Wednesday, September 30, 2020

आफ्नी ५० वर्षे आमाका लागि बेहुला खोज्दै यी युवती


हाम्रो समाजमा जब छोरीहरु २०/२२ वर्ष पुग्दछन् तब बाबुआमाले उनीहरुका लागि योग्य वर खोज्न सुरु गर्दछन् । तर यहाँ भने उल्टो भएको छ । छिमेकी मुलुक भारतमा  एक २२ वर्षिया युवतीले आफ्नी पचास वर्षिया आमाको लागि बेहुला खोज्दै छिन ।  उनले अहिले सोसल मिडिया ट्वीटरमा आमाको लागि योग्य वर चाहियो भनेर पोस्ट गरेर  तहल्का मच्चाइरहेकी छिन् । आफ्नी ५० वर्षे एक्लि आमाका लागि ट्वीटर मार्फत योग्य बेहुलाको खोजी गर्दै उनले तस्वीर अपलोड गरेपछि त्यो भाइरल बनिरहेको छ ।
हो, ट्वीटरमा अहिले एकजोडी आमा छोरीको तस्वीर निकै चर्चित बनिरहेको छ । यो तस्वीर यसकारण विशेष छ कि त्यसमा देखिएकी छोरीले आमाचाहीँका लागि योग्य वरको खोजी गरिरहेकी छिन् । आस्था वर्मा नामकी ती युवतीले आफ्नी आमासँगको उक्त तस्वीर ट्वीटरमा पोष्ट गर्दै ५० वर्षकी आफ्नी आमाका लागि एकजना उपयुक्त श्रीमानको खोजी गरिरहेकी बताएकी छिन् ।


उनले आमाका लागि वरको खोजी गर्दै सम्भाव्य उम्मेदवारका सन्दर्भमा केही शर्त पनि राखेकी छिन् । उनका अनुसार उनको हुनेवाला पिता शाकाहारी हुनुका साथै रक्सी नपिउने हुनु आवश्यक छ । यसका साथै आर्थिक रुपमा सम्पन्न हुनु पर्ने शर्त पनि उनले राखेकी छिन् ।
कानून विषयकी छात्रा रहेकी ती युवतीको उक्त ट्वीट निकै भाइरल बनिरहेको छ । धेरै ट्वीटर प्रयोगकर्ताहरुले त्यसमा लाइक, रिटि्वट तथा कमेन्ट गरिरहेका छन् । धेरै प्रतिक्रियाहरु भावुक बनाउने खालका पनि छन् ।
उमेरले पचास वर्ष पुगेपछि  जीवन साथीको आपरिहार्यता र आवश्यकता झनै बढने र एक्लोपनले मानीसको जीवनमा निराशा र संकट निम्त्याउने भन्दै धेरै ट्वीटर प्रयोगकर्ताहरुले यसलाई एकदमै जायज भन्दै सहानुभूति प्रकट गरेका छ्न । समाज र आफन्तले के भन्छ भन्नेतर्फ नलागी आफ्नो जीवनलाई सुन्दर र सहज बनाउन समेत   सल्लाह र शुभकामना दिएका छ्न । आफ्नो जीवनलाई आफुले चाहेजस्तो तरीकाले बिताउन पाउनु सबैको प्राकृतिक अधिकार समेत भएको उनीहरूले जीकिर गरेका छ्न ।
३१ अक्टोबरका दिन उनले गरेको उक्त ट्वीटमा अहिलेसम्म साढे ५ हजार कमेन्ट्स, साढे ६ हजार रिट्वीट र २८ हजार लाइक्स प्राप्त भैसकेका छन् । प्रतिक्रिया दिनेमध्ये कतिपय पुरुषहरुले त आफु आस्थाको पिता बन्न तयार रहेको बताएका छन् । एजेन्सीको सहयोगमा
 
 
  

आजको राशिफल/ आज वि.सं.२०७७ साल असोज १४ गते मंगलबार

आजको राशिफल/ आज वि.सं.२०७७ साल असोज १४ गते मंगलबार ई. सं. २०२० सेप्टेम्बर ३०, नेपाल सम्बत ११४० अनालाथ्व चतुर्दशी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल चर्तुदशी चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, गण्ड योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः५७ बजे, सूर्यास्त साँझ  ०५: ५१ बजे हुनेछ ।
आज जन्म लिने बच्चाको कुम्भ राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५७ मिनेट देखि ८ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष-
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन ।
बृष
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ ।
मिथुन
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कर्कट
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ ।
सिंह
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन । तर अपराह्नमा आठौं घरमा चन्द्रमा पुग्ने भएकाले सचेत हुनुपर्छ ।
कन्या
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।
तुला
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसाय र रोजगारीको क्षेत्र राम्रो छ । दिनको प्रारम्भमा गरेका चिन्तन र उपाय महत्त्वपूर्ण बन्ने छन् । मन ज्ञानगुन, अध्यात्म र दर्शनप्रति आकर्षित बन्ने छ, पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्नेछन । भाइबहिनी वा सन्ततिपक्षले खुसीको वातावरण बनाउने छन् । तिनीहरूको समस्यामा केन्द्रित हुनुपर्छ ।
बृश्चिक
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । दिउँसोबाट बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ । एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्नसक्छ । चिन्तनमननको क्षेत्र र बौद्धिक क्षमतामा कमी भए झैं लागे पनि मिहिनेत गर्ने समय आएको छ । प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
धनु
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ ।
मकर
(भो, ज, जि, जु, खि, खु, खे, खो, गा, गि )
मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ ।
कुम्भ
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन ।
मीन
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ ।

.

