा समाज, पुनर्वासका अध्यक्ष परशुराम विश्वकर्माद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा जातीय विभेदकै कारण रुकुममा दलित युवाहरुको हत्या भएकोमा विश्वकर्मा समाज, पुनर्वासको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधानको धारा १८ ले समानताको हक तथा धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हक सुनिश्चित गरीसकेको अवस्था तथा देशमा गणतान्त्रिक व्यवस्था आईसकेको परिप्रेक्ष्यमा एउटा दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनु परेको घटना अत्यन्तै निन्दनीय र दु:खद रहेको बताईएको छ ।
यस घटनाको छानबिनको लागि दलित समुदायको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति,न्याय र सामाजिक न्यायको ग्यारेण्टी गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकाका २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । गाउँलेले नियन्त्रणमा लिएर नवराज विकसहित पाँच जनालाई हत्या गरी भेरी नदिमा फालेकोमा हालसम्म चार जनाको शव फेला परिसकेको छ भने १७ बर्षिय गोविन्द शाहीको खोजी भईरहेको छ ।
रुकुम काण्डले साठी लाख दलितको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले निकाल्यो प्रेस विज्ञप्ति
-सुनिलकुमार लो
कञ्चनपुर, १७ जेठ ।
रुकुममा गत जेठ १० गते भएको हत्याकाण्डले नेपालमा बस्ने साठी लाख दलित समुदायको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले शुक्रबार प्रेस विज्ञप्ति निकालेको छ ।
विश्वकर्मा समाज, पुनर्वासका अध्यक्ष परशुराम विश्वकर्माद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा जातीय विभेदकै कारण रुकुममा दलित युवाहरुको हत्या भएकोमा विश्वकर्मा समाज, पुनर्वासको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधानको धारा १८ ले समानताको हक तथा धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हक सुनिश्चित गरीसकेको अवस्था तथा देशमा गणतान्त्रिक व्यवस्था आईसकेको परिप्रेक्ष्यमा एउटा दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनु परेको घटना अत्यन्तै निन्दनीय र दु:खद रहेको बताईएको छ ।
यस घटनाको छानबिनको लागि दलित समुदायको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति,न्याय र सामाजिक न्यायको ग्यारेण्टी गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
कञ्चनपुर, १७ जेठ ।
रुकुममा गत जेठ १० गते भएको हत्याकाण्डले नेपालमा बस्ने साठी लाख दलित समुदायको अपमान भएको भन्दै विश्वकर्मा समाज, पुनर्वासले शुक्रबार प्रेस विज्ञप्ति निकालेको छ ।
विश्वकर्मा समाज, पुनर्वासका अध्यक्ष परशुराम विश्वकर्माद्वारा हस्ताक्षरित सो प्रेस विज्ञप्तिमा जातीय विभेदकै कारण रुकुममा दलित युवाहरुको हत्या भएकोमा विश्वकर्मा समाज, पुनर्वासको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । विज्ञप्तिमा नेपालको संविधानको धारा १८ ले समानताको हक तथा धारा २४ ले छुवाछुत र भेदभाव विरुद्धको हक सुनिश्चित गरीसकेको अवस्था तथा देशमा गणतान्त्रिक व्यवस्था आईसकेको परिप्रेक्ष्यमा एउटा दलित समुदायको युवाले अन्तरजातीय विवाह गर्न खोज्दा ज्यान गुमाउनु परेको घटना अत्यन्तै निन्दनीय र दु:खद रहेको बताईएको छ ।
यस घटनाको छानबिनको लागि दलित समुदायको प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्न र पीडित परिवारलाई क्षतिपूर्ति,न्याय र सामाजिक न्यायको ग्यारेण्टी गर्न नेपाल सरकारसंग जोडदार माग गरेको छ ।
आजको राशिफल/ आज मिति २०७७ साल जेठ १७ गते शनिबारको राशिफल
आज मिति २०७७ साल जेठ १७ गते । शनिबार । ईश्वी सन् २०२० मे ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि– अष्टमी,२९ घडी ५२ पला,बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त नवमी । नक्षत्र– पूर्वाफाल्गुनी, ५३ घडी ०९ पला,रातको,०२ बजेर २६ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग– हर्षण,३१ घडी १५ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त बज्र । करण– भद्रा,बिहान ०६ बजेर १२ मिनेट उप्रान्त बव,बेलुकी ०५ बजेर ०८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १५ पला । अष्टमी व्रत। गोरखकाली पूजा। वायु अष्टमी ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा अरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । समाजसेवा तथा गित संगीत जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले भनजस्तो उपलब्धि हासिल गर्न सक्नेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रगति हुने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा लोकप्रिर्य काम गरि दाम तथा दाम दुवै कमाउँन सकिनेछ भने राज्यको तर्फबाट सम्मानित हुँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउँने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुँदा मानसिक तनाव बढ्नेछ । तपाईको दिन शुभ रहोस् ।

