Tuesday, February 26, 2019

दिपक बि.सी.आदर्शको संस्मरण


        कुरो २०५८ साल मङ्सिरको कुरो हो । पन्ध्र बर्षको उमेरमा भर्खर नौ कक्षामा अध्ययन गर्दै थिए । आफ्नै उमेर समुहका माओवादी संस्कृतिकर्मीहरु गाउँमा आईरहन्थे । उनीहरुका जोशिला गीत र नृत्यले आकर्षित भएँ। आफ्नै उमेर समूहका साथीभाईहरु नाच्दै गाउँदै गाउँघरतिर आईरहने भएपछी उनीहरु जस्तै बन्ने रहरले आफू माओवादी पार्टिमा लागे । कच्चा उमेरमा अपरिपक्व मष्तिष्कले धेरै कुरा बुझ्नसक्ने कुरा भएन । पार्टीमा लागेर के के गर्नुपर्छ ? त्यहाँ पुगेपछि कस्ता कस्ता दु:ख कष्ट भोग्नुपर्छ ? भन्ने कुरा नबुझी क्रान्तिकारी गित र नृत्यबाट आकर्षित भएर घर छोडेर पार्टिमा हिडियो ।


 हाम्रो देशमा सामन्ती व्यवस्था छ । देशमा शोषण, उत्पिडन र भेदभाव व्याप्त छ । यसका विरुद्ध लडनुपर्छ भन्ने सामान्य बुझाईले मलाई क्रान्तितर्फ डोरयाउदै लग्यो । त्यसपछि पार्टी प्रवेश गरेपछी भने पार्टिभित्रको निरन्तर स्कूलिङले क्रान्तिकारीपन सिक्दै गएँ । कच्चा उमेर र साथीहरुसंगतले पार्टीमा लागे । त्यसको एक बर्षपछी २०५९ मङ्सिरमा संकटकालको घोषणा भयो । अहिले सम्झदा कुनै भयानक सपना झै लाग्छ । पछि काम गर्दै जाँदा त्यसभित्र पनि पद हुँदो रहेछ, प्रमोसन पनि हुँदो रहेछ भन्ने कुरा पार्टिमा लागेको एक बर्ष पछि मात्र थाहा पाएको हुँ । त्यसैविच पार्टिले जिम्मेवारी दिन थाल्यो । जिम्मेवारी दिईसके पछि कतिपय ठाउँमा आफ्नै विवेक प्रयोग गरी आफ्नै तरिकाले पनि काम गर्दै गए । २०५८ देखि २०६० सालसम्म २ बर्ष एरिया स्तरमै रहेर काम गरे । बझाङको चैनपुर नजिकैको एरियामा एरिया सेक्रेटरी भएर जिम्मेवारी सम्हाली रहकै अवस्थामा २०६० सालको मध्यतिर जनमुक्ति सेनामा प्रवेश गरेको हुँ । जनमुक्ति सेनामा प्रवेश गर्नेबेला म जिल्ला कमिटि सदस्यको हैसियतमा थिए । जनमुक्ति सेनामा प्रवेश गराउँदा त्यसवेला पार्टिको हैसियत अनुसारको सेनामा पद दिने नियम थियो । त्यही नियम अनुसार जाँदा मेरो पार्टीको पदिय हैसियत अनुसार मलाई डाईरेक्ट प्लाटुन कमाण्डरको जिम्मेवारी दिईएको थियो । प्लाटुन कमाण्डर भएको छ महिनामा म कम्पनी सह-कमाण्डर भएको थिएँ । त्यसबखत म पश्चिम कमाण्ड्मा रहेर काम गर्थे,पछि त्यसैलाई सातौ डिभिजन भनेर नामाकरण गरिएको थियो । यो सेती महाकाली भरी नै कार्यरत हुन्थ्यो । यसमा रहेर नौ जिल्लामा हुने हरेक क्रियाकलापहरु लडाई र अन्य पार्टी गतिविधिमा सहभागिता हुने अवसर पाएँ । पछि लडाईको क्रममा हामी गण्डक सम्म पुग्यौ । त्यहाँबाट तौलिहवा र त्यस वरपरका क्षेत्रहरूमा समेत पुग्यौ र २०६२ सालसम्म पनि हामी त्यही थियौ ।

      ↪पछी हामी अर्घाखाँचीमा भएको बेला अध्यक्ष कमरेडको कासन आयो । कासनमा भनिएको थियो," कमरेडहरु हाम्रो आन्दोलन दुश्मनको काँडेतारमा गएर रोकियो । त्यसैले अब दुश्मनको काढेतारबाट हैन, अब दुश्मनको मूल गेटबाटै भित्र जाने हो । त्यसैले हामिले मूलगेटबाटै भित्र जाने मनसायका साथ आआफ्नो कार्यक्षेत्रमा रिटर हुने हो" । त्यसको मतलव शान्ति प्रक्रिया मार्फत अघि बढने र सरकारी सेनासंग समायोजन हुने रहेछ,तर त्यतिबेला हामिले बुझेका थिएनौ । 

पछि आएर मात्र बुझियो । २०६२ सालको सुरुतिर हामीले अर्घाखाँची छोड्यौ । त्यसपछि कैलालीको मसुरियामा आएर बस्न थाल्यौ । संयुक्त राष्ट्रसंघले सैनिक प्रमाणिकरण गर्ने बेला म कम्पनी कमाण्डर भैसकेको थिए । प्रमाणीकरणमा मेजरको रुपमा प्रमाणित भैसकेपछि मलाई सेनातिरै जाने ईच्छा थियो ।
    ↪सेना समायोजनको बेला माओवादी सेनामा रहेर काम गर्दाको र संयुक्त राष्ट्रसंघले प्रमाणीकरण गरेको दर्जा भन्दा तीन स्टेप घटाएर तल ल्याउने कुरा पक्कापक्की भएको थियो,त्यसो भएपनी मेरो दर्जा सेकेन्ड लेफ्निनेन्ट सम्म हुने भईसकेको थियो तर पछि राजनीतिक दलहरुको आन्तरिक विवादका कारण दर्जा मिलानको मुख्य आधार शैक्षिक योग्यतालाई मान्ने निर्णय गरेपछि आफ्नो योग्यता एसएलसी पास नभएका भएका कारण माथिल्लो पदमा जाने अवस्था रहेन ।

म कम्पनी कमाण्डरको रुपमा प्रमाणीकरण भएकाले मेरो नाउँमा एउटा एम सिक्स्टिन हतियार पनि प्रमाणित थियो । तर त्यसै बखत ज्वाईण्ट मनिटरिङ टिममा भने जाने मौका पाएको थिए । योग्य र अयोग्य छुट्याउने नाममा कतिपय अव्यावहारिक र अनावश्यक प्रश्नहरु पनि सोधिन्थे । तर तिनिहरुको मुख्य उद्देश्य भनेको साँच्चै युद्ध लडेर आएको व्यक्ती हो कि पछि मिसिन आएको हो? भनेर छुट्याउन नै त्यसो गरिएको थियो । तर योग्य र अयोग्य छुट्याउने क्रममा युद्ध लडेर आएका कतिपय कमाण्डरहरु प्रमाणीकरण आयोगले अयोग्य साबित गरिदिएको थियो । त्यसपछि योग्य माओवादी सेनालाई सरकारले मासिक तीन हजार मासिक तलब दिनथाल्यो भने अयोग्यहरुले पाएनन,त्यसकारण अयोग्य भनिएका साथीहरुले आन्दोलन समेत गरेका थिए ।

त्यस्तो अवस्थामा म योग्य भएपनी म पनि अयोग्य नै हु भन्दै अयोग्य साथिहरुलाई सम्झाउने बुझाउने टिमको मैले नेतृत्व गरेको थिए । त्यसबखत म लोकेस स्मृती ब्रीगेडमा थिए । सेना समायोजनको लागि राजनीतिक दलहरु बिच बारम्बार वार्ताले त्यसबखत माओवादी सेनामा निकै तनावपूर्ण स्थिती सृजना गरेको थियो । हरेक चोटिको वार्तामा सरकार र माओवादीको विचमा वार्ता भएर माओवादी सेनालाई डोमिनेट गरेको देख्दा हुँदा अगाडि नै युद्ध छोडिएछ,अझै दुईचार बर्ष युद्ध गर्नुपर्ने रहेछ भन्ने विचार भएका साथिहरु पनि देखिए भने कतिपय साथिहरु पुन: लडाईमा फर्कनु पर्छ भन्ने साथीहरु पनि देखिए । तर यस सन्दर्भमा भने मेरो फरक विचार थियो ।
हामी क्यान्टोनमेन्टमा रहेर निकै बर्ष बिताईसकेको हुनाले हामी एक प्रकारको जिवनशैली ढलीसकेका थियौ र जुन छाडेर पुन: युद्धमा फर्कन म सम्भव देख्दिनथे । किनभने त्यसबेला हामीलाई नयाँ परिस्थिति र परिवेशले बाँधिसकेको थियो । बरु जतिसक्दो चाडो सरकारसंग सहमति गरेर समायोजनमा जाने कुरा नै मलाई सहि लागेको थियो । त्यसबेला माओवादी सेना र नेपाली सेना मिलाएर सशस्त्र प्रहरीको जस्तै छुट्टै महानिर्देशनालय बनाएर औद्योगिक सुरक्षा वा सिमा सुरक्षा जस्तै कुनै जिम्मेवारी दिने हो कि भन्ने कुरो उठिरहेको थियो । तर पार्टिभित्रै वैद्यहरु संग कुरा नमिल्दा यो सम्भव हुन सकेन । हामिहरु पनि क्यान्टोनमेन्टमा बसेको पाँच छ बर्ष भैसकेको थियो । नत युद्धमा फर्कने अवस्था थियो नत छोडेर घर आउने अवस्था नै थियो । नत राम्ररी खान पाउँथ्यौ नत तलब पाउथ्यौ । सालका जराहरु कति कुरेर बस्ने ?त्यसले गर्दा हामिमा त्यसबेला निकै निराशाको अवस्था थियो ।
सुरुमा माओवादी नेतृत्वले साँढे उन्नाइस हजार माओवादी सेना नेपाली सेनामा प्रवेश गराएर सरकारी सेनालाई माओवादीमय बनाउने लक्ष्य राखेको भए तापनी परिस्थितिले त्यो सम्भव भएन । गणतन्त्र आईसकेपछी प्रचण्ड प्रधानमन्त्री बने । त्यसपछि यदि गिरिजा प्रसाद कोईरालालाई राष्ट्रपति बनाईएको भए माओवादी सेना धेरै नेपाली सेनामा प्रवेश हुने र अयोग्य वा सामान्य जीवनमा फर्कन चाहने माओवादी लडाकुहरुले पन्ध्र सोह्र लाख पाउने सम्भावना थियो । तर त्यसबेला माओवादी नेतृत्व चुके जस्तो लाग्छ मलाई । समायोजनमा जाँदै गर्दा हामिे नेपाली सेनामा गएर काम गर्न सकिन्छ भन्ने पूर्ण आत्मविश्वास थियो । किनभने हामिले गर्ने तालिम भन्दा उच्च प्रकारको तालिम नेपाली सेनाको थिएन । हामिमा त्यो सेनासंग लडेर जितेर आएको सेना हौ, जुनसुकै मामिलामा सक्षम छौ भन्ने आत्मविश्वास हामिमा थियो । तर बिस्तारै चारैतर्फबाट हाम्रो मनोबल गिराउने काम भयो । यसरी सेनामा रहेर कामगर्ने रहर र इच्छा हुदाहुदै पनि दर्जा मिलानमा असन्तुष्टि भएपछी सैनिक जीवन छाडेर सामान्य जीवन जिउने निर्णय गरेको हु । जनयुद्धकालमा दर्जन भन्दा बढी युद्धमा सहभागी भएँ । त्यस अवधिमा थुप्रैपटक मृत्युको मुखबाट बचेको छु । र जीवनमा कहिले भूल्न नसक्ने थुप्रै क्षणहरु छन । तर एउटा स्मरण राख्न चाहन्छु । कुरो २०६२ सालतिरको हो । अर्घाखाँची र पाल्पाको सिमा नजिकै जस्तो लाग्छ ।एउटा पडेना भन्ने सानो पहाडी बजार छ, जुन बुटवल नजिकैको सालझण्डी ब्यारेक भन्दा उत्तरतिर पर्दछ । म त्यतिबेला कम्पनी कमाण्डर थिएँ ।एकदिन म गुप्तचरको रुपमा सोही पडेना बजारमा थिएँ । हतियार एउटा माउजर (पेस्तोल)बोकेको थिएँ । साथमा सञ्चार पनि थियो । त्यो समयमा मेरो काम सालझण्डी ब्यारेक र त्यसको आसपासको गतिविधिबारे जानकारी संकलन गर्नु थियो । एकदिनको कुरा हो,म बिहानभरी सालझण्डी ब्यारेकको गतिविधी अवलोकन गरेर बेलुका आफू बस्ने गरेको ठाउँमा पुगे ।
बसेको ठाउँ भन्दा केही पर एउटा होटल थियो। त्यो ठाउँ मलाई निकै सुरक्षित लाग्दथ्यो । नजिकै स्कूलपनी थियो । त्यो होटलमा चिया नास्ता गर्न जाने गर्थे । यदि सेना प्रहरीले घेर्‍यो भने आफू कता भाग्ने भनेर पहिला नै मैले वरपर हेरिसकेको थिए । बजार डाँडामा र त्यसको तलतिर जंगल थियो । चिया नास्ता खाने होटलबाट पछाडीतिर निस्कन सकिने सानो झ्याल थियो । म त्यही होटलको कोठामा बस्ने गर्थे । त्यो दिन म पुगेको दुईघण्टामै म बसेको होटलको अगाडी अचानक सेनाको टिम आईपुगेछ । र रुपन्देहीतिरबाट आएका र बजारमा हिडिरहेका मानिसहरूलाई खानतलासी गर्न थालेछ, मत भित्रै थिएँ,मलाई थाहा हुने कुरै भएन । त्यसैबेला छिमेकी पसले आएर मलाई सेना आएको सूचना दियो । उसले सूचना दिने बेलासम्म सेना घरभित्र प्रवेश गरीसकेको थियो ।

       तर मेरो कोठासम्म भने आईसकेको थिएन । हतार हतार त्यही होटल मालिकको छोराको स्कूल ड्रेसको सर्ट मागेर लगाउन मात्र थालेको थिएँ,म बस्ने कोठानिरै सेना आएको आवाज आयो । मैले सेतो सर्ट लगाएको थिए । साथमा एउटा पिस्तोल र संचारसेट थियो । 

म सर्ट लगाउन छाडेर झ्यालबाट हाम फाले । हाम फालेर बारीमा त आएँ, तर बारीबाट तल अत्यन्तै ठूलो भिर रहेछ । माथी जाउँ बजारभरी सेना तल हाम फालौ भने अत्यन्तै ठूलो भीर । त्यसबेला मैले ज्यानको माया मारीसकेको थिएँ । त्यसैले जे पर्ला पर्ला भनेर भीरबाट हाम फाले । भिरबाट लडदैपडदै जंगलमा पुगे, खुट्टामा चोट लागेका कारण राम्ररी हिडन सकिरहेको थिईन । कहिले खोच्याउँदै, कहिले घिस्रीदै म जंगलको विचतिर पुगे । दुई दिन त्यही जंगलमा बिताएँ । भोक, प्यास पर्सीपल्ट साथीहरुको सम्पर्कमा आए र सुरक्षित स्थलतर्फ गएँ ।
 प्रस्तुति: सुनिलकुमार लो





पाकिस्तान भूमिमा भारतीय वायु सेनाले बम खसालेपछि भारत-पाकिस्तान सम्बन्धमा तनाव

हाम्रै साझा पत्रिका
काठमाडौ, फाल्गुन १४

      मंगलबार झिसमिसे नहुँदै पाकिस्तान भूमिमा भारतीय वायु सेनाले बम खसालेपछि भारत-पाकिस्तान सम्बन्धको तनाव चुलिएको छ।

बालाकोटमा भएको बमबारीलाई दुबै देशका अधिकारीहरूले आ-आफ्नो रणनीतिअनुसार ब्याख्या गरेका छन्।

विदेश सचिव विजय गोखलेले  फेब्रुअरी १४ मा पुलवामा भएको आत्मघाती हमलाजस्तै अरू हमला हुने सूचना मिलेकाले मंगलबारको बमबारी आवश्यक भएको तर्क गरेका छन्। वायु सेनाका जहाजले बम खसल्दा जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका सैंयौं लडाकु मारिएको भारतको दाबी छ।

दिल्लीमा सुरक्षा अधिकारीहरूसँग छलफल गरेपछि राजस्थानको चारू पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमा भएको बमवारीको शब्द प्रयोग गरेनन्। तर अप्रत्यक्ष रूपमा त्यो भारतको सफलता भएको दाबी गरे।

सम्बोधनका क्रममा उनले आज भारत सुरक्षित रहेको सन्दे,श सबैतिर पुगेको बताए। कवितात्मक शैलीमा उनले भने- म देशलाई रोक्न दिन छैन। म देशलाई झुक्न दिने छैन। म देश मेटिन दिने छैन।

पाकिस्तानले भने भारतको दाबीअनुसार बालाकोटमा कुनै आतंकवादी अखडा ध्वस्त नभएको बताएको छ। ‘लाइन अफ कन्ट्रोल’ पार गरेर आएका भारतीय जहाजलाई पाकिस्तानी हवाइ सेनाले कारबाही गर्न खोजेपछि भागेको र त्यहीबेला बम फालेको पाकिस्तानको दाबी छ।

मंगलबार दिउँसो भएको पाकिस्तानी सुरक्षा परिषद्को बैठकपछि संवाददातासँग कुरा गर्दै विदेश मन्त्री साह मोहम्मद कुरेशीले बालाकोटमा कथित आतंकवादी शिविर नष्ट भएको र सैयौं मानिस मारिएको भारतीय दाबीलाई पाकिस्तानले खारेज गर्ने बताए।

‘भारत सरकारले आफ्नो घरेलु आवश्यकता पुरा गर्न यस्तो गरेको हो। किनकी त्यहाँ चुनाव हुँदैछ,’ कुरेशीले भने, ‘आफ्नो उद्देश्य पुरा गर्न एक पटक फेरि भारतले मनगढन्ते र आधारहीन दाबी गरेको छ।’

उनले भारतको यो गैरजिम्मेवारपूर्ण कदमको आफ्नो खुसीअनुसार उचित ठाउँमा पाकिस्तानले बदला लिने बताए।

‘प्रधानमन्त्री इमरान खानले सेनाका सबै अंग र आम पाकिस्तानी नागरिकलाई जस्तोसुकै अवस्थाको सामनाका लागि तयार हुनु भन्नुभएको छ,’ कुरेशीले भने,‘यो पाकिस्तानविरूद्धको आक्रमण हो। पाकिस्तान यसको जवाफ दिन्छ।’

पाकिस्तानले घटनाको वास्तविकता रिपोर्टिङ स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई घटनास्थलमा लैजाने पनि उनले जानकारी दिए। रोयटर्स र बिबिसीले प्रत्यक्षीदर्शीलाई उद्धृत गर्दै बमवारीमा एक जना घाइते भएको जनाएका छन्।

यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।

Monday, February 25, 2019

श्रीमान् अरबमा, छिमेकी पुरुषसँग सुपादेउरालीमा सेल्फी, काखे छोरो छाडेर पोइला 


अर्घाखाँची फागुन १३ ,
जिल्लाकी एक महिला दुधे बालक र श्रीमानलाई छाडेर नगद तथा गरगहनासहित फरार भएकी छिन् ।सीतगंगा नगरपालिका वडा नं. ५ स्थायी घर भएका चन्द्रप्रकाश पौडेलकी श्रीमती पवित्रा पौडेल फरार भएकी हुन् । उनी गत असोज २२ गते ‘बिदेशबाट पैसा आएको छ, निकालेर आउँछु’ भन्दै घरबाट हिँडेकी हुन् । अहिलेसम्म सम्पर्कमा नआएको पौडेल परिवारले जानकारी दिएका छन् । फरार पवित्राको ३ वर्ष अगाडि परम्परा अनुसार विवाह भएको थियो । उनको कोखमा अहिले १४ महिनाको छोरा छन् । श्रीमान् चन्द्रप्रकाश डेढ वर्ष अगाडि बैदेशिक रोजगारीका लागि साउदी अरबमा छन् ।श्रीमानले पठाएको करिब ५ लाख नगद र एक सेट गरगहना (२ ओटा औठी, कानका झुम्का र मंगलसुत्र) लिएर फरार भएको चन्द्रप्रकाशका दाजु ज्योति पौडेलले जानकारी दिए । त्यतिमात्र होइन पवित्राले गाउँकै रामप्रसाद पौडेलसँग ५ हजार, भोजराज पौडेलसँग ६ हजार र सूर्यमुखी सबल समूहबाट २५ हजार समेत लिएर गएको पौडेल परिवारले दाबी गरेको छ । पवित्राको खोजी गर्दै जाँदा सीतगंगा नगरपालिका वडा नं. ५ थारपाइलाका लक्ष्मण भूसालसँग फरार भएको प्रमाण आफूहरूले फेला पारेको पौडेल परिवारले दाबी गरेको छ । लक्ष्मण र पवित्राले गत २२ गते नै सुपादेउराली मन्दिर परिषरमा सेल्फी खिचेर फोटो फेसबुकमा अपलोड समेत गरेका छन् । उनीहरूको खोजी गर्न साउदीमा रहेका श्रीमान चन्द्रप्रकाश पौडेलले आग्रह गरेका छन् । श्रीमती धनसम्पत्ति बोकेर फरार भएको खबर पाएपछि चन्द्रप्रकाश पौडेल बिहीबार साँझ नेपाल आइपुगेका छन् ।पवित्रा पौडेललाई देख्ने जो कोहिले नजिकको प्रहरी कार्यालय आग्रह समेत गरेका छन् । -deshkonews.com बाट साभार।

सुदूरपश्चिम प्रदेशस्तरिय महिला तथा पुरुष तर्फका दुबै कबड्डीखेल प्रतियोगिताको उपाधी कञ्चनपुरलाई




हाम्रै साझा पत्रिका
बेलौरी, फाल्गुन १३
     सुदूरपश्चिम प्रदेशस्तरिय महिला तथा पुरुष तर्फको कबड्डी खेलको छनौट प्रतियोगितामा कञ्चनपुरले उपाधी कब्जा गरेको छ । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिकामा सम्पन्न पुरुष तर्फको खेलमा कञ्चनपुरले उपाधी हात पारेको हो । यसअधि पुनर्वास नगरपालिकामा सम्पन्न महिला कबड्डी प्रतियोगितामा समेत कञ्चनपुरले प्रथम स्थान कब्जा गरेको थियो ।  बेलौरी नगरपालिका २ गोकुलपुरको खेलमैदानमा शुक्रबार देखि जारी पुरुष तर्फको प्रतियोगितामा कञ्चनपुरले उपाधी जित्न सफल भएको हो ।

फाइनल खेलमा कैलाली खेलकुद विकास समितिलाई ५ अंकान्तरले पाखा लगाउदै कञ्चनपुरले प्रदेशस्तरिय पुरुष कबड्डी प्रतियोगितामा स्थान ओगेटेको छ । खेल अवधीमा निकै रोचक प्रतिस्पर्धामा देखिएका कैलाली र कञ्चनपुर अन्तत फाईनल भिडेका थिए । कञ्चनपुरले निकै प्रतिस्पर्धा गर्दै नतिजा आप्mनो पोल्ठोमा पारे पछि कैलाली खेलकुद विकास समितिले उपविजेतामा चित्त बुझाउनु परेको आयोजकले जनाएको छ ।

आईतबार एक औपचारिक कार्यक्रमका बिच सुदूर पश्चिम प्रदेश खेलकुद विकास समितिका संयोजक लाल बहादुर शाहीको सभापतित्वमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा बेलौरी नगरपालिका का नगरप्रमुख पोतिलाल चौधरी प्रमुख अतिथिको दिर्घामा आसिन हुनुहुन्थ्यो भने कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधी एवम् खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् नगरप्रमुख चौधरीले ७ नम्बर प्रदेशलाई नै चिनाउने अवसर हुने गरि जुन रुपमा कार्यक्रमको आयोजना गरियो यसको निम्ती आयोजक समितिलाई धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले भन्नुभयो । साथै बेलौरी नगरपालिका देश र राष्ट्रको गरिमा बढाउने किसिमका कार्यक्रमहरुमा उत्साह एवम् हौसला प्रदान गर्न सदैव तत्पर रहेको समेत उहाँले बताउनु भयो ।

यस्तै, कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति एवम् सुदूरपश्चिम प्रदेश खेलकुद विकास समितिका संयोजक लाल बहादुर शाहीले' खेल अनुशासित एवम् मर्यादित ढङ्ग खेल्नु पर्ने कुरामा जोड दिनु भयो ।" उहाँले थोरै रकम र सिमित स्रोत साधनका वाफजुत पनि सुदूरपश्चिम प्रदेशस्तरिय पुरुष कबड्डी छनौट प्रतियोगिता सफल पुर्वक सम्पन्न भएकोमा खेललाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानभावहरुलाईल धन्यवाद समेत व्यक्त गर्नु भयो ।'

बेलौरी नगरपालिकामा खुरेत रोगको महामारी, औषधी लिएर नगर प्रमुख पुगे घरघरमा



लाल बहादुर एसके
बेलौरी, फाल्गुन १२
    कञ्चनपुरको बेलौरी नगरपालिकामा पशु चौपायाहरुमा देखिने खुरेत रोगको महामारी देखिएको छ । रोग निकै बढ्न थापेपछी बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी आफै पशुरोग विशेषज्ञ लिएर गाउँगाउँमा पुग्नुभएको छ । खोरेत रोग पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो ।  यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग भन्ने गरिन्छ ।

 जनताको कार्यलाई पहिलो प्राथमिकता दिदैँ आएका नगरप्रमुख चौधरी पशुचौपायामा खुरेत रोगको महामारी फैलिएर कृषकहरु निराश भैइरहेका बेला आफैँ पशु विशेषज्ञलाई लिएर जनताको घरघरमा गएर पशुहरुको उपचार मा खटिनु भएको छ ।

विशेषज्ञ सेवा र औषधि समेत निशुल्करुपमा व्यवस्था गरेपछि सम्पुर्ण कृषकहरुमा खुशि छाएको छ । औषधि नै लिएर गाउँ गाउँमा आफै नगरप्रमुख पुगे पछि किसानहरुले जनतामा महामरी फैलिदा समेत कोहि नपुगेको खबर आफुहरुले सुनेको तर पशुहरुको लागि समेत नगरप्रमुख आफै घर घरमा आउने यस्तो नगरप्रमुख पाउनु हाम्रोलागि आफैमा ठुलो सौभाग्य हो भन्दै ठुलो प्रसंशा गरेका छन । त्यसरी नै नगर प्रमुख चौधरीले सुरु देखीनै आफुले जनताका कामलाई पहिलो प्राथमिकता दिईरहेको बताउदै जनता भन्दा ठूलो आफ्नो लागि कोहि नभएको बताउनु भयो ।

यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ । यो रोग लागेमा पशुहरूका खुर पाक्नुको साथै ज्वरो आउने, घाँस नखाने जस्ता लक्षणहरू पनि देखा पर्छन् । यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ।

विदेश गएर फर्किएका युवा युवतीहरु धेरैमा एचआइभी : विमानस्थालमै परीक्षण गर्न माग



काठमाडौ । नेपालबाट लाखौं सपना बाकेर विदेश गएका नेपालीहरुले थोरै होस नगर्दा ठुलो रोगको शिकार हुनुपर्ने अवस्था रहेको छ । महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ । ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको छ । सङ्क्रमित १९ महिलामध्ये छ जना सङ्क्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआइभी सङ्क्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ । सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई देखि चारको सङ्ख्यामा सङ्क्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र सङ्क्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिनुभयो । जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताउनुभयो । सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ । यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य यौन रोग एचआइभी चेक गर्न भनेका छन् ।

बुढेसकालमा माछा सेवन, फाइदै फाईदा

उमेर ढल्कदै गएपछि शरीरका अंगहरु पनि शिथिल हुँदै जान्छ । कतिपय अंगले राम्ररी कार्यसंचालन गर्न सक्दैन । छाला चाहुरिन्छ । कपाल फुल्छ । ढाँड कुपि्रन्छ । दाँत र्झन थाल्छ । कानको श्रवणशक्ति कमजोर हुन्छ । आँखाको दृष्टि धुमिल हुन्छ । आँखाको दृष्टि धुमिल हुँदै गएपछि आफ्नो सामान्य दिनचर्या पनि प्रभावित हुन थाल्छ । पक्कै पनि बुढ्यौलीमा हुने असहज समस्या हो यो । तर, चिन्ता गर्नुपर्ने केही छैन । बुढ्यौलीमा आँखाको ज्योति कमजोर हुनबाट बचाउन केही यस्ता खाद्यपदार्थ छन्, जो निकै उपयोगी हुन्छ । जस्तो कि, माछाको तेल सेवन । आर्काइब अप अप्थेल्मोलोजी’ मा प्रकाशित एक नयाँ अध्ययनले जनाए अनुसार सप्ताहमा कम्तीमा पनि एक पटक माछाको तेलको सेवन गर्नु आँखाको लागि निकै फाइदाजनक छ । यसको सेवनले बुढ्यौलीमा पनि आँखा सम्बन्धि कुनै समस्या हुँदैन । झण्डै आठ वर्ष लगाएर करिब ६० देखि ८० वर्ष उमेर समूहका झण्डै ४५ सय जनसंख्याबीच गरिएको अध्ययनबाट यो नतिजा आएको हो । सामान्यतया, मानिसको उमेर बढेसँगै आँखाको तेज कम हुँदै जान्छ । त्यसैले, यो समस्याबाट बच्न पनि अहिले देखि नै माछाको सेवन गर्नु उचित हुन्छ । किनकी माछामा ओमेगा-३ फ्याटी एसिड, भिटामिन बी १२ लगायतका यस्ता पौष्टिक तत्व हुन्छ, जुन अन्य आहारबाट प्राप्त गर्न सकिंदैन । यूरोपेशी शोधकर्ताहरुले जनाए अनुसार उमेर बढेमा एज रिलेटेड मस्कुलर डिजेनेरेशन (एमडी) अर्थात उमेरका कारण मांसपेशी कमजोर हुने रोग लाग्नु सामान्य हो । सातामा कम्तीमा एक पटक वोसोयुक्त माछाको सेवन गनार्ल माछामा रहेको ओमेगा-३ का कारण एएमडीको समस्यालाई निकै हदसम्म कम गर्न सकिन्छ । आँखा सम्बन्धि विभिन्न रोगमध्य मांसपेशी कमजोर हुने समस्या अन्धोपना तथा दृष्टिदोषको एक प्रमुख कारण मानिन्छ । एएमडी दुई प्रकारको हुन्छ, ड्राई (सुख्खा) र वेट (गिलो) । गिलो एएमडी अन्धोपनाको प्रमुख कारण हो । यो नै सम्भवत अहिलेसम्मको पहिलो शोध हो , जसलाई तेलयुक्त माछाको सेवनलाई एएमडीकेा रोकथाममा प्रभावकारी भनिएको छ । यस शोधका प्रमुख शोधकर्ता एस्ट्रिरड फ्लेचरका अनुसार सातामा कम्तीमा एक पटक साल्मोन, टूनाको सेवन गर्नाले प्रतिदिन पाँच सय मिलिग्राम डीएचए (ओमेगा ३ फैटी एसिडको एक प्रकार) र इपिए (ईको सापेंटाइनोइक एसिड)को निर्माण हुन्छ । शोधकर्ताहरुले आाफ्नो अध्ययनका क्रममा माछाको सेवन तथा ओमेगा-३ फ्याटी एसिडको वेट एएमडीसितको सम्बन्धबारे जाँच गरेको थियो । शोधका अनुसार सातामा एक पटक तेलीय माछाको सेवन गर्नेहरुमा माछा सेवन नगर्नेको तुलनामा एमएमडीको स्तर ५० प्रतिशतसम्म कम भएको पाइएको थियो । यसबाट पनि के थाहा हुन्ट भने माछाको सेवन गर्नेहरुलाई बुढेसकालमा आँखा कमजोर हुने समस्या हुँदैन । त्यस्तै, डिएचए र ईपिएको एमएमडीसित पनि पर्याप्त सम्बन्ध रहेको पाइएको थियो । डिएचए र ईपिएको २५ प्रतिशत (प्रतिदिन तीनसय मिलीग्राम वा सो भन्दा बढी) उपस्थितिमा गिलो एएमडीको स्तर ७० प्रतिशतसम्म कम भएको पाइएको थियो । यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने डिएचए माछा वा समुद्री भोजनमै मात्र पाइन्छ ।

आजको राशिफल, वि.सं. २०७५ साल फागुन १३ गते,सोमबार, इश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख२०७५ फागुन १३ सोमबार





वि.सं. २०७५ साल फागुन १३ गते,सोमबार, इश्वी सन् २०१९ फेब्रुवरी २५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा,फाल्गुण कृष्णपक्ष,तिथि– षष्ठी, १०:५३ बजेउप्रान्त सप्तमी,नक्षत्र– विशाखा, २७:३३ बजेउप्रान्त अनुराधा,योग– ध्रुव, १७:२० बजेउप्रान्त व्याघात,करण– वणिज, १०:५३ बजेदेखि भद्रा, २२:३१ बजेउप्रान्त वव, आनन्दादिमा मित्र योग,चन्द्रराशि– तुला, २१:३२ बजेउप्रान्त वृश्चिक, सूर्योदय– ६:३५ बजे, सूर्यास्त– १८:०१ बजे र दिनमान २८ घडी ३४ पला। सर्वार्थसिद्धि योग २७:३३ बजेदेखि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

कठिन चुनौती सामना गर्नुपर्ला, प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ । विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला । अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ । कामबाट समुचित मूल्याङ्कन प्राप्त हुँदैन । परिवारजनसँग आत्मीयतामा कमी आउने छ । प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । कुनै अप्रत्याशित काम बन्ने योग छ |गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने छ । पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदै हुनेछ । श्रमको उचित मूल्यांङ्कन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ  |आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज समुदायको हितमा राम्रै काम गर्न सकिने छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले साथ दिनेछन् । आँटेका काम पनि सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

यात्रा घातक बन्न सक्छ,धेरै टाढा नजानु होला ,राम्रो दिन छैन । बनिसकेको काम बिग्रन सक्छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । काममा लगानीको समय छ । आज गरिएको श्रमको मूल्य कमै मात्र पाइने देखिन्छ, त्यस्तै आशा देखाउनेहरूको भरमा पर्दा धोका हुनसक्छ । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । जिम्मेवारी भने बढिरहने छन् । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ । हक र अधिकारको संरक्षणको प्रयास हुनेछ ।आफ्नै कमजोरीले विवादमा परिने योग छ | आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । परिवारजन र करकुटुम्बका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ |आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने छ । हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ |आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

बाह्रौं भावमा चन्द्रमा भए पनि अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । हरदम सचेत र सतर्क रहनु पर्छ, नत्र समयमा होस नपुग्नाले हुनै लागेको आम्दानीमा बाधा पुग्न सक्छ । शत्रु र प्रतिस्पर्धीको चलखेललाई सँगीसाथीको मद्दतले तोड्न सफल भइने छ । होसियारीसाथ काम लिनुपर्ने समय छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ |आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ । मेहनतले जीवनशैलीमा परिवर्तन आउला | आजका लागि शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने छ । काम हात पार्ने मौका छ,बिग्रने डरले सताइरहनेछ | आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ ।मन खिन्न रहन सक्छ,खर्च लागे पनि फैदा हुनेछ | आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

राशिफलमा जे लेखिएको भएपनि यहाको आजको दिन शुभ रहोस  | राशिफल पढेपछि सेयर गर्नु होला | धन्यवाद


हाम्रै साझा पत्रिकाको विशेष कार्यक्रम ‘साझा बहस’ वडा नम्बर ६ बाट सुरु



सर्वसाधारण र जननिर्वाचित प्रतिनिधिबिच अन्तरक्रिया 

हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन १२ 

       कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट प्रकाशित हुने यस हाम्रै साझा पत्रिकाले ‘साझा बहस’ नामक एक कार्यक्रम सञ्चालन गरेको छ । पुनर्वास नगरपालिकामा सञ्चालन भईरहेको कार्यक्रम नगरका सबै वडाहरुमा छुट्टाछुट्टैरुपमा सञ्चालन हुनेछ । पत्रिकाले ‘सुशासन र विकासका लागि जनचासो र जवाफदेहीता’ भन्ने नारासहित पहिलोपटक वडावासी सर्वसाधारणले जनप्रतिनिधि तथा सरोकारवाला निकायसंग सवालजवाफ गराईरहेको छ । नगरका सबैवडामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन आइतबार वडा नम्बर ६ मा सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा बिष्ट, वडाअध्यक्ष मन बहादुर गुरुङ, कृषि शाखा प्रमुख तथा नगरपालिकाका प्रवक्ता भारमल सुनार, कार्यपालिका सदस्य बिमला सापकोटा, बजार व्यवस्थापन समिति अध्यक्ष अमीत रोकाया, वडा सदस्यहरु स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वडाका विभिन्न समस्याहरुबारे सवालजवाफ् भयो । कृषि, सडक, खानेपानी, ढल, सुकुम्बासी समस्या, सीमा समस्या, शिक्षा, स्वास्थ्य देखि विविध समस्याहरुमा अन्तरक्रिया भयो । सर्वसाधारणबाट आएका सवालको उपप्रमुख बिष्ट, वडाअध्यक्ष गुरुङ र प्रबक्ता सुनारले जवाफ् दिनुभएको थियो । कार्यक्रममा अधिकांश कृषि सम्बन्धि प्रश्नहरु बढी आएको थियो ।

प्रश्नकर्ताहरु हरि अधिकारी, कृष्ण पण्डित, बिजयराज हमाल, राजेन्द्र बराल, नन्दराज जोशी, अनिल शाही, लगायतका सहभागीहरुले प्रश्न राखेका थिए । स्थानीय जनचासो र सवालहरुलाई सम्बन्धित निकाय सम्म पुर्याउदैँ विकासमा गतिदिने उद्देश्यका साथ सुरु गरिएको यस कार्यक्रमले टोलटोलका समस्याहरुको उजागर गर्ने उदेश्य राखिएको छ  ।

प्रश्नकर्ता स्थानीय हरि अधिकारीले कृषि, सीमा, विद्युत लगायतका बिषयमा आफ्नो प्रश्न राख्नुभएको थियोभने उहाँको प्रश्नमा उपप्रमुख शारदा बिष्ट, कृषि शाखाका संयोजक भारमल सुनार तथा वडाअध्यक्ष गुरुङले जवाफ दिनुभएको थियो ।

प्रश्नकर्ता स्थानीय कृष्ण पण्डितले नगर तथा वडा कार्यालयले यहाँका सर्वसाधारणको जिविकोपार्जन र आर्थिकस्थितमा सुधार ल्याउन के पहल गरेको छ? भन्ने प्रश्न राख्नुभएको थियो । उहाँले बीउ, मलखाद तथा  कृषिबाली लगायतमा आत्मनिर्भर बन्न सकिने योजना बारेमा जिज्ञासा् राख्नुभएको थियो । उहाँको प्रश्नमा तिनैजनाले जवाफ दिनुभएको थियो ।

त्यस्तै, स्थानीय राजेन्द्र बरालले फलफूल खेती गर्दा धेरै मेहनत गरेर ५० हजार अनुदान पाउन २५ हजारजति खर्च नै हुने गरेको कुरा राख्नुभयो । उहाँले आफ्नो अपेक्षा र हौसला अनुसारको वातावरण नपाउदा उचित लाभ लिन नसकिएको बताउनुभयो ।

त्यस्तै, स्थानीय नन्दराजले प्रतिभानगर टाउन बजार धुलाम्मे र हिलाम्मे बनेको भन्दै प्रश्न राख्नुभएको थियो । उहाँले बीउबिजनमा आत्मनिर्भर बनाउन नगरपालिका तथा वडा कार्यालयले के नीति लिएको छ? भनी प्रश्न राख्नुभएको थियो । त्यस्तै, स्थानीय युवा अनिल शाहीले यस क्षेत्रमा पोल्ट्री फर्म सञ्चालन गर्नमा भएका कठिनाइ र चुनौतीबारे ध्यानाकर्षण गराउनुभयो । उहाँले ७ बर्ष देखि आफुले निरन्तर फर्म सञ्चालन गरेपनि अनुदान लगायतका प्रोत्साहन हुने कुनै सहयोग नपाएको बताउनुभयो । उहाँले यस क्षेत्रमा लाखौंको लगानीमा बनेका कुखुरा फर्महरु खाली रहेको जानकारी गराउँदै कसरी व्यावसायिहरुलाई सहयोग गर्न सकिन्छ भनी प्रश्न गर्नुभयो । उहाँको प्रश्नमा उपप्रमुख बिष्ट र वडाअध्यक्ष गुरुङले जवाफ् दिनुभएको थियो । त्यस्तै, अन्य स्थानीय सर्वसाधारणहरुले समेत आफ्ना प्रतिनिधिहरुसंग आफ्नो प्रश्न राखेका थिए । कार्यक्रममा छायांकन भएको भिडियो हाम्रै साझा पत्रिकाको फेसबुक पेजमा राखिएको छ । पेज मार्फत जुनसुकै बेला संसारभरबाट हेर्न सकिनेछ ।

Sunday, February 24, 2019

भारतीय कुखुराको अबैध आयात बढेपछि, कुुखुरा व्यवसायीको आन्दोलन


हाम्रै साझा पत्रिका
काठमाडौं, फाल्गुन १२
       भारतबाट नेपाल आयातमा पूर्ण रोक लगाइएको पंक्षी तथा पंक्षीजन्य वस्तुको अबैध कारोबार फस्टाएको भन्दै झापाका कुखुरा व्यवसायी आन्दोलित भएका छन्।
व्यवसायीले शनिबार बन्ध निषेधित झापाको सुरुङ्गा बजार परिक्रमा गर्दै नाराबाजीसहित जुलुस निकालेर तस्करविरुद्ध खुलेर सडकमा प्रदर्शन गरे।
व्यवसायीयले भने, ‘यो हाम्रो शान्तिपूर्ण र जानकारीमुलक पहिलो आन्दोलन हो, भारतबाट अब प्रतिबन्धित पक्षी र पंक्षीजन्य वस्तुको अबैध आयात भए व्यवसायी चुप लागेर बस्न सक्दैनौं।’
बाहुनडाँगी, तिरिङ धिमालचोक, नकलबन्दा, काँकडभिट्टा, सतिघट्टा, घोडामारा, केचनाकवल, झापा बजार, गौरीगञ्ज, कुन्जीबारी, पन्थापाडा, खयरबारी लगायतका नाकाबाट अबैध रुपमा पंक्षीको आयात हुने गरको व्यसायीले बताएका छन्। यी नाकाबाट अवैध रुपमा प्रहरीकै मिलेमतोमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात हुने गरेको व्यवसायीको आरोप छ।
भारतबाट अवैध रुपमा आयात गरिएका पंक्षी पोखरा, काठमाडौंलगायतका सहरमा लैजाने गरिएको छ। नेपालमा ०६४ सालदेखि भारतलगायत तेस्रो मुलुकबाट पंक्षीको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको छ। तर, प्रहरीसँग मिलेर नेपालका ठूला सहरहरुमा भारतीय कुखुरा लगिने गरिएको जिल्ला कुखुरा व्यवसायी संघ झापाका सचिव बोधराज निरौलाले बताए। उनले भने, ‘प्रहरीका कैयौं ईकाई कार्यालय र पशु क्वारेन्टाइन कार्यालय समेतलाई प्रभावमा पारेर भारतबाट अबैध रुपमा पंक्षीजन्य वस्तुको आयात हुने गरेको छ।’
ढुवानी व्यवसायीले पनि पंक्षी तथा पंक्षीजन्य वस्तुको ढुवानी मापदण्ड २०६४ विपरीत वस्तुको ढुवानी गरेको कुखुरा व्यवसायीले आरोप लगाएका छन्। सो मापदण्डमा मानव जाति र पशुपंक्षी एउटै यातायातका साधनमा ढुवानी हुन नपाउने व्यवस्था छ।
तस्करले भारतमा मोटरसाइकलमा कुखुरा संकलन गर्ने र राति नेपालमा अबैध रुपमा भित्र्याउने गरिएको नेपाली व्यवसायीले बताए। नेपालबाट कुखुरा तस्करले बोरामा हालेर यात्रुबाहक बसमै खुल्ला रुपमा ठूला सहरमा लैजाने गरेका छन्।
भारतबाट आयात गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तुको अबैध आयातले नेपालमा कुखुरा व्यवसायीको व्यवसाय नै डुब्ने खतरा बढेको निरौला बताउँछन्। यतिमात्र होइन, पशुपंक्षीबाट मानव जातिलाई समेत खतरा हुने रोग भित्रिन सक्ने उनको भनाइ छ।
प्रशासनले व्यवसायीको माग सुनवाई गरेपछि उनीहरू आफैं भारतबाट अवैध रुपमा आयात गरिएका पंक्षी तथा पंक्षीजन्य वस्तु बरामद गर्दै प्रहरीलाई जिम्मा लगाउन थालेका छन्। ‘हामीले पटक–पटक प्रसाशनमा अनुनय विनय गर्दा पनि व्यवसायीको मागमा प्रसाशनले बेवास्ता गरेपछि प्रहरीको काम गर्न सुुरु गरेका हौं,’ जिल्ला कुखुरा व्यवसायी संघका झापा अध्यक्ष विवेक निरौलाले भने, ‘हाम्रो काम कुखुरा व्यवसाय गर्ने मात्र होइन, राज्यलाई संकट परेको बेला सघाउने पनि हो।’
गएको फागुन १ गते झापा बजारबाट काठमाडौंका लागि अवैध रुपमा लैजाँदै गरिएको लुइँचे प्रजातिको भारतीय कुखुरालाई व्यवसायीले झापाको दुर्गापुरमा बरामद गरेका थिए। बरामद गरेको लुइँचे प्रहरी, उद्योग वाणिज्य संघ र स्थानीय पत्रकारको रोहवरमा पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टामा नेपाली व्यवसायीले बुझाएका थिए। झापाका प्रमुख जिल्ला अधिकारीले आदेश दिएपछि पशु क्वारेन्टाइनले ती कुखुरा नष्ट गरेको थियो। कुनै कागजी प्रमाण नभएपछि चुइँचे बरामद गरिएको कुखुरा व्यवसायीले बताए।
नेपालमा लुइँचे प्रजातिको कुखुरा उत्पादन तथा बिक्री वितरण हुने गरेको छैन। संघका जिल्ला अध्यक्ष निरौलाले भने, ‘यतिबेला तस्करले फर्जी कागजात बनाएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा हाम्रा व्यवसायी बोधराज निरौला र मोहन कार्कीविरुद्ध क्षतिपूर्तिको दाबी गर्दै उजुरी गरेका छन्।’ तस्करले बनाएका फर्जी कागजातमा दुई वर्ष अघिदेखि काठमाडौं बस्दै आएका डा. प्रल्हादा सापकोटाको हस्ताक्षर र स्टाम प्रयोग गरिएको छ। डा प्रल्हाद सापकोटाले सेतोपाटीसँग भने, ‘यो मेरो हस्ताक्षर र छाप हुँदै होइन।’
यता, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अवैध रुपमा पशु पंक्षीको कारोबार गर्ने जो कोहीलाई कारबाही गर्ने बताए । ‘हामी प्रत्येक नाकामा गस्ती बढाउँछौ र अबैध कारोबार झापामा ठप्प पार्छौं,’ उनले भने।

Friday, February 22, 2019

नेपाल राहत शिक्षक पुनर्वास नगर कमिटीद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

-सुनिलकुमार लो 
कञ्चनपुर,फाल्गुन १०
 नेपाल राहत शिक्षक पुनर्वास नगर कमिटिले हिजो बिहिवार अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ। पुनर्वास जनता माध्यमिक विद्यालय त्रिभुवन बस्तिमा गरिएको सो कार्यक्रमको अध्यक्षता पुनर्वास नगर संयोजक जय बहादुर मडैले गर्नुभएको थियो । प्रमुख अतिथीको रुपमा प्रदेश समिति सदस्य कुसुम न्यौपाने,विशिष्ट अतिथिका रुपमा कञ्चनपुर जिल्ला अध्यक्ष लवदेव अवस्थी र जिल्ला उपाध्यक्ष विरेन्द्र बहादुर सिंह, अतिथिका रुपमा जिल्ला सहसचिव काली नेपाली,जिल्ला सदस्य लक्ष्मी खडका, महाधिवेसन प्रतिनिधि धौल सिंह जागरी रहनुभएको थियो । पुनर्वास नगर कमिटिका उपाध्यक्ष धनु ओलिको स्वागत मन्तव्यबाट सुरु भएको सो अन्तरकृया कार्यक्रममा विभिन्न वक्ताहरुले राहत शिक्षकहरुको हक हितको सन्दर्भमा राज्यले गरेको सौतेनी व्यवहारको आलोचना गरेका थिए । साथै केही दिन भित्रै निर्णायक आन्दोलन गरि सरकारलाई घुँडा टेकाएरै छाड्ने प्रतिवद्धता समेत गरेका थिए । मन्तव्यको क्रममा रामबुद्ध मा.वि. पुरैनाका शिक्षक धर्मराज जोशिले संघ र संगठनको पछि लागेर जिन्दगीभरी दौडे पनि उनिहरुको बेवास्ताका कारण राहत शिक्षकहरुको पेशा धरापमा परेको बताउनुभयो । संघ र संगठनको पुच्छर समातेर राहत शिक्षकहरुले जिन्दगीमा सबैभन्दा ठूलो गल्ती गरेको बताउनुभयो । कञ्चनपुर जिल्ला उपाध्यक्ष विरेन्द्र बहादुर सिंहले अबको आन्दोलन निर्णायक आन्दोलन हुने बताउनु भयो । निकट भविष्यमा हुन गईरहेको शिक्षक महासंघको निर्वाचनमा राहत शिक्षकहरुले विशेष चासो दिएर निर्वाचनमा सकेसम्म आफू उम्मेदवारको रुपमा उठन,नसके राहतका साथीहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । नेपाल राहत शिक्षक कञ्चनपुरका अध्यक्ष लवदेव अवस्थीले राहत शिक्षक एउटा देशको विशिष्ट परिस्थितीले सृजना गरेको शिक्षक भएको बताउनुभयो । माओवादी जनयुद्धको कारण नेपालका ग्रामीण क्षेत्रका सरकारी विद्यालय खाली भएको जोखिम अवस्थामा राहत शिक्षकहरुले आफ्नो ज्यानको पर्वाह नगरी देशका लागि योगदान दिएकाले यसको राज्यले उचित मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । प्रदेश कमिटी सदस्य कुसुम न्यौपानेले राहत शिक्षकअ माथिको सम्पूर्ण भेदभाव हटनुपर्ने बताउनु भयो । सभापतिको आसनबाट बोल्दै नगर कमिटीका संयोजक जय बहादुर मडैले राहत शिक्षकहरुमा देखिएको आर्थिक अनुशासनको अभाव र अरुले गरेर आफुले खाउँ भन्ने प्रवृति हटन जरुरी रहेको बताउनुभयो । गत असोज २२ गते सरकारसंग भएको सम्झौता लागू नभए कडा आन्दोलनको लागी तयार हुन सबैलाई आग्रह गर्नुभयो । अन्तरक्रिया कार्यक्रममा पुनर्वास क्षेत्रका राहत शिक्षकहरुले आआफ्ना गुनासा र विचारहरु राख्नुभएको थियो । कार्यक्रमलाई नगर कमिटी सचीव नवराज ओझाले संचालन गर्नुभएको थियो ।             

सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष कबड्डी छनौट खेलको उद्घाटन


लाल बहादुर एसके
बेलौरी, फाल्गुन १० 


       कञ्चनपुरको बेलैरी नगरपालिकामा सुदुरपश्चिम प्रदेशस्तरीय पुरुष कबड्डी छनौट खेलको आज उद्घाटन भएको छ । सदरमुकाम केन्द्रित हुने छनौट खेलहरु यसपटकभने दुर्गम मानिएका ठाँउहरुमा समेत सञ्चालन भईरहेका छन । आज फाल्गुन १० गतेदेखि सुरुभएको छनौट प्रतियोगिता फाल्गुन १२ गते सम्म चल्नेछ । तीन दिने यस कार्यक्रममा प्रदेशभरका खेलाडीहरुले सहभागिता जनाएका छन ।

कार्यक्रमका प्रमुख अतिथि कुलवीर चौधरीले खेलकुद देशकै गर्वको बिषय भएकाले खेलक्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिस्ट अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले दुर्गम क्षेत्रमा खेलकुदको विकास हुनुमा संघीयता ल्याउन बलिदान गर्ने शहिदहरुको देन भएको जिकिर गर्नुभयो । उहाँले राष्ट्र निर्माणको लागि स्वास्थ्य र अनुशासित हुनअति अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रमा बेलौरी नगरपालिका कुनैपनि पक्षमा पछि नपर्ने बताउनुभयो । संघीयता आइसकेपछी मात्र सिहदरबारको अधिकारहरु गाउँ गाउँमा आएको उहाँले बताउनुभयो । 

विशिस्ट अतिथी धन बहादुर थापाक्षेत्रीले खेलमा एक पक्ष जित्ने भएकोले सम्पुर्ण खेलाडीहरु छनौट प्रतियोगितामा आउनुनै जित भएकोले अनुशासित भएरखेल खेल्नहुन आग्रह गर्नुभयो ।
खेलकुद क्षेत्रमा सुदुरपश्चिमको जोड्दार सहभागीता हुनुपर्ने कार्यक्रमका सभापति सुदुरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाहीले बताउनुभयो ।
कार्यक्रममा पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा, खेलक्षेत्रका बिशिस्ट व्यक्तित्व, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थित रहेको थियो । पुनर्वास नगरपालिकामा हिजो मात्र महिला कबड्डी छनौट खेल सकिएको छ । जसमा कञ्चनपुरले प्रथमस्थान प्राप्त गरेको छ ।

पुनर्वासमा शनिबार एकदिने स्वास्थ्य सिविर सञ्चालन हुँदै



हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन १०
     कञ्चनपुरको पुनर्वास नगरपालिकामा भोलि शनिबार एकदिने स्वास्थ्यसिविर सञ्चालन हुनेभएको छ । धनगढीको माया मेट्रो हस्पिटलको आयोजनामा पुनर्वासको जेठो विद्यालय मानिने पुनर्वास जनता उच्च माध्यमिक विद्यालय पुनपा ६ मा स्वास्थ्यसिविर सञ्चालन हुने भएको छ ।

स्त्रीरोग, हार्डजोर्नी, नाक कान घाँटी सम्बन्धि, सर्जरी, पेट सम्बन्धि तथा बाल रोग सम्बन्धि विशेषज्ञ डाक्टरहरु आउने भएका छन । सिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरु आउने भएका छन । विशेषज्ञ डाक्टरहरुमा डाक्टर मोहन सिंह साउद, डाक्टर पुजन पन्त, फिजिसियन डाक्टर विनय बास्तोला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर सुशिला भण्डारी गरि ६ जना विशेषज्ञ डाक्टरहरु आउने कार्यक्रम तय भएको अस्पताल सदस्य कविता बिष्टले जानकारी दिनुभयो ।

विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुआई एकदिनका लागि सञ्चालन हुने स्वास्थ्यसिविरबाट पुर्ण स्वस्थ्यलाभ लिन पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले नगरबासीहरुमा आह्वान गर्नुभएको छ ।

सिविरमा नाम दर्ता गराउन शुल्क लाग्नेछैनभने हस्पिटल जानुपर्ने, अप्रेसन गर्नुपर्ने जस्ता स्वास्थ्यसमस्या देखिए रोग हेरेर विशेष छुट सहित उपचार हुने बिष्टले जानकारी गराउनुभयो ।

खाडी भन्दा अमेरिका बाट आउने रेमिटेन्स धेरै




मुख्यतः विद्यार्थी जाने देश अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट रेमिट्यान्समा ३३% योगदान


हाम्रै साझा पत्रिका
कञ्चनपुर, फाल्गुन १०
      उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरूको हिस्सेदारी पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् ।
नेपालीहरूको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ ।
गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको झन्डै ३३.४ प्रतिशत हुन आउँछ । पछिल्लो ६ महिनामा नेपालमा कुल ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसमा करिब ३० प्रतिशत योगदान शैक्षिक भिसामा गएकाहरूको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाको अनुमान छ ।
एकै वर्षमा ६० हजार विदेश अध्ययनमा, साढे पाँच वर्षमा डेढ खर्ब बिदेसियो
भिसा आवेदनमा मात्रै डेढ अर्ब खर्च, अस्ट्रेलियाका लागि मात्रै करिब एक अर्ब
हरेक वर्ष अध्ययनका लागि विदेश जान चाहनेको नेपालीको रेकर्ड तोडिने गरेको छ । ०७४/७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए । ०७५/७६ को मंसिरसम्म २७ हजार ५७६ ले यस्तो पत्र लगेका छन् ।
यस वर्षको साउनमा ४ हजार ८ सय १६, भदौमा ६ हजार ६ सय ६४, असोजमा ५ हजार ७ सय ८८, कात्तिकमा ३ हजार ६ सय ८१ जना र मंसिरमा ६ हजार ६ सय २७ जनाले एनओसी लिएका थिए । अस्ट्रेलियाका लागि आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् ४५ हजार रुपैयाँजति भिसा आवेदन शुल्क लाग्छ । गत वर्ष विदेश गएका ५८ हजारमध्ये आधाभन्दा बढीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । यो आधारमा पनि करिब एक अर्ब रुपैयाँ अस्ट्रेलियाको भिसामा खर्च भएको छ ।
वर्ष ०७०/७१ मा विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत शुल्कसहितको खर्चमा १५ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको थियो । वर्ष ०७४/७५ मा आइपुग्दा यो रकम ३८ अर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ । पछिल्ला साढे पाँच वर्षमा विदेश अध्ययनका लागि नेपालले १ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

Thursday, February 21, 2019

सुदुरपश्चिम प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिताको उपाधी कञ्चनपुरलाई


हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन ०९
       सुदुरपश्चिम प्रदेशस्तरीय महिला कबड्डी छनौट प्रतियोगिताको उपाधी कञ्चनपुरले हात पारेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मंगलबारदेखि सुरु भएको तीन दिने प्रतियोगिता आज समापन भएको छ । प्रतियोगितामा द्वितीय स्थान दार्चुलाले कब्जा गर्न सफल भयोभने, तृतीय स्थान कैलाली र बाजुराले सुरक्षित गर्न सफल भएको हो । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना गरिएको प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगितामा सुदुरपश्चिमका ८ जिल्लाले सहभागिता जनाएका थिए । आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको यस महिला कबड्डी प्रतियोगिता फागुन ०७ गते देखि ९ गते सम्म पुनर्वासको ६५ बिगाहामा चलेको थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभासांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीयदलका प्रमुख सचेतक तारालामा तामाङ हुनुहुन्थ्योभने समापन कार्यक्रममा प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापा रहनुभएको थियो ।

कार्यक्रमका प्रमुखअतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापाले खेलकुद विकासमा पुनर्वास नगरपालिका सदैव अग्रसर रहेको बताउनुभयो । उहाँले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभएर ठाँउ, प्रदेश र देशकै नाम उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा खेलकुदको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सभापति सु प क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष लाल बहादुर शाही, विशिष्ट अतिथिमा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय समिति सदस्य एकेन्द्र कुवँर रहनुभएको थियोभने कार्यक्रममा उद्घोषण नगर खेलकुद विकास पुनर्वासका सचिव लालमन तामाङले गर्नुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीद्वारा घरमै पुगेर अपांग दिदीभाईलाई नागरिकता प्रदान

शोभा आचार्य पौडेल 
कोहलपुर, फाल्गुन ०९
      मधुवन नगरपालिका—८ बर्दिया शिवनगरका कुलबहादुर डागी सत्र वर्षदेखि घरको ओच्छ्यानमा थलिएका छन् । उनी हाल २३ वर्ष पुगे तर दुवै खुट्टाले काम गर्दैन । मानसिक रुपमा पनि असक्षम उनलाई ह्ल्चीयर को साहरामा अरुले डोर्‍याउनु पर्छ । कुलबहादुरकी दिदी पनि २५ वर्ष देखि ओच्छ्यानमै छिन् । उनको अवस्था कुलबहादुरको भन्दा अझ बढी नाजुक छ । २५ वर्षिया मुनाकुमारी डागी जन्मजात नै शारीरिक मानसिक असक्त हुन् ।

 बुधबार बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ति असक्त दिदी भाईलाई घरैमा पुगेर नागरिकता प्रदान गर्नुभयो । प्रमुख जिल्ला अधिकारी घरैमा पुगेर नागरिकता दिइएको जिल्लाको हकमा भने यो पहिलो हो । ‘प्रशासन कार्यालयमा जान नसक्ने शारीरिक रुपमा अशक्तहरुलाई यसरी घरैमा पुगेर नागरिकता बनाइएको जिल्ला मै पहिलो पटक हो ।'कुरुम्बाङले भन्नुभयो, ‘नागरिकहरुको सेवाका लागि घुम्ती शिविर पनि चलाइरहेका छौँ तर अशक्तहरुको घर पुग्ने कामको यो सुरुवात हो ।’
वडा अध्यक्ष विजयकुमार रानाले आफूहरुको आग्रहलाई स्वीकारेर घरैमा पुग्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङलाई धन्यवाद दिँदै बर्दियाले यस्तो सिडिओ फेरी पाउनेमा शंका व्यक्त गर्नुभयो ।

२०७५ फाल्गुन ०९ गते विहिबार ई. सं. २०१९ फेब्रुअरी २१ तारिख, हेर्नुहोस राशि अनुसार तपाईंको भाग्य

 वि.सं. २०७५ साल फागुन ९ गते। बिहीबार। इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– द्वितीया, १७:१४ बजेउप्रान्त तृतीया। नक्षत्र– पूर्वफाल्गुनी, ७:४४ बजेदेखि उत्तरफाल्गुनी, ३०:१८ बजेउप्रान्त हस्त। योग– धृति, २६:५० बजेउप्रान्त शूल। करण– गर, १७:१४ बजेदेखि वणिज, २८:११ बजेउप्रान्त भद्रा। आनन्दादिमा गद योग। चन्द्रराशि– सिंह, १३:२१ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५८ बजे र दिनमान २८ घडी १८ पला। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेका काममा ढिलो भए पनि उपलब्धीमूलक सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्ध सामान्य रूपले अगाडि वढ्ने छ । महत्वपूर्ण घरायसी काम साँझ पर्नुअघि नै सिध्याउनु राम्रो हुन्छ ।सानातिना काम र घरेलु समस्यामै अल्मलिएर भोलिको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभ अङ्क ८ र शुभ रङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।आजको लागि शुभ अङ्क ७ र शुभ रङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ ।  खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजको लागि शुभ अङ्क ६ र शुभ रङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ ।  वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ र ती काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । शत्रुहरू पराजित हुनेछन् ।आजको लागि शुभ अङ्क ९ र शुभ रङ्ग आकासे हो भने आज कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । शरीरमा आलस्यले डेरा जमाउने छ । मानसिक तनाव र उल्झनलाई झेल्नुपर्ने छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा मात्र सफलता पाउनुहुनेछ । कुनै महत्त्वपूर्ण काम बन्ने सम्भावना पनि छ, तर आज दिनभरि चौथो घरमा चन्द्रमा रहने भएकाले कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन ।आजको लागी शुभ अङ्क ४ र शुभ रङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – वित्तीय पक्ष राम्रो छ । सहयोगीहरू पनि टाढिन सक्छन् ।  रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजको लागी शुभ अङ्क ३ र शुभ रङ्ग हरियो हो भने कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभ अङ्क २ र शुभ रङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजको लागि शुभ अङ्क १ र शुभ रङ्ग गुलाबी हो भने कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । आजका लागि शुभ अङ्क ४ र शुभ रङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 
 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभ अङ्क ३ र शुभ रङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ ।कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभ अङ्क २ र शुभ रङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ ।धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । आजको लागी शुभ अङ्क ९ र शुभ रङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

Wednesday, February 20, 2019

आजको भाग्य | वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। 


 वि.सं. २०७५ साल फागुन ८ गते। बुधबार। इश्वी सन् २०१९ फेब्रुवरी २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– प्रतिपदा, १९:२८ बजेउप्रान्त द्वितीया। नक्षत्र– मघा, ९:२० बजेउप्रान्त पूर्वफाल्गुनी। योग– अतिगण्ड, ८:५३ बजेदेखि सुकर्मा, २९:४८ बजेउप्रान्त धृति। करण– वालव, ८:३८ बजेदेखि कौलव, १९:२८ बजेपछि तैतिल, ३०:२० बजेउप्रान्त गर। आनन्दादिमा चर योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:५७ बजे र दिनमान २८ घडी १४ पला। मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कमजोरीलाइ धेरै सुधारी अघि बढ्दै जान सकिनेछ । मनोरञ्जनको समय छ । रमाइलो समय छ । सहज काम उच्च आम्दानी बिचारको सिद्धान्तमा दिन कटिएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो उन्नति हुनेछ । प्रतिस्पर्धीहरूले अलमल गर्ने छन्, उल्टो बाटो खोलिदेलान । पारिवारिक माहोल आएर काम तिर ध्यान दिन अलि नसकिएला । छोरा छोरीहरुले सम्झेला । भाइ बहिनीहरु प्रतिको जिम्मेवारी निभाउन सकिएला । साथीहरु प्रत्ति पनि राम्रो देखिएको छ । सम्बन्ध गढ़िनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो र त्यसैले मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – उद्योगमा विशेष फाइदाको योग छ । जग्गाको कुराहरु बढेर आउने हुन्छ । त्यस सम्बन्धि विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । आमा बुवा सम्बन्धित कुरामा चहलपहल बढी हुनेछ । रोजगारीबाट जिम्मेवारी बढेर आउने । अवसरको खोजीमा भौतारिनु पर्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । वाहन (बाइक ,गाडी) किन्ने वा साट्ने आदि मन होला । आफन्तहरु बात अनुकुल स्थिति आउन सक्ने हुन्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – यात्राको अलि माहोल बनेको छ, सानो ठुलो यात्रा गर्नु पर्ने होला । शैक्षिक चाजो पाजो आदि मिलाउने कामहरुमा वृद्धि हुन सक्छ । बिबाह आदि मंगलमय पर्व होला । बाजे–बजै आदिको चिन्ताले सताउला । मेहनत गर्दा मात्र अलि बढी सफल होला किन कि काम बन्न अलि संघर्ष गर्नु पर्ला । भाइ बहिनिहरुको साथ र सुख पाउला । अरुले इज्जत गर्नेछ, सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छे मान्नेछ । घर परिवारमा सबैलाई माया बाँड्न पाउने छ । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – व्यावसायिक काममा मनग्गे लाभ हुनेछ त्यसैले कमाउन चाहनेले जति मेहनत गरे त्यति लाभ होला । सामानहरुको किनमेल होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । आँटेको काममा अलि ढिलाई होला । उधारो आदि दिनु पर्ने कुराहरु भए दिनु पर्ला । रोकिएका काम बनाउन सकिनेछ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले चन्द्रमाको मन्त्र दधिशङ्खतुषाराभं क्षीरोदार्णवसंभवम् । नमामि शशिनं सोमं शम्भोर्मुकुटभूषणम् ॥ जप्दा राम्रो हुने गर्दछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – जिम्मेवारी बढिरहनेछन् तर निभाउनै पर्ने जस्तो हुन्दैन । पति पत्नीमा राम्रो संग अघि बदन कुराकानी बढ्ला । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ वा भनौ छिटो काम नगरी देला । मोज मस्ती आदि गर्नलाइ आकर्षित गर्ला । रोकिएका काम धेरै नभएपनि सक्ने जति बनाउन सकिनेछ । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । भबिस्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । तपाइको रासी सिंह हो जुन भगवान सुर्यको रासी हो त्यसैले सुर्यको मन्त्र जपाकुसुमसंकाशं काश्यपेयं महद्युतिम् । तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम् ॥ जप्दा राम्रो हुने गर्दछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – अपरिचित जनको सहयोग जुट्नाले उत्साह मिल्नेछ । अकस्मात कोहि नौला व्यक्ति भेटिएला । ऋण आदि दिनु पर्ने कुराहरु भए दिन सकिएला । स्वास्थ्य निर्बल बन्न सक्छ, आफ्नो जिउको ध्यान राख्नु होला । रोगलाइ दबाउन अलि गाह्रो होला । बिरामी भए बिस्तारै मात्र ठिक होला । पैसाको जरुरि भए पनि अरुको मुख नताक्नु होला, अन्तिम समयमा मात्र अरुमा भर पर्न खोज्नु होला । गरिब दुखीको सेबाको अवसर आउला । किनमेलमा मन जानेछ । नसोचेको ठाउमा खर्च होला । सापटी दिन–लिन सकिएला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्ध ग्रहको मन्त्र प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – व्यवसायको सन्दर्भमा सुभ, लाभप्रध देखिन्छ । आफुले गर्नु नपरिनइ सहयोगीहरूले राम्रो साथ दिनेछन् । कुनै संस्कृतिक पर्ब आदि आउन सक्लान । नया मित्रताहरुको लागि पनि राम्रो देखिएको छ । सम्बन्ध गढ़िन सक्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ त्यसैले किसान बर्गहरुको लागि राम्रो छ । यदि सम्मानले अरु सामु पेस आय गाह्रो काम सजिलो होला । नभए सजिलो काम गाह्रो होला । फाइदा हुने काम प्राप्त हुन सक्छ । श्रमको मूल्यांकन होला, र सो अनुरुप पारिश्रमिक वा पेय पाइएला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले त्यसैले शुक्र ग्रहको मन्त्र हिमकुन्दमृणालाभं दैत्यानां परमं गुरुम् । सर्वशास्त्रप्रवक्तारं भार्गवं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – व्यापार लगायत अनि रोजगार, जागिर क्षेत्त्रमा राम्रो देखिन्छ । आमा बुवाको सुखमा वृद्धि हुनेछ । राम्रो राम्रो कुराहरु सुन्न सकिएला । छिमेक तिर वा टोल तिर अलि तनाबको बातावरण होला । जग्गाको कुराहरु बढेर आउने हुन्छ । त्यस सम्बन्धि विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । कमजोरी र आफ्नो अल्छि पन सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई व्यवहारिक गाह्रो र झन्झट होला पछि । सफलताको सम्भावना बढेर आएको देखिन्छ । धेरै काम कुरा बन्ला, केहि नभए पनि सानो २–३ वटा भए पनि अबश्य बन्नेछ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो । मंगल ग्रहको मन्त्र धरणीगर्भसंभूतं विद्युत्कान्तिसमप्रभम् । कुमारं शक्तिहस्तं च मङ्गलं प्रणमाम्यहम् ॥ जप्दा राम्रो हुने गर्दछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आफुले एक पटक साथ दिएको व्यक्तिको उन्नति आदि देखि खुसि हुन पाउला । ठुलो ठुलो काममा भन्दा सानो काममा बढी उल्झिनु पर्ला । बाजे–बजै आदिको सम्झना आउला । सम्मानीय जनको प्रेम पाईएला । रमाइलो र सुभ जमघट हुने देखिन्छ । व्यवसाय वा उद्योगको सन्दर्भमा सुभ । कल्याणकारी देखिन्छ । फुटबल, तेबलटेनिस, बक्सिङ्ग, आदि जस्ता खेलहरुमा लाग्नु पर्ला । मन कता कता भएको हुनाले मनोबल अलि कम जस्तो होला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – रोग आदि भए त्यसको समाधान गर्न सकिएला वा काम गर्न सकिएला । नौलो नौलो परिस्थितीहरु आउला, त्यसैले उत्साहित महसुस होला । मेहनत गर्दा आइले नभए पनि पछि आम्दानी बढाउनेछ । सर सामानहरु मिलाउनु पर्ने समय आएको छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । अरुले त्यतिकै फसाउन सक्छन्, मन नभएको काम कुरामा लाग्नु पर्ला । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । मिलि काम गर्ने मान्छेहरुबाट धन पाउनेछ । कुनै पनि बिग्रेको कुरालाई बनौन सकिएला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – स्वास्थ्य खराब होला ध्यान पुर्याउन आबश्यक छ । केहि दिन स्वास्थ्यमा ध्यान पुर्याउदा राम्रो होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । काम वा धननै सब थोक होइन शान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । अरुको सहयोगबाट यसरि अघि जानु भनि बुद्धि निकाल्न सजिलो होला । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । आत्म सन्तुस्ट हुनु भन्दा अरूलाई प्रभावित पार्न मन हुनेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको मन्त्र नीलांजनसमाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसंभूतं तं नमामि शनैश्चरम् ॥ जप्दा राम्रो हुने गर्दछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – ऋण आदि भय तिर्न सकिएला । स्वास्थ्य सबल बनाउदै लान सकिएला । हिसाबकिताब हेर्नु पर्ने समय आएको छ । अरु जनहरुले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ, अलि ध्यान दिनु होला । नसोचेको ठाउमा खर्च बढ्ने होला । अवसरको खोजीमा भौतारिनु पर्ला । मेहनत गर्दा मात्र सोचेको बन्दा बढी सफल होला । मुद्दा मामिलामा अघि बढ्न पर्ने जस्तो होला । अरुको लागि सहयोग । साथ दिनु पर्नेछ । । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको मन्त्र देवानां च ऋषीणां च गुरुं काञ्चनसंनिभम् । बुद्धिभूतं त्रिलोकेशं तं नमामि बृहस्पतिम् ॥ जप्दा राम्रो हुने गर्दछ । 

Tuesday, February 19, 2019

सुदुरपश्चिम प्रदेशस्तरीय महिला कबड्डी प्रतियोगिता पुनर्वासमा


हेमन्त न्यौपाने 
पुनर्वास, फाल्गुन ०८
       सुदुरपश्चिम प्रदेशस्तरीय महिला कबड्डी छनौट प्रतियोगिता आजदेखि सुरु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजना गरिएको प्रदेशस्तरीय कबड्डी प्रतियोगितामा सुदुरपश्चिमका ८ जिल्लाले सहभागिता जनाएका छन । आठौं राष्ट्रिय खेलकुद अन्तर्गतको यस महिला कबड्डी प्रतियोगिता फागुन ०७ गते देखि ९ गते सम्म पुनर्वासको ६५ बिगाहामा चल्ने छ ।

कार्यक्रम उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेश सभासांसद तथा नेकपा सुदुरपश्चिम प्रदेश संसदीयदलका प्रमुख सचेतक तारालामा तामाङले प्रदेश सरकार खेल र खेलाडीको विकासमा कटिबद्ध रहेको बताउनुभयो । उहाँले खेलाडीले सम्मानपुर्ण तरिकाले खेल्न पाउनुपर्ने तथा खेलाडीको सम्मानपुर्ण जीवनयापनको लागि प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो ।


कार्यक्रमका बिशिस्ट अतिथि पुनर्वास नगरपालिकाका नगरप्रमुख जिवन राज थापाले खेलकुद विकासमा पुनर्वास नगरपालिका सदैव अग्रसर रहेको बताउनुभयो । उहाँले खेलकुदलाई मनोरञ्जनको माध्यम मात्र नभएर ठाँउ, प्रदेश र देशकै नाम उच्च बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा खेलकुदको विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर चन्द, अछाम जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष ज्ञानेन्द्र सिंह, कबड्डी खेलका मुख्य प्रशिक्षक तारासिंह भाट, जिल्ला खेलकुद विकास समितिका विभिन्न पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

राशिफल/२०७५ साल फागुन ७ गते मंगलबार






वि.सं. २०७५ साल फागुन ७ गते। मंगलबार। इश्वी सन् २०१९ फेब्रुवरी १९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:१३ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– तिष्य, १२:३९ बजेउप्रान्त अश्लेषा। योग– सौभाग्य, १५:०९ बजेउप्रान्त शोभन।करण– गर, १३:२३ बजेदेखि वणिज, २४:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– कर्कट।काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०६ पला। श्री पशुपतिनाथको छाया दर्शन। आज श्रीस्वस्थानी ब्रत समाप्ति |

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

मनमा भएजति पुरा गर्न नसक्ने केहि नहोला । पढाइमा प्रगति हुनेछ । यात्राहरु गर्ने दबाबहरु बढेर आएको देखिन्छ । थोरै लाभको मात्र सम्भावना देखिन्छ । आफ्नो दाइ दिदि आदि संग भेटघात वा जमघट गरि टाढा जानु पर्ला । राम्रो संग बोलेर गाह्रो काम पनि सजिलै पुरा गर्न सकिने बाटो बनाउन सकिएला, त्यसैले मिठो बोलि बोल्नु होला । कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । धेरै इन्टरनेट चलाउनु पर्ने काम आउला । पेट आदिको रोग भए अलि सन्चो होला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

नयाँ काममा हात हाल्ने कुरो आउन सक्ला, गर्ने नगर्ने तपाइको भरमा होला । प्रियजनको भेटघाटले दिन रमाइलो रहनेछ । पशुपालन तथा कृषि क्षेत्रलाइ नया दिसा दिन सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । सफलताको सम्भावना बढेर आएको देखिन्छ । केहि नभएपनि सानो २–३ वोटा भएपनि अबस्य कामहरु बन्नेछ । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । आमा आदिको बिशेष याद आउला । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउमा रहनुपर्दा दिक्दारी होला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

लेख्ने पढ्ने काम बढ्छ तर केहि अबरोध भने आउछ । आँटेको काममा अलि ढिलाई होला । अरूको मुख नताकि कन सुइ सुइ आफ्नै काम गर्दै रहनु होला । गुरु जनहरुको साथ पाईएला । सेवा गर्नु पर्ने पनि होला । घुमफिरको समय आएको छ । यस्तो बातावरण तयार गर्नु पर्ला । नाति नातिना आदिलाई केहि गर्नु पर्ने कामहरु आउला । खेलकुदमा मन भइ त्यसमा समाबेस हुनु पर्ने भइएला । ठुलो ठुलो काममा भन्दा सानोमा मन होला । यसो हेर्दा समय राम्रो छ पारिवारिक कुराहरु बिस्तारै बिस्तारै बढेर आउने र हप्ता दिन जति चल्न सक्ला । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ । मिठो मिठो खाना मन होला, त्यसैले भट्टी आदिमा धेरै खर्च नगर्नु होला । बैक आदिको काम गर्नु पर्ला वा बढेर आउने देखिन्छ । पूजीको वृद्धि होला । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । भित्र भित्र काम कुरा बिगार्नेहरु बढ्न सक्छ । चिन्ता नभए पनि चिन्ता भएको जस्तो होला । मेहनतले आम्दानी बढाउनेछ । बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको को रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । माया गर्ने मान्छेहरुको याद आउला । जो कोहि पनि व्यक्ति संग खुसि होला आजको दिन । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला, यदि नभने पनि हौसला कम हुने छैन । फाइदा हुने काम प्राप्त हुन सक्छ । प्रेम र मित्रताहरु बढ्नेछ । निर्णय गर्ने दक्षता आफै आउनेछ । अरूलाई प्रभावित पर्न मन हुनेछ वा अरु त्यति कै प्रभाभित हुनेछन । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रमाइलो दिनको सुरु भएको देखिन्छ । नया नया काम कुराहरु आउला । कहिँ तुरन्त घर बाहिर निस्कने काम आउला । बिना सित्तिमा सत्रु नबनाउनु होला । मुद्दा मामिलामा, बिबादमा अघि बढ्न पर्ने जस्तो होला, पूर्व तयारी गर्नु होला, सावधान हुनु होला । विवादास्पद कुरा वहन गर्नुपर्नेछ । पशुपालन तथा कृषि क्षेत्रमा दौडधुप अलि होला । बिस्तारै बिस्तारै मात्र चुनौतीहरु पन्छाउँदै अघि बढ्न सकिनेछ । हरेस नखानु होला । भ्रमणको कुरा आउला वा जान पाइएला । गरिब दुखीको सेबाको अवसर आउला, सेवा गरि धर्म गर्ने मौका नगुमाउनु होला । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

मन भएको स्थानमा घुमफिर गर्न पाउने छ किनकि त्यस्को समय आएको छ । गीत गाउन वा गीत सुन्न मन भएर आउछ वा गाउन सुन्न पाइएला । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान र हाल खबर सोध्लान । परीक्षा आदिको कुराले उत्साह बढाउनेछ । आफ्नो दाइ दिदि आदि संग भेटघात वा जमघट हुन सक्छ । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आयको छ । गीत संगीतमा मन जानेछ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सुधार आएको भान होला । लगनसिल र इमान्दारीको साथ अघि बढ्ने । रोजगारीबाट लाभ प्राप्त भएर आउने । कसरि पैसा कमाउ भन्ने होला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । आमा आदिको बिशेष याद आउला । अवसरको खोजीमा भौतारिनु पर्ला । केही दौडधुप गर्नुपर्ला । संघर्स गर्नु पर्ला । अनुकुल स्थिति आउन सक्ने हुन्छ । आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

यात्राको अलि माहोल बनेको छ, तर घुम्न नै पाउला भने भन्न सकिन्न । ठुलो उत्सब समारोहमा खट्नु पर्ने हुन सक्छ । भाइ बहिनिको साथमा कमि आउला । अरुबाट सानो कदर पाउन पनि अलि समय पछि मात्र होला । अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा खटिनु पर्नेछ । अलि विलम्बले पढाई लेखी सकिएला । रमाइलो र मंगलमय यात्रा हुन सक्छ । ब्राह्मण–देवता आदिको आसिर्वाद पाईएला । पढाई लेखेको तयारी बढ्ला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नौलो नौलो परिस्थितीहरु आउला, त्यसैले अली धपेती जस्तो होला । धेरै आउछ भनि अरूको मुख नताक्नु होला, अरुबाट पाउने भन्दा आफ्नै युक्तिले बढी लाभ होला । खाना पकाउनु पर्ला वा मद्दत गर्नु पर्ला । धेरै बोल्दा समस्या आउन सक्छ । मुख समालेर बोल्नु होला, बिपक्षी कमजोर–बलियो जे भए पनि सत्त्रुता गरि रहन आबस्यकता छैन । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ, यदि नसुधारे अफ्फैलाई गाह्रो होला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ र टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

प्रचार प्रसार गर्न जान पाइएला । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । अनुकुल स्थिति आउन सक्ने हुन्छ जसको कारण मन नै हल्का होला । अरूलाई प्रभावित पर्न मन हुनेछ वा आफ्फई प्रभावित होला । फाइदा उठाउने समय छ । काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । चुनौती पन्छाउँदै अघि बदना सजिलो हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

पशुपालन तथा कृषि क्षेत्र विकास, सुधार संसोधन देखिन्छ । चुनौतीहरु पन्छाउँदै अघि बदनु पर्ने जस्तो स्थिति आउन सक्ला । अनुकुल – प्रतिकुल स्थिति दुवै आउन सक्ने हुन्छ । आजको दिन परिवर्तन ल्याउन सक्ने दृष्टिले महत्त्वपूर्ण छ । सतर्क नभए अरुले त्यतिकै फसाउन सक्छन् । चलाखी गरे असाद्द्य कामहरु पनि सहज रुपले बन्ला । पैसाको जरुरि भए जहा बाट पनि मिलाउन सकिएला । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ |