Thursday, December 31, 2020

विद्युत प्राधिकरणले निकाल्यो लोडसेडिङको सूचना



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चार वर्षपछि लोडसेडिङलाई निरन्तरता दिने गरी बिजुली कटौती गर्न थालेको छ।
प्राधिकरणको वर्तमान नेतृत्वले ‘लोड व्यवस्थापन’ भन्दै ललितपुरका विभिन्न स्थानमा विद्युत कटौतीका लागि सूचना नै प्रकाशित गरेको छ । काठमाडौ बानेश्वरको लोड व्यवस्थापन गर्न ललितपुरका चापागाउँ, हरिसिद्धि, र खुमलटारस्थित रेडियो नेपाल फिडर १ देखि ३ घण्टा सम्म बन्द गर्न सूचना निकालिएको छ। चापागाउँमा बिहान ९ बजेदेखि १० बजे सम्म, हरिसिद्धिमा १२ बजे देखि २ बजेसम्म र खुमलटारस्थित रेडियो नेपालमा १२ बजे देखि ३ बजे सम्म विद्युत आपूर्ति रोकिने छ ।
लोडसेडिङ गराउनकालागि अहिले लोड व्यवस्थापनलाई बाहना बनाइएको छ ।
पछिल्ला दिनमा झ्याप्प–झ्याप्प बिजुली जाने समस्या बढेको अनुभव सबैले गरेका छन् । गतको चार वर्षको तुलनामा यो साल धेरै बत्ती गएको भन्दै प्राधिकरणप्रति असन्तुष्टि पोखिरहेका छन् ।
विद्युतका आम उपभोक्ता प्राविधिक कारण मात्रै लाइट काटिने समस्या बढेको हैन कि भनेर शंका गरिरहेका छन् ।
मंगलबार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक शाक्यले त्यसलाई बल पुग्ने गरी मागले नधाने ‘फोर्स लोडसेडिङ’ गर्नुपर्ने अवस्था रहेको स्वीकार गरेका छन् ।
शाक्यले भनेका छन्, ‘कहिलेकाहीँ मागअनुसार आपूर्तिले धान्न नसक्दा एकातर्फको फिडरमा १०–२० मिनेट लाइन काटेर अर्कोतर्फ दिने काम पहिला पनि हुन्थ्यो । यो पटक प्राविधिकहरु आलोचना हुन्छ भनेर लाइन काट्न डराउँदा समस्या भयो ।’

बर्खास्त भएका एसपी डिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



कञ्चनपुर  १६ पुस । 
निर्मला हत्या प्रकरणमा विवादमा परी बर्खास्त हुन पुगेका एसपी डिल्लीराज विष्टलाई सरकारले पुर्नवहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले एसपी विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी विष्ट) बर्खास्तमा परेका थिए । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले विष्टलाई बर्खास्त गरेको थियो । बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।
पन्तको बलात्कारपश्चात् हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरू दुवैलाई तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उनीहरुलाई प्रहरी सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेका थिए ।
गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो । आफूहरुलाई अन्याय भएको भन्दै उनीहरु दुवैजनाले त्यसबेलै कानुनी उपचार खोज्ने बताएका थिए ।
हटाएको ३५ दिनभित्र पुनर्वहालीको लागि मन्त्रिपरिषदमा निवेदन दिनुपर्ने प्रावधानअनुसार दुवैले निवेदन दिएका थिए ।

Wednesday, December 30, 2020

कञ्चनपुरका करन आउजीले गरे "ईलिगल माया"


कञ्चनपुर, १५ पुस ।
पछिल्लो समय निकै चर्चामा रहेका कञ्चनपुरका मोडल करन आउजीले जि.बि आग्रीद्वारा निर्देशित म्युजिक भिडियो "इलिगल माया"मा अभिनय गरेका छ्न  ।
पिउँदा पनि देख्छु बोतलमा,नाच मेरी काली, सिट छैन खाली,छोरेट्टी लगायत दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर चर्चामा कमाईसकेका  मोडल आउजी कञ्चनपुर पुनर्वास १ का स्थायी वासिन्दा हुन । आकर्षक व्यक्तित्व र नृत्यकार  आउजी राम्रो सम्भावना बोकेका कलाकार हुन ।
"ईलिगल माया" बोलको गीतमा रचना,संगीत र स्वर छपेन्द्र परियारको रहेको छ भने गीतलाई सुमन केसीले एरेञ्ज गरेका हुन । त्यसैगरी भिडियोलाई डिबि रौलेले खिचेका हुन भने मीन रावलले सम्पादन गरेका हुन । भिडियोमा करन आउजीलाई राज चौधरी र अञ्जु कुश्मीले साथ दिएका छन ।

आजको राशिफल/आज वि.सं. २०७७ पुस १५ गते, बुधवार



मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। 

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।  

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।  

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामाजिक उत्तरदायित्व वहन गर्दै लाभदायक जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले नयाँ जिम्मेवारी दिलाउनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। अरूकै लागि बुद्धि र समय खर्चनुपर्ला। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि लक्ष्यमा पुग्न समय लाग्नेछ। परिस्थितिवश चिताएको काम बीचमा रोकिन सक्छ। 

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। स्वास्थ्यसम्बन्धी चिन्ताले पनि सताउनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।  

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ। तर अधैर्य व्यवहारले आत्मसम्मानमा बाधा पुर्याउनेछ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। केही चुनाैती देखिए पनि शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न समय लागे पनि फाइदा हुने काम हातलागी हुनेछ। 

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ।  नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पुर्याउनेहरू सक्रिय रहे पनि शुभचिन्तकहरूले साथ दिने हुँदा काम बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साथीभाइले साथ दिनेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। मान्यजनको साथ सहयाेग जुट्नेछ। राेकिएकाे काम गर्न सकिनेछ। तर बेसुरमा वचन दिनाले दुःख पाइनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। 

Thursday, December 24, 2020

लेखराज भट्ट बने नेकपा ओली समूहको सुदूरपश्चिमको संयोजक

काठमाडौ, ९ पुस । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट  नेकपा ओली समूहको सुदूरपश्चिमको संयोजक बनेका छ्न ।
नेकपाको केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ । बैठकले सुदूरपश्चिम प्रदेशको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ।
त्यस्तै, प्रदेश नं १ मा सुवास नेम्वाङ, प्रदेश नं. २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल र कर्णाली प्रदेशमा मणि थापालाई संयोजक तोकिएको महासचिव विष्णुप्रसाद पौडेलले जनाए ।
यसैबीच नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको कार्यकारी अध्यक्षको जिम्मेवारी सो केन्द्रीय कमिटी बैठकले पार्टी विधान संशोधन गर्दै बदर गरेको छ।

Wednesday, December 23, 2020

मोडेर्नाको नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने



काठमाडौं, पुस ८ । एउटा नयाँ खोपले कोभिड–१९ बाट झन्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कबाट देखिएको अमेरिकी कम्पनी मोडेर्नाले जनाएको छ ।
फाइजर कम्पनीले विकास गरेको खोपका नतिजाहरू सार्वजनिक भएलगत्तै आएको पछिल्लो परिणामबाट खोपहरूले कोरोनाभाइरस महामारी अन्त्य गराउन सघाउने कुरामा आत्मविश्वास बढेको छ ।
दुवै कम्पनीले कोरोनाभाइरसविरुद्ध खोपहरूको विकासमा एकदमै नवीन खालको प्रयोग गरेको बताइएको छ ।
मोडेर्नाले यसलाई एउटा ‘ठूलो दिन’ भनेको छ र अबका केही साताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।
यद्यपि यो प्रारम्भिक तथ्याङ्क हो र महत्त्वपूर्ण प्रश्नहरू अझै अनुत्तरित छन् ।
कति प्रभावकारी छ ?
यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए र जसमध्ये आधालाई दुई पटक खोप लगाइएको थियो । बाँकीलाई ‘डम्मी खोप’ (वास्तविक खोप होइन) लगाइएको थियो ।
पछिल्लो नतिजा सहभागीमध्येकै ९५ जनामा कोभिड सङ्क्रमण भएपछि निस्किएको हो ।
ती ९५ मध्ये केवल ५ जनामात्र वास्तविक खोप दिइएकाहरू थिए । बाँकी ९० जना ‘डम्मी खोप’ दिइएकाहरू थिए ।
यो खोपले कोरोना भाइरसबाट ९४ दशमलव ५ प्रतिशत सुरक्षा दिएको कम्पनीले जनाएको छ । ‘समग्रमा यसको प्रभावकारिता उल्लेखनीय छ । यो ठूलो दिन हो’, मोडेर्नाका चिफ मेडिकल अफिसर ताल जाक्सले भने ।
सुरक्षासम्बन्धी कुनै महत्त्वपूर्ण चासोबारे केही कुरा आएको छैन । तर, प्यारासिटामोलसहित कुनै पनि शतप्रतिशत सुरक्षित छैन । खोप लगाइएपछि केही बिरामीमा थोरै समय थकान, टाउको दुःखाइ र पीडा भएको चाहिँ विवरणमा जनाइएको छ ।
‘कुनै खोपले यदि काम गरिरहेको छ र एउटा राम्रो प्रतिरोधी क्षमता उत्पन्न गराइरहेको छ भने यस्ता खाले असरको हामीले अपेक्षा गर्न सक्छौं’, इम्पेरिएल कलेज लन्डनस्थित प्राध्यापक पिटर ओपेनशाले भने ।
भण्डारणमा सहज
मोडेर्नाको खोप भण्डारण गर्न यसअघि आएको फाइजरको खोपभन्दा सहज हुने देखिन्छ । यसलाई माइनस २० डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म स्थिररूपमा भण्डारण गर्न सकिन्छ अनि सामान्य फ्रिजमा एकमहिनासम्म राख्न सकिन्छ ।
फाइजरको खोपलाई भने माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने थियो । बीबीसी

Tuesday, December 22, 2020

अध्यक्ष चयनपछि माधव नेपालको पहिलो अन्तरवार्ता : अब जहाज सही ढङ्गले उड्छ, दुर्घटना हुँदैन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले अध्यक्ष केपी शर्मा ओलीलाई वर्खास्त गर्दै माधवकुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको छ । मङ्गलबार बबरमहलमा बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । नेता नेपाललाई पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षका लागि गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको हो । नेपाल अध्यक्षमा निर्वाचित भएलगत्तै पहिलो अन्तरवार्ता रातोपाटीलाई दिँदै नेकपारुपी जहाज अव दुर्घटना नहुने बताएका छन् । उनले भनेका छन्, ‘जहाज अब सही ढंगले अघि उड्छ ।’


आजको बैठकले तपाईंलाई अध्यक्षमा निर्वाचित गरेको छ । कस्तो अनुभूति गर्नुभएको छ ?
यस्तो बेलामा पार्टी केन्द्रीय कमिटी सदस्यहरुले जुन हिसावले मप्रति विश्वास व्यक्त गर्नुभएको छ, पार्टीका स्थायी समिति र सचिवालयका कमरेडहरुले जुन आशा र अपेक्षा मबाट गर्नुभएको छ, त्यसबाट म अत्यन्त गम्भीर भएको छु ।
हाम्रो पार्टी अत्यन्तै सङ्गीन मोडमा, संकटको घडीमा उभिएको छ । यस्तो बेलामा चुनौतीलाई उच्च मनोबलका साथ सबैलाई एकताबद्ध बनाएर नै कम्युनिस्ट पार्टीलाई आन्दोलनलाई सुदृढ बनाउने विश्वासका साथ यसलाई पुरा गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।
पार्टीको एउटा हिस्सा चोेइटिएर गएको छ । यस्तो बेलामा नेकपा एकढिक्का छ भनेर आम कार्यकर्तालाई कसरी विश्वास दिलाउनुहुन्छ ?
कम्युनिस्ट आन्दोलनको मुलधार भनेको यही नेकपा नै हो । अरु साथीहरु जो भ्रम र अन्यौलमा हुनुहुन्छ, उहाँहरु सबैलाई के आश्वस्त पार्न चाहान्छु भने कि सवैलाई न्यायोचित व्यवहार र मूल्याङ्कन गरिने छ । योग्यता, क्षमता र योगदानअनुसार जिम्मेवारी प्रदान गरिने छ, कुनै भेदभाव गरिने छैन । त्यसो हुनाले मनमा अरु कुनै किसिमको आशंका नराखेर एकताबद्ध भएर जान आग्रह गर्दछु । जनताले यो पार्टीमा धेरै ठुलो आशा र भरोसा गरेका पनि छन् । त्यसैले यो पार्टीमा आजसम्म रहेका कमी–कमजोरीहरुलाई खोज्नुपर्ने, चित्रित गर्नुपर्ने र हटाउनुपर्ने आवश्यकता छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यक्ता छ ।
दुईवटा पाइलट बन्दा नेकपा यो अवस्थामा आयो । फेरि पनि दुईवटै पाइलट राख्नुभएको छ । यस्तो अवस्थामा जहाज सही ढङ्गले उड्छ त अब ?
पुरानो अभ्यासको पालना गर्ने कुरामा कहाँ समस्या रहे ? अब नयाँ अभ्यास गर्दा कसरी यसलाई सफल बनाउन सकिन्छ भन्ने बारेमा पहिले भएका कमी–कमजोरीहरुको हामीले खोजी र पहिचान गर्नुपर्दछ । र ती कमजोरी नदोहोरिउन् भनेर सुनिश्चतता गर्नुपर्दछ ।
पार्टी एकताको मूल आधार भनेको पार्टीको नीति नै हो, विचार नै हो । कस्तो पार्टी बनाउने भन्ने हाम्रो धारणा नै हो । यस सन्दर्भमा पार्टीको विधानले नै सवै कुरा प्रस्ट पारेको छ । कतिपय कुरा प्रष्ट पार्नुपर्छ भने नियमावलीहरुलाई प्रष्ट पारेर अघि बढ्नुपर्छ । मलाई लाग्दैन– कुनैपनि समस्याहरुको समाधान हामीले खोज्न नसकौँ, पक्कै समाधान खोज्न सकिन्छ । विश्वासको नयाँ वातावरण तयार गर्न सकिन्छ । विश्वासको वातावरण बन्न सक्यो, विधिमा बाँधिन सक्यौँ र उद्देश्यमा एक भएर जान सक्यौँ भने हाम्रो यात्रा हाम्रो जहाज सहज ढङ्गले अघि बढ्नेछ ।
संसद भंगको बिरुद्धमा तपाईंहरुले ल्याउने संघर्षका कार्यक्रम के हुनसक्छन् ?
त्यसका निम्ति देशव्यापी रुपमा जनपरिचालन नै हो । संवैधानिक प्रावधानका विरुद्धमा चालिएको कदमका विरुद्धमा, लोकतन्त्रमाथि आघात पुर्‍याउने कदमका विरुद्धमा र अहिले जुन ढंगले प्रधानमन्त्रीबाट चालिएको एकाधिकारवादी, सर्वसत्तावादी, संविधान र लोकतन्त्रविरोधी कदम त्यसका निम्ति आम जनतालाई सचेत बनाउने हो । त्यसो गरेर सबै निकायको ध्यानाकर्षित गर्दै संसदको पुनर्स्थापना गरेर त्यसले जनताको मतको सम्मान गरेर जनताको चाहना पूरा गर्ने गरी त्यो संसदले आफ्नो भूमिका निर्वाह गर्ने अवस्थामा पुर्‍याउने हो ।
प्रधानमन्त्रीलाई अध्यक्षबाट पदमुक्त त गर्नुभयो । के अझैपनि उहाँ सुध्रेर आउनुहुन्छ भन्ने आशा छ ?
हामीले सबै ढोका बन्द गर्नुहुँदैन । यसको अर्थ हामीमा उदारता देखिन्छ, देखाउछौँ । उदारता देखिनु राम्रो हो । हाम्रो पूर्वाग्रह देखिँदैन । कुनै व्यक्तिको विरुद्धमा हामी लक्षित छैनौँ भन्ने यसले देखाउँछ । हामी प्रवृतिका विरुद्ध जुधिरहेका छौँ । हाम्रो लडाईं पनि प्रवृत्तिका विरुद्धमा नै हो । प्रवृत्तिलाई बोक्ने पात्रहरु हुन्छन्, त्यसैले ती पात्रलाई होइन, प्रवृत्तिलाई सिध्याउन खोजेका हौँ ।
रातोपाटीबाट।

आजको राशिफल/आज २०७७ पुस ७ गते मंगलबारको राशिफल

आज २०७७ पुस  ७ गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?
खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।
बृष
अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।
मिथुन
कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।
कर्कट
साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।
सिंह
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
कन्या
अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
तुला
केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।
बृश्चिक
सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ ।
धनु
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।
मकर
जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।
कुम्भ
रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मीन
जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह ।

Monday, December 21, 2020

आजको राशिफल/आज मिति २०७७ साल मङ्सिर ६ गते सोमबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।


बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ।


मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुगिनेछ। प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।


कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतीक्षित नतिजाले कम दोहोर्याउनुपर्ने स्थिति निम्त्याउन सक्छ। मेहनतले परिस्थितिमा सुधार ल्याउन सकिनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। 


सिंह 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।


कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ। आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। नयाँ काम प्रारम्भ हुनेछ। 


तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।


बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।


धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।


मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।


कुम्भ 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। समय दिन नसक्दा नियमिर काममा बाधा हुनेछ।