Friday, May 29, 2020
सामुदायिक सुधार्ने जिम्मा निजीलाई 'दुधको साक्षी बिरालो'
काठमाडौं, १६ जेठ । सामुदायिक विद्यालय सुधारको जिम्मा निजीलाई दिने सरकारको तयारी प्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । बिहीबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा सरकारले माध्यमिक तह सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले कम्तिमा एउटा सामुदायिक विद्यालयको जिम्मा लिनु पर्ने नीति अख्तियार गरेको जनाएको थियो । यसबाट सार्वजनिक शिक्षा सुधारमा सरकारको गैह्र जिम्मेवारीपना झल्केको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका हुन् ।
शिक्षा बजेटका सन्दर्भमा शुक्रबार शिक्षा पत्रकार समुहले गरेको भर्चुअल शिक्षा संवादमा बोल्दै शिक्षा विज्ञ प्रा.डा. विनय कुसियतले यसलाई दुर्भाग्य भन्दै 'दुधको साक्षी बिरालो'को संज्ञा दिएका छन् ।
'राज्यको सबै चासो सामुदायिक विद्यालयलाई बलियो बनाउने हुनु पर्ने हो, किन भने ८० प्रतिशत बालबालिका जहाँ गरिब, पिछडिएको, ग्रामिण समुदायका बालबालिका पढ्छन् त्यसको उन्नयन गर्नु पर्ने हो' उनले भने 'श्रोत परिचालनबाट पो गर्ने हो, निजी विद्यालयलाई नाफा कमाउने उद्धेश्यबाट सञ्चालन गर्न दिने हो भने श्रोत परिचालनको कुरा कहिल्यै पनि हुँदैन, एउटा विरोलोलाई राम्रोसँग दुध हेर है भनेर जिम्मा दिए जस्तो भयो ।'
यसको सोटो निजी विद्यालयलाई कर लगाएर त्यसबाट उठेको रकम सामुदायिक विद्यालय सुधारमा लगाउनु पर्नेमा सरकारले अमुर्त कुरा गरेको भन्दै उनले आलोचना गरे ।
'नियमित खर्च आफ्नो गर त्यस बाहेक राज्यलाई दिनु पर्ने कर तिर भनेर भन्नु पर्ने थियो' उनले भने, 'यस अघि उच्च स्तरीय शिक्षा आयोगले पनि ६० प्रतिशत विद्यालनेको हो, यो कुरा गर्न सरकारले किन हिम्मत गर्न नसकेको हो ?'
नयाँ सन्दर्भ सँगै शिक्षालाई प्रविधि मैत्री बनाउन विशेष कार्यक्रम आवश्यक हुँदा हुदै सरकार पुरानै अवस्था र परम्परागत ढंगबाट बाहिर निस्कन नसकेको उनको आरोप छ । सबै जिल्लामा दिवा खाजा कार्यक्रमको विस्तार सकारात्मक भए पनि त्यसलाई कक्षा आठ सम्मका बालबालिकालाई दिन पर्ने उनको तर्क छ ।
प्रतिनिधी सभा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका सांसद गगन थापाले सामुदायिक विद्यालय सुधारमा सरकार स्थानीय सरकारलाई विश्वास नगर्ने बरु निजीलाई विश्वास गरेर अघि बढ्न खोजेको आरोप लगाए ।
'कहाँबाट आयो यो कुरा ? एकातिर साना तिना टहरामा खुलेका निजी विद्यालयको आफ्नै हरिविजोग छ, त्यहाँको पनि सिकाइ हेरौं, अनी त्यस्ता प्राईभेट स्कुललाई छेउको सामुदायिक विद्यालयको जिम्मा दिने ?' प्रश्न गर्दै उनले भने, 'स्थानीय सरकारलाई विश्वास नगर्ने, अनी त्यस्ता निजी विद्यालयलाई जिम्मा दिएर सामुदायिक विद्यालय बनाईदिनु पर्ने ? अनी हाम्रा सामुदायिक विद्यालयमा हाम्रा केटाकेटी गजपको पढ्ने सोचाई बजेट भित्र पाएँ ।'
कोभिड १९ को चुनौति संगै शिक्षा र स्वास्थ्य क्षेत्रले पाएको अवसर सरकारले गुमाएको उनको टिप्पणी थियो । आफू अर्थ मन्त्रालयलाई दोष दिने पक्षमा नभएको बताउँदै उनले शिक्षा मन्त्रालयले नया“ प्रस्ताव र कार्यक्रम अघि सार्न नसक्दा शिक्षामा महत्वपूर्ण सुधार ल्याउने अवसर गुमेको बताए । राष्ट्रपति शैक्षिक सुधार र्काक्रमलाई खारेज गर्नु पर्ने बताउँदै उनले सामुदायिक विद्यालय सुधार गर्ने भन्दे ल्याएको उक्त कार्यक्रमको आचित्य नभएको पनि बताए ।
यसैगरी शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले बजेट शिक्षा मन्त्रालय वा अर्थ मन्त्रालयबाट मात्रै भन्दा पनि प्रधानमन्त्रीकै चाहनाबाट बनेको प्रष्ट भएको दावि गरे । प्रधानमन्त्रीको चाहना र प्राथमिकता के छ सोही आधारमा बजेट बनेको भन्दै उनले त्यो कुरा यो शिक्षा बजेटमा पनि झल्केको बताए ।
'प्रधानमन्त्री ज्यूले गत बर्ष उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्ने क्रममा प्रष्ट रुपमा निजी क्षेत्रलाई भन्नु भएको थियो, तपाईहरु निजी विद्यालयमा लगानी गर्नुहोस् सरकारले संरक्षण प्रदान गर्छ, त्यही धारमा गईराखेको छ बजेट' उनले भने, 'सार्वजनिक विद्यालयको हेरचाह गर्ने काममा प्रधानमन्त्रीले निजी विद्यालयबाटै अपेक्षा राख्नु भएको थियो, बजेटमा त्यो कुरा झल्केको छ, त्यसैले शिक्षाका बारेमा प्रधानमन्त्रीको सोचाईमा परिवर्तन नआउँदा सम्म धेरै परिर्वतन होला जस्तो लागेको छैन ।'
६ हजार स्वयं सेवक शिक्षक भर्ना गरेर फेरी पनि सरकारले कामचलाउ ढंगले विद्यालय चलाउने योजना बनाएको भन्दै उनले निरन्तर तल झरेको सिकाइ सुधार्न शिक्षक व्यवस्थापनलाई जसरी ध्यान दिनुपर्ने थियो त्यस तर्फ बजेट केन्द्रित नभएको उल्लेख गरे ।
शिक्षा विज्ञ प्रा.डा सुशन आचार्यले सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापनमा जवाफदेहिताको खाँचो देखिएको उल्लेख गर्दै यस तर्फ बजेटबाट प्रष्ट खाका नआएको बताईन् ।
'अनुगमन र मूल्यांकनको पाटो नसुधारे सम्म शिक्षामा सुशासन सम्भव छैन' उनले भनिन् 'भर्ना बालबालिका विद्यालय छाड्ने कारण पहिल्याएर रोक्ने कार्यक्रम ल्याउनु पर्छ ।'
संवादमा सहभागि विज्ञहरुले कोभिड १९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या तथा विद्यमान अन्य शैक्षिक समस्या सम्बोधन गर्न बजेट चुकेको तर्क गरेका छन् । तर, शिक्षा मन्त्रालयका सहसचिव कृष्ण काप्रीले समग्र बजेटको आकार घटेको बेला शिक्षामा बजेट बृद्धि हुनुलाई उपलब्धीका रुपमा लिनु पर्ने बताए । संस्थागत र सामुदायिक विद्यालयको सहकार्य विगत देखिनै भएको तर्क गर्दै उनले सामुदायिक विद्यालय सुधारमा निजीको असल अभ्यास भित्र्याउन खोजेको बताए । यसलाई उनले 'पीपीपी मोडेल'को संज्ञा दिएका छन् ।
'निजी विद्यालय सामुदायिक भन्दा उत्कृष्ट छन् भन्ने सन्दर्भमा हैन तर उहाँहरुका केही असल अभ्यासहरु छन्, त्यसलाई सार्वजनिक सामुदायिक विद्यालयमा पनि हामीले ग्रहण गर्न सक्छौं' उनले भने 'निजीले सामुदायिकलाई सपोर्ट गर्ने एउटा मोडल हुन सक्छ भनेर बजेटमा आएको हो ।'
संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राखेर आधारभूत तह सम्मको शिक्षा नि:शुल्क र अनिवार्य तथा माध्यमिक तह सम्मको शिक्षा अनिवार्य हुने व्यवस्था गरेको छ । सोही अवधारणा अनुसार विद्यालय शिक्षामा भईरहेको निजी लगानी नियमन गर्दै गुठीमा रुपान्तरण गर्नु पर्ने र सार्वजनिक शिक्षा सुधार गर्नु पर्ने तर्क जारी रहेका बेला सरकारले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी नै निजीलाई सुम्पने नीति अख्तियार गरेको छ । सार्वजनिक शिक्षा सुधार नभई संविधानले गरेको समाजवाद उन्मुख समाज निर्माण नहुने तर्क सहित विद्यालय शिक्षामा जारी निजी लगानीलाई क्रमश निरुत्साहित गर्दै गुठिमा रुपान्तरण गर्नु पर्ने भन्दै उच्च स्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर उक्त प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक नगरी सरकारले जारी गरेको शिक्षा नीतिमा विद्यालय शिक्षामा जारी लगानीका बारेमा केही उल्लेख छैन ।
यही विचमा आएको बजेटले सामुदायिक विद्यालय सुधारको जिम्मा नै निजी विद्यालयलाई सुम्पिएको छ ।
तर यस कार्यक्रम प्रतिको आलोचना तिब्र छ । edukhabar बाट
प्रधानमन्त्रीलाई संविधान संशोधन प्रक्रियाबाट पछि नहट्न काङ्ग्रेसकाे सुझाव
काठमाडौ,जेठ १६ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधन प्रक्रियाबाट पछि नहट्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसका जुझारु नेताद्वय एनपी साउद र चन्द्र भण्डारी बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर संविधान संशोधनबाट कुनै पनि बहानामा पछि नहट्न सुझाव दिदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले संविधान संशोधनको बिषयमा कांग्रेस एक ढिक्का भएर संसदमा पेश हुने प्रतिबद्धतासमेत जनाएको साउदका सहयोगी दिपक जोशीले जानकारी दिए।
भेटमा नेताहरुले विदेशबाट आउने युवाहरुको ब्यवस्थापन,कोरोनाबाट जनतालाई बचाउने प्रभावकारी कदम चाल्न पनि ध्यानाकर्षण गराएका थिए।
नेता साउदले सुदूरपश्चिम प्रदेशमा भारतबाट भित्रिएका नेपाली नागरिकहरुको ब्यवस्थापनमा प्रदेश सरकार निकम्मा साबित भएको भन्दै तदारुकताका साथ पहल गरिदिन आग्रह गरे। क्वारेन्टाइनमा १४/१५ दिन बस्दासमेत स्वाब टेस्ट नभएको र क्वारेन्टाइनको ब्यबस्थापनसमेत राम्रो नहुँदा मान्छेहरु भाग्ने स्थिति आएको भन्दै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
दुबै नेताले रुकुम घटनाका दोषीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
नेता साउदले पनि बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटमा बजेट, सुदूरपश्चिमलगायतका अन्य स्थानहरुमा कोरोना र प्रवासबाट भित्रिने नेपाली नागरिकको समस्या, सीमा तथा देशको समसामयिक वस्तुस्थितिका बारेमा छलफलका भएको जानकारी दिएका छन्।
दुबै नेताले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि भेट गरेर माथिका समस्याबारे ध्यानाकर्षण गराएका थिए।

कञ्चनपुरका दलित अगुवाहरुद्वारा रुकुम हत्याकाण्डको भर्त्सना
कञ्चनपुर, १६ जेठ ।
कञ्चनपुरका दलित अगुवाहरुले रुकुम हत्याकाण्डको चर्को भर्त्सना गरेका छ्न । उनीहरुले जातीय विभेदकै कारण रुकुमको चौरहजारीमा दलित युवाहरूको हत्या भएको र एक्काइसौं शताब्दीको आधुनिक विश्वमा जातीय विभेदकै कारण दलितको बर्बरतापूर्वक हत्या हुनु विडम्बना भएको जनाएका छ्न । दलितवर्ग माथी भएको नृशंस आततायी कृयाकलापले गणतन्त्रको मूल्य र मर्मको धज्जी उडेको सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छ्न ।फिल्मकर्मी जिबि आग्रीले "ज्यानमारा उम्किने देशमा कसरी गणतन्त्रको शुभकामना दिउँ" भन्दै आफ्नो आक्रोश पोखेका छ्न ।
त्यसैगरी नेकपा कञ्चनपुरका जिल्ला सदस्य भारमल सुनारले एक्काईसौ शताब्दीको गणतान्त्रिक सरकार दलित हितमा नभएको भन्दै दलितहरुले वर्तमान सरकारलाई अपनत्वको अनुभूति गर्न कहिले पाउँछ भन्दै प्रश्न गरेका छ्न ।
दलित मुक्ति समाज कञ्चनपुरका अध्यक्ष विनोद नेपालीले वर्षौको गाली र अपमानबाट आफुहरु थाकेको बताएका छ्न ।
जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं. २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन १९ जनाको समूह लिएर पुगेपछि काण्ड भएको थियो । गाउँलेले लखेटेपछि ज्यान जोगाउनका लागि भेरीमा हाम फालेका विकसहित चार जनाको शव फेला परिसकेको छ ।
जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो । भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमबार शव फेला परेको थियो ।
वेपत्ता रहेका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र सोहि वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ ।
आजको राशिफल/आज मिति २०७७ साल जेठ १६ गते शुक्रबार
आज मिति २०७७ साल जेठ १६ गते । शुक्रबार । ईश्वी सन् २०२० मे २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि–सप्तमी,३५ घडी ०६ पला,बेलुकी ०७ बजेर १३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– मघा, ५६ घडी ३८ पला,रातको,०३ बजेर ५० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– व्याघात,३८ घडी ०८ पला,बेलुकी ०८ बजेर २६ मिनेट उप्रान्त हर्षण । करण– गर,बिहान ०८ बजेर १० मिनेट उप्रान्त वणिज,बेलुकी ०७ बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५२ मिनेट । दिनमान ३४ घडी १३ पला । कुमार–यात्रा । सगरमाथा आरोहण दिवस । शान्ति सेना दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । आमा तथा आफन्त सँग टाडिएर यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) छोटो तथा रमाईलो यात्रा हुने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित विषयमा सहभागि नहुँनु होला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा कुटुम्बसँग भेटि नया कामको योजना बुन्न सकिनेछ । पारिवारिक समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा दैनिक कामहरु प्रभावित हुन सक्छन् ध्यान दिनुहोला । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुने छैनन् । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ रमाईलो गर्दै घरमै वस्न सकिनेछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाई लेखाईमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालतसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ । तपाईको दिन शुभ रहोस् ।

