Monday, August 31, 2020

लालझाडिमा दोदा नदिमा डुबेर दुई बालिकाको मृत्यु


-यम प्रसाद आचार्य 
कञ्चनपुर, १५ भदौ । 
 कञ्चनपुरमा दोंदा नदीमा डुबेर दुई जना बालिकाको मृत्यु  भएको छ । घरबाट माछा मार्न जाने भन्दै गएका बालिकाहरु माछा मार्ने क्रममा अचानक गहिरो ठाउँमा पुगेपछि नदिले तीन जनालाई बगाएको थियोे । तीन जना मध्ये एक जनालाई भने स्थानीयले उद्धार गर्न सफल भएका थिए । यो घटना दिउँसो करीब साढे तीनबजे तिरको हो ।
मृत्यु हुनेमा लालझाँडी गाउँपालिका- २ कञ्जका उत्तम रानाकी १३ बर्षिय छोरी मोनिका राना र कालु सिंह रानाकी १२ बर्षिय छोरी निष्ठा राना हुन भने उद्धार गरीएका १३ बर्षिय अनन्या राना देवदत्त रानाकी छोरी हुन । उनीहरु स्थानीय विद्यालयमा छ कक्षामा पढ्ने सहपाठीहरू थिए ।
मृतकहरुलाई पोष्टमार्टमका लागि बेलौरी लगीएको छ भने उद्धार गरीएका अनन्या रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगीएकोमा उनको अवस्था नाजुक भएकाले उनलाई कोहलपुर रिफर गरीएको लालझाडी स्थित हाम्रा संवाददाताले बताएका छ्न ।
अहिले लालझाडीको कञ्ज गाउँ शोकमा डुबेको छ ।
मृत्यु भएका दुवै बालिकाको शव नदीमा बगेको ठाउँबाट ३०० मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।

प्रमुख प्रशासकिय अधिकृतको बिदाई !

 


कृष्ण बा बुढा भदौ १५ बर्दिया \बर्दियाको बाँसगढी नगरपालिका मा आइतवार एक कार्यक्रमका बीच नगरपालिकाका पुराना प्रमुख प्रशासकीय अधिकृतको बिदाई र नयाँ आउने प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको थियो । बाँसगढीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा २ वर्ष १४ दिन काम गरेका अम्मरराज खत्रीले यहाँबाट नै सेवा निवृत्त भएका हुन् ।                                                               उनका स्थानमा दाङको लमही नगरपालिकाबाट टोपेन्द्र केसी आएका छन् । नगरपालिकामा खत्रीको बिदाई र नयाँ आएका केसीको स्वागत गरिएको हो । बिदाई र स्वागत बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले गरेका थिए । उनले सो अवसरमा बोल्दै संघीयता कार्यन्वयनमा कर्मचारीको भूमिका अहम् हुने बताए । ‘संघीयता कार्यन्वयनमा तपाईहरु जस्तो राष्ट्र सेवक कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुन्छ’ उनले भने, ‘स्थानीय दिगो विकासको लागि कर्मचारीहरुले जनप्रतिनिधीलाई सघाउनुपर्छ ।’ सोही अवसरमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत जन स्वास्थ्य अधिकृत सुरेस कुमार रेग्मीको समेत बिदाई गरिएको नगारपालिकाका सूचना अधिकारी क्षितिज पौडेलले जानकारी दिए । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

तीन जिल्लामा हट्यो निषेधाज्ञा, ४९ जिल्लामा कायमै

 


भदौ १४ गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ । कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि निषेधाज्ञा हटाएका हुन् । तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन् । ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएकाछन् । बितेका केही दिनदेखि निषेधाज्ञा लगाउने जिल्ला थपिने क्रम घटेको छ ।                            आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन् । यस्तै आंशिक निषेधाज्ञा रहेको दाङमा भने आजबाट पुर्ण निषेधाज्ञा जारी हुदै छ । सरकारले जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । स्रोत जनादेश दैनिक ड्ट्कम

आजको राशिफल/ आज २०७७ भदौ १५ गतेको राशिफल


आजको पञ्चाङ्ग बि.सं. २०७७ भदौ १५ गते सोमवार । इ.सं. 32 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । भाद्र शुक्लपक्ष। तिथि त्रयोदशी , ०८:३८ बजे उप्रान्त चतुर्दशी। नक्षत्र श्रवण , १५:५५ बजे उप्रान्त धनिष्ठा योग शोभन , १५:१६ बजे उप्रान्त अतिगण्ड करण तैतिल ०८:३८ बजेदेखि गर , २०:४२ बजे उप्रान्त वव चन्द्रराशि मकर । आनन्दादी योग सिद्धि। दिनमान ३१ घडी ४३ पला । सूर्योदय ०५:४२ बजे । सूर्यास्त बेलुका १८:२४ न्हुघया। धनिष्ठा पञ्चक २८:२३ बजे प्रारम्भ। तपाईको आजको  राशीफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चापनि चल्नेछ । 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तर्क, विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । आफन्त संग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अत: सचेत रहनु उचित होला । 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न सकिंदैन । 

लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द




काठमाडौ, १५ भदौ ।
सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो । 
यस्तै सरकारले  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन । 

Sunday, August 30, 2020

सामाजिक सञ्जालमा तिब्र आलोचना भएपछि बाटो मर्मत शुरु


-यम प्रसाद आचार्य
कञ्चनपुर, १४ भदौ ।
कञ्चनपुरको पुनर्वासमा सामाजिक सञ्जाल फेसबुकमा तिब्र आलोचना भएपछि बाटो मर्मत कार्य सुरु भएको छ पुनर्वासको सबैभन्दा पुरानो बजार टाउन र धनगढी जोड्ने लोकतान्त्रिक मार्गको मर्मत सम्भार कार्य सुरु भएको छ । केही समय देखि समाजिक संजालमा तिब्र आलोचना भैइरहेको यस सडकको मर्मत सम्भार प्रदेश सभा सदस्य तारा लामा तामाङ, नगर प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्ट धामी र पुनर्वास ५ का वडा अध्यक्ष वीर बहादुर बोगटीको पहलमा शुरु भएको हो ।
चालू आर्थिक बर्ष २०७७/०७८ को पुर्वाधार विकास कोष कञ्चनपुरबाट पाँच लाख विनियोजन गरेर सडकको मर्मत सम्भार भैरहेको र समय परिस्थितिलाई मूल्याकंन गर्दै ढिलाइ नगरी काम गर्ने उदेश्यका साथ दाउत निर्माण कम्पनीलाई जिम्मा दिएर यथाशिघ्र काम सुरु गरिएको छ ।
लोकतान्त्रिक मार्गको कालो पत्रेका लागि डिपिआर भएता पनि तत्कालको समस्या समाधान गर्न पूर्वाधार विकास कोषबाट बजेट बिनियोजन गरेर मर्मत सम्भार थालिएको प्रदेश सभा सदस्य तथा नेकपा प्रमुख सचेतक तारालामा तामाङले बताउनु भयो। उहाँले आफुहरु पुनर्वासको दीर्घकालीन विकासका लागि काम गरिरहेको बताउनुहुँदै यो सडकको कालो पत्रेका लागि डिपिआर भैसकेको भएता पनि बर्षायामका कारण सडक अत्यन्तै खराब हुँदै गए पछि तत्काल समस्या समाधानका लागि मर्मत सम्भार गर्न लागेको बताउनु भएको छ ।
त्यस्तै यस मार्गको लागी आवश्यक बजेट अपुग भएमा नगरपालिकाले थप्ने नगर प्रमुख जीवनराज थापाले बताउनु भएको छ। उहाँले विकासको शृङ्खला सुरु भैसकेकाले सबैले धैर्यता देखाउनु पर्ने धारण राख्नुभयो ।
मर्मत सम्भार कार्यमा प्रत्यक्ष सहभागी भईरहनुभएका उपप्रमुख शारदा बिष्ट धामिले सबैका गुनासा नगरपालिकाले सुनिरहेको र चरणबद्द रुपमा सम्बोधन गरिरहेको बताउनु भएको छ । उहाले विरोधका लागि विरोध भन्दा रचनात्मक सहयोग सबैले गरेमा समृद्धि धेरै टाढा नभएको बताउनु भयो।
साविक पराशन र त्रिभुवन बस्तीका हज्जारौं मानिसहरू दैनिक आवतजा गर्ने सो मार्ग खाल्डाखुल्डी र हिलाम्मे भएका कारण सर्वसाधारणलाई आवतजावत
गर्न साह्रै गाह्रो भएको थियोे ।
बाटो मर्मत कार्य सुरु भएपछि अहिले सु.प. प्रदेश सभा सदस्य तारालामा तामाङ, पुनर्वास नगरप्रमुख जीवनराज थापा र नगर उपप्रमुख शारदा बिष्टलाई सामाजिक सञ्जालमा प्रशंसा गर्दै धन्यवाद दिएका छ्न ।