Sunday, December 20, 2020

खानेपानी मन्त्री बिना मगर सहित सात मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका खानेपानी मन्त्री बिना मगर सहित ७ जना मन्त्रीहरुले आज सामूहिक राजीनामा दिएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिनु हुने सात मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन् ।
राजीनामा दिने मन्त्रीहरूमा खानेपानी मन्त्री बिना मगर सहित  उर्जा जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसाल रहेका छ्न ।

संसद विघटन जनादेश माथिको धोका

काठमाडौं ५ पुस।
 विसं २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को वाम गठवन्धनलाई जनताले झण्डै दुईतिहाई मत दिनुको कारण थियो- लामो राजनीतिक अस्थिरताको अन्त्य भई मुलुक राजनीतिक स्थिरता, विकास र समृद्धिको बाटोमा जाओस् ।
चुनावी अभियानमा तत्कालीन वाम गठबन्धनले अगाडि सारेको राजनीतिक स्थिरता र समृद्धिको नाराले धेरै नेपालीको मन छोएको थियो । पछि दुई पार्टीको एकीकरण भयो र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा झण्डै दुई तिहाईको सरकार बन्यो । जनताको आशा थियो- अब देशमा राजनीतिक स्थिरता कायम भई देश स्थायित्व र समृद्धिको बाटोतर्फ लम्कने छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एक ऐतिहासिक अवसर पाएका थिए । विसं २०१५ मा वीपी कोइरालापछि जनताको यति ठूलो जनादेश पाउने प्रधानमन्त्री ओली नै थिए ।
तर, ओलीले इतिहासले दिएको ऐतिहासिक जिम्मेवारीलाई अत्यन्त हल्का ढंगले लिए, लापरवाही गरे । उनी कहिल्यै पनि बालुवाटारको एउटा सानो कोटरीबाट बाहिर निस्कन सकेनन् । उनले एकातिर पार्टीको विश्वास जित्न सकेनन् भने अर्काेतिर विपक्षी दललाई साथ लिन सकेनन् ।
प्रधानमन्त्री ओलीको नियत कसरी समृद्धि ल्याउने, जनताका माग सम्बोधन गर्ने भन्नेतिर देखिएन । बरु उनको जोड षडयन्त्र गर्ने, संसदमा रहेका साना दलहरु फुटाउने, अदालतमा हात हाल्ने, दलका नेताहरुलाई भ्रष्टाचारको मुद्दा लगाएर थुन्न खोज्ने तर आफैं भ्रष्टाचारको दलदलमा फस्ने र संवैधानिक निकायहरुलाई कमजोर बनाउनेमा केन्द्रित देखियो ।
यति मात्र होइन, यो तीन वर्षको अवधिमा ओलीले सरकार सञ्चालनमा कुनै पनि सुधार ल्याउन सकेनन् । उनले राजनीतिक स्थिरताको म्यान्डेट त पाए, तर त्यसलाई कहिल्यै पनि व्यवहारमा प्रतिविम्वित गर्न सकेनन् । वामपन्थी दललाई जनताले दिएको म्यान्डेटलाई उनले आफ्नो व्यक्तिगत म्यान्डेटका रुपमा बुझे । आफ्नै पार्टीका नेतालाई विश्वासमा लिनुको साटो उनले एकपछि अर्काे अपमान गर्न थाले ।

संसद विघटन गरिएको यो घटना जनतामाथिको ठूलो गद्दारी हो, धोका हो र जनमतको अपमान पनि हो

जसले गर्दा पार्टीका सबै प्रमुख नेताहरु चिढिए । पार्टी एकीकरण गर्दा उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सरकार र पार्टीको नेतृत्व बराबरी गर्ने सहमति गरेका थिए । सो सहमतिअनुसार उनले अढाई बर्षमा या त त प्रधानमन्त्री या त पार्टी अध्यक्ष छाड्नुपर्ने थियो, तर उनले छाडेनन् ।
राजनीतिक स्थिरताको खातिर नै पार्टीका नेताहरुले उनलाई पाँचै वर्ष सरकार चलाउन दिन सहमत भए । पाँच बर्ष सरकार चलाउन उनलाई कुनै पनि कठिनाई पार्टीका तर्फबाट थिएन, खाली उनको चुनौती भनेको पार्टीको व्यवस्थापन मात्रै थियो ।
पार्टीमा विभिन्न समयमा भएका सहमतिलाई ओलीले अत्यन्त गलत र सतही ढंगले लिए । पार्टीमा देखा परेको विवादलाई समाधान गर्न उनी कहिल्यै पनि गम्भीर भएनन्, उल्टो पार्टीका शीर्षनेतालाई उनले संसद भंग गर्ने धम्की दिँदै आए ।
आखिर आज ओलीले मुलुकलाई राजनीतिक अस्थिरताको पुरानै अवस्थामा पुर्‍याएका छन् । यसले के स्पष्ट पारेको छ भने देशमा ओलीको चाहना स्थिरता थिएन, खाली व्यक्तिगत महत्वकांक्षा थियो । यदि स्थिरता, देशको हित र जनताको हित केन्द्रमा थियो भने उनले पार्टीको विवाद समाधान गर्थे र आज यो अवस्था आउने थिएन । संसद विघटन गरिएको यो घटना जनतामाथिको ठूलो गद्दारी हो, धोका हो र जनमतको अपमान पनि हो ।
बीपी कोइरालापछि नेपालको इतिहासमा नायक हुने अवसर केपी ओलीलाई थियो । तर, उनी अब खलनायकका परिणत भएका छन् । उनको यो कदमले मुलुकले ठूलो राजनीतिक अस्थिरताको भूमरीमा धकेल्नेछ ।
जसरी २०५१ सालमा पार्टीभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसदले भंग गरेपछि मुलुक एउटा ठूलो राजनीतिक अस्थिरता र द्वन्द्वको भूमरीमा फस्यो, आज मुलुक फेरि त्यही अँध्यारो अवस्थातर्फ उन्मूख भइरहेको छ ।
केपी ओलीले जनमतको सम्मान गर्ने हो भने संसदीय दलमा अल्पमतमा पर्नासाथ प्रधानमन्त्री पदबाट राजीनामा गरेर आफ्नै दलबाट अर्काे सरकार गठनको बाटो खोल्न सक्थे । तर, त्यसो गरेनन्, सिधै संसद भंगको दिशामा गए ।
ओलीको नेतृत्वमा बनेको सरकारले कोभिड-१९ को महामारीको व्यवस्थापन गर्न सकेन । भ्रष्टाचार बढ्यो । कुशासन बढ्यो । यसले जनतामा चरम निराशा उत्पन्न गर्‍यो । ओली सरकारको असक्षमताका कारण नै राजवादीदेखि, विप्लव समूहले समेत यो व्यवस्थाको विरोधमा अभियान नै चलाएका छन् । यहीबेला जनमतको उपेक्षा गदै संसद भंगले गरेर उनले अतिवादीहरुलाई खुला आमन्त्रण गरेका छन् ।
उनको कदमले यो व्यवस्था विरोधीहरुको मनोवल बढाउने छ, जनताको मनोवल गिराएको छ । यदि पार्टीले उनलाई काम गर्न अप्ठेरो नै पारेको थियो भने उनले यो विषयमा जनताको थलोलाई जानकारी गराउन सक्थे ।
तर, ओलीको नियतमा नै खोट थियो भन्ने अहिले पुष्टि भएको छ । उनले कहिल्यै पनि आफूलाई निर्वाचित गरेको संसदलाई सम्मान गरेनन् । ६ महिना अगाडि मात्रै उनले कसैलाई पनि नसोधी संसद अधिवेशन अन्त्य गरेका थिए ।
केपी ओली कहिल्यै पनि संसदप्रति उत्तरदायी देखिएनन् । अध्यादेशमार्फत शासन चलाउने उनको चाहना यस अगाडि पनि पटक-पटक मुखरित भएकै हो । म नै राज्य हुँ, अरु सबैले मैले भनेअनुसार गर्नुपर्छ भन्ने मानसिकता राखेर उनले शक्ति सन्तुलनमा खलल उत्पन्न गरे । त्यसैले ओलीको कदम जनतामाथिको ठूलो धोका हो, अपमान हो र गद्दारी हो ।
संविधानले अधिकार नै नदिएको अवस्थामा प्रधानमन्त्रीले चालेको संसद विघटनको कदमलाई राष्ट्रपतिले सच्याएर मुलुकलाई संकटबाट जोगाउनुपर्ने धेरैले मत प्रकट गरिरहेका छन् ।
राष्ट्रपतिले त्यो दायित्व पूरा नगरेमा सर्वोच्च अदालतले त्यो संवैधानिक गल्तीलाई सच्याउन सक्छ । तर, अदालतले पनि गल्ती सच्याएन भने देशमा आन्दोलन हुन सक्छ र आन्दोलनको दबावमा राष्ट्रपतिले विगतमा ज्ञानेन्द्रले गरेजस्तै वक्तव्यमार्फत यो कदम सच्याउनुपर्ने अवस्था आउन सक्छ ।

प्रधानमन्त्रीको संसद विघटनकाे सिफारिसपछि अब के हुन्छ?


काठमाडौं, पुस ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको दुई वर्ष समय बाँकी रहदै विघटनको सिफारिस गरेपछि अब के हुन्छ भन्ने विषयमा चासो देखिएको छ। 
प्रधानमन्त्रीको यो निर्णय राष्ट्रपतिले अनुमोदन गरे २०७४ सालमा निर्वाचित संसद औपचारिक रुपमा विघटन हुन्छ । त्यसपछि राज्यका तीन निकाय कार्यपालीका, व्यवस्थापिका र न्यायपालिका मध्य सबैभन्दा महत्वपूर्ण व्यवस्थापिका हुदैन। 
संसद विघटन भएपछि अव त्यसको बैधानिकतामा तर्क वितर्क हुन्छन् । तर त्यो तर्क वितर्कको अन्तिम फैसला गर्ने अधिकार भने न्यायपालिकामा हुनेछ । ओलीले संसद विघटन गरेका निर्णय खारेज गरी पाउ भनेर छिट्टै सर्वोच्च अदालतमा रिट निवेदन दायर हुनेछ । त्यसपछि संसद विघटनको वैधानिक कि अवैधानिक जाच्ने अधिकार सर्वोच्च अदालतमा पुग्नेछ। 
त्यहीबीचमा वर्तमान कामचलाउन सरकारले नयाँ चुनावको मिति घोषणा गर्न सक्नेछ । बढिमा ६ महिनाको समय राखेर संसदको नयाँ चुनाव घोषणा गरेपछि पछि फेरि त्यसका विषयमा पनि चुनावमा भाग लिने र नलिनेबीच तर्कवितर्क हुन्छ। 
यद्यपी यसअघिको नजिर हेर्दा २०५१ सालमा पनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरेर चुनाव गरेको हुनाले चुनावमा भाग लिनै पर्ने अवस्था सबै राजनीतिक दलमा हुने छ । चुनावको मितिभन्दा अघिनै सर्वोच्चले संसद विघटनका विषयमा फैसला दिए त्यसले चुनाव हुने कि नहुने टुंगो लाग्ने छ । तर सर्वोच्चको फैसला त्यो समयसम्म पनि आउन सकेन भने चुनावी प्रक्रिया अघि बढ्ने देखिन्छ। 
ओलीले उनको दल नेकपामा कुनै पनि छलफल नगरी संसद विधटन जस्तो जोखिमपूर्ण निर्णय लिएपछि नेकपाले भने ओलीलाई कारबाही गरेर अध्यक्षबाट हटाउन सक्नेछ । त्यो निर्णयले नेकपा औपचारिक रुपमा दुई पार्टीमा विभाजन हुन सक्ने हुन्छ। 

 

संसद विघटनको सिफारिस गरेलगतै ओली पुगे शितलनिवास, प्रचण्ड बालुवाटारमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद बिघटनको सिफारिस गर्ने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्।
कायर्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने ओलीलाई पर्खिरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। नेकपाको स्थायी कमिटी बैठक अघि ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गरेका हुन्। प्रधानमन्त्रको कदममो चौतर्फी विरोध हुन थालेको छ।

आजको राशिफल/आज २०७७ पुस ५ गते आइतबारको राशिफल



आज २०७७ पुस ५ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-
मेष
अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् ।
बृष
काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथीभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।
मिथुन
लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।
कर्कट
नयाँ अवसर आउनाले मन प्रफुल्ला हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।
सिंह
नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला । बोलीको प्रभाव पनि बढ्नेछ । विपरित लिंगितर्फ आकर्षण बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कन्या
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्ला । दाजुभाइसँगको सम्बन्ध राम्रो बन्नेछ । अचल सम्पत्ती हात पार्ने योग छ ।
तुला
मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।
बृश्चिक
धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।
धनु
पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।
मकर
आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।
कुम्भ
शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।
मीन
अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ

Saturday, December 19, 2020

गायक सर्बिन बोगटीले ल्याए परदेशी जीवनमा आधारित गीत "तिम्रै पीरमा"

-यम प्रसाद आचार्य 
काठमाडौं । चर्चित गित ब्युटी ब्युटी सारै ब्युटीबाट एकाएक चर्चामा आएका गायक सर्बिन बोगटिले पर्देशी जीवनमा आधारित गित तिम्रै पिरमा सार्वजनिक गरेका छ्न । लोक, आधुनिक र देउडा ठाडी भाकादेखि शब्द संगित आफै गर्दै आएका गायक सर्जक सर्बिन बोगटी विकट कालिकोट निवासी हुन। 

हाल काठमाडौलाई कर्मथलो बनाउदै आएका बोगटीले धेरै  प्रकारका गीतहरु बजारमा ल्याइसकेका छ्न। हाल संगीत सिक्दै गरेका बोगटीले हाम्रै साझा पत्रिकासंगको साक्षात्कारमा बोल्दै, संगित महासागर यहाँ डुब्न र डुबाउन अझै बाकी रहेको बताए । " दर्शक स्रोताहरुले मनपराई दिनु भयो भने मेरो सांगीतिक यात्रा निरन्तर नै रहिरहनेछ।" गायक बोगटीले मुस्कुराउँदै आफ्नो भनाइ सिध्याए । 

यस गितको कथा पर्देशीएका युवाहरुको जिन्दगीमा आधारित छ ।त्यसैगरी भिडियोमा भिम खड्का, लक्ष्मी सुनार र बाल कलाकार  प्राणशु कडायतको सुन्दर अभिनय देख्न सकिन्छ ।
अन्जु पन्त र सर्बिन बोगटीको स्वर रहेको सो गितको भिडियो सर्बिन बोगटी अफिसियल युटुबबाट सार्वजनिक गरिएको छ । 

स्वर्णिम शाहीको शब्द रहेको गीतको संगीत बिबि अनुरागीको रहेको छ । लाखौ प्रदेशी नेपालीहरुको पिडामा आधारित आधुनिक गीतको कथा निर्देशन  चलचित्रकर्मी जि.बि आग्रीले गरेका छन।, छायांकन,सम्पादन मिन रावल, ड्रोन सतिश सिन्हा र कलर अविनाश डिसिको रहेको छ ।

Friday, December 18, 2020

कञ्चनपुरमा शिक्षकलाई कोरोना संक्रमण देखिन थालेपछि विद्यालयहरु धमाधम बन्द गरिदैँ


कञ्‍चनपुर — कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ । बुधबार शिक्षकदेखि जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि बिहीबार रातिदेखि एक साताका लागि लकडाउन गरिएको हो ।
नगरपालिकाका प्रवक्ता दिलबहादुर सिंजालीका अनुसार बुधबार दुई वडाध्यक्ष, एक शिक्षक, दुई स्वास्थ्यकर्मी र दुई सर्वसाधारणमा संक्रमण देखिएको हो । ‘आज रातिदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएका छन्,’ उनले भने, ‘नगर क्षेत्रका सबै विद्यालय पनि अनिश्चितकालका लागि बन्द गरिएका छन् ।’ दोधारा–चाँदनीमा हालसम्म ८३ जनामा संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमितको संख्या आठ जना छ । दोधारा–चाँदनी नगरपालिकामा मंसिर २८ देखि विद्यालय सुचारु भएका थिए । बुधबार शिक्षक र स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको प्रवक्ता सिंजालीले बताए ।
भीमदत्त नगरपालिकामा पनि बुधबार दुई शिक्षकसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिका–७ को एक माध्यमिक विद्यालयका शिक्षकमा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । ‘अर्को एक विद्यालय पनि बन्द गर्ने तयारी छ,’ वडा नं. ७ का अध्यक्ष शंकर कुँवरले भने, ‘सुरुमा एक शिक्षकमा संक्रमण देखिएको थियो, कन्ट्याक्ट ट्रेसिङ गर्दा अर्का शिक्षकमा पनि संक्रमण पुष्टि भएको हो ।’
उनका अनुसार शिक्षकमा संक्रमण देखिएपछि समुदायमा समेत त्रास सिर्जना भएको छ । भीमदत्त नगरपालिकामा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । हालसम्म ३ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । अहिले पनि ३९ जना सक्रिय संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बताए । ‘अहिले जताततै संक्रमित छन्, परीक्षण कम भएर मात्रै कम देखिएको हो,’ उनले भने, ‘हामीले अलि बढी परीक्षण गर्दा संक्रमण बढी देखिएको हो ।’
कोरोना संक्रमण समुदायमा बढ्दै गएको भन्दै शुक्लाफाँटा नरगपालिकाको वडा नं. ५ सिल गरिएको छ । दुई साताअघि एक जनाको कोरोनाका कारण मृत्यु भएपश्चात् कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ६ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए । ‘समुदायमा संक्रमण बढ्दै गएको छ, त्यही भएर वडा कार्यालयले नै सिल गर्ने निर्णय गरेको हो,’ उनले भने, ‘विद्यालयहरू पनि १० दिनका लागि बन्द गरेका छौं ।’
समुदायमा संक्रमण बढ्न थालेपछि स्थानीय पनि त्रसित भएका छन् । संक्रमितसँग सम्पर्कमा आएका र परीक्षणका लागि स्वाब दिएकाहरूसमेत निर्बाध रूपमा घुमिरहेका कारण स्थानीय बढी डराएका छन् ।
‘घरमा संक्रमित मान्छे छन्, त्यही घरका बालबालिकादेखि सबै स्कुलदेखि बजारमा समेत डुलिरहेका छन्,’ महेन्द्रनगरका स्थानीय बिसनदेव जोशीले भने, ‘न कन्ट्याक्ट ट्रेसिङ छ न त क्वारेन्टाइनमा बसेका छन्, यसले समेत समुदायमा संक्रमण बढेको हो ।’
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा हालसम्म १४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ । अहिले पनि जिल्लामा १ सय ७९ जना सक्रिय संक्रमित छन् । बिहीबार मात्रै थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये तीन जना शिक्षक छन् । ‘पछिल्लो समय लक्षणसहितका संक्रमित बढेका छन्,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन सिद्धराज भट्टले भने, ‘कतिपय लक्षण नभएकालाई परीक्षण गर्दा पनि संक्रमण देखिएको छ ।’ उनका अनुसार पछिल्लो एक सातायताको रिपोर्टका आधारमा संक्रमण समुदायमा समेत बढेकाले सतर्क हुनुपर्ने बताए । 
– कान्तिपुरबाट।

सुदूरपश्चिमका सत्र स्थानीय तहका सुकुम्बासीले जग्गा पाउने

कञ्चनपुर, पुस ३ ।
सुदूरपश्चिमका सत्र स्थानीय तहका सुकुम्बासीले जग्गा पाउने भएका छ्न ।
सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा रहेका भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने गरि चालु आर्थिक वर्षदेखि कार्य थालनी गरिएको छ। प्रदेशबाट भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्य मनोनित गरेपछि जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भएको हो ।
आयोगका अध्यक्ष ज्ञवाली र सुदूरपश्चिमको १७ स्थानीय तहबीच भूमिहीन सुकुमवासीलाई जग्गा वितरणको लागि विहीबार धनगढीमा सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्कीचुहा नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिका गरी ९ स्थानीय तह छनोटमा परेका छन्।
कञ्चनपुरको कृष्णपपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, महाकाली नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका गरी सातवटा स्थानीय तहलाई छनोट गरिएको आयोगले जनाएको छ भने बैतडीको पञ्चेश्वर गाउँपालिकालाई पनि प्रारम्भिक चरणमा समावेश गरिएको आयोगका सदस्य अधिकारीले बताए।

पुनर्वासमा युवती मृत फेला! 

३ पौष , पुनर्वास: कंचनपुरको पुनर्वासमा युवती मृत अवस्थामा फेला परेकी छन। पुनर्वास नगरपालिका–१ को पुरैनामा २६ वर्षीया साउनी चौधरी बिहीबार मृत अवस्थामा फेला परेकि हुन ।                                                                      बिहिवार आफ्नै घरको धुरिमा मा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन ।  अहिले मृतक युवतिको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएका छ।                                            घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

Tuesday, December 15, 2020

पुनर्वास नगरपालिकाको सुविधासम्पन्न प्रशासकीय भवनको शिलान्यास: सेवा प्रवाहमा नयाँ कोशे ढुङ्गा साबित हुने विश्वास ।

 


-यमप्रसाद आचार्य
मंसिर ३०, पुनर्वास/   
कंचनपुरको पुनर्वास नगरपालिकाको सुबिधासम्पन्न प्रशासकीय भवनको शिलान्यास आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। मंगलबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा र नगर उप-प्रमुख शारदा बिष्टद्वारा सयुक्त रुपमा सुबिधासम्पन्न प्रशासकीय भवनको शिलन्यास गरिएको हो । 

                     

भवनको शिलान्यास गर्दै नगरप्रमुख जीवनराज थापाले प्रशासकीय भवनको निर्माणले नगरपालिकाको प्रभाााकारी कार्य सम्पादन गर्न ठूलो मद्दत मिल्ने र सेवा प्रवाहमा नयाँ कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन। उनले भवन अभावका कारण शिक्षा, स्वास्थ देखि विभिन्न अन्य शाखाहरु अत्यन्तै सिमित ठाउँमा संचालन गरेको स्मरण गर्दै त्यसले सेवाग्राही समेतलाई असहज स्थिति सृजना गरेको बताए। प्रमुख थापाले भवनको निर्माणले भने सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन ।                                              त्यस्तै उप-प्रमुख शारदा बिष्टले पुनर्वास नगरपालिका पुर्ण पुर्वाधार मैत्री दिशामा उन्मुख भएको भन्दै खुशी व्यक्त गरिन । उनले नगरपालिका मात्रै नभइ नगरपालिका सबै वडामा वडा भवन निर्माणले गति लिएको बताउदै यसमा सबैले खुशी हुनु पर्ने बताइन् ।     

   
       २०७७ मंसिर १४ गते ठेक्का सम्झौता भई २०७८ फाल्गुन २५ गते सम्पन्न गर्ने गरि धनगढीको आशिष रश्मि जे.भि. धनगढीले नगरपालिकाको लागत स्टिमेट २ करोड ६० लाख ५३ हजार सात सय तिन रुपैया पच्चीस पैसा रहेकोमा १ करोड ६९ लाख २२ हजार ४ सय असि रुपैँया असी पैसा बिलोमा प्रशासकीय भवन निर्माणको ठेक्का पाएको छ ।                                                        भवन नगरपालिकाको कम्पाउण्ड भित्र बन्न लागेको हो। भवन ३ तलाको हुने र १८ वडा कोठा रहने नगरपालिकाका प्राविधिक लालमान तामाङले हाम्रै साझा पत्रिकालाई जानकारी  दिएका छन ।

Sunday, December 13, 2020

आफ्नै भवनमा बाँसगढी उद्योग वाणिज्य संघ ! 

 


कृष्ण बा बुढा मङ्सिर २८ बर्दिया /बाँसगढी उद्योग बाणिज्य संघको ७ औ साधरण सभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा संघको नवनिर्मित भवनको समेत औपचारिक रुपमा उद्घाटन गरिएको हो । शनिबार आयोजित एक कार्यक्रमका बीच भवनको बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।                   

उक्त अवसरमा बोल्दै प्रमुख अधिकारीले उद्योग वाणिज्य संघको आफ्नै नयाँ भवन हुनु खुसीको कुरा भएको बताए ।यस्तै सरकारसँगको सहकार्यमा नेपालका निजी क्षेत्रले ठूलो योगदान गरेको भन्दै आगामी दिनमा बाँसगढी उद्योग वाणिज्य संघले स्थानीय तहसँग सहकार्य गर्दै जानु पर्नेमा जोड दिए । उनले सरकारको तीन खम्बे अर्थनीति अनुसार निजी क्षेत्र पनि सञ्चालन हुनुपर्ने बताए । ‘स्थानीय तहलाई बलियो बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुन्छ ।भौतिक संरचना पनि एउटा विकासको पाटो हो । यसलाई सही सदुपयोग गर्न आवश्यक छ ।’ उनले भने ।                                                                   

  उक्त अवसरमा बोल्दै नेपाल उद्योग बानिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य गुणनिधि तिवारीले बाँसगढी उद्योग बाणिज्य संघलाई आगमी दिनमा सफलताको शुभकामना व्यक्त गरे। कोरोना भाइरस‐कोभिड–१९) का कारण उद्योग व्यापार क्षेत्रमा नकारात्मक प्रभाव पारेको बताउँदै तिवारीले प्रतिकुल समयमा तिम्त्याएको संकटबाट माथि उठ्न सबैको हातमाले जरुरी रहेको बताए ।                         साधारण सभामा बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्योग बाणिज्य संघका आगामी कार्ययोजना पनि प्रस्तुत गर्दै उनले संघलाई सम्पूर्ण व्यवसायीहरुको साझा थलो बनाइने बताए । उनका अनुसार संघ अब आफ्नै भवनमा झन व्यवस्थित रुपमा सञ्चालन हुनेछ ।                                         कार्यक्रममा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो । संघको भवन निर्माणका लागि ४० लाख १७ हजार ९७ रुपैयाँ लागत लागेको बताइएको छ ।

कञ्चनपुरमा राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको माग सहित प्रदर्शन


कञ्चनपुर, २८ मंसिर 
राजसंस्था पुनःस्थापना र हिन्दुराज्यको माग सहित राजावादी र हिन्दुवादी समर्थकहरूले शनीबार कञ्चनपुरको बेलौरी पुनर्वास क्षेत्रमा प्रदर्शन गरेका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज कञ्चनपुर क्षेत्र नम्बर १ को आयोजनामा भएको मोटरसाईकल रयालीमा झण्डै २ सय बढीको सहभागिता रहेको बताइएको छ । “जनता आउँ, राजा ल्याउँ, देश बचाउँ”, “हिन्दु राष्ट्र कायम गरौँँ” र “राजा सहितको प्रजातन्त्र स्थापना गरौँँ” भन्ने मूल नाकाका साथ कञ्चनपुरको बेलौरीबाट शुरु गरिएको मोटरसाईकल ¥याली पुनर्वास हुँदै बेलौरीको कलकत्तामा समापन गरिएको स्वतन्त्र देशभक्त नागरिक समाजका सदस्य सन्तोष पन्तले बताउनु भयो ।
यसअघि, शुक्रबार कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन गर्दै मार्फत वर्तमान ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकोले जनताको चाहना अनुरुप मोटरसाईकल रयाली आयोजना गरिएको सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक बिरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । सोही क्रममा राजपरिषदका सदस्य धिरज विक्रम सिंहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकोले परिर्वतनका लागि नागरिक स्वतः सडकमा आएको बताउनु भयो । आफुहरु कहिकतैबाट परिचालित नभई स्वतः सडकमा आएको उहाँको दाबी छ ।
विश्व हिन्दु महासंघका अध्यक्ष विष्णु बरालले सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भइरहेकोले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रदर्शन भइरहेकोले यसलाई अनर्थ लगाउन नहुने उल्लेख गर्नुभयो । राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नागरिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएकोले पछिल्लो केही समययता राजावादी र हिन्दुवादी समर्थकहरूले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रदर्शन गरिरहेका छन् ।
एनबी खबरबाट ।

Friday, December 11, 2020

कञ्चनपुर क्षेत्र नम्बर १ मा राजतन्त्र समर्थकले मोटरसाइकल रयाली गर्दै

कञ्चनपुर,२६ मङ्सिर ।
 देशका विभिन्न स्थानमा राजसंस्था पुर्नस्थापना र हिन्दुधर्मको माग अघि सारेर राजावादी समर्थकहरूले प्रदर्शन गरिरहेको बेला शनिबार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा समेत राजावादीहरूले मोटरसाईकल रयाली आयोजना गर्ने भएका छन् । सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाजले शुक्रबार कञ्चनपुरको बेलौरीमा पत्रकार सम्मेलन मार्फत वर्तमान ओली नेतृत्वको कम्यूनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएकोले जनताको चाहना अनुरुप मोटरसाईकल रयाली आयोजना गरिन लागेको जनाएको छ ।
सुदूरपश्चिम स्वतन्त्र देशभक्त नागरिक समाज क्षेत्र नम्बर १ का संयोजक बिरेन्द्र बहादुर चन्दले मोटरसाईकल रयालीको सम्पूर्ण तयारी भइसकेको बताउनु भएको छ । बेलौरी देखि शुरु हुने मोटरसाईकल रयाली पुनर्वास जाने र त्यहाँबाट पुनः बेलौरी हुँदै बेलडाँडी र बेलडाँडीबाट खैरिघाट हुँदै पुनः बेलौरीमा पुगेर कोण सभामा पुगेर समापन गरिने उहाँले जानकारी दिनुभयो ।
राजपरिषदका सदस्य धिरज विक्रम सिंहले नेपालको माटो सुहाउँदो व्यवस्था नभएकोले परिर्वतनका लागि नागरिक स्वत: सडकमा आएको बताउनु भयो । आफुहरु कहिकतैबाट परिचालित नभई स्वत: सडकमा आएको उहाँको दाबी छ ।
विश्व हिन्दु महासंघका अध्यक्ष विष्णु बरालले सनातन हिन्दुधर्मका पक्षमा सबै क्षेत्रबाट सहयोग भइरहेकोले हिन्दुवादी र राजावादीको चाहना भन्दा जनताको चाहना अनुरुप प्रदर्शन भइरहेकोले यसलाई अनर्थ लगाउन नहुने उल्लेख गर्नुभयो ।
राप्रपा केन्द्रीय सदस्य गजेन्द्र बहादुर चन्दले नागरिकको चाहना अनुरुप कार्यक्रम आयोजना गरिएको बताउँदै कार्यक्रममा सहभागि हुन आह्वान गर्नुभएको छ । पछिल्लो केही समययता राजावादी समर्थकहरूले कञ्चनपुर सहित देशका विभिन्न स्थानमा दैनिक प्रदर्शन गरिरहेका छन् ।


 

नेपाली काङ्ग्रेस नेता तथा संविधानसभा सदस्य दिवानसिंह बिष्टलाई कोरोना संक्रमण

नेपाली काङ्ग्रेसका नेता तथा संविधानसभा सदस्य 
कञ्चनपुर, २६ मङ्सिर ।
नेपाली काँग्रेसका नेता तथा संविधानसभा सदस्य दिवान सिंह विष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । 
शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएको उनले बताए । 
साथै उनकी पत्नी कमला विष्टलाई पनि कोरोना पोजिटिभ देखिएको नेता विष्टले बताएका छन् । आफूहरु दुबैजना होमआइसोलेशनमा रहेको उनले बताए । 
आफूलाई हल्का टाउको दुख्ने लक्षण मात्र देखिएको र कमलालाई ज्वरो आउने, टाउको, जीउ दुख्ने, खोकी लाग्ने लक्षण देखिएको बताएका छन्। 
बेलौरी नगरपालिकाका वासिन्दा विष्ट संविधान सभा सदस्य एवम् नेपाली काँग्रेस पार्टीका महासमिति सदस्य हुन् ।

Thursday, December 10, 2020

अब कोहि पनि भुमिहिन हुँदैन, सबैजना जमिन मालिक बन्छ्न - मन्त्री मगर 


 २५ मंसिर, कंचनपुर/   नेपाल सरकार खानेपानी मन्त्री बिना मगरले भुमीहिन जनताको समस्या सधैकालागि समधान हुने बताउनु भएको छ। कंचनपुरको बेलडाँडि गाउँपालिको नवनिर्मित भवनको उद्धाटन गर्दै मन्त्री मगरले भूमिहीन जनतालाई जमिनको मालिक बनाउने योजना सरकारले अघि सारेर काम गरिरहेकाले अब सबै जमिनको मालिक बन्ने बताउनु भएको हो !                                                                उँहाले चुनावमा प्रतिबद्धता गरे अनुसार नै सरकारले सुकुम्बासी, भुमिहिन तथा अव्यवस्थित बसोबसिलाई लाल पुर्जा दिने तयारी गरेको बताउनु भयो। बषौँदेखि जमिन नभएका, भूमिहिन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताउनु भयो । ‘जनता अब जमिनमा मालिक बन्छन, ‘उहाँले भन्नुभयो, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’                                                                                                          उहाँले संघीय सरकारले देशभरिका सय पालिकासँग सम्झौताकोे काम अघि बढाइरहेको त्यस मध्ये बेलडाँडी गाँउपालिका लगाएत कंचनपुरका अन्य पालिका पनि परेकाले छिट्टै यस कार्यले गति लिने जिकिर गर्नु भयो !                                          त्यस्तै मन्त्री मगरले लामो समय देखि कंचनपुरमा समस्याको रुपमा रहेको आरक्षपिडितको समस्या पनि कम्युनिस्ट सरकारकै नेतृत्वमा समाधान हुने बताउनु भयो। आरक्ष पिडितको समस्या घर घरमै गएर आफुले बुझेको स्मरण गर्दै समस्या समाधानको लागि आफू कटिबद्ध भएर लागेको बताउनु भएको छ।                साथै उँहाले क्षेत्र नम्बर एकमा दिगो बिकासको शृङ्खला शुरु भैसकेकोले चाडै नै क्षेत्रको मुहार बदलिने बिश्वास ब्यक्त गर्नु भएको छ। उँहाले बिरोधका लागि बिरोध भन्दा बिकास निर्माणमा सबैलाई आवद्ध हुन अपिल समेत गर्नु भएको छ!

प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या यसरी भएको थियोे


मोरङ, २५ मङ्सिर ।
मोरङको मिक्लाजुङ गाउँपालिकाका एक जना प्रधानाध्यापकको विप्लव समूहले घाँटी रेटेर हत्या गरेको छ ।
नेकपा विप्लव समूह मेची-कोशी व्युरोले सो हत्याको जिम्मेवारी लिएको छ ।
मिक्लाजुङ वडा नं. १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मान बहादुर राईले जानकारी दिनुभयो ।
उहाँले प्रहरी उपरिक्षक सन्तोष खड्का नेतृत्वको प्रहरी टोली नै घटनास्थल पुगेको र हात बाँधेर घाँटी रेटेर हत्या गरिएको अबस्थामा शव फेला परेको जानकारी दिनुभयो ।
हत्या गर्नु अघि प्रधानाध्यापक श्रेष्ठलाई घरबाट अपहरण गरी लगिएको मोरङ प्रहरीले जनाएको छ ।
मिक्लाजुङ वडा नं. १ को घटनास्थल मोरङ, धनकुटा, इलाम र पाँचथर जिल्लाको सिमाना र विकट ठाँउमा रहेकाले प्रहरीलाई घटनास्थल पुग्न धेरै समय लागेको थियो ।हालसम्म हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । सो क्षेत्रमा प्रहरीले सर्च अपरेशन संचालन गरेको प्रदेश-१ प्रहरी कार्यालयले जनाएको छ ।
यसरी भयो हत्या
गत मंसिर २३ बिहान झिसमिसेमा नै रिचार्ज कार्ड किन्न शिक्षक राजेन्द्र श्रेष्ठ पसल पुगेका थिए। रिचार्ज कार्ड लिएर फर्कदै गर्दा उनको हत्या भएको हो ।
मोरङको उत्तरी भागमा पर्ने ठाउँ हो `बर्खे´। यो ठाउँ बिकटनै मानिन्छ यहाँ प्रहरी पुग्न समेत कठिन ठाउँ छ।यहीँको सरस्वती प्राथमिक बिधालयको प्रधानाध्यापक राजेन्द्रलाई उनको घरबाट ५०० मिटर पर लगेर हत्या गरियो।

प्रत्यक्षदर्शीका अनुसार ब्याउन भरेभोली भएको गाइको रेखदेखमा उनी गोठमा नै थिए।उनकी श्रीमती घरभन्दा अलि पर रहेको बाख्रा फार्ममा गएकी थिइन् ।त्यसैबेला ६ जनाको टोलि आएर केही कुरा सम्झाउनु छ भन्दै उनलाई लगियो।उनको हात पछाडि बाधेर लगिएको थियो।प्रत्यक्षदर्शीले सोध्दा एकैछिनमा पठाइदिहाल्छौ भन्ने जवाफ आयो।

यो कुरा थाहा पाएपछि गाउँका १२/१४ जना राजेन्द्र लाई पछ्याउँदै गए।पाँच सय मिटर जति उता गएपछि उहाँलाई गोली हानेर मारिएको अस्थामा भेटियो।भुइँमा रगत लतपतिएको थियो।त्यसरी लैजाने को थिए?भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।
दुईजना बाहेक अरुसबै मास्क लगाएर आएका थिए भने एकजनाले पेस्तोल बोकेको देख्न सकिन्थ्यो ।

दिउँसो २:०० बजेसम्म प्रहरी घटनास्थलमा पुगेको छैन ।प्रहरीले विप्लव समुहले हत्या गरेको अनुमान गरेको छ तर पुष्टि भने भएको छैन ।

इलामको चुलाचुलीस्थित जोडिएको यो गाउँ दुर्गम मानिन्छ ।२०५४ सालदेखि राजेन्द्रले पढाउन थालेका हुन् ।स्कुलमा प्रधानाध्यापक सहित दुई शिक्षकको दरबन्दी छ।

मधुमल्ला देखि टाडी हुँदै बर्खे जाने बाटो गाउँले चन्दा उठाएर नै खनेका थिए।बर्खे बाट चन्दा सबैभन्दा बढी दिने राजेन्द्रनै थिए।त्यतिबेला राजेन्द्रले १ लाख चन्दा दिएका थिए।उनी हरेक सहयोग गर्नुपर्ने ठाउँमा उपस्थित हुन्थे।पेन्सन पाकिसक्दा पनि विद्यालयमा जनशक्ति नहुदा उनी पढाइरहेका थिए।

अब शिक्षक बाट अवकाश लिएर बाख्रा फार्म खोल्ने तयारीमा थिए।त्यसका लागि एक बर्ष अघि फर्म दर्ता समेत गरिसकेका छन् ।अहिले उनको खोरमा ४०/५० वटा बाख्रा छन् ।अबकाश पछि बाख्रा थप्ने उनको योजना थियो ।




कञ्चनपुरमा फोटो टाँसेर ठेकेदार खोज्दै स्थानीय

कञ्चनपुर, २५ मङ्सिर ।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो स्थानीयले चोक चोकमा टाँसेका छन। निमार्ण कार्यमा लापरवाही गरेको भन्दै स्थानीयले उनीहरू हराएको भन्दै पोष्टर चोक चाैराहमा टासेको हो ।

कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेलडाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा सो सडक निर्माण सुरु भएको थियो।
तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन’ स्थानीय खडक शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन।’
स्थानीयका अनुसार बेलौरीदेखि बेलडाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन। अाक्रोस पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फोटो सार्वजनिक स्थानमा टाँसेको बताइएको छ।
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन्। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए।
बेलडाँडी पोस्टबाट साभार ।

Wednesday, December 9, 2020

आजको राशिफल/आज मिति २०७७ साल मङ्सिर महिनाको २४ गते बुधवार


आजको पञ्चाङ्ग : वि.सं. २०७७ मङ्सिर २४ गते बुधबार तदनुसार ई. सं. २०२० डिसेम्बर ०९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४१, (कछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५१ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, मार्गशीर्ष कृष्णपक्षको नवमी तिथि, दिउँसो ११:४४ बजेसम्म, त्यसपछि दशमी तिथि,उत्तराफाल्गुनी नक्षत्र, बिहान ०९:५५ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), आयुष्मान् योग, बेलुका ०८:५६ बजेसम्म, त्यसपछि सौभाग्य योग, गर करण, बेलुका १०:३८ बजेसम्म त्यसपछि वणिज करण, आनन्दादि योग : प्रवद्र्ध, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, कालराहु : नैऋत्य, नक्षत्रशूल : उत्तर, आजको मूहुर्त : कलशचक्रआगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २५ गते : मूहुर्त : अन्नप्राशन(पास्नी), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), कर्णवेध(कान छेड्ने), शिलान्यास (सामान्य), वस्त्राभरण(गुन्युचोलो), घर छाउने÷ढलान गर्ने, कलशचक्र, २६ गते : मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), शुभविवाह, कर्णवेध(कान छेड्ने), वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, घर छाउने÷ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, २७ गते : मूहुर्त : रुद्राभिषेक(शिववास जुरेको, रुद्री÷पूजा गर्न मिल्ने दिन), अग्निवास(सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), द्रव्यप्रयोग वा लगानी, कलशचक्र,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कुनै समाचारले मन बिथोल्न सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ, तर समय निकाल्न सकिंदैन । व्यापार–व्यवसायमा लगनशील भएमा मात्र लाभ पाउन सकिने छ । यात्रामा दिक्क लाग्ने छ, सोचेको काममा बाधा उत्पन्न हुनसक्छ । आम्दानी हुनेछ तर विभिन्न भौतिक साधन जुटाउने क्रममा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महासरस्वत्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ । महत्वाकाङ्क्षी योजना फलीभूत होलान् । पढाइलेखाइमा प्रगति हुनेछ । हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । व्यवहारले अरूको विश्वास जित्न सकिने छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रामदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ सिद्धिविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कताकता आत्मबलमा कमी भएको अनुभूति हुनेछ । ईर्ष्या गर्नेहरूले डाहा गर्न छाड्दैनन् । तर प्रयासरत रहेमा र लगनशील भएमा आज ठूलो फाइदा नभए पनि असफल नै भइँदैन । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धिले थप उत्साह जगाउनेछ । कम बोलेको राम्रो हुनेछ । सोच र तार्किक क्षमताको प्रदर्शन गर्न सकेमा मात्र लाभ दिलाउनेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नृसिंहाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । छरछिमेकमा देखिएका असमझदारी हटाउने प्रयास सार्थक हुनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : हरियो वा ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ महाकालाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ राज्यलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्याङ्कन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः न्यूनतम जापसङ्ख्या : ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । दीर्घकालिक विशेष योजनाहरू कार्यान्वयन गर्न सकिने छ । सामाजिक र परोपकारी काममा मन जानेछ । धार्मिक÷सामाजिक काममा सहभागी भइनेछ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कमजोरीले चिन्ता बढाउन सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । सामाजिक उत्तरदायित्व वहन गर्ने परिस्थिति बन्नेछ । नयाँ काममा हात हाल्नु हानिकारक हुनेछ । मिहिनेत गरे पनि अन्त्यमा काम नबन्नाले दिक्क लाग्ने छ । मनमा निराशा र वैराग्यका भावना मँडारिने छन् । गोपनीयता भङ्ग हुने खतरा छ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अन्तकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । दाम्पत्य जीवन रमाइलो रहने छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यवसायमा लाभ लिने समय छ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । मिहिनेत र परिश्रमको बलले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गृहदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ।

Tuesday, December 8, 2020

सिन्दूर-पोतेसहित श्रीमानको काजकिरिया


 झापा । झापाको विर्तामोड नगरपालिका- ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर-पोतेसहित घर फर्केर काजकिरिया गरेकी छन् ।
उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार नभएको उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको थियो ।
दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किइन् । हाल निजी निवासमा पतिको किरिया बारिरहेकी उनको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन् ।
‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण बताउँदै उनी भन्छिन् , ‘उहाँ (पति)ले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो ।’
रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाइरहने निर्णय लिएकोमा परिवारको तर्फबाट असहमति नरहेको जानकारी दिए ।
वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताए । ‘सुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू’, शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन् । ‘श्रीमान्ले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ’, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागाईंले लेखेका छन् ।
रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन् ।’
रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाउथे । रेनुकासमेत सामान्य गृहिणी हुन् । स्व. केशव नेपालका दुई छोरा र दुई छोरी छन् । रासस

Friday, December 4, 2020

सभासद तारालामा तामाङद्वारा शववाहन खरीदका लागि आर्थिक सहयोग


धनगढी, १९ मंसिर ।
ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहको अगुवाईमा टीकापुर क्षेत्रका लागि शव वाहन खरीदका लागि थालिएको आर्थिक संकलन अभियानमा नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले २० हजार एक सय २३ रुपैया सहयोग गरेका छन् ।
नेकपाका नेता तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य लामाले टीकापुर क्षेत्रका लागि शव बाहन खरीदका लागि जागि जारी आर्थिक संकलन अभियानबाट प्रभावित भएर २० हजार एक सय २३ रुपैया सहयोग गरेका हुन् ।
लामा कञ्चनपुरबाट सुदूर पश्चिम प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
टीकापुर क्षेत्रमा शव बाहन नहुदा शवको व्यवस्थापनमा भईरहेको असुबिधालाई मध्यनजर गर्दै ह्युमानिटी फाउण्डेसन नेपाल र टीकापुर सरोकार समूहद्धारा शव बाहन खरीदका लागि थालिएको अभियानमा स्वस्र्फुत ढंगले देश विदेशबाट सहयोग जुट्न थालेको हो ।
अभियानको अगुवाई गरिरहेको ह्युमानिटी फाउण्डेसन नेपालले दुई लाख रुपैया शव बाहनका लागि जम्मा गरेको छ । हालसम्म १४ लाख रुपैया भन्दा बढि संकलन भईसकेको छ ।
ह्युमानिटी फाउण्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले शव बाहन खरीदका लागि जारी आर्थिक संकलन अभियानमा सबै पेशा, व्यवसाय र क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सहयोग र सकारात्मक प्रतिबद्धताले अत्यन्त उत्साही भएको बताए ।
उनले शव बाहन खरीदका लागि आर्थिक सहयोग गरेकोमा नेकपाका नेता तथा सुदूर पश्चिम प्रदेश सभाका प्रमुख सचेतक लामा प्रति आभार व्यक्त गरे ।
पश्चिम टुडेबाट

बाँसगढिमा आधारभुत अस्पताल भवनको शिलन्यास कार्यक्रम सप्पन्न ! (फोटोफिचर सहित)

 


कृष्ण बा बुढा मङ्सिर १८ बर्दिया /बर्दियाको बाँसगडि नगरपालिकामा आधारभूत अस्पताल भवन को शिलन्यास कार्यक्रम सम्पन्न भएको छ।                                       सरकारले ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल शिलान्यास गर्ने कार्यक्रम मंसिर १५ गतेबाट सुरु गरेको हो । यसै क्रममा आज मंसिर १८ गते बर्दियाको बाँसगडि नगरपालिकामा १३ करोडको लगानीमा २५ शैयाको अस्पताल निमार्ण हुने भएको हो।       

                          अस्पताल शिलन्यास कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका स्वास्थ्य राज्यमन्त्री नवराज रावतले स्वास्थ्य क्षेत्रमा ऐतिहासिक परिवर्तन भइरहेको बताउदै स्वास्थ्य मन्त्रालयले ३९६ स्थानीय तहमा आधारभूत अस्पतालहरु निमार्ण कार्य अगाडी बढाइसकेका कारण ‘ कुनै पनि स्थानिय निकायले जग्गा नभएर अस्पताल बनाउन सकिएन भन्न नपाउँने बताउनु भयो । अस्पताल निमार्णमा आर्थिक हिसाबले कुनै पनि कमी आउँन नदिने समेत प्रतिवद्धता गर्नु भयो ।                                 

 उक्त कार्यक्रममा बिशिष्ट अतिथि संघीय सांसद तुल्सा थापाले बोल्दै अब कुनै पनि नेपालीले समयमै उपचार नपाएर मृत्युवरण गर्नुनपर्नै बताउनु भएको छ । अस्पताल निमार्णका लागि थप आर्थिक सहयोग चाहिएमा सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाउँदै सकारात्मक सोचका साथ सबैले होस्टेमा हैसे गर्दै अगाडी बढे अस्पताल छिट्टै नै सुचारु हुने छ र बर्दियाका बासिन्दाले थप उपचारका लागि बाह्य जिल्ला धाउनु नपर्ने बताउनु भयो ।                                                           

त्यसरी नै कार्यक्रममा आफ्ना भनाइ राख्दै नगर प्रमुख शालिकराम अधिकारिले सरकारले नागरिक हकका लागी स्वास्थ्य सेवाको सुनिश्चताता गरेको सेवालाई अब बाँसगढीका जनताले पनि २ वर्ष भित्रमा आधारभूत स्वास्थ्य सेवा विशेषज्ञका साथ लिन पाउने र पुर्व पश्चिम राजमार्गको नजिकै यो अस्पताल भएकोले भविस्यमा यो राजमार्गमा हुँदै आउने जाने र कुनै घटना हुँदा स्वास्थ्य सेवाको लागि लाभ लिन सकिने कुरा बताउनु भयो ।’यसरी नै अस्पताल निमार्णमा सबैको साथ र सहयोग पाएको खण्डमा सरकारले तोकेको समय अवधि भन्दा छिट्टै अस्पताल निमार्ण गरि सक्ने नगर प्रमुखले जिकिर गर्नुभयो ।

Wednesday, December 2, 2020

नगर उपप्रमुखलाई कोरोना देखिएपछि बेलौरी नगरपालिका एक हप्ताका लागि बन्द


-यमप्रसाद आचार्य 
कञ्चनपुर, १७ मंसिर । 
नगर उपप्रमुख चित्र कुमारी चौधरीलाई कोरोना देखिएपछी बेलौरी नगरपालिकाको  कार्यालय एक हप्ताको लागि बन्द हुने भएको छ । कार्यालयले एक सूचना जारी गरि भोलि मङ्सिर १८ गते देखि आगामी २४ गतेसम्मका लागि नगरपालिकाको कार्यालय र  ४,५ र ६ नम्बर वडा कार्यालयहरु समेत बन्द रहने जानकारी गराएको छ ।
अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु समेत  बन्द रहने सूचनामा उल्लेख छ । बेलौरी नगरपालिकाका प्रवक्ता बिनोद नेपालीले नगर उपप्रमुख चित्र कुमारी चौधरीको धनगढीमा उपचार भईरहेको जानकारी गराउनुभयो । उपप्रमुखको सम्पर्कमा आएका व्यक्तिहरुको कोरोना परिक्षण गर्नुपर्ने भएकाले आगामी मङ्सिर २४ सम्म कार्यालय बन्द गर्नुपरेको प्रवक्ता नेपालीको भनाई छ ।


 

कञ्चनपुरमा धार्मिक सहिष्णुताको अनौठो नमूना, वडा कार्यालय शिलान्यासमा लामा, पण्डित र पास्टरद्वारा सामुहिक पूजा आराधना


-सुनिलकुमार लो
कञ्चनपुर, १७ मङ्सिर
कञ्चनपुरमा धार्मिक सहिष्णुताको अनौठो नमूना देखिएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडानम्बर ३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा हिन्दु, बौद्ध र ईसाई धर्मका पण्डित, लामा र पाष्टर बोलाई पूजा आराधना गरिएको छ ।
ईसाई धर्मको तर्फबाट रेभ. पास्टर भीम बहादुर तामाङ, बौद्ध धर्मको तर्फबाट लामा गुरु क्षेत्र बहादुर लामा र हिन्दु धर्मको तर्फबाट पण्डित झलक प्रसाद  खनालको उपस्थिति रहेको थियोे । तामाङ बाहुल्य रहेको सो क्षेत्रमा ईसाई धर्म मान्ने मानिसहरूको संख्या सबैभन्दा बढी रहेको छ भने  थोरै  संख्यामा बौद्ध र हिन्दु धर्म मान्ने मानिसहरू रहेका छ्न   ।
वडा कार्यालय भवन शिलान्यास प्रदेश सभासद तथा नेकपा सुप सचेतक तारालामा तामाङ, पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा, उपप्रमुख शारदा बिष्टले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख  फैरु तामाङ, पुनर्वास ३ का वडाअध्यक्ष कृष्णबहादुर तामाङका साथै अन्य जनप्रतिनिधिहरु र सर्वासाधारणको उपस्थिति रहेको थियोे ।