Tuesday, September 29, 2020

नेपालमा दुई करोड ५० लाख डोज कोरोना खोप आउँदै



काठमाडौं । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ । कोषले मंगलबार ट्रिनिटी ​​फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ । 
यस सहमित अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप 'स्पुतनिक-भी' उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।
सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा 'मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म'मा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । "मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्," रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ । 
रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र 'स्पुतनिक भी'ले शतप्रतिशत सहभागीहरुमा स्थिर 'ह्‍युमरल र सेलुलर' प्रतिरक्षा प्रतिक्रिया उत्पन्‍न गरेकोसमेत जनाइएको छ ।
११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित 'स्पुतनिक भी' खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ । 
४ सेप्टेम्बरमा, 'स्पुतनिक भी' पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । 
एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले 'स्पुतनिक भी' को माग गरेकोसमेत जनाइएको छ । आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलिनय डोज, ब्राजिलसँग ५० मिलियन, भारत - १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ । 
यसअघि रुस राष्ट्रपति भलाद्‌मिर पुटिनले यो खोप आफ्नो छोरीलाई पनि लगाइसकेको बताएका थिए । भारतीय सञ्‍चारमाध्यम लाइभमिन्टका अनुसार रुसमा उच्च प्रोफाइल अधिकारीहरू र राजनीतिज्ञहरूले पनि खोप लगाइसकेका छन् । 
तर, अमेरिका र पश्‍चिमा राष्ट्रहरुले रुसले खोप विकासमा क्लिनिकल परीक्षणका मापदण्ड पालना नगरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन । 

आजको राशिफल २०७७ असोज १३ गते मंगलबार ।

आजको राशिफल २०७७ असोज १३ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । बिशेष गरी पानि,दैनिक उपभोग्य तथा औषधीसँग सम्बन्धीत व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । बिद्यामा सोचे अनुरुप नै प्रगति हुनेछ । परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाई बाट राम्रै सहयोग प्राप्त हुनेछ । मायाप्रेममा विश्वासको वाताबरण झन कसिलो भएर जानेछ । सामाजिक क्षेत्रमा नाम,दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् ।  अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 
बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुनेछ ।

कोरोना बाट बाँकेमा थप दुई पुरुषको मृत्यु 

 



कृष्ण बा बुढा असोज १३ बाँके / बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।                                         मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नंं। १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको बताए।

पाठ्यक्रम समायोजन ढाचा २०७७ का सन्दर्भमा दुई दिने कार्यशाला गोष्ठीको बाँसगढिमा उदघाट्न ! 

 




कृष्ण बा बुढा असोज १२ बर्दिया /बर्दियाको बाँसगढिमा आज सस्थागत विधायलको सगठ्न नेप्सा ले बाँसगढी नगरपलिका रहेका विद्यालय को समन्वय मा सरकारले ल्याएको पाठ्यक्रम समयोजन ढाँचा २०७७ का सन्दर्भमा सस्थागत विद्यालयले कसरी सोही ढाचा अनुसार शिक्षण लाई अगाडि लैजाने भन्ने विषयमा छ्फल कार्यशाला गोष्ठी उदघाट्न भएको छ ।               

                                                                                        उक्त कार्यक्रमको बारेमा प्रष्ट पार्दै कार्यक्रमका संमयोजक लोक प्रसाध शर्मो ले बाँसगढिमा रहेका सम्पुर्ण निजि विधालयहरुले बुकलेट निर्माण गरि यस विषम परिस्थिमा विधालय हरु लाई बैक्ल्पिक रुपमा सन्चालन गर्नको लागि आवश्यक पहिलो कदम भनेको बुकलेट भएको र सबै निजि विधालय समान रुपमा जाने र विधार्थी को शैक्षिकसत्र समेत खेर नजाने भएका ले यो दुई दिने कार्यशाला गोष्ठी आवश्यक भएको कुरा प्रष्ट पार्नु भयो ।                                                                                   

कार्यक्रम को उदघाट्न मा आफ्ना भनाइ राख्दै प्रदेश सान्सद माननीय कबिराम थारु ले यस समय मा यसरी बैकल्पिक माध्यम बाट भएपनी विधालय सन्चालन गर्नु पर्ने र सस्थागत विधालय ले गर्न लागेको काम सर्हानिय भएको कुरा बताउनु भयो ।                                                                             

  त्यसैगरी बाँसगढी नगर प्रमुख शालिक राम अधिकारिले सरकारले ल्याएको कार्यविधी लाई पालनागर्दै बैकल्पिक विधि का माध्यम बाट विधालय सन्चाल गर्नु आवश्यक रहेको,निजि विधालय ले अभिभावक को इछा लाई मध्ये नजर गर्दै आधा हिसा ओगटेको तथा आफू निजि विधालयलाई आवश्यक सहयोग गर्न तयार रहेको कुरा बताउनु भयो दुई दिन सम्म चल्ने कार्यक्रममा विषय विज्ञहरुले पाठ्यसामग्री को बारेमा छ्लफल गरि बुकलेट निर्माण गर्ने र सोही अनुसार अबस्था हेरि विधालय सन्चाल हुने छ्न कार्यक्रममा को सहजिकरण केशब टमटाले गर्नु भएको थियो

सशस्त्र प्रहरीद्वारा बर्दियामा अवैध सामाग्री बरामद ! 