दरबन्दी मिलानका नाउँमा राहत शिक्षकहरु माथी षड्यन्त्र भएको भन्दै ज्ञापन पत्र


-सुनिलकुमार लो
कञ्चनपुर, १४ भदौ ।
दरबन्दी मिलानका नाउँमा राहत शिक्षकहरुमाथी नीतिगत विभेद र षड्यन्त्र भएको भन्दै
नेपाल राहत शिक्षक जिल्ला समिति कंचनपुर अन्तर्गत गठित जिल्ला आन्दोलन परिचालन समन्वय समितिले
पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापालाई आइतबार ज्ञापन पत्र बुझाएको छ । देशको विषम परिस्थितिमा सरकारले नै सिर्जना गरेको राहत कोटामा आफ्नो जीवनभरी सेवा गरेका नेपाल भरीका चालीस हजार शिक्षकको भविष्य माथी वर्तमान सरकारले खेलवाड गर्न खोजेको राहत शिक्षकका अगुवाहरुले गुनासो गरेका छ्न ।
जिल्ला आन्दोलन परिचालन समन्वय समिति कञ्चनपुरका संयोजक गोविन्द बहादुर ढाँटले ज्ञापन पत्र बुझाउनुहुँदै सरकारले आफैले नियुक्त गरेको राहत शिक्षकलाई विभेदपूर्ण व्यवहार गरीरहेको, कनिष्ठताको कुरा झिकेको र स्थायीलाई बढी भ्यालु दिने तर राहतलाई पेल्ने काम गरीरहेको बताउनुभयो ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष नवीनसिंह धामीले नेपाल लगायत विश्व नै कोरोना महामारीको चपेटमा परेर त्राहिमाम भएको अवस्थामा राहत शिक्षकहरुप्रती सरकारी निर्दयी व्यवहारको जति आलोचना गरेपनी कम हुने विचार राख्नुभयो । "सरकारका नियमित कामकाज ठप्प छन, शिक्षण संस्था बन्द छ्न, आवधिक परिक्षा लिन सकिने अवस्था छैन तर सरकार यस्तो परिस्थितिमा पनि राहत शिक्षक विरुद्ध सरकारले षड्यन्त्र गरीरहेको छ"वरिष्ठ उपाध्यक्ष धामीले जिकिर गर्नुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातिले कार्यविधिमा रहेका अस्पष्ट बुँदाकै कारण यस्तो असमझदारी आएकाले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुहुँदै सरकारी कर्मचारी भएका कारण माथिल्लो निकायबाट आएका आदेश आफूले अक्षरस: पालन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नगरप्रमुख जीवनराज थापाले दरबन्दी मिलानको सन्दर्भमा आफू शिक्षकहरुको पक्षमा रहेको बताउनुहुँदै राहत शिक्षकका समस्याहरुलाई फरक तरिकाले सम्बोधन गर्नुपर्ने भएपनी सबै शिक्षकहरुलाई सरकारले समान व्यवहार गर्नुपर्ने कुरामा आफ्नो समर्थन रहने विचार व्यक्त गर्नुभयो ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिले दरबन्दी मिलान कार्यमा राहत शिक्षक माथी नितिगत विभेद भएको भन्दै आन्दोलनको घोषणा गरेको छ । यसै अनुरुप नेपाल भरिकै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको थियोे ।

अरुलाई बचाउन खोज्दा आफै मृत्युको मुख पुगे शिक्षक देवकोटा !


कृष्ण बा बुढा भदौ १४ बाँके \ छिमेकी बच्चालाई सर्पले डसेपछि उद्धारमा खटिएका एक शिक्षकको सडक दुर्घटनामा परि ज्यान गएको छ। आईतबार बिहान ३ बजे बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्जस्थित सशस्त्र प्रहरी चेक पोस्ट नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा राप्तीसोनारी गाउँपालिका १ कुसुमका ३३ वर्षीय शिक्षक चेवन देबकोटाको मृत्यु भएको हो ।                                                                 नेपालगन्जस्थित महाराजा माबिमा कार्यरत देबकोटाले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आईतबार बिहान ३ बजे कुसुमका एक बालकलाई सर्पले डसेको थियो । सर्पले डसेलगत्तै बालकको उपचारकालागि मोटरसाईकलमा नेपालगन्जतर्फ लैजाने क्रममा देबकोटा दुर्घटनामा परेका हुन । दुर्घटनामा घाईते भएका बालकको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामै घाईते भएकी एक महिलाको भने भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

बाँसगढिका मोतिराम थारु झुन्डिएको अवस्थामा भेटिए ! 


कृष्ण बा बुढा भदौ १४ बर्दिया \बाँसगढी नगरपालिका ४ का मोति राम थारु (वर्ष ४७) झुन्डिएको अवस्थामा फेला परेका छ्न ।आफ्नै घरदेखी करीब एक किलोमिटर टाढा को जङ्गलमा झुन्डिएको अवस्थामा आज विहान ९ बजे फेला परेको हुन ।                              मृतक हिजो राति सुत्न जान्छु भनी कोठामा सुत्न गएको र बिहान अबेर नउठे पछि कोठामा हेर्न जादा नभए पछि परिवारले खोजी गर्न क्रममा झुन्डिएको अबस्थामा भेटिए को कुरा मृतकका छोरा राजु थारुले बताएका छ्न । मृतकले आत्महत्या गरेका हुन कि कसैले कर्तव्य गरि मारेको हो भन्ने सन्दर्भमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

आजको राशिफल/आज २०७७ भदौ १४ गते आइतबारको राशिफल



आज २०७७ भदौ १४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष
सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
बृष
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन
पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पादन हुनेछ।
सिंह
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
कन्या
कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
तुला
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक
आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आंशिक लाभको सम्भावना।
धनु
अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
मकर
पारिवारिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ
समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

 

Saturday, August 29, 2020

कञ्चनपुर पुनर्वासमा विष सेवनबाट आमा छोराकै मृत्यु



 
कञ्चनपुर, १३ भदौ ।
छोरालाई बिष खुवाई आफुले समेत बिष सेवन गरेका पुनर्वास १ गणेश बस्तीकी निर्मला रानाको आज सनिवार उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ । आठ महिने छोरा एलेक्स रानाको भने हिजो शुक्रबार विहान नै मृत्यु भएको थियोे । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भएको छ ।
विहिबार दिउसो करिब साढे तिन बजेतिर विष सेवन गरेको थाहा पाउना साथ निर्मलाका श्रीमान राजकुमार राना र परिवारका अन्य सदस्यहरुले उपचारका लागि पुनर्वास पोलिक्लिनीकमा लगेका थिए, त्यपछि त्यहा उपचार सम्भव नभएपछि धनगढी स्थित सेती प्रदेशिक अस्पताल लगेको जनाईएको छ ।  ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका ईन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिंहका अनुसार घटना रहस्यमय तरिकाको भएको र के कति कारणले सो घटना भएको हो ? भन्नेबारे घटनाको थप अनुसन्धान भईरहेको बताए । उहाँका अनुसार मृतक आमा र बच्चाको पोष्ट मार्टम भईरहेको छ। प्रहरीले अनुसन्धानबाट घटनाको सबै रहस्य खुल्ने समेत बताएका छन् ।

  

बुटवलकी सङ्क्रमितगर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ !


कृष्ण बा बुढा भाद्र १२ कोहलपुर \ कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।                                       बुटवल उपमहानगरपालिका–११ नहरपुरकी २८ वर्षीया गर्भवतीको यही भदौ ६ गते बिहान शल्यक्रिया गरिएको थियो । शल्यक्रियामार्फत निकालिएको छोरीको बिहीबार रिपोर्ट आएको हो । अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक रहेको अस्पतालले जनाएको छ । शिशुको रिपोर्ट आए पनि आमाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनको रिपोर्ट नेगेटिभ आए अस्पतालबाट डिस्चार्ज गरिने उपनिर्देशक श्रेष्ठले बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना भाइरस सङ्क्रमित गर्भवतीको उपचारको व्यवस्था नभएपछि उनलाई भदौ १ गते कोहलपुर रिफर गरिएको थियोे ।

दाङ एक हप्ता पुर्ण लकडाउन ! 

 


कृष्ण बा बुढा भाद्र १२ दाङ\ कोरोना म्यानेज्मेण्ट सेन्टरको शुक्रवार बसेको बैठकले एक साताकालागी पुर्ण लकडाउन जारी गर्ने निर्णय गरेको छ । यो आदेश आइतवारदेखि लागु हुने केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् ।                                        संक्रमणको जोखिमलाइ न्युनिकरण गर्नकालागी लकडाउन जारीगर्नुपरेको बताउंदै यो अवधिमा कुनैपनि नागरीकले अत्यावस्यक काम वाहेकघर वाहिर निस्कन पाउने छैनन् । जिल्लाका दशवटै पालिका प्रमुखहरुको सुझाव अनुसार यो निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘स्थानिय पालिकाले यो बीचमा संक्रमण व्यवस्थापनकालागी अधिक्तम प्रयास गर्ने खाका दिएका छन्, आइशोलेशन देखि क्वारेन्टाइन समेत व्यवस्थापन गरी संकमणलाइ व्यावस्थापन गर्नकालागी यो आदेश जारी भएको हो, प्रमुख जिल्ला अधिकारीले बताए । यसबीचमा संक्रमणको दर अझै बढेको अवस्थामा लकडाउनको समय थप बढाउन सकिने पनि उनको अभिव्यत्तिल थियो । साथै लकडाउन अवधिमा कोरोना संक्रमणको पिसिआर परीक्षणको दायरा बढाउने पनि सहमती भएको उनले बताए । त्यसकालागी आवस्यक किट एवं अन्य श्रोत जुटाउन पनि स्थानिय सरकारले पहल गर्ने पनि सिएमसिको बैठकमा निर्णय भएको छ ।

बेलौरीका रमेश यस्तो अवस्थामा भेटिए पछि


-यम प्रसाद आचार्य
कञ्चनपुर, १३ भदौ ।
बेलौरी नगरपालिका ७ पौलाहाका रमेश चौधरी (वर्ष २८) झुन्डिएको अवस्थामा फेला परेका छ्न ।आफ्नै घरदेखी करीब डेढ किलोमिटर टाढा उखुको खेतमा रहेको रुखमा झुन्डिएको अवस्थामा आज विहान ८ बजे फेला परेको हो । मृतक रमेश हिजो बिहान १० बजेदेखि सम्पर्क विहिन भएको मृतकका बुवा हरिप्रसाद चौधरीले बताएका छ्न ।
मृतकले आत्महत्या गरेका हुन कि कसैले कर्तव्य गरि मारेको हो भन्ने सन्दर्भमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

आफ्नै सालो अपहरण गरि दस लाख माग्ने भिनाजु पक्राउ



बाँके/ आफ्नै सहोदर सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ भने अपहरणको ३ दिनपछि बालकको सकुशल उद्दार गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार बाँके जिल्ला खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका बालक इसहाक जाकिर भन्ने इन्तजार खाँलाई उनका भिनाजु नेपालगन्ज उपमहानगरपालिका -१६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले ९ भदौमा अपहरण गरेका थिए। 
खजुरा-५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएर फिरौती मागेको एसपी रानाले प्रष्ट पारे। ‘बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि हामीले खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भयौं। ११ भदौमा जानकी गाउँपालिका-५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्‍यौं।’
प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ। 
‘पीडित बालकको परिवारले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि पैंसाकै लागि अपहरण गरेको देखिन्छ’, एसपी रानाले भने, ‘बालक अपहरणका २४ घण्टापछि मात्र प्रहरीमा खबर आयो। प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ

आजको राशिफल/आज २०७७ भदौ १३ गते

  आजको पञ्चाङ्ग 
बि.सं. २०७७ भदौ १३ गते शनिवार । इ.सं. 29 August 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलाथ्व । प्रमादी । दक्षिणायन । वर्षा ऋृतु । भाद्र शुक्लपक्ष। तिथि एकादशी , ०९:४० बजे उप्रान्त द्वादशी। नक्षत्र पूर्वाषाढा , १५:१६ बजे उप्रान्त उत्तराषाढा योग आयुष्मान् , १७:५५ बजे उप्रान्त सौभाग्य करण भद्रा ०९:४० बजेदेखि वव , २१:१३ बजे उप्रान्त तैतिल चन्द्रराशि धनु । आनन्दादी योग मातंग। दिनमान ३१ घडी ५१ पला । सूर्योदय ०५:४१ बजे । सूर्यास्त बेलुका १८:२६ हरिपरिवर्तिनी एकादशी व्रत। वामन द्वादशी (वामन जयन्ती)। दहीदान। त्रिपुष्कर योग १५:१६ बजेपछि। तपाईको आजको  राशीफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमापनि कमी आउनेछ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ । 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ । हर्ष र प्रसन्नता छाउनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।
 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । समाज सेवा र परोपकारका क्षेत्रमा लगानीको समय छ । 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । 
मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । सामाजिक काममा व्यास्त हुने समय रहेको छ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । 

Friday, August 28, 2020

हरिवंशदेखि करिश्मासम्म कुलमानको पक्षमा


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल भदौ २९ गतेबाट सकिदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक संजालमा आवाज उठ्न थालेको छ ।
यो बहसमा नेपाली चलचित्रका कलाकारहरुले पनि साथ दिन थालेका छन् । कलाकार हरिवंश आचार्य लेख्छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौं । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’ हरिवंशले कुलमानको तस्वीर पोष्ट गर्दै यो स्टाटस कोरेका हुन् ।

नायिका करिश्मा मानन्धरले त कुलमान घिसिङ फेरि विद्युत प्राधिकरणमा चाहिने उल्लेख गरेकी छिन् । करिश्मा लेख्छिन्–‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’
गायक शिव परियारले पनि पुनः एकपटक कुलमान घिसिङले विद्युत प्राधिकरण हाकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्–‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले देशलाई, अहिले मात्र हैन सधैभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौं । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।’
यस्तै, नायिका वर्षा राउतले कुलमानको तस्वीर पोष्ट गर्दै कलाकार हरिवंश आचार्यको पोष्ट शेयर गर्दै कुलमानको समर्थन गरेकी छिन् ।
सामाजिक संजालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका छन् ।