Thursday, May 28, 2020
नेपालमा कोरोना संक्रमित संख्या १०४२ पुग्यो, संक्रमण ५१ जिल्लामा फैलियो
काठमाडौ, जेठ १५ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै मृतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको जानकारी दिएका छ्न । उनका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका छन् । हालसम्म ५१ जिल्लामा संक्रमण फैलिसकेको छ ।
पछिल्लो पटक कोरोना संक्रमणबाट ललितपुर बुंगमतिका ५६ बर्षिय पूरुषको जेठ १४ गते मृत्यु भएको थियो । मन्त्रालयले यस विषम परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेको छ । मन्त्रालयले अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरु लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

मेटाबोलिज्मले कसरी मोटोपन घटाउँछ ?
मेटाबोलिज्म शरीरको यस्तो प्रणाली हो, जसले शरीरमा उर्जा बनाउँछ र त्यसको प्रयोग गर्छ । यसबाट सजिलैसँग के थाहा पाउन सकिन्छ भने मेटाबोलिज्म धिमा भएपछि शरीरमा उर्जाको कमी हुन्छ । यसले गर्दा हरेक समय थकान महसुष हुन्छ । शरीर आलस्य हुन्छ । शरीरले उर्जालाई सही ढंगले प्रयोग गर्न पाउँदैन । यसले गर्दा क्यालोरी फ्याटको रुपमा शरीरमा जम्मा हुन्छ । यसैले मोटोपन बढ्छ ।
यसको ठीक विपरित यदि कुनै व्यक्तिको मेटाबोलिज्म तिब्र छ भने उनमा उर्जा भरपूर हुन्छ । उनको शरीरले राम्ररी फ्याट बर्न गर्छ । शरीर तन्दुरुस्त रहन्छ । मोटोपनको समस्या हुँदैन । अब प्रश्न उठ्छ, मेटाबोलिज्म कसरी तिब्र बनाउने त ?
यसका लागि तीन तरिका छन् ।
एक, स्वस्थ्यकर र सुपाच्य खानेकुरा सेवन ।
दुई, गहिरो र पर्याप्त निद्रा ।
तीन, नियमित समुचित व्यायाम ।
त्यसो त मेटाबोलिज्म सुस्त हुनुका अनेक कारण हुनसक्छ । त्यसमध्ये एक हो, गलत खानेकुराको सेवन । केही यस्ता खानेकुरा छन् जो हामी दैनिक सेवन गर्छौ । यी खानेकुरा अस्वस्थ्यकर त हुन्छ नै मेटाबोलिज्मलाई पनि सुस्त बनाइदिन्छ । त्यसैले यस्ता खानेकुराले मोटोपन बढाउँछ । के हुन् त ति खानेकुरा ?
सेतो खानेकुरा
सेतो चामल, सेतो पाउरोटी, सेतो पास्ता वा मैदाबाट बनेको खानेकुराले मेटाबोलिज्ममा असर पु¥याउँछ । यी सबै खानेकुरा प्रशोधित अन्नबाट बनाइन्छ । यसमा न फाइबर हुन्छ, न पर्याप्त पोषक तत्व नै । त्यसैले यस्ता खानेकुराले मोटोपन बढाउँछ । त्यसो त आलुलाई पनि तेलमा तारेर सेवन गर्दा त्यो अस्वस्थ्यकर हुनछ । यद्यपि उसिनेको आलु भने स्वस्थ्यकर मानिन्छ ।
गुलियो खानेकुरा
गुलियो खानेकुरा खासगरी कृतिम चिनीबाट तयार गरिएका परिकारले मेटाबोलिज्म धिमा बनाइदिन्छ । त्यसो त यस्ता परिकारले रगतमा सुगरको मात्रा पनि ढाउँछ । यसले मधुमेहको जोखिम बढाउनका साथसाथै अन्य अंगलाई पनि नष्ट गर्छ ।
गुलियो खानुपर्छ, तर प्राकृतिक गुलियो । जस्तो कि, फलफूल ।
मदिरा
मदिराको थोरै मात्राले पनि हाम्रो स्नायु प्रणालीमा नराम्रो असर गर्छ । यसका साथै मदिराले मेटाबोलिज्मलाई एकदमै धिमा बनाइदिन्छ । मदिराको सेवनले कलेजोमा क्षति पुग्छ ।

आज बजेट आउँदै, के के छ्न प्राथमिकतामा ?
काठमाडौं, जेठ १५ ।
आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्नेछन् ।
खतिवडाले तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेटले यसपटक कोरोना महामारीबाट बिरामी बनेको अर्थतन्त्रलाई मलमपट्टी गर्ने प्रयास गर्नेछ ।
फजुल खर्च कटौती, आयोजना पुनः प्राथमिकीकरण, विवादित कार्यक्रम खारेजी र पुराना केही कार्यक्रमलाई कोरोना प्रभावितका लागि प्याकेजमा समेटेर आउनुपर्ने विज्ञहरुले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नै स्थानीय विकास साझेदारी कार्यक्रमदेखि ४० हजार कर्मचारी कटौतीसम्म गरेर फजुल खर्च रोक्न सुझाएको छ । सबैखाले फजुल खर्च नियन्त्रण गर्न सर्वत्र माग छ ।
बजेटले कोभिड-१९ ले थला पारेको अर्थतन्त्रदेखि नागरिकले खेप्न परिरहेको अप्ठ्यारासम्मलाई सिधा सम्बोधनको कोसिस गर्नेछ ।

आजको राशिफल/आज मिति २०७७ साल जेठ महिनाको १५ गते विहिवार
आज मिति २०७७ साल जेठ महिनाको १५ गते विहिवार, तदनुसार मे २८, २०२०। हेर्नुस आजको राशिफल ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ सञ्चय नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न सहयोग र उपहार प्राप्त हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर प्राप्त हुनेछ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ। आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला। काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। काममा केही समय लागे पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ।

Wednesday, May 27, 2020
१८३ जनाले कोरोनालाई जिते
काठमाडौ, १४ जेठ ।
नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए।
डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन्। यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन्।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ। त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ। देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन्। यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन्।
सेतोपाटीबाट।

नेपालमा कोरोना संक्रमित संख्या ८८६ पुग्यो
काठमाडौ, १४ जेठ ।
नेपालमा थप एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालमा गरिएको परीक्षणमा आज मात्रै एक सय १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ।
त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ।
संक्रमित सबै क्वारेन्टाईनमा रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडीटी विधिबाट एक लाख दुई सय ८७ जनाको नमुना परीक्षण गरिएको छ।
बुधबारसम्म एक सय ८३ जना निको भएका छन् भने अरुको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

भारतको क्वारेन्टाइनमा नेपाली महिलाले बच्चा जन्माईन
१४ जेठ ।
बझाङ जिल्ला घर भएकी पुजा नेपालीले पलियाको क्वारेन्टाईनमा बच्चा जन्माएकी छिन् ।
बलदेव वैदिक इन्टर कलेज पलिया खिरीको क्वारेन्टाइनमा मंगलवार दिउँसो उनले बच्चा जन्माएकी हुन् । उनी श्रीमान दिनेश नेपालीसँग दिल्लीबाट पलिया पुगेकी थिईन् ।
दिउँँसो प्रशव पीडा भएपछि भारतीय कर्मचारीले सामुदायिक स्वाथ्य केन्द्रमा भर्ना गराएका थिए । उनको सामान्य डेलिभरी भएको र पुजा नेपालीले छोरालाई जन्म दिएकी छन ।
आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । सुत्केरीलाई पलियाको सोही क्वारेन्टाईनमा अलग्गै कोठाको व्यवस्था गरिएको छ । पलियास्थित भारतीय सरकारी कर्मचारी आशिष कुमार सिंहले अस्पताल भर्ना गराउनेदेखि लिएर बच्चालाई कपडा र मिठाई पनि उपलब्ध गराएका छन ।

प्रेस यूनियन कञ्चनपुरका उपाध्यक्षद्वारा पुनर्वास-बेलौरीका सकृय पत्रकारलाई मास्क, ग्लोब र सेनिटाईजर वितरण
कञ्चनपुर, १४ जेठ ।
नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियन कञ्चनपुरले आफ्नो स्थापना दिवसको अवसरमा कञ्चनपुरको दक्षिणी क्षेत्रका सकृय पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन ।
प्रेस यूनियनको २९औँ स्थापना दिवसका अवसरमा मंगलबार यूनियन कञ्चनपुरका उपाध्यक्ष मार्फत पुनर्वासका सकृय पत्रकारहरुलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरीएको हो ।
प्रेस यूनियन कञ्चनपुरका उपाध्यक्ष किशोर तामाङले पुनर्वास ३ स्थित आफ्नै निवासमा पुनर्वास तथा बेलौरीका १२ सकृय पत्रकारलाई मास्क, ग्लोब र सेनिटाईजर वितरण गरेका हुन ।
सभापतिको समेत आसन ग्रहण गरेका उपाध्यक्ष तामाङले स्थापना दिवसका अवसरमा कोरोना भाइरस कोडिभ १९ को जोखिम मोलेर रातदिन जनतालाई सुचनाको अधिकार दिलाउन खटिएका पत्रकारलाई हौसला प्रदानका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य मिन बमले कोरोनाको महामारीका कारण समग्र पत्रकारीता जगत नै धरासायी भएकाले मिडियालाई सहयोग पुग्ने गरि सरकारले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनु पर्नेमा विज्ञप्ति निकाल्दा समेत सरकारले कुनै सुनुवाइ नगर्नु दुखद पक्ष भएको बताए।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य मिन बमकाे प्रमुख आतिथ्य, प्रेस युनियन सुदूरपश्चिम प्रदेश पार्षद दिपेन्द्र बस्नेतको विशिष्ट आथित्य र प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पार्षद दिपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको थियोे । कार्यक्रम नेपाल प्रेस युनियन कञ्चनपुरका सदस्य जुद्ध चौधरीले संचालन गरेका थिए ।
पुनर्वासका पदम थोकरको पोखरामा दुर्घटनामा परी मृत्यु
कञ्चनपुर, १४ जेठ ।
पोखरामा मजदुरी गर्दै आएका पुनर्वास नगरपालिका २ दशरथ बस्तीका पदम थोकरको गत सोमबार पोखरामा दुर्घटनामा परी मृत्यु भएको छ ।
मृत्युको समाचार प्राप्त भएसंगै परिवारजन शोकमा डुबेको छ ।
अत्यन्त कमजोर आर्थिक अवस्था भएका थोकरको घरमा श्रीमती सहित नाबालक एक छोरा र एक छोरी रहेका छ्न । कमाउने घरमूलिको नै मृत्यु भएपछि नाबालक छोराछोरीको भविष्य अन्धकार बनेको छ ।
देशमा जारी लकडाउन र त्यसमाथी कमजोर आर्थिक अवस्थाका कारण लास ल्याउन गाह्रो भएकाले उतै सदगत गर्ने पारीवारिक सल्लाह भएपश्चात आज बुधबार परिवारका सदस्य र गाउँलेहरु पोखरातर्फ लागेका छ्न ।
पोखरा महानगरपालिका १८ सेदी स्थित निर्माणाधिन एक अपार्टमेण्टमा काम गर्ने क्रममा गत सोमबार ढुंगा खसी गम्भीर घाईते भएका थिए । घाइते थोकरलाई उपचार गर्न पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगीए पनि उपचारकै क्रममा निधन भएको परिवारीक श्रोतले जनाएको छ । मृतकको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा रहेको छ ।

आजको राशिफल/ वि.सं.२०७७ साल जेठ १४ गते बुधबार । ईश्वी सन् २०२० मे २७ तारिख
वि.सं.२०७७ साल जेठ १४ गते । बुधबार ईश्वी सन् २०२० मे २७ तारिख । नेपाल संवत् ११४० प्रमादी संवत्सर उत्तरायन ग्रीष्म ऋतु श्रीशाके १९४२ जेष्ठ शुक्लपक्ष तिथि पंचमी,४३ घडी १९ पला,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त षष्ठी नक्षत्र– पुनर्वसु , ०२ घडी ४१ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त तिष्य योग वृद्धि,५० घडी ०५ पला,रातको ०१ बजेर १४ मिनेट उप्रान्त ध्रुव । क,र,ण ब,व,बिहान ११ बजेर ०७ मिनेट उप्रान्त बालव,बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त कौलव आ,न,न्दा,दि,मा,गद यो,ग चन्द्रराशि–कर्कट काठमाडौंमा सूर्योदय ०५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी ०९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
तत्कालको लागी समय मध्ययम भएपनि पछिको लागि शक्ति सञ्चय गर्न सकिनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा समय खर्चियपनि नतिजा आफ्नो पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । आफन्त,अग्रज तथा आमासँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अवसरहरु प्राप्त भएपनि समय तथा परिस्थिति सोचेजस्तो नहोला । दाजुभाई तथा आफन्तको सुझाब तथा सल्लाह मान्दै अगाडि बढ्न सम्दा फाईदा हुनेछ । सामाजिक सञ्जाल तथा मिडिया जस्ता क्षेत्रमा प्रश्तुति गर्दा ध्यान दिनुहोला । थालेका कामहरुबाट तत्काल फाईदा नभएपनि पछिको लागि जग बसाउने मौका रहेकोछ । यात्रा भएपनि उपलब्धि थोरै हुनेछ भने भरसक यात्रा गर्दा ध्यान दिनु होला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आफन्त तथा आत्मिय मित्रहरुसँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पुराना थाति बसेका कामहरु बन्ने हुनाले काम गर्न जोस जागर बढेर आउनेछ । अध्यन अध्यापनमा सुधार भएर जानेछ भने आफ्नो ज्ञानलाई निखार्ने सकिनेछ । सुन्दर तथा बिलाशिताका सामान प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न सकिने हुनाले पद प्राप्तीको योग बन्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नैहरुले फसाउँन सक्छन् ध्यान दिनुहोला । काम गर्ने बाहनामा रुपैया पैसा लिएर काम नगर्नेहरुदेखि सजक रहनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि भनेजस्तो रुपैया पैसा कमाउँन नसक्दा मन खिन्न हुनेछ । आर्थिक स्थिति सुदृड बनाउँन चालिएका कदमहरु निअर्थक हुनेछन् । माया प्रेममा अशिस्वास बढ्नेछ भने जीवन साथिसँगको सम्बन्ध चिसिन सक्छ ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ । स्वास्थ्य सम्बन्धि साना तिना समस्याले भने सताउने देखिन्छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुँने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत कृषिमा लगानी गर्न सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । विलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुँने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।तपाईको दिन शुभ रहोस् ।

Tuesday, May 26, 2020
पत्रकारीता क्षेत्रलाई सुरक्षित गर्न सभापति देउवाद्वारा माग
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको जोखिमका बेला देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य भएको बताएका छन् । नेपाल प्रेस युनियनको २९ औँ वार्षिकोत्सवका अवसरमा आज जुम प्रविधिमार्फत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभरका पत्रकारको निःशुल्क कोरोना परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न सरकारसँग माग गरे ।
उनले यसबीचमा धेरै श्रमजीवी बेरोजगार भएको, विज्ञापन व्यवसायमा असर पर्दा सञ्चारगृह संकटमा परेको तथा दैनिक र साप्ताहिक पत्रिका बन्द भएको बताउँदै पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्नका लागि व्यवस्थित राहत प्याकेज ल्याउन सरकारसँग माग गरे । ‘सञ्चारमाध्यमले औंल्याएका गल्ती सच्याउँंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ’, पूर्वप्रधानमन्त्री देउवाले भने ।
उनले देशभरका क्वारेन्टिनलाई व्यवस्थित बनाउने, पर्याप्त स्वास्थ सामग्री व्यवस्था गर्ने, अत्यावश्यक राहतको उचित व्यवस्थापन गर्ने र विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई उद्धार गर्ने विषयमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी रहेकामा जोड दिए । उनले निडर भएर आफ्नो कलम चलाउन सञ्चारकर्मीलाई आग्रह पनि गरे । कार्यक्रममा सभापति देउवाले प्रेस युनियन सुनसरीको डिजिटल क्यालेण्डर विमोचन गरेका थिए ।
रातोपाटीबाट।

गौरीफन्टामा दुई घण्टामै ४५ सय नेपाली भित्रिए (फोटो फिचर)
जेठ १३/
भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट आजपनि उद्दार कार्य जारी राखिएको छ।
कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा उद्दारको कार्य भईरहेको हो।
गौरीफन्टा नाकाबाट आज दुई घण्टामै ४ हजार पाँच सय २८ जनाको उद्धार गरिएको छ।
दिनेश खबरबाट ।

लालझाडीमा र्यापिड टेस्ट गर्दा दुई जनामा देखियो कोरोना पोजेटिभ
डम्बर भट्ट
कञ्चनपुर, १३ जेठ ।
जिल्लाको दक्षिणी क्षेत्र अन्तरगत लालझाडी गाउँपालिका वडानम्बर ६ रामेश्वर विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका दुई जनामा आरडिटी टेष्ट पोजेटिभ देखिएको छ ।
आज (मंगलबार) गाउँपालिकाले गरेको आरडिटी परीक्षणमा दुई जनामा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुलाराम चौधरीले बताए । उनका अनुसार दुई जनामा रेपिड टेष्ट पोजेटिभ देखिएको हाे ।
केही समय अघि भारतबाट फर्किएका २० र ३० बर्षिया युवकमा आरडिटी पोजेटिभ देखिएपछि उनीहरुलाई प्रहरीको निगरानी सहित विशेष कक्षमा छुट्टै राखिएको इलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।
उनीहरू गत बैशाख ३१ गते भारतको हरियाणाबाट आएको समेत प्रहरी निरीक्षक चन्दले बताए। आरडिटी पाेजेटिभ देखिएपछि थप पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलनको गरिएको छ ।
लालझाडी गाउपालिकाका अध्यक्ष मदन सेन बडायकले समाजिक दुरी कायम गर्दै नेपाल सरकारले गरेको लकडाउनकाे पुर्ण रुपमा पालना गर्न सम्पूर्ण गाउँवासीमा अनुरोध गरेका छन् ।

कतारमा मृत्युदण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सुट गर्दैछ
काठमाण्डौ, १३ जेठ ।
गएको वैशाख ४ अर्थात अप्रिल १६ तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । फोन उठाउनुभयो । कतारबाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनुहुन्थ्यो ।
फोन उठाउन साथ भाञ्जाले भन्नुभयो, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद मलाई आजै सु’ट गर्छन् ।’ ओमप्रकाश बोल्न सक्नुभएन ।
अनिल थप बोल्नुभयो, ‘मैले केही गल्ती गरेको छैन, मलाई हत्यारा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’
ओमप्रकाशले बुवाआमासँग पनि कुरा गराइदिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्लड कसरी मिल्यो, मैले मारेको होइन ।’
अनिलको अत्यास र अघिल्लो दिनदेखि आएको फोनले ओमप्रकाशलाई लाग्यो, यो नै भाञ्जासँगको कुराकानी अन्तिम हुनेछ ।शङ्का सही साबित भयो । परिवारलाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गोली हानेर मृत्युदण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झस्कनुहुन्छ ।
पहिले पहिले अनिलको ज्या’न बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको शव व्यवस्थापनका बारेमा सोध्न फोन गर्छन् । शव अस्पतालमा छ । एक महिना बित्दा पनि शव त्यतै अन्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवारले सोच्न सकेको छैन ।
अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृत्युदण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुःखद खबर सुनाउनसमेत सकेका छैनन् ।
‘आमालाई बेलाबेला गाउँका महिलाले तिम्रो छोरालाई मारे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’
किन दिइयो अनिललाई मृत्युदण्ड ?
परिवारका एक्ला छोरा अनिल चौधरी सन् २०१५ अगष्टमा लेबर भिसामा कतार पुग्नुभएको थियो । कार धुने कम्पनीमा काम गर्नुहुन्थ्यो ।
एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर बुवा श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । श्यामकिशोरका अनुसार अनिलले कतारमा १९ महिना काम गर्नुभयो । यस अवधिमा साढे तीन लाख रुपैयाँ जति बुवालाई पठाउनुभयो पनि ।
तर श्यामकिशोरका आडभरोसा एक्ला छोरा अनिल १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको आरोपमा २ अप्रिल २०१७ मा प’क्राउ पर्नुभयो ।
अनिल दो’षी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा मृ’त्युद’ण्डको फैसला गरेको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनर’क्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।
कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मुद्दा लड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गर्यो । तर कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनुमोदन गरेपछि जेल प्रशासनले अनिललाई मृत्युदण्डको फैसला कार्यान्वयन ग’र्यो।
भाञ्जा ओमप्रकाश भन्नुहुन्छ, ‘ जे’लमा छँदासम्म ती कतारीको परिवारले मा’फ गरिदिन्छन् र अनिल फर्केर आउँला भन्ने आश थियो, अब सबै सकियो, हामी झन पी’डित भएका छौं, बोल्नलाई कुनै शब्दै छैन ।’ अनिललाई माफी दिनको लागि पीडित परिवारले अस्वीकार गरेको थियो ।
शव व्यवस्थापनबारे परिवारसँग समन्वय गर्न बोर्डलाई भनेका छौं :राजदूत
कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले अनिलको मृ’त्युद’ण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताउनुभयो । अहिले अनिलको श’व स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले शव नेपाल लैजान अनुमति पनि दिएको छ ।
तर कोरोना भाइरसका कारण नेपाल र कतारमासमेत लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले श’व व्यवस्थापनमा परिवारसँग समन्वय गर्न बोर्डमा अनुरोध गरिएको राजदूत भारद्वाजले बताउनुभयो ।
तर परिवारले भने अझै निर्णय गरिसकेको छैन ।
‘यो बेला छलफल गर्दा आमालाई गाह्रो हुन्छ भनेर हामी चुपचाप बसिरहेका छौं, कसरी के गर्ने सोच्न सकेको छैन, हामीलाई फोन चाहिँ आइरहन्छ, कतारमै अ’न्त्येष्टि गर्ने हो कि भन्ने पनि भैरहेको छ, तर सल्लाह गर्न बाँकी छ’ ओमप्रकाशले भन्नुभयो ।(उज्यालो अनलाईनबाट)

गर्मीमा छालाको स्याहार कसरी गर्ने?
गर्मीमा मौसमसंगै छालामा विभिन्न प्रकारका समस्याहरु देखिने हुदा यो सिजनमा छालालाई अतिरिक्त हेरचाहको आवश्यकता हुन्छ । चर्को घामको सम्पर्कमा आउनाले स्किन ड्यामेज, सन ट्यान, डार्क स्पट्स तथा पिग्मेन्टेसन हुनुका साथै मुहारमा प्रि–मच्योर एजिङ जस्तै रिङ्कल्स एवं फाइन लाइन्स देखिनु सामान्य जस्तै हुन्छ । फेरी कामको सिलसिलामा धुलोधुवाको सम्पर्कमा रहनुले पनि छालामा समस्या आइरहेको हुन्छ । यस्तो अवस्थामा त्यसलाई हाइड्रेट गर्नुपर्छ जसले छालालाई नरमपन प्रदान गर्छ । त्यसपछि छाला स्वस्थ एवं सुन्दर हुन्छ । गर्मीमा छालालाई हेल्दी डोज दिन निम्न फेस प्याक प्रयोग गर्न सकिन्छ ।
दही फेस प्याकः चर्को घाममा छालालाई शीतलता प्रदान गर्न दहीको फेस प्याक प्रयोग गर्नुपर्छ । यसका लागि एक चम्चा दहीमा एउटा सानो चम्चा चन्दन पाउडर मिसाउने र तयार भएको फेस प्याकलाई मुहारमा राम्रोसँग लगाएर १० मिनेटपछि चिसो पानीले पखाल्ने । यसबाट फ्रेस महसुस गर्न सकिन्छ ।
काँक्राको फेस प्याकः यदि फेस प्याकका साथमा स्क्रविङ सँगै मुहारको डेड स्किन पनि हटाउने हो भने काँक्राको फेस प्याक प्रयोग गर्नुपर्छ । काँक्राको केही टुक्रालाई मिक्सरमा हालेर पेस्ट बनाउने । त्यसमा थोरै सख्खर मिसाएर केही समयका लागि फ्रिजमा राख्ने । यो पेस्टलाई मुहारमा लगाएर सुकेपछि रगडेर निकाल्ने । परिणाम डेड स्किनको लेयर हट्छ ।
चन्दन फेस प्याकः चन्दनको शीतलताले गर्मीमा छालालाई धेरै हदसम्म राहत प्रदान गर्छ । यसका लागि एउटा कचौरामा एउटा ठूलो चम्चा चन्दन पाउडर तथा थोरै गुलाब जल मिसाएर लेप तयार गर्ने । यो लेपलाई मुहार र घाँटीमा राम्रोसँग लगाई सुकेपछि चिसो पानीले पखाल्ने ।
कागती फेस प्याकः एउटा ठूलो चम्चा कागतीको रसमा थोरै मात्रामा मह मिसाएर पेस्ट तयार पार्ने । उक्त पेस्टलाई कटन बलको सहायताले मुहार तथा घाँँटीमा प्रयोग गर्ने । २० मिनेटपछि चिसो पानीले मुहार तथा घाँटी पखाल्ने । यसबाट छाला कस्सिन्छ र त्यसमा ग्लो समेत देखापर्छ । यसबाट सन ट्यानमा पनि राहत प्राप्त हुन्छ । यसको थप प्रभावकारिताका लागि कागतीको बोक्राले प्रभावित ठाउँमा रगड्नुपर्छ ।
पुदिनाफेस प्याकः पुदिनाको फेस प्याकले चर्को घाममा छालालाई राहत प्रदान गर्छ । यसका लागि एउटा ठूलो चम्चा पुदिनाको पातलाई पिसेर त्यसमा दुई चम्चा गुलाब जल मिसाई अनुहारमा प्रयोग गर्ने । सुकेपछि चिसोपानीले पखाल्ने । गोरोपनका लागि यसमा एक चिम्टी हर्दी पाउडर मिसाउन सकिन्छ ।
वाटरमेलन फेस प्याकः गर्मीमा छालाको नरमपन कायम राख्न वाटरमेलन फेस प्याक निकै प्रभावकारी साबित हुन्छ । फेस प्याक बनाउन वाटरमेलन जुसमा थोरै दही मिसाउने । तयार भएको लेपलाई मुहारमा प्रयोग गर्ने र १५ मिनेटपछि पखाल्ने ।
आँपको फेस प्याकः आँपलाई ताछेर त्यसको पल्पलाई मिक्सरमा हाली पेस्ट बनाउने । त्यसमा एक सानो चम्चा चन्दन पाउडर, एक सानो चम्चा दही, आधा चम्चा मह तथा एक चिम्टी हर्दी मिसाएर लेप तयार पार्ने र मुहारमा लगाउने । सुकेपछि मुहारलाई चिसो पानीले पखाल्ने ।

मृतक नवराज विकका पिता भन्छन्, ‘बुहारी लिन जाँदा छोरा मारीए"
रुकुम, १२ जेठ ।
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो ।
कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए ।
पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउनु भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनको दाबी छ । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।
मृतक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उहाँहरुले आफैँ उजुरी गर्दा छलफलमा जाँदा उहाँहरु आफैँ छलफलमा नआउँदा हामी फर्किएका थियौँ ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने ।
घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौँ । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौँ । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।”
घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएएपी) किशोर श्रेष्ठले बताए । मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् ।
रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताए । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरेका छन् । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।” प्रनाउ केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको छ ।
मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् । रासस

कर्णालीमा २३ पुगे कोरोना संक्रमित, मंगलबार थपिए सुर्खेतका मात्र १२ जना
सोमबार गरिएको पिसीआर परीक्षणमा थप १२ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले जानकारी दिए।
उनका अनुसार मंगलबार रिपोर्ट आएका ति १२ जनामध्ये १० जना वीरेन्द्रनगर नगरपालिकाका हुन् भने २ जना सिम्ता गाउँपालिकाका हुन्।
उनीहरु सबै भारतबाट आएका हुन्। कर्णालीमा देखिएका संक्रमित मध्ये सुर्खेतका मात्र १५ जना छन्।
भारतबाट आएर प्रदेशको सिमा नाका बबई तथा सुर्खेतस्थित सुब्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरुबाट लिइएको नमूना परीक्ष्ण गर्दा १२ जनामा पोजेटिभ रिपोर्ट आएको डा. खड्काले जानकारी दिए।
सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यसअघि भेटिएका सुर्खेतका संक्रमितमध्ये बराहताल गाउँपालिकाका २ जना, चौकुने गाउँपालिकाका एक जना हुन्।
कर्णालीमा पहिलो कोरोना संक्रमण दैलेखको आठविस नगरपालिकाका एक जनामा देखिएको थियो।
Subscribe to:
Posts (Atom)