 


असोज १२ बर्दिया / सशस्त्र प्रहरीले बर्दियामा अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणबाट गएको गस्ती टोलीले बर्दियाका विभिन्न सिमा नाकाहरुबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको दुनो भैसी, प्याज र चिनी लगायतका सामाग्री बरामद गरेको हो।                       बरामद गरिएका अवैध सामाग्रीसहित भैसीलाई छोटी भन्सार कार्यालय गुलरीयामा बुझाइएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ। सशस्त्र प्रहरीका अनुसार आइतबार बरामद गरिएका अवैध बस्तुहरुको भन्सार दाखिला मूल्य ७०,७४० रुपैयाँ रहेको । सशस्त्र प्रहरी बर्दिया एसपी नर बहादुर रावतले जानकारी दिए ।

नेपालीमा मुटुको समस्या हुनुमा अस्वस्थ जीवनशैली र खानपान


काठमाडौं : कहिल्यै आराम नगर्ने तपाईंको संवेदनशील अंग मुटु स्वस्थ छ ? छैन भने जीवनशैली सुधार्नुहोस्। मुटु स्वस्थ हुँदा कोरोना संक्रमण भइहाले पनि रोगसँग लड्न सजिलो हुन्छ। 

मुटु स्वस्थ राख्न र कोरोना संक्रमण हुन नदिन खानपान र जीवनशैली सुधार्नुपर्ने चिकित्सकहरूको सुझाव छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। यसले गर्दा पनि मुटुजन्य समस्या बढिरहेको छ। 
नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख जनता मुटु रोगी भएको अनुमान गरिएको छ। नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ। २० प्रतिशतलाई कोलेस्टेरोल छ। १० प्रतिशतलाई मधुमेह छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठ मुटु जोगाउँदा कोरोना संक्रमणबाट जुध्न सहज हुने बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे मुटुका बिरामीलाई कोरोना संक्रमणको जोखिम हुने भएकाले मुटु जोगाउनुपर्नेमा जोड दिन्छन्। कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये झन्डै ६० प्रतिशतमा मुटुजन्य समस्या पाइएको डा. पाण्डेले बताए। 
मुटुका बिरामी बढ्नुको मुख्य कारण नै अस्वस्थ जीवनशैली र खानपान हो। प्रतिष्ठानमा महासचिवसमेत रहेका मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन्, ‘९० प्रतिशत नेपालीले मुटुमैत्री खाना खाँदैनन्। करिब ५० प्रतिशत सहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन्। ४० प्रतिशतले चुरोट, सुर्ती सेवन गर्छन्। धेरै नेपालीलाई मानसिक तनाव छ। यसले पनि मुटुरोगीको संख्या बढाइरहेको छ।’ 
 

Monday, September 28, 2020

अध्यक्ष बोक्सर अभिनन्दित


कञ्चनपुर  । महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरलाई अभिनन्दित भएका छन । जिल्ला समन्वय समिति सहित जिल्लास्थित विभिन्न गैर सरकारी संस्थाले अध्यक्ष जोशीले अस्पताल सुधारका लागि  योगदान पुरयाएको भन्दै कदर गरीएको हो ।
समन्वय समितिको सभाकक्षमा गरिएको कार्यक्रममा समितिका संयोजक फैरु तामाङ्गले अध्यक्ष जोशीलाई नागरिक अभिनन्दन पत्र प्रदान गरे ।
जोशीले अस्पतालको नेतृत्व सम्हालेपछि अस्पतालमा चिकिसत्क दरबन्दी पूर्ति, पूर्वाधा निर्माण र सेवा विस्तार तथा सञ्चालनमा उल्लेख्य सुधार गरेका छन् ।
गैर सरकारी संस्था महासंघ कञ्चनपुरका निवमर्तमान अध्यक्ष नितु भट्ट भण्डारीले अध्यक्ष जोशीले अस्पताल सुधारको काम समाजका लागि अविस्मरणीय भएकाले सम्मान गरिएको बताइन् ।
• 

दैनिक राशिफल : २०७७ साल असोज १२ गते सोमबार



आज २०७७ साल असोज १२ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने संकेत छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यात्रा नगरेको जाति हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिंदैछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–प्रेममा सफलता प्राप्त हुनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । कतै छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)– मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिने छ । घरपरिवारमा आनन्दको वातावरण सिर्जना हुनेछ । स्वास्थ्य सबल रहने छ । प्रणयसम्बन्ध र दाम्पत्य जीवनमा रमाइलोपन देखिने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)– अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपतगबिीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै

कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको छ

थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह जनपद आजमगढ आएका थिए । त्यतिबेलासम्म कोरोनाका कारण लकडाउन भयो । विमान र रेल सेवा बन्द भए ।

रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरे । उनको फिल्मी उद्योगमा २२ वर्षको अनुभव छ ।
आजमगढ जिल्लाको निजामाबाद इलाकाको फराहाबाद निवासी रामवृक्ष सन् २००२ मा आफ्नो साथीको मद्दतले मुम्बई पुगेका थिए । उनले फिल्म इन्डष्टिमा आफूलाई स्थापित गर्नका लागि निकै मिहिनेत गरे । रामवृक्षले सुरुमा बिजुली विभागमा काम गरे, त्यसपछि टिभी प्रोडक्सनमा आए । अनुभव बढ्दै गएपछि निर्देशनको मौका पाए । तर कोरोनाको मारले यो क्षेत्रलाई यति प्रभावित पार्यो कि आज आफ्नो परिवारको पेट पाल्नका लागि उनले ठेलामा घुमीघुमी तरकारी बेच्नु परिरहेको छ ।

रातोपाटीबाट ।

Sunday, September 27, 2020

पुनर्वास प्रहरीद्वारा अवैध सुनका गहना सहित दुई जना पक्राउ


-हरिलाल जोशी

 कञ्चनपुर/१२ असोज 

पुनर्वासको डोकेबजारबाट सुनका गहना सहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ। भारतको मुम्बैबाट डोकेबजार पुगेका दुई जनालाई क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेश र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक वकिल बहादुर सिंहको कमान्डरमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो डोकेबजारबाट सुनका गहना सहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का १९ बर्षीय सुमित भुजेल र २२ बर्षीय मोहन कामी रहेको प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।
उहाँका अनुसार सुनका गहनाहरु भारतबाट चोरी गरि नेपाल ल्याउँदै गरेको भन्ने विशेष खबरका आधारमा ती दुई जनालाई पक्राउ गर्दा तिनीहरुबाट सुनका मोटो बाला ५ थान, चुरा चार थान, औँठी चार थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, सानो बाला एक थान लगायतका गहना बरामद गरिएको बताए ।
गहना सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको र आज नै अदालतबाट म्याद थप गरिने प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिंहको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा १४ महिने बसाईको यो अन्तिम उपलब्धि पनि हो ।

Saturday, September 26, 2020

आज २०७७ असोज १० गतेको राशिफल


आज २०७७ असोज १० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ :
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योगछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्‍याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । भूमिबाट लाभ मिल्ला । साथीभाइले पनि राम्रै सहयोग गर्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रापनि होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभपनि हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभारम्भको चर्चा चल्नेछ । रोकिएको काम पुरा हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज रोकिएका आधुरा काम पुन: सुचारु हुनसक्छ । शुभ र मंगल कार्यको चर्चा चल्नेछ । नयाँ कामको योजना या प्रारम्भ समेत हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग रहेको छ ।

Friday, September 25, 2020

बाँसगढिको क्वारेन्टिनमा खाना वितरण! 

 


कृष्ण बा बुढा आश्विन ९ बर्दिया \ बर्दियाको बाँसगढी नगरपालिका भित्र रहेका क्वारेन्टिनहरुमा खाना वितरण गरिएको छ । बिहीबार प्रयास नेपाल बाँकेको सहकार्यमा बाँसगढी युवा मञ्चले क्वारेन्टिनमा रहेकाहरुलाई खाना वितरण गरेको हो ।                                                                 

खाना वितरण कार्यक्रमको बाँसगढीका नगर प्रमुख सालिकराम अधिकारी, प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसी, प्रयास बाँकेका निर्देशक सवल राना लगायतले उद्घाटन गरेका थिए । नगर प्रमुख अधिकारीले युवाहरुले कोरोना महामारीको बेला स्थानीय सरकारलाई सघाएकोमा धन्यवाद समेत दिए । ‘विश्व व्यापी महामारीका बेला सरकारलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु’ उनले भने, ‘महामारीको जोखिम अझै कम नभएकाले रोकथाम तथा नियन्त्रणमा साथ दिनुहुन्छ भन्ने आशा हामीले लिएका छौं ।’                                             

युवा मञ्च बाँसगढीका सचिव देवराज अधिकारीले महामारीको बेला केही भएपनि सरकारलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ खाना नास्ता सहयोग गरिएको जानकारी दिए । महामारी बेला सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । ‘यस्तो महामारीमा हामीले सधैं सरकारको मात्र मुख ताकेर बस्नुहुन्न’ उनले भने, ‘युवाहरुले चाहे केही गर्न सक्छन् । सोही कुरालाई देखाउनको लागि क्वारेन्टिनमा रहेकोलाई खाना वितरण गरेको हौं ।’                               

सोही अवसरमा क्वारेन्टिनमा रहेकाहरुलाई रमाइलोको लागि हाउजी विगों खेल समेत खेलाइएको थियो । प्रयास नेपाल बाँकेका निर्देशक रानाले क्वारेन्टिनमा बसेकाहरुलाई रमाइलोको लागि खेल खेलाइएको जानकारी दिए । युवा मञ्च बाँसगढीले संविधान दिवसको अवसर पारेर नगर भित्रका सबै वडामा राहत समेत बाँडेको थियो ।                                                            मञ्चका सचिव अधिकारीका अनुसार निम्न आय भएकाहरुलाई राहत वितरण गरिएको थियो ।

छाङ्गरुमा गृहमन्त्री थापाद्वारा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन


दार्चुलाः गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गरेका छन्। भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै स्थापित सशस्त्र प्रहरीको गुल्मको हेलिकप्टरमार्फत व्यास पुगेर उनले उद्घाटन गरेका हुन्।
एकतर्फी रुपमा नेपाली भूमि  भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपाल सरकारले व्यासमा सशस्त्र प्रहरी बल राखेको हो।  आफ्नो भूमिको रक्षाका लागि गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएमा अहिले स्तरोन्नति गर्दै गुल्म राखिएको हो।
गत असार २८ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार छाङ्रुमा  सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो। अहिले व्यासको गुल्ममा डिएसपी धीरेन्द्र शाहले नेतृत्व गरेका छन्। सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटर नयाँ नक्शा जारी गरिसकेको तथा व्यास क्षेत्रमा सुरक्षा उपस्थिति बढाउँदै लगेको छ।
सरकारले व्यासकै तिङ्कर र कौवामा पनि बिओपी राख्ने तयारी छ। गृहमन्त्री थापासँगै  छाङरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायतका सहभागी छन्।     
गृहमन्त्री थापा नेतृत्वको टोली आज व्यासमै बस्ने कार्यक्रम रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए। टोली शनिबार मात्रै काठमाडौँ फर्कने छ। व्यासमा बस्दा कौवा, तिङ्करलगायत क्षेत्रमा निरीक्षण गर्ने योजना रहेको छ।
गृहमन्त्रीले सशस्त्र प्रहरीको गागामा निर्माण हुने भवनको शिलान्याससमेत गर्नेछन्। सशस्त्र प्रहरीको भवन निर्माणका लागि  १० करोड ठेक्का सम्झौता भइसकेको छ।
 

रासस

कुलमानलाई कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको छु : ऊर्जामन्त्री


काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आफूले कुलमान घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको बताएका छन् । उनले त्यसबारे छलफल भइरहेको पनि बताए । यस्तै, उनले पछिल्लो केही दिनयता विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न पनि नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । कुलमान हटेपछि बारम्बार बिजुली जाने गरेको छ । यसबाट सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।
कतै फेरि चलखेल त भइरहेको छैन भन्ने सम्मका आशंका समेत हुन थालेको छ । सर्वसाधारणले कुलमानलाई पुनः नियुक्ति गर्न समेत जोडदार माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सम्बन्धमा निर्णय गर्न सकेको छैन । यता, बारम्बार लोडसेडिङ हुन थालेपछि ऊर्जामन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिएको बताएका छन् । “जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्”, मन्त्री पुनले भने, “नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं” मन्त्री पुनले भने ।
मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही व्यक्तिले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै त्यस्ता प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए । “समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र केही नियोजित गुनासा आएका छन्”, मन्त्री पुनले भने, “जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।”
उनले कोभिड–१९ का कारण विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने बताए । यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए । मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने–जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।
रासस

आजको राशिफल/आज २०७७ साल असोज ९ गते शुक्रबार

आजको राशिफल : २०७७ साल असोज ९ गते शुक्रबार



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । सहज यात्रा नहुन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा खासै प्रगति हुने देखिन्न । अरुको भर नपर्नु होला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह – दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो – समय सामान्य अनुकुल देखिन्छ । ज्ञान शिष र दक्षताको विकाश हुनेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना थोरै देख्नु होला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे – प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो – गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते – दाजुभाई तथा छिमेकी सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु – दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बीच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुने योग रहेकोछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि – समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । जीवन साथीको सहयोग लिएर काम गर्दा सजिलो हुनेछ । नोकरी तथा राजनीतिमा भूमिका विहिन भएर बस्नु पर्ला । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द – घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । काम गर्ने वातावरण विस्तारै बन्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिनेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

Thursday, September 24, 2020

शुक्रबारसम्म भारी वर्षा हुने




काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार विहान (अहिले) देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा अति भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

यसैबीच, आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा अति भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हवाई तथा स्थलगत यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ । 
विभागकी मौसमविद् गंगा नगरकोटीका अनुसार पछिल्लो २० घण्टामा काठमाडौंमा ६०.५ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो ।
नगरकोटीका अनुसार शुक्रबारसम्म लगातार वर्षा हुने र घाम लाग्ने छैन । शनिबारबाट क्रमिक रुपमा मनसुनको सक्रियता घट्दै जाने छ । यद्यपि शनिबार पनि प्रदेश–१ र प्रदेश–२ मा भने मनसुन सक्रिय नै रहने छ । 
पश्चिमी वायू र स्थानीय वायू सक्रिय हँुदा
केही क्षेत्रमा एक सातासम्म वर्षा हुने विभागको भनाइ छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेका कारण नेपालमा वर्षा भइरहेको हो । 
सामान्यतः सेप्टम्बर २३ (हिजो) नेपालमा मनसुन अन्त्य हुनु पर्ने हो । तर यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै एक साता मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने देखियो,” मौसमविद् नगरकोटी भन्छिन्, “मनसुन अझै एक सातासम्म जारी रहन्छ ।”
३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ ।  
  

आजको राशिफल/आज२०७७ असोज ८ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज धर्म, तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग पनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
मानसिक चिन्त बढे पनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सानो भूलका कारण अपमानित बन्न सक्नु हुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुची पनि बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप पनि लाग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल

Wednesday, September 23, 2020

विद्युतीय तारबारको माग गर्दै पुनर्वासको टोली प्रदेस राजधानीमा, तिन मन्त्रालयमा ज्ञापनपत्र समेत वुझाईयो ! (ज्ञापन पत्र सहित) ! 

 

      केेेशव  भट्टराई , असोज ७, धनगढी                                                        भारतीय दुधवा राट्रिय निकुञ्जसंग जोडिएको पुनर्वास नगरपालिकाका केहि भु–भागमा जंगली जनावार नियन्त्रण लागी विद्युतीय तारवार गरीएको छ। यसवर्ष विद्युतीय तारवार लगाएको क्षेत्रमा हाती प्रवेश गरेको थिएन। तरवार नभएको क्षेत्रमा भने हात्तीले पटकपटक दुःख दिएको गुनासोहरु आएका थिए। स्थानीयको गुनासो संगै दुधवा राट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुहले नगरपालीकामा छलफल समेत चलाएको थियो। वन्यजन्तुका कारण कृषकहरुले भोग्नु परेको समस्याका वारेमा समाचार प्रकासन÷प्रशारण पछी पुनर्वास नगरपालीकाको ध्यानाकर्षण समेत भएको छ। डोकेबजार देखी बिचफाटा सम्मको क्षेत्रमा जंगली जनावरका कारण हुने नोक्सानी नियन्त्रण गर्न विद्युतीय तारबार लगाउन माग गर्दै पुनर्वासका जनप्रतिनिहरु प्रदेस राजधानी पुगेका छन। उनिहरुले प्रदेसको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, भुमीब्यवस्था तथा कृषी मन्त्रालय र आन्त रीक मामीला तथा कानुन मन्त्रालयमा ज्ञापनपत्र समेत वुझाएका छन।                   