शुक्लाफाँटा नगरपालिका अवैध झोले नीजि विद्यालय बेच्ने अखडा भएको आरोप



कञ्चनपुर, १२ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका केही अवैध झोले निजी विद्यालयहरुको जालोमा फसेको छ । शुक्लाफाँटा नगरपालिकामा सञ्चालन भएको देखाई त्यहाँबाट अन्य स्थानीय तहमा स्थानान्तरणको अनुमति सिफारिस पाएका केही अवैध निजी विद्यालयहरुका कारण नगरपालिका विवादित बन्दै गएको हो । हालै मात्र शुक्लाफाँटा नगरपालिकाले अवैध रुपमा रहेका खप्तड शिक्षा सदनलाई बेलौरीमा र फारवेष्ट इन्टरनेशलन बोर्डिङ स्कुललाई पुनर्वासमा स्थानान्तरणका लागि अनुमति सिफारिस दिएपछि उक्त तथ्य सतहमा आएको हो । खप्तड शिक्षा सदनलाई बेलौरीमा स्थानान्तरणका लागि अनुमति सिफारिस दिएपछि विभिन्न विद्यालय, शिक्षक तथा विद्यार्थीहरुका संघसंगठनहरु आन्दोलित भएका थिए ।
त्यसयता नियमित रुपमा नगरपालिकाको ध्यानाकर्षण गराउने क्रम जारी रहेको बताइएको छ । सोही क्रममा गत बिहिबार पुनर्वास नगर प्याव्सनले समेत शुक्लाफाँटा नगरपालिकाको ध्यानाकर्षण गराएको पुनर्वास नगर प्याव्सनका अध्यक्ष बालकृष्ण ढकालले बताउनु भएको छ । निरन्तरको दबाबपछि गतसाताको शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदनलाई बेलौरीमा स्थानान्तरणका लागि दिएको अनुमति सिफारिस पत्र बदर गर्ने निर्णय गरेको थियो । उक्त सिफारिस बदरको पत्र बेलौरी नगरपालिका र शिक्षा समन्वय इकाइमा पेश गरिएको जानकारी प्राप्त भएको छ । त्यस्तै, कम्पनी रजिस्ट्रारको कार्यालय र शिक्षा बिभागमा समेत जानकारी गराइएको र तत्काल यस्ता झोलामा रहेका विद्यालय खारेजीको प्रकृया शुरु गर्न माग गरिएको छ ।
यसैबीच, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) कञ्चनपुरका अध्यक्ष महा शर्मा न्यौपानेले शुक्लाफाँटा नगरपालिका अबैध झोले नीजि विद्यालय बेच्ने अखडा भएको आरोप लगाउनु भएको छ । बिहीवार नगरपालिका कार्यालयमा नगर प्रमुख दिल बहादुर ऐरलाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष न्यौपानेले नगरपालिकाले बेलौरी र पुर्नवासमा अबैध झोले नीजि विद्यालय बेचेको चर्चा गर्दै अर्को विद्यालय भीमदत्त नगरपालिकामा पनि बेच्न लागिएको खबर सुनिरहेको बताउनु भयो । प्याव्सनले यसको सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । झोलामा राखिने अबैध विद्यालयले कर पनि नतिर्ने, विद्यालय सञ्चालन नगरे पनि गैरकानुनी रुपमा कक्षा बृद्धि भने हुँदै जाने र अन्त्यमा अन्यत्र स्थानमा ठाउँसारी गरी बेच्दै जाने प्रवृत्ति बढिरहेको उहाँको भनाइ छ ।
यस्ता कार्य गर्ने जो सुकै भएपनि कानुनी कारबाही हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गैरकानुनी रुपमा रहेका झोले विद्यालयहरुलाई स्थानान्तरणका लागि अनुमति सिफारिस दिइएको विषयमा छानविन गर्नका लागि सात दिनभित्र प्रतिवेदन पेश गर्ने गरी सुशासन समितिका संयोजक ज्ञानेन्द्र बहादुर बिष्टको संयोजकत्वमा शुक्लाफाँटा नगरपालिकाले छानविन समिति गठन गरेको थियो । उक्त छानविन समितिको समयावधि शुक्रबार समाप्त हुँदै छ । समितिले प्रतिवेदन सार्वजनिक गरेपछि सोही अनुसार दोषिमाथि आवश्यक कारबाही हुने शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।
एनबी खबरबाट ।

पुनर्वासमा करेन्ट लागि एक जना सख्त घाइते


-यम प्रसाद आचार्य
कञ्चनपुर, १२ भदौ ।
कञ्चनपुरमा विद्युत करेन्ट लागेर एकजना सख्त घाइते भएका छ्न । पुनर्वास नगरपालिका ५ भानु बस्ती निवासी ४५ बर्षिया पार्वतीदेवी भण्डारी करेन्ट लागी घाइते भएकी हुन ।
घर नजिकैको बकैनाको रुखमा चढेर घाँस काटने क्रममा दिउँसो २.३० बजेतिर करेन्ट लागेको थियोे ।
करेन्ट लागेको थाहा हुनेबित्तिकै बेलौरीस्थित विद्युत कार्यालयमा खबर गरि विद्युत सप्लाई रोकेपछि उहाँलाई घरका सदस्यहरुले उद्धार गरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छ्न ।
करेन्ट लागि रुखबाट खसेपछी उहाँलाई बेहोसीको अवस्थामा धनगढीस्थित नवजीवन अस्पतालमा पुरयाईएको थियोे । तर उहाँको अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज रिफर गरिएको छ ।
टाउको र ढाडमा चोट लागेको तथा दुवै खुट्टाहरु नचल्ने भएको सामाजिक अभियन्ता तथा छिमेकी हिमेश थापाले हाम्रै साझा पत्रिकालाई जानकारी गराएका छ्न ।

पुनर्वासमा आमाछोराले संगै विष सेवन गरे, छोराको मृत्यु



कञ्चनपुर, १२ भाद्र ।
 पुनर्वास १, गणेस बस्तीमा एउटी आमाले आफूसंगै विष खुवाएका आफ्नै छोराको शुक्रबार विहान मृत्यु भएको छ । आमा निर्मला रानाले छोरा एसिल रानालाई बिहीबार दिउँसो आफूसंगै बच्चालाई विष खुवाएकी थिइन् ।
विष सेवनपछि आमा र बालक दुवैलाई धनगढीस्थित सेती अस्पतालमा गरिएको थियो । अस्पतालमा उपचारका क्रममा ८ वर्षिय छोराको शुक्रबार विहान मृत्यु भएको हो ।
विषय सेवनबाट बेहोस भएकी निर्मला भने होसमा आएकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले आमाले आफूसंगै बालकलाई पनि सल्फास खुवाएको बताए ।
‘के कारणले खाएको रहेछ खुल्न सकेको छैन’ उनले भने,‘त्यसको खोजबिन गर्दैछौ ।’ उनले आमा होसमा आएकाले विष सेवनको कारण खुल्ने बताए ।

म एक्लैले लोडसेडिङ हटाएको हैन-कुलमान घिसिङ

  काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पुनर्नियुक्तिबारे सामाजिक सञ्जालमा भइरहेका चर्चाबारे मुख खोलेका छन् । बिहीबार साँझ एक विज्ञप्ति निकालेर आफ्नो अर्को कार्यकालको पुनर्नियुक्तिका विषयलाई लिएर प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री र आफूलाई जोडेर आधार तथा तथ्यहीन गलत सूचना र समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेका छन् ।
‘मेरो ४ वर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय  वर्षमान पुनज्यूलाई जोडेर बिगत केही दिनदेखि विभिन्न संचार माध्यम, सामाजिक संजाल र मेरो गलत एकाउन्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।

