Thursday, January 31, 2019
आफ्नो ईज्जत र पहिचान गुमाएर हिट हुने रहर छैन -मोडल पार्वती कार्की
गुल्मी वामी टकसार घर भई हाल काठमाडौलाई कर्मथलो बनाउदै रङ्गमञ्च रङ्गीन दुनियामा प्रवेश गर्दैछिन पार्वती थापा । हेर्दा कुनै स्थापित नायिका जस्तै आकर्षक शरीर र क्षमता भएकी कलाकार कार्की स्ट्रगल गर्दै गरेको नाम हो । सानै देखि नृत्य र अभिनयमा रुचि राख्ने पार्वती कार्की हाल काठमाडौमा संघर्षरत अवस्थामा छिन । नृत्य गरेर धमाका मच्चाउदै धेरै स्टेज शो र प्रोग्राम तताईसकेकी कार्की पछिल्लो पटक मोहनी भन्ने गितको म्युजिक भिडियोमा देखा परेकी छिन । प्रमोद खरेलको स्वर, कमल अधिकारीको संगीत तथा गिरिराज विष्टको शब्दमा रहेको उक्त गीतमा उनका जोडि बनेका छन भारतीय रियालिटी शो डान्स ईन्डिया डान्स को चर्चित डान्सर नरेश वीर सिंह । कलाकारीता र आफ्नो करियरको बारेमा गरिएको छोटो भेटघाटमा कुराकानी गर्दै उनी समय र अपोर्चुनिटिलाई ग्र्याब गर्न नसक्दा आफू अलि ढिला भएको बताउछिन । फिल्म र म्युजिक भिडियोमा अफर आए पनि चित्त नबुझेका कारण आफूले नखेलेको कुरा स्वीकार गर्छिन उनी । कलाकारले कलाकारीता बेच्ने तर आफू नबेचिने उनको भनाई रहेको छ । प्रस्तुत छ उनीसँग गरिएको छोटोे कुराकानी । # भनेपछि तपाईं हिट हुन न चाहने ? # हिट हुन कसलाइ मन हुदैन होला र..तर आफ्नो इज्जत र आफ्नो पहिचान गुमाएर हिट हुनु परेको छैन । # : हेर्दा यति राम्री स्लिम हट देखिनुहुन्छ। बाइफ्रेण्ड त पक्कै होला नि ? # हा हा हा आजकाल को जमाना मा ब्वाइफेन्ड नहुने विरलै होलान जस्तै म... # भनेपछी पार्बती कार्कि अहिले सम्म सिङगल नै छ ? # हजुर सिङ्गल नै छु तर मन मिल्ने र मेरो भावना अनि मेरो लाइन लाई बुझ्ने पाए भने पक्कै पनि सोच्ने छु । # भनेपछी मिडिया लाइन कै मान्छे सङग गर्ने सोच होकि के हो..? # भरसक आफ्नै लाइनको पाए राम्रो । किन कि उसले पनि यो लाइन र पेसा लाई बुझेको हुन्छ । # अहिले त हट सिन को बिगबिगी छ त । प्रीयङ्का कार्की देखिन सुश्मा कार्की सम्मका बेलाबेलाका स्क्यान्डलहरु सुन्नमा आएका छ्न । भोलि तपाईंको पनि न आउला भन्न सकिदैन, कसो ? # त्यसलाइ म सामान्य रुपमा लिन्छु । प्रियका कार्की दिदी ले दिनु भएको त्यो सिन को कुरा गर्नु भको हो भने फिल्मको कथाले मागेपछी सामान्य हो..त्यस्तो खासै देख्दिन.. # भनेपछी भोलि पार्वती कार्की लाई कुनै फिल्म हिरोइन लिइयो भने कथाले माग गरेपछि सिन दिन तयार हुनुहुन्छ । # दिन्छु तर हाम्रो समाज ले पचाउन सक्ने र मैले गर्ने चरित्रको न्याय पाउने खालको भए..अवस्य दिन्छु # धन्यवाद तपाईंलाइ अन्तिममा के भन्नू हुन्छ ? # सर्वप्रथम धन्यवाद । मलाइ मिडिया सामु आफ्ना कुरा भन्ने मौका दिनु भएकोमा र मेरा प्यारा दर्शक र मेरा शुभचिन्तक प्रती अनुरोध छ कि मेरो आउन लागेको मोहनी हेरेर माया गरिदिनुस..नेपाली गीत सङीत नेपाली फिल्म हेरिदिनुस भन्न चाहन्छु ।https://www.youtube.com/watch?v=6tl9F3Yl6m0&feature=share
Wednesday, January 30, 2019
आजको राशिफल / वि.सं. २०७५ माघ १६ गते बुधबार आज वि.सं. २०७५ माघ १६ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी ३० तारिख,
Monday, January 28, 2019
प्रथम नगरस्तरिय एवम आठौ प्याब्सन फेस्टिवल सम्पन्न
-सुनिलकुमार लो
पुनर्वास,१४ माघ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) पुनर्वासद्वारा आयोजना गरिएको प्रथम नगर स्तरीय एवम आठौ प्याब्सन फेस्टिवल आज सम्पन्न भएको छ । पुनर्वासको पैसठ्ठी विगाहको खेल मैदानमा सो फेस्टिवलको समापन समारोह आयोजना गरिएको गरिएको थियो । प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षतामा भएको समापन समारोहमा नगरप्रमुख जीवनराज थापा प्रमुख अतिथि हुनुहुन्थ्यो । विशिष्ट अतिथिको आसनमा नेपाली काङ्ग्रेस नगर सभापति यम प्रसाद पौडेल,सुदुरपश्चिम प्रदेश प्याब्सन उपाध्यक्ष विश्वनाथ विष्ट, प्रदेश प्याब्सन सहसचिव राजेन्द्र प्रसाद अधिकारी हुनुहुन्थ्यो । कार्यक्रममा मन्तव्य राख्नुहुदै कांग्रेस उपाध्यक्ष यम प्रसाद पौडेलले निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो । उहाँले निजि र सरकारी विद्यालय लगायत सबै सरोकारवाला भएर प्राविधिक शिक्षाको लागि जोड दिनुपर्ने औल्याउनु भयो । प्रदेस उपाध्यक्ष विश्वनाथ विष्टले नेपालको शिक्षा क्षेत्रमा निजि तथा आवासीय विद्यालयले महत्वपूर्ण योगदान पुरयाए पनि सरकारले बेला बेलामा करेन्ट लगाए जस्तै गरेर पीडा दिएको बताउनुभयो । प्रमुख अतिथीको आसनबाट आफ्नो विचार राख्नुहुदै नगरप्रमुख जीवनराज थापाले सरकारी र बोर्डिङ दुवै क्षेत्रका स्कूललाई व्यवस्थित गर्न आफू प्रयासरत रहेको बताउनुभयो । बोर्डिङ विद्यालयहरुमा श्रमशोषणका कुराहरु बेलाबेलामा उठने गरेकाले यसबारेमा सरोकारवाला सबैलाई भेला गरि छिट्टै समाधान खोजिने बताउनु भयो । कार्यक्रमको अध्यक्षता गरिरहनुभएका प्याब्सन नगर अध्यक्ष बालकृष्ण ढकालले निजि विद्यालयहरुलाई अनावश्यक आलोचना र टिप्पणी गरेर समय खेर फाल्नु भन्दा सरकारी विद्यालयहरुलाई आफ्नो गुणस्तर सुधार्न चुनौती दिनुभयो । निजी विद्यालयहरुलाई भैरहेको चौतर्फी हमला आउँदा दिनमा कमजोर हुँदै जाने कुरामा आफू आशावादी रहेको अध्यक्ष ढकालले बताउनुभयो । हरेक साल आयोजना हुने पुनर्वास फेस्टिवल यो साल गत माघ ८ गते सुरु भई आज सम्म चलेको थियो । यस फेस्टिवलमा पन्ध्र निजी र तेह्र संस्थागत गरि अट्ठाईस सहभागिता रहेको थियो । पन्ध्र वटा विद्यार्थी सहितको सहभागीता रहेको प्याब्सन पुनर्वास नगरअध्यक्ष बालकृष्ण ढकालले जानकारी दिनुभयो । उक्त फेस्टिवलमा हाजिरी जवाफ,स्पेलिङ प्रतियोगिता,वादविवाद,वक्तृत्वकला लगायतका एकेडमीक र एथलेटिक्स, रिले दौड, भलिबल र कृकेट लगायत शारीरिक अभ्यासवाला खेलहरू समावेश गरिएको थियो। आजको समापन कार्यक्रममा विभिन्न खेलमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालय तथा सहभागी विद्यालयहरुलाई ट्र्फी तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा विभित्र विद्यालयका भाईवैनीहरुले रमाईला नृत्य प्रस्तुत गरेका थिए भने आजकै समापन कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता पनि गरिएको थियो । युगज्योती एकेडेमीका प्रधानाध्यापक खेमराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई प्याब्सनका नगरसचिव किशोर तामाङले संचालन गर्नुभएको थियो ।
विश्व कुष्ठरोग दिवसका अवसरमा बेलडांडी गाँउपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता आयोजना
हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलडांडी गाँउपालिकामा विश्व कुष्ठरोग दिवसका अवसरमा आइतबार वक्तृत्वकला प्रतियोगिता गरिएको छ । ६६ औँ विश्व कुष्ठरोग दिवसका अवसरमा एन्. एल्. आर र एन्. एन्. एस्. डब्लु ए को प्राविधिक सहयोगमा बेलडांडी गाउपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता बेलडांडी गाउँपालिका वडा नं. १ झर्नासागरमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको गाउँपालिकाका सामुदायिक सहजकर्ता दिनेश खड्काले जानकारी दिनुभयो । कुष्ठरोग सम्बन्धी समाजमा रहेको नकारात्मक दृष्टिकोण परिवर्तन गर्नुको साथै विद्यार्थीहरुको चौतर्फी विकास गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बेलडांडी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष अमर बहादुर खत्रीले जानकारी दिनुभयो । सरस्वती मावि झर्नासागरका प्रधानाध्यापक विष्णु भण्डारीको अध्यक्षतामा सञ्चालित प्रतियोगितामा बेलडाँडी गाँउपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो । ‘‘कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य’’ भन्ने विषयमा आयोजित मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा रौलेश्वर मावि, सरस्वती मावि, सरस्वती जनता मावि, गणेश मावि र कञ्चन ग्यालेक्सी पब्लिक स्कुल गरी पाँच विद्यालयबाट एकजना छात्र र एकजना छात्रा गरी १० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा छात्र तर्फ रौलेश्वर मावि कक्षा ८ का निरज जोशी प्रथम, सरस्वती मावि कक्षा ८ का नवीन शर्मा द्वितीय र गणेश मावि कक्षा ९ का विजय मल्ल तृतीय भएका छन् । त्यसैगरी छात्रा तर्फ सरस्वती मावि कक्षा १० की हेमन्ती जोशी प्रथम, गणेश मावि कक्षा १० की ईश्वरी पाण्डेय द्वितीय र सरस्वती जनता मावि कक्षा १० की मेनुका खत्री तृतीय भएकी छन् । प्रथम, द्वितीय र तृतीय भएका छात्र र छात्राहरुलाई नगद, उपहार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
२०७५ माघ १४ गते सोमबार ई. सं. २०१९ जनवरी २८ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ, त्यस्तै आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन् । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ ।साथीभाइसँगको सम्बन्ध आत्मीय बन्नेछ । हाँकेको/ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी आइलाग्न सक्छन् तर शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घरमा परपाहुनाको चाप बढ्नसक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट प्रतिष्ठा प्राप्त हुनेछ । प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । श्रममूलक काममा मन जानेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । कीर्तिमानी काम गर्ने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।
Sunday, January 27, 2019
छोरी हराएको निवेदन लेख्दै गर्दा रामप्रसादलाई फोन : गुडियाको लास भेटियो
-हाम्रै साझा पत्रिका
१३ माघ, विराटनगर
शनिबार साँझ बिराटनगर–८ वलुवाहीकी ११ बर्षीया रुपमती दास (गुडिया) लाई आमा मनिदेवीले भूजा किनेर ल्याउन २० रुपैयाँ दिएर पठाइन् । रातको ८ बज्नै लागेको थियो । घर नजिकैको पसलमा रुपमतीले भूजा पाइनन् । घर फर्किएर आमालाई पैसा फिर्ता दिइन् र छिमेकमा टिभी हेर्न भनेर निस्किइन् । बुबा रामप्रसाद रातको साढे ८ बजे घर फर्किँदा घरमा छोरी थिइनन् । ‘छिमेकमा सुतेकी छ होला भनेर राती खोजी गरिनँ,’ रामप्रसादले भने, ‘बिहान छिमेकमा जाँदा त्यहाँ थिइन ।’ बिहान साढे ५ बजेदेखि नै रामप्रसाद र उनको परिवारले छोरी खोजिरहेको थियो । घर नजिकै रहेको विराटेश्वर वृद्धाश्रम पस्ने गेट नजिकै चप्पल भेटियो तर, रुपमती त्यहाँ पनि थिइनन् । बिहान १० बजे भाइलाई लिएर रामप्रसाद छोरी हराएको रिपोर्ट लेखाउन जिल्ला प्रहरी कार्यालय आए । प्रहरी कार्यालयमा निवेदन लेख्दै गर्दा छिमेकीको फोन आयो, ‘निवेदन लेख्नु पर्दैन, गुडियाको लास खोलामा भेटियो ।’ स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रुपमतीलाई घरमा गुडिया भनेर बोलाउँथे । आत्तिँदै रामप्रसादले प्रहरीलाई सो कुरा सुनाए । तत्काल प्रहरी नायव उपरीक्षक कृष्ण खड्का नेतृत्वमा प्रहरी टोली घटना स्थल पुग्यो । खोलामा विभत्स अवस्थामा भेटिएको गुडियाको शव वृद्ध हजुरआमा सितादेवीले किनारामा निकालेकी रहिछन् । बालिकाको शव घरदेखि करिब ५०० मिटर पर सिंघिया खोलामा माछा मार्न जानेले देखेका थिए । शव भेटिएको स्थान विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सिमा क्षेत्रमा पर्छ । दुबैतर्फ वस्ती पातलो छ । पानीमा तैरिरहेको अवस्थामा भेटिएकी बालिकाको मुखबाट रगत बगेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटना संवेदनशील देखिएकाले अनुसन्धानका लागि छुट्टै टिम बनाइएको केसीले जानकारी दिए । घरछेउमा गँजडीको अड्डा मृत अवस्थामा भेटिएकी बालिकाको घरदेखि उत्तर–पश्चिमतर्फ पशु बधशाला निर्माणधीन अवस्थामा छ । बधशाला पछिल्लो समय गाँजा सेवन गर्नेहरुको अड्डा बनेको स्थानीय बताउँछन् । स्थानीय युवा अगुवा महम्मद नसरुलले टोलमा युवाहरुको झुण्ड रातिसम्म बस्ने भएकाले निगरानीका लागि प्रहरीलाई पहिले नै आग्रह गरेको बताए । स्थानीय बिमला सहनीकाअनुसार लागुऔषध सेवन गर्नेहरुको हुलले राति–राति घरको छानामा ढुंगा हान्ने गरेका थिए ।
Friday, January 25, 2019
सुदूरपश्चिम प्रदेशबाट आजदेखि श्रम स्वीकृति
Thursday, January 24, 2019
पुनर्वासमा भारतीय एसएसबीको दादागिरी पुनः सुरु
हाम्रै साझा पत्रिका
पुनर्वास, माघ १०
दशगजामा भारतीय पक्षले एकलौटी रुपमा नाली निर्माण गरेको छ। कञ्चनपुरको पुनरवास नगरपालिका वडा नम्वर ११ डोकेबजार नजिक दशगजा क्षेत्रमा भारतीय पक्षले एकलौटी रुपमा नाली निर्माण गरेको हो। नेपाली पक्षको सहमती विना नाली निर्माण भएपछि स्थानीय वासिन्दाले विरोध जनाएका छन्।
सशस्त्र प्रहरीले भारतीय पक्षसंग छलफल गर्दै नाली निर्माण रोक्न लगाउने दावी गरेको छ। भारतको बन विभागले नाली निर्माण गरिरहेको हो।
आज मिति वि.सं. २०७५ माघ १० गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी २४ तारिख,
Wednesday, January 23, 2019
पुनर्वासमा आठौं प्याब्सन फेस्टिभल सुरु, अठ्ठाईस विद्यालय सहभागि हुँदै ।
स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाच्न थाले, भाइरल भयो भिडियो
एक स्कूलमा प्रधानाध्यापक विद्यार्थीसँगै नाचिरहेको भिडियोले सोसल मिडियामा निकै चर्चा बटुलिरहेको छ । कालो पहिरन लगाएका प्रधानाध्यापक हातमा माइक बोकेर निकै उत्साहका साथ विद्यार्थीसँग तालमा ताल मिलाएर नाचिरहेको देख्न सकिन्छ । यो घटना चीनको एक स्कूलको हो । यो भिडियोले सोसल मिडियामा थुप्रै मानिसहरुको मन जितेको छ । साउथ चाइना मर्निङ पोष्टका अनुसार ४० वर्षका प्रधानाध्यापक झांग पेंगफोईले आफैंले नाच्न सिकेका हुन् र विद्यार्थीहरुलाई पनि सिकाउने कोसिस गरे । शांझीको लिनयी काउन्टीस्थित जी गुआन प्राइमरी स्कूलका प्रधानाध्यापकका अनुसार विद्यार्थीले अत्यधिक व्यायाम गर्नुपर्छ त्यसकारण डान्स गराउने निर्णय गरिएको हो । यो भिडियोलाई फेसबुकमा ११ लाख बढीले सेयर गरेका छन् भने ४८ हजार बढीले यसमा कमेन्ट गरेका छन् । तीमध्ये धेरैले प्रधानाध्यापकको यो कदमको तारिफ गरेका छन् ।
Tuesday, January 22, 2019
खानेपानी मन्त्री वीना मगर अस्पताल भर्ना
Sunday, January 20, 2019
अत्तरियाको बीच सडकमा हत्या गरी भागेका अभियुक्त अझै पक्राउ परेनन्
पुनर्वासमा एघारौं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम नगर स्तरीय खेलकुद प्रतियोगिता जारी । बागेश्वरी र जिवनज्योतीको अग्रता
पुनर्वास,माघ ५
२८५५ औ सोनाम ल्होछारको मूल समारोह समिति गठन
-सुनिलकुमार लो
पुनर्वास, माघ ५
आगामी माघ २२ गते पर्ने तामाङ जातिहरुको महान पर्व सोनाम ल्होछारको तयारीको लागि पुनर्वासमा २८५५औं सोनाम ल्होछार मूल समारोह समिती गठन गरिएको छ । नेपाल तामाङ घेदुङ जिल्ला कार्य समितिका अध्यक्ष नरविर तामाङ मोक्तानको अध्यक्षतामा पच्चीस सदस्यीय मूल समारोह समिति गठन भएको हो । पुनर्वास-२,अरनिको बस्ती स्थित नेपाल तामाङ घेदुङको जिल्ला कार्यालयको प्राङ्गणमा बसेको भेलाले सो समिति गठन गरेको हो । सोनाम ल्होछारलाई भव्य साँस्कृतिक कार्यक्रम सहित मनाउन आजको भेलाले जिम्मेवारीहरुको समेत बाँडफाँड गरेको छ । जसअनुसार साँस्कृतिक फाँटको लागि भिमलाल तामाङको संयोजकत्वमा तीन सदस्यीय समिती बनाई जिम्मेवारी दिईएको छ । मञ्च निर्माणको जिम्मा संस्थापक सदस्य कान्छा बहादुर तामाङलाई दिईएको छ ।त्यसैगरी आर्थिकको जिम्मा राम युवा क्लवका उपाध्यक्ष भिम बहादुर तामाङलाई दिईएको छ । समारोहमा मञ्चको सुन्दरता र सजावटले विशेष महत्व राख्ने भएकाले सो मञ्च श्रृङ्गार र व्यवस्थापनको जिम्मा पुनर्वासका कार्यपालिका सदस्य शान्तिमाया तामाङ लगायत बुद्धिमाया तामाङ,संसारी तामाङ र जयपाल लो लाई दिने निर्णय गरिएको छ । अतिथी संस्कार व्यवस्थापनमा मनमाया तामाङ, स्वयंसेवक परिचालनमा भूपू अध्यक्ष शम्शेर बहादुर तामाङ र रेभ पास्टर भिम बहादुर पाख्रीन तामाङ, साउण्ड सिस्टममा वडा सदस्य बम बहादुर तामाङ र प्रचारप्रसारको जिम्मा भूपू अध्यक्ष टेक बहादुर तामाङ र लामागुरु मीन बहादुर तामाङलाई दिने निर्णय गरिएको छ । आगामी माघ २१ र २२ गते आईविआरडीको पैसठ्ठी बिगाहमा हुन गईरहेको सोनाम ल्होछारको साँस्कृतिक कार्यक्रममा तामाङ राष्ट्रिय कलाकारहरु गायक बाबू जिम्बा र गायिका,डान्सर तथा मोडेल रितु तामाङ वाईबाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अध्यक्ष नरविर तामाङ मोक्तानले जानकारी दिनुभएको छ ।
Saturday, January 19, 2019
बेलडांडी गाउँपालिकामा आधारभूत तह स्तरीय अध्यक्ष कप शुरू
कञ्चनपुर, ०५ माघ
कञ्चनपुरको बेलडांडी गाउँपालिकामा आधारभूत तह स्तरीय अध्यक्ष कप शुरू भएको छ । एन्. प्याब्सन बेलडांडी युनिटको आयोजना तथा बेलडांडी गाउँपालिकाको विशेष सहयोगमा शनिबारदेखि आधारभुत तह स्तरीय अध्यक्ष कप सुरु भएको हो ।
०७५ माघ ०५ गते शनिबार ई. सं. २०१९ जनवरी १९ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा कताकता निराशा र डर भए पनि कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सीदलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । तर आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रै छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरबाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Friday, January 18, 2019
प्रतिक्षित म्युजिक भिडियो ‘छटपटि’ सार्वजनिक ! “मायामा धोका पाएपछि छटपटिमा परका शिरिषको कथा”
काठमाडौं, माघ ०४
प्रेमीकाले अर्कैसंग सम्बन्ध गाँसेपछि मोडल शिरिष गौतम छटपटिमा परेका छन । उनको यहि कथालाई निर्देशक जिबि आग्रीले म्युजिक भिडियोमा प्रस्तुत गरेका छन ।
गत भदौ महिनामा सुटिङ भएको यस म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । इगोसिप ट्वेन्टी फो टिभी युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियो राजभिजन मल्टिमुभिज कम्पनीले निर्माण गरेको हो ।
मोडल शिरिष गौतमको डेब्यु रहेको यस म्युजिक भिडियो त्रिकोणात्मक प्रेमकथामा बनाईएको छ । मोडल शिरिष गौतमलाई भिडियोमा पत्रकार तथा मोडल हेमन्त न्यौपाने र मोडल परि जोशीले साथ दिएका छन । शिरिषकी प्रेमीका परि जोशी हेमन्तसंग प्रेम गरि शिशिरलाई धोका दिएको कथाबस्तु भिडियोमा देख्न सकिन्छ । निर्देशक जिबि आग्रीले निर्देशन गरेको यस म्युजिक भिडियोको छायांकन तथा सम्पादन निर्देशक रणधिर श्रेष्ठले गरेका हुन ।
दिनेश न्यौपानेको स्वरमा सजिएको यस गीतको एजेन्ज किरण कडेलले गरेका हुन । म्युजिक भिडियोमा मेककप नरेन्द्र एसकेले गरेका हुन ।
०७५ माघ ०४ गते शुक्रबार ई. सं. २०१९ जनवरी १८ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-
दिन रमाइलो गरी बित्नेछ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)-
आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)-
ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-
मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)-
बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)-
गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)-
मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)-
उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)-
सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)-
चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)-
दिनभरि सामाजिक क्षेत्रमा सक्रियता बढ्ने समय छ । मनमा उत्साह र उमङ्गमा कमी हुने छैन । घरायसी र पारिवारिक झैझमेलामा पनि केही समय प्रदान गर्नु पर्नेछ । मातापिता वा अभिभावकवर्गका चाहनालाई बेवास्ता गर्नु हुँदैन । तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
Thursday, January 17, 2019
लालझाडी कञ्चनपुरकै केन्द्र बन्छ : सभासद लामा
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य तारा लामा तामाङले लालझाडी कञ्चनपुरकै दुर्गम क्षेत्रको रुपमा रहेकाले प्रदेश देखि केन्द्र सम्मको ध्यान यसलाई कसरी समुन्नति तिर लैजाने भन्नेमा केन्द्रित रहेकोेले छिट्टै यहाँको सडक पुर्वाधारको विकासमा सरकार गम्भीर रहेको बताउनुभयो ।
लालझाडी कञ्चनपुरकै केन्द्र बन्छ : सभासद लामा
लालझाडी, माघ ०३
थारुहरुको नयाँ वर्ष तथा माघी पर्बको विशेष अवसरमा लालझाडी गाउँपालिको आयोजना तथा मघी मिलन कार्यक्रम व्यवस्थापन समितिको सहआयोजनामा लालझाडी ३- डुङ्गामा वृहत माघी मिलन साँस्कृतिक कार्यक्रम तथा वरघर र चाकरहरुलाई सम्मान कार्यक्रम प्रदेश सभा सदस्य तारा लामा तामाङको प्रमुख आतिथ्यता भब्यताका साथ सम्पन्न भएको छ ।
हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ? एकपल्ट सबैले हेरेर सक्दो सेयर गरौ।
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।
– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।
– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।
– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।
– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।
– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।
– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।
के नखाने ?
– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।
– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।
– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।
– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।
– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।
नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।
मनलाई स्वस्थ राख्ने उपाए
– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।
– दैनिक स्नान गर्नुस् ।
– प्रतिदिन व्यायाम गर्नुस् ।
– खूब पानी पिउनुस् ।
– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।
– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।
– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
आजको राशिफल / वि.सं. २०७५ माघ ०३ गते बिहीबार
वि.सं. २०७५ माघ ०३ गते बिहीबार तदनुसार ई. सं. २०१९ जनवरी १७ तारिख, आजको चाडपर्व र उत्सव : पुत्रदा एकादशी व्रत, मन्वादि, आजको मूहुर्त : शुभविवाह, कलशचक्र, पौष शुक्लपक्षको एकादशी तिथि, साँझ ०६:३० बजेसम्म, त्यसपछि द्वादशी तिथि, कृतिका नक्षत्र, बिहान १०:०४ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, आजको चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), शुक्ल योग, बेलुका १०:२७ बजेसम्म, त्यसपछि ब्रह्म योग, सुरुमा वणिज करण बिहान ०७:०६ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण साँझ ०६:३० बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:३३ देखि ०२:५२ सम्म, यमघण्ट : बिहान ०६:५८ देखि ०८:१७ सम्म, गुलिक काल : बिहान ०९:३६ देखि १०:५५ सम्म
आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:१० देखि ०७:११ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म
अमृत वारवेला : दिउँसो ०१:३३ देखि ०२:५२ सम्म र बेलुका ०७:११ देखि ०८:५२ सम्म, चर वारवेला : दिउँसो १०:५५ देखि १२:१४ सम्म र बेलुका ०८:५२ देखि १०:३३ सम्म, रोग वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३३ देखि १२:१४ सम्म, काल वारवेला : दिउँसो ०२:५२ देखि ०४:११ सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:५५ सम्म, लाभ वारवेला : दिउँसो १२:१४ देखि ०१:३३ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म
उद्वेग वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नैपर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ ।
Wednesday, January 16, 2019
पुनर्वासको राम युवा क्लवद्वारा माघे संक्रान्ती शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना
-सुनिलकुमार लो
पुनर्वास,२ माघ
राम युवा क्लब,पुनर्वास-३ ले माघे संक्रान्तीको अवसरमा हिजो शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
अन्य समुदायहरुले धुमधामसंग माघे संक्रान्ती मनाईरहँदा पुनर्वासका तामाङ समुदायले पनि नयाँ बर्षको सुरुआतको रुपमा माघे पर्वलाई मनाएको हो । पुनर्वास-३ स्थित गोर्खा आधारभूत विद्यालयको प्रांगणमा आयोजना गरिएको उक्त कार्यक्रममा पुनर्वासका तामाङ समुदायका महिला पुरुषहरु आफ्ना परम्परागत भेषभूषामा उपस्थित भएका थिए ।
कार्यक्रममा उपस्थित भएका भाईबैनीहरुले रमाइला नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी तामाङहरुको परम्परागत नृत्य म्हेन्दो माया र म्हाने नाचको पनि प्रदर्सन गरिएको थियो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ्ले विशिष्ट अतिथिको आसनबाट बोल्दै तामाङ जातिको संस्कृति जोगाउन यो कार्यक्रमले सहयोगी भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रम हुनु निकै प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले कार्यक्रम आयोजक राम युवा क्लबलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सभा सदस्य तथा नेकपा सचेतक तारालामा तामाङले पहिलो चोटि कार्यक्रम आयोजना गरिएको भएपनि उत्कृष्ट भएको र यसले तामाङ समुदायमा नयाँ उर्जा र जोश थप्दै तामाङ एकतालाई बलियो बनाउने विचार व्यक्त गर्नुभएको थियो ।
राम युवा क्लवका अध्यक्ष सुक बहादुर तामाङले सभापतिको आसनबाट बोल्नुहुदै कार्यक्रम सम्पन्न गर्न सबै सहयोगी हातहरुलाई धन्यवाद दिनुभएको थियो ।आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रमको प्रायोजक प्रवासी एलाईन्स फेलोसिप आईबिआरडी र सह-प्रायोजक आर आर रोमानी फर्निचर उद्योग पुनर्वास-३,आईबिआरडी,कञ्चनपुर लगायत अन्य व्यक्ति तथा संस्थाहरु रहेका थिए । कार्यक्रमलाई जित बहादुर तामाङ (तिलक) ले सञ्चालन गर्नुभएको थियो ।
आजको राशिफल / वि.सं. २०७५ माघ ०२ गते बुधबार
वि.सं. २०७५ माघ ०२ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी १६ तारिख, आजको चाडपर्व र उत्सव : राष्ट्रिय भूकम्प सुरक्षा दिवस, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, पौष शुक्लपक्षको दशमी तिथि, बेलुका ०७:२१ बजेसम्म, त्यसपछि एकादशी तिथि, भरिणी नक्षत्र, बिहान १०:०८ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, आजको चन्द्रमा मेष राशिमा, साँझ ०४:०७ बजेसम्म, त्यसपछि बृष राशिमा, शुभ योग, मध्यरात्रीपछि १२:२७ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा तैतिल करण बिहान ०७:४१ बजेसम्म, त्यसपछि गर करण बेलुका ०७:२१ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१४ देखि ०१:३३ सम्म, यमघण्ट : बिहान ०८:१७ देखि ०९:३६ सम्म, गुलिक काल : दिउँसो १०:५५ देखि १२:१४ सम्म, आजको वारवेला :–लाभ वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:१० देखि ०७:१० सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:३३ देखि ०२:५२ सम्म र बेलुका ०७:१० देखि ०८:५२ सम्म, शुभ वारवेला : दिउँसो १०:५५ देखि १२:१४ सम्म र बेलुका ०८:५२ देखि १०:३३ सम्म, अमृत वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३३ देखि १२:१४ सम्म, चर वारवेला : दिउँसो ०२:५२ देखि ०४:१० सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:५५ सम्म, रोग वारवेला : दिउँसो १२:१४ देखि ०१:३३ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म, काल वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा उत्तर र पूर्व दिशाको तथा स्त्रीको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने मिठाइ वा तिल खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । शुभफल पाउन संघर्ष नै गर्नुपर्छ । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ । मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । शरीरमा उत्साह देखिन सक्छ । यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो छैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी वा बन्दव्यापारमा सामान्यतया सफलता नै मिल्नेछ, यद्यपि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । अपराह्नपछि बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ ।मिहिनेतअनुसार लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बेलुकासम्म दाम्पत्य जीवनमा सकारात्मक सम्बन्ध रहने देखिन्छ । व्यापार व्यवसायबाट राम्रो प्रतिफल प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा समेत राम्रो छ । गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार/व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।
बृहत माघी मिलन साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न
लाल बहादुर एसके
बेलौरी, माघ ०१
"हमार साँस्कृतिक हमार पहिचान ,पहिचान बचान हमार अभियान" भन्ने मुल नाराका साथ श्री दर्शन युवा क्लब बेलौरी ५ सुदर्शनपुरको आयोजनामा बेलौरी नगरपालिका ५ मा बृहत माघी मिलन साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
साँस्कृतिक कार्यक्रमका संयोजक गंगाराम चौधरीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरी हुन्हुन्थो भने बिशिस्ट अतिथिमा ने.क.पा का चर्चित युवा नेता एवं पुर्ब माओवादी केन्द्रका जिल्ला अध्यक्ष वीर बहादुर थापा हुनुहुन्थ्यो । साथै नेकपा प्रदेश कमिटी सदस्य अमर चौधरी, लालझाडि गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक लगायतका समाजसेवी, अगुवा तथा बुद्धिजीवीहरुको पनि बाक्लो उपस्तिथि रहेको कार्यक्रम विभिन्न कलाकार हरुको पनि कार्यक्रममा उपस्थितिले गर्दा कार्यक्रमको रौनक झनै बढेको थियो । कार्यक्रमको संचालन क्लबका अध्यक्ष तथा जुझारु युवा कृष्ण गम्वा गर्नुभएको थियो भने स्वागत मन्तब्य दिपा चौधरीले गर्नुभएको थियो । कृष्ण गम्वा अध्यक्ष रहेको यस क्लबले हरेक बर्ष विभिन्न साँस्कृतिक तथा रचनात्मक कामहरु गर्दैआईरहेको छ । अध्यक्ष गम्वाको लगनशीलताले क्लबले सकारात्मक छाप छोड्न सफल भएको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरीले माघी चौधरी थारू हरुको नयाँ बर्षको रुपमा रहेकोले माघीलाई मनाउनु र यस साँस्कृतिकको जगेर्ना गर्नु नै थारु समुदायको पहिचान भएको बताउनु भयो । नेपाल भिन्न जाती, साँस्कृतिको साझा फुलवारी भएकोले सबैले सबैको साँस्कृतिको सम्म्मान गर्दै अगाडि बढेमा र यीनको जगेर्ना गरेमा मात्रै नेपालमा सद्भभाव र समृद्धि अनि सबैको पहिचान बन्ने भन्दै सबै साँस्कृतिको जगेर्ना गर्नामा सबै लाग्नु पर्ने बताउनु भयो र आफुले आफ्नो तर्फबाट जुनसुकै पनि सहयोग गर्ने र कुरामा जोड दिनुभएको छ ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि एवं नेकपा का चर्चित नेता वीर बहादुर थापाले थारुहारुको साँस्कृति नै थारु जातिको पहिचान रहेको र लामो अन्तराल देखी थारु समुदायले आफ्नो अधिकार र पहिचानका लागि भुमिका खेलेको कुरालाई सम्मान गर्दै यस जगेर्ना गर्नु सबैको दायित्व रहेको बताउनु भएको थियो. हिजोका दिनमा यहि कुरा घरआगानमा सिमित भएकोमा आज आमरुपमा बिशाल सहभागितामा मनाउनु नै सबभन्दा ठूलो उपलब्धिको रुपमा लिनुपर्ने बताउनु भयो । नेपालका विभिन्न साँस्कृतिले आमरुपमा हाम्रो मौलिकता र पहिचान बोकेकाले यसको संरक्षण र प्रब्रद्दनमा बाटै नेपाल लाई विश्व सामु चिनाउन सकिने बताउनु भयो ।