                                                                        पुनर्वासवाट आएको टोलीमा प्रदेसको नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, पुनर्वास नगरपालिका नगर प्रमुख जीवन राज थापा रहेका थिए। त्यस्तै स्थानीय खाद्य अधिकार संजालका अध्यक्ष कञ्चन गिरी स्थानीय खाद्य प्रबद्र्धक श्याम परियार, दुधवा राट्रिय निकुञ्ज वन्यजन्तु प्रभावित खाद्य अधिकार समुहका अध्यक्ष केशव तिमिल्सेना लगायत स्थानीय खाद्य अधिकार समुहका सल्लाहाकार कुवेर नाथ, फियान नेपालका कानुनी तथा क्षमता विकास अधिकृत मुकुन्द रानाको उपस्थिती रहेको थियो।                                      स्थानीय सरोकारवालाहरुको डेलिगेशन टोलिले विद्युतीय फेन्सी तारबार गर्न आवश्यक रकम व्यवस्थापनका लागी माग गरेको पुनर्वास नगरपालीकाका मेयर जीवन राज थापाले वताए। ज्ञापन पत्र वुझ्दै प्रदेसको कृषी मन्त्रि विनिता चौधरीले अहिलेको समयमा सम्भवत काम सुरुवात गर्ने र आगामी वर्ष देखी निरन्तर रुपमा वजेट विनियोजन गरेर समस्या सम्वोधनका लागी पहल गर्ने वताइन।                                                                        त्यस्तै वनमन्त्रि माया भट्टले तारवारका लागी चालु आर्थीक वर्षमा १० लाख रुपैया विनियोजन गरीएको वताइन। उनले आवश्यक थप रकमका लागी सम्वन्धित क्षेत्रका जनप्रतिनिधिहरु संग छलफल गरी अगाडी वढ्ने वताइन। प्रदेसका कानुन मन्त्रि प्रकास शाहले गत वर्ष नै सो क्षेत्रको अवलोकन गरेको वताउदै आफु समस्या बारे जानकार रहेको र छिट्टै मन्त्रिपरिषदमा सो विषयमाथी छलफल गर्ने वताए।            


बर्दियामा थप एक जना कोरोना संक्रमितको मृत्यु ! 

 


कृष्ण बा बुढा असोज ७ बर्दिया \बर्दिया ठाकुरबाबा का ६४ बर्ष का कोरोना सङ्क्रमित बिरामी को  हिजो बांँकेको कोहलपुरमा उपचारको क्रममा निधन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बर्दिया ठाकुरबाबाका ६४ वर्षीय पुरुषको कोरोनाबाट मृ’त्यु भएको जानकारी दिनुभयो।

बाँसगढिमा २३ सहित बर्दियामा ३९ जनामा कोरोना संक्रमण पुष्ठि ! 

 


कृष्ण बा बुढा असोज ७ बर्दिया \ मुलुकभर कोरोना संक्रमणको कहर बढ्दो देखिन्छ । यसै सन्दर्भमा हिजो मात्र २४ घण्टामा राप्ती स्वास्थ विज्ञान प्रतिठान प्रयोगशालामा गरिएको परीक्षणमध्य २३ जनामा र भेरी अस्पताल को प्रयोगसालामा १६गरि ३९जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उक्त संक्रमितमध्य बर्दिया स्थित बाँसगढी नगरपालिका विभिन्न वडाका २३जना र बारबर्दिया ,गुलरिया ,राजापुर ,गेरुवा का१६जनामा कोरोना पुष्टि भएको छ । २३जनामा कोरोना पुष्टि भएको जानकारी स्वास्थ शाखा बर्दियाका कर्मचारिले हाम्रै साझा पत्रीका लाई जानकरी दिनुभयो ।

आजको राशिफल/आज मिति २०७७ साल असोज ७ गते बुधबार, सेप्टेम्बर २३ तारीख



 आज मिति २०७७ साल असोज ७ गते बुधबार । तदनुसार सेप्टेम्बर २३ तारीख । नेपाल संवत ११४० ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। 
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। 
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।प्रेममा मनमुटावपनि आउला । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुने छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। 
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । समय दिन नसक्दा काम रोकिने छ । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ । आफन्तबाट पनि टाढिनुपर्ला । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । पारिवारिक सहयोग मिल्नेछ । फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आज शुभ समाचार सुन्न पाइनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। 

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नोकरी तथा पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ । आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत गर्दा भविष्यका लागि जग बसाउने मौका छ।  महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।आकस्मिक धन लाभ हुनसक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तर पहिलेका कमजोरी बाहिर आउनाले काममा केही समस्या पर्न सक्छ। तापनि विभिन्न अवसरले पछ्याउनेछन, गोपनीयतामा ध्यान पुर्याउनुहोला। 
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ । आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप खेप्नुपर्ला । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउन सक्छ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। 
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
केही उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ । सामाजिक कार्यबाट सफलताको योग छ । जोश जाँगर र हिम्मत बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ र त्यसबाट फाईदापनि हुनेछ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। 

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।सहयोगी हातहरू अघि बढ्नेछन् । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। पारिवारिक साथ र सद्भाव बढ्नेछ ।
लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। हडबडीले घर व्यवहारमा समस्या निम्त्याउनेछ। तापनि, प्रेम र मित्रताको बन्धन कसिने समय छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ योजना शुभारम्भ गर्ने समय छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। आज शुभकार्यको चर्चा चल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात सफलता हात पर्न सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। फजुल खर्च भने बढ्न सक्छ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
दिगो काम प्रारम्भ गर्ने समय छ। आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। स्वास्थ्य प्रति सजक हुन एकदमै जरूरी छ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। काम बन्नुका साथै सुखद समाचारले आशा जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। 
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यावसायिक योजना र त्यसबाट दीर्घ कालीन फाईदा लिन सकिनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । अरूको करकापमा परी आफ्नो मान्यता विपरीतको काम गर्नुपर्ने अवस्था आउन सक्छ। आफन्तको सुझावमा भर नपर्नुहोला । समयमा आलस्य गर्दा दुःख पाइनेछ। बेसुरमा बोल्ने बानीले काम बिग्रने अवस्था आउन सक्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने देखिन्छ । 

Monday, September 21, 2020

आज मिति २०७७ साल असोज ५ गते सोमबार, सेप्टेम्बर २१ तारीख हेरौं राशिफल


 मिति २०७७ साल असोज ५ गते सोमबार । तदनुसार सेप्टेम्बर २१ तारीख । नेपाल संवत ११४० ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्। ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य(चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको संकल्प पूरा गर्न समय लाग्नेछ। काम सुरुवात भए भए पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। तापनि बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। विचारले अरूलाई आकर्षण गर्न सकिनेछ। तर, परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अत्यधिक खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। आफन्त पनि टाढा हुनेछन्।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्। अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
माहोल रमाइलो रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

Sunday, September 20, 2020

राउटेहरुले यसरी गर्छन बिबाह ,थाहा पाउदा सबै चकित !

 


आश्विन ४/  सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । मस्केर कुरा गर्छन्। जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन्।                                                                                                     राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन्। कतिपय युवती चिटिक्क परेर पनि बस्छन्। चिटिक्क परेका बेला उनीहरू राउटे युवतीजस्ता पनि देखिँदैनन्। युवायुवतीबीच प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ। उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन्।                                                                                        सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन्। छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा ‘पाहुर’ लिएर जानुपर्ने चलन छ। पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए। ‘मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ। शाहीका अनुसार ‘उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ। विवाह पक्कापक्कीजस्तो हुन्छ। ‘                                         

विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ। सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ। विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त रु ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— ‘केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन्। परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।’ केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ। भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन्।

नगर शिक्षाको निर्णय २४ घण्टा पनि टिकेन, सबै विद्यालय बन्द !

 


कृष्ण बा बुढा आश्विन ४ बाँके \ नगर शिक्षा शाखा कोहलपुरले गरेको निर्णय २४ घण्टामै उल्टिएको छ । नगर क्षेत्र भित्रका विद्यालयहरु आंशिक रुपमा खोल्नका लागि कोहलपुर नगर शिक्षाले निर्णय गरेको केहि समयमा नै आफ्नो निर्णय फिर्ता लिएको हो । आज असोज ४ गतेदेखि बिद्यालयहरु संचालन गर्ने भनेता पनि कोहलपुर शिक्षा शाखा प्रमुख अनन्त पौडेलले अर्को बिज्ञप्ती निकाली बिद्यालय अर्को सुचना नआउँदासम्म बन्द हुने जनाएका छन ।                                                        कोरोना कहरका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका बिद्यालयहरु खुल्ने भनिएको थियो । कोहलपुर नगरपालिका नगर शिक्षा शाखाको निर्देशन तथा सर्वदलीय बैठकको निर्णय अनुसार विद्यालय ४ गते खुलेपछि पढाई हुन भने केही दिन लाग्ने विद्यालयहरुले जनाएको थिए । नगर भित्रका सरकारी र नीजि गरेर पहिलो चरणमा करिब तीन दर्जन विद्यालयहरु पठनपाठन भनिएको थियो । तर बिद्यालय खोल्ने भनिएको दिनमा नै बिद्यालय नखोल्ने कोहलपुर नगर शिक्षाले निर्देशन दिएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादबले भने यसरी नगरपालिकालले गरेको निर्णय कार्यान्वयन नगर्न जानकारी दिएको समेत बताए । यस्तो बिपदका बेलामा स्थानिय सरकारले यसरी निर्णय गरि कार्यान्वयन गर्दा भोलि बालबालिकाहरुमा कोरोना संक्रमण देखिदाको जिम्मेवार को हुने भन्दै नगर शिक्षाको निर्णय तत्काल रोक्न निर्देशन दिइएको जानकारी दिए ।                          यसरी बिद्यालय संचालन गरेको पाईएमा जिल्ला अनुगमन समितीले कारबाही गर्ने समेत बताए । र सरकारको अधिकारीक निर्णय नहुदा सम्म बिद्यालय खोल्न पाइने छैन । बरु स्थानिय बिद्यालयहरुले अनलाईन कक्षा संचालन गर्न सक्ने जनाए ।

लामो समय पछी यसरी फर्किदैछन बडैयातालका विध्यार्थीहरु विद्यालय ! 

 


कृष्ण बा बुढा आश्विन ४ बर्दिया \कोरोना महामारिले गर्दा बिगत ६ महिनादेखि बन्द रहेका बर्दिया बडैयाताल गाउपालिका भित्रका शैक्षिक संस्थाहरु असोज१५ गतेबाट सञ्चालनमा आउने भएका छन् । कोरोना कहरका कारण बन्द रहेका विद्यालयहरु कोरोनाको उच्च सतर्ककर्ता अपनाई सञ्चालनमा आउन लागेका हुन् । गाउँपालिकाले पालिका भित्रका विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना गरेर खुलाउन लागेको हो ।                                    गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ, गाउँपालिका भित्रका सबै बिधालयका प्राध्यापक र पालिकाका शिक्षा शाखा प्रमुखहरु सहित बसेको बैठकले विद्यालय सञ्चालन गर्ने औपचारिक निर्णय गरेको थियो । प्रत्यक्ष तथा बैकल्पिक सिकाई सहजीकरण सञ्चालनका सम्बन्धमा ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७’ कार्यान्वयनमा रहेर बिधालयहरु संचालनमा लाउने तयारी गरिएको जानकारी शिक्षा शाखा प्रमुख बिष्णु ढकालले दिनु भएको छ । उहाँका अनुसार सरकारले समेत सुरक्षा मापदण्ड सहित विद्यालय खुलाउने निर्देशन अनुसार नगर क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको सुझाव र सल्लाह अनुसार विद्यालयहरु संचालन गर्न लागिएको हो।                                                                                           अहिले भने असोज १० गते सम्म बिध्यार्थी भर्ना कार्यक्रम चलिरहेको छ भने ११ गते देखि १४ गते सम्म अभिभावक शिक्षा संचालिन गरिने भएको छ ।कोरोना महामारीको बेलामा उच्च सतर्कता अपनाउन पर्ने भएकाले असोज ११ देखि १४ सम्म अभिभावक शिक्षा कार्यक्रम जसको मुल उदेश्य भनेको आफ्नो नानी बाबुलाई कोरोना कहरमा बिद्यालय पठाउदा अपनाउनु पर्ने स्वास्थ सुरक्षाको बारेमा जानकारी प्रदान गर्ने रहेको छ।असोज १५ बाट पहिलो चरणमा सम्पुर्ण विद्यालयले प्रतेक कक्षाका विध्यार्थीहरु लाई आवश्यक समूहमा बिभाजन गरिने छ र प्रत्यक समुहलाइ हप्तामा एक दिन हुने गरि बिद्यालय संचालिन हुने छ भने शुक्रबार र शनिबार बिध्यालय बन्द रहने जानकारी पालिका शिक्षा प्रमुखले दिनुभएको छ।उहाँका अनुसार हप्तामा एक समूह १ दिन मात्रै आएता पनि उनिहरुलाई १ हप्ता सम्मनै घरमै बसि पठनपाठनमा क्रियाशिल बनाउन १ हप्ता सम्मकै र्गृहकार्य प्रादिन गरिने छ भने गृहकार्य चेकजाँचका लागि शिक्षक शिक्षिकाले शुक्रबार र शनिबार समय पाउने जानकारी शिक्षा प्रमुखले दिनु भएको छ।                                         गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको भविश्य अन्यौल भएको र कोरोना कहर विद्यामान रहेकोले विशेष सुरक्षा सावधानीका साथ विद्यालय खोेल्नु नै उपयुक्त हुने बताउनु भएको थियो।

पुनर्वासमा यसरी मनाईयो संविधान तथा राष्ट्रिय दिवस २०७७ (तस्वीर सहित)


-यम प्रसाद आचार्य
कञ्चनपुर, असोज ४
कंचनपुरको पुनर्वासमा राष्ट्रिय झण्डा फरहराउदै संबिधान तथा राष्ट्रिय दिवस २०७७ मनाईएको छ। पुनर्वास नगरपालिकाको आयोजनामा राष्ट्रसेवक कर्माचारीहरु तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागीतामा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईएको हो ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख जीवनराज थापाले सबैलाई संबिधान दिवसको शुभकामना दिदै संबिधानले सबैको अधिकार सुनिश्चित गरेको जिकिर गर्नु भयो। ठूलो त्याग र तपस्या बाट संबिधान प्राप्त भएको बताउदै संबिधानले अल्पसंख्यक जनसमुदाय, दलित, पिडित, शोषित र पिछडिएका सबै जनसमुदायको अधिकार सुनिश्चित गरेता पनीअझै  सबैले यसको अनुभव गर्न नपाएको धारणा राख्दै सबैले यसको कार्यान्वयनमा जोड दिएमा सबै समुदायले नयाँ संबिधानको अनुभुति गर्ने बिश्वास ब्यक्त गर्नु भयो । अहिले संबिधान कार्यान्वयनको चरणमा रहेको बताउदै कतिपय कुराहरुमा अझै पनि स्थानीय तह र संघ तथा प्रदेश बिचमा क्षेत्राधिकारका बारेमा  पटक पटक अन्योलता सिर्जना हुने भैइरहेकाले  स्थानीय तहले क@@कसबैअधिकार अझै नपाएको बताउनु भयो । साथै नगर प्रमुख थापाले आज खुशीको दिन भएको बताउदै सम्पुर्ण नगरबासीलाई दिप प्रज्वलन तथा झण्डा फरहराएर संबिधान दिवस आ-आफ्नो घरमा मनाउन समेत अपिल गर्नु भएको छ।

त्यसरी नै नगर उप प्रमुख शारदा बिष्ट धामिले संबिधान दिवसको शुभकामना दिदै संबिधान कार्यन्वयन पुर्ण रुपमा लागू नभए सम्म सबैले आफ्नो अधिकार सुनिश्चित भएको  प्रत्याभूति  गर्ननसक्ने भएकाले सबैले यसको कार्यान्वयनका लागि योगदान दिनुपर्ने भनाई राख्नु भएको छ । नयाँ संबिधान कै कारणले आम महिला, दलित, पीडित र पिछडिएका समुदायले आफ्नो हक अधिकार पाएको बताउदै अब कसैले पनि कसैलाई दबाएर राख्न नसक्ने बताउनु भयो।

कार्यक्रममा नगर प्रवक्ता भारमल सुनारले नयाँ संबिधानले सबैको हक अधिकार सुनिस्चित गरेतापनि अझै पनि दलित, पिडित,शोषित समुदायले त्यसको प्रत्याभूति गर्न नपाएको बताउनु भयो ।

त्यस्तै ९ नम्बर वडा अध्यक्ष नारायण प्रसाद जैशी र वडा अध्यक्ष मान बहादुर गुरुङ  लगाएतका जनप्रतिनिधिले आफ्ना भनाई राख्दै सबैलाई संबिधान दिवसको शुभकामना दिनु भएको थियो।

कार्यक्रममा उपस्थित सबैलाई राष्ट्रिय झण्डा  उपहार दिईएको थियो।

कार्यक्रमको संचालन लालमान तामाङले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रशासकीय अधिकृत कृष्ण भट्टले राख्नु भएको थियो ।