नेपाल विद्युत प्राधिकरण नेपाल सरकारको पूर्ण स्वामित्वको संस्था भएकाले प्रधानमन्त्री नेतृत्वको सरकारको निर्देशन एवं मार्गदर्शन र नीती तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत यस अवधिमा केही उल्लेखनीय उपलब्धीहरु हासिल भएको उनले उल्लेख गरेका छन् ।
‘लोडसेडिङको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिश्पर्धी संस्था बनाउन सम्माननीय प्रधानमन्त्री र माननीय ऊर्जा मन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारीहरु र आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एकजना व्यक्तिको प्रयासबाट मात्रै लोडसेडिङको अन्त्य, संस्थालाई मुनाफामा लैजाने लगायतका उपलब्धीहरु हासिल गर्न सम्भव थिएन,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
सबै नेपालीको घरमा उज्यालो पुर्याउने, ऊर्जा खपत बढाउने, उपभोक्तालाई गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उपलब्ध गराउने, प्राधिकरणभित्र सुशासन कायम गर्दै प्रभावकारी सेवा संचालन गर्न प्रणालीलाई स्वचालित र डिजिटलाइजेसन गर्ने, नेपालको पानी जनताको लगानी हरेक घर विद्युतको शेयरधनी कार्यक्रमको प्रभाकारी कार्यन्वयन गर्ने, ठूला जलविद्युत तथा प्रसारण लाईन आयोजनाहरुको निर्माण गर्ने लगायतका नेपाल सरकारका निती तथा कार्यक्रमको कार्यान्वयन गर्न प्राधिकरण निरन्तर क्रियाशील रहेको उनले बताएका छन् ।

आजको राशिफल /आज वि.सं. २०७७ साल भदौ १२ गते शुक्रबार


आजको राशिफल बि.सं.२०७७ साल भदौ १२ गते शुक्रबार ई. सं. २०२० अगस्त २८, नेपाल सम्बत ११४० ञंलाथ्व दशमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, गर करण । नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः २९ बजे हुनेछ ।
आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १७ मिनेट देखि १० बजेर २९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएको राम्रो दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ ।
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन । घरायसी सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ ।
बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएको राम्रो दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ ।
बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।

गौरीफन्टा नाका कञ्चनपुरको जिम्मामा, डोके बजार क्षेत्रको व्यवस्थापन पुनर्वासले हेर्ने



कञ्चनपुर, १२ भदौ ।
सञ्चार माध्यमहरुमा लामो समयदेखि कैलालीको गौरीफण्टा भन्सार भनेर पढदै र सुनिदै आएकोमा अब त्यो नपढिने र नसुनिने भएको छ । गौरीफन्टा
नाका स्थापना भएदेखि नै गौरीफन्टामा सुरक्षा दिदै आएको कैलालीको सुरक्षा टोली बुधबार त्यहाँबाट फिर्ता भएको छ । बुधबारदेखि  गौरीफन्टा नाका र त्योसंगै जोडिएको डोकेबजार क्षेत्रमा कञ्चनपुरको सुरक्षा टोली खटिएको छ ।
गौरीफन्टा  नाका र र सीमा क्षेत्रमा खटिएको कैलालीको सशस्त्र प्रहरी र प्रहरीको ठाउँमा कञ्चनपुरले बुधबारदेखि आफ्नो सुरक्षा टोली तैनाथ गरेको हो ।
कञ्चनपुरको भूभागमा पर्ने भएपनि डोकेबजार क्षेत्रमा हालसम्म कैलालीको प्रहरी र सशस्त्र प्रहरीले ड्युटी गर्दै आएको थियो ।
दुबै जिल्लाका सीमाना ‘क्लियर’ गर्ने दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहमतीपछि कञ्चनपुरको सीमाना भित्र पर्ने डोके बजार र गौरीफन्टा नाकाबाट कैलालीको सुरक्षा टोली फिर्ता भएको हो ।
आफ्नो भूभागमा फिर्ता भएसंगै यसअघि डोकेबजारमा रहेको होल्डिङ सेन्टरको सुरक्षा तथा व्यवस्थापन गर्दै आएको कैलालीको सुरक्षा टोलीले मोहना पुल छेउमा कैलालीकै सीमामा होल्डिङ सेन्टर स्थापना गरेको छ । अव भारतबाट आउने नेपालीहरुको व्यवस्थापन यहीबाट हुनेछ ।
लकडाउन भएयता कैलालीका प्रमुख जिल्ला अधिकारीको समन्वय र प्रयासमा झण्डै अढाई लाख नेपाली गौरीफन्टा नाका भएर धनगढी भित्रिएका थिए ।
अहिलेसम्म गौरीफन्टा नाकामा कुनै समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारीले लखिमपुर खिरी जिल्लाका सुरक्षा अधिकारीसंग संवाद र समन्वय गरेर सबै समस्या हल गर्दै आएका थिए ।
तर अव त्यो जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।
सीमामा दुई जिल्लाका सुरक्षाकर्मी  तैनाथ हुदा त्यसले आवातजावत गर्ने सर्वसाधारण र मालवाहक सवारी साधनहरुलाई भने झञ्झट हुनेछ ।
सीमामा पहिले जाँच कञ्चनपुरको सुरक्षा टोलीले गर्नेछ । र त्यहाँ निस्किएका सर्वसाधारण र मालवाहक साधनलाई पुल वारी आईसकेपछि कैलालीको सुरक्षा टोलीले पुनः जाँच गर्ने छ । दोहोरो जाँचले सर्वसाधारणहरुलाई भने सास्ती हुनेछ ।
अस्तिसम्म भारतबाट आउने सर्वसाधारणहरु डोके बजारबाटै बस तथा सवारी साधनमा चढेर गन्तव्य जान पाउथे । तर हिजोदेखि भने भारतबाट आउने हरेक व्यक्ति पैदल पुल तरेर भन्सार कार्यालय छेउमा स्थापना गरिएको होल्डिङ सेन्टरमा बस्नु पर्नेछ ।  साना नानी र भारी सहित भारतबाट आउने नेपालीहरुले पैदल र चर्को घाममा पुल पार गर्नुपर्ने झञ्झट त शुरु भयो नै । लकडाउन बाहेकको अन्य समयमा दुई जिल्लाका सुरक्षा निकायको चेकजाँचको झञ्झट समेत व्यहोर्नु पर्ने भएको छ ।

भारतबाट आएका नेपालीहरुलाई डोकेबजारबाट बस तथा सवारी साधनहरुले गन्तव्य पुर्याउने गरेका थिए । अबदेखि धनगढीबाट सवारी साधनहरु डोकेबजार जान पाउने छैनन । सबै सवारी साधनहरु पुल वारी नै रोकिनेछन् ।
यसअघि भारतबाट आउने नेपालीहरुलाई डोकेबजार क्षेत्रमा होल्डिङ सेन्टरको स्थापना गरी कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको समन्वय र पहलमा खाना, पानी, यातायातको व्यवस्था मिलाईएको थियो । अबदेखि त्यसको सम्पूर्ण जिम्मेवारी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको हुनेछ ।
हालसम्म भारतबाट आएका कुनै व्यक्तिबाट अबैध सामान तथा लागु पदार्थ भेटिएको अवस्थामा कैलालीको प्रहरीले मुद्दा चलाउथ्यो । र त्यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैलालीको प्रहरीले नियन्त्रणमा लिन्थ्यो । अबदेखि सीमामा कुनै अपराधिक क्रियाकलाप तथा अबैध सामान ओसारपसार लगायतका कानुन विपरितका क्रियाकलापमा संलग्न भएको पाईएमा कञ्चनपुरको सुरक्षाकर्मीले नियन्त्रणमा लिई कञ्चनपुरमै मुद्दा चलाउनेछ ।
हालसम्म  गौरीफन्टा नाकामा कैलालीको प्रहरी र सशस्त्र प्रहरीसंगै धनगढी उपमहानगरपालिकाको स्वास्थ्य टोली भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि खटिएको  थियो । अव धनगढीको स्वास्थ्य टोली त्यहाँबाट फिर्ता हुनेछ । र त्यहाँ कञ्चनपुरकै स्वास्थ्य टोली खटिने भएको छ । डोकेबजार क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिकाको मातहतमा छ । हालसम्म डोकेबजार क्षेत्रमा रहेका नेपालीहरुको स्वास्थ्य, सुरक्षा र व्यवस्थापनमा धनगढी  उपमहानगरपालिकाले सहयोग समन्वय गर्दै आएको थियो । तर अव त्यो जिम्मेवारी पुनर्वास नगरपालिकाको हुनेछ ।
पहिले गौरीफन्टा नाकामा समस्या हुदा कैलालीका प्रमुख जिल्ला अधिकारी नाकामा पुगेर  समस्याका बारेमा जानकारी लिई  त्यसको समाधानका लागि खिरी जिल्लाका सुरक्षाअधिकारीसंग संवाद गर्थे । र हरेक पटक दोहोरो संवादबाट सबै  समस्याको सहजै समाधान निस्किएको थियो । अव गौरीफन्टा नाकामा कुनै समस्या उत्पन्न भएमा कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीले समाधान गर्नुपर्ने छ ।
पूर्ण रुपमा कैलालीमा निर्भर गौरीफन्टा नाकाको सम्पूर्ण सुरक्षा र प्रशासनिक  जिम्मेवार कञ्चनपुरले लिएपछि सीमामा आवात जावत गर्नेहरुले सास्ती खेप्नु पर्ने भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले डोकेबजार क्षेत्र आफ्नो मातहतमा नरहेकोले त्यहाँबाट कैलालीका सुरक्षा टोली फिर्ता भएको बताए ।
गौरीफन्टा नाका र डोकेबजार सदरमुकाम महेन्द्रनगरबाट टाढा छ । टाढाबाट दृष्टि पुरयाउन हामीलाई पनि गाह्रो थियो । त्यही कारण कैलालीले त्यहाँको सुरक्षा हेर्दा हामीलाई पनि सजिलो भएको थियो, प्रजिअ खतिवडाले भने, तर कानुनी रुपमा त्यो हाम्रो अधिकार क्षेत्र भित्र भएकोले आफैले हेर्ने निर्णय गरेका हौ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले कैलालीका प्रमुख जिल्ला अधिकारीसंगको छलफलपछि हिजोदेखि गौरीफन्टा नाका र डोकेबजार क्षेत्रमा कञ्चनपुरबाट सुरक्षा टोली खटाएको बताए ।
कैलालीमा जारी गरिएको निषेधाज्ञाले डोकेबजारमा काम गरेन । त्यहाँ निषेधाज्ञा नहुदा चहलपहल यथावत रहेको र त्यसले संक्रमण फैलाउने जोखिम बढेको भन्ने गुनासो आयो । अहिलेसम्म कैलालीले हेरेपनि त्यो भूभाग कञ्चनपुरको हो, प्रजिअ खतिवडाले भने, हिजोदेखि त्यो भूभाग र नाका हामीले हेर्न थालेका छौ । कञ्चनपुरले हेर्ने कुरा स्वाभाविक हो । कुनै असमझदारी भएर होईन । 
पश्चिम टुडेबाट।
 

Thursday, August 27, 2020

अनुहारमा चमक ल्याउन के गर्ने?


लकडाउन नहुँदो हो त यतिबेला महिलाहरू ब्युटीपार्लर धाइरहेका हुन्थे । सौन्दर्य प्रशाधन खरिद गरिरहेका हुन्थे । तर अहिले त्यस्तो अनुकूलता छैन । कहिलेकाहीँ असहज कुराले पनि नयाँ कुराहरूको खोजी र अभ्यास गर्न प्रेरित गर्छ । लकडाउनले गर्दा ब्युटीपार्लर धाउन नपाएपछि वा सौन्दर्य प्रशाधन उपलब्ध नभएपछि यतिबेला महिलाहरूले त्यसको विकल्प खोजिरहेका छन् ।
जस्तो कतिपयले घरेलु सौन्दर्य प्रसाधन बनाउन र त्यसको प्रयोग गर्न सिक्दैछन् । घरमै उपलब्ध सामग्रीबाट उनीहरूले यस्तो प्रशाधन तयार गरिरहेका छन् । जस्तो दूध, मह, बेसार, घिउकुमारी आदि सौन्दर्य प्रशाधनका लागि उपयुक्त प्राकृतिक साधनहरू हुन् ।


यसैगरी कतिपयले अनुहारमा कुनै पनि लिपपोत नगरी कसरी प्राकृतिक रूपमा सुन्दर बन्ने भन्ने अभ्यास गरिरहेका छन् । यससँगै विश्वमा के लहर चलेको छ भने मेकअप नगरी तस्वीर खिच्ने र सामाजिक सञ्जालमा साझेदारी गर्ने होडमा हलिउड र बलिउडका सेलिब्रेटीसमेत छन् ।
बजारको सौन्दर्य प्रशाधन वा अनुहारको कृत्रिम लेपनले मात्र आफ्नो सौन्दर्य कायम गर्नेभन्दा पनि यसका लागि प्राकृतिक तौरतरिका खोज्नु उपयुक्त हुन्छ भन्ने चेत खुलेको छ । त्यसो त यस्ता थुप्रै प्राकृतिक तौरतरिका छन्, जसले अनुहार, केश, छाला एवं सम्पूर्ण शरीरको सौन्दर्य कायम राख्न सकिन्छ ।
प्राकृतिक तौर तरिका
अनुहार एवं छाला, केस, आँखा, ओठ, नङ एवं समग्र शारीरिक सौन्दर्य कायम गर्ने प्राकृतिक र दिगो विधि हो, योग । योगका यस्ता थुप्रै आसन छन्, जसले अनुहारको चमक बढाउन, छालालाई मुलायम बनाउन सहयोग गर्छ ।
प्रतिदिन आधा घण्टा सूर्य नमस्कार, प्राणायाम, उत्थान आसन, कपालभाती, धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य कायम गर्न सकिन्छ । छाला र केसलाई स्वस्थ एवं चम्किलो बनाउन प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ । प्राणायामले शरीरमा प्राण वायुको प्रवाह बढाउँछ । प्राणायाम सही तरिकाले सास लिने सर्वोत्तम विधि हो । प्रतिदिन १० मिनेट मात्र प्राणायाम गर्दा पनि अनुहार एवं छालालाई राम्रो प्रभाव पर्छ । कपालभाती प्राणायामले शरीरको कार्बनडाइअक्साइड हटाएर रगतलाई शुद्ध गर्न मद्दत गर्छ । त्यसबाहेक पनि यहाँ केही आसनबारे चर्चा गरिएको छ, जसले खासगरी अनुहारको सुन्दरता बढाउन मद्दत गर्छ ।

भुजंगासन
कम्मर र काँधलाई लचिलो बनाउन उपयोगी हुन्छ । यसले शरीरलाई राम्ररी विश्राम पनि मिल्छ । मनलाई शान्त तुल्याउँछ । छालालाई लचिलो र चम्किलो बनाउँछ ।
मत्यासन
यसले सासको गहिराइ बढाउँछ । हर्मोनको असन्तुलन सही राख्छ । मांशपेसीलाई आराम दिलाउँछ । छालालाई अरू लचिलो बनाउँछ ।
हलासन
हलासनले अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । नतिजा, अनुहारको छालामा चमक आउँछ ।
सर्वांगासन
सर्वांगासनले टाउकोमा रक्त प्रवाह बढाउँछ र छालामा चमक ल्याउँछ । साथसाथै अनुहारमा हुने दागधब्बा हटाउँछ ।
त्रिकोणासन
अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । अधिक मात्रामा अक्सिजनको  प्रवाह गराउँछ । अनुहारको चमक बढाउँछ ।
शिशुआसन
शिशुआसनले पनि टाउकोको हिस्सामा रक्त प्रवाह बढाउँछ । तनाव र थकान हटाउँछ ।
शीतली वा शीतकारी प्राणायाम
यसले शरीरलाई शीतल बनाउँछ । अनुहारमा चमक ल्याउँछ ।
जुनसुकै योग आसनले पनि प्रत्यक्ष रुपमै अनुहार एवं छालाको सौन्दर्य बढाउँछ । योगासन गर्दा मांसपेशी बलियो एवं लचिलो हुन्छ, रक्त प्रवाह राम्ररी हुन्छ, शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । यसले शरीरको समग्र सौन्दर्यमा फाइदा पुग्छ।

कुलमानको बारेमा सरकारका प्रवक्ताको व्यंग्यात्मक जवाफ"कुलमानलाई सामाजिक सञ्जालले नै नियुक्ति दियो"




काठमाडौं । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सामाजिक सञ्जालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको व्यंग्यात्मक दिएका छन् । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले यस्तो व्यंग्यात्मक जवाफ दिएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’

आजको राशिफल/आज २०७७ भदौ ११ गते बिहिबार


 
आज बि.सं. २०७७ बि.सं.२०७७ साल भदौ ११ गते बिहिबार ई. सं. २०२० अगस्त २७, नेपाल सम्बत ११४० ञंलाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल नवमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, विषकुम्भ योग, कौलव करण ।
नेपालमा सूर्योदय बिहान ०५ः४१ बजे, सूर्यास्त साँझ ६ ः ३० बजे हुनेछ । आज जन्म लिने बच्चाको वृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ५ मिनेट देखि ३ बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कुनै महत्त्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, हाँकेका र ताकेका काममा ढिलासुस्ती हुनसक्छ । सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । दिउँसो चन्द्रमाले आठौं भावमा प्रवेश गर्ने भएकाले मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट व्यर्थमा तर्क, बहस र वादविवाद हुने सम्भावना छ । प्रेमसम्बन्ध वा दाम्पत्य जीवनमा तिक्तता आउने छ । मानसिक क्षमता घट्दै गएको अनुभूति हुनेछ । छटपटी र असन्तुष्टि बढ्ने छन, झैझगडा र विवादले तनाव बढ्ने भएकाले सतर्क रहनु पर्छ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – समग्रमा धैर्य, संयम र सचेत भई बस्नु जायज हुनेछ । बोलीमा उत्ताउलोपन हुने भएकाले संयमता अपनाउनु राम्रो हुन्छ । चिसो चिजबिज खानपान नगर्नु बेस हुनेछ । मनमा कौतूहलता र छटपटी भए पनि आजको दिन आर्थिक रूपमा सामान्यतया लाभ प्राप्त हुनेछ । छिट्टै प्रतिफल आउने लगानीले फाइदा हुनसक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अकर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन पनि सक्छ, त्यसैले आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)– कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ ।

Wednesday, August 26, 2020

क्षमायाचना

 
विभिन्न सञ्चार माध्यममा आएको समाचारको आधारमा "नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकाल मन्त्रीपरिषदको वैठकले चार बर्ष थप्ने निर्णय गरेको" भन्ने समाचार हाम्रै साझा पत्रिकाले समेत सम्प्रेषण गरेकोमा पछि सो समाचारमा सत्यता नभएको बुझिएको छ । सो समाचारमा उल्लेख गरीएको विषय भूलबस परेको जानकारी गराउँदै सम्पूर्ण पाठकवर्ग समक्ष क्षमायाचना गर्दैछौ । आगामी दिनमा यस्तै माया र सहयोगको अपेक्षा राख्दछौ । -सम्पादक 

कञ्चनपुरको पुनर्वासमा चट्याङ लागि एकजनाको मृत्यु


-यम प्रसाद आचार्य
कञ्चनपुर, १० भदौ ।
कञ्चनपुरमा एक जनाको चट्याङको प्रहारबाट मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमर बस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर गणेश सिंह नाम गरेका अन्दाजी तेईस वर्षका युवक चट्याङ लागी मृत्यु भएको हो । उनीसंगै रहेका लालु बोगटी नाम गरेका युवक भने सामान्य घाइते भएको सामाजिक अभियन्ता निशान सिंहले जानकारी दिएका छ्न । 

कुलमान घिसिङले निरन्तरता पाउने कुरा हल्ला मात्र, घिसिङ प्रति ओलि असन्तुष्ट


काठमाडौं, १० भाद्र ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता पाउने कुरा हल्ला मात्र भएको श्रोतले दावी गरेको छ । उनको कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने भएका हुन् ।
विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषय बालुवाटारमा समेत उठेको छ ।
पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको छ 

नेपालमा थप ११ जनाको मृत्यु, मृतक १७५ पुग्यो

काठमाडौ / पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट  ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन्। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिला, त्यसैगरी कैलालीका दुईजना ४५ र ५० वर्षीय, महोत्तरीका तीनजना ६०, ७५ र ७२ वर्षीय, बाँकेका ३७ वर्षीय, काठमाडौंका ५१ वर्षीय, बारामा दुई जना ४१ र ४६ वर्षीय पुरुषहरुको मृत्यु भएको छ। 
याे सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ। 

आजको राशिफल/आज वि.सं.२०७७ साल भाद्र १० गते बुधबार ।


आज वि.सं.२०७७ साल भाद्र १० गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–अष्टमी,२१ घडी ४२ पला,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त नवमी । नक्षत्र–अनुराधा,२९ घडी ३५ पला,बेलुकी ०५ बजेर ३० मिनेट उप्रान्त ज्येष्ठा । योग–वैधृति,४७ घडी ०९ पला,रातको १२ बजेर ३२ मिनेट उप्रान्त विष्कुम्भ । करण–बव,दिउसो ०२ बजेर २१ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर २१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–बृश्चिक  । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०२ पला । बुधाष्टमी व्रत। दुर्वाष्टमी। काय अष्टमी। गौरा पर्व। गोरखकाली पूजा। महालक्ष्मी व्रत प्रारम्भ। श्रीराधाजन्मोत्सव। कागेश्वर मेला। ललितपुरमा दशमहाविद्या पूजा। थकाली समुदायको फालो पर्व।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । बैक तथा बित्तिय सस्थामा गरीएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ ।


बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ । तरपनि पैत्रिक घर जग्गामा गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्य हरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन्  । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ । अरुकै पछी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।
 
तपाईँ दिन शुभ रहोस् ।

Tuesday, August 25, 2020

कुलमान घिसिङलाई निरन्तरता दिने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, ९ भदौ । मंगलबार बसेको मन्त्री परिषद बैठकले कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । आज बसेको बैठकले घिसिङको कार्यकाल पुन: ४ वर्ष थप गरेको हो ।

बाँकेमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि ! 

कृष्ण बा बुढा भाद्र ९ बाँके / बाँकेमा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।                           भेरि अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसीआर चेकजाँचका क्रममा बाँकेमा १५ जनामा कोरोना पोजेटिभ देखा परेको हो । जसमा नेपालगन्जका ९ जना, बर्दियाका ६ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा गरिएको ४ सय परिक्षणमा १५ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्। भेरी अस्पतालमा अहिलेसम्म ३१ हजार ९ सय ५० नमुना परिक्षण सम्पन्न भएको समेत जनाएको छ ।

नेपाल आईडल सिजन-३ मा प्रविनलाई जिताउन युवा सक्रिय 

कृष्ण बा बुढा भाद्र ९ बर्दिया \नेपालको लोकप्रिय गायन रियालिटि शो नेपाल आइडल सिजन– ३ का फाइनलिष्ट मध्येका एक बर्दियाका प्रविन बेडवाललाई जिताउन बाँसगढीका युवा सक्रिय भएका छन् ।                                                  बाँसगढी युवा सरोकार समिति बर्दिया र भावी डान्स स्टुडियोको आयोजनामा सोमवारदेखि प्रविनलाई जिताउन भोट गर्न अपिल गर्दै बाँसगढीका युवा सक्रिय भएका हुन् । बर्दियाका सान भन्ने मुल नारासहित उनलाई जिताउन अभियान नै थालिएको समितिका संयोजक तथा युवा नेता रेशम अधिकारीले बताए । उनका अनुसार प्रविनलाई सिजन– ३ को टाइटल विजेता बनाउनको लागि भोट गर्न अपिल गरिएको हो । नेपाल आइडल सिजन ३ को फाइनलमा प्रविनसँगै सज्जा चौलागाई र किरणकुमार भुजेल पनि पुगेका छन् ।                          सिजन– ३ को फाइनलको लागि भाद्र १२ गते भोट गर्न पाइने उनले जानकारी दिए । ‘प्रविन सिजन–३ का बलिया प्रतिष्पर्धी हुन्, उनको जित नै बर्दियाको जित हो । त्यसैले प्रविनलाई जित्नको लागि धेरै भोटको खाँचो छ । सबैलाई भोट गर्न अपिल गर्दछु’ उनले भने । सामाजसेवी बिनोद परियार ,देवि अधिकारी ,मिलन पुन लगायतको उपस्थिति रहेको थियो ।

पुनर्वासमा भारी बर्षा सँगै अबरुद्ध विद्युतकै कारण माछा ब्यबसायिको लाखौंको नोक्सान । 

 

देवराज गिरी                                                         पुनर्वास , ९ भदौ / सोमबार राती परेको भारी बर्षा सँगै काटिएको विद्युत लाईनले माछा व्यावसायिको लाखौं नोक्सान भएको छ। कंचनपुरको पुनर्वास-२ मा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन गर्दै आएका शम्भु सार्कीको बर्षा सँगै काटिएको बिद्युत कारण अक्सिजन अभाव भएर ६००० कमनकार प्रजातिका माछा मरेपछी लाखौंको क्षति भएको हो ।                                                                                  बिदेश बाट स्वदेश फर्किए पछि माछा ब्यबसायमा जम्न थालेका युवा ब्यबसायी पहिलो लटमै लाखौ क्षति ब्यहोर्नु परेपछि निरास बनेका छन। साथिभाई, आफन्त र साहु बाट ऋणको जोहो गरेर नयाँ प्रबिधिको प्रयोग गरेर माछा पालन सुरु गरेपनी ससानो कारणले हुने बुद्युत अवरोधका कारण उनको सपनामा तुसारापात भएको छ। सोमबार राती करिब ८ बजे भारी वर्षा सुरु हुन साथ पुनर्वासको बिद्युत पनि काटिएको थियो। तर राती ८ बजे काटिएको बिद्युत बिहान सम्म आएन। बिद्युत नभए पछि माछालाई अक्सिजन सोलार शक्ति बाट प्रयोग गरेपनी लामो समय त्यसबाट प्रयाप्त अक्सिजन दिन नसकेकोले जम्मै माछा मरेको युवा ब्यबसयी सम्भुले बताएका छन । उनले भने " ४/५ बर्ष बिदेशमा पसिना बगाए अब गाउँ मै केहिगरौ भनेर नयाँ प्राविधि बाट माछा पालन सुरु गरे तर पहिलो लटमै यति ठूलो घाटा खानु पर्ने भयो। अब कसरि माथी उस्कने ।" उनले हल्का वर्षा सुरु हुनसाथ बिद्युत काटिदिने, तर वर्षा रोकिए पनि लामो समय सुचारु नफर्ने प्राधिकरणको लापरबाही प्रती आक्रोश ब्यक्त गरेका छन।                                                    उनको आक्रोश सगै हामिले विद्युत बितरण केन्द्र बेलौरीका एक कर्मचारीसङ बिद्युत अबरुद्ध हुनुको कारण बारेमा बुझ्न खोज्दा उनले पुनर्वासको विद्युतको बारेमा थाहा नभएको र त्यस्का लागि नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गरि बुझ्न सुझाए। नो लाइटको नम्बर ०९९५८०१९९ मा फोन गर्दा बिडम्पना त के भने फोन नै उठ्दैन। यसरी सानो सानो निहुमा पनि पुनर्वासमा बिजुली काटिनु बिडम्बना नै बनेको छ। उसो त प्राधिकरणले बिद्युत लाईन किलेर गर्ने र फल्ट पत्ता लगाउने भन्दै केही दिन अगाडि पनि पूरा दिन लाईन अबरुद्ध गरेर काम गरेको थियो तर पनि समस्या ज्युको तिहु देखिन्छ । यो सँगै गाउमा बसेर केही गर्छु भन्ने सोच गरेर ब्यबसाय गर्न सपना देख्नेहरुको सपना बिच्चैमा तुषारापात हुनु झन कति बिड्म्पना होला।                                                                       शम्भु तिनै ब्यक्ति हुन जसले लामो समय बिदेशी भुमीमा आफ्नो श्रम बेचे र फेरि पनि बिदेश जानका लागि काठमान्डौ पुगेका थिए तर काठमाडौ पुग्दा सम्मको लामो र पट्त्यार लाग्दो बाटोले हुनलाई झकझक्ययो र अरुको देशमा बगाउने पसिना आफ्नै देशमा बगाउन सुझायो । गाँउमै केही गरेर युवाहरुलाई प्रेरणा दिने लक्ष्य सम्ममा मात्र पुगाएन एउटा स्पष्ट सपना उनका सामु राख्यो । तब उनि बिदेश नगएर काठमाडौ पुनः गाउँ फर्किए र ब्यबसायी बने । तर अरुको लापरबाहीले लाखौ क्षती ब्यहोर्ने अबस्था आएपछी भने अहिले उनी निराश बनेका छन                               पुनर्वासमा उनी मात्र एक्ला युवा ब्यबसयी हैनन बरु धेरै युवाहरु कुनै न कुनै ब्यबसायमा संलग्न हुदैछन र भैइपनि रहेका छन । तर यी युवा व्यावसायिलाई प्रोत्साहन गर्न स्थानीय सरकारले लगानी मैत्री बाताबरण तयार गर्न सक्ला कि नसक्ला ? यी ब्यबसायी हरुलाई प्रोत्साहन गर्न के कस्ता कार्यक्रम ल्याउला ? लगानी दुब्न नदिन अरु के ब्यबस्था गर्न सकिएला ? यस्तै यस्तै थुप्रै प्रश्न बारे अब स्थानीय सरकार गम्भीर बन्न्नु पर्ने समय आएन र? अब प्रश्न खडा भएको छ।

रुकुमकाे एउटै कार्यालयका ९ कर्मचारीमा संक्रमण! 

 

कृष्ण बा बुढा भाद्र ८ रुकुम पश्चिम \ रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जनाएको छ। उनका अनुसार जिल्लामा पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो। कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ। सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन। तर, ठूलो संख्याको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिन्छ। रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जनाएको छ। संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ। जिल्ला अस्पतालबाहेक अन्य ठाउँमा आइसोलेसन छैन। एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ। ६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा मुश्किलले ९ जना राखिएको छ।

प्रजिअलाई मुख्यमन्त्री पोखरेलको निर्देशन !

कृष्ण बा बुढा भाद्र ८ बुटवल \ कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गरेका छन्। मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराए । मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक ट्रसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए ।                               मुख्यमन्त्री पोखरेलले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गरे । उनले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न समेत निर्देशन दिए । मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागतरुपमा भएका काम र समस्या प्रस्तुत गरे । साथै तत्काल प्रदेश र सङघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए ।